Tag: लुम्बिनी प्रदेश

  • बजेटपछि लुम्बिनी सरकार हेरफेरको तयारी, को-को छन् मन्त्रीको लाइनमा ?

    बजेटपछि लुम्बिनी सरकार हेरफेरको तयारी, को-को छन् मन्त्रीको लाइनमा ?

    रुपन्देही । लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धन सरकारको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाको मुख्यमन्त्री बन्ने योजना पूरा नहुने भएको छ ।

    साउन २८ गते एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा अहिलेको सरकार बनेको थियो । त्यतिबेला माओवादी र कांग्रेसबीच पहिलो चरणमा माओवादी नेता केसी मुख्यमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस नेता कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको थियो । तर मुख्यमन्त्री केसीले सहमति भएको समयमा छोडेनन् ।

    ‘पहिले सजिलै माओवादीले दिएन, त्यसपछि स्थानीय तहको निर्वाचन आइहाल्यो, अब नयाँ निर्वाचनको मितिका विषयमा छलफल हुन थाल्यो, माओवादीले त्यो समयमा भएको सहमतिअनुसार नेतृत्व छाड्नुपर्ने हाम्रो आग्रहलाई कमजोरी ठानियो’, कांग्रेसका एक सांसदले भने ।

    सत्तासाझेदार माओवादी र कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागूू भएको भए फागुनमै मुख्यमन्त्री परिवर्तन भइसक्थ्यो । तर, केन्द्रीय राजनीति निर्वाचनतर्फ केन्द्रीत भएकाले मुख्यमन्त्री परिवर्तनको प्रदेश तहको समझदारी तोडिएको हो ।

    लुम्बिनीमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसी स्वयम्ले मुुख्यमन्त्री पद कुनै पनि हालतमा नछाड्ने मनिस्थितिमा थिए । केन्द्रीय राजनीति र स्थानीय तहको निर्वाचनले केसीले प्रदेशमा कांग्रेससँगको सहमति पालना गर्नुुपर्ने बाध्यता टरेको हो । तर, सत्तासाझेदार कांग्रेसभित्र भने एक पक्ष मुख्यमन्त्री फेर्नुुपर्ने लबिङमा अहिले पनि लागेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले बेला बेलामा सरकार परिवर्तनको कुरा उठाउने गर्छन् । उनले फागुनअघि नै कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    तर गृहमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले समेत कांग्रेसबाट प्रस्तावित वीरेन्द्र कनौडियालाई मुुुख्यमन्त्री बनाउने चाहना नराखेकाले मुख्यमन्त्री फेर्ने प्रदेशका कांग्रेस नेताहरुको प्रयास असफल बनेको हो ।

    माघको अन्तिमतिर यो विषय कांग्रेसका नेताहरुले उठाएका थिए । तर माओवादीका नेताहरुले सजिलै नछाड्ने संकेत दिएपछि कांग्रेस संसदीय दलले औपचारिक पत्र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको थियो ।

    मन्त्री बन्न कुरिरहेका सांसद

    कांग्रेस र माओवादीभित्र ८ महिनामा सरकार फेरिने भएपछि साउनमै मन्त्री बन्ने पालो कुरिरहेकासांसदहरुले यो विषय पेचिलो ढंगले उठाइरहेका छन् । धेरै सांसदहरुलाई मन्त्रीको भाग पुर्याउने आश्वासन नेताहरुले दिएका थिए । कांग्रेसका एक सांसुद भन्छन्, ‘साउनमा ८ महिनापछि तपाईं मन्त्री बन्ने भनेर फकाइयो, अहिले त चालचुल छैन, चुनावी समयमा मन्त्री बन्ने भनेर त्यो बेला छोडेको हो ।’

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० जना सांसद छन् । जसमध्ये १३ मन्त्री र ४ राज्यमन्त्री गरी १७ जनाको मन्त्रीमण्डल छ । यसअघि साढे ३ वर्ष ७ मन्त्रालयबाट काम भएको लुम्बिनीमा भागवण्डाका लागि मन्त्रालय थपिएको विषयमा आलोचना भइरहेको छ ।

    ८० सांसदमध्ये एमालेका ३६, कांग्रेसका १९, माओवादी केन्दका सभामुखसहित १८, जसपाका ४, नेकपा एसका १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र (सूर्य चुनाव लिएर जितेका)१ छन् ।

    मन्त्रीमण्डलमा जसपाका ३, स्वतन्त्र १, नेकपा एसका १ माओवादीका मुख्यमन्त्रीसहित ४ मन्त्री दुई राज्यमन्त्रीसहित ६, कांग्रेसका ४ मन्त्री ३ राज्यमन्त्रीसहित ७ मन्त्री गरी १७ सदस्यीय छन् ।

    लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती तीनै मुख्य पदमा माओवादीबाट प्रतिनिधित्व भएको छ । तेस्रो दलले सबै पद राखेको भन्दै शक्ति सन्तुलन नमिलेको भन्दै धेरैपटक आलोचना भएको छ ।

    बजेटपछि मन्त्री फेर्ने तयारी

    लुम्बिनी प्रदेशमा बजेट ल्याएलगत्तै मन्त्री हेरफेर हुने भएको छ । नयाँ बजेट ल्याउने संघारमा भएकाले बजेट अगाडि मन्त्री हेरफेर हुने छैनन् । तर, त्यसलगत्तै गठबन्धन दलले मन्त्रीहरु फेर्ने गरी तयारी थालेका छन् । मन्त्री फेरिनेमा कांग्रेस माओवादीका नै हुनेछन् । असार १ गते प्रदेश सरकारले बजेट ल्याएलगत्तै मुख्यमन्त्री नभएपनि अधिकांश मन्त्रीहरु फेरिनेछन् ।

    को–को फेरिँदैछन् मन्त्रीहरु ?

    लुम्बिनीमा अहिले १७ सदस्यीय मन्त्रिमण्डल छ । जम्बो मन्त्रिमण्डल बनेपनि सरकारको काम कारवाही भने निकै सुुस्त छ । एकातर्फ सरकारको गति बढेको छैन भने अर्कोतर्फ मन्त्रीहरुले समेत काम देखाउनै सकेका छैनन् ।

    कतिपय मन्त्रालय फुटाएर नयाँ बनाएकाले बजेट मात्रै होइन, गतिलो बस्ने कार्यालय समेत नपाएको गुनासो मन्त्रीहरुको छ । मुख्यमन्त्रीकै कामप्रति गठबन्धनमा असन्तुुष्टि भइरहेको बेला मन्त्रीहरुलाई हेरफेरको कुरा भइरहेको छ । अर्थमन्त्री कृष्णध्वज खड्काको काममै माओवादीका नेताहरुले विरोध गरेका छन् ।

    खड्कासहित मन्त्रीहरु सुरेन्द्र हमाल, विरबहादुर राना, तिलकराम शर्मालाई परिवर्तन गर्नेबारेमा छलफल चलेको छ । कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुुख्यमन्त्री केसीले परिवर्तन गर्न चाहेका छैनन् । तर, कांग्रेसकै एउटा समूूह उनलाई पनि हटाउनुपर्ने पक्षमा छ ।

    जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना र नेकपा एसका मन्त्री भने तत्काल हट्ने सम्भावना छैन । कांग्रेसबाट अष्टभुजा पाठक, निर्मला क्षेत्री, फकुरुद्दिन खान, बैजनाथ कलबार नयाँ मन्त्री बन्ने लाइनमा छन् भने माओवादीबाट सुदर्शन बराल, दामा शर्मा, दीपेन्द्र पुनलाई सरकारमा पठाउनेगरी छलफल चलाइएको छ । तर अहिले भएका मन्त्री कसले छोडेर कसलाई पठाउने भन्ने विषयमा दलहरुबीच रस्साकस्सी चलेको छ ।

  • लुम्बिनी प्रदेश स्थापना दिवसमा ५७ जना विभूषित हुँदै, क–कसले पाउँदैछन् पदक ?

    लुम्बिनी प्रदेश स्थापना दिवसमा ५७ जना विभूषित हुँदै, क–कसले पाउँदैछन् पदक ?

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज १० विधाका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्दैछ । स्थायी राजधानी देउखुरीमा स्थापना दिवसको दिन विभिन्न १० विधाका प्रदेश पदक वितरण तथा विभूषित गरिने भएको हो ।

    प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार प्रदेश राजपत्रमा असोजमा प्रकाशित गरेको हो ।

    सरकारले घोषणा गरेका ५७ पदक विभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा  आज विभूषण गर्न लागेको हो ।

    राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख विभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट वि.सं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक अन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य (राजु नेपाली) लाई विभूषित गर्ने घोषणा गरिएको छ ।

    यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको अन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरुद्ध अवाज उठाएको, किसानको शाहदतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने घोषणा गरिएको छ ।

    प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, सशस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा सशस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

    मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भई योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ ।

    मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका सशस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र सङ्घीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिने भएको छ ।

    प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेशसेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेशसेवा समर्पण ‘ग’ दुई जनालाई दिइने उल्लेख छ ।

    यस्तैगरी उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेशरत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइने जनाइएको छ ।

    यस्तै प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिइने छ ।

     

  • नाम राख्नु ‘मुख्य उपलब्धी’, राजधानीको लफडा सल्टिएन

    नाम राख्नु ‘मुख्य उपलब्धी’, राजधानीको लफडा सल्टिएन

    रुपन्देही । आज फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ । २०७४ फागुन ३ गते तत्कालीन अवस्थामा प्रदेश ५ स्थापना भएको थियो ।

    सरकारले यो अवधिमा मुख्य उपलब्धी प्रदेशको नामाकरण र स्थायी राजधानीलाई मानेको छ । २०७७ असोज २० गते प्रदेश ५ को स्थायी राजधानी दाङ र नाम लुम्बिनी तोकिएको थियो ।

    प्रदेशसभाको बैठकले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ओगटेको र चर्चेको राप्ती नदीको किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको राजधानी तोकियोस् भन्ने प्रस्ताव संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको घोषणा गरेको थियो ।

    लुम्बिनी प्रदेश सरकारमा सत्ता विबादका कारणले राजनीतिक परिवर्तनहरु भएपछि पछिल्लो समय ५ दलीय गठबन्धनबाट बनेको सरकार सत्तामा छ । एमाले नेता शंकर पोखरेल साढे ३ वर्ष यो प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनकै पालामा प्रदेशको नाम र केन्द्र तोकिएको थियो । अहिले मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायीबाट स्थायी राजधानीमा संरचना निर्माण र स्थानान्तरणलाई अगाडि बढाए पनि यसले मूर्त रुप लिन सकेको छैन ।

    तीन वटा आञ्चलिक मनोविज्ञान भएको प्रदेशमा रुपन्देही वा दाङ, जहाँ भएपनि अर्को स्थानकाले विरोध गर्ने निश्चित थियो । साविकको भेरी, राप्ती र लुम्बिनीका १२ जिल्ला रहेको यो प्रदेशमा साढे तीन वर्ष सरकारको नेतृत्व गरेको नेकपा एमाले अहिले प्रतिपक्षमा छ ।

    यहाँ रहेका अन्य पाँच दलको गठबन्धनमा सरकार चलेको छ । एमाले नेतृत्वको सरकारले १७ महिनाअघि नै प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी क्षेत्रलाई घोषणा गरेको हो । राजधानी घोषणा भएपछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेल तथा अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी दुवैले अस्थायी संरचनामै भएपनि तत्काल राजधानी स्थायी राजधानीमा लगेर आफ्नो भेगीय राजनीतिमा बलियो बन्ने प्रयास गरेपनि असफल भएका छन् ।

    उनीहरुले दिएका निर्देशन कर्मचारीले नै मानेनन् र अटेर गरिरहे । अस्थायीबाट अस्थायीमै लैजाँदा सरकारको अनावश्यक खर्च हुने तर्क कर्मचारीले पटक पटक गरेका छन् । बल्ल बल्ल नेताहरुको मन बुझाउन सारिएका मन्त्रालय पनि देउखुरीमा अलपत्र परेका छन् ।

    मन्त्रालय दाङमा, मन्त्री र कर्मचारी बुटवलमा

    स्थायी पूर्वाधारबिना मन्त्रालय सारिँदा लुम्बिनी प्रदेशका मन्त्रालय बेबारिसे बनेका छन् । प्रदेश सरकारले दुईवटा मन्त्रालय लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारिएको थियो । मन्त्रालय सारिए पनि मन्त्री र कर्मचारी भने बुटवलमै छन् ।

    देउखुरीमा मन्त्रालयको बोर्ड झुण्ड्याइएको छ तर मन्त्रीहरु बस्दैनन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयभित्र ग्रामीण, शहरी तथा पर्यटन विकास मन्त्रालय र वडा नम्बर ५ सिसहनियाँमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लगिएको छ । तर पर्यटनमन्त्री डिल्ली चौधरी र स्वास्थ्यमन्त्री इन्द्रजित थारु भने त्यहाँ बस्ने गरेका छैनन् ।

    मन्त्री र कर्मचारी नहुँदा मन्त्रालयहरु सुनसान छन् । मन्त्री, सचिव, कर्मचारी कोही नहुँदा मन्त्रालयहरु सुनसान भएका हुन् । स्वास्थ्य मन्त्रालयमा एकजना कार्यालय सहयोगीले मात्रै भवन कुरिरहेका देखिन्छन् । कार्यालय सहयोगी जीवन विश्वकर्माले कार्यालय कुरे पनि काम नभएकाले कोही सेवाग्राही जाँदैनन् ।

    स्वास्थ्यमन्त्री थारु बेलाबेलामा मन्त्रालय आउने गरेपनि अरु कोही नआएको विश्वकर्माले बताए । स्वास्थ्य सचिव डा. विकास देवकोटा मन्त्रालय उद्घाटनपछि गएका छैनन् । मन्त्रालयको सबै काम भने बुटवलबाटै हुने गरेको छ । पर्यटन मन्त्रालय देउखुरीमा स्थापना गरिएको नौ महिना बितिसकेको छ । गत बैशाख २६ गते मन्त्रालय सारिएको थियो । स्वास्थ्य मन्त्रालय भने गत पुस ३० गते सारिएको थियो ।

    राप्ती प्राविधिक शिक्षालय लालमटियाको परिसरमा नौ महिना अघि स्थापना भएको पर्यटन मन्त्रालय अहिले कार्यालय सहयोगी मिलन श्रेष्ठ र सुन्दर चौधरीले सञ्चालन गरिरहेका छन् । पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी फाट्टफुट्ट बस्ने गरेको र एक दुईजना कर्मचारी पनि बेलाबखत आएर फर्कने गरेको कार्यालय सहयोगीहरु बताउँछन् ।

    अलि धेरै बस्ते एकजना कम्प्युटर अधिकृत शम्भु घिमिरे छन् । ३४ दरबन्दी रहेको पर्यटन मन्त्रालयमा १८ जना कर्मचारी कार्यरत छन् तर मन्त्रालयमा नियमित हुने दुई कार्यालय सहयोगी मात्र हुन् । त्यसपछि सबैभन्दा धेरै बस्ने एक कम्प्यूटर अधिकृत छन् । मन्त्री, सचिवका चेम्बर सुनसान छन् । मन्त्रालयका शाखाहरु खाली खाली छन् ।

    पर्यटन मन्त्रालयको छेउँमै मुख्यमन्त्रीको सम्पर्क कार्यालयसमेत रहेको छ । गत कात्तिक २ गते स्थापना गरिएको कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार रहने भनिएको थियो तर सम्पर्क कार्यालय प्रायः बन्द हुन्छ । बरु भर्खरै सञ्चालन गरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका दुई कर्मचारी कार्यालय कुरेर बसेका छन् । लुम्बिनी प्रदेशसभाले ०७७ असोज २० गते देउखुरी उपत्यकालाई राजधानी तोकेपछि सम्पूर्ण कामकाज दाङबाटै गर्ने प्रयास थालिएको थियो तर २० महिना वितिसक्दा पनि अस्थायी मुकाम बुटवलबाटै काम भइरहेको छ ।

    मुख्यमन्त्रीको कार्यालयसहित ११ मन्त्रालय त अस्थायी मुकामबाट उठ्न मानेका छैनन् । तर यो अवस्था धेरै दिन नरहने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले फागुन १२ भित्रै लालमटियास्थित राप्ती प्राविधिक शिक्षालय गढवा सारिसक्न अल्टिमेटम दिएकाले अब छिट्टै लालमटियाबाट मन्त्रालयको सेवा सञ्चालन गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले बताए ।

    गठबन्धन सरकारभित्रै आलोचना

    पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै ८ महिनाका लागि मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अधिकांश नियुक्ति विपक्षी दलले मात्रै होइन गठबन्धनमा सहभागी दल, कर्मचारी संयन्त्र र आफ्नै दलभित्र आलोचित बन्दै गए । सत्ता साझेदार नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियासँग आठ आठ महिना मुख्यमन्त्री बन्नेगरी सहमतिमा मुख्यमन्त्री बनेका केसीले गठबन्धनलाई भाग पुराउन ७ मन्त्रालयलाई बढाएर ४ राज्यमन्त्रीसहित १७ पुराएर सुरुमै आलोचना खेप्न सुरु गरेका थिए ।

    जम्बो मन्त्रीमण्डल गठन तथा विभिन्न शिर्षकमा आफ्ना आसेपासेलाई बजेट बाँडेर आलोचित बनेका मुख्यमन्त्री केसीले आफ्नो सचिवालयमा जम्बो टोली नियुक्ति गरेर थप आलोचित बनेका हुन् ।

    केसीले आफ्नो निजी सचिवालयमा १९ जनाको जम्बो टोलीलाई राजनीतिक नियुक्ति दिएपछि सरकारमा सहभागी दल, कर्मचारीहरु तथा उनकै दलका नेताकार्यकर्ताले आलोचना सुरु गरेका छन् ।

    सरकार गठन भएको ६ महिनासम्म देखिनेगरी काम गर्न नसकेका मुख्यमन्त्री केसीले नियुक्ति र आफन्तवादलाई भने छरपष्ट देखिनेगरी प्रस्तुत भएपछि माओवादीकै केही नेताहरुले उनलाई भेटेर नै पटक पटक सुझाव दिएपनि केही सुधार नभएको बताए । हामीले पार्टीको प्रतिष्ठा बचाउन सुझाव दिएका हौं तर उहाँ आफूखुसी अगाडि बढिरहनुभएको छ, यसले उहाँलाई मात्रै होइन गठबन्धन र पार्टीलाई क्षति पुराउँछ– ती नेताले भने ।

    कोभिड–१९ महामारीले थला परेको अर्थतन्त्रलाई राहत दिनुपर्ने बेलामा उल्टो राज्यकोषलाई भार पर्नेगरी सहायक मन्त्रीसरहको सुविधासहित नियुक्ति गरेपछि उनको आलोचना बढेको हो । नियुक्तिका व्यक्तिहरु मध्ये कतिपय त कामै नगरी तलब मात्रै थाप्ने गरेको र अधिकांश गृहजिल्ला रोल्पाका रहेकाले पनि अन्य क्षेत्रका नेता कार्यकर्ताहरु असन्तुष्ट बनेका हुनसक्ने आंकलन गरिएको छ ।

    गत साउन २८ गते निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारलाई विस्थापित गर्दै केसीले ५ दलीय गठबन्धनबाट नेतृत्व गरी मुख्यमन्त्री बनेका थिए ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान लुम्बिनी सरकार बेथितिमा चुर्लुम्मै डुबेको भन्दै आलोचना गरेको छ । सार्वजनिक लेखा समितिका सदस्य तथा एमाले सांसद विष्णु पन्थीले वर्तमान सरकारले संघीयताप्रति नै जनतालाई वितृष्णा गराएको दाबी गरे ।

    कर्मचारी ट्रेड युनियनका लुम्बिनी प्रदेश संयोजक मेघदेव पन्तले करार सेवामा पटक पटक गरिने नियुक्तिले राम्रो सन्देश नजाने बताएका छन् । उनले यस्ता विषयले अहिलेको संरचनाकै विषयमा आवाज उठाउनेहरुलाई बल पुगेको बताए । ‘आर्थिक संकटमा रहेको अहिलेको संरचनामा कसरी कम खर्चमा सरकार संचालन गर्ने भनेर सबैले ध्यान पुराउनुपर्ने अवस्था छ, काम गर्ने कर्मचारीको व्यवस्थापन नगरी अनावश्यकरुपमा मन्त्रालय बढाइयो, हामीले त अनावश्यक नियुक्तिको सधै विरोध गर्दै आएका छौं’, उनले भने ।

    आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले देशमा पछिल्लो राजनैतिक घटनाक्रमले संविधानको मूल मर्म र भावना अनुसारको कार्य नगरेको कुरालाई यो व्यवस्थाका विरोधीले आवाज चर्काे बनाइरहेको समयमा लुम्बिनी प्रदेश सरकारले त्यो आरोपलाई सत्य सावित गरेको जनाएका छन् । पछिल्लो समयमा मुख्य न्त्री कार्यालयमा प्रादेशिक अर्थतन्त्रमा अत्यधिक व्ययभार पर्ने गरी राजनैतिक दवाबमा सहयोगी राख्ने कार्य भनेको जनताले परिवर्तनका लागि गरेको बलिदानको उपहास भएको उनले बताए ।

    प्राधिकरण फेर्ने रडाँको

    मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेका अनन्त घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएपछि लामो समय उनीहरु दुवैजनाको आधिकारिकताको विवाद बाहिर आयो ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले लुम्बिनी प्रदेश सरकारको नाममा घिमिरेलाई प्रदेश पूर्वाधार बिकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्ति नगर्न अन्तरिम आदेश जारी गरेपछि समस्या आएको थियो । पूर्ववर्ती सरकारले नियुक्त गरेका ध्रुव मजगैयाँलाई हटाएर घिमिरेलाई सो पदमा नियुक्त गरिएको थियो । तत्कालीन सिईओ मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै आफूलाई हटाएर सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्बोच्च गएका थिए ।

    तर केही समयको रस्साकस्सीपछि मजगैयाले अदालतबाट त्यो निवेदन फिर्ता लिएर घिमिरेलाई काम गर्ने वातावरण बनाइदिएका छन् । अदालतबाट थमौती भएपनि काम गर्ने वातावरण नभएपछि उनी ब्याक भएको आंकलन गरिएपनि एमाले नेताहरुलाई सुइँको नदिई मुद्दा फिर्ता लिएपछि उनीहरु आश्चर्यमा परेका छन् ।

    मन्त्रालय थपेपछि कर्मचारी अभाव

    कर्मचारी व्यवस्थापन गर्न नसक्दा लुम्बिनी प्रदेश लोकसेवा आयोग आफैं अस्तव्यस्त छ । सचिवस्तरको कार्यालय प्रमुख रहने भए पनि लामो समयदेखि उपसचिवको भरमा छ । संघले कर्मचारी नपठाउँदा र लोकसेवाले कर्मचारी पदपूर्ति गर्न नसक्दा प्रदेश सरकारमा पनि कर्मचारी अभाव छ । लुम्बिनी प्रदेशमा चार सचिव पद रिक्त छन् । अधिकांश मन्त्रालयमा प्रशासनतर्फका उपसचिव नै छैनन् । ३० उपसचिवको दरबन्दी रिक्त छ ।

    केन्द्रमा निजामती कर्मचारी ऐन नबन्दा त्यसको असर ६ वटै प्रदेशमा परेको छ । मधेस प्रदेशले मात्र प्रदेश निजामती ऐन तयार गरेर कार्यान्वयन सुरु गरेको छ । संघीय ऐन नै नबनेपछि प्रदेश लोकसेवा आयोगहरू गठन भएर पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।

    संघकै कारण प्रदेश निजामती ऐन, प्रदेश प्रहरी ऐन, स्थानीय सरकारी सेवा ऐन र यससम्बन्धी नियमावली नहुँदा कर्मचारी पदसंख्या निर्धारण र पदपूर्तिमा बढी समस्या छ । संघमा निजामती सेवा ऐन नबनेकै कारण प्रदेशको पदपूर्ति र बढुवा कार्यविधिमा समस्या भइरहेको लुम्बिनी प्रदेश लोकसेवा आयोगका निमित्त प्रमुख चेतमान गिरीले बताए । प्रदेश आयोगमा सचिवको दरबन्दी भए पनि सचिव नभएपछि उपसचिव गिरीले निमित्त भएर कार्य सञ्चालन गर्दै आएका छन् ।

    लुम्बिनीमा अहिले १३ मन्त्री र ४ राज्यमन्त्री छन् । १३ मन्त्रालयमध्ये कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सचिवविहीन छ । मन्त्रालयमै सचिव नभएपछि अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राजेन्द्र थापाले सचिवको जिम्मेवारी पाएका छन् ।

    वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव पशुपतिनाथ कोइरालाले पनि शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् । आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव खोमराज कोइरालाको गत साता नै काठमाडौं सरुवा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव खिमानन्द भुसाल पनि लामो समयदेखि काठमाडौंमै छन् । लोकसेवा आयोगमा पनि सचिव छैनन् ।

    सचिव र प्रशासनतर्फका उपसचिव अभावले टुक्रिएका मन्त्रालयबाट प्रभावकारी काम हुन सकेका छैनन् । सचिव पद खाली रहेको उद्योग मन्त्रालयका प्रशासनतर्फका उपसचिव पद सबै रिक्त छन् । उपसचिव रहने बाँके र दाङका घरेलु कार्यालयसमेत प्रमुखविहीन छन् । थुप्रै कानुन निर्माण बाँकी रहेको कानुन मन्त्रालयमा संस्कृति हेर्ने गरी एक जनामात्र उपसचिव छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासनतर्फका चारमध्ये तीन उपसचिव रिक्त छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लामो समयदेखि कर्मचारी व्यवस्थापन हेरिरहेका उपसचिव यमकान्त पाण्डेले प्रदेश सरकार स्थापनापछि प्रदेशमा ४२ उपसचिव दरबन्दी स्वीकृत भएको बताए । तीमध्ये संघबाट १० सहित स्थायीतर्फ ३० र अस्थायी १२ उपसचिव दरबन्दी स्वीकृत भएका थिए ।

    तर अहिले १२ जना उपसचिवमात्र कार्यरत छन् । प्रदेश योजना आयोग, बाँके र रूपन्देहीका पर्यटन विकास कार्यालय, दाङ र बाँकेका यातायात कार्यालयलगायतका प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालय उपसचिव अभावकै कारण लामो समयदेखि प्रमुखविहीन छन् । त्यस्ता कार्यालयमा सेवा प्रवाहमै समस्या छ ।

    प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र त्यस मातहतका कार्यालयमा प्राविधिक सहायक र अधिकृत गरी झण्डै २ सय पद रिक्त छन् । स्थानीय तहमा पनि प्राविधिक सहायक र अधिकृत गरी ९ सय ५० बढी पद नै रिक्त छन् । कर्मचारी पदपूर्ति गर्न दुई वर्षअघि स्थापना गरिएको प्रदेश लोकसेवा आयोगमा ३० कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत भएको थियो ।

    तर अहिले त्यही कार्यालयमै आठ जनामात्र कर्मचारी छन् । मन्त्रालय बढेसँगै प्रदेशमा मन्त्रालय व्यवस्थापनका लागि भवन र कर्मचारी अभाव सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नरेन्द्रकुमार रानाले पनि सात मन्त्रालयबाट १३ पुगेपछि कर्मचारी समस्या देखिएको बताए । कतिपय प्राविधिक तर्फका समेत कर्मचारी अभावले विकास निर्माण, नियमावली, कार्यविधि तयार गर्नमा पनि समस्या देखिएको उनले बताए ।

    लुम्बिनीमा ३ हजार ९ सय ३४ कर्मचारीको स्थायी दरबन्दी छ । ४ सय ९७ जनाको अस्थायी दरबन्दी छ । तर अहिले ३ हजार २ सय ९४ जना मात्र कार्यरत छन् । १ हजार १ सय ४२ दरबन्दी रिक्त छन् ।

    कर्मचारी अभावकै कारण सरकारको बजेट कार्यान्वयनमा असर पुगेको छ । विकास निर्माणका काम दोस्रो चौमासिक सकिँदा पनि सुरु हुन सकेका छैनन् । दोस्रो चौमासिकसम्म प्रदेश सरकारको पुँजीगत खर्च १२ प्रतिशतमात्र छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले कर्मचारी अभाव भए पनि सरकारका कुनै काम नरोकिएको दावी गर्छन् । मन्त्रालयको सम्बन्धित फाँट वा विभागमा कार्यरत कर्मचारीले नै मन्त्रालयमा काम गरिरहेको उनको तर्क छ ।

    यस्ता छन् चार वर्षे उपलब्धिः ६७ विधेयक पारित

    लुम्बिनी प्रदेशसभाले अहिलेसम्म ६७ विधेयक पारित गरेको छ । ती मध्ये अधिकांश विधेयक निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पालामा पारित भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएका हुन् ।

    दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् । राष्ट्रिय राजनीति विभाजित भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष असर परेको छ । गठबन्धन सरकार निर्माणपछि लगातार प्रदेशसभा अवरुद्ध छ । राजनीतिक सहमति नबन्दा नयाँ विधेयक नआउनाले प्रदेशसभाले ‘बिजनेश’ पाउन नसकेको हो । साउन २८ मा गठबन्धन सरकार बनेयता संसद पूर्ण चलेको छैन ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ १ देखि सुरू भएको ९ औं अधिवेशन पूरै अवरोध गरेको थियो ।

    तर लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले प्रदेशसभामा अवरोध भएका कारणले विधेयक नआएको भन्ने विषय गलत भएको दावी गरे । प्रदेशसभाले आफ्नो काम निरन्तर गरिरहेको उनको भनाई छ ।

    अर्कोतर्फ लुम्बिनी प्रदेशसभामा रहेका विभिन्न विषयगत समिति आठ महिनादेखि निष्क्रिय छन् । लुम्बिनी प्रदेशसभामा रहेका राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यले दल त्याग गरेका कारण त्यसको प्रभाव विषयगत समितिमा देखिएको छ । लुम्बिनी प्रदेशसभामा रहेका छ विषयगत समितिमध्ये चार समिति निष्क्रिय भएका छन् ।

    प्रदेशसभामा रहेका सामाजिक विकास समितिका तत्कालीन सभापति दृगनारायण पाण्डेय साविकको नेकपाबाट नेपाली कांग्रेसमा प्रवेश गरी राष्ट्रियसभा बनेर कार्यकाल पूरा गरेर अर्को निर्वाचन भइसकेको छ । कृषि, वन तथा वातावरण समितिका तत्कालीन सभापति विजय यादव दल त्याग गरी प्रदेशसभा सदस्य छैनन् ।

    यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका तत्कालीन सभापति दधिराम न्यौपाने दल त्याग गरी प्रदेशसभा सदस्य छैनन् । सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री भएका छन् ।

    अन्य भौतिक पूर्वाधार विकास समिति र प्रदेश मामिला तथा कानुन समितिमात्रै प्रदेशसभामा रहेको छ । सत्तारूढ गठबन्धनमा रहेका दलहरू एमालेका कारण प्रदेशसभा प्रभावित भएको बताउँछन् भने एमालेले सभामुख र सरकारकै कारण यो अवस्था आएको बताएको छ ।

    संक्रमणकालीन राजनीतिमा कर्मचारीको रजाइँ

    लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव बुटवल नबस्दा सेवा प्रवाहमा ठूलो समस्या खड्किएको छ । निर्णय गर्ने अधिकारी प्रायः कार्यालयमा नबस्दा सेवा प्रवाहमा समस्या भएको हो । अर्थ मन्त्रालयका सचिवलाई प्रदेश सञ्चालनको मुख्य जिम्मेवारी रहन्छ ।

    मन्त्रालयका सचिव खोमराज कोइराला प्रायः काठमाडौं बस्दै आएका छन् । नियमित प्रक्रिया भन्दा बाहिरबाट सरुवा भएर काठमाडौं नै जाने गर्छन् । जसको प्रत्यक्ष प्रभाव सेवाग्राही र विकास निर्माणका काममा परेको छ । सचिव कोइराला मन्त्रालयमा नबस्दा प्रदेश मातहत रहेका कार्यालय र निकायमा अत्यावश्यक आधारभूत स्रोतको व्यवस्था हुन सकेको छैन ।

    मन्त्रालयमा सचिवविहीन हुंदा सचिवस्तरबाट हुनुपर्ने निर्णय लामो समयसम्म रोकिएर प्रदेशका मन्त्रालयहरू र कार्यालयको काम प्रभावित भएको त्यहाँं कार्यरत कर्मचारीहरु बताउँंछन् । लामो समयसम्म लेखा समूहका कर्मचारीको सरुवा नभएकाले कर्मचारीमा निराशा उत्पन्न भएको र मन्त्रालयका वार्षिक कार्यक्रमहरू सञ्चालन हुन नसकेका छैनन् । कोइरालाले निमित्तसमेत दिएका छैनन् ।

    बुटवल नै नबसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएर उनी जगेडा उपसचिव भएर जाने तयारीमा लागेका छन् । सचिव कोइरालाले आफू कोरोना संक्रमण र आफन्तको मृत्यु हुंदा लामो समय काठमाडौं बस्नुपर्ने अवस्था आएको बताए ।

    उनी मुख्यमन्त्री कूलप्रसाद केसी नेतृत्वको सरकारले संशोधित बजेट ल्याउने बेलामा बुटवल आएका थिए । मन्त्रालयमा निमित्त मात्रै हुंदा महत्वपूर्ण निर्णय समयमा हुन सक्दैनन् । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले सचिवहरू प्रदेशका मन्त्रालयमा बस्न नचाहँदा सेवा प्रवाहमा समस्या भएको बताए । उनले सचिव बुटवलमा १ महिना पनि नबसेको र प्रदेशप्रति जवाफदेहि नदेखिएको बताए ।

    प्रदेशकै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव खिमानन्द भुसाल पनि प्रदेशमा बस्दैनन् । सरकारमै रहेका दल तथा मन्त्रीहरुको स्पष्ट निर्देशन नहुँदा यस्तो अवस्था आएको काम गर्ने कर्मचारीको दावी छ । बलियो सरकार नहुँदा नेताहरुको नजिक भएका र कर्मचारी संगठनमा बलियो भएका उच्च तहका कर्मचारी तथा अन्य कर्मचारीले कामै नगरी समय बिताएको ती कर्मचारीको आरोप छ ।

  • लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

    लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

    रुपन्देही । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा लुम्बिनी प्रदेशबाट ४० जना नेता परेका छन् ।

    १२ जिल्ला रहेको यस प्रदेशबाट रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । सबै जिल्लाबाट नेतृत्वमा नसमेटिएको भन्दै केही नेताहरूले नेतृत्वको आलोचनासमेत गरेका छन् ।

    नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वीरुकुम, हेमराज शर्मा पोखरेल दाङ, गणेशमान पुन पूर्वीरुकुम, जगप्रसाद शर्मा रोल्पा, वर्षमान पुन रोल्पा, महेश्वरजंग गहतराज बाँके, ओनसरी घर्ती, रोल्पा, कुलप्रसाद केसी रोल्पा, दामा शर्मा दाङ, डोरप्रसाद उपाध्याय, कपिलवस्तु, सुवबहादुर रोका रुकुम, चक्रपाणि खनाल कपिलबस्तु, कृष्णध्वज खड्का प्युठान, कृष्णबहादुर महरा दाङ, वामदेव क्षेत्री रुपन्देही, हकिउल्लाह खाँ रुपन्देही, वसन्त घर्ती रोल्पा रहेका छन् ।

    यसैगरी सुशिला श्रीपाली अर्घाखाँची, डिलाराम आचार्य अर्घाखाँची, पम्फा भुसाल अर्घाखाँची, झक्कु सुवेदी रोल्पा, जयपुरी घर्ती रोल्पा, रेखा शर्मा दाङ, पूर्णाकुमारी सुवेदी बांके, घनश्याम यादव नवलपरासी, सिता बौडेल नवलपरासी, दलजित श्रीपाली पूर्वीरुकुम, सुवोध श्रीपाली दाङ, कमला रोका पूर्वीरुकुम, दीपेन्द्र पुन रोल्पा, कृष्णा चौधरी, तिलकराम शर्मा बर्दिया छन् ।

    पदाधिकारीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जयपुरी घर्ती, ओनसरी घर्ती, पम्फा भुसाल, महेश्वर गहतराज, डिलाराम आचार्य, बलदेव शर्मा, हकिउल्लाह खाँलगायतका नेताको दाबी छ ।

  • भरत शाह हारेपछि बालकृष्ण खाणमाथि कार्यकर्ताको सन्देह

    भरत शाह हारेपछि बालकृष्ण खाणमाथि कार्यकर्ताको सन्देह

    रुपन्देही । जनताबाट पटक–पटक निर्वाचित भएका रुपन्देहीका भरतकुमार शाह पार्टीको निर्वाचनमा भने सधैं हारिरहेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पराजित भएका उनी यसपल्ट पनि केन्द्रीय सदस्यमै उम्मेदवारी दिने तयारीमा थिए तर प्रदेशमा शक्तिशाली मानिने सभापतिमा लड्न कांग्रेस नेता बालकृष्ण खाँण र नेता देवेन्द्रराज कँडेलले उनलाई अगाडि सारे ।

    पार्टीको वडा तथा पालिका अधिवेशनमा नेता खाँणसँग असहमति जनाउँदै उनले अलग्गै समूह बनाएर अगाडि बढेका थिए । जिल्लामा आफ्नो अलग्गै समूह बनाएर शक्तिशाली बन्न खोजेका शाहलाई नेता बालकृष्ण खाँणले जिल्ला अधिवेशनमा भने उनकी श्रीमती अनिता शाहलाई उपसभापतिमा निर्विरोध चयन गराएर आफ्ना भाइ रामकृष्ण खाँणलाई सभापति बनाउन सफल रहे ।

    सबै ठाउँमा अलग–अलग समूहमा वडास्तरमा चुनाव भइरहेको समयमा रुपन्देहीको जिल्ला नेतृत्वमा भएको सर्वसम्मतिले नयाँ सन्देश दिन खोजे पनि प्रदेशमा भएको पराजयले उनीहरुको योजना असफल भएको छ ।

    रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको लेखा समितिका सभापतिसमेत रहेका शाह जिल्लामा लोकप्रिय छन् । २०५६, २०७० र २०७४ सालको निर्वाचनमा विजयी शाह अर्थराज्यमन्त्री भइसकेका नेता हुन् ।

    २०५६ सालमा सालमा उनले अजिव मुसलवानलाई पराजित गरेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामनाथ ढकाललाई पराजित गरेका थिए । २०७४ सालको आमनिर्वाचनमा माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी रामनाथ ढकालसँग थोरै मतले पराजित भएका थिए ।

    २०२७ सालमा विद्यार्थी हुँदैदेखि राजनीतिक यात्रा सुरु गरेका शाहले ४० वर्षदेखि पार्टी जिम्मेवारमा रहेर काम गरेकाले प्रदेश सभापतिमा सजिलै जित्ने अनुमान धेरैको थियो ।

    आमनिर्वाचनको चतुर खेलाडी मानिएका शाह लामो समय पार्टीको विभिन्न कमिटीमा रहेर काम गरे पनि आन्तरिक चुनावमा किन जित्न सक्दैनन् भन्ने विषय नै आश्चर्यजनक रहेको कांग्रेस नेताहरुको बुझाई छ ।

    पार्टीको संस्थापन समूहका बलियो नेता मानिएका उनलाई अगाडि बढ्न रुपन्देहीबाटै सोही समूहका प्रभावशाली नेता बालकृष्ण खाँणको भित्री सहयोग छैन ।

    ‘एउटै जंगलमा दुई वटा सिंह रहन नसक्ने भएकाले नै यस्तो भएको हो, पार्टीभित्र शाह बलियो भए खाँण कसरी बलियो हुनसक्छन् ?,’ स्थानीय एक कांग्रेस नेताले भने ।

    त्यसो त नेता बालकृष्ण खाँणले रुपन्देहीबाट शाहलगायतका नेताहरु कमजोर भए अहिले सभापति बनेका भाइ रामकृष्ण सजिलै अगाडि बढ्न सक्ने आंकलन गरेको हुनसक्ने ती नेताको बुझाई छ । सोही कारणले पनि रुपन्देहीबाट सिंगो प्यानल आृउँदा इतर समूहको उपसभापतिमा नेता अष्टभुजा पाठक पारजित बने ।

    लुम्बिनीमा संस्थापन इतर समूह बलियो भए पनि रुपन्देही, दाङ, बाँके र नवलपरासीमा देउवा समूहको पकड राम्रो मानिएको थियो । नवलपरासीमा नेता देवेन्द्रराज कँडेल र रुपन्देहीमा भरत शाह र खाँणकै कारण सो समूह कमजोर बनेको पौडेल समूहका नेताको विश्लेषण छ ।

    लुम्बिनीमा कांग्रेस नेता स्व. खुमबहादुर खड्कालाई मान्दै आएको एउटा समूह संस्थापनसँग सन्तुष्ट छैन । मत कम आउनुमा त्यसले पनि भूमिका खेलेको हुनसक्छ ।

    शाहको पराजयले लुम्बिनीमा संस्थापन समूहबाट नेताहरु बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मानबहादुर बिक, दीपकुमार उपाध्याय, सुरेन्द्र हमाल, डिल्ली चौधरीसहितका नेताहरुलाई पार्टीभित्र थप कमजोर बनाउने छ । संस्थापन समूहबाट सम्भावित महामन्त्रीको उम्मेदवार खाँणलाई पनि आफ्नै प्रदेशमा पराजित हुनु प्रत्युत्पादक बन्न सक्छ ।

  • लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन

    लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापन समूहले सभापतिबाहेकका उम्मेदवार टुंग्याउन सकेन

    रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे । गृहजिल्ला रुपन्देही भएका उनी यो प्रदेश निर्वाचन समितिका संयोजक पनि हुन् ।

    अधिवेशनमा नेपाली कांग्रेसका नेताहरू डा. चन्द्र भण्डारी, भरतकुमार शाह, प्रमोद यादव, लुम्बिनी प्रदेशका सांसदहरू, महाधिवेशन÷प्रदेश प्रतिनिधि, लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू, नगर तथा वडा सभापतिहरू सहभागी छन् ।

    महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहीबार मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा. बुद्धबहादुर थापाले बताए । प्रदेशभरका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् ।

    प्रदेशको सभापतिमा संस्थापन समूहबाट रुपन्देहीका भरत शाह र संस्थापन इतर समूहबाट रोल्पाका अमर पुनबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु दुवै पूर्व राज्यमन्त्री हुन् ।

    जिल्ला जिल्लामा संस्थापन र इतर पक्षबीच निर्वाचन भएकाले प्रदेशमा पनि दुवै पक्षका नेताहरु प्यानल बनाएर निर्वाचनमा जाने भएका छन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहबाट पदाधिकारीका उम्मेदवार ।

    संस्थापन इतर समूहले सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् । यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान(अर्घाखाँची) र निमा गिरी (प्युठान)ले उम्मेद्वारी दिने निश्चित भएको छ ।

    संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको थियो । यो समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीले जिम्मेवारी पाएका थिए ।

    संस्थापन समूहबाट रुपन्देहीका अब्दुल रज्जाक, दाङका डिल्ली चौधरी, बाँकेका सुरेन्द्र हमाल बलिया उम्मेदार हुन् । तर रुपन्देहीबाट भरत शाह सभापतिको उम्मेदार भएपछि भूगोल मिलाउनका लागि पनि रज्जाकले नपाउने निश्चितजस्तै भएको छ । संस्थापनबाट रूपन्देहीका फणिन्द्र शर्मा, गुल्मीका छन्दबहादुर पहराइ, दाङका राजु खनालको नाम आए पनि कसैको टुंगो लागेको छैन ।

  • लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

    कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

    संस्थापनइतर समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । कांग्रेसको प्रदेश अधिवेशन आज उद्घाटन हुँदैछ ।

    यी हुन् लुम्बिनीका लागि टुंग्याइएका पदाधिकारी उम्मेदवार :

    सभापति

    अमरसिंह पुन (रोल्पा)

    उपसभापति

    १) भुवन श्रेष्ठ (गुल्मी)

    २) अष्टभुजा पाठक (रुपन्देही)

    महामन्त्री

    १) विक्रम खनाल (नवलपरासी)

    २) सुरेन्द्रराज आचार्य (कपिलवस्तु)

    सहमहामन्त्री

    १) खगराज पाण्डे (दाङ)

    २) विष्णु मुस्कान (अर्घाखाँची)

    ३) निमा गिरी (प्युठान) (महिला)

  • लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

    रुपन्देही । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका ११ जिल्लामा गरेको अधिवेशनबाट ९ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आएका छन् भने दुई जिल्ला सभापति मात्रै संस्थापन अर्थात् देउवा समूहबाट निर्वाचित भएका छन् ।

    रुपन्देही र बर्दियामा मात्रै संस्थापन समूहले आफ्नो पक्षको सभापतिलाई निर्वाचित गर्न सकेको छ । विगतमा देउवा समूहको बलियो प्रभाव रहेको नवलपरासी, दाङ, अर्घाखाँचीमा यसपटक सोही समूहभित्रको आन्तरिक किचलोका कारण पछाडि परेको नेताहरुको आँकलन छ । जिल्ला सभापति जितेको रुपन्देहीमा पनि ५ निर्वाचन क्षेत्र रहेकोमा देउवा पक्षले दुई क्षेत्रीय सभापति मात्रै जितेको छ ।

    अर्घाखाँचीमा कांग्रेस सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केशव श्रेष्ठसँग संस्थापन पक्षले उम्मेदवार बनाएका यादवप्रसाद घिमिरे निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकेनन् । यसले देउवा पक्षीय प्रभावशाली नेताद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्मालाई समेत कमजोर बनाएको छ ।

    कुनै पनि नेताले समर्थन नगरेका पौडेल पक्षीय इन्द्रमणि पौडेलले मत ३५२ मत ल्याउँदा घिमिरेले ३०९ मत मात्र ल्याउन सके । श्रेष्ठ ७३१ मतका साथ विजयी भए ।

    अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि २६ जना चयन हुँदा देउवा पक्षका जम्मा ६ जना र बाँकी २० जना पौडेल पक्षबाट निर्वाचित भएका छन् ।

    रूपन्देही कांग्रेस सभापतिमा संस्थापन पक्षका रामकृष्ण खाँण निर्विरोध भए । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णलाई जिताउन नेता भरत शाहकी श्रीमति अनिता शाहलाई उपसभापति बनाइएको छ । शाहले पालिका र क्षेत्रीय अधिवेशनमा अलग्गै समूह बनाएका थिए ।

    जिल्लाका देउवा पक्षीय प्रभावशाली नेता युवराज गिरी र नेविसंघका उपसभापति मुक्ति पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित बनेका छन् । जिल्लाबाट १२५ महाधिवेशन प्रतिनिधिमा ५०÷५० जस्तै दुवै पक्षका भएकाले सभापति नभएपनि आफ्नो पक्ष बलियो बनिएको पौडेल पक्षको दावी छ ।

    पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी(पश्चिम), प्यूठान, रोल्पा, दाङ र रुकुमपूर्वबाट पौडेल पक्षका सभापति निर्वाचित भएका छन् भने देउवा पक्षका सभापतिमा रुपन्देही र बर्दियाका मात्र रहेका छन् ।

    रुपन्देहीमा गृहमन्त्री भाइ सभापतिमा निर्वाचित, अरु को–को आए ?

    नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्वाचित भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन । रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन भएको हो । सहमति अनुसार सभापति पदमा रामकृष्ण खाँणको मात्रै उम्मेद्वारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन ।

    अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिएपछि शाह र घिमिरे निर्बिरोध भएका हुन । शाह सांसद भरत शाहकी श्रीमती हुन ।

    त्यस्तै दुई सचिव पदमन हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित भएका छन् । सचिव पदमा उम्मेदवारी दिएका हरिप्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिएपछि सचिव र सहसचिव पदमा पनि निर्बिरोध भएको थियो ।

    परासीमा पौडेल पक्षका पोखरेल

    नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन् । पोखरेल नेता रामचन्द्र पौडेल समूह निकटका हुन् । पोखरेलले ७ सय ५६ मत पाएका थिए । पोखरेललाई पूर्वसांसदद्वय देवकरण कलवार र बिक्रम खनालको समर्थन थियो ।

    पोखरेलसँग सभापतिमा पराजित मोहनप्रसाद शर्माले ५ सय ६१ मत पाएका थिए । शर्मा सभापति शेरबहादुर देउवा निकट हुन । शर्मालाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल ‘मुन्ना’ को समर्थन थियो ।

    उप–सभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड निर्वाचित भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् ।

    नवलपरासी क्षेत्र नं. १ ‘क’को सभापतिमा बेदप्रसाद शर्मा र ‘ख’मा अनुरेश जैसवला निर्वाचित भएका छन् । क्षेत्र नं. २ ‘क’को सभापतिमा यामप्रसाद भुसाल ‘दीपक’ र ‘ख’को सभापतिमा रामचन्द्रप्रसाद केवट निर्वाचित भएका थिए । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा मुकुलकुमार आचार्य र क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा माधव पाण्डे निर्वाचित भएका छन् ।

    पाल्पामा श्रेष्ठ नेतृत्वकाे नयाँ टिम

    नेपाली कांग्रेस पाल्पाको सभापतिमा ४१ वर्षीय हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । कुल खसेको १ हजार ३१३ मतामा श्रेष्ठले ८९० मत प्राप्त गर्दै उनले प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मतले पराजित गरेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने बस्याल सभापित शेरबहादुर देउवा समूहका हुन् । समितिको उपसभापतिमा ज्ञानबहादुर गाहा र झपेन्द्र गहिरे निर्वाचित भएका छन् । गाहाले ७७३ र गहिरेले ७५४ मत प्राप्त गरेका छन् । सचिवमा सन्तोषकुमार थापा र सुनिता अधिकारी निर्वाचित भएका छन् । थापाले ८०७ र अधिकारीले ७८५ मत प्राप्त गरेका छन् । सहसचिवमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन् ।

    सदस्यहरूमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, वुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डे, मुक्तिराम बश्याल, पुरुषोत्तम शर्मा अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल र डिलाकुमारी रानाभाट विजयी भएका छन् ।

    यस्तै जयसरा बाह्रघरे, साबित्रा गौतम, सरस्वतीदेवी आचार्य, सुभद्रादेवी शर्मा, कमला कार्की, इन्दिरा भट्टराई, गीता भट्टराई, गिरिजा गैरे, निर्मला पौडेल, लक्ष्मणबहादुर रायमाझी, सूर्यप्रसाद पोखरेल, गीता खनाल, रीता गौतम, अमिरबहादुर राना, कमल राना, गणेशप्रसाद श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ, सन्ध्या बज्रचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित भएका छन् ।

    दाङ सभापतिमा डाँगी

    नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भूपबहादुर डाँगी ३ जना र इतरबाट शंकर डाँगी गरी ४ जना चुनावी मैदानमा उत्रिएका थिए ।

    उम्मेदवारहरु डाँगीले ७ सय ७२, भूपबहादुर डाँगीले ५ सय ४५‚ बस्नेतले ४ सय ७१ र घिमिरेले ३ सय १५ मत पाएका थिए ।

    प्रथम हुने उम्मेदवारले ५१ प्रतिशत ल्याउनुपर्ने भए पनि कसैको नआएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भनिए पनि भूपबहादुरले समर्थन दिएपछि शंकर डाँगीलाई सभापति घोषणा गरिएको हो ।

    विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौं महाधिवेशनमा जिल्ला सचिव भएका थिए । २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका उनी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएका थिए ।

    यसैगरी उपसभापतिमा गिरिराज सुवेदी ९ सय १३ र कमानसिंह भारती ८ सय ६६ मत पाएर निर्वाचित भए । सचिवमा अर्जुनकुमार योगी १ हजार १ सय ५७ र बालिका लम्साल १ हजार मत पाई निर्वाचित भए । त्यस्तै सहसचिवमा राजु आचार्य १ हजार ५२ मत र सुबोधकुमार डाँगी १ हजार ३४ मा ल्याई विजयी भए । विजयी सुवेदी‚ योगी र आचार्य संस्थापन इतर र भारती‚ लम्साल र डाँगी संस्थापन पक्षका हुन् ।

    गुल्मी कांग्रेसमा पन्थीको नेतृत्व

    नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले १ हजार २७१ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरे । पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र थापा सभापित शेरबहादुर देउवा समूहका हुन् ।

    यस्तै उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जगदीश भट्टराई र भगतसिंह खड्का विजयी भएका छन् । भट्टराईले ९९१ मत र खड्काले १ हजार २२ मत प्राप्त गरेका छन् ।

    यस्तै सहसचिवमा छवि पाण्डे र धर्मराज पाण्डे नर्वाचित भएका छन् । छविले १ हजार १३३ र धर्मराजले ८५० मत प्राप्त गरेका छन् । सदस्यमा कृष्णप्रसाद पोखरेल, धीरेन्द्र केसी, पदमबहादुर विष्ट, लिलाधर आचार्य र लोकप्रसाद खरेल विजयी भएका छन् ।

    बर्दियामा राठौरसहितको नेतृत्व

    नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन् । राठौर देउवापक्षीय हुन । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८७० मतसहित निर्वाचित भएका हुन ।

    उनका प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीले ६७८ मत प्राप्त गरे । बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो ।

    उपसभापतिमा संस्थापन पक्षकै गोविन्दप्रसाद थारु र सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित राठौरले यसअघि पनि बर्दियामा जिल्ला सभापतिको रुपमा नेतृत्व गरिसकेका छन् ।

    प्यूठान सभापतिमा पौडेल पक्षका गिरी

    नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले हराउँदै गिरी सभापति बनेका हुन् । गिरी रामचन्द्र पौडेल निकट नेता हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५६६ मत ल्याए भने रिजालले ४९४ मत प्राप्त गरेका थिए । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका नेताका रूपमा लिने गरिन्छ । नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वरसिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

    रोल्पामा किशोर आचार्यको नेतृत्व

    नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।

    कुल १ हजार ४२ मत खसेकोमा आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाएका थिए ।

    सभापतिमा निर्वाचित आचार्य पौडेल पक्षका हुन् । पराजित खत्री देउवानिकट हुन् । खत्री र आचार्य दुवै सदरमुकामबासी हुन् । खत्री रोल्पा नगरपालिका-१० का वडा अध्यक्ष हुन् भने आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । खत्री साविकको धबाङका पूर्वअध्यक्ष समेत हुन् ।

    उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका छन् ।

    प्रदेश क्षेत्र नम्बर ‘१’ मा पूरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गरेका छन् भने अन्य पदाधिकारीमा पौडेल पक्षकाले जितेका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘२’ मा भने पौडेल पक्षको सिंगै प्यानल विजयी बन्यो । सभापतिमा घर्तीगाउँका गोपाल घर्तीमगर विजय बनेका छन् । उनी साविकको घर्तीगाउँ गाविसका अध्यक्ष समेत थिए ।

    अर्घाखाँचीमा पनि पौडेल पक्षका श्रेष्ठ

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचनमा श्रेष्ठले ७३१ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

    उनका प्रतिस्पर्धीहरू इन्द्रमणि पौडेलले ३५२ र यादव घिमिरेले ३०९ मत ल्याएका थिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षले सभापतिमा यादव घिमिरेलाई उम्मेदवार बनाएको थियो ।

    यसअघिका सभापति विष्णुप्रसाद खनाल मुस्कानले पनि सभापतिमा उम्मेदवारी दिएकोमा उनले श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

    कपिलवस्तु सभापतिमा कलाम

    कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् । उनले संस्थापन पक्षका राजेश आचार्यलाई १ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

    जिल्लामा कुल १ हजार ८१६ मतदातामध्ये १७ सय ६३ मत खसेको थियो । जसमा कलामले ९ सय २८ र आचार्यले ८ सय १९ मत पाएका थिए । कार्यसमितिको ७ जना पदाधिकारी मध्ये ६ जना कलामकै प्यानबाट निर्वाचित भएका छन् । उपसभापतिहरुमा हुमाकान्त खनाल र रजत आचार्य, सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेम बहादुर रायमाझी तथा सहसचिवमा बिरेन्द्र शुक्ला र मोहोम्द ओजी अर्सद विजयी भएका छन् । ओजी मात्र आचार्य प्यानलका हुन् ।

    यसैगरी पालिकाबाट निर्वाचित हुुने २६ सदस्यहरुमा २० कलाम र ६ आचार्य तथा समावेशीतर्फ १८ सदस्यमध्ये १५ कलाम र ३ आचार्य पक्षबाट निर्वाचित भएका छन् । आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, वीरेन्द्र कनौडिया, दीर्घनारायण पाण्डेय, दीप कुमार उपाध्यायसहित सुधाकर पाण्डेयले साथ दिएका थिए । कलामलाई पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीको केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रीय सदस्य राजेश सिहको साथ थियो ।

    तत्कालीन सिसवा गाविसको अध्यक्ष हुँदै कलाम पार्टी उपसभापति २ पटक बनेका थिए । उनी महाराजगञ्ज नगरपालिकाको मेयरसमेत रहेका छन् ।

    रुकुमपूर्वमा रोका

    नेपाली कांग्रेसको रूकुमपूर्व जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् ।

    अधिवेशनमा जिल्ला सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका रोकाको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    निर्विरोध निर्वाचित भएका रोका पूर्वसहायक मन्त्रीसमेत हुन् । अधिवेशनले उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरेको छ । त्यस्तै जिल्ला सहसचिवमा धनप्रताप बुढामगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् ।

    बाँकेमा चुनाव हुन बाँकी छ ।

  • एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    एमाले नेतृत्वमा लुम्बिनीबाट ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

    रुपन्देही । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् ।

    यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा गरे पनि पराजित भए । तर, केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

    केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी र केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् ।

    लुम्बिनीबाट ६० जना केन्द्रीय कमिटीमा समेटिएको प्रचार विभागका सदस्य डीआर घिमिरेले बताए ।

    एमालेले लुम्बिनी प्रदेशलाई आधार इलाका मान्दै आएकाले पनि पदाधिकारीमा ठाउँ पाएको नेताहरूको विश्लेषण छ ।

    नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित रुपन्देहीका विष्णु पौडेल अन्तिम समयसम्म महासचिवमा प्रमुख दाबेदार रहेका थिए । तर, अध्यक्ष केपी ओलीकै प्रस्तावमा उनी विष्णु पौडेल उपाध्यक्ष बनेका छन् । उनी दुईपटक अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका कारण र नेकपाकालमा महासचिवको जिम्मेवारी कुशलतापूर्वक निभाएका कारण पार्टीभित्र थप बलियो बनेका हुन् ।

    समन्वयकारी भूमिकामा अग्रभागमा देखिने पौडेल यसअघि संगठन विभाग प्रमुख रहेकाले पनि आन्तरिक संगठनमा बलियो बनेका हुन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पराकिलो मतान्तरले हराएर चर्चामा आएका पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । रूपन्देहीमा पौडेलले अगाडि बढाएको विकासले एमालेको जनआधार बलियो छ ।

    उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन् । सरल र सादगी नेताको पहिचान बनाएका ज्ञवाली यसअघि ९ औं महाधिवेशनमा पनि उपाध्यक्षमै विजयी भएका थिए । लामोसमय माधव नेपाल समूहमा रहेका उनी पार्टी विभाजनको बेला एमालेको बलियो खम्बा बनेर मूलधारमै रहेका हुन् ।

    पार्टीभित्र अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट शंकर पोखरेल निर्विरोध भएका छन् ।

    उनी लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्रीसमेत हुन् । केपी ओलीको विश्वासपात्र पोखरेललाई ओलीले महासचिव बन्ने संकेत विधान महाधिवेशनमै गरेको धेरैले आंकलन गरेका थिए । पार्टीभित्र सैद्धान्तिक बहस गर्ने र जबजको व्याख्याताका रुपमा पहिचान बनाएका पोखरेल ९ औं महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि स्थायी कमिटीमा रहेर महत्वपूर्ण काम गरेका थिए ।

    वैचारिक नेता मानिने गुल्मीका प्रदीप ज्ञवाली उपमहासचिव बनेका छन् । ज्ञवाली एमाले सचिव थिए । त्यस्तै गुल्मीकै गोकर्ण विष्ट पनि सचिव बनेका छन् । उनी यस अगाडि पनि सचिव नै थिए । गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय मानिन्छन् । विष्टले लोकप्रिय मत प्राप्त गरे ।

    त्यस्तै रूपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन् । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यसअगाडि स्थायी कमिटी सदस्य थिए । एमालेको पदाधिकारीमा पहिलोपटक दलित समुदायबाट उनले प्रतिनिधित्व गरेका छन् । सचिवमै अर्घाखाँचीका टोपबहादुर रायमाझी निर्वाचित भए । अर्घाखाँचीमा जनआधार राम्रो बनाएका उनी पूर्वमाओवादी नेता हुन् । विकासप्रेमी नेताको पहिचान बनाएका रायमाझी एमालेमा रहेपछि साविकको लुम्बिनीका धेरै माओवादी नेता-कार्यकर्तालाई एमालेमै राख्न सफल भए ।

    माओवादी जनयुद्धका कमाण्डरमध्येका एक रायमाझी शान्ति प्रकृयामा आएपछि कुनै निर्वाचनमा पराजित भएका छैनन् । यसअघि माओवादीले लुम्बिनीका सबै जिल्लाबाट पराजय हुँदा उनीमात्र विजयी भएका थिए ।

    केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन् । उनी यसअघि पार्टीको सल्लाहकार थिए । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् । आयोगका केन्द्रीय सदस्यमा पनि लुम्बिनीबाट धेरै सदस्यहरू निर्वाचित भएका छन् ।

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित हुने लुम्बिनीका पदाधिकारी तथा सदस्यहरू :

    उपाध्यक्ष :

    विष्णु पौडेल
    युवराज ज्ञवाली

    महासचिव :

    शंकर पोखरेल

    उपमहासचिव :

    प्रदीप ज्ञवाली

    सचिव :

    गोकर्ण विष्ट
    छबिलाल विश्वकर्मा
    टोपबहादुर रायमाझी

    लुम्बिनी प्रदेश भुगोल

    खुल्लातर्फ : 
    १. लिला गिरी
    २. खेममान खड्का
    ३. दिनेश पन्थी
    ४. नवीन रोका मगर
    ५. भुमिश्वर ढकाल
    ६. हरिप्रसाद रिजाल
    महिला तर्फ : 
    १. साबित्रा अर्याल
    २. मेनका पोखरेल
    ३. सरिता खनाल भुसाल
    आदिवासी जनजाति खुल्ला 
    गोकुलप्रसाद घर्ती मगर
    दलबहादुर राना
    महिला : 
    ईश्वरी घर्ती
    तराई मधेश खुल्ला : 
    पसुपती दयाल मिश्र
    शुशिलकुमार श्रीवास्तव
    दलित समुदाय खुल्ला : 
    बमवहादुर विश्वकर्मा
    जंग नेपाली
    थारु समुदाय खुल्ला : 
    बैजनाथ चौधरी
    नरुलाल चौधरी
    महिला  : 
    गङा चौधरी सतगौवा
    मुस्लिम समुदाय खुल्ला :  
    महम्मत हारुन हलुवाई
    सिराज अहमद फारुसी
    श्रमिक क्षेत्र खुल्ला : 
    कमल गौतम

    खुला क्षेत्र

    घनश्याम भुसाल
    मणी थापा
    खिमलाल भट्टराई
    गिरिधारीलाल न्यौपाने
    चन्द्र वहादुर खड्का
    ठाकुर गैरे
    दधिराम न्यौपाने
    लक्ष्मण ज्ञवाली
    सुर्य थापा
    बलराम अधिकारी
    घनश्याम पाण्डे
    चेतनारायण आचार्य
    कुमार दशौंदीं
    शिवराज सुवैदी
    सुर्य ढकाल
    किरण पौडेल

    महिला :

    कोमल वली
    गोमादेवि आचार्य
    दीपा शर्मा
    विमला घिमिरे
    शान्ता चौधरी
    शान्तिदेवी ढकाल
    शोभा ज्ञवाली
    सीता न्यौपाने
    सिर्जना काफ्ले
    सुजिता शाक्य

    अनुशासन आयोग :

    उपाध्यक्ष : (१) नेत्रप्रसाद पन्थी
    खुल्ला सदस्य :
    छबिलाल ओली
    झपेन्द्रबहादुर जिसी
    डा.कृष्ण न्यौपाने
    तुलसीप्रसाद चौधरी
    देवराज भार
    महिला सदस्य 
    सरस्वती गौतम

    लेखा आयोग :

    उपाध्यक्ष : (१) बिष्णु पन्थी
    खुल्ला सदस्य  :
    धनेन्द्रराज घिमिरे
    रेवतीरमण शर्मा
    महिला सदस्य : 
    बिजया धिताल
    बिमला केसी
    सावित्री विश्वकर्मा
  • एमाले अवरोधका बीच आज पनि अघि बढ्यो लुम्बिनी प्रदेशसभा बैठक

    एमाले अवरोधका बीच आज पनि अघि बढ्यो लुम्बिनी प्रदेशसभा बैठक

    रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बीच लुम्बिनी प्रदेशसभाको कारबाही अघि बढेको छ ।

    आइतबार बसेको प्रदेशसभा बैठकमा जीवनाशक विषादी नियमन सम्बन्धमा गर्न बनेको विधेयक दफाबार छलफलका लागि कृषि वन तथा वातावरण समितिमा पठाइएको छ । कृषि खाद्य तथा प्रविधि मन्त्री सुमन शर्माले उक्त विधेयक समितिमा दफाबार छलफलका पेस गरेकी हुन् । सभामा पेस भएको विधेयकलाई सभामुख पूर्णबहादुर घर्तीले निर्णायार्थ पेस गरे । त्यसपछि उक्त विधेयक सर्वसम्ममतका साथ स्वीकृत भएको थियो ।

    त्यसअघि मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यन्याधिबक्ताको २०७६/०७७ र २०७७/०७८ को प्रतिवेदन सभामा पेस गरेका थिए । उक्त प्रतिवेदन छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा गएको छ । तर, प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर् अवरुद्ध तथा बहिष्कार गर्दै आएको छ । आइतबारको बैठक सुरू हुनसाथ एमाले सांसदहरूले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।

    त्यसअघि सभामा बोल्दै एमाले प्रदेश सभा सांसद तुल्सी चौधरीले सूर्य चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म बैठक चल्न नदिने बताएका थिए । एमालेको नाराबाजीपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बसेको बैठक भने प्रतिपक्ष दल एमालेले बहिष्कार गरेको थियो । प्रदेशसभाको अर्को बैठक कार्तिक २८ गते बस्नेछ ।

  • पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडिएकोमा मुख्यमन्त्री केसीको आलोचना

    पत्रकार कल्याणकारी कोषको रकम आसेपासेलाई बाँडिएकोमा मुख्यमन्त्री केसीको आलोचना

    रुपन्देही । आफ्ना नजिकका र पहुँचवाला सञ्चारमाध्यमलाई मात्रै बजेट वितरण गरेको भन्दै लुम्बिनी सरकारको आलोचना भएको छ ।

    शंकर पोखरेल नेतृत्वको सरकारले बनाएको पत्रकार कल्याणकारी कोषको रकम काटेर विनियोजन गरिएको समाचार नेपाल प्रेसमा प्रकाशन भएको थियो । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’ को विकास तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले छुट्टयाएको र अन्य आफू मातहतका सञ्चारमाध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीको आलोचना सुरू भएको छ ।

    प्रकाशन तथा प्रसारण समाजले सरकारले गलत काम गरेको भन्दै असन्तुष्टि जनाएको छ । बजेटमा तोक आदेशको भरमा निजी सञ्चारमाध्यमका घर बनाउने, पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता शीर्षकमा बजेट छुट्टाइनु बेथितिका उच्च नमुनाहरू हुन भन्ने ठहर भएको समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    समाजले सञ्चारमाध्यमका प्रतिनिधिमूलक संघसंस्थाहरूले व्यवसायिक र गुणात्मक पत्रकारिताका लागि समानुपातिक विज्ञापन वितरणको व्यवस्था गरियोस् भनेर तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी (हालका मुख्यमन्त्री) लाई २०७७ असार २३ गते ध्यानाकर्षण गरेको पुनः स्मरण गराएको छ ।

    यस्ता बेथितिहरूलाई तत्काल रोकी सञ्चार माध्यमलाई नगद अनुदानभन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्न विज्ञप्तिमा जोड दिइएको छ ।

    यस्तै यसअघिको सरकारले राखेका संचारसम्बन्धी कतिपय कल्याणकारी कोषको बजेट कटौती गरिएको हुँदा पुनः बजेटलाई पुनरावलोकन गरी बजेट तथा लुम्बिनी प्रदेश सरकार मिडियामैत्री बन्न समाजले आग्रह गरेको छ ।

  • लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

    लुम्बिनीको स्थायी राजधानीका लागि सशस्त्र र वनको जग्गा सिफारिस

    रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न दाङको राप्ती गाउँपालिकास्थित भालुवाङनजिकै सशस्त्र प्रहरी बलको नाममा दर्ता कायम भएको वन क्षेत्र र वन विभागको करिब ६० विघा खाली जग्गालाई सिफारिस गरिएको छ ।

    सो क्षेत्रको मुख्यमन्त्री कुलप्रसाद केसीसहितका टोलीले मंगलबार निरीक्षण गरी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । उक्त स्थानमा मन्त्रालयका भौतिक संरचना निर्माण गर्दा उपयुक्त हुने भन्दै प्रक्रिया अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

    मंगलवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा मुख्यमन्त्री केसीसहितको बैठकले सशस्त्र प्रहरीको नाममा दर्ता कामय भएको वन क्षेत्र र वन क्षेत्रको खाली जग्गालाई लुम्बिनी प्रदेश सरकारको नाममा हक हस्तान्तरणको लागि आवश्यकता अनुसार चार किल्ला क्षेत्रफल छुट्याइ राप्ती गाउँपालिकाले सिफारिस गर्ने निर्णय भएको शर्माले बताए ।

    बैठकले सशस्त्रलाई सो क्षेत्रफल बमोजिमकै जग्गा सोध भर्ना गर्ने व्यवस्था गर्ने, राप्ती गाउँपालिकाले सिफारिस गरेको जग्गा नाप जाँच गरी क्षेत्रफल एकिन लगायतका काम दुई÷तीन दिनभित्र मालपोत र नापी कार्यालयले काम अगाडि बढाउने, राप्ती गाउँपालिका, मालपोत र नापी कार्यालयबाट प्राप्त भएको जग्गा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको नेतृत्वमा रहने जग्गा व्यवस्थापन सिफारिस समितिको बैठक बसेर लुम्बिनी प्रदेश सरकारको नाममा जग्गा तथा हक हस्तान्तरणको लागि संघीय सरकारलाई सिफारिस गर्ने गरेको छ ।

    त्यस्तै लुम्बिनी प्रदेश सरकारको लागि जग्गा व्यवस्थापन गर्ने कार्य र डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाको आधारमा रहेको क्षेत्रमा बसोबास गर्ने स्थानीयको व्यवस्थापनको सम्बन्धमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको संयोजकमा कार्यदल गठन गरी उचित व्यवस्थापनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

    बैठकमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सूचना सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री, ऊर्जा जलस्रोत सिंचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, पर्यटन ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल विक, प्रदेशसभा सदस्य दामा शर्मा, सरस्वती गौतम, धमकली चौधरी, रेवतीरमण शर्मा सहभागी रहेका थिए ।

    मुख्यमन्त्री कुलप्रसाद केसीले यो वर्षबाट राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासँगै निकट भविष्यमा सम्झना लायक गुरुयोजनासहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने बताएका छन् ।

    उनले आवश्यक जग्गा संघीय सरकारले उपभोग गर्न अधिकार दिएकै दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने गरी बजेट विनियोजन भइसकेको बताए ।

    प्रदेश सरकारले अहिले आवश्यक ठानेको जग्गामध्ये केही ठाउँमा स्थानीयले लामो समयदेखि आफूहरु बस्दै आएकाले आफ्नो व्यवस्थापन नहुँदै जग्गा नदिने बताउँदै आएका छन् ।

  • लुम्बिनीका मुख्यमन्त्रीको गाडी दुरुपयोगः निजी नम्बर प्लेट राखेर आफन्तले चलाउँदै

    लुम्बिनीका मुख्यमन्त्रीको गाडी दुरुपयोगः निजी नम्बर प्लेट राखेर आफन्तले चलाउँदै

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी (सोनाम) ले चढ्ने झण्डावाल सरकारी गाडी दुरुपयोग भएको छ । गाडीको झण्डा झिकेर निजी नम्बर प्लेट राखी मुख्यमन्त्रीका आफन्तले चढिरहेको भेटिएको हो ।

    सरकारले मुख्यमन्त्रीका लागि उपलब्ध गराएको लु. १ झ ३४० नम्बरको महिन्द्रा एक्स यु भि ५०० मोडेलको गाडीको झण्डा हटाएर लु. १ च ९६५६ नम्बरको प्राइभेट नम्बर प्लेट राखिएको छ । गाडीले दसैँको समयमा दाङमा मुख्यमन्त्रीका आफन्त ओसारपसार गरिरहेको छ ।

    माओवादी केन्द्रका एक नेताका अनुसार उक्त गाडी मुख्यमन्त्रीका आफन्त राजेन्द्र वलीले प्रयोग गरिरहेका छन् । यो गाडी अघिल्ला मुख्यमन्त्री शंकर पोखरेल चढ्ने गर्दथे । गाडीमा अनधिकृत तवरले निजी नम्बर प्लेट राखेर दुरुपयोग भएको माओवादी नेताहरू नै बताउँछन् ।

    ‘मन्त्रीले झण्डा राखेर चढ्ने गाडीमा प्राइभेट नम्बर राख्नु त पदको दुरुपयोग नै भयो,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नाम नछाप्न आग्रह गर्दै भने, ‘सोनामजीबाट यस्तो अपेक्षा थिएन ।’

    आजै बिहान आफूले सो गाडी घोराहीमा निजी नम्बरप्लेट लगाइएको अवस्थामा देखेको उनले बताए ।

    मुख्यमन्त्री भन्छन्- मैले नै गरेको हो

    मुख्यमन्त्री केसीले आफ्नो गाडीमा प्राइभेट नम्बर राखेको स्वीकारेका छन् । आफैंले गाडीमा प्राइभेट नम्बर प्लेट राख्न लगाएर दाङ पठाएको उनले बताए ।

    ‘मैले मेरा सल्लाहकारलाई छोड्न गाडी प्राइभेट नम्बर राखेर पठाएको छु,’ उनले नेपाल प्रेसलाई भने, ‘मुख्यमन्त्रीको गाडीमा प्राइभेट नम्बर राख्दा तपाईंलाई केको सरोकार ?’

    मुख्यमन्त्री केसीका प्रेस सल्लाहकार मानसिङ विश्वकर्माले भने सार्वजनिक बिदाको समय भएकाले मुख्यमन्त्रीको गाडीमा प्राइभेट नम्बर राखेर प्रयोग गरिएको बताए ।

    ‘बिदाको समयमा चलाउन सजिलो होस् भनेर प्राइभेट नम्बर राखेको हो,’ उनले भने, ‘उनले भने यो विषयलाई त्यति ठूलो नमानौँ ।’

  • धमाधम नियुक्ति गर्दै लुम्बिनी प्रदेश सरकार

    धमाधम नियुक्ति गर्दै लुम्बिनी प्रदेश सरकार

    रूपन्देही । दुई महिनादेखि मन्त्री टुंगो लगाउन नसकेको लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा नियुक्ति भने धमाधम गरिरहेकाे छ ।

    प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणको रिक्त प्रमुख कार्यकारी पदमा अन्तन्तराज घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले रिक्त पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा घिमिरेलाई नियुक्त गरेको हो ।

    बैठकले प्रदेश प्रशिक्षण परिषदको कार्यकारी निर्देशकमा रामु जोशीलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने परिषदमा पूर्ववर्ती एमाले सरकारले मनोनित गरेको विषयगत विज्ञ भुबनेश्वर लामिछाने र मोतिराम प्रसाद शर्मालाई हटाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयाेजक मानसिंह बिकले जानकारी दिए ।

    बैठकले वर्तमान सरकारले नै विषयगत विज्ञमा नियुक्त गरेको श्याम कुमार आचार्यको आवश्यक कागजपत्र नपुगेको भन्दै मनोनयन बदर गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

    बैठकले सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिन्सी र सामाग्री शिक्षा विज्ञान र युवा तथा खेलकुद मन्त्रालयमा हस्तातरण गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका प्रवक्ता खड्काले बजेट जनमुखी भएको दावी गरे । उनले प्रदेश सरकारले जनताको बीचमा समृद्ध लुम्बिनी प्रदेश, आत्मनिर्भर प्रदेशबासीको सपनालाई साकार बनाउनको लागि क्रियाशील रहेको बताए ।

    शुक्रबार केही तयारी नपुगेर मन्त्रिपरिषद थपमा ढिलाइ भएकाे बताउँदै उनले सरकारले छिट्टै पूर्णता पाउने समेत बताए ।

  • शंकर पोखरेलको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक पेस, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज

    शंकर पोखरेलको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक पेस, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । यसअघिको सरकारले पनि यही अंकको बजेट ल्याएको थियो ।

    आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट ल्याएका हुन् । कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रहेको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु र ५४.८७ प्रतिशत पुँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११.८२ प्रतिशत अर्थात ४ अर्ब ८४ करोड २३ लाख रूपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

    मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज

    लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज भएको छ । प्रदेशसभामा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त कार्यक्रम खारेज भएको बताएका हुन् ।

    उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ का रूपमा कार्यान्वयन गरिने उनले बताए । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सुरू गरेको यस कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।

    एमालेको एमालेको बहिष्कार

    आजको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । ४ बजेदेखि सुरू भएको नवौं अधिवेशको सातौं बैठक एमालेले बहिष्कार गरेको हो ।

    यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नारावाजी गरेको थियो । पार्टीले कारवाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ ।

    यस्तो छ- प्रदेशसभामा पेस गरिएको विधेयक 

  • लुम्बिनीमा राजधानी व्यवस्थापनका लागि बस्ती हटाउन थालेपछि विरोधमा स्थानीय (भिडिओ)

    लुम्बिनीमा राजधानी व्यवस्थापनका लागि बस्ती हटाउन थालेपछि विरोधमा स्थानीय (भिडिओ)

    रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीका लागि दाङको देउखुरी क्षेत्रमा संरचना खोजी गर्न थालिएको छ । सरकारले राजधानी व्यवस्थापनका लागि राप्ती गाउँपालिका वडानम्बर ३ मा ५० वर्ष पहिलेदेखि बसेको बस्ती हटाउन थालेपछि स्थानीयहरुको विरोध शुरु भएको छ ।

    प्रदेशको राजधानी व्यवस्थापनका लागि राप्ती गाउँपालिका वडानम्बर ३ मा पर्ने ६५ नम्बर, नयां वस्ती, वागढड्डी उत्तर मसुरिया, मुक्तकमैयां टोल र वडा नम्बर २ को एकता नगर, डुडिखेल टोल, महाप्रभु टोल, मुक्ति नगर टोल र कटेशनाला नयाँवस्ती लगायतका वस्ती प्रदेश सरकारले हटाउने तयारी गरेको हो ।

    पुराना वस्तीहरु हटाउने मन्त्रालयको निर्णयविरुद्व स्थानीय विरोधमा उत्रिएका छन् । सोही वस्तीहरुमा बसोवास गर्दै आएका स्थानीयले वस्ती हटाउने प्रदेश सरकारको निर्णयविरुद्व नयाँ वस्ती संघर्ष तथा समन्वय समिति गठन गरी आन्दोलनमा उत्रिएका हुन् ।

    लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले १५ दिनभित्र वस्ती खाली गराउन डिभिजन वन कार्यालय लमहीलाई पत्राचार गरेपछि त्यसका विरुद्व नयाँ वस्ती संघर्ष तथा समन्वय समिति गठन गरिएको हो ।

    नयां वस्ती संघर्ष तथा समन्वय समितिले वस्ती हटाउन नदिने र ५० वर्ष अघिदेखि बसोवास गर्नेहरुलाई लालपूर्जा दिनुपर्ने माग गर्दै मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ । लालपूर्जाविहीन जनतालाई जग्गाको लालपूर्जा दिने बेला प्रदेश सरकारले वस्ती नै हटाउने षडयन्त्रविरुद्व मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नयाँवस्ती संघर्ष तथा समन्वय समितिका सदस्य दलबहादुर घर्तीले बताए ।

    लोकतान्त्रिक गणतन्त्र, नेपालको नागरिक हुँदा पनि राज्य पक्षबाट अपहेलित हुनु परेको संघर्ष समितिका सदस्य धनीराम घर्तीले गुनासो गरे । राप्ती प्राविधिक शिक्षालय आसपासमा अवस्थित वस्तीमा ५० वर्ष पहिलेदेखि जनजाति आदिवासी, दलित, भूमिहीन सुकुम्वासीहरु बस्दै आएका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उचित व्यवस्थापन गरिने आश्वासन दिएपनि आफुहरु बस्दै आएको वस्ती नछोड्ने संघर्ष समितिका सदस्य धनीराम घर्तीले बताए । ५० वर्ष पहिलेदेखि बस्दै आएका जनतालाई लालपूर्जा दिनुपर्ने, जनतालाई झुक्काउने काम बन्द गरिनुपर्ने र बस्ती हटाउने ग्रामीण तथा शहरी विकास मन्त्रालयको गत भदौ ५ गतेको निर्णय खारेज गरी सार्वजनिक गर्नुपर्ने मागसहित तीनबुंदे ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाइएको छ ।

    प्रदेश सभाले एक वर्षअघि प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई घोषणा गरेपनि संरचना अभावमा अहिलेसम्म बुटवल मुकामबाट कार्यसम्पादन भइरहेको छ । यसअघिका मुख्यमन्त्री शंकर पोखरेलकै पालामा केही मन्त्रालय लगिएपनि कर्मचारी व्यवस्थापन, भौतिक संरचना अभावले काम हुन सकेको थिएन ।

    बुटवल र देउखुरीको दुरी टाढा भएकाले आवतजावतमा झन्झट भएको भन्दै कर्मचारीले स्थायी संरचना बनेपछि मात्र राजधानीका सबै कार्यालय सार्न सुझाव दिएका थिए । अहिले सरकार फेरिएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो सम्पर्क कार्यालय सो क्षेत्रमा खोलेका छन् । गतवर्ष उनै केसीको प्रस्तावमा प्रदेशसभाले स्थायी राधधानी देउखुरी क्षेत्र तोकेको हो ।

  • दुई सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेद्वारा लुम्बिनी सभा अवरुद्ध

    दुई सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेद्वारा लुम्बिनी सभा अवरुद्ध

    रूपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक शुरू भएलगत्तै नेकपा एमालेले बैठक अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही सुरु गरेलगत्तै एमालेले विरोध गर्न थालेका थिए ।

    नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।

    निर्धारित समयभन्दा करिब पौने घण्टा ढिलो शुरू भएको बैठकको शुरूमै एमाले सांसद आरती पौडेलले एमालेले कारवाहीका लागि निर्णय गरेर पठाएका दुई सांसद पदमुक्त भएको सूचना टाँस नबढाउँदासम्म सदन चल्न नदिने जनाएलगत्तै एमाले सांसदहरू उठेर रोष्टमतिर गएका थिए ।

  • लुम्बिनीका सबै जिल्लामा एमालेको १० बुँदे कार्यान्वयन, यी हुन् १२ जिल्लाका पदाधिकारी (सूचीसहित)

    लुम्बिनीका सबै जिल्लामा एमालेको १० बुँदे कार्यान्वयन, यी हुन् १२ जिल्लाका पदाधिकारी (सूचीसहित)

    रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशमा रहेका १२ वटै जिल्ला कमिटीलाई पूर्णता दिएको छ । उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित सबै जिल्ला कमिटीमा नेतृत्वलाई पूर्णता दिएको हो ।

    बैठकले दशबुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश बाह्रै जिल्लामा सर्वसम्मत निर्णय भएको पौडेलले जानकारी दिए । बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु कार्यालय सचिव बलराम अधिकारीलाई जिम्मेवारी दिएको छ ।

    बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नेता पौडेलले अबको प्रदेश अध्यक्षले आगामी बैठकको अध्यक्षता गर्ने बताएका थिए । जेठ दुई अघि एमालेका जिल्ला अध्यक्ष रहेका १२ जिल्लामध्ये १० जिल्लाका अध्यक्ष एमालेमै रहेका छन् ।

    यसअघि तटस्थ रहेका दाङका अध्यक्ष टिकाराम खड्का पनि एमालेमै खुलेका छन् । बर्दिया र रोल्पाका एमाले अध्यक्ष मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् । कमिटीमा नेकपा एकतामा माओवादीबाट आएका नेताहरुलाई पनि सोहीअनुसारको जिम्मेवारीमा व्यवस्थापन गरिएको एमालेले जनाएको छ ।

    को को आए नेतृत्वमा

    रुपन्देही
    शिवराज सुवेदी, अध्यक्ष
    पुरुषोत्तम घिमिरे, उपाध्यक्ष
    जागेश्वरी चौधरी, सचिव
    गोपाल राना, उपसचिव

    दाङ
    टिकाराम खडका, अध्यक्ष
    हुकुम बस्नेत, उपाध्यक्ष
    मनोहर वुढाथोकी, सचिव
    कृष्ण भुषाल, उपसचिव

    बर्दिया
    लालवहादुर श्रेष्ठ, अध्यक्ष
    शालिकराम अधिकारी, उपाध्यक्ष
    पदम ढकाल, सचिव
    नुतन चौधरी, उपसचिव

    बाँके
    निरक गुरुङ, अध्यक्ष
    किस्मत कक्षपती, उपाध्यक्ष
    रत्न खत्री, सचिव
    प्रमोद धिताल, उपसचिव

    रोल्पा
    वालाराम वुढा, अध्यक्ष
    विजय घर्ती, उपाध्यक्ष
    निमप्रसाद रोका, सचिव
    राजेन्द्र वुढाथोकी, उपसचिव

    रुकुम पूर्व
    टोपवहादुर वली, अध्यक्ष
    रुजिधन घर्तिमगर, उपाध्यक्ष
    लिलामणि गौतम्, सचिव
    तेजेन्द्र वुढामगर, उपसचिव

    प्युठान
    तुलसी शर्मा, अध्यक्ष
    हुकुम खडका, उपाध्यक्ष
    मोहन जिसी, सचिव
    उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

    अर्घाखाँची
    चेतनारायण आचार्य, अध्यक्ष
    जिवनारायण कोइराला, उपाध्यक्ष
    तोजवहादुर रायमाझी, सचिव
    प्रेम गैरे, उपसचिव

    गुल्मी
    मधुकृष्ण पन्त, अध्यक्ष
    वालसिं काउछा, उपाध्यक्ष
    सोमप्रसाद सापकोटा, सचिव
    धर्म विक, उपसचिव

    पाल्पा
    नारायण आचार्य, अध्यक्ष
    मोहन थापा, उपाध्यक्ष
    ओजवहादुर घर्ति, सचिव
    कमल पाण्डे, उपसचिव

    नवलपरासी
    तुलसी पासी, अध्यक्ष
    डोलराज भण्डारी, उपाध्यक्ष
    थानप्रसाद गैरे, सचिव
    राजन आचार्य, उपसचिव

    कपिलवस्तु
    झविलाल पोखरेल, अध्यक्ष
    वावुराम खनाल, उपाध्यक्ष
    वावुराम आचार्य, सचिव
    विश्राम चौधरी, उपसचिव

  • रामकुमारी र सोमप्रसादका जिल्लाका जनप्रतिनिधिले नेकपा एस रोजेनन्

    रामकुमारी र सोमप्रसादका जिल्लाका जनप्रतिनिधिले नेकपा एस रोजेनन्

    रुपन्देही । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादीलाई लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई साथ दिएनन् । नेकपा एसका प्रभावशाली नेताहरु सोमप्रसाद पाण्डे र रामकुमारी झाँक्रीका जिल्लामासमेत नेकपा एमाले छाड्ने जनप्रतिनिधिको संख्या नगण्य छ ।

    गुल्मीकी झाँक्री, पाल्पाका पाण्डे, दाङका चौधरी र पछिल्लो समय पार्टी छाडेका बामदेव गौतमको बर्दियामा एमालेले धेरै जनप्रतिनिधि जोगाउन सफल भएको छ ।

    ३७ सदस्य प्रदेश सदस्य रहेको लुम्बिनीमा १ सांसद मात्र समाजवादीमा गएका छन् भने सबै १२ जिल्लाबाट दुई उपमेयर, २ उपाध्यक्ष, ६ वडाध्यक्ष र बाँकी वडासदस्य गरी ७१ जनामात्र समाजवादीमा लागेका हुन् ।

    पार्टी बिभाजनका लागि सुरुदेखि नै लागिपरेकी नेतृ रामकुमारी झाँक्री र मेटमणि चौधरीकै जिल्लामा स्थानीय तहका जनप्रतिनिधिले उनीहरुलाई पत्याएनन् ।

    स्थानीय तहका ७ प्रमुख र १० उपप्रमुखसहित ३३० जना जनप्रतिनिधि रहेको गुल्मीका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् । यसमा झाँक्रीलाई नराम्रो झड्का लागेको छ । प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एमालेमै बलियो भएपछि गुल्मीबाट सबै जनप्रतिनिधिले जोखिम मोल्न चाहेनन् ।

    १ सय ९७ जना सूर्यचिह्न वाहक जनप्रतिनिधि रहेको मेटमणि चौधरीको जिल्ला दाङमा भने २१ जना वडा सदस्यहरुले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

    लुम्बिनी प्रदेशमा सबैभन्दा बढी एकिकृत समाजवादी पार्टीका पक्षमा सनाखत दाङमा नै गरेको देखिन्छ ।

    लुम्बिनी प्रदेशको बांकेमा ११ जनाले समाजवादी रोज्दा पाल्पा, कपिलवस्तु र पश्चिम नवलपरासीमा १/१ जनाले मात्रै नेकपा एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् भने रुपन्देहीमा ७ बर्दिया र अर्घाखाँचीमा ६/६ तथा रुकुम र रोल्पामा ५/५ जनाले मात्रै एकिकृत समाजवादी रोजेका छन् ।

    यस्तै एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता बामदेव गौतमको गृहजिल्ला प्युठानमा ७ जनाले मात्रै एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।प्युठानका स्थानीय तहमा १९७ जना जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

    गत भदौ १ गते एमाले बिभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो ।

    लुम्बिनीका कपिलवस्तु, पाल्पा र पश्चिम नवलपरासीबाट भने एक/एक जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
    पाल्पाबाट रम्भा गाउँपालिकाका १ जना जनप्रतिनिधिले मात्रै नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकोे जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार रम्भा गाउँपालिका वडा नम्बर ५ का सदस्य ईश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

    श्रेष्ठले समाजवादी रोजेपछि माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्लामा नेकपा एकिकृत समाजवादी शून्यबाट जोगिएको हो ।
    कपिलवस्तुमा शिवराज नगरपालिका वडा नम्बर ८ देविपुरकी कार्यपालिका सदस्य निर्मला सुनारले एकीकृत समाजवादिमा सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानीराम पुरीले कपिलवस्तुमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीमा एक÷एक जनाले सनाखत गरेको जानकारी दिए ।

    सुनारले एमाले छोडेर एकीकृत समाजवादु रोज्दा शिवराज नगरपालिका १० कि वडाअध्यक्ष मन्जु मिश्राले जनता समाजवादी छोडेर लोकतान्त्रिक समाजवादी रोजेकी हुन् ।

    त्यसैगरी पश्चिम नवलपरासीमा बर्दघाट नगरपालिका वडा न ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् । चापागाईंसगै बर्दघाट वडा नं. २ का सदस्य कृष्ण प्रसाद पाण्डेले पनि एकीकृत समाजवादीमा सनाखत गरेकोमा पछि फिर्ता लिएका हुन् ।

    जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले सनाखत फिर्ता स्वीकृत गर्न नमिल्ने भएकाले उक्त पत्र आयोगमा पठाउने बताइन् ।

    त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जाने जनप्रतिनिधि भने शून्य भएको छ।

    उता अर्घाखाँची जिल्लामा भने ६ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

    जिल्लामा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

    गौतम सहित शितगंगा नगरपालिका वडा नम्बर ६ का सदस्य गोबिन्द प्रसाद पोख्रेल, शितगंगा नगरपालिका १३ का वडा सदस्य जिवलाल क्षेत्री, पाणिनी गाउँपालिका वडा नम्बर ३ का सदस्य ओमप्रकाश भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्बर १ की महिला सदस्य शुमित्रा मुखिया र मालारानी गाउँपालिका ५ का सदस्य डाल बहादुर चौहानले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने कुल ७१ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै दाङबाट २१ जनाले एमाले छोडेका छन् ।

    त्यसैगरी बाँकेमा ११, रुपन्देही र प्युठान समान ७/७, बर्दिया ६, रुकुम पूर्व र रोल्पाबाट ५/५ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए।

  • लुम्बिनी प्रदेशका कार्यकर्तालाई प्रचण्डको भर्चुअल प्रशिक्षण

    लुम्बिनी प्रदेशका कार्यकर्तालाई प्रचण्डको भर्चुअल प्रशिक्षण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशका माओवादी नेता कार्यकर्तालाई सम्बोधन गरेका छन् ।

    बर्दीयामा जम्मा भएका लुम्बिनीका १२ जिल्लाका कार्यकर्ताहरूलाई सोमबार प्रचण्डले काठमाडौंबाट भर्चुअल माध्यममार्फत सम्बोधन गरेका हुन् ।

    पछिल्लो केन्द्रीय समिति बैठकपछि माओवादीले ४ महिने संगठन विस्तार अभियान शुरू गरेको छ ।

    माओवादी केन्द्रले पुस ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन गर्दैछ।

  • विमला वली र अजय शाहीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न नदिन एमालेको माग

    विमला वली र अजय शाहीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न नदिन एमालेको माग

    काठमाडौं । सभामुखले स्वविवेकीय अधिकार प्रयोग गर्न नपाउने जिकिर विमला वली र अजय शाहीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न नदिन माग गरेको छ ।

    सर्वोच्च अदालमा बुधबार लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गर्दै एमालेले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई रोक्न माग गरेको छ ।

    दुवैजना एमालेको सदस्य भएको भन्दै उनीहरूलाई कारवाही नगर्ने सभामुखको निर्णय बदर गर्न समेत एमालेले रिटमा माग गरेको छ। सभामुखले स्वविवेकीय अधिकार प्रयोग गर्न नपाउने जिकिर पनि रिटमा गरिएको छ ।

    ‘दुवैजना प्रदेशसभा सदस्यहरूलाई गैरकानूनी रूपमा पदमा आसिन गराइएको छ,’ भनिएको छ, ‘ उपरोक्त कानूनबमोजिम सभाको सभामुखले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने होइन । निजले सम्बन्धित दलबाट निष्कासित भइसकेको प्रदेशसभा सदस्यलाई सम्बन्धित सदनमा जानकारी गराई वा सूचना टाँसगरी पदबाट निष्कासन भई पदरिक्त भएको सूचना ऐ. ऐनको दफा ३६ बमोजिम निर्वाचन आयोगलाई दिने हो ।’

  • मन्त्रालय र कर्मचारी व्यवस्थापनमा उदासीन, गठबन्धनलाई चित्त बुझाउन मन्त्रालय थप

    मन्त्रालय र कर्मचारी व्यवस्थापनमा उदासीन, गठबन्धनलाई चित्त बुझाउन मन्त्रालय थप

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आइतबारको बैठकबाट मन्त्रालयको संख्या ११ बाट बढाएर १३ पुर्‍याउने निर्णय गर्‍यो । मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन दलको चित्त बुझाउन मन्त्रालय थपेको टिप्पणी बढ्न थालेको छ ।

    १३ मन्त्री रहेपनि यसमा थप सहायक र राज्यमन्त्री राखेर गठबन्धनमा जोडिएका केही सांसदहरूको चित्त बुझाउने तयारी मुख्यमन्त्री गरेको सरकारमा सहभागी दलका एक सांसदले बताए ।

    प्रदेशको स्थायी राजधानी व्यवस्थापन हुन नसकेको, कोरोना महामारी र प्राकृतिक विपत्तिमा प्रदेश थला परेको समयमा मन्त्री थप गर्ने सरकारको यो निर्णयले भार बढ्ने भन्दै प्रदेश सरकारको आलोचना शुरू भएको हो ।

    ‘एक वर्षअघि दाङको देउखुरीमा स्थायी राजधानी घोषणा भए पनि अस्थायी मुकाम बुटवलबाट सत्ता संचालन भइरहेको छ । मन्त्रालय थप गर्दा कर्मचारी, कार्यालय तथा अन्य खर्चको व्यवस्थापन गर्न थप चुनौती हुनेछ, एक मन्त्रालयका सचिवले भने, ‘ राजनीतिक कुरामा हामीले अबजेक्सन गर्ने कुरा त होइन तर राजधानी नै व्यवस्थापन नभएको अवस्थामा, मन्त्रालय र कर्मचारी नै व्यवस्थापन नभएको अवस्थामा धेरै मन्त्री बनाउने विषयले प्रदेशको हित गर्दैन ।’

    मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । चार दलीय गठबन्धनबाट मुख्यमन्त्री भएका कुलप्रसाद केसीले सबै दललाई मन्त्रालयको भाग पुर्‍याउन ४ मन्त्रालय थप गर्ने निर्णय गरेका हुन् ।

    यसअघिका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री थप गर्दा आलोचना गरेका विपक्षी दलले अहिलेको अवस्थामा थप गर्नुलाई जायज मान्न नसकिने विश्लेषक डीआर घिमिरे बताउँछन् ।

    लुम्बिनीका मन्त्रालयहरू

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको संख्या बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजनसमेत गरेको छ ।

    लुम्बिनीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छन् ।

    यस्तै कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन् ।

    गठबन्धन दललाई मन्त्री छान्न सकस

    साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका कुलप्रसाद केसीले सोही दिन ६ जना मन्त्री बनाए । तीन साता सकिन लाग्दासम्म उनले सरकारलाई पूर्णता भने दिन सकेका छैनन् ।

    यो बीचमा प्रमुख प्रतिपक्ष दल एमालेले बहिष्कार गरे पनि उनले विश्वासको मत गठबन्धन दलबाट पाएका छन् । गठबन्धन दलमै आकांक्षी धेरै भएको र केहीलाई मन्त्रीकै आश्वासनमा विश्वासको मत दिएकाहरूको कारण मन्त्रिमण्डल विस्तारमा सकस परेको बताइएको छ ।

    साउन २८ मै विनाविभागी मन्त्री बनेका ३ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पएका छैनन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय बढाउनुपरेको हो । सरकारमा जसपाका तीनै सांसद सबै मन्त्री भइसकेका छन् ।

    लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने सरकारको योजना छ । ‘पार्टीभित्र सरकारमा सहभागी हुने धेरैको रहर छ, मन्त्रालयको टुंगो लागेसँगै अब टुंगिन्छ, आकांक्षी धेरै भएकाले समय लागेको हो’, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले नेपाल प्रेससँग भने ।

  • लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं

    लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं

    रुपन्देही ।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कानुनसम्मत नभएकाले नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।

    लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रमसहित नयाँ बजेट बनाउन शुरु गरेको मन्त्री खड्काले बताए ।
    मंगलबार रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका खड्काले यस्तो बताएका हुन् ।

    अघिल्लो सरकारले सहमतिबाट बजेट ल्याऔं भन्दाभन्दै बलजफ्ती गरी अध्यादेशबाट ल्याएको बताउँदै उनले यसरी अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएको बताए ।

    अघिल्लो सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडि बढ्ने उनको दावी थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए ।

    आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताउँदै उनले भने‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’

    मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडि बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

    साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्वप्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पूरा नहुने बताए ।

    सरकारले पुँजीगत खर्चमा जोड दिनुपर्ने बताउँदै उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउन ध्यान दिन सरकारलाई आग्रह गरे ।

    नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्ने नेपालको भनाई थियो । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्गको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउन सुझाव दिए ।

    बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५र७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुःखेसो पोखे ।

    उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए ।

  • लुम्बिनीको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

    लुम्बिनीको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

    रूपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधीवक्तामा प्युठानका श्रीकृष्ण सुवेदी चयन भएका छन् । सुवेदीले सोमबार राती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका हुन् । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकी हुन् ।

    सुवेदी सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

    सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मन्त्रीहरू प्रदेशसभा सदस्यहरु प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।

    निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।

  • लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

    लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

    काठमाडौं। सरकारले भर्खरै सहसचिवबाट बढुवा भएका एक सचिवको पदस्थापनसँगै अर्का एक सचिवको सरुवा पनि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवागर्दै लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखेको छ ।

    रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो । एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

    सात महिना अघि गत माघको पहिलो सात बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो ।

  • लुम्बिनीका सभामुखको ‘डवल रोल’- कसैलाई ठाउँका ठाउ हटाउने, कसैलाई जोगाउने !

    लुम्बिनीका सभामुखको ‘डवल रोल’- कसैलाई ठाउँका ठाउ हटाउने, कसैलाई जोगाउने !

    रुपन्देही । सूर्य चुनाव चिह्न लिएर एमालेमा रहेका र अहिले एमालेका साथ छोडेका लुम्बिनी प्रदेशसभाका दुई सदस्यको कारबाहीको विषयमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति नजुट्दा प्रदेशसभाको कामकारबाही अघि बढ्न सकेको छैन ।

    आफ्नो दलले निर्णय गरेर पठाए पनि सभामुख पूर्णबहादुर घर्तीले ‘राजनीतिक प्रतिशोध’का आधारमा रोकेर बखेडा झिकेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाउँदै आएको छ ।

    चार दलीय गठबन्धनको नयाँ सरकार गठन भएलगत्तै मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारीका साथ भदौ १ गतेदेखि सुरु भएको नवौं अधिवेशन पहिलो दिनदेखि नै अवरुद्ध छ ।

    भदौ १, २ गते बैठक शुरु भएलगत्तै एमालेले रोस्टम घेरेर अवरोध गरेपछि ३ गतेका लागि आह्वान गरिएको नवौं अधिवेशनको तेस्रो बैठक सभामुखले संसद सचिवालयलाई सूचना टाँस गरी भाद्र ७ गतेसम्मका लागि स्थगित गर्न निर्देशन गरेका छन् । एमालले विनाविभागीय मन्त्री बनेका अजय शाही र प्रदेश सांसद विमला वलीलाई पदमुक्त गर्ने गरी कारबाहीको पत्र सभामुखलाई बुझाए पनि त्यसमाथि छलफल तथा कारबाही नभएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

    नेकपा एमालेको सूर्य चिह्नबाट चुनाव जितेका शाही र वलीलाई सांसद पदबाट हटाउने गरी एमाले संसदीय दलले गरेको निर्णय प्रदेशसभा सचिवालयमा जानकारी गराउँदा पनि त्यसमाथि कुनै कारबाही नभएको भन्दै संसद अवरुद्ध गरेका छन् । प्रदेश सभा सचिवालयले भने यस विषयमा कानूनी परामर्श तथा अध्ययन गर्नुपर्ने भएकाले समय लाग्ने बताउँदै आएको छ ।

    एमालेले भने सभामुख पूर्णबहादुर घर्तीमगरले सांसदलाई पदमुक्त गरेको जानकारी प्रदेशसभामा नगराएसम्म प्रदेशसभा अवरुद्ध गरिराख्ने चेतावनी दिँदै आएको छ ।

    सभामुखलाई आरोपै आरोप

    लुम्बिनी प्रदेशको राजधानी नामाकरणसहित स्थायी राजधानीको टुंगो लगाउने विषयमा समेत चलाखीपूर्ण भूमिका निभाएका सभामुखले एमालेको शक्ति कमजोर भएपछि दलीय आस्थाका आधारमा गतिविधि अगाडि बढाउन खोजेको आरोप एमालेको छ ।

    प्रदेशको स्थायी राजधानी टुंगो लगाउने समयमा विपक्षी दल नेपाली कांग्रेसले उनको भूमिकाप्रति प्रश्न उठाएको थियो भने अहिले माओवादी, कांग्रेस र जसपासहितको गठबन्धन दल सत्तामा पुगेपछि विपक्षी बनेको एमालले सभामुखको भूमिकामा प्रश्न उठाउन थालेको छ ।

    सांसदहरुको राजीनामा तथा कारबाहीको सबालमा तत्काल निर्णय गर्नसक्ने प्रदेशसभा सचिवालय र सभामुखले सांसदहरुलाई कारबाहीका लागि एमालेले दिएको पत्रका विषयमा निर्णय गर्न समय लगाएपछि सभामुखको ‘नियत’ प्रष्ट भएको एमाले लुम्बिनीका अध्यक्ष तथा सांसद लिला गिरी बताउँछन् ।

    यसअघि भएको थियो तत्कालै कारबाही

    एमालेले ८७ सदस्य प्रदेशसभालाई सभामुखकै डिजाइनमा ८० सदस्यमा पुराइएको गम्भीर आरोप लगाउन पछि परेको छैन । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले पहिलेकै अवस्थामा ल्याएपछि सांसदहरुलाई कारबाही गर्ने र राजीनामाको श्रृङ्खला सुरु भएको थियो ।

    रुपन्देहीबाट निर्वाचित माओवादीका सांसद दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीले एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई सांसद पद नरहने गरी कारबाही गर्यो । लुम्बिनी प्रदेश नेकपा माओवादी संसदीय दलको बैठकले उनीहरुलाई सांसद पदमुक्त गर्न निर्णयसहितको पत्र प्रदेशसभा सचिवालयमा पुगेको दोस्रो दिन नै उनीहरुलाई सभामुखले पदमुक्त गरेका थिए ।

    न्यौपाने र पन्थीलाई गत चैत २३ गते सांसद पदबाट हाउन माओवादीले दिएको पत्रपछि प्रदेश सभा सचिवालयले चैत २४ गते नै सूचना टाँस गरी उनीहरुलाई पदमुक्त गरेको थियो ।

    दीर्घनारायण र डाँगीलाई कारबाही गर्न समय लागेन

    गएको बैशाख १९ गते कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट चुनाव चितेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिए । उनले दिएको राजीनामालाई निर्णय गर्दै प्रदेशसभा सचिवालयले भोलिपल्ट नै उनी पदमुक्त भएको सूचना जारी गर्यो ।

    यसैगरी बैशाख २२ गते एमालेकै अर्का सांसद दाङ क्षेत्र नम्बर २ ‘ख’बाट चुनाव जितेका अमर डाँगीले राजीनामा दिए । त्यसको भोलिपल्ट बैशाख २३ गते नै सचिवालयले सूचना टाँस गरी उनलाई पनि पदमुक्त भएको घोषणा गर्यो ।

    जसपाका ४ सांसद एक घन्टाभित्रै पदमुक्त

    पार्टीको हित विपरित लागेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना ४ सांसदलाई पदमुक्त गर्न गत वैशाख १६ गते प्रदेशसभा सचिवालयमा पत्र पठायो ।

    सचिवालयले सोही दिन नै सूचना जारी गर्दै जसपाका सांसदहरु सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा (रायमाझी) लाई पदमुक्त भएको घोषणा गर्यो । उनीहरुलाई नेकपा एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो । यद्यपि जसपाकै २ सांसदहरु मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारको विपक्षमा थिए ।

    पुनःबहाली भएका ३ सांसद तत्काल पदमुक्त

    पार्टीको कारबाही अवैधानिक भन्दै सन्तोष पाण्डेसहितका ४ सांसद सर्वोच्चमा पुगेपछि प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदा पद गुमाइसकेका सांसदहरुलाई राहत भयो ।

    लुम्बिनी प्रदेशसमा सत्ताका लागि राजनीतिक जोड घटाउ चलिरहेकै बेला शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने देखेपछि उनलाई साथ दिएकी जसपा सांसद सुमन शर्मा (रायमाझी) ले मन्त्री पदबाट राजीनामा दिइन् । उनी गठबन्धन दललाई साथ दिन पुगिन् । जसपाका ४ सांसदहरुले सर्वोच्चमा दिएको मुद्दाको पूर्ण किनारा नलाग्दै जसपाले सुमन बाहेकका ३ सांसदलाई पुनः कारबाही गर्यो ।

    उनीहरुलाई गत साउन १४ गते सांसद पदबाट हटाउन भन्दै पार्टीले प्रदेशसभा सचिवालयमा पत्र दिएको भोलिपल्ट नै उनीहरुको पद गुम्यो । निवेदन परेको भोलिपल्ट नै प्रदेशसभा सचिवालयले उनीहरुलाई पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो ।

    सभामुखलाई अफ्ठेरो

    सभामुख पूर्णबहादुर घर्तीले यसअघि गरेका ठाउँको ठाउँको कारबाहीका नजीरले अहिले उनलाई अफ्ठेरोमा पारेको छ ।

    माओवादीबाट संसद निर्वाचित भएका उनी यसअघि एमालेविरुद्ध बनाइएको ४ दलीय गठबन्धनको योजनाअनुसार तत्कालीन सत्तारुढ एमालेसँग समन्वय नगरी अगाडि बढेका कारण अहिले नैतिक संकट आएको हो ।

    पहिले समय लगाउनुनपर्ने, छलफल गर्नुनपर्ने अहिले रोक्नुपर्ने कारण किन भन्दै एमालेले प्रश्न उठाउने ठाउँ उनी आफैंले बनाएका हुन् ।

    ‘एमालेमा लागेका, एमाले सरकारलाई साथ दिएका सांसदलाई कारबाही गर्न घन्टा पनि कुर्न नपर्ने सभामुखलाई अहिले कानुनका पाना पल्टाएको बहानाबाजी गर्नुपर्ने ?’ एमालेका सचेतक भूमिश्वर ढकाल प्रश्न गर्छन् ।

    बुधबारको बैठकमा प्रतिपक्षका सांसदहरूको नाराबाजीका बीच सभामुख घर्तीले कारबाहीको पत्र प्रशासनिक कार्यप्रक्रिया अगाडि बढिरहेकाले अहिले सुनाउन नमिल्ने जवाफ दिएका थिए । उनले प्रतिपक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललाई कारबाहीका लागि थप आवश्यक काजगपत्रहरू समेत पेश गर्न आग्रह गरेको बताए । तर, एमालेका सांसदले भने सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गरिरहे ।

    सभामुखले अजय शाहीलाई कारबाही गर्न तयार भए पनि विमला वलीलाई कारबाही गर्न कानूनी अड्चन रहेको बताएका छन् । नेकपा रहेको अवस्थामा विमला वलीले चुनाव जितेकाले यो प्रदेशको मात्र नभएर देशभरकै समस्या भएको उनले तर्क गर्दै आएका छन् ।

    प्रदेशसभाले पहिले प्रकाशन गरेको पुस्तकमा अजय शाहीलाई एमालेको पहिलो नम्बरमा राखेको तर अहिले स्वतन्त्र बनाएर दलीय राजनीतिमा हस्तक्षेप गरेको आरोप एमालेको छ । एमालेका प्रमुख सचेतक ढकालले प्रदेशसभा सचिव दुर्लभकुमार पुन र सभामुखको आन्तरिक मिलेमतोमा एमालेलेलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

    तर, प्रदेशसभा सचिव पुनले भुलवश पहिले प्रकाशन भएको पुस्तकमा अजय शाहीको एमालेलेका लिस्टमा नाम परे पनि उहाँकै निवेदनअनुसार स्वतन्त्र हैसियतमा राखिएको दावी गरेका छन् ।

    श्रीवास्तवलाई प्रभाव पार्ने योजना

    सत्तारुढ गठबन्धनले अजय शाहीलाई कानूनी कारबाही नगराई एमालेमा रहेका अर्का सांसदलाई पनि प्रभावित बनाउने योजनामा रहेका छन् । गठबन्धनको योजनामा एमालेसँगै रहेका अर्को सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई प्रदेशसभाले स्वतन्त्र बनाएर समर्थनका लागि सहज बनाउने योजना बनाएको आशंका एमालेको छ ।

    उनी यसअघि मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा शिक्षामन्त्री रहेका थिए । हृदयेश त्रिपाठी समूहमा रहेका श्रीवास्तव र शाही सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएपछि अहिलेसम्म एमालेमा रहँदै आएका थिए । तर बैशाख १९ मा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरु दुवैले २० गते एमालेमै रहेको विज्ञप्ती जारी गरेका थिए ।

  • गठबन्धन दलको भागवण्डा मिलाउन लुम्बिनीमा ठूलो मन्त्रिमण्डल बनाउने तयारी

    गठबन्धन दलको भागवण्डा मिलाउन लुम्बिनीमा ठूलो मन्त्रिमण्डल बनाउने तयारी

    रुपन्देही । चार दलीय गठबन्धनमा रहेका सांसदहरुलाई भागवण्डा मिलाउन लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरुले हाल कायम रहेको मन्त्रीपरिषदको संख्या ५० प्रतिशत बढाउने तयारी गरेका छन् ।

    यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारले ९ मन्त्री र १ राज्यमन्त्रीबाट काम चलाएकोमा अहिले कुलप्रसाद केसी नेतृत्वको सरकारले १५ देखि १७ जनासम्म मन्त्री बनाउने गरी योजना बनाएको गठबन्धनकै नेताहरुले बताएका छन् ।

    केहि नेताहरुले कोरोना महामारीको समयमा मन्त्रालय बढाउँदा सरकारको आलोचना हुनसक्ने धारणा राखे पनि उनीहरु अल्पमतमा छन् ।

    सरकारले मन्त्रालय थप्ने तयारी गरेकोप्रति कर्मचारीहरु पनि सन्तुष्ट छैनन् । उनीहरुले अहिले मन्त्री नभएका कारण नागरिकका काम नरोकिएको बताउँदै प्रदेश सरकारले यसअघि ल्याएको ‘समृद्ध प्रदेश सुखी जनता’को नारा अधुरो रहने चिन्ता गर्न थालेका छन् ।

    ‘प्रदेशको मुकाम रहेको बुटवलमा अहिले पनि मन्त्रालय राख्ने पर्याप्त ठाउँ छैन, कर्मचारी नभई मन्त्रालय चल्दैन, स्थायी राजधानीमा कुनै संरचना नै तयार छैन, मन्त्री राख्ने ठाउँ छैन, मन्त्रालयको त कुरै नगरौं एउटा मन्त्री थप गर्दा कम्तीमा २० जना कर्मचारी आववश्य हुन्छ,’ मन्त्रालयका सचिवले भने ।

    उनका अनुसार अहिलेको अवस्थामा केन्द्रले कर्मचारी थप दिने अवस्था पनि छैन, अर्कोतर्फ प्रदेशको मुकाम बुटवल र स्थायी राजधानी देउखुरी आउँदाजाँदा ओहोरदोहोरमा खर्च निकै बढेको छ । दलहरुको यसमा ध्यान गएको छैन ।

    मन्त्रीको संख्या बढ्ने भएपछि सरकारलाई केही मन्त्रालय टुक्राउनुपर्ने बाध्यता छ । यो विषयमा केन्द्रको सहमति खोज्न मुख्यमन्त्री कुलप्रसाद केसी काठमाडौं पुगेका छन् । सरकारलाई समर्थन गरेको चार दलीय गठवन्धन मध्येको राष्ट्रिय जनमोर्चाले भने मन्त्री थप गर्ने विषयमा आफ्नो सहमति नभएको जनाएको छ ।

    सरकारलाई समर्थन गरे पनि मन्त्रिमण्डलमा सहभागी नहुने निर्णय गरिसकेको बताउँदै सांसद तारा जिसी कोरोना महामारीमा मन्त्री थपेर आर्थिक भार थप्न नहुने बताउँछिन् ।

    ‘मन्त्री कम भएर नागरिकका काम रोकिएका छैनन्, जतिसक्यो कम गर्नुपर्छ भन्ने हाम्रो कुरा हो, यसमा हाम्रो सहमति हुँदैन,’ उनले नेपाल प्रेससँग भनिन् ।

    सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा तीन दल सहभागी भएकाले अहिलेको मन्त्रिपरिषद् पहिलेको भन्दा स्वाभाविकरुपमा केही ठूलो आकारको हुने स्वीकार गर्छन् । यसअघि कांग्रेस र माओवादीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री तथा जसपाले तीनजना मन्त्री पाउने समझदारी भएपनि एमालेबाट कित्ता परिवर्तन गरेर सरकारमा गएका अजय शाही तथा कांग्रेस माओवादीभित्रका जसरी पनि मन्त्री हुने लविङ गर्ने सांसदहरुलाई व्यवस्थापन गर्न गठबन्धनको नेतृत्वलाई दवाव परेको छ ।

    माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा साउन २७ गते ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, नेपाली कांग्रेसका २ र जनता समाजवादी पार्टीबाट ३ जना सहभागी छन् । यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बनेका छन् ।

    माओवादी केन्द्र संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए ।

    जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीय मन्त्री छन् । जसपाका तीनैजना मन्त्री भइसकेकाले अब विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट थप मन्त्री बन्नेछन् ।

    माओवादी केन्द्र र नेपाली कांग्रेस दुबै पार्टीमा आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस भएको हो । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा मुख्यमन्त्री पुगेका छन् ।

    आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसाल ५० प्रतिशत मन्त्रीको संख्या बढाउने समाचारले नागरिकलाई आश्चर्यमा पारेको बताए ।

    ‘महामारीको संकटमा नागरिकले उपचार, दैनिक खर्च चलाउन पाएका छैनन्, मन्त्री थपेर चालु खर्च बढाउने राजनीतिक दाउपेजका आधारमा यसो गरिनुनुहुन्न,’ भुसाल भन्छन्, ‘शिशु अवस्थाको प्रादेशिक अर्थतन्त्र धराशायी हुन्छ, नागरिकको करमाथि खेलवाड गरेर अनुत्पादक खर्च बढ्ने, विकासका योजना अधुरा रहने, परनिर्भर अर्थतन्त्रमा यसरी गरिने खर्चले समृद्ध प्रदेश सुखी जनता नारा विपरीत छ, आर्थिक र दुरगामी प्रभाव पार्ने नीतिगत भ्रष्टाचारलाई सबैले विरोध गर्नुपर्छ ।’

    ‘प्रदेशको आम्दानी नै छैन, कोरोना महामारीले नागरिक आक्रान्त छन् तर चार दलीय गठबन्धनले भागवण्डा मिलाउन मन्त्रालय बढाउने सूचना बाहिर आएको छ, यो लोकतन्त्रको उपहास हो,’ विश्लेषक ऋषि आजाद भन्छन् ।

    यी हुन् मन्त्रीका आकांक्षी

    अब विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट पाल्पाका तुलाराम घर्ती, दाङका दामा शर्मा, इन्द्रजित थारु, विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी मन्त्री हुने चर्चामा छन् ।

    यी मध्ये एमाले छाडेर माओवादीमा लागेकी दाङबाट उपचुनाव जितेकी विमला वलीलाई मन्त्री बन्ने पक्कापक्की गरेर ल्याइए पनि माओवादीकै महिला सांसदहरुको दवावका कारण यसअघि मन्त्री बनाउन नसकेकाले अब थपिने लिष्टमा पहिलो नम्बरमा परेकी छन् ।

    २०६९ सालमा तत्कालीन नेकपा माओवादी विभाजित हुँदा हालका मुख्यमन्त्री कुलप्रसाद केसीसँगै मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका र पछि केसीसंगै माओवादी केन्द्रमा फर्किएका तुलाराम पनि मन्त्री बन्ने सम्भावना छ ।

    नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, अर्घाखाँचीकी निर्मला शर्मा, पाल्पाका वीरबहादुर राना, रुपन्देहीकी रमा अर्याल र वसिउद्दिन खान तथा नवलपरासीका बैजनाथ कलवार मन्त्री बन्ने चर्चामा छन् ।

    हमाललाई पार्टीले प्रमुख सचेतकबाट हटाएर फखरुद्दिन खानलाई प्रमुख सचेतक बनाएको थियो । कांग्रेसले पनि विस्तार हुने मन्त्रिपरिषदमा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए । माओवादी सचेतक तुलाराम घर्तीले दलीय सहमतिमै मन्त्री थपिने बताए ।

     

  • अजय शाहीको जिकिर – म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन

    अजय शाहीको जिकिर – म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन

    रूपन्देही । लुम्बिनीमा गठबन्धनलाई साथ दिएर मन्त्री बनेका अजय शाहीले आफू स्वतन्त्र सांसद भएको भन्दै एमालेको ह्वीप नलाग्ने जिकिर गरेका छन् ।

    सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद शाहीलाई नेकपा एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएको थियो । एमालेले बहिष्कार गरेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।

    ‘म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ । म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा (एमाले) बीच भएको २ दुई बुँदे सम्झौता सहमती अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सबैमा जानकारी गराउँदछु’, विज्ञप्तिमार्फत शाहीले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन । तसर्थः मलाई राजनैतिक पार्टीको व्हीप लाग्दैन ।’

    स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने दावी गर्दै उनले प्रदेशका जनताप्रति उत्तरदायी भएर काम गर्नेसमेत बताएका छन् ।

  • शंकरमार्फत संघीयता र राजनीतिमा नजर

    शंकरमार्फत संघीयता र राजनीतिमा नजर

    काठमाडौं । तीन वर्ष पाँच महिना २५ दिन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर शंकर पोखरेल बाहिरिएका छन् । तर, उनको कार्यकालको समीक्षा भने शुरु भएको छ । समीक्षाका अनेक कोण छन्, अनेक दृष्टिकोण छन्। हामीले यहाँ ‘शंकर समय’को वस्तुनिष्ट समीक्षा गर्ने कोसिस गरेका छौं, राजनीतिक आग्रह र पूर्वाग्रहबाट सकभर बच्ने हाम्रो कोसिस छ ।

    शंकर पोखरेल राष्ट्रिय राजनीतिमा केपी ओलीको अघोषित उत्तराधिकारी समेत भएकाले उनका आलोचक र समर्थकका ‘एक्स्ट्रिम’ समीक्षाभन्दा फरक कोणबाट विश्लेषण गरौं अनिमात्र शंकरमाथि न्याय हुन्छ ।

    प्रदेश प्रस्थानको पृष्ठभूमि

    २०७४ को स्थानीय तहमा छुट्टाछुट्टै चुनावमा भिड्दाको परिणामले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई झस्कयो । । र, त्यही वस्तुगत झस्काइले उनीहरुलाई गठबन्धन हुँदै एउटै पार्टी बनाउनेसम्मको अवस्थामा पुर्‍यायो ।

    स्थानीय तहमा एक्लै चुनाव लड्दा एमाले पहिलो पार्टी त बन्यो तर वहुमत सम्भव देखिएन । माओवादी निकै कम संख्याका साथ तेस्रो स्थानमा रह्यो तर एमालेको वहुमत रोक्ने हैसियतका साथ ।

    प्रतिनिधिसभा चुनावका लागि एमाले र माओवादी केन्द्र लगायतको बाम गठबन्धन बन्ने भनिसकेपछि स्वभाविक रुपमा राजनीतिक तरंग पैदा भइसकेको थियो । चुनाव नजिकिदै गर्दा एमाले-माओवादी गठबन्धनले सिट र उम्मेदवारको टुंगो लगाए।

    प्रदेशमा पनि ‘हेभिवेट’ पात्रको चयन एमाले र माओवादीले गरे । केन्द्रको राजनीतिमा परिचय बनाइ सकेका पात्र छनोट गर्‍यो एमालेले । सचिव भीम आचार्यलाई प्रदेश १, प्रदेश २ मा इन्चार्ज समेत रहेका सत्यनारायण मण्डल, प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, प्रदेश ४ मा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रेदश ५ मा शंकर पोखरेल, प्रदेश ६ मा यमलाल कडेँल र प्रदेश ७ मा कर्ण थापा ।

    यो नेता व्यवस्थापनका लागि मात्रै थिएन होला । केन्द्रीय राजनीतिमा छाइसकेका र संघीय सरकारको मन्त्री भइसकेका नेताहरुलाई पठाउँदा प्रदेशको राजनीति पनि तातिएको थियो । यसले संविधानका अक्षरहरुमा मात्रै सिमित संघीयतालाई कार्यान्वयन गर्न बल पुर्‍याउँथ्यो । माओवादीले पनि केन्द्रमा पहिचान बनाइसकेका पात्र नै छनोट गरेको थियो प्रदेश पठाउन ।

    चुनावको नतिजापछि एमाले भित्रको गुटगट राजनीतिले पहिले पठाइएका सबैले मुख्यमन्त्रीको जिम्मेवारी भने पाउन सकेनन् । प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्यले दलको चुनावमा पराजय व्यहोरे । उनीहरुले पाएको भए अझ संघीयता कार्यान्वनयमा सफलता हात लाग्थ्यो होला ।

    अन्य प्रदेशमा भने एमाले र माओवादीबाट बाँडफाँट भए बमोजिम तत तत प्रदेशकै जिम्मेवारी नेताहरुले पाए । शंकर पोखरेलले पनि उति बेलाको प्रदेश नम्बर ५ (हालको लुम्बिनी प्रदेश)को कमाण्ड सम्हाल्न पाए ।

    मुलतः चुनावमा जानुअघि नै पोखरेल मुख्यमन्त्री हुने निश्चित थियो र अरु प्रदेशमा जस्तो लुम्बिनीमा दलको नेतामा उनलाई चुनौति दिन कोही खडा पनि भएनन् ।

    उनी प्रष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिए । सबैलाई पायक पर्ने गरि प्रदेश राजधानी निर्धारण गर्ने लगायतका संघीयतालाई बलियो बनाउने एजेन्डा नै थिए उनका ।

    संघीयताका पक्षमा शंकरका काम

    एमालेभित्र समय अगावै राज्यको पुनःसंरचनाको बैचारिक बहस चलाउने नेतामध्यमा पर्छन् पोखरेल । संघीयताको विमर्श भर्खरै शुरु भएका बेला पोखरेल यसका बारेमा लेखेर बोलेर बहस चलाइरहेका थिए ।

    एमाले संविधानसभा र संघीयताको विपक्षमा रहेका बेला पोखरेलले यी विषयमा वैचारिक वहस चलाएका थिए । पहिचानसहितको संघीयताका पक्षमा अर्का नेता पृथ्वीसुब्बा गुरुङको जोडले यसमा पुट नै दिएको थियो ।

    संघीयताबारे एमाले भित्र छिपछिपे बहस चल्दै गर्दा समकालीन नेताहरुभन्दा अघि बढेर पोखरलेले सन् २००६ ‘संविधानसभा, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्र’ नामको पुस्तक नै प्रकाशन गरिसकेका थिए ।

    पुस्तकमा उनले नेपाल संघीय मुलुक हुनुपर्नेमा जोड दिँदै प्रदेशका संख्या र नामसमेत प्रस्ताव गरेका थिए ।

    त्यसैले मुख्यमन्त्री बन्न गएका अरु नेताभन्दा पोखरेल संघीयताबारे अरु प्रष्ट थिए भन्न सकिन्छ । अब प्रश्न आउँछ–आफ्नो त्यही दृष्टिकोण कार्यान्वयन गर्ने अबसर पाउँदा पोखरेलले संघीयताको पक्षमा काम गरे कि गरेनन् ?

    धेरैले प्रदेश राजनीतिको विकृत रुपलाई हेरेर शंकर समेत संघीयताको विपक्षमा उभिएका आरोप छन् । अवश्य पनि प्रदेशको विकृत राजनीतिले संघीयताप्रति मान्छेहरुको अनास्था बढाएको छ र स्वयं पोखरेलको राजनीतिक पुँजीमा पनि क्षय भएको छ । तर, प्रदेशको संसदीय राजनीति र संघीयता कार्यान्वयन अलग–अलग विषय हुन् ।

    तीन वर्ष सरकारको नेतृत्व सम्हाल्दा संघीयतालाई बलियो बनाउने उनका कामलाई वस्तुनिष्ठ भएर हेरौं । पोखरेलले आफ्नो कार्यकालमा प्रदेश योजना आयोगको गठन गरेर पञ्चवर्षीय योजना निर्माण गरे । कानुन आयोग गठन भयो र प्रदेश कानुनको निर्माणले तिब्रता पायो । यी विशुद्ध प्रशासनिक काम थिएनन् । यीनले संघीयतालाई बलियो नै बनाउँछ ।

    प्रदेशको राजधानी टुंग्याउने विषय सबैभन्दा जटिल थियो । वास्तवमा प्रदेशको राजधानीको मामिला सात प्रदेशमध्ये लुम्बिनी सबैभन्दा पेचिलो यसकारण थियो थियो बुटवलले ठूलो आन्दोलन गरेर अहिलेको प्रदेश बनेको थियो । बुटवललाई मनाउन शंकरले सक्छन् भन्ने कसैले सोचेका थिएनन् ।

    आफ्नैतिर प्रदेश राजधानी हुनुपर्ने राजनीतिक अडानबीच उनको कार्यकालमा कुशलतापूर्वक प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्मा तोक्ने निर्णय भयो ।

    जवरजस्त रुपमा रहेको आंचलिक मनोविज्ञानलाई तोड्दै प्रादेशिक मनोविज्ञानमा रुपान्तरण गर्ने र हामी लुम्विनीवासीको साझा भावना निर्माण हुने कुरा संघीयताका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीलाई उनी र उनको राजनीति मन परे पनि नपरे पनि यसमा पोखरेलले ‘क्रेडिट’ पाउँछन् नै ।

    त्यसका अलवा केन्द्रवाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा बढी बजेट परिचालन गर्न सफल हुनु र पूँजीगत खर्च सतप्रतिसत गर्नु पनि संघयीताका लागि सकारात्मक हुन् । यसले संघीयता टिक्दैन, फाप्दैन भन्ने भ्रमलाई चिर्न सहयोग नै गरेको छ ।

    त्यस्तै लुम्विनी प्रदेशको दिर्घकालीन योजनाको आधार, प्रदेश भित्र तीन महानगर पूर्वाधार विकासको अवधारणा, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश सुचना प्रविधि प्रतिष्ठान गठन र पूर्वाधार विकास प्राधिकरण गठन हुने कुरा पनि संघीयतालाई अभ्यासमा लैजान सघाउ पु¥याउने काम हुन् ।

    सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेश राजधानी तोकिने बित्तिकै प्रदेश राजधानी गुरुयोजना बनाउन उनले दिएको जोड र बुटवलमा रहेका संरचना दाङमा सार्न देखाएको तत्परता हो । दाङको देउखुरी उपत्यकालाई नदी सभ्यतामा आधारित प्रादेशिक राजधानी सहर बनाउने जुन दृष्टिकोण उनले अघि सारेका छन्, त्यो प्रशंसनीय छ । यी आधार हेर्दा संघीयताका पक्षमा उनले केही काम गरेनन् भन्दा शंकरलाई अन्याय हुन्छ ।

    विकृत राजनीतिका अंशियार पोखरेल मात्रै ?

    जबसम्म एमाले र माओवादी एकीकरणपछि बनेको ‘नेकपा’ सहिसलामत थियो तबसम्म संघदेखि प्रदेशसम्मको राजनीति ‘स्मुथली’ अगाडि बढीरहेको थियो । पार्टीमा दुई अध्यक्षमा विवाद मिलाउन उनी प्रदेश छाडेर संघीय राजधानीमा धेरै खटिए पनि ।

    नेकपा भित्रको मनभेद मतभेदमा बदल्दै विभाजनसम्म पुगेपछि भने सबैतिरको राजनीतिको स्थायित्व खलबलियो । संघमा पनि र प्रदेशमा पनि परम्परागत विकृत राजनीतिका दृश्य देखिए ।

    नेकपा ठिकठाक हुँदा दुई वर्षसम्म स्मुथली चलेको शंकरको सरकार तेस्रो वर्षमा आउँदा लड्खडाउन थाल्यो । सत्ता जोगाउन उनले चालेका कतिपय कदमले उनको अहिलेसम्मको राजनीतिक पँुँजीमा क्षयकरण भएको छ । नेकपामा विभाजन आउनु र संघ तथा प्रदेशमा राजनीतिक अस्थिरता शुरु हुनु शंकर पोखरेलहरुका लागि राजनीतिक दुर्भाग्य हो ।

    तर, लुम्बिनीमा भएको विकृत राजनीतिका शंकर एक्ला अशिंयार भने होइनन् । मुख्यमन्त्री भएकाले सबैभन्दा धेरै अवगाल उनले लिनुपर्ला तर राजनीतिलाई विकृत बनाउन उनकै पार्टीका सांसद किनबेच र राजीनामा तथा दलबदल जस्ता अनैतिक खेल विपक्षीबाट खेलिए ।

    प्रदेशको राजधानी र नाम टुंग्याउँदा प्रदेश सभादेखि सडकसम्म मच्चाएको अराजनीतिक हर्कतको अंशियार कांग्रेस हो । बुटवलमा राजधानी नभएको झोकमा प्रदेशसभाका कुर्सी र माइक तोडफोड गर्नेदेखि सडकमा टायर बाल्ने क्रियाकलापका लागि कांग्रेस लज्जित र दण्डित हुनुपर्छ ।

    सपथका लागि प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा बोलाउने, जसपाको संस्थागत निर्णय विपरित चार सांसदलाई लिएर सरकार टिकाउने प्रयास गर्नु र चलिरहेको संसद बैठक एकाएक अन्त्य गरेर बजेट पारित गर्न अध्यादेशको साहरा लिएको कुराले शंकरको चर्को आलोचना भएको छ ।

    पोखरेल सरकारलाई अल्पमतमा पार्न उनकै दलका सांसदलाई राजीनमा गराउन लगाउने, आर्थिक प्रलोभन देखाएर दल बदल्न लगाउने र एमाले सांसदलाई ल्याएर मन्त्री बनाउने कुराले विपक्षी गठबन्धनले दावी गर्ने गरेको नैतिकता र मुल्यमान्यताको राजनीतिलाई हियाउँछ ।

    यसकारण प्रदेशको विकृत राजनीतिका शंकर मात्रै एक्ला अंशियार होइनन्, मुख्य अंशियार भने हुन । यसलाई ‘पोलिटिकल क्राइम’ भन्ने हो भने विपक्षी पनि यसका ‘पार्टनर इन क्राइम’ हुन् ।

    संघीयता सम्बन्धमा एमाले दृष्टि

    एमाले अध्यक्ष ओलीका बेला–बेलाका कतिपय अभिव्यक्तिलाई लिएर संघीयताप्रति एमालेको प्रतिवद्धतामा कतिपयले आशंका गर्छन् । एमाले भित्रको राजनीतिमा ओलीलाई साथ दिएकाले उनीहरुले शंकरकै संघीयताप्रतिको यसअघिको विचार र अहिलेको प्रतिवद्धताप्रति आशंका गर्छन् । उनी निकट केही सांसदहरुले भने यसमा पुर्नविचार गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा ओलीको पनि सर्मथन भए नभएको बुझिएको छैन् ।

    ओलीले प्रष्ट शब्दमा अहिलेसम्म संघीयताको विरोध गरेका छैनन् । यसको विराधेमा न त कुनै राजनीतिक प्रस्ताव नै ल्याएका छन् । यत्ति हो उनका केही अभिव्यक्तिले उनको प्रतिवद्धतामा शंका गर्नेहरुलाई बल पुगेको छ ।

    ‘संघीयता विरुद्धका ओली अभिव्यक्ति’को सार्वजनिक प्रतिवाद नगरेकोमा शंकरप्रति पनि औंला ठड्याइएको छ ।

    आफ्नो स्वभाव अनुसारै पोखरेले शालिन शैलीमा ओलीसँग यसप्रति असहमति जाहेर गरेका पनि हुन सक्छन् । यसबारे उनले अब प्रष्ट्याउँदै जालान । अध्यनशील र सालिन स्वभावका पोखरेलले शालीन शैलीमा संघीयताको वकालत र केन्द्रिकृत मानसिकताको आलोचना गरिरहेको भने मिडियामार्फत सुन्न पाइन्थ्यो ।

    तर, ओली अभिव्यक्ति र उनी निकट केही सांसदको प्रस्तावकै आधारमा एमाले संघीयताप्रति प्रतिवद्ध छैन् भन्ने निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन । अहिलेसम्म एमालेका कुनै पनि औपचारिक राजनीतिक दस्तावेज र वक्तव्यमा संघीतयाको औचित्यबारे प्रश्न उठाइएको छैन् ।

    वैचारिक धार परिवर्तनका लागि एमालेमा विधान महाधिवेशन महत्वपूर्ण मानिन्छ । भदौं २७ र २८ मा विधान महाधिवशेन गर्न गइरहेको एमालले हालै विधान संसोधन प्रस्ताव सार्वजनिक गरेको छ । त्यसममा कहिँकतै संघीयतालाई अप्ठ्यारो पार्ने या त्यसमा पुर्नविचार गर्न जोड दिइएको छैन् ।

    संघीयताको प्रतिवद्धतालाई लिएर हालै सोधिएको प्रश्नमा पनि एमाले प्रवक्ताले प्रष्ट शब्दमा संविधानका अधारभूत संरचनामा कुनै फेरबदल गर्ने सोचमा एमाले नरहेको बताएका थिए ।

    विधान महाधिवेशनको तयारीका निम्ति दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकका निर्णय सुनाउन १८ साउनमा ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रष्ठिानमा पत्रकार सामू आएका प्रवक्ता प्रदीप ज्ञवालीलाई सोधिएको थियो– ‘तपाईंकै पार्टीको कतिपय नेताहरुले संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा समीक्षा गनुपर्ने प्रस्ताव अघि सारेका छन् । के एमालले विधान महाधिवेशनमार्फत आफ्नो बैचारिक धारमा पनि परिवर्तन ल्याउँछ ?’

    ‘संघीयता सहितको यो संविधान निर्माणमा नेकपा (एमाले)को निर्णायक भूमिका छ,’ उनको जवाफ थियो, ‘मुलुकलाई सधैभरी प्रयोगको थलो बनाउनु हुँदैन । २०६२÷२०६३ पछि हामी सबैले संघीयतामा जाने निर्णय ग¥यौं । संघीताले भर्खर एक कार्यकाल पनि पुरा गरेरको छैन्। अनि फेरि केही समयस्या भयो, यसमा परिवर्तन गर्ने, अर्को ल्याउने ? नेपाललाई सधैभरी प्रयोगको थलो बनाउनुहुँदैन । यो प्रणालीलाई पूर्ण रुपमा काम गर्न दिनुपर्छ । यसको पूर्ण क्षमतालाई उजागर हुन दिऊ ।’

    थप आश्वस्त पार्दै ज्ञवालीले थपेका थिए, ‘एउटा निष्कर्षमा मुलुक पुगिसकेको छ। यसलाई व्यवहारमा कार्यान्वयन गरौं, कार्यान्वयन गर्दै जाँदा अनुभवका आधारमा कहाँ–कहाँ सुधार गर्नुपर्ने हो ? कसरी कसरी यसलाई राम्रो बनाउन सकिन्छ भन्नेमा बहस हुन सक्ला तर अहिले संविधानका आधारभूत संरचनामा कुनै परिवर्तन गर्ने सोचमा एमाले छैन् ।’

    त्यसैले हामीले ओलीका बोली र उनको अनुहार हेरेर होइन एमालेको औपचारिक दस्तावेज हेरेरै संघीयताप्रति एमाले प्रतिवद्धताको मुल्यांकन गर्नुपर्छ ।

    शंकर पोखरेल फेरि केन्द्रीय राजनीतिमा आएका छन् । लुम्बिनी प्रदेश इन्चार्जको हिसाबले मुख्यमन्त्रीबाट बाहिरिएपछि पनि उनी दाङ,बाके लगायतका जिल्लामा पार्टीका भेला बैठकहरुमा देखिए । उनी केन्द्रीय राजनीतिमा केन्द्रित हुँदा एमालेको राजनीति अझ चलायमान हुनसक्छ ।

    ओली र प्रचण्ड मिलाउन नसके पनि ओली र माधव नेपाल मिलाउने प्रयासमा उनी अहिले पनि लागिरहेका छन् । एमालेको भावी नेतृत्वका रुपमा हेरिएका शंकरले लुम्बिनी प्रदेशको प्रथम मुख्यमन्त्रीका रुपमा प्रादेशिक विकासको ‘फाउन्डेशन’ खडा गरेका छन् ।

    राजनीतिक इचाइको व्यक्ति भएका कारण उनले प्रदेशको नामाकरण,राजधानीदेखि लिएर दीर्घकालिन विकासका जुन आयोजना अघि बढाएका छन्,आउने मुख्यमन्त्रीहरुका लागि फराकिलो राजमार्ग बनेको छ । अब शंकरले बनाएको राजमार्ग चिल्लो र अझ फराकिलो बनाउने दायित्व उनका उत्तराधिकारीमा छ ।

    तर शंकरको पदचाप पछ्याउन नसके नयाँ मुख्यमन्त्री बुमर्याङमा पर्न सक्छन् र लुम्बिनीबासीले पुनः शंकरको खोजी गर्नेछन् ।

  • सचिवालयले नै विवादमा तान्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई

    सचिवालयले नै विवादमा तान्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई

    बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले विभिन्न विषयमा जारी गरेको चेतावनीयुक्त विज्ञप्तीले प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेको छ । केही दिनअघि मिडियामा ‘माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका प्रदेश प्रमुख’ भन्ने समाचारमा चेतावनीयुक्त खण्डन प्रकाशन गरेको उनको सचिवालयले एमालेका लुम्बिनी अध्यक्ष लिला गिरीमाथि उस्तै प्रकारको विज्ञप्ती सार्वजनिक गरेपछि चर्चामा आएको छ ।

    शुक्रबार आएको विज्ञप्तीले प्रदेश प्रमुख कार्यालय र नेकपा एमालेबीच दोहोरी सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी २ मन्त्रीहरुको विषयलाई लिएर एमाले र प्रदेश प्रमुखबीच आरोप–प्रत्यारोप चलेको हो ।

    कानुन विपरीत आफ्ना सांसदलाई मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाउँदै खण्डन विज्ञप्ति सार्वजनिक गरेको हो । शुक्रबार प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लिला गिरीको नामै तोकेर प्रतिप्रश्न गरिएको छ ।

    सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पुर्याउन गिरीलाई आग्रह गरिएको छ । ‘एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका उदाहरणहरूप्रति पनि लीला गिरीजीको ध्यान नपुगेको हो कि रु’–विज्ञप्तिमा उल्लेख छ ।

    पार्टी परिवर्तन गर्ने र नगर्ने विषय निःतान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिको अन्तिममा लेखिएको छ– ‘आयन्दा यस प्रकारको तुच्छ आरोप नगर्न पनि सबैमा आग्रह गर्दछु ।’

    बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजय शाहीलाई सपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेको थियो । एमालेले नवलपरासीका सांसद शाही सूर्य चिह्नबाट निर्वाचित भएकोले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको सपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो । त्यस्तै, सूर्य चिन्हबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति आपत्ति जनाएको थियो ।

    प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीलाई एमालेले धम्कीपूर्ण पत्रका रुपमा लिएको छ । एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले विज्ञप्तिमा प्रयोग गरिएको भाषाप्रति आपत्ति जनाए ।
    प्रदेश प्रमुखले आफ्नो मर्यादा बिर्सेर उक्त कार्यालयलाई माओवादीको सेल्टर तथा कार्यकता राख्ने ठाउँको रुपमा प्रयोग गरको आरोप उनले लगाए । संविधान, विधि र प्रक्रिया मान्नुको साटो उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरी विज्ञप्ति जारी गर्नु निन्दनीय भएको उनको भनाइ छ।

    कुशल राजनीतिज्ञ, सरल र सादगी नेताका रुपमा मानिएका र प्रदेश प्रमुखजस्तो गरिमामय जिम्मेवारीमा पुनः नियुक्त हुँदै लुम्बिनी आएका अमिक शेरचनको कार्यालयबाट आएको जवाफी विज्ञप्तीले मर्यादा नाघेको एमालेको दावी छ ।

    आफ्ना सांसदलाई मन्त्रीको रुपमा सपथ खुवाएको भन्दै नेकपा एमाले लुम्बिनीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष गिरीकै नाम इंगित गर्दै चेतावनीपूर्ण जस्तो भाषामामा जारी गरिएको विज्ञप्तीले प्रदेश प्रमुखको सादगी, सरलता,बोली भन्दा व्यवहार फरक देखिएको एमालेको ठहर छ ।

    प्रदेश कार्यालयलाई माओवादी कार्यालयजस्तो बनाएको विषय सार्वजनिक भएपछि प्रदेश प्रमुख शेरचनले केही दिन अगाडि रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको वार्षिकोत्सवमा आफू राजनीतिक रुपमा कुनै दलको सदस्य नभएको प्रष्टिकरण दिएका थिए । उनले प्रदेश प्रमुख र नागरिकको हैसियतमा मात्रै रहेको बताएका थिए । ‘म पनि सामान्य नागरिक हो, प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा संविधानअनुसार नै मेरो कदम अगाडि बढ्नेछन् । मेरो कुनै दलप्रति समर्थन र पूर्वाग्रह हुँदैन । म पनि सामान्य नागरिक हो, मसँग जो कोहीले जतिबेला पनि भेट्न सक्नु हुन्छ, ढोका खुल्ला छ’ उनले भनेका थिए ।

    तर उनको सचिवालयले उनको भनाइ विपरीत हरेक विषयमा खण्डन गर्दै आएको छ । यस्तैगरी साउन २७ गते कपिलवस्तुमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख शेरचन सहभागी भएपछि पदीय मर्यादा नाघेको प्रष्ट भएको एमाले कपिलवस्तुका नेता भेषराज पाण्डेले बताए ।

  • एमाले नेताविरुद्ध लुम्बिनी प्रदेश प्रमुख सचिवालयको धम्कीपूर्ण वक्तव्य

    एमाले नेताविरुद्ध लुम्बिनी प्रदेश प्रमुख सचिवालयको धम्कीपूर्ण वक्तव्य

    काठमाडौं । लुम्बिनी प्रदेश प्रमुखको सचिवालयले नेकपा एमालेका सांसद तथा प्रदेश कमिटी अध्यक्ष लिला गिरीको नाम किटेर धम्कीपूर्ण वक्तव्य जारी गरेको छ ।

    प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयबाट नारायणप्रसाद आचार्यले जारी गरेको वक्तव्यमा प्रदेश प्रमुख संवैधानिक पद भएकाले आइन्दा तुच्छ आरोप नलगाउन चेतावनी दिइएको छ ।

    गिरीले विज्ञप्ति जारी गर्दै एमाले सांसद विमला वली र अजय शाहीलाई गठबन्धनको सदस्य बनाएर गरिएको माग दाबीका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै अपात्ति जनाएका थिए ।

    सो विज्ञप्तिको प्रतिवादमा प्रदेश प्रमुखको सचिवालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सदस्यहरु कुन पार्टीका हुन् र कसले कुन पार्टी प्रवेश गरे भन्ने कुरा प्रदेश प्रमुखको कार्यालयको क्षेत्राधिकारमा नपर्ने उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ– एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएको विगतका उदाहरणप्रति पनि लिला गिरीजीको ध्यान नपुगेको हो कि ? पार्टी परिवर्तन गर्ने र नगर्ने विषय नितान्त राजनीतिक व्यक्तिहरुको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पुर्वाग्रहको तुच्छ र अति निन्दनीय कार्य भएको यस सचिवालय ठान्दछ ।

  • एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीकाे प्रमुख सल्लाहकार

    एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीकाे प्रमुख सल्लाहकार

    रूपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए।

    नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए । डाँगीको राजिनामापछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा परेको थियो।

    दाङ क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पुर्ब मेयर समेत भइसकेका हुन् ।

    नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

    बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय भएको छ । बैठकले लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।

  • आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति

    आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति

    रूपन्देही । लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो संसदीय दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै प्रदेश प्रमुखको आलोचना गरेको छ ।

    सो पार्टीका लुम्बिनी अध्यक्ष लिला गिरीले विज्ञप्ति जारी गर्दै कानुन विपरीत प्रदेश प्रमुखले आफ्नो सदस्यलाई सपथ खुवाएको भन्दै आपत्ति जनाएका छन् ।

    अध्यक्ष गिरीले कानुन विपरीत विपक्षीको सहभागिता सरकारमा गराएको जनाएका छन् ।

    एमालेले आज सपथ लिएका अजय शाही र विमला वलीलाई आफ्नो संसद गन्दै आएको छ ।

  • एमालेका सांसदलाई मन्त्री बनाउनु असंवैधानिक, संविधानविद भन्छन्- सांसदबाट पदमुक्त हुन सक्छन्

    एमालेका सांसदलाई मन्त्री बनाउनु असंवैधानिक, संविधानविद भन्छन्- सांसदबाट पदमुक्त हुन सक्छन्

    काठमाडौं । संसदीय प्रणालीमाथि नै प्रश्न उठ्नेगरी लुम्बिनीमा प्रतिपक्षी पार्टीका सांसद नयाँ सरकारमा मन्त्री खान गएका छन् । संविधानविदका अनुसार यस्तो हर्कत अनैतिक मात्र नभएर असंवैधानिकसमेत हो ।

    २०७४ सालको संसदीय चुनावमा सुर्य चिन्हबाट जितेको अजय शाही कानूनतः एमाले सांसद हुन् । हृदयश त्रिपाठीको समूहका उनले एमालेको चिन्ह लिएर चुनाव लडेका थिए । त्यसैले संसदभित्र उनी अहिले प्रतिपक्षी सांसदको हैसियतमा छन् । तर, माओवादी नेतृत्वमा बनेको नयाँ सरकारमा उनलाई मन्त्री नियुक्त गरिएको छ ।

    संसदीय निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नाममा सुर्य चिन्ह लिएर दुई उम्मेदवार (अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव) ले चुनाव जितेका थिए । शंकर पोखरेलको नेतृत्वमा सरकार रहुञ्जेल उनीहरु सत्तापक्षकै सांसदको हैसियतमा रहे । जब पोखेलको सरकार ढल्ने निश्चित भयो, त्यसपछि शाहीले कित्ता परिवर्तन गरे ।

    हिजो आह्वान भएको संसदको विशेष अधिवेसन एमालेले बहिष्कार गर्ने निर्णय लिएको थियो । तर, सो निर्णय उल्लंघन गर्दै शाहीले संसद वैठकमा भाग लिए । त्यसपछि उनी मन्त्री बन्न सक्ने अड्कन काटिएको थियो । नभन्दै माओवादीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले उनलाई पहिलो लटमै मन्त्री बनाएका छन् । उनको मन्त्रालय भने तोकिएको छैन ।

    त्यसो त शाही नआउँदा पनि माओवादी-कांग्रेस गठवन्धनलाई बहुमत पुग्थ्यो । एकजना सांसद पनि यताउता हुँदा अविश्वासको प्रस्ताव फेल हुने अवस्था थियो । त्यसैले सांसदीय मूल्य-मान्यता विर्सेर मुख्यमन्त्री केसीले एमालेका सांसदलाई मन्त्री बनाइदिएका छन् ।

    संविधानविद टिकाराम भट्टराईले सुर्य चिन्हबाट चुनाव जितेका शाही एमालेकै हैसियतमा हुने भएकाले उनी मन्त्री बन्दा कानुनी प्रश्न उठेको बताए ।

    ‘स्वतन्त्र भए पनि सुर्य चिन्हबाट चुनाव लडे पनि उहाँहरु एमालेकै सांसद हो, एमाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेपछि यो विषय दलीय अनुशासनको कारवाहीको दायराभित्र आउँछ ।’

    मन्त्री बन्न गएका शाहीलाई एमालेले कारवाही गरेर संसदबाट हटाउन सक्ने उनको भनाइ छ ।

    यसअघि तत्कालीन नेकपाबाट उपचुनाव जितेर प्रदेश सभा सांसद बनेकी बिमला वली माओवादी प्रवेश गरेकी थिइन् । उनले पनि सुर्य चिन्हबाटै चुनाव लडेकी हुन्, तर त्यसबेला एमाले र माआवादी मिलेर नेकपा बनेको थियो, जुन पार्टी अहिले भंग भएको छ । तर, शाहीले भने एमालेबाटै चुनाव जितेकाले उनको हकमा पार्टी परिवर्तनको छुट नभएको संविधानविदले बताएका छन्।

    शाहीले नवलपरासी पश्चिम १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका थिए । यसअघि बजेट निर्णयार्थ पेस गर्ने दिनमा पनि उनी बिरामी परेको भन्दै काठमाडौं गएका थिए ।

    शाही र वली बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्यासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षरकर्ता हुन् । तर शाहीले अर्को दिन आफू एमालेमै रहेको विज्ञप्ती निकालेका थिए । उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव फर्केर एमालेमा मन्त्री बनेपछि शाही असन्तुष्ट रहेका थिए ।

    एमालेले विमला र शाही दुवै विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।

    यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् ।

  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    प्रदेश प्रमुख कार्यलयमा बिहीबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष केसीले सपथ लिएका हुन् । सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र उनको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत सहभागी भए ।

    एमालेबाहेकको चार दलीय गठबन्धनका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् ।

    मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद विस्तार गरेका छन् । उनीसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन्।

    नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आन्तरिक मामिला तथा योजना मन्त्री तथा अन्यले विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन् । जसपाका पूर्मती ढेंगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

    यसैगरी नवलपरासीबाट सुर्य चिन्हमा चुनाव जीतेका अजय शाहीले समेत विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । शाहीलाई नेकपा एमालेले पार्टीको नीति विपरित गएको भन्दै कारबाही गर्ने जनाएको छ ।