Tag: लागूऔषध

  • सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    बुधबार २२ गते दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिप्रका खटिएको प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्ड कोठामा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका–७ का २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगरपालिका– ४ का १९ वर्षीय धिरज खत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले बताए ।

    उनका अनुसार उनीहरुको साथबाट ८ ग्राम १ सय ५० मिलिग्राम लाग्रूऔषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंबाट एकैदिन अवैध लागूऔषधसहित १० जना पक्राउ

    काठमाडौंबाट एकैदिन अवैध लागूऔषधसहित १० जना पक्राउ

    काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाटअवैध लागूऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका -६ बौद्धका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ३ हजार पिस नाइट्राभेट सहित सिन्धुपाल्चोकका ३६ वर्षीय हरि बहादुर तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    यसैगरी चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ७० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित रोल्पाका १९ वर्षीय राजु थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    रोल्पाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसलाई नागढुङ्गा चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार थापाको साथबाट उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

    मंगलबार नै नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङका ३९ वर्षीय श्याम बहादुर मगर पक्राउ परे । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८९३१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बसका चालक मगरलाई पक्राउ गरेको हो ।

    यस्तै कागेश्वरी मनोहरा नगरपालिका ९ बीरेन्द्रचोक ओमटोल डेरा गरी बस्ने उदयपुरका २० वर्षीय पुरन मगर लगायत ३ जनालाई नियन्त्रित लागूऔषध ३२ एम्पुल फेनारगन, ३२ एम्पुल डाइजेपाम, ३३ एम्पुल नोर्फिन र २ सय ८५ ट्याब्लेट नाइट्राभेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।