Tag: वर्षमान पुन

  • चीनमा उपचाररत नेता पुनको स्वास्थ्यमा सुधार

    चीनमा उपचाररत नेता पुनको स्वास्थ्यमा सुधार

    काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।

    गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो ।

    उपचार सुरू गरेको चौथो दिनमा स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । उपचारमा ३ दर्जन भन्दाबढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

    पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको दुर्लभ प्रकारको जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निनेजस्ता समस्या सुधार भएको छ ।

    उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए ।

    ‘आजमात्रै मेरो भिडिओ कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थाल्नु थालेको, सवैसँग कुरा गर्न थाल्नुभयो अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडिओ कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनुहुन्छ भनेका रहेछन्, चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिसामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’

  • माओवादी नेता पुनलाई थप उपचारका लागि बैंककबाट सेन्जेन लगियो

    माओवादी नेता पुनलाई थप उपचारका लागि बैंककबाट सेन्जेन लगियो

    काठमाडौं । नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई स्वास्थ्योपचारका लागि चीनको सेन्जेन लगिएको छ । डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि ठोस सुधार नभएपछि उनलाई चीन लगिएको हो ।

    चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्सेजमा पुनको उपचार हुनेछ । उनीसँग पत्नी ओनसरी घर्ती र छोरी शिला रहेका छन् । उनीहरू बैंककबाटै सेन्जेनतर्फ प्रस्थान गरेको पुनका स्वकीय सचिव सन्तोष पुनले नेपाल प्रेसलाई जानकारी दिए ।

    जटिल प्रकृतिको जण्डिसबाट पीडित नेता पुनको बैंककस्थिति समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराइएको थियो । त्यहाँका चिकित्सकहरुको सल्लाहमा सेन्जेन लगिएको बुझिएको छ ।

    काठमाडौंबाट बैंकक लैजाँदा पुनमा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको बताइएको छ ।

    जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा उनको उपचार भएको थियो । यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था गम्भिर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए ।

    उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जण्डिस दोहोरिएको थियो ।

    कोरोनाका कारण चीन सरकारले लगाएको आवतजावतमा कडा मापदण्ड लागू गरेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले नै चिनियाँ पक्षसँग पहल गरेका थिए ।

  • वर्षमान बिरामी हुँदा महरा सक्रिय

    वर्षमान बिरामी हुँदा महरा सक्रिय

    काठमाडौं । पार्टीका सांगठानिक अभियानमा निकै सक्रिय हुने मध्येका एक हुन माओवादी केन्द्रका नेता वर्षमान पुन ।

    निर्वाचन क्षेत्र रोल्पा भए पनि पुन पश्चिमदेखि पूर्वसम्म जाने गर्थे सांगठानिक कामका लागि। आफ्नै प्रदेश भएकाले लुम्बिनी प्रदेशमा झन् गइरहन्थे ।

    माओवादीभित्र सम्भावित महासचिवकारूपमा हेरिएका पुन हाल भने उपचारका सिलसिलामा थाइल्याण्डको बैंककमा छन् ।

    शरीरमा जन्डिसको मात्रा बढेपछि पुन गत १३ असोजमा बैंकक गएका थिए ।

    अहिले पुनको भ्याकुम रोल्पाकै नेता कृष्णबहादुर महराले भरिरहेका छन् । पार्टीको प्रवक्तासमेत रहेका महराको सक्रियता विशेषगरी लुम्बिनी क्षेत्रमा देखिएको छ।

    दुई दिनमा महराले रोल्पा, दाङदेखि बाँकेसम्मका कार्यक्रममा सहभागिता जनाएका छन् ।

    महराको यो सक्रियता भने हालसालैको हो । सभामुख हुँदा यौन काण्डमा मुछिएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो।

    यद्यपि महराले उच्च अदालत र सर्वोच्च अदालतबाट त्यस सम्बन्धीअरोपबाट सफाइ पाए। सफाइ पाएको धेरै समयसम्म पनि राजनीतिमा सक्रिए भएनन्।

    महरा जब अदालतबाट नेकपा टुक्रियो र माओवादी केन्द्र पुनः अस्तित्वमा अयो, त्यसपछि मात्रै पार्टी राजनीतिमा सक्रिय भएका थिए।

    आफ्नो स्वभावविपरीत लामो समय निष्क्रिय रहेका महराको राजनीति के हुन्छ भन्ने जिज्ञासा सबैतिर थियो। तर, महरा विस्तारै सक्रिय भए । पार्टीले प्रवक्ताको जिम्मेवारी दियो र अन्य विभागको पनि जिम्मेवारी लिए ।

    पुन बिरामी भएपछि भने उनी झन् सक्रिय भए । महरा पुनका राजनीतिक र शैक्षिक गुरु हुन् ।

    टाइमलाइनमा हेरौं महराको सक्रियता

    कार्तिक १४- वाइसिएल नेपाल बाँके जिल्लाको कोहलपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि ।

    कार्तिक १४- वाइसिएल नेपाल घोराही उपमहानगरमा राजनीतिक प्रशिक्षणमा सहभागि ।

    कार्तिक १२- रोल्पाको गंगादेव गाउँपालिकामा वाईसीएल नेपालको प्रथम अधिवेशन उद्घानटन ।

    कार्तिक ९- प्रेस सेन्टर दाङको जिल्ला अधिवेशन उद्घाटन ।

    कार्तिक ६- वाईसीएल रोल्पा नगर कमिटीको प्रथम अधिवेशन उद्घाटन ।

    कार्तिक ६- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको लुम्बिनी प्रदेशको दोस्रो भेलालाई दाङको भालुवाङमा सम्बोधन ।

    असोज ९- माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को लुम्बिनी प्रदेश सम्मेलनको दाङमा उद्घाटन ।

  • जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी

    जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लैजाने तयारी भएको छ ।

    पुनलाई भोलि बिहान ६ बजे बैंकक लैजाने तयारी भएको उनका स्वकीय सचिव सन्तोष पुनले नेपाल प्रेसलाई जानकारी दिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको छ ।

    केही चेकजाँचपछि उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो । घरमा आराम गर्दा र औषधी खाँदा पनि त्यसमा केही सुधार नआएपछि चिकित्सकले उपचारका लागि बैंकक लैजान सुझाव दिएको पुनले जानकारी दिए।

    वर्षमान यसअघि पनि बिरामी भएका थिए । शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।

    उनले विगत पाँच वर्षदेखि बैंककमै उपचार गराइरहेका छन् ।

  • वर्षमान फेरि अस्वस्थ, भएको के हो ?

    वर्षमान फेरि अस्वस्थ, भएको के हो ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन फेरि बिरामी परेका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि हिजो अस्पताल भर्ना गरिएको छ । चेकजाँचपछि शरीरमा केही जण्डिसको मात्रा देखिएको उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

    अहिले स्वाथ्यमा केही सुधार आएको र स्वाथ्यकर्मीको निगरानीमा घरमै आराम गरिरहेको पुनले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनकै निवास पुगेका थिए ।

    वर्षमान यसअघि पनि बिरामी भएका थिए । शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याड लगिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।

  • वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

    वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

    काठमाडौं । शान्ति प्रक्रियामा आएदेखि नै लथालिंग ढंगले चलेको नेकपा (माओवादी केन्द्र)ले बल्ल पार्टी निर्माणको लयमा हिड्ने कोसिस गरिरहेको छ ।

    हालै (साउन ३० र १३)मान बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार स्थायी समिति बैठक बसेर सांगठानिक संरचनालाई टुंग्याएको छ। लगभग सबै केन्द्रीय नेताले सांगठानिक जिम्मेवारी पाएका छन् ।

    प्रभावशाली दुई नेताहरु जनार्दन शर्मा र वर्षमान पुनले माओवादीमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । अर्थमन्त्री समेत रहेका शर्माले संगठन विभाजको जिम्मेवारी पाएका छन् भने पुनले पार्टी केन्द्रीय कार्यालय इन्चार्ज र अर्थ तया योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

    माओवादी सांगठानिक संरचना टुंग्याएर जिम्मेवारी बाँडफाँट गरेपछि तत्कालीन माओवादीका आधार इलाका भनिने रोल्पा र रुकुमका यी दुई नेताहरुमध्य कसले महत्वपूर्ण जिम्मेवारी पाए भने चर्चा पनि चलेको छ । माओवादीमा प्रचण्डले आफूपछिको नेता कसलाई बनाउँछन् भन्ने अर्थमा पनि यी दुई नेताहरुले पाएको जिम्मेवारीको अर्थ हुन्छ ।

    सैद्दान्तिक हिसाबले संगठन विभागको महत्वपूर्ण भूमिका हुन्छ । महासचिवलाई संगठन विभाग दिने प्रचलन पनि कम्युनिस्ट पार्टीहरुमा हुन्छ । संगठन विभागको जिम्मेवारी शर्माले पाउँदा कतिपयले प्रचण्डले उनलाई अगाडि बढाउन खोजेका हुन कि भन्ने पनि लख काटेका छन् ।

    तर, माओवादी स्रोतका अनुसार खासमा प्रचण्डले वर्षमानलाई महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । पुनले केन्द्रीय कार्यालय र आर्थिक तथा योजना विभाग पाएसँगै ‘डिफ्याक्टो’ महासचिवका रुपमा काम गर्न थालेको कतिपयको भनाइ छ।

    माओवादीले पछिल्लो पटक बनाएको अन्तरिम विधानममा वहुपदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यस अुनसार पुस ११, १२ र १३ मा हुने राष्ट्रिय सम्मेलनपछि माओवादीमा पदाधिकारी चयन हुनेछन् ।

    धेरैको चासो प्रचण्डले महासचिव कसलाई बनाउलान् भन्ने चासो छ। स्वभाविक रुपमा महासचिवका दावेदारहरुमध्ये शर्मा र पुन हुनेछन् ।

    तर, प्रचण्डले वर्षमानलाई केन्द्रीय कार्यालयको इन्चार्ज बनाएर अहिलेदेखि नै ‘डिफ्याक्टो’ महासचिव उनलाई बनाइसकेको कतिपयको टिप्पणी छ ।

    हालैको केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको अन्तरिम विधानमा केन्द्रीय कार्यालयलाई शक्तिशाली बनाइएको छ, जसको अधिकार महासचिवको जस्तै छ ।

    महासचिव, केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको अधिकार र कर्तव्य लगभग उस्तै उस्तै छन् । त्यति मात्रै होइन, पुनले पाएको अर्थ तथा योजना विभागको काम, कर्तव्य र अधिकार पनि अन्य तीनको जस्तै छ ।

    पुन निकट स्रोतले भन्यो, ‘हेर्दा संगठन विभाग कसले पायो भन्ने देखिन्छ । तर तपाईहरुले के बुझ्नुपर्छ भने अहिले विधानले व्यवस्था गरेको केन्द्रीय कार्यालय भनेको महासचिव हो । केन्द्रीय कार्यालय अन्तर्गत हुन् सबै विभागहरु । महासचिव चयन नहुन्जेल उहाँले नै त्यो काम गर्ने हो, केन्द्रीय कार्यालय भन्नाले पेरिसडाँडा भन्ने बुझ्नु हुन्न त्यो भनेको प्रचण्डपछि सिंगो पार्टीको कमाण्ड हो ।’

    विधानमा ‘केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको एक केन्द्रीय सचिवालय रहने’ व्यवस्था हुनु र पुनले केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाउनुले पनि प्रचण्डले उनलाई नै महासचिवका रुपमा अगाडि बढाउने संकेत प्रष्ट देखिन्छ ।

    जे समान छन्

    केन्द्रीय कार्यालयले केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने छ। त्यस्तै केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिको बैठकका लागि कार्यसूचीसम्बन्धी प्रस्ताव तयार गर्ने व्यवस्था विधानमा छ। यो महासविचको काम अधिकारसँग मिल्दाजुल्दो छ ।

    महासचिव नेतृत्वमा हुने केन्द्रीय सचिवालय उस्तै काम गर्ने छ । विधानमा भनिएको छ– ‘केन्द्रीय विभाग, मातहत समिति, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्यांकन प्रतिवेदन तयार गर्ने र ती प्रतिवेदनहरु केन्द्रीय समिति, पोलिट्ब्युरो तथा स्थायी समिति र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्ने।’

    त्यस्तै महासचिवले ‘केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिका बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट, राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने’ काम पनि माथि उल्लेखित कामसँग मिल्दा जुल्दा छन् ।

    त्यसो त वर्षमान पुनको पकड माओवादी संगठनमा बलियो छ । जनयुद्धकालमा पूर्वको र मध्य क्षेत्रको समेत कमाण्ड गरेको र शान्ति प्रक्रियापछि मोरङ र ललितपुरमा चुनाव लडेका कारण वर्षमान एक भेगमा सिमित नभएको तर्क उनी निकटहरुको छ ।

    एमालेसँग एकीकरणअघि माओवादीका ७७ जिल्ला अध्यक्षमध्ये ४७ जना वर्षमान निकट रहेको उनीहरुको दावी छ । माओवादीमा महासचिवका दाबेदार नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, हरिबोल गजुरेलदेखि जनार्दन शर्मासम्मका नेता छन् । तर पछिल्लो कार्यविभाजनले वर्षमानको बाटो क्लियर भएको चर्चा माओवादी वृत्तमा चलेको छ ।

    केन्द्रीय कार्यालयको अधिकार र कर्तव्य

    –केन्द्रीय कार्यालय सञ्चालन गर्ने ।
    –केन्द्रीय स्तरका कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने ।
    –केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिको बैठकका लागि कार्यसूची सम्बन्धी के प्रस्ताव तयार गर्ने ।
    –समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने ।
    –केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिका निर्णयहरुलाई अन्तरपार्टी निर्देशन जारी गर्ने ।
    –राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठि आदिमा प्रतिनिधि पठाउने ।
    –केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिले तोकेका अन्य कार्यहरू गर्ने ।

    केन्द्रीय सचिवालयको अधिकार र कर्तव्य

    –केन्द्रीय कार्यालयको व्यवस्थापन गर्ने ।
    –लगतहरुको अभिलेखिकरण गर्ने ।
    –आर्थिक व्यवस्थापन गर्ने ।
    –कार्यालयका भौतिक सम्पत्तीहरुको संरक्षण गर्ने ।
    – कार्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने ।
    –केन्द्रीय विभाग, मातहत समिति, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन नियमित रूपमा प्राप्त गरी मूल्यांकन प्रतिवेदन तयार गर्ने र ती प्रतिवेदनहरु केन्द्रीय समिति, पोलिट्ब्युरो तथा स्थायी समिति र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्ने ।

    महासचिवको अधिकार र कर्तव्य

    –अध्यक्षको निर्देशनमा राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिटब्यरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकका कार्यसूची तयार गर्ने र बैठक बोलाउने ।
    –अध्यक्षको निर्देशनमा पार्टीका नीति एवम् निर्णयको कार्यान्वयनका लागि कार्ययोजन तयार गरी केन्द्रीय समिति, पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठक समक्ष प्रस्तुत गर्ने ।
    –केन्द्रीय समिति, पोलिट्ब्यरो र स्थायी समितिका बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट, राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषदको बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने ।
    –केन्द्रीय समिति, पोलिट्ब्यरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरू कार्यान्वयन गर्न अध्यक्षलाई सहयोग गर्ने ।
    –पार्टीको प्रशासकीय व्यवस्थापनको नेतत्व र निर्देशन दिने ।
    –केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने।

     

     

  • अर्थविद्को राय: बजेट कोरोना केन्द्रित होस्, नयाँ कार्यक्रम आउन सक्दैन

    अर्थविद्को राय: बजेट कोरोना केन्द्रित होस्, नयाँ कार्यक्रम आउन सक्दैन

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी सरकारले अन्तिम चरणमा पुर्‍याएको छ । जेठ १५ गते संसद बैठकबाट बजेट ल्याउने परम्परा भए पनि अहिले प्रतिनिधिसभा विघटित भएकाले अध्यायदेशमार्फत बजेट ल्याउन लागिएको हो ।

    संविधानको धारा ११४ ले प्रतिनिधि सभा र राष्ट्रिय सभा नभएको अवस्थामा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रिपतिले अध्यादेश जारी गर्ने व्यवस्था गरेको छ । अब राष्ट्रपतिले यही धारमा टेकेर अध्यादेशमार्फत बजेट जारी गर्ने अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् ।

    कोरोना महामारीले अर्थतन्त्र थला परेका बेला सरकारले बजेटमार्फत कस्ता कार्यक्रमहरु ल्याउँछ भन्नेमा धेरैका चासो छ अहिले । सरकारले संसद बिघठन गरी यसै वर्ष मध्यावधि चुनावका पनि घोषणा गरेकाले यसका लागि ठूलै रकमको जोहो गर्नुपर्ने दवावमा अर्थ मन्त्रालय छ ।

    कस्तो बजेट ल्याउने ?

    अहिले नेपालको राजनीतिक संकट उत्कर्षमा पुगेको छ । कोरोना महामारीले देश जर्जर अवस्थामा पुगेका बेला उत्पन्न राजनीतिक संकटले बजेट निर्माणलाई पनि प्रभावित तुल्याइरहेको छ । यस्तो अवस्थामा आउने बजेटले देशको संकट समाधानका लागि आधारशीला खडा गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर, राजनीतिक व्यक्तिहरु चाहिँ यो चुनावी सरकार भएकाले नयाँ कार्यक्रम बजेटमार्फत ल्याउन नसक्ने मत राखिरहेका छन् ।

    पूर्वअर्थमन्त्री वर्षमान पुनले यो वर्षको बजेटबाट धेरै अपेक्षा गर्न नसकिने बताए । उनको भनाइमा नेपालको संविधानले अध्यादेशमार्फत बजेट ल्याउने व्यवस्था नै गरेको छैन । तर, राष्ट्रिय सभामार्फत बजेट ल्याउन सकिने विकल्प रहेको उनी बताउँछन् ।

    यो समयमा पूर्ण स्वरुपको र जनतालाई केन्द्रमा राखेर बजेट आउनेमा उनी विश्वस्त छैनन् ।

    ‘अहिले आउने बजेट विशुद्धरुपमा कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुने गरी आउनुपर्छ । त्यो बाहेक कर्मचारीको नियमित तलव–भत्ताका लागि बजेट विनियोजन हुने हो । अन्य कुरा सोच्न सक्ने अवस्था छैन,’ उनले भने ।

    अर्थविद् अधिकारी पनि यो पूर्ण बजेट नहुने बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेको बजेटले मुख्य तीन कुरालाई हेर्नुपर्छ । पहिलो जनताको जीवनरक्षा नै हो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालको जनजीवन अस्तव्यस्त बनेको छ । त्यसैले पहिलो कुरा नै अहिलेको बजेटले कोरोना नियन्त्रण र यसको जोखिममा परेका क्षेत्रको उद्धारका लागि कार्यक्रम ल्याउनु पर्छ ।’

    अहिले ठप्प अवस्थामा रहेका उद्योग–व्यवसाय उकास्ने कार्यक्रमहरुलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    ‘तेस्रो कुरा, अत्यावश्यक पूर्वधार र आयोजनाका कामहरु महामारी छ भनेर रोक्नु हुँदैन । तिनीहरुका लागि आवश्यक बजेट विनियोजन हुनुपर्छ ।’

    नयाँ कार्यक्रम आउन नसक्ने

    अध्यादेशमार्फत आउने बजेट कामचलाउ मात्र हुने भएकाले नयाँ कार्यक्रम आउन नसक्ने अर्थविद्को भनाइ छ ।

    पूर्वअर्थमन्त्री पुन भन्छन्, ‘यो बजेटमा नयाँ कुरा आउने छैनन् । अध्यादेशमार्फत ल्याइयो भने नयाँ कार्यक्रम, नयाँ शीर्षक तथा नयाँ नीति नियम हुनै सक्दैन । यदि त्यसरी आइहालेमा त्यो कार्यन्वयन हूँदैन र जनतालाई झुक्याउने किसिमको मात्र हुनेछ ।’

    अर्थविद् अधिकारीको भनाइमा पनि यसपालीको बजेट जोखिममा परिसकेको छ । साथै, वृहत छलफल नभएकाले बजेट परिपक्व पनि छैन ।

    ‘बजेट परिपक्व नभएको र यसको सिद्धान्त तथा प्राथमिकतामा पनि छलफल नभएकाले अपेक्षा धेरै गर्न सकिँदैन । तर, सरकारले अझै पनि जनतालाई प्रत्यक्ष लाभ हुने किसिमले केही कुरा भने राख्न सक्छ र कार्यन्वयन पनि गर्न सक्छ ।’

    पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि बजेटमा सरकारले नयाँ कुरा ल्याउन नसक्ने बताउँछन् । उनका अनुसार अहिलेको सरकारले बजेट, कोरोना महामारी आदि कुरालाई भन्दा पनि राजनीति घटनाक्रममा समय व्यतीत गरेकाले नयाँ र उत्साहप्रदक बजेट आउने विश्वास छैन ।

    बजेट चुनाव र कोरोना केन्द्रित

    अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन अन्तिम तयारी गर्दैगर्दा संसद विघटन भएर चुनाव घोषणा भयो । चुनाव घोषणा भएसँगै मन्त्रालयलाई स्रोतको दवाव परेको छ ।

    मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार बजटेको अन्तिम तयारीसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट केन्द्रित थियो । तर, अन्तिम समयमा आएर चुनाव हुने भनिएसँगै बजेट चुनावमा पनि केन्द्रित हुन पुगेको छ । यसका लागि मन्त्रालयले श्रोेत जुटाउने उनले बताए ।

    ‘सरकारले चुनाव गर्ने निणर्य गरेसँगै अर्थमन्त्रालयले त्यसलाई पनि प्राथमिकतामा राखेर बजेट निर्माण गर्नेछ,’ उनले भने ।

    सरकारले पहिला तय भइसकेका कार्यक्रमलाई कटौती नगरी बजेट ल्याउने पनि उनले प्रष्ट पारे । चुनावकै लागि भनेर पुरक बजेट नल्याइने उनको भनाइ छ ।

  • वर्षमानको दावी- फेरि संसद विघटन गर्ने प्रधानमन्त्रीको नियत

    वर्षमानको दावी- फेरि संसद विघटन गर्ने प्रधानमन्त्रीको नियत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गर्ने नियत राखेको दावी गरेका छन्।

    पीसीआर परीक्षणका लागि थ्रोट स्वाब नमूना दिन बिहीबार संसद भवन नयाँ बानेश्वर पुगेका नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि त्यस्तो गर्ने टिप्पणी गरे ।

    उनले भने, ‘२७ गते विश्वासको मत प्राप्त हुँदैन अनि लुम्बिनीमा जस्तै, ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने, त्यहाँ पनि विश्वासका मत नपाएपछि ७६ (५) अनुसार पनि अरुले विश्वास पाउँदैन भनेर सबै मैं हुँ भनेर जाने विश्वासको मत नपाएको दिनमै संसद विघटन गर्ने र चुनावको घोषणा गर्ने उहाँको नियत देखिन्छ ।’

    अघिल्लो वर्ष ‘लकडाउन’का बेला झैँ यसपाली पनि ओलीले ‘अलोकतान्त्रिक काम’लाई निरन्तरता दिने योजना प्रष्ट बुझिने उनले बताएका छन् ।

  • शंकर पोखरेल आशा गरिएका नेता हुन, समयले उहाँसँग प्रश्न गरेकोछ: वर्षमान पुन

    शंकर पोखरेल आशा गरिएका नेता हुन, समयले उहाँसँग प्रश्न गरेकोछ: वर्षमान पुन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आसा गरिएका युवा नेता भएको भन्दै बहुमतको विश्वास गुमाएपछि मार्गप्रशस्त किन नगरेको भन्दै प्रश्न उठाएका छन् ।

    समयले पोखरेलसँग जवाफ माग्ने भन्दै पुनले ट्वीटरमा लेखेका छन्, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आशा गरिएका नेता हुन् । आफूले प्रदेश सभामा बहुमतको बिश्वास गुमाए पछि राजिनामा र प्रस्तावित नेतालाई मार्गप्रशस्त गर्नु संबैधानि ,लोकतान्त्रिक र राजनीतिक नैतिकता होइन र ? समयले शंकरजीसँग प्रश्न गरेकोछ ?’

  • चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

    चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

    काठमाडौं। वर्तमान सरकारलाई बदल्ने प्राथमिकता आफूहरुको भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए पनि जनता समाजवादीले भने मुद्दा फिर्तालाई प्राथमिकतामा राखेको छ । बुधबार प्रतिनिधिसभाको भवनबाहिर केपी शर्मा ओलीको नेतृत्वको सरकारबारे आआफ्नो धारणा राख्दै नेताले आफ्नो प्राथमिकता प्रष्ट्याएका हुन् ।

    माओवादी केन्द्रका नेता वर्षमान पुन प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन फिर्ता लिने बताउँछन् । ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ,’ उनी भन्छन्, ‘कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ स्थिर होस् । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

    कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताए । अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने उनको मत छ । ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न,’ थापा भन्छन्, ‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्।’

    जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतो आफूहरुले उठाएका मुद्दाको सम्बोधन गराउनु नै आफूहरुको पहिलो प्राथमिकता भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले उठाउँदै आएका सवाल छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने ? यो अहिलेको हाम्रो प्राथमिकता हो। आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’

  • वर्षमानको दाबी- कांग्रेस र जसपासहितको सत्ता समीकरणले ५ गतेपछि मूर्त रूप पाउँछ (भिडियो)

    वर्षमानको दाबी- कांग्रेस र जसपासहितको सत्ता समीकरणले ५ गतेपछि मूर्त रूप पाउँछ (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउँने बताएका छन् ।

    मंगलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, माओवादी र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउने दाबी गरेका हुन् ।

    उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ । किनभने हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आन्दोलन गरेको सन्दर्भमा र संसद पुन:स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

    प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको उनको टिप्पणी थियो ।

  • वर्षमान पुनले भने- सरकारको अवस्था स्पष्ट नभएसम्म सदन चलाउनुहुँदैन

    वर्षमान पुनले भने- सरकारको अवस्था स्पष्ट नभएसम्म सदन चलाउनुहुँदैन

    काठमाडौं । पुन:स्थापित माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्चको पछिल्लो फैसालपछि सरकारबारे प्रश्न उठेको भन्दै त्यो स्पष्ट नभएसम्म संसद चलाउन नहुने बताएका छन् ।

    संसद बैठक बहिष्कारपछि नेता पुनले भने, ‘सर्वोच्चको आजको फैसलाबाट अहिलेको प्रधानमन्त्री कुन दलको हो ? यो सरकारको अवस्था के हो ? त्यो अवस्था स्पष्ट नहुँदासम्म यो सदन अगाडि बढाइनुहुँदैन। यस्तो अवस्थामा रहेको सरकारले पेश गरेका अध्यादेशहरू यो अवस्था स्पष्ट नहुँदासम्म कार्यसूचीमा राख्नुहुँदैन भन्ने कुरा हामीले राख्यौं ।’

    सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको गठनबारे पनि प्रश्न उठेको उनको भनाइ छ। उनको प्रश्न छ,‘पछिल्लो फैसला अनुसार प्रधानमन्त्री कुन पार्टीको हो ? कस्तो प्रकारको सरकार हो ? धारा ७६ (१) अनुसारको, ७६ (२) अनुसारको या कुन प्रकारको सरकार ?’

  • ‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’

    ‘निर्वाचन आयोगको निर्णयप्रति छलफलपछि धारणा आउँछ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीको आधिकारिक धारणा आन्तरिक छलफलपछि मात्रै आउने बताएका छन् ।

    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आयोगको निर्णयप्रति भने आफ्नो समूह सन्तुष्ट नभएको उल्लेख गर्दै अब अदालत जाने कि आयोगमा जाने भन्नेमा पार्टीले सबै कागजी प्रमाण हेरेर निर्णय गर्ने स्पष्ट पारे ।

    पूर्वमन्त्री पुनले संसद् पुनस्र्थापनाको विकल्प नभएको प्रस्ट पार्दै त्यो नै वर्तमान राजनीतिक निकासको बाटो भएको जिकिर गरे । उनले वतर्मान ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई विद्युत्को सही व्यवस्थापन गरेर काम गर्न सुझाव दिए ।

  • ओलीको राजनीतिक जीवन नै धरापमा: वर्षमान पुन

    ओलीको राजनीतिक जीवन नै धरापमा: वर्षमान पुन

    रोल्पा । नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड–माधव पक्ष)का का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन धरापमा परेको बताएका छन्।

    गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले यस्तो बताएका हुन्। पुनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ।’

    ओली मन्त्रीपरिषद्मा उर्जा मन्त्री समेत रहेका पुनले बैशाखमा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दावी गरे।‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ,’पुनको भनाइ थियो।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको समेत टिप्पणी गरे।