Tag: लोकसेवा आयोग

  • लोकसेवा आयोगको निर्णयप्रति कर्मचारी संगठनको आपत्ति

    लोकसेवा आयोगको निर्णयप्रति कर्मचारी संगठनको आपत्ति

    रुपन्देही । दुई दिनअघि लोकसेवा आयोगहरुको रुपन्देहीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले प्रदेश तथा स्थानीय तहले गरेको बढुवा, तहवृद्धि तथा स्तरवृद्धि लगायतका कार्यहरु रद्द गर्ने आशयसहितको निर्णयप्रति नेपाल निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

    संगठनले उक्त निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान बमोजिम तीन तहको शासकीय संरचना हुने, संविधानको अनुसूची ८ मा स्थानीय सेवाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको जनाएको छ ।

    संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा कर्मचारी समायोजन ऐन २०७५ को दफा २३ मा मापदण्ड बनाई प्रोत्साहन सुविधा उपलव्ध गराउन सकिने व्यवस्था रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ (१) बमोजिम गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्र भित्रको विषयमा ऐन बनाउन सक्ने व्यवस्था रहेको साथै उच्च अदालत तुलसीपुर बुटवल इजलाशबाट समेत स्थानीय तहले कानुन बनाई तह तथा स्तरवृद्धि लगायतका कार्य गर्न सकिने गरी फैसला भएको स्मरण गराइएको छ ।

    विज्ञप्तीमा संवैधानिक एवं कानुनी प्रावधान, अदालतको फैसला तथा स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र रही स्थानीय तहले स्थानीय सेवा ऐन नभएको अवस्थामा नियमित बढुवा गर्न नसकिएको, साविकका स्थानीय निकायका कर्मचारीले समायोजन प्रक्रियामा कुनै प्रोत्साहन नपाएको र लामो समयसम्म रोकिएको वृत्ति विकासलाई आयोगहरुको सम्मेलनले गरेको निर्णयले अन्यायमा पार्न सक्ने उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा निर्णय खारेज नगरिए संगठनले थप कदम चाल्न बाध्य हुने चेतावनी दिदै बाध्यात्मक परिस्थितिमा गरेको तह वृद्धि तथा स्तर वृद्धिको निर्णयमा अंकुश लगाउने गरी लोकसेवा आयोग जस्तो महत्वपूर्ण संवैधानिक निकायको सम्मेलनमार्फत गरेको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

  • लोकसेवा आयोगको माग– पदाधिकारीको मर्यादाक्रमलाई पुनरावलोकन गरियोस्

    लोकसेवा आयोगको माग– पदाधिकारीको मर्यादाक्रमलाई पुनरावलोकन गरियोस्

    रुपन्देही । लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको राष्ट्रिय सम्मेलनले पदाधिकारीको नियुक्ति र बर्खास्ती तथा मर्यादाक्रमलाई पुनरावलोकन गर्न माग गर्ने निर्णय गरेको छ । रुपन्देहीको तिलोत्तमा सम्पन्न दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो ।

    सम्मेलनले ०७६ वैशाख १६ गते निर्धारण भएको लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको मर्यादाक्रमलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय गरेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनले सरकारले मर्यादाक्रम सम्बन्धी कानुनमा नियुक्ति र बर्खास्तको प्रक्रियाका साथै वहन गर्नुपर्ने जिम्मेवारीलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय सम्मेलनबाट भएको जानकारी दिए ।

    रेग्मीले प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दरसंग मिल्ने गरी एकरुपताका लागि पहल गर्नेसमेत निर्णय भएको बताए । परीक्षालाई प्रभावकारी बनाउन हरेक आर्थिक बर्ष वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरुले एकैपटक प्रकाशन गर्ने पनि निर्णय सम्मेलनले गरेको छ ।

    त्यस्तै संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानिय सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने विषयमा सम्बन्धित कानून वा लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग ऐनमा आवश्यक व्यवस्था मिलाउन पहल गर्ने समेत उनले बताए ।

    कुनै लोकसेवाले कारबाही गरेका उम्मेदवारलाई सवै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा आवेदन गर्न नपाउने विषयमा पनि ऐनमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ ।

    सम्मेलनमा ७ वटै प्रदेश लोकसेवा आयोगका प्रमुखहरुको सहभागिता रहेको छ । सम्मेलनले हरेक वर्ष फागुनको २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

  • अध्यक्षको राजीनामा माग्दै लोकसेवामा परीक्षार्थीको प्रदर्शन (तस्बिरहरू)

    अध्यक्षको राजीनामा माग्दै लोकसेवामा परीक्षार्थीको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । रिजल्ट कुरेर बसेका शाखा अधिकृतका परीक्षार्थीहरूले लोकसेवा आयोग अगाडि विरोध प्रदर्शन गरेका छन् । आयोगले सञ्चालन गरेका सबै चरणको परीक्षा दिएर पनि नतिजा प्रकाशन नगरेको भन्दै उनीहरूले अनामनगरस्थित आयोगको कार्यालयमा नाराबाजी गरेका हुन् ।

    आन्दोलनरत परीक्षार्थीले अध्यक्ष माधवप्रसाद रेग्मीको राजीनामासमेत माग गरे । रेग्मीले आफ्नो भूमिका निर्वाह गर्न नसकेको उनीहरूको आरोप छ । आयोगले २०७६ र ७७ मा गरेको विज्ञापनको रिजल्ट प्रकाशन गरेको छैन । जसका कारण परीक्षा र अन्तर्वार्ता दिएर बसेका झण्डै १५ सय परीक्षार्थी अन्योलमा परेका छन् ।

    निजामति कर्मचारी भर्ना तथा पदपूर्तिसम्बन्धी दर्जनौं मुद्दा अदालतमा विचाराधीन छन् । आफूहरूको रिटमा अदालतले सुनुवाइ नगरेकाले अध्यक्षविरुद्ध आन्दोलन थालिएको परीक्षार्थीहरूले बताएका छन् । प्रक्रिया यथास्थितिमा राख्नु भनी सर्वोच्चको आदेश आएकाले नतिजा प्रकाशन गर्न नसकिएको आयोगले बताउँदै आएको छ ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो ।

    बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ ।

    बढुवा भएका सहसचिवको नाम यसप्रकार छ :-

  • अदालतको अचम्मको आदेशले अधिकृत पास गरेकाहरू अन्योलमा, उपाय खोज्दै लोकसेवा आयोग

    अदालतको अचम्मको आदेशले अधिकृत पास गरेकाहरू अन्योलमा, उपाय खोज्दै लोकसेवा आयोग

    काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशका आधारमा लोकसेवा आयोगको लिखित परीक्षा र अन्तरवार्ता समेत सकिएका सयौं परीक्षार्थीको भविष्य अन्योलमा पार्न खोजिएको छ ।

    पछिल्लो प्रकरणले एकातिर प्रशासनिक संघीयता लगभग असफल भएको छ भने सबै चरणका परीक्षा पास गरेका परीक्षार्थीको मौलिक हक हननमात्र भएको छैन कतिपयले उमेरका कारण अब सधैंका लागि सरकारी सेवा प्रवेश गर्ने बाटो बन्द हुने देखिएको छ ।

    सर्वोच्च अदालतको कर्मचारी समायोजनसम्बन्धी पछिल्लो उत्प्रेषण आदेशका कारण निजामती प्रशासनमा तरंग पैदा गरेको छ । स्थानीय तहमा समायोजन भई गएका शाखा अधिकृतहरूलाई संघमै समायोजन गर्न ‘फ्रेस परीक्षा’ पास गरेकाहरूलाई बलीमा चढाउन खोजिएको आरोप लगाएको छ ।

    लोकसेवा आयोगबाट २०७६ र २०७७ मा भएका विज्ञापनबाट पद कटौती गर्ने गरी भएको सो आदेशले आयोगलाई समेत अप्ठेरो पारेको छ । एउटा आदेशलाई टेकेर धमाधम एकपपछि अर्को आदेश आउँदा प्रशासनिक संघीयतामाथि नै प्रश्नचिन्ह खडा भएको कर्मचारीहरू बताउँछन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मागबमोजिम लोक सेवा आयोगले २०७६ मंसिर ५ मा राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा तथा खुलासमेत गरी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ५ सय ६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो ।

    कानूनीरूपमा आयोगले परीक्षा सञ्चालन गर्ने र सिफारिस भइसकेका व्यक्तिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा लगाउनुपर्ने जिम्मेवारी हो । तर, आयोगलाई समायोजना हुन नसकेकालाई समायोजन गर्नेगरी नतिजा निकाल्न मुस्किल छ ।

    उक्त विज्ञापनमध्ये बढुवातर्फ छुट्याएको १ सय ६८ पपद सोही वर्ष नै पदपूर्ति भइसकेको छ । बाँकी खुला तथा समावेशीतर्फ छुट्याएको ३ सय ९२ पदमा कोभिड महामारीका कारण पटक-पटक स्थगित हुँदै मिति यही भदौ ८ मा अन्तर्वार्तासमेत सम्पन्‍न भइसकेको छ ।

    यद्यपि साउन २६ गते ३४ जना र भदौ ४ गते १ सय ६१ जनाभन्दा बढी प्रदेश तथा स्थानीय तहमा समायोजना भएर गइसकेका शाखा अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेर आफूहरूलाई संघमा ल्याइनुपर्ने माग गरे ।

    अदालतले रिट निवेदक जतिको पद संख्यामा ज्येष्ठतासमेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद संख्यामा पदपूर्ति नगर्नु नगराउन लोक सेवा आयोगलाई अन्तरिम आदेश दिएको छ ।

    अन्तरिम आदेशको उद्देश्य रिट निवेदकलाई संघमा समायोजन गर्दा पदको कमी नहोस् भन्‍ने नै देखिन्छ । यद्यपि उक्त आदेश लोकसेवा आयोग भ्याकेटमा जान सक्छ ।

    २०७६ सालमा प्रकाशित विज्ञापन बमोजिम लिखित परीक्षा, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्तासमेतमा परीक्षार्थीहरू सहभागी भइसकेका छन् । साविकमा प्रदेश र स्थानीय तहमा समायोजित शाखा अधिकृतहरूलाई संघमा समायोजन गर्नको लागि सम्पूर्ण चरणको परीक्षा सम्पन्‍न गरिसकेको विज्ञापनबाट पदसंख्या कटौती हुनसक्ने भएकाले सबै प्रक्रिया पूरा गरेर बसेका परीक्षार्थी चिन्तित छन् ।

    अदालतको आदेशले रिट निवेदकलाई संघमा समायोजन गर्ने आधार मात्र सुरक्षित गर्नुका साथै रिट निवेदकहरू अहिले सिफारिस हुने शाखा अधिकृतभन्दा जुनियर नहुन् भन्‍ने आशय राखेको देखिन्छ ।

    तर, रिट निवेदकहरूलाई हाल संघमा समायोजन गरेपनि उनीहरु यसपूर्व नै लोक सेवा आयोगबाट सिफारिस भइ नियुक्त भइसकेका हुँदा २०७६ सालको विज्ञापनबमोजिम नियुक्त हुने शाखा अधिकृतभन्दा जुनियर हुने अवस्था हुँदैन ।

    साथै रिट निवेदकलाई संघमा समायोजन गर्ने जिम्मेवारी तथा सोको लागि रिक्त पदको व्यवस्थापन गर्ने दायित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भएको हुनाले लोक सेवा आयोगले मन्त्रालयको मागबमोजिम नै प्रकाशित विज्ञापनबमोजिम पुरै पदसंख्यामा उम्मेदवार यथासमयमै सिफारिस गर्नुपर्ने परीक्षार्थीको माग छ ।

    अदालतको आदेशमा २०७६ र २०७७ सालमा सालमा प्रकाशित दुवै विज्ञापनबाट बढुवा तथा खुलातर्फको पदसंख्या उल्लेख गरेको देखिन्छ । तर, दुवै विज्ञापनबमोजिम बढुवातर्फको पदपूर्ति भइसकेको अवस्थामा उक्त आदेशबमोजिम पदसंख्या पदपूर्ति नगरी रोक्ने अवस्था छैन ।

    एक परीक्षार्थीले नेपाल प्रेससँग भने, ‘लोक सेवा आयोगले नै प्रकाशित गरेको विज्ञापनबमोजिम बढुवा सिफारिस भइसकेको र खुलातर्फको अन्तर्वार्तासमेत सम्पन्‍न भइसकेको हुँदा लोक सेवा आयोगले २०७६ सालको विज्ञापनबाट पदपूर्ति हुन बाँकी नै रहेको भन्ने अवस्था नै देखिँदैन । यसर्थ आयोगले यस कुरालाई मनन गरी खुलातर्फको अन्तिम सिफारिस नतिजासमेत प्रकाशित विज्ञापनबमोजिम नै गर्नु पर्दछ ।’

    लोक सेवा आयोगको अधिकार उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नुसम्म हो । लोक सेवा आयोगले कर्मचारी नियुक्त गर्ने होइन । कर्मचारी नियुक्त गर्ने वा नगर्ने तथा आफैले उम्मेदवार सिफारिस गर्न माग गरेको पदसंख्या जतिको उम्मेदवार के कसरी व्यवस्थापन गर्ने भन्‍ने विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्राधिकारको विषय हो ।

    एउटै विज्ञापनबमोजिम बढुवातर्फका उम्मेदवारहरू वर्षौं अगाडि सिफारिस भइ पदबहाल भइसकेका छन् । कोभिडका कारण शुरुमा र त्यसपछि लाामो समय लोक सेवा आयोगका सम्पूर्ण पदाधिकारी नै रिक्त रही पदपूर्तिमा भएको ढिलाइको कारण बाँकी परीक्षार्थीको उसै पनि समय खेर गएको छ ।

    कानूनीरूपमा आयोगले परीक्षा सञ्चालन गर्ने र सिफारिस भइसकेका व्यक्तिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा लगाउनुपर्ने जिम्मेवारी हो । तर, आयोगलाई समायोजना हुन नसकेकालाई समायोजन गर्नेगरी नतिजा निकाल्न मुस्किल छ ।

    आयोगका प्रवक्तासमेत रहेका सहसचिव तोयनारायण ज्ञवालीले अदालतको अन्तरिम आदेश कार्यान्व्यन गर्नु अनिवार्य भएको बताए । तर, यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले छलफल गरिरहेको उनले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘अदालतको आदेश पनि कार्यान्वयन हुने गरी र विज्ञापन भएर सबै तहको परीक्षा सम्पन्न भइसकेको संख्या पनि कटौती नहुने गरी आयोगले मन्त्रालयसँग छलफल गरिरहेको छ । यसको टुंगो लागिनसकेकाले नतिजा निकाल्न ढिलाइ भइरहेको हो । चाडैँ यो विषयको टुंगो लगाएर हामी नतिजा प्रकाशन गछौ ।’

    अदालतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाउनुपर्नेमा आयोगलाई विपक्षी बनाएकोमा आयोग असन्तुष्ट रहेको छ । आयोगलाई नै विपक्षी नै बनाएर आदेश दिइसकेपछि आयोगले आदेश कार्यान्वयन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

    लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको छ। उक्त कानूनी व्यवस्थाबमोजिम समेत लोक सेवा आयोगको गरिमा तथा विश्वास विपरीत सबै परीक्षा भइसकेको विज्ञापनमा कुनै हेरफेर नहुने उनीहरू बताउँछन् ।

    एउटै विज्ञापनबमोजिम बढुवातर्फका उम्मेदवारहरू वर्षौं अगाडि सिफारिस भइ पदबहाल भइसकेका छन् । कोभिडका कारण शुरुमा र त्यसपछि लाामो समय लोक सेवा आयोगका सम्पूर्ण पदाधिकारी नै रिक्त रही पदपूर्तिमा भएको ढिलाइको कारण बाँकी परीक्षार्थीको उसै पनि समय खेर गएको छ ।

    एक परीक्षार्थीले भने, ‘हामीलाई राज्यविहीनताको आभाष दिलाउने गरी सम्पूर्ण चरणका परीक्षा दिइसकेका परीक्षार्थीकै विज्ञापनबाट पद कटौती गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको दोषको भार बोकाउनु मानवीय मर्यादा, कानून, न्याय तथा लोक सेवा आयोगले अवलम्बन गर्दै आएको समानताको सिद्धान्त समेतका आधारमा विवेकसम्मत कार्य हुन नसक्ने हुँदा उक्त कार्य हुन नदिन लोक सेवा आयोगले भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास र अपेक्षा छ ।’

    उनीहरुलाई अन्तर्वार्ताको चरणसम्म आउन र त्यो अवस्थासम्म ल्याउन परिक्षार्थिले व्यक्तिगत रूपमा र राज्यले समेत महत्वपूर्ण समय र धनको लगानी गरिसकेको छ। कतिपय उम्मेवारहरूको लागि उमेरहदको कारण यही विज्ञापन नै अन्तिम विज्ञापनको रूपमा रहेको रहेको छ ।

    लोक सेवा आयोगले अन्तिम चरणको समाप्ति भइसकेको अवस्थामा पद कटौती गर्नु भनेको लोकसेवा आयोगको हालसम्मको प्रतिष्ठान र निष्पक्षतामाथि प्रश्न उठ्ने अधिवक्ता राजाराम गौतम बताउछन् । निजामती किताबखानाको गत असार मसान्तसम्मको रेकर्ड अनुसार हाल संघमा अधिकृतहरूको ६५० दरबन्दी रिक्त रहेको छ ।

  • लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

    लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

    काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा मात्र नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा २५ जना बढुवा भएका छन् । लोकसेवा आयोगमा लामो समयपछि पदपूर्ति भएसँगै एकैपटक धेरै सहसचिव सचिवमा बढुवा भएका हुन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार प्रशासन सेवातर्फ १५ जना, इन्जिनिरयरिङ सेवातर्फ पाँच जना, कृषि वन सेवातर्फ तीनजना, परराष्ट्र सेवा र स्वास्थ्य सेवातर्फ एक/एक जना बढुवा भएका हुन् । एक सय ८६ जना उम्मेदवारमध्येबाट ५० वटा बढुवा समितिको बैठकले ६५ जना सहसचिवलाई सचिवमा बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

    यसै अवधिमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा ७५ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ४४ जना, इन्जिनियरिङ सेवा तर्फ २३ जना, परराष्ट्र सेवातर्फ पाँचजना, गत आर्थिक वर्षको विज्ञापनबाट कृषि सेवातर्फ दुईजना र वन सेवातर्फ एकजना बढुवा भएका हुन् । बढुवा समितिको ६३ वटा बैठकले तीन सय ८७ जना उम्मेदवारबाट ७५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    यस्तै राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा भने एक सय ६३ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ एक सय १९, शिक्षा सेवातर्फ २२, परराष्ट्र सेवातर्फ ६, लेखा परीक्षण र विविध सेवातर्फ पाँच/पाँच जना, आयोजना तर्फ र वन सेवातर्फ दुई/दुई जना र इन्जिनियरिङ सेवातर्फ एक जना बढुवा भएका छन् ।

    तीन महिनाको अवधिमा राजपत्रांकित तृतिय श्रेणी अर्थात् शाखा अधिकृतमा ९७ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ९४, आयोजनातर्फ दुई, विविध सेवातर्फ एक जना बढुवा भएका छन् । यसका लागि नौ सय ७८ जना उम्मेदवारमध्येबाट बढुवा समितिको २६ वटा बैठकले ९७ जना नै सिफारिस गरेको थियो ।

    यस्तै राजपत्र अनंकित प्रथम अर्थात नायव सुब्बामा ५१ बढुवा भए । जसमा विविध सेवातर्फ २९ जना र प्रशासन सेवातर्फ २२ जना बढुवा भएका छन् । बढुवाका लागि ९३ जनाको माग भए पनि आवश्यक संख्या अपुग भएको बढुवा समितिले जनाएको छ ।

    राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदारमा भने चारजना बढुवा भएका छन् । जसमा शिक्षा सेवातर्फ दुईजना र लेखा परीक्षण सेवा तथा नेपाल न्याय सेवातर्फ एक/एक जना बढुवा भएका छन् ।

    सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार सबै तहमा गरेर चार सय ६१ संख्या बढुवाका लागि तीन हजार ४३ जना उम्मेदवार थिए । जसमध्येबाट बढुवा सिफारिस समितिले चार सय १४ जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

  • दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

    दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारको रिक्त बिशिष्ट श्रेणी अर्थात दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

    प्रशासनतर्फ सहसचिव खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र डा. रामप्रसाद घिमिरेको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल र सरजु कुमार बैद्य रहेका छन् ।

    प्रशासनतर्फ सिफारिस भएका नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् भने शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन् । यस्तै घिमिरे अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखाका प्रमुखको जिम्मेवारीमाा छन् ।

    प्राविधिकतर्फ सिफारिस भएका सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव छन् भने खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षाका लागी खाद्य परियोजनाको निर्देशकको जिम्मेवारीमा रहेका छन् । यस्तै बैद्य जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

    सोमबार बस्ने नियमित मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ नेपालको नाम २ पटक र शर्माको नाम यसअघि कृष्णहरी पुष्कर सचिवमा बढुवा हुँदा सिफारिस भएको थियो । नेपालको नाम यसअघि दुई नम्बरमा र अहिले एक नम्बरमा गएकाले उनको दावेदारी बलियो मानिएको छ । घिमिरेको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

    यस्तै प्राविधिकतर्फ पनि सिग्देलको नाम यसअघि २ पटक र खनालको नाम एक पटक सिफारिस भएको थियो । सिग्देल यसअघि २ नम्बरमा र यसपटक पहिलो नम्बरमा सिफारिस भएकाले उनको सम्भावना बढी छ । बैद्यको नाम भने पहिलो पटक सिफारिस भएको हो । अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले दुई सचिवको बढुवा गर्ने छ ।

  • देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

    देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

    काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

    पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

    कतिपयले भने कांग्रेस निकट रेग्मीलाई लोकसेवा आयोगमा नियुक्ति दिएर प्रधानमन्त्रीले चलाखी गरेको टिप्पणी गरेका छन् । नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले–माओवादी ब्युँताउने फैसला गर्ने न्यायाधीश कुमार रेग्मीका सहोदार दाजुलाई नियुक्ति दिएर ओलीले गुन तिरेको टिप्पणी समेत भएको छ ।
    त्यस्तै कांग्रेसले पनि रेग्मीको विरोध नगरोस् र विगतमा पनि कांग्रेसकै कोटामा रहेको आयोगका अध्यक्ष यसपटक पनि उसैलाई दिइएको भनाइ प्रधानमन्त्री निकट स्रोतको छ ।

    परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

  • लोकसेवा आयोग पदाधिकारीविहीन, सचिव बढुवा अवरुद्ध

    लोकसेवा आयोग पदाधिकारीविहीन, सचिव बढुवा अवरुद्ध

    काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा सचिव बढुवा रोकिएको छ । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा ७० जनाको दरबन्दी छ ।

    कुनै एक पद मात्र रिक्त हुने बित्तिकै सरकारले रिक्त रहेको पदमा सहसचिवबाट बढुवा गरेर पदपूर्ती गर्दै आएको छ । तर अहिले भने विशिष्ट श्रेणीमा दुई पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

    २०७७ चैत १० गते लोक सेवा आयोगका सबै पदाधिकारीले अवकाश पाएका थिए । यसबीचमा दुई सचिवले अनिवार्य अवकाश पाएका छन् ।

    चैत २ गते गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाए । त्यतिबेला आयोगका तत्कालीन आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिले ३ जना सहसचिवको नाम सिफारिस गरेपछि सरकिारले डा.मुकुन्द प्रसाद पौड्याललाई सचिवमा बढुवा गर्यो ।

    उनी बढुवा हुने बित्तिकै सबैले उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्छ भन्ने अनुमान गरेका थिए, तर त्यसो भएन । सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा हाजिर गरायो ।

    चैत्र १२ गतेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई बढुवा गरे पनि पदस्थापन भने करिव एक महिना पुग्न लाग्दा मात्रै भएको छ, बागमती प्रदेशमा ।

    वैशाख ६ गते बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बिकले अनिवार्य अवकाश पाएपछि उनको ठाउँमा पौड्यालको पदस्थापन भएको हो ।

    अहिले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम बैठक तथा प्रशासन महाशाखा प्रमुख रामचन्द्र ढकालले प्रमुख सचिवको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

    बागमती प्रदेशका प्रमुख सचिव विकले अनिवार्य अवकाश पाएको दोस्रो दिन वैशाख ७ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले पनि अनिवार्य अवकाश पाएका छन् । उनको ठाउँमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कडेललाई सरुवा गरेर ल्याएको छ ।

    वैैशाख २४ गते उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सिंचाई सचिव मधुसुधन अधिकारीले अनिवार्य अवकाश पाउदैँछन् । उनले अवकाश पाएपछि ३ जना सचिवको पद रिक्त हुनेछ ।

    आयोग पदाधिकारीविहीन हुँदा सचिव बढुवा मात्र नभइ सबै काम प्रभावित भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सचिव बढुवासँगै सहसचिव तथा उपसविचको पीक्षा सञ्चालनदेखि तल्लो तहमा कर्मचारी भर्नाका लागि परिक्षाको अन्तिम नजिता निकाल्ने काम पनि प्रभावित भएको उनले बताए ।

    ‘बढुवा गर्ने मात्र होइन, लिखित परीक्षा सञ्चालन, विज्ञापन निकाल्ने कामसमेत पदाधिकारीविना आयोगले गर्न सक्दैन । त्यसैले सबै काम प्रभावित भएको छ’, उनले भने ।

    लोक सेवा आयोगका अध्यक्ष एवम अध्यक्षले तोकेको सदस्य बढुवा समितिको संयोजक रहने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको बढुवा शाखा पनि अहिले कामविहीन भएको छ ।

    बढुवा शाखाका उपसचिव पर्वप्रसाद सापकोटाले भने, ‘हाम्रो शाखा त बढुवा समितिको सचिवालय मात्रै हो । समिति नै नभएको बेला सचिवालयले केही पनि काम र निर्णय गर्न सक्दैन । त्यसैले जब समिति सक्रिय हुन्छ, त्यसपछि हाम्रो शाखा पनि सक्रिय हुन्छ ।’

    मन्त्रालयका सहसचिव एवम प्रशासन महाशाखा प्रमुख राजिव पोखरेलका अनुसार २ सचिवको पद रिक्त भए पनि बढुवामा कसको नाम सिफारिस हुने भन्नेबारे तय भइसकेको छैन । तर यस अघि डा. मुकुन्द पौडेल सचिवमा बढुवा हुँदा बढुवा समितिले स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी र उद्योग, बाणिज्य तथा आपूर्तिी मन्त्रालयका सहसविच गणेशप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

    एक सचिवको पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने गरेको छ । अब सचिवको बढुवा हुँदा रेग्मी र पाण्डेको नाम त सिफारिस हुन्छ नै, थप एक जना कुन सहसचिवको नाम सिफारिस हुने हो भन्ने बारेमा तय भएको छैन ।

    सहसचिव रेग्मी र पाण्डेको यसअघि नै सचिवमा बढुवाका लागि नाम सिफारिस भइसकेको थियो ।

    लोक सेवा आयोगको अध्यक्षबाट भर्खरै अवकाश पाएका उमेश मैनाली जतीसक्दो चाँडो सरकारले आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने बताउँछन् । यसअघि आफ्नो पाला भन्दा अघिल्लो पदाधिकारीको टिम आउँदा ११ महिनामसम्म आयोग पदाधिकारीविहीन भएको उनले बताए ।

  • लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

    लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

    सुर्खेत । कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयनमा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेका हुन् ।

    तीन सदस्यीय समितिले छानेका सदस्य नेकपाको दुई खेमा र कांग्रेसका परेका छन् । अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता शाहीले भने आफ्नै श्रीमती बसन्ती कुमारी सिंह शाहीलाई लोकसेवा आयोगको सदस्य बनाएका छन् ।

    अध्यक्षमा रामप्रसाद उपाध्याय र अर्का सदस्यमा भक्तबहादुर खड्का नियुक्त भएका छन् । लोकसेवा आयोगका तिनै पदाधिकारीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

    अध्यक्ष उपाध्याय वीरेन्द्रनगर –११ सुर्खेतमा बस्दै आइरहेका छन् । उनी मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका हुन् भने अर्का सदस्य खड्का वीनपा ४ मा बस्दै आइरहेका छन्। उनी सभामुख शाहीको कोटाबाट नियुक्त भएका हुन् । शाही नेकपा ओली पक्षका हुन् ।

    सदस्य बसन्तीकुमारी सिंह शाहीको स्थायी ठेगाना खार्पुनाथ-५ हुम्लामा पर्दछ । श्रीमतीलाई आयोगको सदस्य बनाएपछि कांग्रेस नेता शाही आलोचित बनेका छन् ।