Tag: लागुऔषधसहित

  • लागुऔषधसहित दैलेखमा तीन जना पक्राउ

    लागुऔषधसहित दैलेखमा तीन जना पक्राउ

    सुर्खेत। जिल्ला प्रहरी कार्यालय दैलेखले लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सोमबार राति दैलेखको पुरानो बसपार्कबाट उननहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

    पक्राउ पर्नेमा बर्दिया बासँगढी नगरपालिका २ बस्ने २७ वर्षका विक्रम मल्ल, कोहलपुर नगरपालिका १० बस्ने २३ वर्षका गणेश केसी र सोही ठाउँमा बस्ने अर्का हेमन्त साउँद रहेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

    उनीहरुको साथबाट खैरो हेरोईन जस्तो देखिने धुलो ६ सय ९० एमजी र प्रमाण लाग्ने अन्य सामानहरु उनीहरुको साथबाट जफत गरिएको जनाइएको छ। जिल्ला अदालत दैलेखबाट थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको उनले जनाए ।

  • लागुऔषधसहित सुर्खेतमा तीन पक्राउ

    लागुऔषधसहित सुर्खेतमा तीन पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु षध व्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    कालिकोटको शुभकालिका गाउँपालिका- ६ कि  २६  वर्षीया सकुन्तला शाही, १९ वर्षीय  पारस रावल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका- मसुरीखेत बस्ने १८ वर्षीय समीर चन्दलाई शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

    प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।