Tag: वाईसीएल

  • वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश

    वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश

    ओखलढुंगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल ओखलढुंगाका जिल्ला संयोजक एमालेमा प्रवेश गरेका छन् । वाइसिएलका जिल्ला संयोजक तथा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका सुवास खड्का (उद्धव) एमालेमा प्रवेश गरेका हुन् ।

    माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवाहारमा अर्को काम गरेका कारण आफुहरु एमालेमा प्रवेश गरेको खड्काले बताए । उनले एमालेमा रहेर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    एमाले जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रमका बिच खड्कासहित वाइसिएल जिल्ला नेता सुजन कट्वाल लगायतका  माओवादी युवाहरु  एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल कमिटी अध्यक्ष शंकर कटुवालले बताए । वाइसिएलको जिम्मेवार पदमा रहेका युवा नेताहरु माओवादी त्यागेर एमालेमा प्रवेश गरेका कारण उनीहरुलाई क्षमता अनुसार जिम्मेवारी दिईने उनकाे भनाइ छ ।

    प्रदेश संसद अम्बिरबाबु गुरुङले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीमा अग्रजको सम्मन गर्ने र युवालाई अवसर दिने बताएका छन् ।

     

  • प्रचण्डलाई थिमीमा वाईसीएलको स्कर्टिङ (तस्बिरहरू)

    प्रचण्डलाई थिमीमा वाईसीएलको स्कर्टिङ (तस्बिरहरू)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

    नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा पार्टीको मध्यपुर थिमी नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन प्रचण्ड थिमी पुगेका हुन् । थिमीमा उनको स्कर्टीङमा वाईसीएल कार्यकर्ता खटिएका थिए ।

    प्रचण्डलाई नेवारी भेषभूषा सजिएका स्थानीय र विभिन्न बाजागाजासहित स्वागत गरिएको थियो ।

  • प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ)

    प्रचण्डको प्रश्न- मेरो निर्वाचन क्षेत्रमा केपीले राम, सीता र हनुमान राखिदिए, म कोसँग लड्नु ? (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली विचारको हिसाबले मार्क्सवादी र कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।

    विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अतिवादी’ को संज्ञा दिए ।

    ‘तपाईंहरुले देख्नुभयो मैले १९ पृष्ठ लामो केपी प्रवृत्ति भनेको के हो भन्ने लेखेँ,’ प्रचण्डले भने, ‘विचारको हिसाबले यो मार्क्सवादी होइन, कम्युनिष्ट होइन । यो सामन्ती हिन्दू अतिवादी हो ।’

    उनले थपे, ‘तपाईंहरूले जलहरी चढाएको त सुन्नुभयो । मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान राखिदिएका छन् । अब म राम, सिता, हनुमानसँग लड्न त जाने कुरा त आएन । अनि यो कम्युनिष्टले यस्तो काम गर्छ त ?’

    वाईसीएललाई आक्रामक बन्न निर्देशन

    प्रचण्डले वाईसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिए । माओवादीलाई तर्साउन खोजिरहेको भन्दै उनले इँटको जवाफ पत्थरले दिनुपर्ने बताए । ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने,’ उनले भने।

    उनले अबको चुनाव २०६४ को जस्तै बनाउनुपर्ने बताए । ‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ,’ उनले भने, ‘जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने ।’

  • संशोधन नगरी एमसीसी पारित नगर्न सरकारलाई वाईसीएलको चेतावनी(भिडिओ)

    संशोधन नगरी एमसीसी पारित नगर्न सरकारलाई वाईसीएलको चेतावनी(भिडिओ)

    काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले यथास्थितिमा अमेरिकी सहायता परियोजना (एमसीसी) लाई स्वीकार नगर्न सरकारलाई चेतावनी दिएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरू नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो । वाईसीएलका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताए । उनले भने,‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरू देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरू नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चेतावनी दिन्छ ।’

    भदौ १२-१५ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईसीएलले भारतसँगका सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । कोभीड महामारीका बेला सम्बन्धित स्वास्थ्य सामाग्री खरिद प्रकरणमा मुछिएकाहरूको छानवीन गरी दोषीमाथि कारवाहीका लागि ढिला नगर्न पनि वाईसीएलले दबाब दिएको छ ।

  • वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

    वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

    मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको हो । उनी यसअघि उपाध्यक्ष थिए ।

    त्यस्तै सहसंयोजकको जिम्मेवारी सुवोध सेर्पालीलाई दिएको केन्द्रीय सदस्य पुष्प वलीले जानकारी दिए। यसअघि अध्यक्षमा दुवैजनाको दावी गरेका कारण पदाधिकारीविहीन केन्द्रीय समिति बनाइएको थियो ।

    वलीले देवकोटाको संयोजकत्वमा तेस्रो सम्मेलन आयोजक समिति बनाएको र अन्य पधिदाकारी नबनाइएको बताए ।

    यसअघिको राष्ट्रिय सम्मेलनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो। अब देवकोटा नेतृत्वको यो समितिले  वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गर्नेछ ।

  • वाईसीएलले २२ गते नेतृत्व छान्ने, यी हुन् २ सय ४ केन्द्रीय सदस्य (सूचीसहित)

    वाईसीएलले २२ गते नेतृत्व छान्ने, यी हुन् २ सय ४ केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय सम्मेलनबाट नेतृत्व र पदाधिकारी टुंग्याउन नसकेको वाईसीएलले भदौ २२ गते केन्द्रीय समितिको बैठकबाट अध्यक्षसहितका पदाधिकारी चयन गर्ने भएको छ ।

    १२ गते शुरू भइ १५ गते सकिएको सम्मेलनका निर्णयबारे जानकारी दिन इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले विज्ञप्ति जारी गर्दै २२ गते नेतृत्व चयन हुने जानकारी दिएका हुन् ।

    २ सय ३१ जनाको केन्द्रीय समिति घोषणा गरेको वाईसीएलले २०४ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । बाँकी २७ जना भने पछि नियुक्त गरिनेछ ।

    यी हुन २०४ केन्द्रीय सदस्यः

  • पदाधिकारी थाती राखेर वाईसीएलको केन्द्रीय समिति घोषणा

    पदाधिकारी थाती राखेर वाईसीएलको केन्द्रीय समिति घोषणा

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेतृत्व चयन गर्न असफल भएको छ ।

    शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

    राष्ट्रिय सम्मेलनबाट २३१ जनाको केन्द्रीय समिति घोषणा गरिएको र पदाधिकारी पछि चयन गरिने केन्द्रीय कमिटी सदस्य नवीन खड्काले जानकारी दिए । केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताइएको छ। ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर त्यहीँबाट पदाधिकारी चयन गर्ने सहमति बनेको हो ।

    हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

    त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए।

    सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठकले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो । तर, प्रचण्डले अघि सारेको विकल्पमा पनि सहमति बन्न नसक्दा वाईसीएलले अहिले वैकल्पिक बाटो रोजेको हो ।

  • वाईसीएलमा नेतृत्व टुंगो लागेन, पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गर्ने तयारी

    वाईसीएलमा नेतृत्व टुंगो लागेन, पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गर्ने तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेतृत्व चयन गर्न असफल भएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरेर आजै सम्मेलन टुंग्याउने तयारी गरिएको छ ।

    राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गर्नेगरी आजको बन्द सत्र शुरू भएको र केहीबेरमा सम्मेलन सकिने जानकारी दिए । उनका अनुसार ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर त्यहीँबाट पदाधिकारी चयन गर्ने सहमति बनेको हो ।

    हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

    त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए।

    सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठकले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो । तर, प्रचण्डले अघि सारेको विकल्पमा पनि सहमति बन्न नसक्दा वाईसीएलले अहिले वैकल्पिक बाटो रोजेको हो ।

  • वाईसीएलको सम्मेलन भोलिसम्मलाई स्थगित

    वाईसीएलको सम्मेलन भोलिसम्मलाई स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलन आज पनि स्थगित गरिएको छ ।

    सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि शनिबार शुरू भएको सम्मेलन आज पनि टुंगिन सकेन । राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले सम्मेलन भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

    नेतृत्व सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन पनि स्थगित गरिएको थियो । हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् ।

    अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

    त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

  • वाईसीएल नेतृत्वमा सहमति भएन, प्रचण्डले पदाधिकारी टुंग्याए

    वाईसीएल नेतृत्वमा सहमति भएन, प्रचण्डले पदाधिकारी टुंग्याए

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।

    शनिबारदेखि जारी सम्मेलन हिजै सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरू सहमतिमा नआउँदा सम्मेलन लम्बिएको हो ।

    सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन स्थगित गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए। सहमति नजुटेपछि पदाधिकारीको टुंगो पार्टी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले लगाएका छन् । तर, कसलाई अघि सारे भन्ने खुलेको छैन ।

    ‘सहमतिमै टुंग्याउने प्रयास सफल हुन सकेन,’ ओलीले नेपाल प्रेससँग भने, ‘अध्यक्ष प्रचण्डले त्यसलाई टुंग्याउनु हुन्छ । लगभग उहाँले टुंग्याउनु भएको छ।’ सबै जिल्लाबाट केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने गरी प्रदेशहरूले सूची पठाएपछि आजै पदाधिकारीसहितको कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन टुंगिने ओलीले बताए।

    हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् ।

    २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

    त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

  • वाईसीएलबाट दीपशिखा बिदा हुँदै, अध्यक्षमा सहमति नभए नेतृत्वले ‘पिक’ गर्ने

    वाईसीएलबाट दीपशिखा बिदा हुँदै, अध्यक्षमा सहमति नभए नेतृत्वले ‘पिक’ गर्ने

    काठमाडौं । माओवादीको युवा संगठन वाईसीएल नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा (दीपशिखा) बिदा हुने भएका छन् । तत्कालीन एमाले र माअ‍ोवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको अध्यक्षसमेत भइसकेका सापकोटा जारी राष्ट्रिय सम्मेलनबाट बिदा हुन लागेका हुन् ।

    सापकोटा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा वाईसीएल र विशेष जिल्ला इन्चार्जको जिम्मेवारीमा गएसँगै अध्यक्षका लागि तीनजनाले दावी गरेका छन् । शनिबारदेखि शुरू भएको सम्मेलन आजै सक्ने तयारी छ ।

    वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपाने  दावी गरेका छन् । २०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

    माओवादी केन्द्र र एमालेबीच एकीकरण भइ नेकपा बनेपछि भने वाईसीएलको सांगठनानिक संरचना अस्तव्यस्त बनेको थियो ।

    त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

    सहमति नभए पार्टी नेतृत्वले छान्ने

    नेतृत्व चयनका लागि यसपाली वाईसीएलमा चुनाव नहुने भएको छ । हिजो सम्मेलन उद्घाटन गर्दा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिमै टुंग्याउन जोड दिएका थिए ।

    कोभिडकै कारण पनि चुनाव सम्भव नभएको प्रचार विभाग प्रमुख पुष्प ओली बताउँछन् । ‘आकांक्षी हुनुहुन्छ तर सहमतिमै छनोट हुन्छ,’ उनले भने, ‘यसपाली हाम्रो चुनाव हुँदैन । हामीहरुबीच सहमति नभए पार्टीले नेतृत्वले टुंग्याउँछ ।’

    हालका अध्यक्ष दीपशिखाले नेतृत्व छाड्ने भएपछि देवकोटा र शेर्पालीमध्य एकजनालाई अध्यक्ष र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने प्रयास भइरहेको ओलीले जानकारी दिए ।

    यसअघि नै उपाध्यक्ष भएकाले देवकोटा वरिष्ठ हुन् । नेतृत्व चयनमा वरिष्ठतालाई आधार बनाउने सम्भावना छ । यद्यपि यसअघि वरिष्ठता निर्धारण नभएकाले केही समस्या भएको ओली बताउँछन् । उनी भन्छन्, ‘वरियता नतोकेका कारणले हामीलाई अलिकति समस्या भएको छ, तर यो हल हुन्छ।’

    यसअघि वाईसीएलको वरिष्ठ उपाध्यक्ष रहेका बिरु तामाङ पार्टीको जिम्मेवारीमा रहने भएका छन् । महासचिवमा पनि वरिष्ठता खुट्याएर एक जनालाई नेतृत्व दिने अरु अकांक्षीलाई उपाध्यक्ष बनाउने तयारी वाईसीएलको छ।

    यसैबीच वाईसीएल इन्चार्जसमेत रहेका सापकोटाले आफू बिदा भएपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने बताए । नेपाल प्रेससँग कुरा गर्दै सापकोटाले सकेसम्म सहमति नभए विधिबाट जानुपर्ने बताए । आफूले सहमतिको प्रयास गरिरहेको उनले जानकारी दिए ।

  • ‘हाइटेक’ बन्दै वाईसीएल, दुई दिने राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गरिने

    ‘हाइटेक’ बन्दै वाईसीएल, दुई दिने राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गरिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले भर्चुअल माध्यमबाट आफ्नो दुई दिने राष्ट्रिय भेला गर्न सम्पन्न गर्ने भएको छ । भेलाबारे जानकारी दिन बिहीबार पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेनलनमा वाईसीएललाई ‘हाइटेक’ बनाउन लागिएको जानकारी दिइयो ।

    भदौ १२ र १३ गते हुने राष्ट्रिय भेलाको माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने छन् । ‘कोभिड-१९ को तेस्रो भेरियन्टको जोखिम र प्रविधिमैत्री युवा संगठनको अवधारणामा केन्द्रित रहँदै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ,’ पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘६४७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागितामा सम्पन्न हुने राष्ट्रिय भेला सम्भवतः प्रविधि प्रयोगको दृष्टिले नेपालकै पहिलो र व्यवस्थित भेला हुनेछ ।’

    वाईसीएलले संगठनका सबै डाटाहरूलाई डिजिटलाइज गर्नुका साथै सदस्यता समेत अनलाइनबाट दिने बताएको छ । ‘हाम्रो संगठनले यसै भेलाबाट संगठनका सबै डाटाहरुलाई डिजिटलाइज मात्रै होइन, सदस्यता प्रणालीसमेत अनलाइन विधिवाट आवेदन तथा प्राप्त गर्ने गरी वाईसीएल नेपाल डट ओआरजी र वाइसीएल नेपाल डटकम को औपचारिक उद्घाटन भेला उद्घाटनसँगै हुनेछ,’ अध्यक्ष रामप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको राजनीतिक इतिहासमा सम्भवतः नयाँ शुरूआत हुनेछ ।’

    भर्चुअल माध्यमबाट हुने भेलामा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षकहरू आफ्नो प्रदेशको मुकाममा भेला हुनेछन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को महोत्तरी बर्दिबास, वागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रतिनिधि भेला हुने गरिने छ ।

    राष्ट्रिय भेलाले युवाहरूको प्रविधिमैत्री चेतनामा स्थापित गर्ने मात्रै नभइ देश र कम्युनिस्ट आन्दोलनलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

  • वाईसीएल लुम्बिनी प्रदेश समितिको बैठक दाङमा शुरू

    वाईसीएल लुम्बिनी प्रदेश समितिको बैठक दाङमा शुरू

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालको लुम्बिनी प्रदेश समितिको बैठक दाङमा शुरू भएको छ।

    ५ औं पूर्ण बैठकमा पार्टी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरि घर्ती, वाईसीएल प्रदेश समितिका पदाधिकारी र १२ वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति छ ।

    २३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी ब्युँताएपछि वाईसीएल पनि पुन:स्थापना भएको छ । अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ छन् ।

    अहिले वाईसीएलले संगठन विस्तार अभियान चलाइरहेको छ ।

  • वाईसीएल ब्युँतियो, जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने

    वाईसीएल ब्युँतियो, जेठ अन्तिममा राष्ट्रिय भेला गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

    सर्वोच्चले माउ पार्टी व्यूँताएपछि हिजो र आज बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

    भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाईसीएलका सचिव पुष्प ओलीले बताए ।

    उनका अनुसार संगठनलाई चलायमान गराउन राष्ट्रिय भेलाअगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरू आयोजना गरिने र प्रतिनिधिहरू चुनिएर आउँनेछन् ।

    बैठकले राष्ट्रिय भेलाअगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।