Tag: लिखु

  • लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

    लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

    ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका दुईवटा वडाको मत गणना सकिन लाग्दा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्षमा मिलन विष्टले १७७ मतान्तरले अग्रता लिइरहँदा उपाध्यक्षमा भने एमालेकै अस्मिता थापा दोब्बरभन्दा बढी मतले अगाडी छन् ।

    अध्यक्षमा विष्टले ८३४ र नेपाली कांग्रेसका अशोक कार्कीले ६५७ मत प्राप्त गर्दा उपाध्यक्षमा भने एमालेकी अस्मिता थापाको ८९१ मत छ भने कांग्रेसकी प्रेमकुमारी दाहाल ४०६ मतका साथ पछाडि छन् ।

    वडा नम्बर १ मा एमालेका हिराबहादुर कार्कीको प्यानल नै विजयी भइसकेको छ भने अहिले वडा नम्बर ९ को गणनामा एमालेका केशवहरी ढुंगेलले अग्रता लिएका छन् ।

  • लिखुमा एमालेबाट जितेका अध्यक्षलाई पार्टी प्रवेश गराउने कांग्रेसको तयारी, वडा समितिसँग माग्यो सुझाव

    लिखुमा एमालेबाट जितेका अध्यक्षलाई पार्टी प्रवेश गराउने कांग्रेसको तयारी, वडा समितिसँग माग्यो सुझाव

    काठमाडौं । रामेछाप कांग्रेसले लिखु तामाकोशी गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका अध्यक्ष गोविन्द खड्कालाई कांग्रेस प्रवेश गराउँदा हुने फाइदा–बेफाइदाबारे वडा समितिसँग सुझाव मागेको छ ।

    रामेछापको ८ वटै स्थानीय तहमा चुनाव जित्नका लागि भएको छलफलपछि लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई कांग्रेस प्रवेश गराउनेबारे सुझाव मागिएको कांग्रेसले जनाएको छ ।

    पार्टी जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टीको लेटरहेडमै खड्कालाई कांग्रेस प्रवेश गराउनेबारे सुझाव मागेको पत्र लेखेका छन् ।