Tag: लाभांश

  • सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

    सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

    काठमाडौं । सनराइज बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    बैंकले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको लाभांश दर घटेको छ । आर्थिक वर्ष ७६/७७ को नाफाबाट यस बैंकले ८.२८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले लाभांश पारित लाभांश वितरण गरिने जनाइएको छ ।

  • नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गतेका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।

    साधारणसभाले ६ नयाँ संचालक सदस्यको निर्वाचन गर्ने बताइएको छ । जसमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना रहने छन् ।

    साधारणसभामा उपस्थिति तथा लाभांश वितरणको प्रयोजनका लागि बैंकले बुकक्लोजको मिति कात्तिक १५ गते तोकेको छ । कात्तिक १४ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीले बैंकको लाभांश प्राप्त गर्ने तथा साधारणसभामा सहभागिता जनाउन पाउँनेछन् ।

  • बैंक अफ काठमाण्डूको लाभांश घोषणा

    बैंक अफ काठमाण्डूको लाभांश घोषणा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७७/७८ नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

    हिजोको सञ्चालक समिति बैठकले १० प्रतिशत नगद लाभांश र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
    बैंकले ९६ करोड ६८ लाख १७ हजारबराबरको बोनस सेयर र ३८ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने तयारी गरेको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

  • हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

    हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

    काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको हात पर्नेछ ।

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । आजको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो ।

    घोषित लाभांशमध्ये चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.०६ प्रतिशत नगद लाभांश छ ।

  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव

    रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

    हिजोको संचालक समिति बैठकले नगद लाभांश ११ करोड ५ लाख र कर प्रयोजनका लागि ५५ लाख २७ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

    रिलायन्स लाइफको कुल चुक्ता पुँजी २ अर्ब १० करोड छ । बीमा समितिले लाभांश वितरणका लागि अनुमति प्रदान गरी कम्पनीको साधारणसभाले लाभांश पारित गरेपछि नगद लाभांश वितरण गरिने बताइएको छ ।

  • मेरो माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश घोषणा

    मेरो माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    जसमा सेयर बोनस २० प्रतिशत र १.०५ कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीका अनुसार वितरण गर्न लागेको सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयधनीको हातमा पर्नेछ ।

    हिजो बसेको लघुवित्तको संचालक समिति बैठकले लाभांस वितरणको निर्णय गरेको हो ।

  • नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा

    नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको बैंक संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

    १६ प्रतिशतमध्ये ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित नगद लाभांश ४.७६ प्रतिशत घोषणा गरिएको छ । बोनस सेयरवापत १ अर्ब ८२ करोड र नगद लाभांश ७७ करोड ३८ लाख गरी कुल २ अर्ब ५९ करोड ३८ लाख लाभांश दिने तयारी बैंकको छ ।

    नेपाल राष्ट्र बैंकको अनुमति र बैंकको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।
    हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौताका कारण नेप्सेमा करिब ५ महिनादेखि यी दुवै बैंकको कारोबार रोकिएको छ ।

  • कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश घोषणा

    कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । असोज ११ को संचालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

    यस बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा पारित भएपछि बैंकले लाभांश बितरणका लागि अनुमति प्राप्त गर्नेछ ।

    बैंकले अघिल्लो आर्थिक वर्ष १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । मौद्रिक नीति ढिलो सार्वजनिक हुँदा बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण पनि अबेर भएको हो ।

  • गुँरास लघुवित्तको लाभांश घोषणा

    गुँरास लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । गुँरास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

    हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । अहिले कम्पनीको चुक्ता पूँजी ८ करोड ३४ लाख छ । बोनस सेयर वितरणपछि कम्पनीको ९ करोड ७५ लाख पुग्नेछ ।

  • युनिलिभरद्वारा लाभांश घोषणा

    युनिलिभरद्वारा लाभांश घोषणा

    काठमाडौँ । युनिलिभरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको हो ।

    सञ्चालक समितिको बैठकले प्रतिकित्ता ६५० रूपैयाँका दरले लाभांश दिने निर्णय गरेको छ । लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । नगद लाभांशका लागि कम्पनीले यही असोज २५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

    कम्पनीले अघिल्लो वर्ष प्रतिकित्ता १०० रूपैयाँ नगद लाभांश वितरण गरेको थियो । आज कम्पनीको प्रतिकित्ता सेयर २० हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • नेपाल पुनर्बीमा कम्पनीद्वारा २० प्रतिशत लाभांश घोषणा

    नेपाल पुनर्बीमा कम्पनीद्वारा २० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

    कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश घोषणा गरेको हो । जसमध्ये कम्पनीले १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश ‘कर प्रयोजन’ का लागि छ ।

    नेपाल सरकार र नियामक बीमा समितिले स्वीकृतपछि संचालक समितिले लाभांशसम्बन्धी निर्णय गर्नेछ ।

  • आरम्भ चौतारीले पारित गर्‍यो ८.८५ प्रतिशत लाभांश

    आरम्भ चौतारीले पारित गर्‍यो ८.८५ प्रतिशत लाभांश

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

    काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

    साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत ९संस्थापक० र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण)हुने भएको छ ।

    साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले बताए ।