Tag: वाग्मती प्रदेश

  • प्राकृतिक विपत्तिमा परेका जिल्लालाई वाग्मती प्रदेश सरकारद्धारा पाँच करोड विनियोजन

    प्राकृतिक विपत्तिमा परेका जिल्लालाई वाग्मती प्रदेश सरकारद्धारा पाँच करोड विनियोजन

    काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।

    पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई एक करोड उपलब्ध गराइने भएको छ ।

    यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०/५० लाख दिने जनाइएको छ ।

    यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई २५/२५ लाखका दरले दिने भएको छ । त्यसैगरी विपद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढङ्गबाट उल्लेखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

    यही असार १ गते सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा यही असार ९ गतेदेखि स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
    रासस

  • कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने

    कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने

    काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेशको आगमी बजेटमा कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

    मन्त्री ढुङ्गेलले भने- आगामी बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ पनि बजेट विनियोजित गरिनेछ ।

    ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको जानकारीसमेत दिए ।

    उनले प्रदेशमा कोभिड-१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

    मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

    उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे ।

    उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी ६ महिनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।

    मन्त्री ढुङ्गेलले अघिल्लो आव २०७७/७८ मा करीब ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए ।
    -रासस

  • नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

    नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् ।

    संसदीय दलको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास हुनुपर्ने भन्दै पक्षमा मतदान गर्न निर्देशन दिएको एमाले संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

    उनका अनुसार एमाले नेता तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलको निर्देशनअनुसार नीति तथा कार्यक्रमलाई पास गर्ने गरी पक्षमा मतदान गर्न दलका सदस्यलाई अनुरोध गरे ।

    बैठकमा मुख्यमन्त्री पौडेलले समसामयिक राजनीतिक अवस्थाका बारेमा भनाइ राखेका थिए । पौडेलले शुक्रबार प्रदेशसभामा उठेका प्रश्नका बारेमा दलका सदस्यलाई प्रष्ट पारेको मुख्य सचेतक निरौलाले जानकारी दिए ।

  • प्रदेश सरकारको सहयोगमा सिभिलमा १५० शय्या थप

    प्रदेश सरकारको सहयोगमा सिभिलमा १५० शय्या थप

    काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि सिभिल अस्पतालमा भोलिदेखि १५० शय्या थप हुने भएको छ ।

    वाग्मती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल बानेश्वरमा थप १५० शय्या थप गर्ने सम्झौता भएको हो ।

    सिभिल अस्पतालमा कोभिड-१९ संक्रमित विरामीहरुको उपचार गर्न सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटा र सिभिल अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. बिधानानिधि पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन ।

    सम्झौतामा वागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराउने उल्लेख छ ।

    सिभिल अस्पतालले तोकिएका ढाँचामा उपचाररत कोभिड-१९ बिरामीहरुको अनलाइन प्रतिवेदन दैनिकरुपमा स्वास्थ्य कार्यालय काठमाडौंलाई पठाउने पर्ने छ भने अस्पतालले औषधि, उपकरण, फर्निचर, भवन, जनशक्ति लगायतको गर्नु पर्ने बरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाले जानकारी दिए ।

    सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, मुख्य सचेतक दिपक निरौला, प्रदेश सदस्य गणेश प्रसाद दुलालको उपस्थिती थियो ।

  • लाइसेन्सबाहेक यातायातको सबै काम अब भरतपुरबाटै

    लाइसेन्सबाहेक यातायातको सबै काम अब भरतपुरबाटै

    भरतपुर । यातायात कार्यालयको सीमित काम मात्रै गर्दै आएको याातायात सेवा कार्यालय भरतपुरले लाइसेन्सबाहेकका सबै काम गर्न पाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयसरह अधिकार दिने निर्णय गरेसँगै अधिकार थप भएको हो ।

    सेवा कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार हालसम्म बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट नवीकरण मात्रै हुँदै आएको छ । प्रदेश सरकारको निर्णयसँगै नयाँ सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपिसमेत यहाँबाट लिन पाइने छ ।

    सबै तयारी पूरा गरेर एक महिनाभित्रमा सेवा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । भन्सार कार्यालय, सवारी बिक्री गर्ने कम्पनीलगायतलाई जानकारी गराएर आवश्यक प्रक्रिया पूरा गरी सेवा विस्तार गरिने उनको भनाइ छ ।

    वाग्मती प्रदेश सरकारको यही वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट आजदेखि सेवा सञ्चालन गर्ने गरी परिपत्र आएको भए पनि तयारी पूरा हुन नसकेको उनको भनाइ छ । सेवाका लागि कोड नं प्राप्त भएको र कार्यालयमा उपलब्ध जनशक्तिलाई नै उच्चतम प्रयोग गरी सेवा प्रवाहको व्यवस्था मिलाउन पत्रमार्फत निर्देशन आएको उनले बताए । यसअघि ती सेवाका लागि हेटौँडा र वीरगञ्ज धाउनुपर्ने बाध्यतासँगै यहाँका यातायात व्यवसायीले जिल्लामा सबै काम हुने गरी कार्यालय स्थापना गर्न पहल गर्दै आएका थिए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका स्थानीयवासी रामप्रसाद सुवेदीले लाइसेन्सको काम संरचना निर्माण भएपछि सञ्चालन गर्ने गरी प्रदेश सरकारबाट अधिकारसहितको पत्र प्राप्त गर्न सफल भएको बताए ।

    यातायात कार्यालयको सेवा सञ्चालन गर्न पूर्वाधार निमार्णका लागि गत भदौ ३ गते को वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आँपटारीमा दुई बिघा सात कठ्ठा जग्गा प्रदान गर्ने निर्णय गरेको छ । सङ्घीय सरकारले निर्णय गर्नेबित्तिकै त्यहाँ संरचना निमार्ण शुरु हुने सुवेदीको भनाइ छ । जिल्लामा यातायात कार्यालय स्थापना गर्न स्थानीय तहले पनि पहल गर्दै आएका छन् ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले निकै ठूलो मेहनत र कसरतले जिल्लामा यातायात कार्यालय सेवा विस्तारको अनुमति ल्याउन सफल भएको बताए । पटक-पटकको प्रदेश सरकारसँगको परामर्शका आधारमा तत्कालका लागि लाइसेन्सबाहेकको सेवा प्राप्त भएको र अब भवन निमार्णका लागि जग्गाको टुङ्गो लागेपछि संरचना तयार गरी लाइसेन्ससहितको सेवा पनि प्रदान गरिने दाहालको भनाइ छ ।

    सवारी साधनको निकै चाप हुने जिल्लाका रूपमा यस जिल्ला पर्दछ । सामान्य कामका लागि समेत वीरगञ्जसम्म पुग्नुपर्दा निकै खर्चिलो हुने गरेको थियो । यससँगै झन्झट बेहोर्न जिल्लावासी बाध्य रहेका थिए । जिल्लामै लाइसेन्ससमेतको काम भएमा समग्र जिल्लावासी लाभान्वित हुनेछन् ।

  • प्रहरी समायोजन पूरा नहुँदा काम गर्न सकिएन: मुख्यमन्त्री पौडेल

    प्रहरी समायोजन पूरा नहुँदा काम गर्न सकिएन: मुख्यमन्त्री पौडेल

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।

    उनले आज वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगमी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताएका हुन् ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिनुहुँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।

    सो अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम अझ प्रभावकारी बनाउन सफल भएको बताए।

  • विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित

    विनोद भण्डारीको अवरोध पन्छाउँदै आर्मीमाथि वाग्मतीको रोमाञ्चक जित

    काठमाडौं । काठमाडौं मेयर कप-२०७७ मा बिहीबार आफ्नो अन्तिम खेल खेलिरहेको त्रिभुवन आर्मी क्लब जितको नजिक पुगेर पनि निराश बनेको छ ।

    वाग्मती प्रदेशविरुद्धको रोमाञ्चक प्रतिस्पर्धामा कप्तान विनोदको शतकीय इनिङका बाबजुद पनि १० रन पराजित भयो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले फिल्डिङ गरेको आर्मीले १६७ रनको लक्ष्य पाएको थियो ।

    शीर्ष दुई टोली- नेपाल पुलिस र एपीएफ क्लब फाइनलमा पुगेसँगै प्रतियोगिताबाट बाहिरिएको आर्मीका लागि विनोद भण्डारीले शानदार शतक प्रहार गरेका थिए । आर्मीलाई जितका लागि २६ बलमा १३ रन चाहिएको अवस्थामा विनोद आउट भएपछि उनको टोली स्मरणीय जितबाट वञ्चित भएको थियो ।

    विनादले १ सय १४ बलमा ७ छक्का र ८ चौकाको मद्दतले एक सय १९ रन बनाए । यसअघि वाग्मतीका लागि पारस खड्काले शतक प्रहार गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याएका थिए । पारसले संयमित ब्याटिङ गर्दै १३३ बलमा एक सय १९ रन जोडेका थिए ।

    राउन्ड रोबिन पद्धतिको अन्तिम खेलमा जित हासिल गरे पनि यसअघिका दुई खेलमा पराजित वाग्मती फाइनल पुग्नबाट वञ्चित भएको छ ।

    नेपाल पुलिस क्लब ४ खेलमा ३ जित र १ हारको नतिजासहित शीर्ष स्थानमा रहँदै र समान नतिजा निकालेको एपीएफ नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका छन् । एक-एक जित निकालेका आर्मी, वाग्मती र काठमाडौं मेयर-११ पहिलो चरणबाटै बाहिरिएका छन् ।

    प्रतियोगिताको फाइनल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

  • वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

    वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

    काठमाडौं । सोनु देवकोटाको ६ विकेटप्रेरित वाग्मती प्रदेशले काठमाडौं मेयर कप २०७७ मा मंगलबार विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ ।

    सुरुआती दुई खेलमा पराजित भएको वाग्मतीको जारी प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको वाग्मती दोस्रो खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले हारेको थियो ।

    मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतक मद्दतमा २३३ रनको योगफल तयार गरेको थियो ।

    जितका लागि २३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ४४.५ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ३८ बलमा ७ चौका र २ छक्कासहित ५० रनको योगदान गरेका थिए ।

    त्यस्तै, शंकर रानाले ५८ बलमा ३ चौकासहित २९ तथा अमरसिंह रौतेलाले २७ र सन्दीप जोराले २५ रन जोड्दा अविनाश बोहरा १ रनमा अविजित रहे ।

    वाग्मतीका लागि सोनुले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक ६ तथा रामनरेश गिरी र आरियो पौडेलले २/२ विकेट लिए ।

    पहिलो इनिङमा ब्याटिङ गरेको वाग्मतीका लागि कप्तान ज्ञानेन्द्रले ८४ बलमा ७ चौकासहित ५७ तथा नन्दनले ५६ बलमा ७ चौका २ छक्कासहित ६० रनको योगदान गरेका थिए ।

    त्यस्तै, आदिल खान ३४ तथा इशान पााण्डे ३१ रन बनाएर पेभेलियन फर्किँदा पारस खड्काले २९ रनको योगदान गरेका थिए ।

    एपीएफका लागि अमरसिंह रौतेला र किशोर महतोले २/२ तथा अविनाश बोहरा र बसन्त रेग्मीले १/१ विकेट लिए ।

  • एपीएफविरुद्ध अर्धशतक बनाएर कप्तान ज्ञानेन्द्र आउट!

    एपीएफविरुद्ध अर्धशतक बनाएर कप्तान ज्ञानेन्द्र आउट!

    काठमाडौं । वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं मेयर कपमा विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबविरुद्ध अर्धशतक बनाएर पेभेलियन फर्किएका छन् ।

    त्रिवि क्रिकेट मैदान- कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीका लागि ओपनिङमा आएका ज्ञानेन्द्र ८४ बलमा ७ चौकासहित ५७ रन बनाएर अमरसिंह रौटेलाको बलमा किशोर महतोको हातबाट क्याच आउट भए ।

    पहिलो खेलमा मेयर ११ सँग ९४ रनको पराजय बेहोरेको वागमतीले दोस्रो खेलमा पुलिससँग २ रनको पराजय भोगेको थियो । तेस्रो खेलमा पहिलो जित खोजिरहेको वाग्मतीले ३१ ओभरमा ४ विकेट गुमाएर ११९ रन बनाएर खेलिरहेको छ ।

    वाग्मतीका इशान पाण्डे २४ रन बनाएर खेलिरहेका छन् भने अदिल खान शून्यमा खेलिरहेका छन् ।

  • मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    काठमाडौं । काठमाडौं मेयर कपमा मेयर–११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको हो ।

    खराब सुरुआत गरेको मेयर–११ का लागि अन्त्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोर्याए । मेयर–११ का लागि सौरभ खनालले अविजित रहँदै बनाएको ४९ रन नै इनिङको सर्वाधिक बन्यो ।

    त्यस्तै, कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेल्दा बिपिन कार्की ३२, सिद्धान्त लोहनी ३४ र सन्दीप रजालीले ३३ रनको योगदान गरे ।

    अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीका लागि नन्दन यादवले १० ओभरमा ४१ रन खर्चेर १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । आरियो पौडेल र रामनरेश गिरीले २/२ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

    शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको वाग्मती फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रतियोगितामा पाँच टोली सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको समाप्तिबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    काठमाडौं । सन्दीप लामिछाने भोलिदेखि सुरु हुने काठमाडौं मेयर्स कपमा काठमाडौं–११ टीमको कप्तानी गर्ने भएका छन् । पाकिस्तान सुपर लिग (पीएसएल) कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि सन्दीप शुक्रबार काठमाडौं फर्किँदै छन् ।

    काठमाडौं आएसँगै उनको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ देखिए महानगरपालिकाको टोलीको कप्तानी गर्ने नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले बताए ।

    भोलिदेखि त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा २९ गतेसम्म चल्ने प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता रहनेछ । गत महिना सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका चार सेमिफाइनलिस्ट टोली र बाँकी टोलीका खेलाडी समेटेर तयार पारिएको महानगरपालिकाको टोली रहेका छन् ।

    भोलि हुने उद्घाटन खेलमा प्रधानमन्त्री कपको फाइनलमा भिडेका दुई टोली– नेपाल आर्मी क्लब (विजेता) र नेपाल एपीएफ क्लब (उपविजेता) आमनेसामने हुँदैछन् । प्रधानमन्त्री कपका दुई सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र वाग्मति प्रदेशले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

  • पत्रकारका लागि ‘मोजो’ तालिम

    पत्रकारका लागि ‘मोजो’ तालिम

    चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय वाग्मती प्रदेशले सोमबार चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी होमस्टेमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता (मोजो) तालिम शुरु गरेको छ ।

    पत्रकारितामा नवितम प्रयोगलाई विस्तार र विकास गराउन वाग्मती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्ने उद्देश्यले २० जना पत्रकारलाई सहभागी गराएर यो तालिम आयोजना गरिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

    तालिमको उदघाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा बसेर मल्टिमिडिया र यहाँको समाज अध्ययन गरिदिन सहभागी पत्रकारलाई आग्रह गरे । संविधानले मौलिक हकका रुपमा प्रत्याभुत गरेको शिक्षा,स्वास्थ्य र रोजगारीलाई व्यवहारमा लागू गराउने प्रयास माडीमा थालिएको नगरप्रमुख ढकालले बताए ।

    कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारलाई आधुनिक र दक्ष बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको र त्यसले पत्रकारितामा पर्ने प्रभावका बारेमा जानकारी गराए ।

    इन्टरनेटमा सहज पहुँचसँगै लोकल ग्लोबलमा र ग्लोबल लोकल भएको परिस्थतिमा मोबाइललाई पत्रकारले प्रयोग गर्ने ज्ञान तालिममा दिन खोजिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।

    सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी दिनमा मल्टिमिडिया र डिजिटल पत्रकारिताका अन्य बिषयमा पनि तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्प ढकालले पत्रकारिता र सञ्चार माध्यमको गुणस्तर विकास गर्नका लागि यस्ता तालिम पत्रकारका लागि उपयोगी हुने बिश्वास व्यक्त गरे ।

    पत्रकार बिकास कार्की र बिजय गजमेरले मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिमका बिबिध पक्षमा तालिम दिनेछन् । यो तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ ।

    सञ्चार रजिष्ट्रारको कार्यालय वाग्मति प्रदेशले अघिल्लो वर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।
    तालिमपछि स्मार्ट मोबाइलले तस्विर र भिडियो खिच्न,सम्पादन गर्न, आवाज भर्न र पूर्ण रिपोर्ट बनाउने कला पत्रकारले सिक्नेछन् ।

  • काठमाडौं जोड्ने तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

    काठमाडौं जोड्ने तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

    मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताए।

    हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिए।

    मन्त्री फुयाँलले काठमाडौंको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।

    उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए ।

    मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित राणाकालमा निर्मित १०४ वर्षीय पुरानो सुरुङ मार्गको स्थलगत अवलोकन गरेको थियो । यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।  रासस