Tag: लुम्बिनी

  • लुम्बिनीका ८१ तहको नतिजा आयो, कहाँ कसले जिते ? (मतसहित)

    लुम्बिनीका ८१ तहको नतिजा आयो, कहाँ कसले जिते ? (मतसहित)

    रुपन्देही । लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखमा ३४ स्थान जितेर नेपाली कांग्रेस पहिलो स्थानमा छ भने २२ स्थानमा जितेर माओवादी दोस्रो स्थानमा छ । त्यस्तै २१ पालिकामा जितेर एमाले तेस्रोमा छ ।

    त्यस्तै दुई पालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । दुई पालिकामा जसपाले जितेको छ । यहाँ अहिलेसम्म नेकपा एसले अहिलेसम्म खाता खोल्न सकेको छैन र अग्रता पनि कुनैमा छैन ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा ४३ स्थानमा जितेर नेकपा एमाले पहिलो भएको थियो ।

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहहरु

    गुल्मी दरबार गाउँपालिका, गुल्मी
    सरोज कुमार थापा (६१६६) विजयी, एमालेका कृष्ण बहादुर भुसाल (५६०२)
    रेसुंगा नगरपालिका, गुल्मी
    खिलध्वज पन्थी (८६१४) विजयी, एमालेका राजेन्द्र पाण्डे (७३२०)
    मदाने गाउँपालिका, गुल्मी
    महेन्द्र बहादुर कुँवर (४७०७) विजयी, एमालेका प्रेम बहादुर केसी (४६९७)
    ईस्मा गाउँपालिका, गुल्मी
    भरतसिंह खड्का (५५८९) विजयी, एमालेका हिरा बहादुर अर्याल (५४६४)
    कालिगण्डकी गाउँपालिका, गुल्मी
    बेद बहादुर थापा (४८१०) विजयी, एमालेका रामजी ढकाल (४६७७)
    ऐरावती गाउँपालिका, प्यूठान
    नविल विक्रम शाह (४६६९) विजयी, माओवादीका बुद्ध बस्नेत (२६५०)
    स्वर्गद्धारी गाउँपालिका, प्युठान
    टंकप्रसाद भण्डारी, (७७२६) विजयी, एमालेका राम प्रसाद श्रेष्ठ (५१५२)
    गौमुखी गाउँपालिका, प्युठान
    विष्णु गिरी (३६४९) विजयी, एमालेका जुमान सिंह घर्ती (२६८७)
    राजपुर गाउँपालिका, दाङ
    शरद कुमार बुढाथोकी (३९८०) विजयी, एमालेका चक्र खड्का (३१६७)
    बबई गाउँपालिका, दाङ
    कुल बहादुर खत्री (६६१५) विजयी, एमालेका भुवनेश्वर पौडेल (५५२९)
    राजपुर गाउँपालिका, दाङ
    शरद कुमार बुढाथोकी (३९८०) विजयी, माओवादीका चन्द्रबहादुर खड्का (३१६७)
    दंगीशरण गाउँपालिका, दाङ
    सम्भु गिरी (५४६७) विजयी, एमालेका मेघनाथ शाह (४०४९)
    लमही नगरपालिका, दाङ
    जोगराज चौधरी (९३१७) विजयी, माओवादीका बसन्तराज शर्मा (७२८५)
    शान्तिनगर गाउँपालिका, दाङ
    प्रमोद बस्नेत (५७१६) विजयी, एमालेका विष्णु केसी (४५२४)
    डुडुवा गाउँपालिका, बाँके
    नरेन्द्र कुमार चौधरी (६२७२) विजयी, जसपाका भण्डारीलाल अहिर (५१२५)
    राप्ती सोनारी गाउँपालिका, बाँके
    तप्त बहादुर पौडेल (१०११२) विजयी, माओवादीका पट्टु थारु (९२९२)
    बारबर्दिया नगरपालिका, बर्दिया
    छविलाल थारु (१३००६) विजयी, एमालेका पदम प्रसाद ढकाल (१०३५१)
    गुलरिया नगरपालिका, बर्दिया
    मुक्तिनाथ यादव (७०८९) विजयी, एमालेका अमर खड्का (७८११)
    गेरुवा गाउँपालिका, बर्दिया
    जमान केसी (७६९८) विजयी, माओवादीका विश्वबहादुर थारु (६६२०)
    ठाकुरबाबा नगरपालिका, बर्दिया
    तिलकराम लम्साल (९०४२) विजयी, माओवादीका नेत्रराज आचार्य (६८१८)
    बारबर्दिया गाँउपालिका, बर्दिया
    छविलाल थारु (१३००६) विजयी, एमालेका पदम ढकाल (१०३५१)
    मधुवन नगरपालिका, बर्दिया
    तेज बहादुर भाट (८७७५) विजयी, माओवादीका लक्ष्मी शर्मा (७९३१)
    रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    रुक्मागत भटट्राई (६६४३) विजयी, राम बहादुर राउत (६१४५)
    रामपुर नगरपालिका, पाल्पा
    रमण बहादुर थापा (१०४५६) विजयी, एमालेका शिव अर्याल (१००८३)
    तानसेन नगरपालिका, पाल्पा
    सन्तोषलाल श्रेष्ठ (११२७३) विजयी, एमालेका घनेन्द्रराज घिमिरे (१०३९४)
    रामपुर नगरापालिका, पाल्पा
    रमण बहादुर थापा (९३०९) विजयी, एमालेका शिव अर्याल (९२४२)
    रैनादेवी छहरा गाउँपालिका, पाल्पा
    रुक्मागत भटट्राई (६६४३) विजयी, एमालेका रामबहादुर राउत (६१४५)
    गंगादेव गाउँपालिका, रोल्पा
    हरि बहादुर पुन (२५५७) विजयी, एमालेका रोशन कुमार वली (२४९९)
    रुन्टीगढी गाउँपालिका, रोल्पा
    जनक पुन (४३९१) विजयी, माओवादीका गोविन्द पुन मगर (३७०८)
    सिद्धार्थनगर नगरपालिका, रुपन्देही
    ईश्तियाक अहमद खान (९१३४) विजयी, राप्रपाका सागरप्रताप राणा (८१३७
    शुद्धोधन गाउँपालिका, रुपन्देही
    विष्णु प्रसाद बस्याल (७९८३) विजयी, एमालेका किशुनचन्द चौधरी (६२७०)
    कञ्चन गाउँपालिका, रुपन्देही
    नवराज ढकाल (९०८५) विजयी, एमालेका दिनानाथ आचार्य (७८५४)
    छत्रदेव गाउँपालिका, अर्घाखाँची
    चन्द्रमान श्रेष्ठ (७४०७) विजयी, एमालेका दिपक पन्थी (७२२४)
    मायादेवी गाउँपालिका रुपन्देही
    धु्रवनारायण चौधरी ५३८६ विजयी, लोसपा रामअघारे अहिर ४९८८
    सितगंगा नगरपालिका, अर्घाखाँची
    छविलाल पौडेल (१००७८) विजयी, एमालेका बसन्त कुमार श्रेष्ठ )९८९२)

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    पूर्वखोला गाउँपालिका, पाल्पा
    नुनबहादुर थापा (६०३९) विजयी, नेकपा एसका मिन प्रसाद गिरी (१२५७)
    तिनाउ गाउँपालिका, पाल्पा
    प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)
    माथागढी गाउँपालिका, पाल्पा
    यमबहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)
    निस्दी गाउँपालिका, पाल्पा
    मुक्त बहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)
    बगनासकाली गाउँपालिका, पाल्पा
    सरास्वती दर्लामी चिदी (६४६६) विजयी, कांग्रेसकी सुनिता अधिकारी ५६३३
    छत्रकोट गाउँपालिका, गुल्मी
    रामप्रसाद पाण्डेय (६५८६) विजयी, कांग्रेसका अनन्तराम पौडेल (५९४८)
    सत्यवती गाउँपालिका, गुल्मी
    टिकाराम पाण्डे (६२६७) विजयी, कांग्रेसका पारिश्वर ढकाल (५६११)
    मुसिकोट नगरपालिका, गुल्मी
    जीवलाल खरेल (५४२७) विजयी, कांग्रेसका हरि नारायण सापकोटा (५२६५)
    सरुमारानी गाउँपालिका, प्यूठान
    झगबहादुर विश्वकर्मा (४२८०) विजयी, कांग्रेसका मुकुन्दराज शर्मा (४१९४)
    नौबहिनी गाउँपालिका, प्युठान
    दिल बहादुर थापा (६५३७) विजयी, कांग्रेसका शिवराज रिजाल (५६६२)
    मालारानी गाउँपालिका, अर्घाखाँची
    दल बहादुर भटट्राई (८२८३) विजयी, माओवादीका पदम क्षेत्री (६७२७)
    पाणिनी गाउँपालिका, अर्घाखाँची
    टेकराज न्यौपाने (७७४९) विजयी, कांग्रेसका अच्युत गौतम (७०२८)
    सन्धिखर्क नगरपालिका, अर्घाखाँची
    कृष्णप्रसाद श्रेष्ठ (१११३५) विजयी, कांग्रेसकी शान्ती भण्डारी (९३३४)
    त्रिवेणी गाउँपालिका, रोल्पा
    कर्णबहादुर बाठा मगर (५०८५) विजयी, माओवादीका रेशम पुन (४४६३)
    बासगढी नगरपालिका, बर्दिया
    खड्ग बहादुर खड्का (१०९४७) विजयी, माओवादीका भवन थारु (९७६३)
    सरावल गाउँपालिका, नवलपरासी पश्चिम
    सुखाडि चौधरी (७०५९) विजयी, कांग्रेसका अनिल कुमार गौड (४०८९)
    घोराही उपमहानगरपालिका, दाङ
    नरुलाल चौधरी (३१७२८) विजयी, माओवादीका हेमराज शर्मा (२६३६८)
    देवदह नगरपालिका, रुपन्देही
    धुब्र खरेल (१२९४३) विजयी, कांग्रेसका हिरा खत्री (११३२३)
    ओमसतिया गाउँपालिका, रुपन्देही
    मञ्जितकुमार यादव (४८३२) विजयी, राप्रपाका तिलकसिंह बोहोरा (३१३९)
    रामग्राम नगरपालिका पश्चिमनवलपरासी
    धनपत यादव (७८२४) कांग्रेस नरेन्द्र गुप्ता (६२६७)
    वाणगंगा नगरपालिका
    चक्रमपाणि अर्याल (१८९९९) विजयी, कांग्रेस रविराज आचार्य (१८३६०)

    माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

    थवाङ गाउँपालिका, रोल्पा
    क्रृषि केशव बुढामगर (२१२२) विजयी, स्वतन्त्र दलजित रोका (१५०६)
    रोल्पा नगरपालिका, रोल्पा
    सुरेन्द्र थापा (७६०३) विजयी, कांग्रेस शेरबहादुर थापा (३६५८)
    परिवर्तन गाउँपालिका, रोल्पा
    सुकबहादुर बुढामगर (३३११) विजयी, कांग्रेसका विश्व कुमार चन्द (३१२९)
    सुनिल स्मृति गाउँपालिका, रोल्पा
    मणिराम बुढाथोकी (६०६२) विजयी, कांग्रेसका गन्ज बहादुर क्षेत्री (३८९३)
    लुङ्ग्री गाउँपालिका, रोल्पा
    भरत कुमार थापा (४९६४) विजयी, कांग्रेसका जनक खड्का (४२९९)
    माडि गाउँपालिका, रोल्पा
    अमरसिंह घर्तीमगर (३८३०) विजयी, एमालेका विजय घर्ती (३३८१)
    सुनछहारी गाउँपालिका, रोल्पा
    धनबहादुर पुन (३४३९) विजयी, स्वतन्त्रका पुस्तमन घर्ती (१५२३)
    चन्द्रकोट गाउँपालिका, गुल्मी
    युवराज खत्री क्षेत्री (५७००) विजयी, एमालेका चेतन बहादुर बस्नेत (३२४७)
    धुर्कोट गाउँपालिका, गुल्मी
    भुपाल पोखरेल (६०८९) विजयी, कांग्रेसका महेन्द्र भण्डारी (४२६१)
    रुरुक्षेत्र गाउँपालिका, गुल्मी
    यदु ज्ञवाली (५८१६) विजयी, एमालेका हिमाल कुमार श्रेष्ठ (४५४०)
    मालिका गाउँपालिका, गुल्मी
    देविराम अर्याल (६१७६) विजयी, एमालेका रित बहादुर थापा (४६१७)
    पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
    पुनिराज घर्ती (३९१३) विजयी, कांग्रेसका तेजेन्द्र खाम मगर (२११३)
    सिस्ने गाउँपालिका, रुकुम पूर्व
    कृष्ण रेग्मी (३७७९) विजयी, कांग्रेसका दत्त बहादुर बस्नेत (३७००)
    भुमे गाउँपालिका, रुकुम पुर्व
    होम प्रकाश श्रेष्ठ (३९७५) विजयी, मंगल अग्रनाईजेशनका रतन (५०३)
    बंगलाचुली गाउँपालिका, दाङ
    तुल्सीराम पुन मगर (५७४९) विजयी, एमालेका भेषराज खत्री (३६७८)
    राप्ती गाउँपालिका, दाङ
    प्रकाश विष्ट (६८९८), एमालेका जगत पोखरेल (५७००)
    गढवा गाउँपालिका, दाङ
    यम नारायण शर्मा पोखरेल (६९०९) विजयी, कांग्रेसका सर्वजित डिसी (६१६७)
    प्यूठान नगरपालिका, प्यूठान
    विष्णु बहादुर योगी (९३२३) विजयी, एमालेका विजय विष्ट (७८१६)
    माण्डवी गाउँपालिका, प्यूठान
    नमराज अधिकारी (३६७६) विजयी, एमालेका श्रीधर रोका (३४१९)
    झिमरुक गाउँपालिका, प्युठान
    पित बहादुर महतरा (५९२९) विजयी, जनमोर्चाका टिका जिसी (५६९६)
    रिब्दीकोट गाउँपालिका, पाल्पा
    नारायण बहादुर कार्की, (५७०४) विजयी, एमालेका नारायण बहादुर जिसी (४७२६)
    राजापुर गाउँपालिका बर्दिया
    दिपेश थारु (९८०७) विजयी, कांग्रेसका दिपक शाह (९७६०)

    राष्ट्रिय जनमोर्चाले जितेको पालिका

    मल्लरानी गाउँपालिका, प्युठान
    कृष्ण बहादुर खडका (३५७६) विजयी, एमालेका शिवराज श्रेष्ठ (३०८९)
    भुमिकास्थान नगरपालिका, अर्घाखाँची
    झविलाल थापा (८३२४) विजयी,एमालेका रेशम थापा (७५२४)

    जनता समाजबादीले जितेको पालिका

    रोहिणी गाउँपालिका, रुपन्देही
    विद्या प्रसाद यादव (७४९६) विजयी, राप्रपाका ताहिर अली (६४५८)
    कपिलबस्तु नगरपालिका, कपिलबस्तु
    सुदीप पौडेल (११९०६) विजयी, एमालेका राजकुमार गुप्ता (८७८२)

  • भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, यस्ताे छ दिनभरको कार्यतालिका

    भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, यस्ताे छ दिनभरको कार्यतालिका

    रुपन्देही । २५६३ औं बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् ।

    मोदी आउने भएपछि दुई वर्ष कोरोना महामारीले मनाउन नपाएको बुद्धजयन्तीका बेला लुम्बिनीलाई सफा, स्वच्छ, हराभरा र तुल ब्यानरले सिंगार्ने कार्यक्रम नै थियो । मोदी आउने भएपछि झनै चिटिक्क पारिएको छ ।

    छिमेकी देशका प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लिएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर देउवा सिधै लुम्बिनी पुगेर तयारीबारे जानकारी लिएका छन् ।

    लुम्बिनीमा बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि भव्य तयारी गरिएको छ । देउवा आज लुम्बिनी बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

    भारतीय प्रधानमन्त्री भ्रमणको तयारी पूरा भएको लुम्बिनी बिकास कोषले जनाएको छ । अहिले लुम्बिनी भौतिक संरचना निर्माण र सजावटले सिंगारिएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगारिएको छ ।

    प्रधानमन्त्री देउवाको निम्तोमा मोदी यहाँ आउने भएपछि लुम्बिनीलाई सिगारिएको हो । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडकखण्डअन्तर्गत एक किमी कालोपत्रे बाटोका दुईतर्फ नेपाल र भारत तथा नेपाल र बौद्ध धर्मावलम्बनीको झण्डा टाँगिएको छ ।

    त्यस्तै पर्सा चौकदेखि महिलवारसम्म पनि पोलमा नेपाल, भारत र बौद्धधर्मावलम्वीको झण्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ ।

    मोदी ९ नम्बर गेट हँुदै भारतले बनाउन लागेको बिहारसम्म पुग्ने बाटोपनि लोभलाग्दो बनाइएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबिसी)मार्फत जर्मन स्तुपा उत्तर विहार बनाउन थालेको छ । गेटदेखि त्यहाँसम्म पुग्ने करिब ७ सय मिटर बाटो घुलो हिलोमुक्त बनाइएको छ ।

    बिहारलाई नयाँ वाउण्ड्री वाल लगाएर घेरिएको छ । बिहारमा टेन्ट लगाइएको छ । सुरक्षाका लागि विहारमा प्रहरीले राखिएको छ । यो विहारको प्रधानमन्त्री मोदी र देउबाले संयुक्तरुपमा शिलन्यास गर्ने कार्यक्रम छ । उक्त बिहार एक अर्ब भारतीय रुपैयामा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । कुल बजेटको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आईबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ । ८० मिटर वाई ८० मिटर क्षेत्रफलको प्लट वर्तमान प्रधानमन्त्री देउवाले पर्यटन मन्त्रीको कार्यभार सम्हालेका बेला उनको अध्यक्षमा बसेको कोष बोर्ड बैठकले हालै निर्णय गरेर दिएको हो ।

    मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाई गरेर चिटिक्क बनाइएको छ । बाटोबाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, बाणी र पंचशीलका नयाँ तुल व्यानार टाँसिएको छ । बाहिरी गेटमा स्वागत बनाइएको छ । मायादेवी मन्दिर उत्तरको सकुलरलेभीका दुई ठूलठूला पोखरी सफा गरेर पानी छाडिएको छ ।

    आइतबार नै लुम्बिनीमा प्रधानमन्त्रीसहित मन्त्रीहरु, कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पुगेका छन् । अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचारप्रसार, सुरक्षा, पूजापाठ र शान्ति ¥याली समिति बनाएर काम भइरहेको छ । बुद्धजयन्तीका लागि काठमाडौंबाट १ हजार १ सय भिक्षु, भिक्षुणी आइपुग्नेछन् ।

    बुद्धस्थलको प्रवद्र्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएकोे छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गरेका छन् । उनी आफ्नो गृहजिल्ला भएकाले निर्वाचनअघि देखि नै रुपन्देहीमा नै रहेका छन् ।

    भारतीय प्रधानमन्त्रीलाई यहाँसम्म ल्याउने भारतीय वायुसेनाका हेलिकप्टरले आइतबार यहाँ निर्माण गरिएका हेलिप्याडमा परीक्षण उडान गरेका छन् । भारतीय वायुसेनाका दुई वटा एमआई १७ हेलिकप्टर विहान साढे १० बजे आएर लुम्बिनी आएर साढे १२ बजेतिर फर्किका थिए । प्रताप र प्रताप वान कल साइन भएका हेलिकप्टरमा आएका भारतीय सुरक्षा अधिकारीले परीक्षण उडान गरेका थिए । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेट अगाडि चारवटा पक्की हेलीप्याड बनाएको हो । लुम्बिनीमा निर्माण भइरहेको सडक इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत हेलीप्याड बनाइएको हो । हेलीप्याड दुई सातामा तयार भएका हुन् ।

    सुरुमा दुई वटा हेलिकप्टर पश्चिमतर्फको हेलीप्याडमा उत्रिएका थिए । मोदीसंग ४ वटा हेलिकप्टर आउने बताइएको छ ।

    मोदी आगमनको क्रममा आज त्यसको पूर्वाभ्याससमेत गरिएको थियो । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका सेनापति प्रभुराम शर्मा पनि लुम्बिनी आइसकेका छन् ।

    यसअघि नै भारतीय प्रधानमन्त्रीको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन गार्ड (एसपिजी) को टोली लुम्बिनी आइपुगेको थियो । भोली बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ । लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन् ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका अनुसार मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरी पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि २ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    देउवा र मोदी तथा दुई पक्षका अधिकारीहरुबीच दुई पक्षीय मामिलामा छोटो छलफलमा सम्मलित भएपछि देउवाले मोदीको सम्मानमा दिवा भोज दिने कार्यक्रम छ । अनि मोदीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी सम्बोधन गर्नेछन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन पनि आजै

    प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नेछन् ।

    बिहान ६ बजे निर्धारित विमानस्थल उद्घानलगत्तै कुवेतको विमान सेवाले त्यहाँबाट यात्रु ओसार्ने छ ।

  • लुम्बिनीमा पाल्पाबाहेक कतै भएन पूर्णगठबन्धन, यस्तो छ बाह्रै जिल्लाका उम्मेदवारको हिसाब

    लुम्बिनीमा पाल्पाबाहेक कतै भएन पूर्णगठबन्धन, यस्तो छ बाह्रै जिल्लाका उम्मेदवारको हिसाब

    रुपन्देही । २०७८ चैत २८ गते लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ पाँच दलका मुख्य नेताहरु बसेर प्रदेशका १०९ पालिकाका सबै वडा तहमै गठबन्धन गरेर जाने निर्णय गरे । यो दिन उनीहरुले यी पाँच दलबाहेक कुनै पनि अन्य दलसँग गठबन्धन नगर्ने निर्णयसमेत गरेका थिए । तर सत्तारुढ पाँच दलको निर्देशनसहितको घोषणा एमालेलाई तर्साउनका लागि मात्रै भएको देखिएको छ ।

    १२ जिल्ला रहेको प्रदेशमा पाल्पाबाहेक अन्य कुनैपनि जिल्लामा गठबन्धनले पूर्णता पाउन सकेको छैन । पाल्पामा पनि जसपाको पूरै सहमति छैन तर पनि यहाँ वडातहसम्म नै भागबण्डा मिलाएर दलहरुले उम्मेदारी दिएका छन् । अन्य ११ जिल्लामा गठबन्धनले पूर्णता पाउनै सकेन ।

    गठबन्धनको बलियो पक्षधर रहेको नेकपा एसले रुपन्देहीको बुटवलमा बाहेक अन्य पालिकामा गठबन्धन भंग भएको र अन्य पालिकामा आफ्नो पार्टीले उम्मेदारी दिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले बताए ।

    जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलका अनुसार प्रदेशका कुनै पनि पालिकामा पाँच दलीय गठबन्धन भएको छैन । ‘जसपाको जनमतलाई बुझ्ने प्रयास नै भएन, अनि कसरी हुन्छ गठबन्धन ? दाङको घोराही र बाँकेको नेपालगन्जमा मेयर उठाइएन अन्त सबै ठाउँमा हाम्रा उम्मेदार मैदानमा छन्, प्युठानको प्युठान नगरपालिकामा एमाले र जसपा, तथा रुपन्देहीको सैनामैना नेकपा एस र जसपाको गठबन्धन भएको छ’, उनले भने ।

    लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन नसकेको साना दलका नेताहरुको आरोप छ ।

    कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार जिल्लागत हिसाबले सबै पाँच दलको गठबन्धन पूर्ण हुन सकेको छैन । ‘कहाँ को असन्तुष्ट छ, कहाँ को असन्तुष्ट छ, अलग अलग उम्मेदारी परेको छ, अब आजबाट मिलाउने हो, धेरै समस्या रहेछ भागबण्डा मिलाउन, एउटै दलभित्र त कति समस्या हुन्छ अब यति धेरै दलमा कसरी सजिलो होला’, रानाले भने ।

    सबै दलबीच गठबन्धन गर्दा भागबण्डामा आफ्ना दलका नेताहरु व्यवस्थापन गर्न चुनौती देखिएपछि कांग्रेस र माओवादी केन्द्र धेरै ठाउँमा मिलेर नेकपा एस, जसपा र जनमोर्चालाई बाइपास गरेको आरोप साना दलहरुको छ । उनीहरुले मनोनयनको अन्तिम समयसम्म सहमतिका नाममा साना दललाई अल्झाएर नेताहरुलाई उम्मेदारीको तयारी गर्नसमेत नदिएर राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

    कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको प्युठान र अर्घाखाँचीबाहेकका जिल्लामा संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।

    प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबण्डा भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धनअनुसार ४ दलको सहमतिमा उम्मेदवारी दर्ता भएको छ । बुटवलमा जसपाले मेयर र उपमेयरमा उम्मेदारी दिएको छ । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

    कुन जिल्लामा कुन दलले गरे मनोनयन ?

    रुपन्देही

    १६ पालिका रहेको रुपन्देहीको बुटवलबाहेक नेकपा एसले सबै पालिकामा उम्मेदारी दिएको जनाएको छ । भागवण्डा मिलाउन नसकेपछि दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गरी ६ पालिकामा गठबन्धनमा आवद्ध दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेपनि बाँकी पालिकामा पनि त्यो सहमति कायम हुन सकेन । बुटवलमै जसपाले मेयरउपमेयरको उम्मेदारी दिएको छ ।

    तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सैनामैनामा जसपा र नेकपा एसले गठबन्धन गरेको छ । गठबन्धनको मर्म अनुसार सम्मानजनक सिट दिन नचाहेपछि बुटवलबाहेक अन्य पालिकामा गठबन्धन नभएको नेता सिद्धिचरण भट्टराईले बताए ।

    बुटवलमा कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एसका चीनबहादुर गुरुंग उपमेयरमा उम्मेदार बनेका छन् । २ वडा माओवादीले पाएको उसलाई पनि रुख चिन्ह लिएर उठ्न बाध्य बनाइएको छ । अन्य वडामा माओवादीबाटै उम्मेदारी परेको छ । जसपाले पनि सबै पालिकामा उम्मेदारी दिएको छ ।

    पाल्पा

    गठबन्धनको पालना गरिएको पाल्पाका १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन् । यहाँ पनि जसपा सहमत छैन । यहाँ वडातहमै ४ दलले गठबन्धन गरेर उम्मेदारी दिएका छन् ।

    गुल्मी

    १२ पालिका रहेको गुल्मीमा अनौठो गठबन्धन बनेको छ । सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ मेयर र उपमेयर तथा वडा अध्यक्षहरु कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले वडा सदस्यमा चित्त बुझाएको छ । गुल्मीदरवार गाउँपालिकामा गठबन्धन भएको छैन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

    दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् । सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको छ । चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । मुसिकोट नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ प्रमुख कांग्रेसले र उपप्रमुख समाजवादीले पाएको छ । इस्मा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ प्रमुख÷उपप्रमुख कांग्रेसले र वडा सदस्यमा माओवादीले उम्मेदवारी दिएका छन् । मालिका गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । यहाँ माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    माओवादी कांग्रेसको विवादले गठबन्धन नभएको धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
    मदाने गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    कपिलवस्तु

    कपिलवस्तुमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलको अलग्गै गठबन्धन बनेको छ । १० वटा पालिका रहेको जिल्लामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ ।

    वाणगंगाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । शिवराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको छ । एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ । दक्षिणका पालिकामा भने जसपाले आफ्नो उम्मेदारी दिएको छ । कांग्रेसले सबै पालिकामा अलग उम्मेदारी दिएको छ ।

    बर्दिया

    आठवटा पालिका रहेको बर्दियामा दुईवटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । अन्य सबै पालिकाहरुमा गठबन्धनका दलहरुबीच अलग–अलग उम्मेदवारी दर्ता भएको छ । बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल छ । तर यी दुवै पालिकामा प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष पद माओवादी केन्द्रले लिएको छ । एकीकृत समाजवादीले बाँसगढीका २ वटा वडा र गेरुवाका ३ वटा वडा लिएको छ ।

    गुलरिया नगरपालिकामा माओवादी केन्द्रका गेहेन्द्र ढकालले मेयरमा र इन्दिरा सुवेदीले उपमेयरमा उम्मेदवारी दिएका छन् । वडा तहमा भने जसपासँग मात्रै तालमेल गरिएको छ । बढैयाताल गाउँपालिकामा सुरुमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भए पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । बारबर्दिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा पनि गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

    दाङ

    दुई उपमहानगरसहित १० पालिका रहेको दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति जुट्न सकेन । गठबन्धनका शीर्ष नेताले केन्द्रबाट घोराही र तुलसीपुर उपमहानगरको भागबण्डा गरेका थिए । घोराहीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस तथा तुलसीपुरको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

    केन्द्रको गठबन्धनले गरेको भागबण्डाअनुरुप घोराहीको प्रमुख पदमा हेमराज शर्मा डायमण्ड, उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुरको प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

    तुलसीपुर उपमहानगरबाहेकका पालिकामा गठबन्धन नमिलेपछि अलग अलग मनोनयन भएको छ । कांग्रेसले जिल्लाका सात वटा पालिकामा एक्लै उम्मेदवारी दिएको छ । मनोनयनको अन्तिम दिन घोराही र बंगलाचुली गाउँपालिकाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको हो ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अलग्गै तालमेल गरेका छन् । नेकपा माओवादी केन्द्रले लमही नगरपालिका र राजपुर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका गरी पाँच पालिकामा अलग्गै उम्मेदवारी दर्ता गरेको छ । लमही नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बसन्तराज शर्मा (विक्रान्त) र उपमेयरमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ ।

    लमहीमा कांग्रेसले जोगराज चौधरीलाई मेयरमा र लक्ष्मी योगीलाई उपमेयरमा उम्मेदवार बनाएको छ । गढवामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जसपाले तालमेल गरेका छन् ।

    गढवामा माओवादी केन्द्रले अध्यक्षमा यमनारायण पोख्रेललाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले शान्ति चौधरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । गढवामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन । कांग्रेसले गढवा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । अध्यक्षमा सर्वजित डीसी र उपाध्यक्षमा शारदा चौधरी कांग्रेसबाट उम्मेदवार छन् । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन ।

    दाङकै राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तथा राजपुरमा माओवादी, जनमोर्चा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । बबई गाउँपालिकामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । शान्तिनगर गाउँपालिकामा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् । राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तालमेल गरेका छन् भने शान्तिनगर गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।
    बाँके

    जसपा, कांग्रेस र माओवादीको इगोको लडाइँ भएको छ बाँकेको नेपालगन्ज उपमहानगरमा । सत्ता गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रले आफूले मेयर र उपमेयर केही नपाएको जनाउँदै गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

    गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट टंक धामीले मेयरमा र तारा रोकायाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    एक उपमहानगरसहित आठ वटा पालिका रहेको बाँकेमा ६ वटा पालिकामा गठबन्धन भएपनि अलग अलग उम्मेदारी छ । पहिले विवाद गरेको जसपा मिलेपछि नेपालगञ्जमा सत्ता गठबन्धनभित्र माओवादीबाहेक कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कोहलपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने र उपमेयरमा एकीकृत समाजवादीका नारायणी वलीले उम्मेदवारी दिएका छन् । तर कांग्रेसले पूर्ण आचार्यलाई मेयर बनाएपछि बलराम शर्मा बागी उम्मेदवार बनेका छन् । यसले पार्टीको आन्तरिक कलह बाहिरिएको छ ।

    जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन भएको छ । खजुरा गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ । अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु मल्लले उम्मेदवारी दिएका छन् । नरैनापुर, राप्तीसोनारी र डुुडुवा गाउँपालिकामा गठबन्धन भएको छैन । नेपालगन्जमा मिलेको जसपा अन्य पालिकामा मिलेको छैन ।

    रुकुम पूर्व

    तीन गाउँपालिका रहेको रुकुम पूर्वका गठबन्धन छैन । माओवादी केन्द्रले तीनवटै पालिकामा एक्लै उम्मेदवार उठाएको छ ।

    यहाँका दुई पालिका केन्द्रको निर्देशन विपरीत एमाले र कांग्रेसबीच गठबन्धन गरेका छन् । सिस्ने र भूमे गाउँपालिकामा नेकपा एमालेले र नेपाली कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगा गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवार उठाएका छन् ।

    रोल्पामा माओवादी एक्लै

    माओवादीले आधार इलाका मानेको रोल्पाका १० पालिकामध्ये अधिकांशमा माओवादीको एकल उम्मेदारी परेको छ । एउटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेका हुन् । रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा एक्लाएक्लै भिडेका दलहरुले अन्य ६ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन् ।

    परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय गरेको छ । त्रिवेणीमा एमालेलाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको छ । सुनिलस्मृति गाउँपालिकामा कांग्रेसलाई अन्य दलले अध्यक्षमा सघाउने गरी गठबन्धन भएको छ । सुनछहरीमा विप्लव नेतृत्वको नेकपा र कांग्रेसबीच गठबन्धन भएको छ ।

    यहाँ माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच माडी, परिवर्तन, त्रिवेणी गाउँपालिकामा गठबन्धन बनेको हो ।

    प्युठान

    जनमोर्चाले आफ्नो बलियो आधार बनाएको प्युठानका ९ पालिकामध्ये एमालेले जितेका ३ पालिकामा सत्ता गठबन्धनका ४ वटा दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र जसपा एक भएर उम्मेदवारी दिएका छन् । माण्डवीमा त विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा छ । अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

    प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । झिमरुकमा माओवादी केन्द्रले पनि अध्यक्षसहित पदहरुमा उम्मेदवारी दिएको छ । ऐरावतीमा कांग्रेसले पालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पाउने सहमति छ । मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष राजमोले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति छ ।

    यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण खड्काले अध्यक्षमा र कांग्रेसका रमेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनलाई विप्लवको पनि साथ छ । गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ । सरुमारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनाबी तालमेल गरेका छन् ।

    पश्चिम नवलपरासी

    ७ पालिका रहेको पश्चिम नवलपरासीमा दलबीच तालमेल छैन । सुनवल र बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

    गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ ।

    अर्घाखाँची

    अर्घाखाँचीमा सत्ता गठबन्धनको जसपबाहेकका चार दलको गठबन्धन छ । यहाँ नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमा मात्रै चित्त बुझाएको छ ।

    शीतगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसबाट छविलाल पौडेल र उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ । भुमिकास्थान नगरपालिकाको प्रमुखमा गठबन्धनबाट जनमोर्चाको झविलाल थापा र माओवादी केन्द्रका बालकृष्ण बन्जाडेको उम्मेदवारी दर्ता भएको छ ।

    सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसकी शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालको उम्मेदवारी दर्ता भएको छ । मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

  • लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    रुपन्देही । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामध्ये सत्तागठबन्धनमा रहेका पाँच दलले तीनवटामा नेपाली कांग्रेस र एक माओवादीलाई नेतृत्व दिनेगरी बाँडफाँट गरेका छन् । गत स्थानीय तहमा ३ उपमहानगर प्रमुख र उपप्रमुख नै एमालेले जितेकाले त्यो विरासत तोड्नका लागि गठबन्धन गरिएको उनीहरुको भनाइ छ ।

    रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगन्ज चारै उपमहानगरमा अहिले गठबन्धनमा रहेका कुनै दलको नेतृत्व थिएन । बुटवल, घोराही, तुल्सीपुरमा एमालेले प्रमुख उपप्रमुख नै जितेको थियो भने नेपालगन्जमा मेयरमा राप्रपा विजयी भएको थियो ।

    दोस्रो र तेस्रो अर्थात कांग्रेस र माओवादीको मत जोड्दा एमालेभन्दा धेरै भएका कारण पनि यो पटकको चुनावी अंक गणित कस्तो हुनेछ ? भन्ने जोडघटाउ सुरु भएको छ । एमालेले जितेको बुटवलमा कांग्रेस, माओवादी र जनमुक्तिको गठबन्धन रहेको थियो भने दाङमा अलग अलग प्रतिस्पर्धा थियो ।

    बाँकेमा एमालेबाट ०५४ सालमा मेयर बनेका डाक्टर धवलशमशेर राणा राप्रपाबाट जितेका थिए । अहिले एमालेबाट छुटिएर बनेको नेकपा एस, जनमोर्चा, जसपा, र यसअघि अधिकांश पालिकामा गठबन्धन गरेको कांग्रेस र माओवादीसमेतको गठबन्धनले एमालेको विरासत जसरी पनि तोड्ने भनेर योजना बनाइसकेको बताएका छन् ।

    भागवण्डापछि बुटवलबाहेकका उपमहानगरमा दलहरुबीच विवाद बढेको छ । बुटवलको मेयर अन्य पार्टीले खासै बलियो तरिकाले दाबी नगरेपनि नेपालगन्जमा जसपा, घोराहीमा कांग्रेस र तुल्सीपुरमा माओवादी तथा नेकपा एसले अन्तिमसम्म दाबी गरेका थिए । निर्णय भइसकेपछि पनि ती पालिकामा दलका अलग अलग बैठक बसेर गठबन्धनको निर्णय मान्न नसकिने बताइरहेका छन् ।

    अर्कोतिर तत्कालीन अवस्थामा माओवादीमा रहेको अधिकांश नेता कार्यकर्ता र तराईमधेसका धेरै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाले गत निर्वाचनको तथ्यांक जोडेर मूल्यांकन गर्न नहुने विषय अहिले चर्चामा छ । एमालेबाट छुट्टिएको नेकपा एसको जनपरीक्षण नभएकाले एमाले र नेकपा एसले आफ्नो दाबी गरिरहेका छन् । भने तराईमा बढी प्रभाव रहेका जसपा र लोसपाको परीक्षण नभएकाले अहिले आंकलन गर्न बढी कठिन छ ।

    बुटवल उपमहानगरपालिका

    एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा गत निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनलाई पराजित गर्दै बुटबल उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनमा माओवादीबाट उम्मेदार बनेका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । अहिले पोखरेल एमालेमा छन् । उनी मात्र होइन बुटवलमा रहेका धेरै माओवादी एमालेमा प्रवेश गरेकाले माओवादीको संगठन कमजोर बनेको छ । यहाँबाट एमालेले आफ्नो विरासत जोगाउन कसलाई पठाउँछ त्यो चासोको विषय छ । अहिलेका मेयर शिवराज सुवेदी दोहोरिन चाहेका छन् भने अघिल्लो पटक मेयरकै अन्तिम तीनमा परेका बाबुराम भट्टराई र गोपाल राना बलिया दावेदार हुन् । बहालवाला उपमेयर गुमादेवी आचार्य पनि मेयरमै दावेदारी गरेकी छन् । तर कसैको निर्णय हुन सकेको छैन ।

    कांग्रेसबाट अघिल्लो निर्वाचनका बलिया प्रतिस्पर्धी खेलराज पाण्डेको नाम नगरबाट सिफारिस भएर गइसकेको छ । तर यो निर्णय एकपक्षीय भन्दै उनकै समूहका हरि लम्सालसहितको ठूलो समूहले विरोध गरेकाले यसलाई कांग्रेसले कसरी मिलाउनसक्ला भन्ने चासोको विषय बनेको छ । यहाँबाट उपमेयर नेकपा एसले पाएपनि कसलाई पठाउने निर्णय गरेको छैन । यहाँबाट राप्रपाले संचारउद्यमी मृगेन्द्र शेरचनलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

    घोराही उपमहानगरपालिका

    नेपाली कांग्रेसले आफ्नो बलियो क्षेत्र भनेर दावी गरेको घोराहीमा भागवण्डामा माओवादीले पाएको छ । माओवादीले हेमराज शर्मा डायमण्डलाई मेयरमा पठाउने निर्णय गरिसकेको छ । तर उपमेयर पाएको कांग्रेसले कसलाई पठाउने निर्णय गरेको छैन । माओवादीलाई जिताउन नसकिने भन्दै स्थानीय कांग्रेस नेताहरुले सामाजिक सन्जालमा आफ्ना धारणा लेख्न थालेका छन् ।

    एमाले महासचिव शंकर पोखरेल तथा माओवादी नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङमा दुई उपमहानगर छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी भएका थिए । सो समयमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गर्दा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

    घोराहीमा योपटक एमाले एक्लै लडे आफ्नो विरासत जोगाउला त ? भन्ने प्रश्न उठ्न थालेको छ । उपमेयरमा एमालेकै सीता न्यौपाने धेरै मतले विजयी भएकी थिइन् । उनले २० हजार ७९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याएकी थिइन् । यहाँबाट पनि एमालेका नरुलाल चौधरी दोहोरिने निश्चितजस्तै छ । उनी महासचिव शंकर पोखरेल निकट भएकाले पनि टिकट पाउने धेरैले आंकलन गरेका छन् ।

    कांग्रेस र माओवादी दुवैले यहाँ मेयरको दावी गरेकाले नेताहरुको चर्चा कम भएको छ । यहाँबाट माओवादीको ठूलो समूह नै एमालेमा प्रवेश गरेकाले ऊ कमजोर रहेको कांग्रेसको दाबी छ ।

    तुलसीपुर उपमहानगरपालिका

    तुल्सीपुर उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर नेकपा एसलाई परेको छ । यसअघि मेयर र उपमेयर दुवैमा एमालेले विजयी भएको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मतसहित दोस्रो हुँदा नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।

    उपमेयरमा एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी हुँदा उपमेयरका प्रत्यासी कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत गर्दा नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरेकी थिइन् । यहाँबाट एमालेले यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका टिकाराम खड्कालाई उठाउने निश्चितजस्तै छ । यहाँबाट कसलाई पठाउने भनेर निर्णय कुनै पार्टीले गर्न सकेका छैनन् ।

    नेपालगञ्ज उपमहानगरपालिका

    भागबण्डामा जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगर पालिका नेपाली कांग्रेसलाई परेपनि यहाँ गठबन्धन नगर्ने जसपाले भनिसकेको छ । भागवण्डामा मेयर नेपाली कांग्रेस तथा उपमेयर जसपालाई परेको हो । यसअघि राप्रपाका धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर मेयर बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याएका थिए ।

    तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए । एमाले चौथो स्थानमा थियो । हाल राप्रपा र एमालेको गठवन्धनको त्यस्तै कांग्रेस,माओवादी सहितको गठवन्धनका कारण नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी रौनक बढ्ने देखिन्छ । नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन् । उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन् । यहाँका मेयर राणा नदोहोरिने भनिसकेका छन् भने नेकपा एमालेले केही महिना अघि प्रवेश गरेका पशुपतिलयाल मिश्रलाई भावी मेयरका रुपमा प्रचारमा ल्याइसकेको छ ।

    जसपाले गठबन्धन नहुने घोषणा गरेपछि कांग्रेसलाई अन्यौल भएको छ । यही अन्यौलका कारण यहाँ उम्मेदार पनि चयन हुनसकेको छैन ।

    गठबन्धनपछिको टकराव

    केन्द्रबाट भएको अनिवार्य गठबन्धनमा स्थानीय नेताहरु सन्तुष्ट छैनन् । कुन पालिकामा कसलाई अगाडि सार्ने वा नसार्ने निर्णय केन्द्रबाट भएकाले कार्यान्वयनमा चुनौती हुने गठबन्धनमै रहेका दलका नेताहरुले बताउन थालेका छन् ।

    जसपा लुम्बिनी महासचिव यज्ञ पोखरेलले गठबन्धन हुबहु सबै पालिकामा कार्यान्वयनमा चुनौती रहेको बताउँछन् । ‘एकले अर्को पार्टीको अस्तित्व स्वीकार्न समस्या छ, हामीले पहाडमा नटुंगाइ तराईमा गठबन्धन हुँदैन भनिरहेका छौं’, नेपालगन्जमा हाम्रो बटमलाइन थियो नदिएपछि हाम्रो साथीहरु बिच्किनुभयो, तराईमा मित्रवत लड्ने भनेर निर्णय भएको छ, गठबन्धन गर्ने त निर्णय हुन्छ अनि मित्रवत लड्न नि निर्णय गर्नुपर्छ र ?’

    कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना सबै पालिकामा गठबन्धन कार्यान्वयनमा चुनौती भएको बताउँछन् । आफ्नो दलको क्षमता कति हो नजाँची माग गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।

  • कहाँ हरायो पाँच सय वर्ष लुम्बिनी ? यस्ता छन् पाँच शंका

    कहाँ हरायो पाँच सय वर्ष लुम्बिनी ? यस्ता छन् पाँच शंका

    ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने ।

    चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो ।

    पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि नै लुम्बिनी बौद्ध समुदायको आस्थाको केन्द्र बनिसकेको दाबी गर्छन् । सम्राट अशोकले लुम्बिनी र कपिलवस्तुका बौद्ध स्थलहरुमा खडा गरेका स्तम्भ र तिनमा कुँदिएका लिपिहरुले यस्ता दाबीहरुलाई पुष्टि गर्छन् ।

    विभिन्न खालका दस्तावेज र पुरातात्त्विक अन्वेषणहरुले यो कुराको पुष्टि गरेका छन् कि सातौं शताब्दीसम्म आइपुग्दा लुम्बिनीमा हजारौं–लाखौं तीर्थयात्रुले यात्रा गरिसकेका थिए । तर दस्तावेजहरुले सातौं शताब्दीमा हुएन साङ, वु–कुङ र फाङ चिह् भन्ने चिनियॉ पर्यटकहरु लुम्बिनी आएपछि चौधौं शताब्दीसम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुका विषयमा बोलेका छैनन् ।

    यसको अर्थ सातौं शताब्दीदेखि चौधौं शताब्दीबीच करिब ७ सय वर्षसम्म लुम्बिनी ओझेलमा पर्यो । तर चौधौं शताब्दीको सुरुमै अर्थात आजभन्दा सात सय वर्षअघि कर्णाली क्षेत्रका राजा रिपु मल्ल लुम्बिनी आएर सम्राट अशोकले स्थापना गरेको स्तम्भको टुप्पोमा ‘ॐ मणि पदमे हुं, श्री रिपुमल्लचिरंजयतु १२३४’ कुँदाएर गएका थिए । त्यही शताब्दीमा जितारी मल्ल र आनन्द मल्लसमेत लुम्बिनी आएको दाबी विभिन्न दस्तावेजहरुमा गरिएका छन् । त्यसपछि भने लुम्बिनी साँच्चिकै हरायो ।

    चौधौं शताब्दीदेखि १८९६ सम्म लुम्बिनीमा कुनै पनि गतिविधि भएनन् । यहाँ कुनै तीर्थयात्रु पनि आएनन् । अझ प्रष्टसँग भन्दा चौधौं शताब्दीदेखि १९ औं शताब्दीसम्म लुम्बिनी हरायो । जसका कारण शाक्यमुनि बुद्ध र लुम्बिनीको सम्बन्ध विस्मृत हुन पुग्यो ।

    यो पवित्र बौद्ध तीर्थस्थल करिब पाँच सय वर्षसम्म लुप्त अवस्थामा रह्यो । यसबाट बौद्ध समुदायलाई ठूलो हानि भएको दाबी पनि गरिन्छ । कुनै बेला अन्तर्राष्ट्रिय तीर्थयात्रुको भीड लाग्ने लुम्बिनी चौधौं शताब्दीपछि एकाएक कसरी हरायो ? यसको ठ्याक्कै जवाफ आजसम्म कसैले दिन सकेका छैनन् । तर यसको अध्ययन अनुसन्धानमा संलग्न विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा भने राखेका छन् ।

    १. लुम्बिनीमा ठूलो बाढी आयो

    पुरातत्त्वविद् तथा लुम्बिनीका अध्येता वसन्त बिडारी चौधौं शताब्दीतिर लुम्बिनीमा ठूलो बाढी आएका कारण लुम्बिनी हराएको हुनसक्ने अड्कल काट्छन् । घना जंगलको बीचमा रहेको लुम्बिनीमा ठूलो बाढी आएपछि यस क्षेत्रको बस्ती बगाएको र बुद्ध जन्मस्थल बालुवाले पुरेको हुनसक्ने अनुमान गरिन्छ ।

    यस क्षेत्रको उत्खननका बेला पुरातात्त्विक सामग्रीहरु बालुवाले छोपिएको अवस्थामा फेला पर्नुले यो दाबीलाई पुष्टि गर्न मद्दत गर्छ । तर पुरातत्त्वविद् बिडारी चौधौं शताब्दीमा रिपु मल्ल लुम्बिनी आए पनि सातौं शताब्दी अघिदेखि नै लुम्बिनी उपेक्षित हुन थालेको अनुमान गर्छन् ।

    २. लुम्बिनीमा भूइचालो गयो कि ?

    १२१८ साल असारमा नेपालमा करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाको एकतिहाइ जनसंख्यालाई प्रभाव पारेको थियो ।

    स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म सहर छोड्नुपरेको थियो । यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

    त्यस्तै वि.सं. १४६५ मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथ मन्दिरलगायत अन्य दर्जनौं सम्पदा ढले । जमिनमा ठूल्ठूला धाँजा फाटे । जसले गर्दा पानीका मुहानसमेत सुके । त्यस भूकम्पमा सयौं मानिस तथा पशुको ज्यान गयो, हजारौं घर भत्किए ।

    यिनै भूकम्पहरुका कारण लुम्बिनीमा भएका संरचनाहरु भत्किएको र जमिनमुनि धसिएको हुन सक्ने अनुमानसमेत गरिएको छ । तर उक्त भूकम्पले लुम्बिनीसहित पश्चिम क्षेत्रमा के कति क्षति गरेको थियो भन्ने कुरा कहीं पनि प्रस्ट लेखिएको छैन ।

    ३. हिन्दू अतिवादीको आक्रमणमा पर्यो कि ?

    सातौं शताब्दीतिर लुम्बिनी क्षेत्र सम्राट हर्षबद्र्धनको अधिनमा थियो । हर्षबद्र्धनले बौद्ध धर्मप्रति निकै सदासयता देखाएका थिए । उनले सकेसम्म बौद्ध धर्मको प्रचारका साथै यसको संरक्षण सम्बद्र्धनका कामहरु गरे । तर उनको मृत्युपछि बौद्ध धर्मको संरक्षणमा तदारुकता देखाउने राजाहरु जन्मिएनन् । सातौं र आठौं शताब्दीको बीचमा कुमारिल भट्ट जस्ता बौद्धविरोधी कट्टर हिन्दूवादीहरुको प्रभाव देखिन थालेको थियो । हिन्दू धर्मलाई जीवन्तता दिन बौद्ध धर्मको विनाश गर्नुपर्ने मान्यता उनको थियो । लुम्बिनीसहित कपिलवस्तु क्षेत्रमा उनले आक्रमण गरेका हुन सक्छन् भन्ने अनुमान छ ।

    त्यस्तै नवौं शताब्दीमा वैदिक धर्मका प्रकाण्ड विद्वान मानिने शंकराचार्यको बौद्धविरोधी अभियानका कारण लुम्बिनी अतिक्रमणको चपेटामा परेको भनिन्छ । उनले भारत र नेपालका अधिकांश ठाउँमा हिन्दू धर्म स्थापित गर्ने काममा ठूलो सफलता प्राप्त गरेका थिए ।

    कुमाउ–गढवाल क्षेत्रमा बौद्ध धर्मको प्रभावलाई लगभग निर्मूल पार्न उनी सफल भएका थिए । कतिपय यो कुरामा सत्यता नरहेको दावी पनि गर्छन् । तर बौद्ध समुदायले शंकराचार्यका कारण ठूलो क्षति व्यहोर्न परेको कुरा बिर्सिन सकेका छैनन् । सम्भवतः लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पनि उनले उपस्थिति जनाए र बौद्ध तीर्थस्थलहरुमा हिन्दू पुजारीहरु राखेर कब्जा जमाएका हुन् भन्ने मान्यता छ । कालान्तरमा लुम्बिनीमा देखिएका कतिपय हिन्दू गतिविधिहरुले यो पवित्र स्थल हिन्दू धर्मको कब्जामा परेको पुष्टि पनि गर्छन् ।

    मायादेवीलाई वनदेवी मानेर पूजा गरिनु, हिन्दू पुजारीहरु भेटिनु, शिवलिङ्गसहितका संरचना भेटिनु र एक समय मायादेवी मन्दिरमा बलि दिने प्रथासमेत रहेका तथ्यहरु लुम्बिनी हिन्दूहरुको कब्जामा परेका प्रमाणहरु हुन् ।

    कतिपय विद्वानहरुले शंकराचार्य आफै लुम्बिनी नआए पनि सबैतिर हिन्दू धर्मको पुनःस्थापना गरेर बौद्ध जगतलाई अल्पमतमा पारेका कारण बौद्धमार्गीहरु आफै यो क्षेत्र छाडेर भाग्न बाध्य भएको हुन सक्ने अड्कल पनि काटेका छन् ।

    केहीले त लुम्बिनीको अस्तित्व र पहिचानमाथि संकट सिर्जना गर्न लुम्बिनी शब्दको अपभ्रंशसमेत गरिएको बताउँछन् । लुम्बिनीलाई रुमिनदेई वा वनदेवी भनेर पूजा गरिनु पनि यसैको उदाहरण भएको दाबी उनीहरुको छ ।

    ४. लुम्बिनीमा मुसलमानहरुको उपस्थिति

    आठौं शताब्दीको मध्यसम्म आइपुग्दा मध्य एसियाका राज्यहरु अरबी सैन्य शक्तिसँग प्रतिरोध गर्न असमर्थ भइसकेका थिए । जसका कारण अरबी साम्राज्यको अधीन स्वीकार गर्न बाध्य भए । अरबी सैन्यको दमनका कारण ती क्षेत्रका बौद्धहरु मुस्लिम बन्न बाध्य पारिएको इतिहास पढ्न पाइन्छ ।

    सन् १००८ मा महमुद गजनवीका तुर्क सैनिकहरुले भारतीय सैनिकलाई पिछा गर्दै हिमालय नजिकैको तराई क्षेत्रसम्म आएका थिए । अर्का सेनापति इख्तियारुद्दिन मुहमद बिन वख्तियार खालजीले राज्य विस्तारका सिलसिलामा बिहार र बंगाल क्षेत्रमा आफ्नो पकड जमाउन थालेका थिए । उनी कुतुबुद्धिन ऐबकका प्रभावशाली सैनिक अफिसर थिए । उनले गंगा नदी आसपास, पश्चिमी बिहारको सिमानामा रहेको बौद्ध प्रान्तीय क्षेत्रमा भारी लुटपाट तथा आक्रमण गरे ।

    यसै अवधिमा नालान्द बौद्ध विश्वविद्यालयको विनाश गरेर हजारौं बौद्ध भिक्षुहरुको हत्या गरेकोसमेत इतिहास पढ्न पाइन्छ । त्यतिबेलै उनले नेपालको कपिलवस्तु र लुम्बिनीमा समेत विनाश गरेको अनुमान विद्वानहरुले गर्ने गरेका छन् । सोही समय थुपै्र बौद्ध भिक्षुहरु नेपाल छाडेर तिब्बतमा शरण लिन पुगेको बताइन्छ ।

    पन्ध्रौं शताब्दीसम्म मुसलमानी प्रभाव कपिलवस्तु र लुम्बिनीको दक्षिणतिर कायम थियो । दिल्लीका सुल्तान सिकन्दर लोदीले बिहार र उत्तरी राज्यका केही भागमा कब्जा जमाएका थिए । तनहुँ र पाल्पाका स–साना राजाहरुलाई पनि प्रभावित पारिरहेका थिए । यसै समय उनले कपिलवस्तु र लुम्बिनी क्षेत्रमा पनि प्रभाव जमाए र बाँकी रहेका संचरनामा क्षति पुर्याएको विश्वास गरिन्छ । यीबाहेक थुप्रै मुगल शासकहरुकोे चपेटमा लुम्बिनी पर्यो र इतिहासको गर्भमा हरायो भन्नेहरु पनि छन् ।

    ५. सातौं शताब्दीअघि नै ओझेलमा थियो लुम्बिनी

    चौथो शताब्दीमा सेङ साई र पाँचौं शताब्दीमा फाहियानले कपिलवस्तु र लुम्बिनी भ्रमण गर्दा जे जस्ता संरचना र चहलपहल देखे, सातौं शताब्दीमा हुएन साङले देखेनन् । ईस्वी संवत् ६३६ मा उनले शुद्धोधनको राजधानी कपिलवस्तु उजाड भइसकेको देखेका थिए । दरवारका भौतिक संचरनाहरु ढलेका थिए ।

    नगरमा जनसंख्या एकदमै पातलो थियो । दरवार शून्य थियो । कपिलवस्तुपछि लुम्बिनी पुगेका उनले लुम्बिनीलाई नाजुक अवस्थामा भेट्टाए । उनको यात्रा वर्णनलाई आधार मान्दा लुम्बिनी र कपिलवस्तुमा मात्र नभई भारतका अधिकांश बौद्ध स्तूपा, स्तम्भ र बिहारहरु भग्न अवस्थामा पुगिसकेका थिए । हुएन साङको आगमनपछि चौऔं शताब्दीसम्म लुम्बिनीका विषयमा कसैका यात्रा वृतान्तहरु वा लिखतहरु पाइँदैनन् । तथापि दशौं, एघारौं र तेह्रौं शताब्दीका केही पुरातात्त्विक संरचनाहरु भेटिएकाले चौधौं शताब्दीसम्म लुम्बिनी पूरै हराइसकेको थिएन भन्न सकिन्छ ।

    रिपु मल्लको आगमनले त्यतिबेलासम्म लुम्बिनी विस्मृत भइसकेको थिएन भन्ने कुराको पुष्टि गर्छ । तर, सातौं शताब्दीदेखि नै यसको महत्त्वलाई विभिन्न क्षेत्रबाट उपेक्षा गरिएको भने पक्कै हो । त्यसरी सातौं शताब्दीपछि विस्तारै उपेक्षित बनेको लुम्बिनी चौधौं शताब्दीदेखि पूर्ण रुपमा हराएर १९ औं शताब्दीको अन्त्यमा एकाएक फेला परेको थियो ।

    सन्दर्भ सामग्री

    – लुम्बिनी विकास कोषले उपलब्ध गराएका लिखतहरु,
    – बसन्त बिडारीको लुम्बिनीको मौन आह्वान
    – बसन्त महर्जनको लुम्बिनी ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन
    – डा. गौतमवीर बज्राचार्यको लुम्बिनी, हिद बुधे जाते शक्यमुनिति

     

  • लुम्बिनीमा एमालेविरुद्ध नेकपा एसविहीन गठबन्धन !

    लुम्बिनीमा एमालेविरुद्ध नेकपा एसविहीन गठबन्धन !

    रूपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति बाहिर आएको छ ।

    पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ ।

    नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताए । नेकपा एसका केन्द्रीय सदस्य सिद्विचरण भट्टराईले ढिला सूचना भएको, प्रदेश अध्यक्ष मेटमणि चौधरी काठमाडौंमा रहेको र अरूको अन्य बैठक भएकाले जान नभ्याएको दाबी गरे ।

  • लयमा फर्कँदै लुम्बिनी

    लयमा फर्कँदै लुम्बिनी

    लुम्बिनी । कोरोना महामारीले थला परेको लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।

    लुम्बिनीको मायादेवी मन्दिर प्रवेशका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका नागरिकलाई टिकट लाग्दैन भने अन्य जिल्ला तथा विदेशीहरुलाई टिकट लाग्ने गर्दछ ।

    मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।

    कोरोना महामारीले थला परेको पर्यटन व्यवसायमा अहिले आएको पर्यटकको अवस्था पछिल्लो साढे २ वर्ष यताकै धेरै हो । कोरोनाकालमा लुम्बिनीमा निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारले यहाँको सौन्दर्य बढाएको छ । महामारीमा लुम्बिनी सुनसान बन्यो । लुम्बिनी छेउमा रहेका होटल व्यवसाय ठप्प भए । तर अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । लुम्बिनीमा भारत तथा तेस्रो मुलुकका समूह दिनहुँ प्रार्थना गरेको भेट्न सकिन्छ । भारतपछि बर्मा, कम्बोडिया, थाइल्याण्डका पर्यटकहरू लुम्बिनीमा आउन थालेका छन् । पर्यटकको वृद्धिले होटल व्यवसायीलाई राहत मिलेको स्थानीय व्यवसायीको भनाइ छ ।

    लुम्बिनी विकास कोषका अनुसार बिदाको दिनमा लुम्बिनीमा आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । अंग्रेजी महिना मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

    विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएयता एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो । सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

    पछिल्लो समय नेपालमा पर्वतारोहणको सिजन सुरु भएको छ । यो समय पदयात्रामा जाने समय समेत भएकाले पर्यटकको संख्या बढ्ने गर्छ । होटल संघ नेपाल (हान) का सदस्य युवराज श्रेष्ठका अनुसार भारतीय पर्यटकका कारण होटल उद्योगमा समेत सकारात्मक संकेत देखिएको छ । एक महिनाको अवधिमा नेपालमा भारतीय पर्यटकको संख्या मात्र १५ हजार रहेको छ ।

    तथ्यांकअनुसार मार्चमा १५ हजार १३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अवधिमा बंगलादेशबाट समेत २ हजार १ सय ५२ जना नेपाल आएका छन् ।

    अमेरिकाबाट ४ हजार ८ सय ९६ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट ४ हजार २९ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारी सुरु हुनुअघि नेपाल आउने पर्यटकमा चीन भारतपछि दोस्रो स्थानमा रहने गरेको थियो । तर, चीनले अहिले पनि आफ्ना नागरिकलाई भ्रमण खुला गरिसकेको छैन । सोही कारण मार्चमा चीनबाट ४३१ जना मात्रै नेपाल आएको तथ्यांक छ ।

    रुस र युक्रेनको द्वन्द्वका बावजुत ती मुलुकबाट समेत नागरिकहरू नेपाल भ्रमणमा आएका छन् । मार्च महिनामा ७० जना युक्रेनी नागरिक नेपाल आएका छन् । रुसबाट ४ सय २३ जना नेपाल भ्रमणमा आएको तथ्यांक छ । मार्च महिनामा कुल १५६ मुलुकबाट विदेशीहरू नेपाल आएका छन् । व्यवसायीहरूका अनुसार युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटक पर्वतारोहण र पदयात्राको प्रयोजनमा नेपाल आउँछन् । भारतीयहरू भने मनोरञ्जन तथा धार्मिक प्रयोजनमा नेपाल आउने गरेका छन् ।

    लुम्बिनीका होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले केही सातायता आन्तरिक र बाह्य पर्यटकको संख्या लुम्बिनीमा बढेको बताए लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको त्यति धेरै चिन्ता छैन । महामारीको अवस्थामा पनि यहाँ आन्तरिक पर्यटक आइरहेका थिए तर रात बिताउने पर्यटक नआएका कारण यहाँका व्यवसायी संकटमा परेको पर्यटन व्यवसायी मेघनाथ आचार्यको भनाइ छ ।

  • पाँच वर्षभित्र लुम्बिनीलाई उज्यालो प्रदेश बनाइने

    पाँच वर्षभित्र लुम्बिनीलाई उज्यालो प्रदेश बनाइने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी पाँच वर्षभित्र उज्यालो प्रदेश बनाउने गरी सबै घरधुरीमा विद्युत्को आपूर्ती गर्ने योजना सार्वजनिक गरेको छ ।

    प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरिएको हो ।

    हाल प्रदेशमा ३९.१८ मेगावाट जलविद्युत, ९.६१७ सौर्य विद्युत् र ०.०२५ मेगावाट हाइब्रिड विद्युत् उत्पादन भइरहेको र विभिन्न ८ वटा जलविद्युत् आयोजनाबाट १५.९९ मेगावाट तथा सौर्य विद्युत्बाट ३ मेगावाट निर्माणाधीन अवस्थामा रहेको ऊर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ । प्रदेशमा १२ वटा कम्पनीले ११३.५७ मेगावाट र ७८.४९ मेगावाट सौर्य विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति लिएका छन् ।

    उज्यालो प्रदेश अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाल्पाको निस्दी गाउँपालिकाबाट कार्यक्रम शुरु गरिने ऊर्जा तथा सिंचाई मन्त्री बीरबहादुर रानाले बताए । हाल प्रदेशमा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुग्न नसकेको र कार्यक्रम कार्यान्वयनमा ल्याउन करिब ३ अर्ब रुपैयाँ बजेट खर्च हुने मन्त्री रानाले बताए ।

    उज्यालो प्रदेश बनाउन सम्भाव्य जलविद्युत् आयोजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने, पुराना प्रशारण लाइन तथा वितरण प्रणालीहरुको सुधार, निजी क्षेत्रसंगको सहकार्यमा सौर्य विद्युत्, लघु तथा साना जलविद्युत् आयोजना निर्माण अघि बढाई ५ वर्षमा करिब ७५० मेगावाट विद्युत् उत्पादन थप गर्नुपर्ने मन्त्री रानाले बताए ।

     

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बढ्यो चहलपहल, धमाधम थपिँदै पाँचतारे होटल

    लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बढ्यो चहलपहल, धमाधम थपिँदै पाँचतारे होटल

    रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तरगतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि यस क्षेत्रको चहलपहल ह्वात्तै बढेको छ । विमानस्थल संचालनका लागि क्यालिब्रेसन फ्लाइटको काम पनि सकिएको छ । अब छिटै नै यहाँबाट व्यवसायिक उडान हुनेछ । विमानस्थल आयोजनाका अनुसार आउने बुद्ध पूर्णिमामा यसलाई संचालन गर्ने तयारी छ ।

    विमानस्थल संचालनमा आउन लागेपछि रुपन्देहीमा मात्रै होइन नवलपरासी, कपिलवस्तुमा पर्यटक लक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भएसंगै व्यवसायीले स्तरीय होटल तथा रेष्टुरांहरुमा लगानी बढाएका हुन् ।

    अहिले रुपन्देहीका होटलको दैनिक क्षमता १५ हजारभन्दा बढी रहेको यहाँका व्यवसायीहरुले बताउँदै आएका छन् । करिब १५ हजार पर्यटकलाई एकैरातमा राख्नसक्ने क्षमता यहांका होटलहरुमा अझै लगानी बढिरहेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् ।

    विमानस्थललाई केन्द्रमा राखेर यस क्षेत्रमा मात्रै नभएर नवलपरासीदेखि कपिलवस्तुसम्म नै स्तरीय होटलहरु धमाधम संचालन हुन लागेका छन् । बुद्ध सर्किटको भित्र र बाहिर पर्ने सबै क्षेत्रहरुमा अर्बौको लगानी पर्यटन व्यवसायीले गरिसकेका छन् ।

    व्यवसायीका अनुसार भैरहवामा एकैरातमा चार हजारभन्दा बढी पाहुनालाई स्तरीय होटलमा राख्न सकिने तयारी भैसकेको छ । त्यस्तै, लुम्बिनीमा एक रातमा पाँच हजार पर्यटकलाई राख्न सकिने छ । पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर व्यवसायीहरुले पुराना होटलको स्तरोन्नति मात्रै गरेका छैनन, विदेशी पर्यटकलक्षित रेष्टुराँ, क्लब र क्यासिनोमा समेत लगानी बढाएका छन् ।

    भैरहवा र लुम्बिनीमा थप आधा दर्जन तारे होटल निर्माणको चरणमा छन् । हाल रुपन्देहीको भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल र आसपास ठाउँमा साना–ठूला गरी करिब एक हजार दुई सय होटल तथा छ सय रेष्टुराँ सञ्चालनमा छन् । बुटवल–भैरहवा सडकखण्डको कोटिहवाबाट एक किलोमिटर पश्चिम बाउन्नकोटी सामुदायिक वन नजिकै पांच अर्ब बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । यो रुपन्देहीकै पहिलो पांचतारे होटल हो ।

    त्यस्तै, लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर भैरहवा–लुम्बिनी सडकखण्डमा पवन हलुवाईसहितको तीन अर्ब लगानीमा अर्को पाँच तारे होटल पवन प्यालेस इन्टरनेसनल पनि सञ्चालनमा आइसकेको छ । रुपन्देहीको मणिग्राममै रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर एक अर्ब बढी लगानी गरी चारतारे स्तरको बनाइएको छ ।

    भैरहवा–परासी सडकखण्डको बसन्तपुरमा एक अर्ब बढी लगानीमा सञ्चालित बोधी रेड सन होटल पनि स्तरोन्नति गरेर चारतारे स्तरको बनाइएको छ । मणिग्रामका व्यवसायी बालकृष्ण भुसालले एक अर्बभन्दा बढी रुपैयाँ लगानीमा बेलहियामा तारे होटल मेघा निर्माण गरिरहेका छन् । काठमाडौं रिद्धिसिद्धी समूहले गौतमबुद्ध विमानस्थल नजिक चार तारे होटल बनाइरहेको बताएको छ । भैरहवाकै आशा गुरुङले भैरहवामा अर्गानिक परिकारको विशेषतासहित चारतारे होटल निर्माण गरेका छन् लुम्बिनीमै डेढ अर्बभन्दा बढी विदेशी लगानीमा होटेल बुद्धमाया गार्डेन सञ्चालनमा छन । लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईले डेढ अर्ब बढी रुपैयां लगानीमा पांच तारे होटल कासाई सञ्चालन गरेका छन ।

    लुम्बिनीभित्रै एक अर्बभन्दा बढी लगानीका होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा र लुम्बिनीमा मात्रै पर्यटकस्तरका ११३ होटल सञ्चालनमा रहेका छन् । यिनमा ३० अर्बभन्दा बढी लगानी भएको छ । तर जिल्लाभरको लगानी भने करिब ५० अर्व रुपियां पुगेको र यो अझै बढ्ने क्रममा रहेकाले पनि विमानस्थलको प्रभावलाई अनुमान गर्न सकिन्छ ।

    लुम्बिनीमा थप ११ वटा होटल बन्ने क्रममा छन् । सम्भावना राम्रो देखेपछि होटल व्यवसायमा स्थानीय मुस्लिम समुदायका उद्यमीले पनि लगानी गर्न थालेका छन । स्तरीय होटलले यहाँको अन्य व्यवसायलाई पनि बलियो बनाउन थालेको छ । यी होटलमा करिब २० हजारभनदा बढीले रोजगारी पाएको, ती होटलहरुमा अन्य व्यवसायसँग जोडिएका व्यक्तिहरु लाभांवित भएकाले पनि विमानस्थल संचालनको प्रभाव मान्न सकिन्छ ।

    मुलुककै दोश्रो अन्तर्राष्ट्रियस्तरको बिमानस्थल भएको कारण यसले भैरहवा र रुपन्देहीको मात्र नभई देशकै अर्थतन्त्रमा अग्रणी भुमिका खेल्ने बताउँदै व्यवसायीहरु लगानीमा उत्साहित भएको बताएका छन् । यसलाई व्यवस्थित बनाउन सम्बद्ध व्यवसायी र सरोकारवाला निकायले योजना बनाउन जरुरी रहेको होटल तथा रेष्टेरेन्ट व्यवसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष माधव नेपाल बताउँछन् ।

    अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएको कारण यसले भैरहवा र रुपन्देहीको मात्र नभई देशकै अर्थतन्त्रमा अग्रणी भूमिका खेल्ने भएकाले लगानी बढेको नेपाल बताउँछन् ।

    बुद्धस्थलका विषयमा अन्तर्राष्ट्रियस्तरमा अभियान संचालन गर्दै आएका अभियान्ता चेतन पन्तले अन्तर्राष्ट्रिय विमानस्थलले रुपन्देहीको मात्रै नभएर समग्र क्षेत्रको विकासमा नयाँ आयाम थपेको विश्लेषण गर्छन् । ‘काठमाडौंको विकल्पमा तयार गरिएको विमानस्थलले पर्यटन क्षेत्र मात्रै नभएर सबै क्षेत्रमा गुल्जार ल्याएको छ, अब यसलाई व्यवस्थित गरेर अगाडि बढ्नसके केही वर्षमै हामीले सोचेंभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु आउँछन्, उनीहरुको व्यवस्थापन गर्न योजनाबद्ध रुपमा लाग्न जरुरी छ, उनले भने ।

    लुम्बिनीसँग जोडिएका पर्यटकीयस्थललाई प्रदेशभरमै जोडेर अगाडि लैजानुपर्ने र यसरी आएका पर्यटकलाई अधिकतम धेरै समय राख्ने वातावरण बनाउनुपर्ने योजना पर्यटन व्यवसायीलाई उनको सुझाव छ ।

    आयोजनाभित्रको आकर्षण

    विमानस्थललाई आकर्षक बनाउन र आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न आयोजनाले पर्याप्त ध्यान दिएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगीतिक झरना (म्युजिकल फाउण्टेन) निर्माण भएको छ । रातको समयमा विभिन्न धुनमा देखिने रंगीबिरंगी पानीले बिमानस्थल भएर जाने जो कोहीको ध्यान तान्ने गरेको छ ।

    गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार ३० परिधिमा निर्माण भएको म्युजिकल फाउण्टेन सम्भवतः देशकै ठूलो रहेको छ । उनले अहिले नेपालमा म्युजिकल फाउण्टेनको अवधारण नरहेको अवस्थामा यो आकर्षणको केन्द्र रहने बताए ।

    बुद्धभूमि भएको कारण राष्ट्रगानसहित बिभिन्न बुद्ध धुनहरुमा आकर्षक रुपमा पानीका फोहोरा निस्किने उनले बताए । करिब २ करोडको लागतमा तयार भएको यो म्युजिकल फाउण्टेनमा संगीतकै तालमा पानीका फोहोराहरु निस्किने गरेका छन् । संगीतलाई नै पछ्याउदै पानीका फोहोराहरुले गरेको नृत्यले अधिकांशलाई मोहित बनाउने गरेको छ । आयोजना अहिले हस्तान्तरण नभएको कारण यसलाई दैनिकभन्दा पनि आवश्यकताअनुसार चलाउने गरिएको छ ।

    विमानस्थल सुचारु भएपछि नियमित रुपमा सञ्चालन हुने आयोजनाको भनाइ छ । यस्तै विमानस्थलको अर्को आकर्षणको रुपमा लुम्बिनी गार्डेन फाउण्डेशनले स्थापना गरेको बुद्ध मूर्ति रहेको छ । अढाई अर्बभन्दा बढी लागत दाबी गरिएको सो मूर्तिलाई हेर्न र तस्विर लिन बिमानस्थल आउने अवलोकनकर्ताहरु आतुर हुने गरेका छन् ।

    पर्यटन क्षेत्रमा ह्वात्तै बढ्यो लगानी

    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि रुपन्देहीमा पर्यटक लक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भएसंगै व्यवसायीले स्तरीय होटल तथा रेष्टुरांहरुमा लगानी बढाएका हुन । होटल व्यवसायी संघ रुपन्देहीकाअनुसार अहिले रुपन्देहीका होटलको दैनिक क्षमता १५ हजारभन्दा बढी छ ।

    करिब १५ हजार पर्यटकलाई एकै रातमा राख्न सक्ने क्षमता यहांका होटलहरुमा रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार भैरहवामा एक रातमा चार हजार बढी पाहुनालाई स्तरीय होटलमा राख्न सकिन्छ ।

    त्यस्तै, लुम्बिनीमा एक रातमा पांच हजार पर्यटकलाई राख्न सकिने सिद्धार्थ होटल एशोसिएशन लुम्बिनी शाखाका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव खनालकाअनुसार रुपन्देहीमा एक हजार बढी पर्यटकस्तरका होटल रहेको र एक रातमा १५ हजार पाहुनालाई बास बसाल्न सकिन्छ । बुटवलमा १४ सय र भैरहवामा ११६ वटा साना ठूला होटल सञ्चालनमा छन् ।

    रुपन्देहीमा मात्रै सञ्चालित होटेलमा हालसम्म करिब बीस हजारले रोजगारी पाएको संघका महासचिव खनालले बताए ।

    पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर व्यवसायीहरुले पुराना होटलको स्तरोन्नति मात्रै गरेका छैनन्, विदेशी पर्यटकलक्षित रेष्टुराँ, क्लब र क्यासिनोमा समेत लगानी बढाएका छन् । भैरहवा र लुम्बिनीमा थप आधा दर्जन तारे होटल निर्माणको चरणमा छन् । हाल रुपन्देहीको भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल र आसपास ठाउँमा साना–ठूला गरी करिब एक हजार दुईसय होटल तथा छ सय रेष्टुरां सञ्चालनमा छन् ।

    बुटवल–भैरहवा सडकखण्डको कोटिहवाबाट एक किलोमिटर पश्चिम बाउन्नकोटी सामुदायिक वन नजिकै पांच अर्ब बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । यो रुपन्देहीकै पहिलो पांचतारे होटल हो । त्यस्तै, लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर भैरहवा–लुम्बिनी सडकखण्डमा पवन हलुवाई सहितको तीन अर्ब लगानीमा अर्को पांच तारे होटल पवन प्यालेस इन्टरनेसनल पनि सञ्चालनमा आइसकेको छ । रुपन्देहीको मणिग्राममै रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर एक अर्ब बढी लगानी गरी चारतारे स्तरको बनाइएको छ । भैरहवा–परासी सडकखण्डको बसन्तपुरमा एक अर्ब बढी लगानीमा सञ्चालित बोधी रेडसन होटल पनि स्तरोन्नति गरेर चारतारे स्तरको बनाइएको छ ।

    मणिग्रामका ट्याक्टर व्यवसायी बालकृष्ण भुसालले एक अर्बभन्दा बढी रुपियां लगानीमा बेलहियामा तारे होटल मेघा निर्माण गरिरहेका छन् । काठमाडौं रिद्धिसिद्धी समूहले गौतमबुद्ध विमानस्थल नजिक चार तारे होटल बनाइरहेको बताएको छ ।

    भैरहवाकै आशा गुरुङले भैरहवामा अर्गानिक परिकारको विशेषतासहित चार तारे होटल निर्माण गरेका छन् । लुम्बिनीमै डेढ अर्बभन्दा बढी विदेशी लगानीमा होटेल बुद्धमाया गार्डेन सञ्चालनमा छन् । लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईले डेढ अर्ब बढी रुपैयां लगानीमा पांच तारे होटल कासाई सञ्चालन गरेका छन् ।

    लुम्बिनीभित्रै एक अर्बभन्दा बढी लगानीका होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा र लुम्बिनीमा मात्रै पर्यटकस्तरका ११३ होटल सञ्चालनमा रहेका छन । यिनमा ३० अर्ब बढी लगानी भएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष श्रेष्ठको भनाइ छ । तर जिल्लाभरको लगानी भने करिव ५० अर्व रुपैयां पुगेको संघको अनुमान छ । लुम्बिनी क्षेत्रमा थप ११ वटा होटल बन्ने क्रममा छन् ।

  • लुम्बिनीमा सबैभन्दा धेरै मानव अधिकार हनन, एक हजारभन्दा बढी घटना दर्ता

    लुम्बिनीमा सबैभन्दा धेरै मानव अधिकार हनन, एक हजारभन्दा बढी घटना दर्ता

    रुपन्देही । लुम्बिनी मानव अधिकार हननका हिसाबले सबैभन्दा बढी घटना दर्ता भएको प्रदेशका रुपमा देखिएको छ ।

    इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ घटनाहरु पीडितहरुले दर्ता गरेको देखिएको हो । अपहरण, गिरफ्तारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानवीय व्यवहार, घाइते, हत्या, जातीय विभेद, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८६ घटनाहरु दर्ता छन् । जुन २९ प्रतिशत हुन आउँछ ।

    यसैगरी प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हननका घटना दर्ता भएका छन् । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उल्लंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडि रहेको भन्दै रिपोर्टको संख्या बढ्नु भनेको आमनागरिकमा सचेतना बढेकालाय यस्तो भएको तर्क गर्छन् । प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनीय रहेको उनले बताए ।

    लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम इन्सेकको तथ्यांकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।

    मानव अधिकार तथा शान्ति समाज केन्द्रीय अध्यक्ष गोविन्द खनालले मानव अधिकारको परिभाषालाई फरक ढंगबाट समाजमा बुझने काम भएको भन्दै ब्यवहारमा बुझाउन नसकिएको दाबी गरे । हिंसाको राजनीति गरिरहेका दलहरुका कारण मानव अधिकार धरापमा रहेको उनको गुनासो छ । घर शान्ति, समाज शान्ति हुँदै देश र विश्व शान्तिको अभियानमा लाग्नुपर्ने उनले सुझाव दिए ।

  • यसरी पत्ता लागेको थियो लुम्बिनी

    यसरी पत्ता लागेको थियो लुम्बिनी

    सन् १८९६ को नोभेम्बर महिनाको अन्त्यतिर तत्कालीन पाल्पा गौंडाका बडाहाकिम खड्गशमशेरले रुम्मिनदेई (लुम्बिनी) जंगलमा ढुंगाको ठूलो खम्बा जमिनमुनि गाडिएको अवस्थामा भेटिएको जानकारी पाए । उनी त्यहाँ पुगेर खम्बाको निरीक्षण गरे र खन्न लगाए ।

    नजिकै मुकाम खडा गरी आफू पनि त्यहीं बसे । उत्खनन्को काम धमाधम भइरहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिकका दिन ३ फिट जति खन्न बाँकी थियो । त्यतिकैमा एकजना विदेशी पुरातत्वविद् डा. फुहरर त्यहाँ आए । कपिलवस्तु क्षेत्रको उत्खननका लागि नेपाल सरकारसँग अनुमति मागेका फुहररलाई पाल्पा क्षेत्रका बडाहामिकसँग सम्पर्क गर्न लगाइएकाले तानसेन पुगेका थिए । पाल्पा पुगेपछि बडाहाकिम रुम्मिनदेही जंगलमा ढुंगाको खम्बा खनिरहेका छन् भन्ने थाहा पाएर उनी तानसेनबाट बाटो सोध्दै त्यहीं पुगे । फुहररको खड्गशमशेरसंग भएको पहिलो भेट नै त्यहीं थियो ।

    खड्गशमशेरको पालामा उत्खनन हुँदै गरेको अशोक स्तम्भः सन् १८९६

    यसरी फुहररले उत्खनन हुँदै गरेको खम्बा र त्यसमा उल्लेखित अभिलेखको तस्वीर खिचे । पुरातात्विक क्षेत्रको यसरी उत्खनन गर्न नहुने सुझाव दिए । उल्लेखित अभिलेखको ब्राम्ही लिपिविज्ञहरुले अर्थ लगाएपछि गौतम बुद्धको जन्मस्थल तथा प्राचीन लुम्बिनी सोही ठाउँ हो भन्ने स्पष्ट भयो ।

    खड्शमशेर पुरातत्वका विशेषज्ञ थिएनन् । लुम्बिनी पत्ता लाग्नुअघि उनलाई बुद्ध र बुद्धधर्मका सम्बन्धमा खासै ज्ञानसमेत थिएन भन्ने गरिन्छ । यद्यपि, उनी जिज्ञासु थिए र त्यसको उत्खनन गनए रुचि देखाए । संयोगबश फुहरर आए र लुम्बिनी पत्ता लाग्यो ।

    यसरी लुम्बिनी पत्ता लगाउने व्यक्तिका रुपमा फुहरर र खड्गशशमशेर चिनिए । त्यसो त डा. फुहरर त्यसअघि पनि नेपाल आएका थिए । सन् १८९५ को मार्चमा निग्लिहवासम्म आएर उनले ढलिरहेको अशोक स्तम्भमा कुँदिएको अभिलेख उतारेर फर्केका थिए । त्यहीं पाठको अर्थ ठम्याएपछि भारतीय पुरातत्व सर्वेक्षण विभागले नेपालभित्र अरु पनि स्तम्भहरु हुनसक्ने सम्भावना देखेर दोस्रोपटक पनि फुहररलाई नेपाल पठाएको थियो । फुहरर तेस्रोपटक पनि नेपाल आएर कपिलवस्तु क्षेत्रको उत्खनन गरेका अभिलेखहरु छन् ।

    पत्ता लागेको दुई वर्षपछि सन् १८९८ मा लुम्बिनीको अध्ययन तथा उत्खनन गर्न अर्का पुरातत्वविद् पी.सी मुखर्जी आए । मुखर्जीले अशोक स्तम्भ वरिपरी उत्खनन गरेर हेरे । विभिन्न कालखण्डमा बनाइएका प्राचीन इँटाका पर्खालहरु उनले भेटे । विभिन्न आकारका भग्वावशेषहरु भेटेपछि उनले तिनलाई स्तुप वा विहार रहेको हुनसक्ने अनुमान गरे । मुखर्जीले अशोक स्तम्भको उत्खनन गरिरहेको तस्वीरको पछाडि दुईवटा साना तर जिवित भौतिक संरचना देखिन्छन् । तीमध्ये एउटा स्थानीयले वनदेवीको रुपमा पूजा गर्ने रुम्मिनदेहीको मन्दिर थियो भने अर्को मठ थियो । ती दुवै संरचनाको पनि उनले उत्खनन गरेका थिए ।

    पहिलो वनदेवीको रुपमा स्थानीयले पूजापाठ गर्ने रुम्मिनदेहीको मन्दिर थियो । यद्यपि, त्यसबेलासम्म मन्दिर भन्ने प्रचलन थिएन भन्ने मान्यता इतिहासविद्हरुको छ । जुन भत्केको र छानो खसेको जीर्ण अवस्थामा थियो । कालान्तरमा यसै मन्दिरलाई रुपान्तरण गर्दै हालको मायादेवी मन्दिर बनाइएको हो ।

    त्यहींबाट मुखर्जीले मायादेवीले शिशुलाई जन्म दिइहेको सबैभन्दा पुरानो मूर्ति भेटेका थिए । शीर भाँचिएको अवस्थामा रहेको सो मूर्तिको पछाडि शीर भेटेर जोड्दा उक्त मूर्तिको तल्लो भागसँग ठ्याक्कै मिलेको थियो । लुम्बिनीमा भेटिएको सबैभन्दा महत्वपूर्ण र पुरातात्विक मूर्तिको रुपमा यसलाई लिइन्छ । नजिकै रहेको दोस्रो मठ एक सन्यासीले केही वर्षअघि मात्र स्थापना गरेको भनिएको छ । उक्त मठमा ताला लागेको तस्वीर मुखर्जीको तस्वीरसंग प्रष्ट देख्न सकिन्छ । मुखर्जीले त्यसको पनि उत्खनन गरेर केही मूर्ति र भाँडाकुँडा भेटेका थिए ।

    सन् १८९८ मै थाइल्याण्डका राजकुमार भिक्षु दीपंकर वंशजलाई साथमा लिएर आएका अनागरिक धम्मपालले पनि लुम्बिनीमा एककोठे भवन देखेका थिए । उक्त कोठाभित्र कपडाले छोपिएको मूर्ति राखिएको आफूले देखेको उनले बताएका छन् । तर त्यहाँ सुरक्षा गार्डले मूर्ति हेर्न पाल्पाबाट स्वीकृति लिएर आउनुपर्ने बताएपछि उनले पैसा दिएर मूर्ति हेरेको र मूर्तिको टाउको र खुट्टा नदेखेको उल्लेख गरेका छन् ।

    त्यसपछि लुम्बिनी भेटिएको चर्चा संसारभर फैलिएको थियो । सन् १९३३ मा केशरशमशेरको नेतृत्वमा लुम्बिनीको विस्तृत उत्खनन सुरु भयो । उनको उत्खनन वैज्ञानिक नभएको आरोप लाग्ने गरे पनि उनले थुप्रै संरचनाहरुको संरक्षण गर्दै पिसी मुखर्जीले उत्खनन गरेको त्यही पुरानो वनदेवीको मन्दिरलाई छोपेर पुरानो मायादेवी मन्दिर निर्माण गरेका थिए ।

    केशरशमशेरले निर्माण गरेको मायादेवी मन्दिरः सन् १९९०

    अशोक स्तम्भदेखि पूर्वको माटोको ढिस्कोमाथि रोमन शैलीमा सेतो चुना लगाएर निर्माण गरेको त्यतिबेलाको संरचना नै हालको मायादेवी मन्दिर हो । मौर्य सम्राट अशोकले लुम्बिनीमा अशोकका बृक्षमुनि सात तहको इँटामाथि हिफाजतसाथ राखेको जन्मस्मारक शिलामाथि पछि विभिन्न कालहरुमा संरचनाहरु निर्माण भएको पुरातत्वविद्हरुको मान्यता छ । त्यहाँ गुप्तकालमा शिखरशैलीमा सप्तरथ निर्माण गरिएको थियो भनिन्छ ।

    तर पछि लुम्बिनी ओझेलमा पर्दा मन्दिर जीर्ण भइ माटोको ढिस्कोमा परिणत भएको मान्यता छ । कालान्तरमा त्यसलाई वनदेवीको कल्पना गरी रुम्मिनदेई वा रुम्मिनमाई भनिएको थियो । पी.सी मुखर्जी आउँदासम्म पनि यसलाई मायादेवी मन्दिर भनिएको थिएन । उनले मायादेवीको मूर्ति भेटिएको कोठा मात्र भनेका छन् । त्यो कोठा कसले बनायो भन्ने पत्ता लागेको छैन ।

    सेतो रंग लगाइएको र झट्ट हेर्दा रोमनशैलीमा बनेको देखिएकाले खड्गशमशेरले नै उक्त कोठा बनाएका हुन् कि भन्ने अनुमान छ । तीनै खड्गशमशेरले पाल्पामा रानी महलसमेत निर्माण गरेका छन् । उनैले बनाएको अड्कल काटिएको कोठालाई छोपेर केशरशमशेरले मायादेवी मन्दिर बनाए । त्यसबाहेक उनले पुष्करणी पोखरीलाई समेत संरक्षण गरे ।

    पीसी मुखर्जीले उत्खनन गर्दाको एक कोठे मायादेवी मन्दिरः सन् १९३३

    पछि उक्त मन्दिरसमेत जीर्ण हुँदै गएपछि थप उत्खनन गर्नुपर्ने आवश्यकता ठानी लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्थाको संयुक्त उत्खनन कार्य सन् १९९३ देखि १९९६ सम्म जारी रह्यो । त्यतिबेला पुरानो मायादेवी मन्दिर भत्काइयो । सोही समय मार्कर स्टोन, पन्ध्र वटा च्याम्वर, गुप्त, कुषाण, शुंग र मौर्यकालीन इँटा र वास्तु अवशेषहरुसहित थुप्रै महत्वपूर्ण सामग्री भेटिए । जसले लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा पुष्टि गर्न थप सहयोग मिल्यो ।

    सन् १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भयो । त्यसपछि युनेस्कोको सहयोगमा मायादेवी मन्दिरको डिजाइन पास गरेर २०५८ सालमा हालको मायादेवी मन्दिर निर्माण गरियो । पुनःनिर्मित मायादेवी मन्दिरको बाह्य आवरण केशरसमशेरले १९३३–३९ सालसम्मको अवधिमा निर्माण गरेको अर्धरोमन शैलीमा निर्मित मायादेवी मन्दिरकै पुनरावृत्ति जस्तो देखिन्छ ।

    स्रोत: लुम्बिनी विकास कोषबाट प्राप्त लिखतहरु /बसन्त विडारीको लुम्विनीः विगत, वर्तमान र भविष्य/डा. गितु गिरीको लुम्बिनी क्षेत्रका सांस्कृतिक सम्पदाहरु/वसन्त महर्जनको लुम्बिनी, ऐतिहासिक तथा पुरातात्विक अध्यनन/बाबुकृष्ण रिजालको लुम्बिनीका पुरातात्विक संरचना ।

     

     

  • लुम्बिनीका मुख्यमन्त्रीको जम्बो टिमः १७ जनाको मन्त्रीमण्डल, १९ जनाको सचिवालय

    लुम्बिनीका मुख्यमन्त्रीको जम्बो टिमः १७ जनाको मन्त्रीमण्डल, १९ जनाको सचिवालय

    रुपन्देही । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै ८ महिनाका लागि मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अधिकांश नियुक्तिप्रति विपक्षी दलको मात्रै होइन, गठबन्धनमा सहभागी दल, कर्मचारी संयन्त्र र आफ्नै दलभित्र पनि आलोचित बन्दै गएका छन् ।

    सत्ता साझेदार नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियासँग आठ–आठ महिना मुख्यमन्त्री बन्नेगरी सहमतिमा मुख्यमन्त्री बनेका केसीले गठबन्धनलाई भाग पुर्याउन ७ मन्त्रालयलाई बढाएर ४ राज्यमन्त्रीसहित १७ बनाएका छन् । सुरुमै यसप्रति धेरैले आलोचना गरे ।

    त्यसपछि जम्बो मन्त्रीमण्डल गठन तथा विभिन्न शीर्षकमा आफ्ना आसेपासेलाई बजेट बाँडेर आलोचित बनेका मुख्यमन्त्री केसीले आफ्नो सचिवालयमा पनि जम्बो टोली नियुक्ति गरे । यसले उनलाई थप आलोचित बनायो ।

    केसीले १९ जनाको जम्बो टोली सचिवालय बनाएपछि सरकारमा सहभागी दल, कर्मचारीहरु तथा उनकै दलका नेताकार्यकर्ताले आलोचना सुरु गरेका छन् ।

    सरकार गठन भएको पाँच महिनासम्म देखिनेगरी काम गर्न नसकेका मुख्यमन्त्री केसीले नियुक्तिमा आफन्तवाद लादे । माओवादीकै केही नेताले भेटेर उनलाई पटक–पटक त्यस्तो नगर्न दिए । तर उनले मानेन । ‘हामीले पार्टीको प्रतिष्ठा बचाउन सुझाव दिएका हौं तर उहाँ आफूखुसी अगाडि बढिरहनुभएको छ, यसले उहाँलाई मात्रै होइन गठबन्धन र पार्टीलाई क्षति पुराउँछ’, ती नेताले भने ।

    कोभिड–१९ महामारीले थला परेको अर्थतन्त्रलाई राहत दिनुपर्ने बेलामा उल्टो राज्यकोषलाई भार पर्नेगरी सहायक मन्त्रीसरहको सुविधासहित नियुक्ति गरेपछि उनको आलोचना बढेको हो । नियुक्ति भएकामध्ये कतिपयले त कामै नगरी तलब मात्रै थाप्ने गरेका छन् ।

    गत साउन २८ गते निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकारलाई विस्थापित गर्दै केसीले ५ दलीय गठबन्धनबाट नेतृत्व गरी मुख्यमन्त्री बनेका थिए ।

    मुख्यमन्त्री केसीले नियुक्ति गरेका सदस्यहरुले न्यूनतम २० हजारदेखि ८० हजारसम्म मासिक तलब तथा सेवा सुविधा लिने गरेका छन् । मुख्यमन्त्री कार्यालयको सचिवालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार केसीका प्रमुख राजनीतिक सल्लाहकार अमरबहादुर डाँगीको मासिक तलब ५६ हजार ८४० छ ।

    उनले सञ्चार सुविधाबापत २ हजार, अतिथि सत्कार ५ हजार, बिजुली–पानीबापत २ हजार, आवास सुविधा १५ हजार गरी कूल ८० हजार ८४० रूपैयाँ मासिक रुपमा पाउने गर्दछन् । दाङ जिल्लाबाट प्रदेशसभामा एमालेबाट निर्वाचित डाँगी पोखरेल सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि सांसद पदबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका थिए ।

    यसैगरी रोल्पा घर्तीगाउँका रमेशबहादुर वलीले सहायक मन्त्रीसरह सेवासुविधा लिने गरी नियुक्ती पाएका छन् । उनको मासिक तलब ५५ हजार ८०० तथा अन्य सुविधासमेत थप गरी ६४ हजार ८०० रुपैयाँ रहेको छ । वली असोज १ गते नियुक्त भएका थिए ।

    नियुक्तिको समयमा समेत विवादित बनेका स्वकीय सचिव खरीन्द्र विक ‘सुजित’ले ४३ हजार ३८० रुपैयाँ मासिक रुपमा तलब तथा सेवा सुविधा बुझ्दै आएका छन् । तनहुँ घर भइ हाल रुपन्देही बस्दै आएका उनलाई केसीले उपसचिव सरह सेवा दिने गरी नियुक्त गरेका थिए । विकलाई भदौ ५ गते नियुक्त गरिएको थियो ।

    यसैगरी रोल्पाका मानसिंह विकलाई ३७ हजार ९९० तलबसहित प्रेस संयोजकमा नियुक्त गरिएको छ ।

    कल्याण केसी र दिव्याश्वरी केसी शाखा अधिकृतका रूपमा रहेका छन् । चैतुकुमारी चौधरीलाई कम्प्युटर अपरेटरको रूपमा ३० हजार २०० रुपैयाँ सेवा सुविधासहित नियुक्त गरिएको छ ।

    केसीको निजी सचिवालयमा यज्ञबहादुर वली, शान्तिकुमारी वली, सुनिल दहित, हुकुमबहादुर केसी, लोकबहादुर रायमाझी, ममता थापा, जनम चौधरी, प्रज्वल केसी, मानवी केसी, कविराज अधिकारी, अल्फा रोका मगरलगायतलाई विभिन्न पद तथा तहमा नियुक्त गरिएको छ । उनीहरुको मासिक तलब सेवा सुविधा २१ हजारभन्दा माथि रहेको छ ।

    प्रमुख प्रतिपक्षी एमाले आक्रोशित

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान लुम्बिनी सरकार बेथितिमा चुर्लुम्मै डुबेको भन्दै आलोचना गरेको छ । सार्वजनिक लेखा समितिका सदस्य तथा एमाले सांसद विष्णु पन्थीले वर्तमान सरकारले संघीयताप्रति नै जनतालाई वितृष्णा गराएको दाबी गरे ।

    ‘कोरोना महामारीले मुलुक चरम आर्थिक संकटमा परिरहेका बेला जम्बो मन्त्रीमण्डल सचिवालय निर्माण गर्नु खर्च बढाउने कामबाहेक केही होइन’, पन्थीले भने, ‘राज्यलाई आर्थिक सुशासन र पारदर्शीतातर्फ बढ्न सजग बनाउने सार्वजनिक लेखा समितिलगायतका विषयगत समितिहरु समेत नेतृत्वविहीन भएको अवस्थामा भइरहेका गलत गतिविधिलाई रोक्नु पर्छ ।’

    कर्मचारीको पनि आपत्ति

    कर्मचारी ट्रेड युनियनका लुम्बिनी प्रदेश संयोजक मेघदेव पन्तले करार सेवामा पटक–पटक गरिने नियुक्तिले राम्रो सन्देश नजाने बताएका छन् । उनले यस्ता विषयले अहिलेको संरचनाकै विषयमा आवाज उठानेहरुलाई बल पुगेको बताए ।

    ‘आर्थिक संकटमा रहेको अहिलेको संरचनामा कसरी कम खर्चमा सरकार संचालन गर्ने भनेर सबैले ध्यान पुराउनुपर्ने अवस्था छ, काम गर्ने कर्मचारीको व्यवस्थापन नगरी अनावश्यकरुपमा मन्त्रालय बढाइयो, हामीले त अनावश्यक नियुक्तिको सधैं विरोध गर्दै आएका छौं’, उनले भने ।

    आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले देशमा पछिल्लो राजनैतिक घटनाक्रमले संविधानको मूल मर्म र भावनाअनुसारको काम नभएकाले व्यवस्थाप्रति नै प्रश्न उठेको बताए ।

    पछिल्लो समयमा मुख्यन्त्री कार्यालयमा प्रादेशिक अर्थतन्त्रमा अत्यधिक व्ययभार पर्नेगरी राजनैतिक दवाबमा सहयोगी राख्ने कामले परिवर्तनका लागि जनताले गरेको बलिदानको उपहास भएको उनले बताए ।

    प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले भने नियुक्तिको विषयमा अनावश्यक हल्ला बाहिर आएको दावी गरेका छन् । मुख्यमन्त्रीले आवश्यकताले नै नियुक्ति गरेको बताउँदै उनले कामलाई प्रभावकारी बनाउनका लागि यसो गरिएको उल्लेख गरे ।

    ‘नियुक्ति गरिएका सबैलाई सेवासुविधा मात्रै उपलब्ध गराइएको छैन, आवश्यक पर्ने भएर नै मुख्यमन्त्रीले सचिवालयमा नियुक्ति गर्नुभएको हो’, शर्माले भने ।

    अदालतबाट झड्का

    मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेका अनन्त घिमिरेको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अर्को संकट आइलागेको छ ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले लुम्बिनी प्रदेश सरकारको नाममा घिमिरेलाई प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्ति नगर्न अन्तरिम आदेश जारी गरेपछि केसीलाई झड्का लागेको हो ।

    पूर्ववर्ती सरकारले नियुक्त गरेका ध्रुव मजगैयाँलाई हटाएर घिमिरेलाई सो पदमा नियुक्त गरिएको थियो । तत्कालीन सिईओ मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै आफूलाई हटाएर सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्वोच्च गएका थिए ।

    पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले २०७६ माघ १३ मा मजगैयाँलाई चारवर्षे कार्यकालको लागि प्राधिकरणको सिईओमा नियुक्त गरेको थियो । पछि कुलप्रसाद केसीको नेतृत्वको सरकार बनेपछि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले मजगैयाँको ठाउँमा घिमिरेलाई नियुक्त गरेको हो ।

    त्यसअगाडि मध्यपश्चिम विश्वविद्यालयको डिन रहेका घिमिरेले ऊर्जा मन्त्रालय अन्तरगतको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्त लिएर दोहोरो सुविधा दिएका थिए ।

    दोहोरो सुविधा लिएको कुरा बाहिरिएपछि विद्युत् उत्पादन कम्पनी लिमिटेडको जागिर गुमेको थियो । त्यसपछि घिमिरेलाई लुम्बिनी प्रदेश सरकारले प्रदेशको पूर्वाधार विकास प्राधिकरणको सिईओमा नियुक्त गरेको हो । नेपाल प्रेसले उनले दोहोरो सुविधा लिएको समाचार फलो गरेको थियो ।

    अदालतको निर्णयपछि नेपाल प्रेससँग कुरा गर्दै ध्रुव मजगैयाँले अदालतबाट न्याय मिलेको बताए । ‘नियमविपरीत नै निर्णय भएको थियो, मैले राजीनामा नै दिएको थिएन, त्यो ठाउँ खाली नै थिएन, म कानूनअनुसार काम गरिरहेको थिएँ, अचानक उहाँलाई नियुक्त गरियो, त्यो कानूनविपरीत थियो, अदालतले न्याय दियो’, उनले भने ।

  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा नाराजुलुससहित गठबन्धनले गर्‍यो मनोनयन (भिडिओ)

    राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा नाराजुलुससहित गठबन्धनले गर्‍यो मनोनयन (भिडिओ)

    दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले लुम्बिनीमा मनोनयन दर्ता गरेका छन् ।

    सत्तारुढ गठबन्धनबाट कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।

    मनोनयन दर्ताका लागि गठबन्धनका नेता कार्यकर्ताहरू आ-आफ्नो झण्डा बोकेर नाराजुलुससहित दाङस्थित प्रदेश निर्वाचन कार्यालय घोराही पुगेका थिए ।

     

  • पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी

    पदाधिकारीमा लुम्बिनीबाटै दर्जन बढी आकांक्षी

    काठमाडौं । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिएसँगै नेतृत्वका विषयमा चासो बढ्न थालेको छ । माओवादीले विशेष आधार इलाका मानेको लुम्बिनीबाट महासचिवसहित पदाधिकारीमा एक दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।

    माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा लुम्बिनी प्रदेशका कृष्णबहादुर महरा र वर्षमान पुन आपसमा लड्दा नेता जनार्दन शर्मालाई फाइदा पुग्ने सम्भावना बढेको यहाँका माओवादी नेताहरुले बताएका छन् ।

    महरा र पुन एकबेलाका गुरु–चेला भएपनि अहिले माओवादीको महासचिवमा दुवैको सशक्त दाबी छ । पुन माओवादी अध्यक्ष प्रचण्डका खास निकट मानिन्छन् । यसैले प्रचण्डले उनैलाई च्याप्नसक्ने धेरेको अनुमान छ ।

    संसदीय अभ्यासमा धेरै अनुभव भएका नेता महरालाई अगाडि बढाउनुपर्ने अन्य नेताहरुको दबाब थेग्न पनि प्रचण्डलाई मुस्किल हुने कतिपयको आँकलन छ । महरा पक्षले ओनसरी घर्तीलाई पदाधिकारीमा समेटेर वर्षमानलाई महासचिव नदिने गरी नेताहरुसँग लबिङ पनि थालेका छन् ।

    केही समयदेखि उनी बिरामी परेकाले र महासचिव धेरै सकृय हुनपर्ने पद भएकाले पनि उनले थेग्न नसक्ने दाबी महरानिकट नेताहरु बताउँदै आएका छन् ।

    लुम्बिनीबाट वर्षमान पुन, कृष्णबहादुर महरा, ओनसरी घर्ती, जयपूरी घर्ती, चक्रपाणि खनाल बलदेव, डिलाराम आचार्य, महेश्वर गहतराज, हकिकुल्लाह खाँ पदाधिकारीका दाबेदार हुन् ।

    लुम्बिनीबाट केन्द्रीय कमिटीमा दामा शर्मा, आइपी खरेल, रामलौटन तिवारी, घनश्याम यादव, बामदेव क्षेत्री, विनोद पहाडी, मब्सुद अली, सीता पौडेल, नारायण अधिकारीलगायत अग्रमोर्चामा छन् ।

    लुम्बिनीबाट माओवादी जनयुद्धमा लामो समय विशेष जिम्मेवारी सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, दधिराम न्यौपाने एमएस, चन्द्रबहादुर खड्का, गिरीधारीलाल न्यौपाने, नबिन थापामगर, अनुप बराल, दिनेश पन्थी, पूजा कार्कीलगायतका पुराना नेताहरु एमालेमा लागेकाले पनि माओवादीलाई आफ्नो पुरानो साख जोगाउन चुनौती थपिएको छ । यसका साथै माओवादीबाट अलग भएका विप्लव र वैद्यको मुख्य क्षेत्र तथा गृहजिल्ला पनि यही प्रदेशमा भएकाले माओवादीको संगठन कमजोर बनेको हो ।

    लुम्बिनी प्रदेशबाट माओवादी सम्मेलनका लागि १ सय ५ जना प्रतिनिधि छानिएको र उनीहरु आफ्नो आफ्नो तरिकाले सम्मेलनमा सहभागी हुने माओवादी लुम्बिनीका नेता सुदर्शन बरालले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलन भएकाले प्रतिनिधिबाहेक अरु सहभागी हुने कुरा भएन, प्रतिनिधि कमरेडहरु आफ्नो खर्चमा जानुहुन्छ, दुई हजार दस्तुर दिनुहुन्छ अनि आकांक्षी भए अगाडि बढ्नुहुन्छ नभए केन्द्रीय समिति चुनेर फर्किनुहुन्छ’, नेता बरालले भने ।

    यसबाहेक आयोजकको तर्फबाट ५० जना लुम्बिनीबाट छन् ।

    माओवादी नेता जगप्रसाद शर्मा अपारका अनुसार राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति मात्र छान्ने र त्यो समितिले अध्यक्ष तथा पदाधिकारी छान्ने छ ।

    अहिले माओवादीको पदाधिकारी छान्दा जनमोर्चाबाट असन्तुष्ट भएकाहरु र विप्लवसँग रहेकाहरुलाई विशेष ध्यान दिने भएकाले पदाधिकारी छान्न ढिलो हुनसक्ने नेताहरुको अनुमान छ ।

    सकेसम्म विप्लवको सबै टिमलाई नै ल्याउने नभए, त्यो टिममा असन्तुष्ट रहेका, जनमोर्चाबाट छुट्टिएकालाई पनि समेटेर टिम बन्ने भएकाले सुरुमा अध्यक्षबाहेक अरु पदाधिकारी नटुंगिने संभावना बढी भएको माओवादी नेताहरुको आंकलन छ ।

  • भाग पुर्‍याउन मन्त्रालय फुटाउँदाको असरः एकै भवनमा लुम्बिनीका पाँच मन्त्रालय, कार्यालय अस्तव्यस्त

    भाग पुर्‍याउन मन्त्रालय फुटाउँदाको असरः एकै भवनमा लुम्बिनीका पाँच मन्त्रालय, कार्यालय अस्तव्यस्त

    रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा पाँच मन्त्री र तीन सचिवले एउटै भवनबाट काम चलाएका छन् । यहाँको सडक डिभिजन कार्यालयको भवनमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँगै पर्यटन, ग्रामीण तथा सहरी विकास र जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्रीसहित दुवै मन्त्रालयका राज्यमन्त्रीको कार्यकक्ष छ । र यहाँ एउटै सचिवले दुईवटा मन्त्रालय हेनुपर्ने अवस्था छ ।

    हेभी इक्युपमेन्ट भवनमा पुरानो सामाजिक विकास मन्त्रालय फुटाएर बनेका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय र शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय छ । पुरानो उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा अहिले वन वातावरण तथा भू संरक्षण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छन् ।

    दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयको भवनमा पर्यटन मन्त्रालय हतारमा लगे पनि कर्मचारी र मन्त्री बस्ने अवस्था नरहेको कर्मचारीले पटक–पटक गुनासो गरेका छन् । सरकार बनेको सय दिन पूरा भएपनि यसरी मन्त्रालय र कर्मचारी व्यवस्थापन नहुँदा कामले कुनै गति लिन नसकेको दाबी कर्मचारीको छ ।

    यहाँ ६ दलीय गठबन्धनलाई भाग पुर्याउन ७ मन्त्रालयबाट ४ राज्यमन्त्रीसहित १७ मन्त्री बनाइएको छ । लुम्बिनी प्रदेश सरकारका मन्त्रालय पालिकाका वडा कार्यालयजस्तै सानो ठाउँमा खुम्चिएका छन् । संघीय संरचनाको सुरुवातमै बामे सर्न थालेका मन्त्रालय जथाभावी फुटाउँदा यी मन्त्रालय नाम मात्रका बनेका छन् । एउटै भवनमा धेरै मन्त्रालय रहेर भौतिक रुपमा कर्मचारी र मन्त्री नजिकिएपनि कर्मचारी र मन्त्रीको सम्बन्ध चिसिँदै जान थालेको छ ।

    पर्याप्त भवन र कर्मचारीको व्यवस्थापन नहुँदै मन्त्रालय थपिएपछि भवन संरचना र कर्मचारीको अभावले मन्त्री तथा कर्मचारीको सम्बन्ध चिसिँदै गएको हो ।

    एउटै भवनमा फ्ल्याट बाँडेर मन्त्रालय राखिएका छन् । छुट्टाछुट्टै भवन र कर्मचारी नभएकै कारण सरकार बनेको १०० दिन पुग्दा प्रदेशका नयाँ मन्त्रालय सक्रिय हुन नसक्दा सरकार गतिहीन भएको दावी कर्मचारीले गरेपनि मन्त्रीहरु त्यो कुरालाई स्वीकार गर्दैनन् ।

    कर्मचारीहरु असन्तुष्ट

    ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले प्रयाप्त अध्ययन र तयारीविनै मन्त्रालय फुटाउँदा कर्मचारी बिचल्लीमा परेको बताए ।

    ‘हाम्रो मन्त्रालय दाङमा सारिएको भनिए पनि काम गर्न त्यहाँबाट सकिँदैन,’ न्यौपानेले भने, ‘काम बुटवलबाटै हुने हो । सबै कर्मचारी परिवारसहितका छन् । देउखुरीमा न कर्मचारीका बालबच्चा पढाउने ठाउँ छ, न औषधि उपचारका लागि राम्रो अस्पताल । त्यस्तो ठाउँमा कर्मचारी कसरी बस्न सक्छन् ?’

    अघिल्लो सरकारका मुख्यमन्त्री शंकर पोखरेलले गएको २३ असारमा स्थायी राजधानीका नागरिकलाई राजधानीको अपनत्व दिन भन्दै ग्रामीण विकास मन्त्रालय देउखुरीमा सारेपनि यसको काम बुटवलबाटै चलेको थियो ।

    अहिलेको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर बनाएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङकै सीटीइभीटीको भवनमा सारेपनि काम बुटवलबाट हुन्छ । उक्त मन्त्रालयका मन्त्री इन्द्रजीत थारू र सचिव डा. विकास देवकोटा दुवैजना दाङका भएकाले आफ्नो काम देखाउन पनि उनीहरुले अस्थायी संरचनामै मन्त्रालय लगेको तर काम हुन नसकेको अन्य कर्मचारीले बताउँछन् ।

    ‘त्यहाँ बस्ने र काम गर्ने अवस्था छैन, बच्चा बुटवलमा भर्ना भएका छन्, पहिले नै जानकारी नदिइ बीच समयमा कसरी जान सकिन्छ ?’, मन्त्रालयका एक अधिकृतले भने, ‘हामी कर्मचारी भएपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भनेका छैनौ तर आधारभूत कुरा त पूरा हुनपर्यो नि, अस्थायीबाट अस्थायी संरचनामै बीच समयमा जाँदा राम्रो हुँदैन भनेका हौं तर हाम्रो कुरा सुनुवाइ नै भएको छैन ।’

    नेताले भोटको राजनीति गरेको आरोप

    बुटवलबाट स्थायी संरचनाविना नै देउखुरीमा मन्त्रालयहरू सार्न मुख्यमन्त्री कूलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती धेरैपटक धाएका छन् । चुनावको मुखमा मन्त्रालयहरू सानै सके त्यसको जस लिने दाऊमा भेगीय नेताहरू लागेको कर्मचारीहरु बताउँछन् ।

    निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका प्रदेश संयोजक मेघदेव पन्तले प्रदेश राजधानीका लागि जग्गा प्राप्तिको कुनै आधार नहुँदै अस्थायी संरचनामा मन्त्रालयहरू सार्न नहुने बताए । ‘बस्ने ठाउँ छैन । त्यहाँ काम गर्न सकिँदैन भनेर प्रदेशमा काम गर्ने करीब एक हजार कर्मचारीले भनेका छन् । ‘सरकारी सेवामा लागेका कर्मचारीले खटाएका ठाउँमा जाँदैनौ भन्ने कुरा भएन तर आधारभूत कुरा ख्याल गर्नुपर्यो, केही मन्त्रीलाई छिटो लगेको जस लिनलाई यसो गरिनुहुँदैन भन्ने हाम्रो माग हो’, पन्तले भने ।

    उनका अनुसार बुटवल राजधानी भएकै धेरै कर्मचारीले लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्रालय र कार्यालयमा सरुवा मिलाएर आएका छन् । सुरूका दिनमा बुटवल राजधानी हुँदा समेत सचिव तहका कर्मचारी आउन मानेका थिएनन् ।

    १० सयभन्दा बढी कर्मचारीको पद रिक्त

    कार्यालय आवास तथा निजी जीवनसँग जोडिने आधारभूत आवश्यकता समेत नभएको देउखुरीमा मन्त्रालय सार्न खोजेपछि धेरै कर्मचारीले सरुवा खोज्न थालेका छन् । अहिलेपनि लुम्बिनीमा करीब १ हजार ५०० भन्दा बढी कर्मचारीको पद रिक्त छ ।

    २० असोज २०७७ मा लुम्बिनी प्रदेश सभाको दुईतिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको देउखुरी बनाउने निर्णय गरेको थियो । त्यसयता देउखुरी उपत्यकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय नै स्थापना गरिएको छ ।

    प्राधिकरणले नै ५ करोड २१ लाखमा लागतमा २ तले प्रदेशसभा अस्थायी भवन निर्माण गरिरहेको छ । स्थायी राजधानीका लागि गुरुयोजना समेत अहिलेसम्म बनेको छैन । नमूना राजधानी शहर बनाएर मात्रै स्थायी राजधानीमा लैजाने प्रतिबद्धता तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले जनाएका थिए ।

    त्यतिबेला अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्रीपछिको पहिलो वरीयतामा आन्तरिक मामिला मन्त्री थिए । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सकेसम्म भएकै संरचनाबाट सदुपयोग गरौं भनेर एउटै भवनमा राख्नुपरेको बताउँदै अस्थायी संरचनाबाट अस्थायीमै मन्त्रालय सार्न नहुने विषयमा आफ्नो अडान भएको बताए ।

    मन्त्री र कर्मचारीबीच दूरी बढ्यो

    सरकार फेरिएपछि अस्थायी कर्मचारी फाल्ने र राख्ने चलन नयाँ होइन । तर मन्त्रीले आफ्नै अनुकुलका कर्मचारी धमाधम राख्न थालेपछि यहाँका उच्च तहका कर्मचारी र मन्त्रीबीच दूरी बढेको छ ।

    सरकारी कर्मचारी छनोट र भर्ना गर्ने जिम्मेवारी लोकसेवा आयोगको हो । तर लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भएसँगै मन्त्रालय र मातहत कार्यालयले लोकसेवा आयोगको बेवास्ता गर्दै आफूखुसी करारमा कर्मचारी भर्ना गर्ने गरेका छन् ।

    अहिले लुम्बिनी प्रदेश सरकार मातहत ३ हजार ९ सय ३९ कर्मचारीमध्ये ७ सय ९४ करारका रहेका छन् । कर्मचारी व्यवस्थापनका लागि २०७६ साउनमा लोकसेवा आयोग गठन गरिएपनि कहिले पदाधिकारी त कहिले प्रक्रियामा विवाद देखिँदा आयोगले अहिलेसम्म कर्मचारी भर्ना गर्नसकेको छैन । संघीय सरकारले निजामती ऐन नबनाएकाले प्रदेश सरकारले निजामति ऐन बनाउन नपाएको दाबी सरकारी पक्षको छ ।

    गठबन्धनको सरकार बनेपछि यातायात व्यवस्था कार्यालयमा १० वर्षदेखि करारमा रहेका कर्मचारी हटाइएपछि पुराना कर्मचारीले काम सिकेका कर्मचारी हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसरी हटाइएका ३ कर्मचारीको ठाउँमा सेवा करारका नौ कर्मचारी राखियो । कम्प्युटर अपरेटर, प्राविधिकलगायतका ती कर्मचारी हालका जसपाबाट श्रम रोजगार तथा यातायात मन्त्री पुर्मती ढेंगा र कांग्रेस नेताका सिफारिसमा राखिएको त्यहाँका पुराना कर्मचारीले बताएका छन् ।

    कार्यालयका निमित्त प्रमुख आलोककुमार ओझाले भने पटक–पटक मन्त्रालयसँग कर्मचारी माग गर्दा पनि नपाएको तर लाइसेन्स फार्म दर्तादेखि स्मार्ट लाइसेन्ससम्मका सबै काम कम्प्युटरबाट गर्नुपर्ने भएकाले कर्मचारी सेवा करारमा भर्ना गरेको दावी गर्छन् ।

    भूमि व्यवस्था तथा कृषि मन्त्रालयले सुरु गरेको सुलभ कर्जा किसानमाझ नपुगेको भन्दै १२ जिल्लामा १६ जना कर्मचारी करारमै राखेको छ  ।

    स्थानीय तहमा एक–एक जना कृषि अधिकृत एवं प्राविधिक राख्ने योजना ल्याएको सरकारले त्यो ठाउँमा पनि यसैगरी कर्मचारी राख्ने तयारी गरेपछि पुराना कर्मचारीको असन्तुष्टि बढेको हो ।

    विधि नबनाइ करारमा कर्मचारी राख्दा अदक्षले स्थान पाउने तर दक्ष जनशक्ति सधैं पछि पर्ने देखिएको आधिकारिक ट्रेड युनियनका लुम्बिनी संयोजक मेघदेव पन्तले बताए । करारको साटो करारकै कर्मचारी राख्नथालेपछि कर्मचारी युनियनले पटक–पटक लिखित पत्र र डेलिगेसनमार्फत त्यसो नगर्न आग्रह गरे पनि त्यसबारे सुनुवाइ नभएको उनले बताए ।

    मुख्यमन्त्रीको कार्यालयदेखि प्रदेशमातहत कार्यालयसम्म यसैगरी कर्मचारी भर्ना गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा भने मन्त्रालय बढ्दा तिनको निजी सचिवालय र अत्यावश्यक बाहेकमा करार कर्मचारी हटाउने वा राख्ने नगरिएको दाबी गर्छन् ।

  •  लुम्बिनीको नेतृत्वका लागि नेताहरुको दौडधुप, कसको सम्भावना कति ?

     लुम्बिनीको नेतृत्वका लागि नेताहरुको दौडधुप, कसको सम्भावना कति ?

    रुपन्देही । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सम्मेलन दाङको भालुवाङ क्षेत्रमा गर्दैछ । यससँगै यो क्षेत्रका माओवादी नेताहरु नयाँ नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन् । माओवादीले आफ्नो आधार इलाका मानेको क्षेत्र भएकाले पनि यहाँको नेतृत्वप्रति नेताहरुको चासो धेरै छ ।

    पार्टीमा प्रदेश नेतृत्वको विशेष भूमिका रहने र आधार इलाकामा आफूअनुकुलको नेता ल्याउन पार्टीका शीर्ष नेताहरु दौडधुपमा लागेका छन् ।

    मंसिर २५ र २६ गते हुन लागेको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गर्नेछन् ।

    प्रदेशका ८ सय प्रतिनिधि तथा त्यतिकै संख्यामा पर्यवेक्षक तथा सक्रिय कार्यकर्तालाई जुटाएर उद्घाटन गर्ने कार्यक्रम अन्तिम तयारीमा रहेको माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले जानकारी दिए ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रादेशिक कमिटीको चुनाव पूरा गरिसकेपछि सत्तासाझेदार दल माओवादी केन्द्रले पनि अधिवेशनको तयारी गरेको छ ।

    माओवादीले लुम्बिनी प्रदेशको १ सय ९ वटा पालिका, निर्वाचन क्षेत्रलाई आधार मानेर भूगोलबाट ६ सय प्रतिनिधि छानेको छ भने आयोजक, जेष्ठ कम्युनिष्ट मन्च, विभिन्न विभाग र मनोनित गरी थप २ सय प्रतिनिधि गरी ८ सय प्रतिनिधि छानेको नेता बरालले जानकारी दिए । सम्मेलनको लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

    माओवादीले यसपटक स्थानीय तहलाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुनेछन् । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ ।

    ‘२०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन्, यसले गर्दा पालिका कार्यकारी भएको छ’ उनले भने । मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको माओवादी केन्द्रको भनाइ छ ।

    माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् । पालिकाको सम्बन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।

    २०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुलारुपमा छानिने छन् । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ ।

    यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जना महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात् १५ प्रतिशत हुनेछ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् ।

    बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् । माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई–दुई जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरु प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको र सबैभन्दा धेरै दाङमा १९ हजार ७०० रहेका छन् ।

    माओवादीको विधानअनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन् । प्रदेश कमिटीको पदाधिकारी रहेका केन्द्रीय सदस्यहरुले अव भने कुनै एक रोज्नुपर्ने भएको छ ।

    प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चााहेका नेताहरु प्रदेशको नेतृत्वका लागि इच्छुक बनेका छन् । लुम्बिनीमा माओवादीले स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेवलाई इन्चार्ज बनाएको छ । माओवादीकाको आधार इलाकाभित्र पर्ने क्षेत्र भएकाले यो प्रदेहको निर्वाचनमा केन्द्रीय नेताहरुको पनि विशेष चासो रहेको छ भने यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु धेरै भएकाले पनि उनीहरुको चासो बढेको हो ।

    लुम्बिनीबाट नेता कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, कुलप्रसाद केसी चन्द्रप्रकाश खनाल, वामदेव घिमिरे, सुदर्शन बराललगायतका प्रभावशाली नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।

    माओवादी केन्द्रमा रहेर लामोसमय मोर्चा सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, चन्द्रबहादुर खड्का, नविन रोकामगर, दधिराम न्यौपाने, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थी, अनुप बराललगायतका नेताहरु एमालेको मुख्य जिम्मेवारीमा रहेपछि त्यो खाडल पुर्न माओवादीलाई चुनौती थपिएको छ ।

    यससँगै मोओवादी जनयुद्धमा मुख्य जिम्मेवारी दिएका र अहिले अलग्गै पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवको विशेष क्षेत्र पनि लुम्बिनी नै हो । नेता मोहन वैद्य किरण तथा अहिले जनता समाजवादी पार्टी बनाएका नेता बाबुराम भट्टराईले समेत समेट्न थालेपछि कार्यकर्ता जोगाउन माओवादी मुस्किल भइरहेको छ ।

    प्रदेश अध्यक्षका लागि लविङमा नेताहरु

    लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दिपेन्द्र पुन सिजल, प्रदेश सांसद दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा अहिले पार्टीको प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय अगाडि आएका छन् ।

    नेताहरु वर्षमान पुन र ओनसरी घर्तीले रोल्पाका दिपेन्द्र पुन सिजललाई जसरी पनि नेतृत्वमा ल्याउन लागिपरेका छन् भने नेता जनार्जन शर्मा प्रभाकरले दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन लागिपरेका छन् । तर पार्टी केन्द्रले दुवै पक्षलाई विवादमा आउन नदिन कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई नेतृत्वमा पठाउन सक्नेगरी छलफल गरेको छ ।

    उपाध्यायले आफू केन्द्रीय कार्यालयमा रहेपनि पार्टीले निर्णय गरेर पठाए जिम्मेवार लिन तयार रहेको प्रतिक्रिया दिएका छन् । नेता दामा शर्माले धेरै साथीहरु केन्द्रमा रहने इच्छा गरेको र आफूले पनि केन्द्रमा पाएसम्म अरु इच्छा नगरेको बताइन् ।

  • एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सौराहा आउँदै

    एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सौराहा आउँदै

    बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

    प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई-दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए ।

    ‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आबद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

    शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले बताए ।

    लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

    त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन-तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक-एक हजार तथा रुकुमपूर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

  • लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ

    लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ

    लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गरेकी छन् ।

    विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन् । ‘म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

    उनले विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोँच र दर्शनलाई अपनाएको उल्लेख गरिन् । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के–हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सहयोगमा विहार बन्दा खुसी लागेको बताए । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरूपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहीँअनुसार सहयोग गरेका हौँ ।’ शाक्यले काठमाडौं महानगरजस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस भन्ने अपेक्षा रहेको बताए ।

    परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । उनकाअनुसार महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ ।

    उनले नेपाली बौद्धकला, बास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताए । ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३७२ वर्ष भयो,’ उनले भने, ‘३७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ । हामीले वास्तुकलालाई पनि ध्यान दिएका छौं ।’

    नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति थियो ।

  • लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

    लुम्बिनीका ४ वटै उपमहानगरमा एमालेको युवा नेतृत्व

    रुपन्देही । नेकपा एमालेको मंगलबार सम्पन्न पालिका अधिवेशनबाट लुम्बिनी प्रदेशमा रहेका ४ वटा उपमहानगरपालिकाको नेतृत्वमा युवाहरू आएका छन् ।

    राजनीतिमा युवा पुस्ताको प्रवेशको बहस चलिरहेका बेला प्रदेशका महत्वपूर्ण ४ वटै उपमहानगरपालिकामा युवाहरूले नेतृत्व पाएका छन् भने अधिकांश अन्य पालिकामा पनि युवाको वर्चश्व रहेको छ ।

    बुटवल उपमहानगरपालिकाको नगर अध्यक्षमा किसन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियुबाट विद्यार्थी राजनीति गरेका ३८ वर्षीय उनी रुपन्देही जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । एमालेको बलियो क्षेत्र मानिएको रुपन्देहीको बुटवलमा आधा दर्जन अन्य आकांक्षीका बीच उनी सर्वसम्मत नेतृत्वमा आएका हुन् ।

    तुल्सीपुर उपमहानगरपालिकाको अध्यक्षमा ३४ वर्षका माधव वली निर्वाचित भएका छन् । यो भन्दा अघि सचिव थिए । उनी उपमहानगरको कान्छो वडाअध्यक्षका रुपमा जनप्रतिनिधि बनेका थिए । २१ वर्षबाट राजनीति सुरू गरेका वली तुल्सीपुर उपमहानगरपालिकाको १८ नं वडाको वडाध्यक्ष हुन् । राजनीतिशास्त्रमा एमए गरेका वली स्नातक तहमा अंग्रेजी पढेका थिए । आम्दानीको स्रोत बुवा र भाइको सामान्य व्यापार भएको र परिवारको पूरा साथ रहेको उनको भनाइ छ ।

    यसैगरी घोराही उपमहानगरपालिकाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएका छन् । जेएनयुबाट अध्ययन गरेका चौधरीले एमफील गरेका छन् । थारुबाट राम्रो अध्ययन गरेका ४० वर्षका चौधरी त्यहाँको थारु कल्याणकारी समाजको अध्यक्ष हुन् । उनी पुस ५ गतेपछि घोराहीमा एमालेको जिम्मेवारीमा रहेका थिए ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा दत्तप्रसाद आचार्य निर्वाचित भएका छन् । उनी ४५ वर्षका हुन् । नेपालगन्ज उपमहानगर नबन्दै उनी अध्यक्ष बनेका थिए भने उपमहानगर र नेकपाको समय सचिवको जिम्मेवारीमा काम गरेका थिए । जुम्लाबाट नेपालगन्ज आएका आचार्य व्यवसायी हुन् ।

  • कांग्रेसले नाम टुंग्याउन नसकेपछि लुम्बिनीमा मन्त्रीको सपथ रोकियो

    कांग्रेसले नाम टुंग्याउन नसकेपछि लुम्बिनीमा मन्त्रीको सपथ रोकियो

    रुपन्देही । नेपाली कांग्रेसले दुई मन्त्रीको नाम टुंग्याउन नसकेपछि लुम्बिनी मन्त्रिपरिषद् विस्तार रोकिएको छ । आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि गठबन्धनभित्र मन्त्रीको भागबण्डा नमिल्दा स्थगित भएको हो ।

    नाम टुंगिएकालाई आजै सपथका लागि निम्तोसमेत दिइसकिएको थियो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले छलफल नटुंगिएकाले सपथ सपथ रोकिएको र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

    सरकारमा जानका लागि माओवादीले मन्त्री टुंग्याएको छ । कांग्रेसका केही मन्त्रीको समेत नाम फाइनल भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीमा कुरा मिलेको छैन ।

    सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री टुंगो लागेको छ । नेकपा (एकीकृत समाजवादी)बाट रमा घर्ती मन्त्री बन्नेछिन् ।

    माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने निर्णय गरेपनि आन्तरिक किचलो शुरु भएको छ । दाङका सांसद इन्द्रजित थारु, दामा शर्माले विमलालाई जसरी पनि मन्त्री बनाउनुपर्ने दवाव दिइरहे पनि अन्य सांसदहरुले पुरानालाई प्राथमिकता दिन माग गरेका छन् ।

    उनको विषयमा एमालेले कारबाहीको माग गरिरहेकाले माओवादीलाई दोहोरो दबाब परेको छ । उनी नेकपा हुँदा सूर्य चुनाव लिएर जितेकी पछि एमाले हुँदै माओवादी केन्द्र रोजेकी सांसद हुन् ।

    कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको छ । कांग्रेसले यसअघि नै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ ।

    वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ । यस्तै काँग्रेस भागमा परेको राज्यमन्त्रीको नाम पनि टुंगो लागेको छैन । प्रदेशमा टुंगो लगाउन नसकेपछि कांग्रेस केन्द्रले नै मन्त्रीको टुंगो लगाएको हो ।

  • लुम्बिनीमा पर्यटकका लागि विशेष प्याकेज, पिकअपदेखि लजिङ-फुडिङमा भारी छुट

    लुम्बिनीमा पर्यटकका लागि विशेष प्याकेज, पिकअपदेखि लजिङ-फुडिङमा भारी छुट

    रुपन्देही । कोरोना संक्रमणदर कम भएसँगै पर्यटकीय स्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटक बसाई लम्ब्याउन व्यवसायीहरुले अग्रसरता देखाएका छन् । पर्यटन व्यवसायी तथा यस क्षेत्रका सरोकारवालाले सरकार तथा लुम्बिनी विकास कोषलाई यसतर्फ ध्यानाकर्षणसमेत गराएका छन् ।

    कोरोना महामारीमा पनि आन्तरिक पर्यटक आइरहेको लुम्बिनीमा विस्तारै सबै क्षेत्र खुल्न थालेपछि पर्यटक बढ्न थालेका छन् । पर्यटक आगमन बढाउन पर्यटन व्यवसायीले बिशेष प्याकेजहरु घोषणा गर्न र लुम्बिनी विकास कोषले पनि विभिन्न रचनात्मक क्रियाकलाप गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

    कोरोना संक्रमणको त्रासका कारण लुम्बिनीमा पर्यटकको आगमन कम भएको हुँदा यसको वृद्धिको लागि सरकार र सम्वद्ध संस्थाहरुले प्याकेजको घोषणा गर्नुपर्ने र विकास कोषले यसको अगुवाइ गर्नुपर्ने स्थानीय सरोकारवालाको माग छ ।

    महामारीका कारण लुम्बिनीमा हुने मोलामा पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका विभिन्न क्रियकलापहरु कम हुँदै आएको थियो । अब तत्काल त्यसलाई अगाडि बढाउन सके पर्यटकको चासो बढ्ने पर्यटन व्यवसायीहरुको धारणा छ ।

    लुम्बिनीमा विभिन्न धार्मिक क्रियाकलापसँगै आध्यात्मिक कार्यक्रमलाई बढाउन सके आन्तरिक र बाह्य पर्यटकको आगमनमा वृद्धि हुने र उनीहरुको बसाई अवधिसमेत लम्ब्याउन सकिने व्यवसायीको धारणा छ ।

    होटल संघको आकर्षक प्याकेज

    लुम्बिनीमा पर्यटक भित्र्याउन यहाँका होटल व्यवसायीहरूले सस्तो प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ ।

    तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात र दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । असोज १५ देखि लागू हुने गरी दुई हजार १९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टूर कार्यक्रम घोषणा भएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिएका छन् ।

    लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए ।

    कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर ल्याइएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

    कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनाअघिदेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ । धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन् ।

    होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने व्यवसायीको विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम शुरु भएकोे विकास कोषको भनाइ छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

    यसरी प्रयोग गर्न सकिन्छ प्याकेज कार्यक्रम

    संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिने छ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रिभोजन गराई विश्राम दिइने छ ।

    प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइ रहेका छन् । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको संघका महासचिव लिलामणि शर्माले जानकारी दिए ।

    पर्यटन व्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समयसम्म खोल्न आग्रह गरेका छन् । मायादेवी मन्दिरलाई रातीको ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग राखेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने उनीहरुको तर्क रहेको छ ।

    पर्यटन पत्रकार चेतन पन्तले थला परेको पर्यटन पेशाको पुर्नजागरणको लागि सीमा क्षेत्रलाई सुचारु गर्न सुझाव दिन्छन् ।

    लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले यहाँ आउने पर्यटकले सौहार्दता खोज्ने भएकाले व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने बताउँछन् । महामारीपछि लुम्बिनीमा आध्यात्मिक पर्यटक उतार्न लुम्बिनी बिकास कोषले पनि पहल गरिरहेको उनको भनाइ छ ।

    लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले विभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरिरहेको बताउँछन् । यसको साथै पर्यटकको बसाई अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रुप दिन लागिपरेको बताए ।

    लुम्बिनीका होटलमा मात्रै २५ अर्ब लगानी

    पर्यटन व्यवसायीका अनुसार रूपन्देहीका होटलमा मात्र झण्डै २५ अर्बको लगानी छ । साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएपनि पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका छैनन् ।

    भैरहवामा निर्माणसम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको व्यवसायीको भनाइ छ ।

    संघका जिल्ला अध्यक्ष गौतमका अनुसार महामारी शुरु भएपछि एक सय ठूला होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको छ र लगानीको प्रतिफल कसरी आउने भन्ने चिन्तामा व्यवसायी छन् ।

    होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेरसमेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् । लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिम चरणमा रहेका केही ठूला पूर्वाधारका कारण पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन् । केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन् ।

    बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट छन् । तीनवटा होटल निर्माणाधीन अवस्थामा छन् । कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन् ।

    कोरोना महामारीका कारण लामो समय बन्द भएका होटल पहिलेकै अवस्थामा सञ्चालन गर्ने अवस्था छैन । कोरोना भाइरस संक्रमण पछिको अवस्थामा होटल स्यानिटाइजेसन, शुद्ध र शक्तिबद्र्धक खानाको छनोट जस्ता विषयमा पर्यटन व्यवसायी र कर्मचारीलाई प्रशिक्षण आवश्यक छ ।

    लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले यस्ता विषयमा ध्यान पु¥याएर आतिथ्य दिँदा पर्यटकमा सकारात्मक सन्देश जाने भएकाले सरकारले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न सुझाव दिन्छन् ।

    महामारी कम हुन थालेपछि आन्तरिक पर्यटक बिस्तारै बढ्न थालेका छन् । अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी संघका महासचिव शर्मा बताउँछन् ।

    कोरोना संक्रमणका कारण आन्तरिक पर्यटकले रात बिताउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन् । शर्मा भन्छन्– ‘बुद्ध धर्म मान्ने धेरै देशहरुसँगै पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तर्राष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौँ भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन, यसको मार व्यसायीले नै बोक्नुपरेको छ ।’

    सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौं, पोखराहुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौंसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् ।

    पर्यटन नीतिमा पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियतसहितको राहत प्याकेज कार्यक्रम लागू गरिने भनिए पनि अहिलेसम्म केही नपाएको व्यवसायी गुनासो गर्छन् ।

    यो क्षेत्रमा लगानी गर्नका लागि गौतमबुद्ध विमानस्थलसँगै बुटवल–भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, बेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ ६ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले लगानीकर्ताको ध्यान तानिएको हो ।

    लुम्बिनीमै डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई सञ्चालनमा छ ।

    भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहे पनि यो होटल यस क्षेत्रको ठूलो होटलका रूपमा रहेको छ । व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

    त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

    यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

    लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन् । यी दुवै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन् ।

    त्यसैगरी ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् ।

    त्यसैगरी बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् । भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् ।

    छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् ।

    अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् । बर्सेनि झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको संख्या शून्य सरह छ ।

    सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन् । कोरोना महामारीका बाबजुद छिमेकीमूलुक भारत हुँदै श्रीलंकाबाट तीन जना म्यानमारबाट एक जना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए ।

    बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले लगानी गर्न लगानीकर्ता हौसिन्छन् तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ । जग्गा किनेर होटल बनाएकाको छोड्ने अवस्था छैन तर भाडामा लिएका कतिपयले भने किनबेच गरिहेका छन् ।

    अहिले व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनःकर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । कोभिडले पारेको प्रभावको राहतका लागि प्रभावितहरु संगठित भएर एकै स्वरमा आवाज बुलन्द गर्न जरुरी रहेको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले बताए ।

    होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले सरकार जिम्मेवार नहुँदा पर्यटन व्यवसायीहरु मर्कामा परेकाले थप पीडित भएको बताउँदै विशेष प्याकेजका कार्यक्रमबाट मात्र व्यवसायीले राहत प्राप्त गर्न सक्ने बताए ।

    व्यवसायीहरुले प्याकेज घोषणा गरी आन्त्तरिक पर्यटकलाई आकर्षक गर्ने कार्यक्रम ल्याउन माग गरेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

  • लुम्बिनीमा आफ्नै दलका मुख्यमन्त्रीप्रति माओवादीको तीव्र असन्तुष्टि, मनलाग्दी नियुक्ति गरेको आरोप

    लुम्बिनीमा आफ्नै दलका मुख्यमन्त्रीप्रति माओवादीको तीव्र असन्तुष्टि, मनलाग्दी नियुक्ति गरेको आरोप

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका राजनीतिक नियुक्तिप्रति उनकै पार्टी माओवादी केन्द्रभित्र तीव्र विवाद हुन थालेको छ । लामो समय पार्टीमा अनुभव संगालेका र ३ वर्ष एमाले नेतृत्वको सरकारमा शक्तिशाली मन्त्रालय चलाएका केसीले पार्टीको निर्णयबिना गरेका निर्णयले पार्टीभित्रै खैलाबैला मच्चिएको एक नेताले बताए ।

    पार्टीका धेरै नेताहरुको सहमतिविपरीत स्वकीय सचिवमा सुजित विकलाई नियुक्त गरेपछि विवाद देखिने गरी बाहिर आउन थालेको हो ।

    विकले २०६५ सालमा बुटवलमा युवासंघका नेता प्रचण्ड थैवलाई गोली हानी हत्या गरेका थिए । हत्यामा दोषी ठहर भइ जन्मकैद पाएका उनलाई केही महिनाअघि बाहिर आउनेबित्तिकै स्वकीय सचिवमा नियुक्त गरिएको हो ।

    विकको नियुक्तिपछि थैव परिवारले आफूहरू फेरि त्रासमा परेको बताएका छन् । सुजित विककी पत्नी दीपा विक पनि प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिकका सांसद छन् ।

    विकलाई महत्वपूर्ण जिम्मेवारी दिएकोमा पार्टीभित्रै उनको आलोचना भएको छ । यो विषयमा पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, प्रदेश सचिव जगप्रसाद शर्माले केसीसँग निर्णय फेर्न दबाब दिइसकेका छन् भने नेता सुदर्शन बरालसहितको टोलीले मुख्यमन्त्रीसँग डेलिगेशन नै गएर गलत निर्णय सच्चाउन आग्रह गरेका थिए ।

    माओवादी नेताहरुको बुटवलमै त्यति ठूलो मुद्दा लागेका व्यक्तिलाई नियुक्ति दिँदा पार्टीलाई घाटा हुने भएकाले उनलाई अरु प्रदेशमा व्यवस्थापन गर्न दबाब दिइएपनि मुख्यमन्त्री केसीले कसैलाई टेरेनन् । ‘सामाजिक सम्बन्ध भएकालाई जिम्मेवारीमा पठाऔं भनेको मुख्यमन्त्रीले त कसैको कुरा नै सुन्नुहुन्न’, रुपन्देहीका एक नेताले भने ।

    मुख्यमन्त्री केसीको उक्त निर्णय मात्र होइन, धेरै निर्णयको माओवादी नेतृत्वमा आलोचना भएको छ । ‘उहाँ आफ्नो घेराभन्दा बाहिर आउनै खोज्नुभएन, गल्ती करेक्सन होला भनेको बढेको बढ्यै छ, रचनात्मक भन्दा समय सक्ने मात्र गर्न थाल्नुभया’, माओवादीका एक केन्द्रीय नेताले भने, ‘हामीले प्रदेशका सबै क्षेत्र समेट्नुपर्छ भन्ने, पार्टीका साथीहरुमा सल्लाह गरेर समान अवसर दिऔं भन्ने, उहाँले कार्यालय सहयोगी पनि उतैका राख्ने, अनि कसरी चल्छ पार्टी ?’

    मुख्यमन्त्रीले आफ्नो भेगीय स्वार्थ हेर्न थालेपछि र सरकारमा एकल निर्णय गरेर अगाडि बढाउन थालेपछि अन्य क्षेत्रका क्षमतावान कार्यकर्ता अवसरबाट बञ्चित हुने चिन्ता पार्टी नेताको छ । जनयुद्ध लडेका धेरै व्यक्तिहरू छाडेर पार्टीमा भर्खरै आएका व्यक्तिलाई नियुक्त दिएको भन्दै पार्टीभित्रै असन्तुष्ट बढ्न थालेको हो।

    सूर्य चिह्नबाट उपचुनाव जितेर माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला वलीलाई २८ साउनमै मन्त्री बनाउन खोजेका थिए मुख्यमन्त्री केसीले । तर पार्टीभित्रैका महिला सांसदहरुले यो विषय बाहिर लैजाने चेतावनी दिएपछि मन्त्री हुनेको सूचीबाट अन्तिममा उनको नाम हटाउन बाध्य भएका थिए उनी । तर त्यसपछिका हरेक नियुक्ति भेगीय आधारमा भएको भन्दै मुख्यमन्त्री केसीका आलोचना बढेको छ ।

    मुख्यमन्त्री केसीले रोल्पाको घर्तीगाउँका रमेश बहादुर वलीलाई जनसम्पर्क सल्लाहकार बनाए । प्रेस संयोजकमा रोल्पाकै मानसिंह विश्वकर्मालाई नियुक्त गरे । त्यस्तै मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा दाङका अमरबहादुर डांगीलाई नियुक्त गरे । डांगीले एमाले प्रदेशसभा सदस्यबाट वैशाख २२ गते राजीनामा दिएर शंकर पोखरेललाई संकटमा पारेका हुन् ।

    डांगीलाई राज्यमन्त्रीसरहको सुविधा दिनेगरी नियुक्त गरिएको छ । केसीले प्रदेश सरकारको प्रवक्ता पनि पश्चिम क्षेत्रबाट नै छनौटमा परेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्का प्युठानका हुन् ।

    त्यस्तै लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा प्युठानको बिजुवाटारीका श्रीकृष्ण सुवेदीलाई नियुक्त गरिएको छ । मुख्य न्यायाधिवक्ताको नियुक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने कानूनी व्यवस्था छ ।

    माओवादीका एक नेताले राजनीतिक नियुक्तिमा मुख्यमन्त्री केसीले भूगोल मिलाउन नसकेको गुनासो गरे ।

  • लुम्बिनीमा अघिल्लो सरकारले ल्याएका महत्वपूर्ण कार्यक्रम हटाइएपछि एमाले आक्रोशित

    लुम्बिनीमा अघिल्लो सरकारले ल्याएका महत्वपूर्ण कार्यक्रम हटाइएपछि एमाले आक्रोशित

    रुपन्देही । वर्तमान लुम्बिनी सरकारले यसअघिको सरकारले ल्याएका राम्रा एवम् प्रभावकारी कार्यक्रम हटाएको छ । यतिसम्म कि, एमालेले बहिस्कार गरेको प्रदेशसभामा विश्वासको मत लिएर आफ्नो कार्यकाल सुरक्षित बनाएका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघि आफैं आन्तरिक मामिला तथा कानूनमन्त्री हुँदा ल्याएका महत्वपूर्ण कार्यक्रमसमेत हटाएका छन् ।

    यसरी अघिल्लो आफ्नो दल नेतृत्वको सरकारले ल्याएका राम्रा कार्यक्रम हटाएको भन्दै अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित भएको छ ।

    सरकारले ल्याएको बजेट तथा नीति कार्यक्रम परिवर्तन हुने घोषणा गरेका मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वको सरकारको महत्वपूर्ण मानिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम हटाएका छन् । सरकारको यो निर्णयसँगै प्रमुख प्रतिपक्षले विरोध जनाएको छ । ‘यति लामो समय प्रभावकारी मानिएको कार्यक्रमलाई हठात हटाउने निर्णयले सत्तागठबन्धनलाई नै राम्रो हुँदैन’, पूर्वमन्त्री वैजनाथ चौधरीले भने ।

    तत्कालीन शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको पहिलो बजेटबाटै महत्वपूर्ण कार्यक्रमको रूपमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम हटाएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गर्ने सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरिसकेकाले एमालेले जति विरोध गरेपनि उक्त कार्यक्रम हटाइएको छ ।

    २०७५ सालमा एउटा निर्वाचन क्षेत्रको एउटा स्थानीय तहमा लागू भएको उक्त कार्यक्रम पछिल्लोपटक प्रदेशका सबै १ सय ९ वटै स्थानीय तहमा लागू गरिएको थियो ।

    संघीय सरकारबाट परेको ५२ करोडका २१९ सडक योजना पनि गुम्यो

    लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका ५२ करोड बढीका २१९ वटा सडक योजना खारेज भएका छन् । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सयभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक योजनाका लागि आएको ५२ करोड ५६ लाख बजेट गुमेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेपछि रुपन्देहीका मात्रै ४९ वटा योजना खारेजीमा परेका छन् । यसैगरी बाँकेका २९, दाङमा ३४, प्यूठानमा १४, कपिलवस्तुमा ३३, पाल्पामा २३, गुल्मीमा ३६ र रुकुम पश्चिमको एक सडक योजना खारेजीमा परेका हुन् ।

    तत्कालीन प्रधानमन्त्री ओलीले सडक पूर्वाधार कार्यक्रमतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा बन्ने १४ सय १० वटा सडक शिलान्यास गरेका थिए । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोजनामा परेका थिए ।

    रुपन्देहीमा खोरेजी भएका सडक योजनामध्ये सैनामैना नगरपालिकाको बाँसगढीदेखि कंचज गाउँपालिकाको गजेडी लौसा चौपारीबाट बकुल्लाघाट हुँदै रामापुर लुम्बिनी जोड्ने सडक परेको छ ।

    यसैगरी बुटवल उपमहानगरपालिका–१६ केदाली चोकदेखि शुद्धोधन गाउँपालिका वडा नम्बर २ र ५ हुँदै वडा नम्बर ६ कोटहीया बुद्धसर्किट सडक, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिका जोड्ने रानीबगीयादेखि परौता हुँदै फर्साटिकर सडक, सैनामैनाको घमाहा पर्सवाल–पश्चिम गंगानगर सडक, तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपलिका जोड्ने ड्राइभर टोल–पडसरी र पत्थर डाँडा अमुवा सडक, तिलोत्तमाको सिद्धार्थ राजमार्ग अन्तरगत पत्थरडाँडादेखि अमुवासम्म जोड्ने ९ किलोमिटर सडक, नयाँ गाउँ–बेलबरिया–कृष्णगञ्जलगायत सडक योजना खारेजीमा परेका छन् ।

    खारेजीमा परेका अन्य सडक योजनाहरुमा तिलोत्तमा चक्रपथ, पूर्व–पश्चिम राजमार्ग–सैनामैना चक्रपथ सम्र्पक सडक, सिद्धार्थ राजमार्ग भलवारी–तिनाउ सम्पर्क सडक, सिद्धार्थ राजमार्ग ड्रइभरटोल–शिवपुर सम्पर्क सडक, तिलोत्तमा प्रभात पथ तथा कैलाश पथ, तिलोत्तमाको बुढीकोट चोकदेखि मंगलापुर कान्छीबजार सडक, तिलोत्तको झुमा डाँडा सडक स्तारेन्नती, बुटवलको अन्तगृत चाँदबारी–शिवनगरसम्म जोड्ने सडक, सियारी रिङरोड स्तोन्नति योजनालगायत छन् ।

    कार्यक्रम अन्तर्गत रहेका प्रतिसडक योजनाका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको थियो । नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् ।

    प्रतिस्थापन विधेयकबाट नै १४ सय १० वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज भएको थियो ।

    अर्थमन्त्री शर्माले ल्याएको बजेटमा ‘आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ’ भनेर उल्लेख गरिएको छ ।

    अघिल्लो सरकारले १ हजार ४१० वटा सडकको लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

  • सत्तागठबन्धन–विपक्षी बेमेलको असरः लुम्बिनीका संसदीय समितिहरु महिनौंदेखि नेतृत्वविहीन

    सत्तागठबन्धन–विपक्षी बेमेलको असरः लुम्बिनीका संसदीय समितिहरु महिनौंदेखि नेतृत्वविहीन

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा सत्तारुढ चार दलीय गठबन्धन तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच समन्वय नहुँदा लामो समयदेखि चार वटा महत्वपूर्ण विषयगत समितिहरु नेतृत्वविहीन छन् ।

    संसदीय व्यवस्थामा निकै महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति महिनौंदेखि नेतृत्वविहीन बने पनि सत्तागठबन्धन तथा प्रमुख प्रतिपक्ष दलको चासोमा पर्न सकेको छैन ।

    यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले सम्हाल्दै आएको सार्वजनिक लेखा समितिको सभापति कांग्रेसको नेतृत्व गर्दै उनी सरकारमा गएपछि खाली छ । उनी मन्त्री बनेको पनि एक महिना पूरा भइसकेको छ ।

    अन्य तीन समिति नेतृत्वविहीन भएको धेरै महिना बितिसकेको छ । मिनी संसदको रुपमा चिनिएका समितिहरु नेतृत्वविहीन हुँदा सरकारले गरेका कामको अनुगमन, मूल्याङ्कन गरेर सरकारलाई उत्तरदायी बनाउने काम प्रभावित हुने निश्चित छ ।

    यसअघि नेकपा एमाले नेतृत्वको सरकारकै पालामा प्रदेशसभाका तीन समिति सभापतिविहीन भइसके पनि त्यो समयमा न त सरकारको ध्यान त्यता जान सक्यो न त विपक्षी दलहरुको । विपक्षी दलहरु जसरी पनि एमाले नेतृत्वको सरकार ढालेर आफ्नै सरकार बनाउन केन्द्रित थिए भने सत्तारुढ दल पनि आफ्नो सरकार बचाउनेमा मात्रै केन्द्रित भएको थियो ।

    सार्वजनिक लेखा समिति एक महिना नेतृत्वविहीन भए पनि अन्य तीन समिति भने वैशाखदेखि नै नेतृत्वविहीन छन् ।

    सभापति नै नभएपछि समितिका गतिविधि शून्यजस्तै रहेको प्रदेशसभा सदस्यहरुको भनाइ छ ।

    प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र कृषि, वन तथा वातावरण समितिमा सभापति पद खाली छ ।

    माओवादी छाडेर एमालेतिर लागेपछि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेलाई सो पार्टीले कारवाही गरेपछि प्रदेशसभा सदस्यका साथै संसदीय समितिको सभापति पद स्वतः रिक्त भएको थियो । यसैगरी जसपाबाट कृषि, वन तथा वातावरण समितिका सभापति बनेका विजयबहादुर यादव सो पार्टीको कारवाहीपछि उक्त पद खाली छ ।

    वैशाख महिनामा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत नदिने विपक्षी गठबन्धनसँग वाचा गरेका तत्कालीन सांसद दीर्घनारायण पाण्डेले पोखरेलले मुख्यमन्त्रीमा पुनःनियुक्ति लिएपछि एमाले र सांसद पदबाट राजीनामा दिएका थिए । सामाजिक विकास समितिका तत्कालीन सभापति पाण्डेले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएको संसदीय समिति पनि नेतृत्वविहीन भएकोे हो ।

    प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सरकार र संसदभित्र रहेका दलहरुले नै रिक्त रहेका समितिका सभापति चयनका लागि समयमै ध्यान दिनुपर्ने बताएका छन् । सार्वजनिक लेखा समिति एक महिना नेतृत्वविहीन भएपनि अन्य तीन समिति भने वैशाख महिनादेखि नै नेतृत्वविहीन बनेका छन् ।

    सत्तारुढ र विपक्षी दलका प्रमुख सचेतकका आ–आफ्नै दावी

    विषयगत समिति गठन दलीय भागवण्डाका आधारमा गरिएको थियो । खासगरी सरकारको नेतृत्व गरेको दल यसको लागि बढी जिम्मेवारी हुनुपर्ने र समयमै ढुंगो लगाउनुपर्नेमा त्यो समन्वय हुन नसकेको लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमीश्वर ढकाल बताउँछन् ।

    ‘सत्ता पक्षबाटै यसको ठोस पहल हुन सकेको छैन, सरकारले गलत तरिकारले हाम्रा दुई सांसदका विषयलाई लिएर सरकारको विरोध गरिरहेका छौं’, उनले भने, ‘प्रदेशसभा र सरकारले विपक्षीलाई किन अटेर गरेको हो भन्ने हामीले बुझ्न सकेका छैनौं, संसदीय समितिको जिम्मेवारी व्यवस्थापनमा पनि सरकारले समन्वय गर्न सकेको छैन ।’

    नेपाली कांग्रेसका प्रमुख सचेतकले मौखिकरुपमा यसबारे सामान्य चर्चा गरे पनि औपचारिक र ठोस प्रस्ताव नआएको बताए । उनले पहिले सदनको गतिरोध अन्त्य नभएकाले यसमा ढिलाइ भएको बताए ।

    सत्तारुढ माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने प्रचलन रहेकाले लुम्बिनीमा सत्तापक्ष र प्रतिपक्षबीच दूरी बढेका विषयगत समितिका सभापति चयनमा ढिला भएको बताए ।

    सरकारले समितिका सभापति चयनको विषयलाई अघि बढाउन चाहे पनि प्रतिपक्षको सहमति आवश्यक हुने भएकाले एमालेकै कारण सभापति चयनमा ढिला भइरहेको बरालले आरोप लगाए ।

    सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले छिटै दलहरुबीच सहमति गरेर सभापति चयन गर्नुपर्ने र आफूले त्यसको समन्वय गर्ने बताए ।

  • लुम्बिनीमा दुई जिल्लाका सबै जनप्रतिनिधि एमालेमै, कुन जिल्लाका कतिले रोजे नेकपा एस ?

    लुम्बिनीमा दुई जिल्लाका सबै जनप्रतिनिधि एमालेमै, कुन जिल्लाका कतिले रोजे नेकपा एस ?

    रुपन्देही । लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर न्यून छ । १२ जिल्ला रहेको प्रदेशका दुई जिल्लामा एमालेबाट जितेका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् ।

    एकीकृत समाजवादी रोज्नेमा वडा सदस्यहरु धेरै छन् । प्रदेशभर तीन स्थानीय तहका उपप्रमुखले मात्रै एकीकृत समाजवादी रोजेका छन् ।

    कुन जिल्लामा कति जनप्रतिनिधिले रोजे नेकपा एस ?

    रुपन्देहीमा ३७० मध्ये सात जनाले एमाले छाडे

    रुपन्देहीका १६ स्थानीय तहमा एमालेबाट निर्वाचित ३ सय ७० जनप्रतिनिधिमध्ये ७ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

    रुपन्देहीका १६ स्थानीय तहमा निर्वाचित ८४५ जनप्रतिनिधिमध्ये नेकपा एमालेबाट ३७० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादी रोज्नेमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्लेसहित बुटवल उपमहानगर पालिकाका ३ जना वडा सदस्य, तिलोत्तमा नगरपालिकाका १ जना वडा सदस्यले सोमबार सनाखत गरेका थिए ।

    मंगलबार देवदह नगरपालिका वडा नं ७ का महिला सदस्य सरस्वती पोखरेल र दलित महिला सदस्य सितादेवी विकले पनि नेकपा एसमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    दाङमा उपाध्यक्षसहित २१ वडा सदस्यले छाडे एमाले

    दाङमा स्थानीय तहका २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । ती मध्ये एक गाउँपालिका उपाध्यक्ष, एक वडाध्यक्ष र अन्य सबै वडा सदस्य हुन् ।

    गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीसहित १७ जना वडा सदस्यले एमाले छाडेका हुन् ।

    त्यसैगरी जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढाले पनि एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट दाङमा २ सय ९ जना निर्वाचित भएका थिए ।

    बाँकेमा एक वडाध्यक्षसहित ११ जना समाजवादीमा

    बाँकेमा १ वडाध्यक्षसहित ११ जनप्रतिनिधि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । बैजनाथ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष र १० जना अन्य वडा सदस्यसहित ११ जनाले एमाले छोडेका हुन् ।

    पश्चिम नवलपरासीमा एक वडाध्यक्षबाहेक सबै एमालेमै

    पश्चिमनवलपरासीमा एक जना मात्र जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । नेकपा एसको पक्षमा सनाखत गर्नेमा बर्दघाट नगरपालिका–९ का वडाअध्यक्ष चन्द्रकान्त चापागाई छन् ।

    वडा नं. २ का सदस्य कृष्णप्रसाद पाण्डेले सुरुमा सनाखत गरे पनि पछि फिर्ता लिएका छन् ।

    जिल्लामा ७ स्थानीय तह छन् । तीमध्ये नेकपा एमालेका एक मेयर, दुई उपमेयर तथा एक–एक जना गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित एक सय २५ जना जनप्रतिनिधि छन् ।

    अर्घाखाँचीमा उपाध्यक्षसहित ६ जना नेकपा एसमा

    अर्घाखाँचीमा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम र ५ नम्बर वडा सदस्यसहित ६ जना एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका छन् ।

    पाणिनिबाट उपाध्यक्षसहित एक वडा सदस्य, शितगंगाबाट २ वडा सदस्य, सन्धिखर्कबाट १ वडा सदस्य र मालारानीबाट १ वडा सदस्य समाजवादीमा सनाखत गरेको सो पार्टीका नेता रामबहादुर चौहानले बताए ।

    प्युठानमा उपमेयरसहित ७ जनाले छाडे एमाले

    प्युठानमा ६ जना जनप्रतिनिधिले एमाले छाडेका छन् । प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा सदस्य चित्रकली नगरकोटी र राजेन्द्र केसीले एमाले छाडेर नेकपा एस रोजेका छन् ।

    यसैगरी सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले एकीकृत समाजवादी रोजेका हुन् । नौबहिनी गाउँपालिका १ का २ जना वडा सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन् ।

    रोल्पाका पाँचजना नेकपा एसमा

    रोल्पामा १ वडाध्यक्ष र ४ जना वडा सदस्यसहित ५ जना एमालेबाट समाजवादीमा लागेका छन् ।

    यहाँबाट एमालेको साबिका जिल्ला अध्यक्ष हरि घर्ती एकीकृत समाजवादीमा लागेपनि अन्य धेरै जनप्रतिनिधि भने एमालेमै रहेका छन् ।

    त्यसैगरी पूर्वीरुकुमका १७ जना जनप्रतिनिधि रहेको एमालेबाट एक वडाध्यक्ष र ३ वडासदस्य गरी ४ जना समाजवादीमा लागेका छन् ।

    बर्दियाका ६ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

    पूर्वीनवलपरासी र गुल्मीमा एमालेबाट चुनाव जितेका कोही पनि जनप्रतिनिधि नेकपा एसमा लागेनन् ।

  • लुम्बिनीमा अझै भएन मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्रीलाई ८ मन्त्रालयको भार

    लुम्बिनीमा अझै भएन मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्रीलाई ८ मन्त्रालयको भार

    रुपन्देही । साउन २८ गते मुख्यमन्त्री भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । दुई मन्त्री अझै विनाविभागीय छन् ।

    मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालयले मात्रै मन्त्री पाएका छन् । ८ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री केसीले नै सम्हालिरहेका छन् ।

    चार दलीय गठबन्धनमा बनेको वर्तमान सरकार अहिले पाँच दलीय भएको छ । माओवादी, कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको लुम्बिनीमा नेकपा एकीकृत समाजवादी पनि जोडिएको छ ।

    दुई मन्त्री अझै विनाविभागीय

    मन्त्री भएको एक महिना बित्दा पनि सुमन शर्मा रायमाझीले कुनै मन्त्रालयको जिम्मेवारी पाएकी छैनन् । उनी जनता समाजवादी पार्टीबाट सरकारमा सामेल भएकी हुन् । जसपाबाटै मन्त्री बनेकी पुर्मती ढेंगामगरले पनि मन्त्रालय पाएकी छैनन् ।

    जसपाको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र श्रम रोजगार तथा यातायात व्यवस्था गरी ३ मन्त्रालय परेको छ ।

    त्यसमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय पार्टीका संसदीय दलका नेता शहसराम यादवले समाल्दै आएका छन् ।

    उनीहरुसँगै विनाविभागीय मन्त्री भएका अजय शाही केही दिनअघि वाणिज्य मन्त्री बनेका छन् ।

    नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाको गठबन्धनबाट साउन २८ गत् कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अघिल्लो सरकारले बनाएको ९ वटा मन्त्रालयबाट काम चलाएकोमा अहिलेको गठबन्धनको सरकारले १३ वटा मन्त्रालय बनाएको छ ।

    त्यसमाथि दुई राज्यमन्त्री थप्ने तयारी छ । साउन २८ मा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहश्रराम यादवले संहालेका थिए । २३ दिनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अजय शाहीले पाएका छन् ।

    मुख्यमन्त्रीलाई ८ मन्त्रालयको भारी

    मुख्यमन्त्री कुलप्रसाद केसीले ८ मन्त्रालयको भारी बोकेका छन् । मुख्यमन्त्रीसँगै बाँकी रहेका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ८ वटा मन्त्रालयको जिम्मेवारी केसीले सम्हाल्दै आएका छन् ।

    दलको भाग पुग्यो, नेताको पुगेन

    सरकारमा सामेल भएको नेपाली कांग्रेसको भागमा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास गरी ४ वटा मन्त्रालय परेको छ ।

    त्यसमध्ये पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालयले मात्र मन्त्री पाएको छ । बाँकी मन्त्रालयमा को मन्त्री भन्नेमा कांग्रेसले टुंगो लगाउन सकेको छैन ।

    माओवादी केन्द्रले मुख्यमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय र कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राख्ने आन्तरिक सहमति दलहरुले गरेका छन् ।

    माओवादीले पनि अझैं कसलाई मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले दलले पाउने मन्त्रालयको टुंगो लागिसके पनि दलभित्रबाट कसलाई पठाउने टुंगो नलागेको बताए ।

    नेकपा एसको भागमा दुई मन्त्रालय, सांसद एक मात्रै

    संघीय सरकारमा सहकार्य गरेको नेकपा एकीकृत समाजवादीलाई लुम्बिनी प्रदेशमा दुई मन्त्री दिन सकिने गरी गठबन्धन दलमा छलफल भएको थियो । तर सो पार्टीमा त्यसका लागि आवश्यक सांसद नै नभएपछि थप अन्योल बढेको हो ।

    समाजवादीमा अहिलेसम्म पाल्पाकी रमा घर्तीमात्र खुलेकी छन् । यस आधारमा पनि उनी मन्त्री बन्ने निश्चितजस्तै छ ।

  • एमालेको बहिष्कारका बीच मुख्यमन्त्री केसीले मागे विश्वासको मत

    एमालेको बहिष्कारका बीच मुख्यमन्त्री केसीले मागे विश्वासको मत

    रुपन्देही । लुम्बिनी प्रदेशसभाको जारी बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । एमालेको बहिष्कारकै बीच मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

    एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चाैधरीले बैठक औचित्यहीन भएकोले पार्टीले बहिष्कार गरेको बताए ।

    चौथो बैठक तय भएको आधा घण्टापछि भर्खर शुरू भएको छ । केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् ।

    अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहे पनि सभामुखले तीनपटक स्थगित गर्दै चौथोपटक बैठक आव्हान गरेका हुन् ।

    लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन् । एमाले ३८ जना छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको छ ।

     

     

  • मुठभेडतिर लुम्बिनी प्रदेशसभाः बल प्रयोग गरेर मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी, एमाले झन् आक्रोशित

    मुठभेडतिर लुम्बिनी प्रदेशसभाः बल प्रयोग गरेर मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी, एमाले झन् आक्रोशित

    रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध गरिरहेकै समयमा बल प्रयोग गरेरै भएपनि मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् । उक्त तयारीको संकेत पाएको एमालेले आफ्नो विरोधलाई थप कडा गरेको छ ।

    एमाले संसदीय दलमा रहेका दुई सांसदले दलीय मर्यादा कायम नगरेको भन्दै कारवाही गरी पदमुक्त गर्न माग गरेको एमालेलाई अटेर गर्दै सरकार विश्वासको मत लिने प्रकृयामा अगाडि बढेपछि लुम्बिनी प्रदेशसभामा मुठभेडको अवस्था आउने भएको हो ।

    केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

    सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारवाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएपनि त्यसको सुनुवाइ भएको छैन ।

    मुख्यमन्त्रीले आज नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेको सत्ता क्षकै एक सांसदले बताएका छन् ।

    स्रोतका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट विश्वासको मत लिने कार्य सूची पास नभएपनि सभामुख घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै विश्वासको मतको प्रक्रिया सुरु गर्ने तयारी भएपछि बैठक केही समय ढिला भएको हो ।

    एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सत्तापक्ष बल प्रयोग गरेरै विश्वासको मत लिने तयारीमा जुटेको सूचना पाएपछि एमालेले सशक्त प्रतिवाद गर्ने बताए । विवादकाबीच सदन चलाउन सभामुखले शुरु गरेपनि निरन्तर एमाले सांसदहरुले नारा लगाइरहेका छन् ।

    यसैबीच प्रदेशसभाले दुई जना फोटो पत्रकारलाई मात्र प्रदेशसभामा जान दिने अनौठो निर्णय आजदेखि शुरु गरेको छ । प्रदेशसभाको यो निर्णयपछि समाचारका लागि पुगेका पत्रकारहरु आक्रोशित भएका छन् ।

  • लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

    लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा उठाउँदै जसपा, छ सांसदलाई पालैपालो मन्त्रालय

    रुपन्देही । लुम्बिनीमा अस्थिर राजनीतिको फाइदा लिँदै जसपाका सबै सांसद पालैपालो मन्त्री भएका छन् । प्रदेशसभामा दुईतिहाईभन्दा बढी भएको नेकपालाई सर्वोच्चले गराएको विभाजन र त्यसपछि पनि बहुमतमा रहेको एमालेभित्रको आन्तरिक विवादमा खेल्दै जसपाका ६ सांसद पालैपालो मन्त्री बन्नसफल भएका हुन् ।

    ६ सांसदमध्ये ४ जना यसअघि शंकर पोखरेलको सरकारमा सहभागी थिए भने अहिले पनि ३ सांसद कुलप्रसाद केसीको सरकारमा सहभागी छन् ।

    दुवै सरकारमा सहभागी हुन पाउने सांसद हुन् सुमन शर्मा रायमाझी । अघिल्लो सरकारमा नाटकीय ढंगले राज्यमन्त्री बनेकी उनी एक महिनाअघि राजीनामा दिएर पुनः गठबन्धनमा आएकी थिइन् । अहिले उनी विनाविभागीय भएपनि मन्त्री बनेकी छन् ।

    उनीसँगै जसपाबाट हराएको सूचना प्रहरीमा परेकी पुर्मती ढेंगा मगर पनि मन्त्री बनेकी छन् । उनलाई पनि विनाविभागीय मै राखिएको छ । उनीहरु सँगै पहिलेदेखि नै उपेन्द्र यादव समूहमा रहेका सहश्रराम यादव असह पनि मन्त्री बनेका छन् ।

    वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी तथा हस्ताक्षर नगरेकी सांसद कल्पना पाण्डेले एमाले सरकारलाई समर्थन गर्दै आकर्षक मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

    पार्टी निर्णयविपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाही गर्दै संसदबाट पदमुक्त गरेपछि सर्वोच्चबाट थमौती भए पनि पुनः पदमुक्त भएका छन् । यद्यपि अहिले पनि यो विषय अदालतबाट सल्टिएको छैन ।

    जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेल आफूले नचाहँदा पनि संसदीय राजनीतिको खेलमा परेको स्वीकार गर्दछन् । ‘यो व्यवस्थाप्रति नै असहमति राख्दै जिन्दगीभर राजनीति गरियो, अहिले आफ्नै नेतृत्वमा सरकार अदलबदल, मन्त्री अदलबदलमा जानुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘यो अस्थिर राजनीतिको संकेत हो, म आफू सन्तुष्ट छैनँ तर नेतृत्वमा रहेपछि जिम्मेवारी त लिनैपर्यो ।’

    ८७ सांसद रहेको प्रदेशसभामा सत्ता खिचातानीका कारण ७ सांसद घटेर ८० संख्यामा सीमित छ । सरकार टिकाइराख्न र नयाँ बनाउन निर्णायक शक्तिमा रहेको जसपाले दुवै सरकारलाई पूर्णरुपमा प्रयोग गरेको छ ।

    अधिवक्ता पदम कार्की अस्थिर राजनीतिको फाइदा दिने समूहले व्यवस्थालाई नै विकृत बनाएको तर्क गर्छन् । ‘यसको शुरुवात गर्ने ठूला भनिएका पार्टीहरु नै हु्न्, केन्द्रको प्रभाव प्रदेशमा परेको हो, यसले राम्रो सन्देश दिएको छैन’, उनले भने ।

  • छिटै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री, सांसद भाँडिने डर

    छिटै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री, सांसद भाँडिने डर

    रुपन्देही । साउन २८ गते नियुक्त भएका लुबिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी थालेका छन् ।

    नेकपा एमालेबाहेकका दलको गठबन्धनबाट मुख्यमन्त्री भएका केसीले गण्डकी र संघीय सरकारको सिको गर्दै आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेका हुन् ।

    गठबन्धनमा रहेका सांसदहरु पछि प्रभावित भएर समस्या आउनसक्ने आंकलन गर्दै सरकारले यस्तो तयारी गरेको अनुमान सरकार निकटहरुले गरेका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारले सुरुमै विश्वासको मत लिने तयारी गरेको बताए । उनले भने– हिउँदे अधिवेशन आह्वान भएको छ, यो नियमित प्रकृयाजस्तै त भयो, पहिलो दिन त नहोला तर लिनुपर्छ विश्वासको मत ।

    प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते बस्नेगरी आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

    साउन २७ गते शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

  • लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान

    लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आव्हान

    रूपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।

    आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन् ।

  • लुम्बिनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

    लुम्बिनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरिदिएको छ । विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपीठ गरिदिएको हो । अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए ।

    प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

    लुम्बिनी प्रदेशको सत्तापक्ष नेकपा एमालेले साउन २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन संविधानविपरीत भएको दावी गरेको छ।

  • विमला वली भन्छिन्- मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, ट्वाइलेटको चप्पल लगाएर भागेँ

    विमला वली भन्छिन्- मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, ट्वाइलेटको चप्पल लगाएर भागेँ

    काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छन् । दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी उनले आज आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् ।

    वलीको दावीअनुसार उनलाई गत १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्‍याइएको थियो । त्यहाँबाट हिजो आफू ट्वाइलेटको चप्पल लगाएर भागेको उनले बताइन् । अहिले आफू माओवादीमै रहेको उनको भनाइ छ ।

    ‘म यतै हो, उता भएको भए यता किन आउँथे ? ’ पत्रकारसँग कुरा गर्दै वलीले भनिन्, ‘यताउता भन्ने शब्द नै गलत हो ।’

    यस्तो छ उनले सार्वजनिक गरेको प्रेस विज्ञप्ति :

    प्रेश विज्ञप्ती

    आदरणीय संचारकर्मी मित्रहरु,

    मितिः २०७८ ४२१

    म लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्रीको सवालमा गएको साउन १५ गते देखि आज सम्म आम संचार माध्यम र सामाजिक संजालहरुमा मेरो राजनीतिक जिवनलाई असर गर्ने भ्रमहरु र केहि सत्य कुराहरु आएका छन् । म यसै पत्रकार सम्मेलन मार्फत घटना विवरण सहित स्पष्ट पार्न चाहन्छु ।

    १- म बिमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हुँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भै पुनः पूर्ववत अवस्थामा नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु ।

    २ ‍- म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भैसके पछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । यो दवाव निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर ईन्कार गरिरहें यहि क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानिय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनु भयो, फेरी उहि दबाब दिन थाल्नु भयो ।

    मैले फेरी पनि ईन्कार गरेँ। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भुमेश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, संगै जाऔँ हामी नै पुराई दिन्छौं भन्नु भयो उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडिमा बसे गाडि तुल्सीपुरबाट अमिलिया आएर उहाँहरु खाना खानु भयो । गाडिमा बसियो तर गाडि नेपालगन्ज तिर जानु पर्नेमा एक्कासी बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गर्नु भयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नु भयो एक पटक मुख्यमन्त्री ज्युलाई भेट्नु पन्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो ।

    ३ -मुख्मन्त्री शंकर पोखरेलसंग भेट भई छलफल शुरु भयो फेरी उही दवाय शुरु भयो नेकपा ( एमाले) मा आउनु पन्यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर ईन्कार गरिरहें साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुइ तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो २० गते बिहान मलाई असहय मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे

    ४- दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगे, जहाँ मेरो आफनै बुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरे त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिन आज तपाई संचारकर्मीहरु मार्फत जनता सामु उपस्थित भएको छ ।

    ५ -राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्न पर्यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यावहार पाइएन ।

    ६ – आदरणीय संचारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) प्रति पूर्णप्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँदछु । अन्त्यमा मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।

    मा. विमला कुमारी खत्री

    प्रदेश सभा सदस्य लुम्बिनी प्रदेश दांग ३(ख)

  • रुपन्देहीमा बसेर केन्द्रीय नेतृत्व हाँक्नेहरू

    रुपन्देहीमा बसेर केन्द्रीय नेतृत्व हाँक्नेहरू

    रुपन्देही । राजनीतिमा मात्रै होइन सामाजिक तथा अन्य सेवामूलक संस्थाको केन्द्रीय नेतृत्वमा रुपन्देहीका धेरै नागरिक छन् । पछिल्लो समय करिब एक दर्जन संघसंस्थाको नेतृत्वमा रुपन्देहीका नागरिक छन् ।

    अहिले रुपन्देहीबाट नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्षमा डा. बुद्ध थापा छन् । ‘देशभरका प्राध्यापकहरुको संगठनको नेतृत्व सहज थिएन तर जिम्मेवारी पाएपछि गर्न सकिँदोरहेछ’ थापाले भने ।

    मानवअधिकार तथा शान्ति समाजको अध्यक्षमा रुपन्देहीका गोविन्द खनाल निर्वाचित भएका छन् । ‘केन्द्रीय सदस्यदेखि पदाधिकारीका धेरै पदमा रहेर काम गरेको अनुभवले अध्यक्षको जिम्मेवारी पाए जस्तो लाग्छ’, खनालले भने ।

    राष्ट्रिय दलित पत्रकार महासंघको अध्यक्षमा रुपन्देहीका विनोद पहाडीले नेतृत्व गरेका छन् । संविधानसभा सदस्य बनेर अनुभव संगालेका उनी अहिले संगठन विस्तारका लागि अधिकांश जिल्लामा पुगेका छन् । ‘मोफसलबाट केन्द्रीय नेतृत्वमा रहँदा साधनस्रोतको अभाव, काठमाडौंमा स्थायी बसोबास नहुँदा नेटवर्कको समस्या र भ्यालीबाहिर बस्नेलाई केन्द्रमा बस्नेले सहजरुपमा नलिने समस्याले कार्यसम्पादनमा चुनौती आउँछन्’, पहाडी भन्छन् ।

    कम्प्युुटर एशोसियसन (क्यान महासंघ)को केन्द्रीय अध्यक्षमा रुपन्देहीका नवराज कुँवरले नेतृत्व गरेका छन् । लामो समय प्राध्यापन, मिडिया व्यवस्थापन र पत्रकारितामा अनुभव संगालेका कुँवर क्यानको नेतृत्वमा पुगेपछि देशभरका अधिकांश जिल्ला पुगेका छन् । ‘रुपन्देही कार्यक्षेत्र भए पनि जिम्मेवारी पाएपछि केन्द्रीय नेतृत्व सहज ढंगले पूरा गर्न सकिँदो रहेछ’, कुँवर भन्छन् ।

    निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा वसन्तराज खनाल, वित्तीय माइक्रो फाइनान्स एशोसियसन अफ नेपालको नेतृत्वमा जगत पोखरेल, होटल व्यवसायी महासंघको अध्यक्षमा हिराध्वज शाह, पब्लिक क्याम्पस संघको अध्यक्षमा गोपाल पाण्डे, राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा श्याम पाठक, अटो मेकानिकलहरुको संगठन नाटुको अध्यक्षमा जीवन अधिकारीले राष्ट्रिय अध्यक्षको जिम्मेवारी संहालेका छन् । उनीहरु सबै रुपन्देहीका हुन् । यीमध्ये केहीले भर्खरै जिम्मेवारी सम्हालेका छन् भने केहीले यो जिम्मेवारी सम्हालेको केही वर्ष पूरा भएको छ ।

    रुपन्देहीबाट पहिले पनि केहीले केन्द्रीय नेतृत्व सम्पादन गरेर आफ्नो पहिचान बनाएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिको अध्यक्षमा रुपन्देहीका बालकृष्ण चापागाईँले नेतृत्व गरेर आफ्नो पहिचान बनाए ।

    ‘काठमाडौंमा बस्नेले बाहिर बसेकालाई नगन्ने, नसमेट्ने सोच छँदैछ तर जिम्मेवारी पाए बाहिरबाट पनि काम गर्न सकिने रहेछ’, चापागाई भन्छन् ।

    त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ अकोरावको अध्यक्षमा मोहन चापागाईले पनि रुपन्देहीबाट नेतृत्व पूरा गरिसकेका छन् । पत्रकार महासंघको जिल्ला नेतृत्वसँगै केन्द्रीय सदस्य भइसकेका उनले आफ्नो कार्यकाल गणनीय बनाएका छन् ।

    त्यसैगरी रुपन्देहीबाट औषधि व्यवसायी महासंघको अध्यक्षमा बाबुराम भट्टराई, नेपाल जेसीजको अध्यक्षमा अनुपमान सैजु, जगत पोखरेल, चलचित्र उद्योग संघमा प्रदीप उदय, नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघको अध्यक्ष अर्जुन रानाभाटले सफल नेतृत्व गरिसकेका छन् ।

    ‘देशभरका साथीहरुसँग नेटवर्कमा रहेर जिम्मेवारी पूरा गर्न पाउनु ठूलो अवसर हो, काठमाडौं बाहिरकाले के गर्न सक्लान् र ? भन्नेहरुलाई काम गरेर देखाउने हो’, शान्ति समाजका अध्यक्ष गोविन्द खनालले भने ।

    देश संघीय संरचनामा गइसकेपछि हरेक संस्थाले संरचनागत विकास गर्नुपर्ने र सबै भूगोलमा रहेकालाई नेतृत्वको विकास गराउनुपर्ने भएपनि काठमाडौमै बसेर नेता हुनुपर्छ भन्ने गलत संस्कारलाई तोड्नुपर्ने नेपाल दलित पत्रकार महासंघका अध्यक्ष विनोद पहाडी बताउँछन् ।

    त्यसो त क्यान महासंघको अध्यक्ष भएपछि रुपन्देहीमा स्थायी बसोबास गर्ने नवराज कुँवरले काठमाण्डौंको बसाई बढाउनुपरेको छ । राष्ट्रिय सञ्जालमा रहेपछि बढी समन्वय गर्नुपर्ने, दैनिक सरकार तथा अन्य सरोकारवालासँग बहस छलफल बढाउनुपर्ने र धेरै संस्थाहरुका प्रधान कार्यालय पहिलेदेखि नै काठमाडौंमा रहेकाले यो बाध्यता भएको हो ।

    बुटवलमा व्यवसायमा जमेका जगत पोखरेल माइक्रो फाइनान्समा लागेर राष्ट्रिय सञ्जालको नेतृत्वमा पुगेपछि धेरै समय उतै बस्न थालेका छन् ।

  • अविश्वास प्रस्ताव प्रदेश प्रमुखलाई बुझाइयो, संसदको विशेष अधिवेशन बोलाउन माग

    अविश्वास प्रस्ताव प्रदेश प्रमुखलाई बुझाइयो, संसदको विशेष अधिवेशन बोलाउन माग

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाइएको छ । कांग्रेस–माओवादी केन्द्रसहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले हस्ताक्षर गरेको अविश्वास प्रस्ताव प्रदेश प्रमुखलाई बुझाइएको हो ।

    विपक्षी गठबन्धनले प्रदेशप्रमुखसँग संसदको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् ।

    यसअघि लुम्बिनीका विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनर्मोचाले दुईपटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले वैशाख ६ गते पहिलोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    सोमबार बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए । तर सोमबार नै उक्त पत्रमा हस्ताक्षर रहेकी सांसद विमला वलीले एमालेमा रहेको धारणा सार्वजनिक गरेकी छन् ।