Tag: ला फाइनिलिस्सी

  • ला फाइनिलिस्सीमा: अर्जेन्टिनासँग ३-० गोलअन्तरले इटली पराजित

    ला फाइनिलिस्सीमा: अर्जेन्टिनासँग ३-० गोलअन्तरले इटली पराजित

    काठमाडौं । युरो कपको साविक विजेता इटालीलाई र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले ३–० गोलअन्तरमा पराजित गरेको छ ।
    बुधबार राति इङ्गल्यान्डको वेम्बलीमा भएको खेलमा अर्जेन्टिनाले इटलीलाई पराजित गरेको हो ।

    खेलमा अर्जेन्टिनाका लागि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे।
    अर्जेन्टिनाका डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।

    गत वर्ष फाइनलमा ब्राजिललाई हराएर इटलीले कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि उपाधि जितेको थियो ।