Tag: वडाध्यक्ष

  • एक हजार ५० वडा जितेर कांग्रेस पहिलो, ८ सय ५० वडाध्यक्षसहित एमाले दोस्रो

    एक हजार ५० वडा जितेर कांग्रेस पहिलो, ८ सय ५० वडाध्यक्षसहित एमाले दोस्रो

    काठमाडौं । मुलुकभरका ६ हजार सात सय ४३ वडामध्ये २ हजार ८ सय ५४ वडाको नजिता आउँदा सबैभन्दा अग्रस्थानमा नेपाली कांग्रेस देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वडा अध्यक्षमा विजय हासिल गरेको छ भने ८८ वडामा अग्रता कायम गरिरहेको छ ।

    दोस्रोमा नेकपा एमाले ८ सय २० वडामा विजयी भएको छ भने उसको ९५ वडामा अग्रता कायम छ ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ४ सय ५६ वडा अध्यक्ष जितेको छ भने ३९ वडामा अग्रता लिएको छ । अन्य विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर एक सय ७७ वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनीहरुको ४३ वडामा अग्रता कायम रहेको छ ।

  • बाँकेका एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ

    बाँकेका एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ

    रुपन्देही । बाँकेमा एक वडाध्यक्ष ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका- ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

    उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

  • जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

    जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

    सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    जाजरकोट सदरमुकामनजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।

    ती प्रहरी अधिकृतअनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम बरामद नभएको प्रहरीले बतायो । जुवाखालबाट नियन्त्रणमा लिइएका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    – न्यूज कारखानाबाट

  • यी हुन् इटहरीका २७ वर्षे वडाध्यक्ष, २२ मध्ये २० वडामा एमालेको सर्वसम्मत नेतृत्व

    यी हुन् इटहरीका २७ वर्षे वडाध्यक्ष, २२ मध्ये २० वडामा एमालेको सर्वसम्मत नेतृत्व

    इटहरी । नेकपा (एमाले)को वडा अधिवेसनबाट इटहरीको एउटा वडामा २७ वर्षे युवाले वडाध्यक्षको जिम्मेबारी पाएका छन् । यो वडामा सुनील कार्की सर्वसम्मत रुपमा वडाध्यक्ष बनेका हुन् ।

    उनी नेकपा एक हुँदा वडा सचिव थिए भने एमाले र माओवादी विभाजनपछि एमालेबाट कार्यवाहक वडा अध्यक्षको जिम्मेबारीमा थिए ।

    इटहरीको चर्चित बगैंचा टोल विकास संस्थाको अध्यक्ष हुँदा लोकप्रिय भएका कार्की सामाजिक कामसँगै राजनीतिमा प्रवेश गरेका हुन । उनी इटहरीमा वडा अध्यक्ष हुने सबैभन्दा कान्छा हुन् ।

    इटहरीको यो वडामा स्थानीय चुनावमा पनि एमालेले प्यानलै जितेको थियो । यो वडाको प्रभाव एमाले इटहरीमा पनि धेरै छ । इटहरीका प्रदेश सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम लगायतका नेताहरुको गृहवडा हो यो ।

    इटहरीमा शनिबार भएको वडा अधिवेशनबाट २२ मध्ये २० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नम्बर १९ मा महिला अध्यक्ष यमकला राई चुनिएकी छन् । दुई वडा (५ र ७) मा भने आइतबार मात्र नेतृत्व चयन हुने एमाले इटहरीका नेता जिबी गजलले बताए ।

    स्थानीय सरकारका २० वडा बाहेक एमालेको संरचनामा इटहरीमा थप दुई वडा छन् । त्यसैले संख्या २२ पुगेको हो ।

    यी हुन सर्वसम्मत भएका २० वडा अध्यक्षहरुः

    वडा नं. १ दुर्गा तिम्सिना
    वडा नं. २ लोचन पौडेल
    वडा नं. ३ विनोद न्यौपाने
    वडा नं. ४ सुनील कार्की
    वडा नं. ६ योगेन्द्र ढकाल
    वडा नं. ८ देबेन्द्र प्याकुरेल
    वडा नं. ९ कपिल घिमिरे
    वडा नं. १० अब्देश चौधरी
    वडा नं. ११ केशव कोइराला
    वडा नं. १२ कमल कार्की
    वडा नं. १३ नयन्द्र बस्नेत
    वडा नं. १४ रामेश्वर चौधरी
    वडा नं. १५ लालुप्रसाद चौधरी
    वडा नं. १६ तेजनारायण चौधरी
    वडा नं. १७ पदम संजेल
    वडा नं. १८ खेमराज अधिकारी
    वडा नं. १९ यमकला राई
    वडा नं. २० हरि खतिवडा
    वडा नं. २१ भवनाथ घिमिरे
    वडा नं. २२ ढुंडीराज गुरगाईं

  • कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

    कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

    कैलाली । कैलालीमा एक वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले वडाध्यक्ष चौधरी सहित धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    गौरीगङ्गा नगरपालिका–९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

    बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको उनले बताए ।

    चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

  • भिडियो भाइरल भएपछि वडाअध्यक्ष नेपाली पक्राउ, परिवारले दिएनन् जाहेरी

    भिडियो भाइरल भएपछि वडाअध्यक्ष नेपाली पक्राउ, परिवारले दिएनन् जाहेरी

    सुर्खेत । एक युवकलाई सार्वजनिक स्थानमा कुटपिट गरेको भन्दै जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

    साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समयमा वडाध्यक्ष नेपालीकै भतिजा पर्ने सर्पे दमाईले मदिरा सेवन गरी होहल्ला गरेका थिए । वडाध्यक्ष नेपालीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर, नियन्त्रणमा लिने क्रममा बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    यो पनि पढ्नुहोस् :

    मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो)

    भिडियो भाइरल भएसँगै वडाध्यक्ष नेपालीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक षडानन्द अधिकारीले नेपाल प्रेससँग भने, ‘भिडियो बाहिरिएसँगै हामीले स्थलगत निरीक्षण पनि गरेका थियौं । सर्पे नेपालीले मापसे गरेको, होहल्ला गरेको र गालीगलौज पनि गरेका रहेछन् । तर अध्यक्ष नेपालीले उनलाई प्रहरीको जिम्मा लगाउनुको साटो आफैले हातपात गरेको, डोरीले बाँधेको देखियो । मदिरा सेवन गरेर कसैले होहल्ला गरेपनि वडा अध्यक्ष नेपालीले आफैं कारवाही गर्ने अधिकार छैन । उहाँले कानून हातमा लिने प्रयास गर्नुभयो ।’

    सार्वजनिक स्थानमा त्यस्तो हर्कत गर्न नहुने अधिकारीको भनाइ छ । यद्यपि अहिलेसम्म सर्पेको परिवारले जाहेरी नदिएको उनले बताए ।

    ‘पीडित परिवार उहाँकै आफन्त रहेछन् । उहाँहरूले जाहेरी दिन मान्नु भएको छैन । उहाँहरुलाई आज सदरमुकाममा बोलाएका छौं । उहाँहरुलाई हामी काउन्सिलिङ गर्छौं । यदि उहाँहरुले जाहेरी दिन मान्नुभएन भने पनि कानूनी प्रक्रिया हामी अगाडी बढाउँछौं,’ अधिकारीले भने ।

    सामाजिक सञ्जालमा आएको भिडियोलाई नै आधार मानेर प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

  • पर्सामा एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

    पर्सामा एक वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ

    जनकपुरधाम । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका- १ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हेरोइनसहित पक्राउ परेका छन् । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका- १ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ  गरेकाे हाे।

    वडाध्यक्ष सहनी चढेको ना. १ ब। ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका- १९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

    उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका वडाध्यक्षसहित तीनैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

     

  • जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुईजना पक्राउ

    जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुईजना पक्राउ

    जनकपुरधाम । सर्लाहीमा जेसिबी चालकले एक वडाध्यक्षकै हत्या गरेका छन् ।

    ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका हुन् ।

    हत्या आरोपी हरिपुर नगरपालिका-१ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

    सर्लाहीका प्रहरी सह-प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार ईश्वरपुर नगरपालिका-३ मा सार्वजनिक पोखरी खनिदैछ । त्यहाँ पुगेका वडाध्यक्ष श्रेष्ठ, ठेकेदार र चालक एकैठाउँमा बसेर खानपिन गरेका थिए ।

    खानपिनकै क्रममा विवाद भएर चालकले जेसिबी स्टार्ट गरी बकेटले वडाध्यक्षको टाउकोमा प्रहार गरी हत्या गरेपछि खाल्डोमा हालेका थिए ।

    ‘घटना विषयमा थाहा पाएलगत्तै त्यहाँ पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठको उद्धार गरी जिल्ला अस्पताल मलंगवा पुर्यायौं’, प्रहरी निरीक्षक गिरीले भने, ‘तर डाक्टरले मृत घोषणा गरे ।’

    मृतक वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ । घटनाको मुख्य कारण भने खुल्न सकेका छैन । प्रहरी निरीक्षक गिरीले पक्राउ परेका चालकले गाली गरेपछि विवाद भएको र आवेगमा आएर जेसिबीको बकेटले हानेको बयान दिएका छन् ।

    ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले वडाध्यक्ष श्रेष्ठको हत्याको कारण नखुलेको बताए । उनले भने, ‘घटना राति भएको हो । किन भयो ? कसरी भयो ? केहि थाहा छैन । म बुझ्दैछु ।’

  • वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु

    कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।

    वनभोज खाने क्रममा घाँटीमा एक्कासि समस्या देखिएपछि उपचारको क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।

    त्यसैक्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए।