Tag: वागमती प्रदेश प्रमुख

  • एमाले फुट्नासाथ सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

    एमाले फुट्नासाथ सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

    काठमाडौं । सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ ।

    शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए । माधव नेपालका सदावहार सहयोगी शर्मालाई उनले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीलाई आग्रह गरेका थिए । तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।

    पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति थिए ।