Tag: ललितपुर महानगरपालिका

  • ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

    ललितपुरमा चिरिबाबु पनि दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

    काठमाडौं । ललितपुर महानगरपालिकामा १४ सय मत गणना हुँदासम्म मेयरमा गबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि देखिएका छन्।

    चिरिबाबुले ७ सय ६ मत ल्याएका छन्। नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ३ सय ३६ मत ल्याएका छन्।

    उपमेयरमा भने नेकपा एमाले अगाडि छ। एमालेका उम्मेदवारले ३ सय ७२ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवारले २ सय ६७ मत प्राप्त गरेका छन्। महानगरको वडा नम्बर एकको मतगणना भइरहेको छ।

  • ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुरको मेयरका लागि कांग्रेसबाट सातजना सिफारिस

    ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सातजनाको नाम सिफारिस गरेको छ।

    कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

    महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

  • ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

    ललितपुरमा नगर प्रहरी कार्यदल परिचालन (तस्बिरहरू)

    काठमाडौं । ललितपुर नगर प्रहरीको क्षमता बढाउन विभिन्न सामाग्री सहित नगर प्रहरी कार्यदल परिचालन थालिएको छ ।

    ललितपुर नगर प्रहरी कार्यदलमा रहेका टोलीलाई मेयर चिरिबाबु महर्जनले पहिचान झल्किने ज्याकेट तथा अग्नि नियन्त्रणको क्रममा प्रयोग गरिने हेलमेट, क्यामेरालगायतका सामाग्री हस्तान्तरण गरे । सो क्रममा उनले नगरबासीको समस्या समाधानका लागि सहजीकरण गर्न नगरप्रहरी सधैँ अग्रपंक्तिमा रहन निर्देशन दिए ।

    शहरलाई सुन्दर र व्यवस्थित बनाउन, विपद्मा परेकालाई उद्धार तथा राहत वितरण, पैदल आवतजावत गर्नेलाई सहज बनाउन र सडकमा राखिएका सवारीसाधनलाई व्यवस्थित गर्न नगर प्रहरीले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

  • बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन्

    बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन्

    काठमाडौं । नगरसभाको बैठक बहुमत सदस्यले बहिष्कार गरेपछि ललितपुर महानगरपालिकाले आज आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न सकेको छैन । यस सम्वन्धमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एकजना वडाध्यक्षले नगरसभा विथोलेको गुनासो गरेका छन् ।

    बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा वैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका प्रतिनिधिले बहिस्कार गरेका थिए । मेयर महर्जनले नीति तथा कार्यक्रम पेश गर्दा छलफल गर्न नदिएको भन्दै उनीहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

    मेयर महर्जन भने वडा नं। ३ का वडाध्यक्षले जहिले पनि आफ्नो विरोध मात्रै गर्दै आएको बताउँछन् ।उनी भन्छन्, ‘श्रीगोपाल महर्जनले के कारण मेरो विरोध गरिरहेका छन् भन्ने बुझ्न सकेको छैन । मैले त उहाँलाई त्यस्तो केही गरे जस्तो लाग्दैन ।’

    श्रीगोपालकै कारण नगरसभामा बजेट ढिला पेस भएको महर्जनले बताए । उपमेयरले नगरसभाको बैठक बोलाउदा पनि ३ नम्बरका वडा अध्यक्ष बैठकमा आउन नमान्ने गरेको उनको आरोप छ । ‘अब कानुनअनुसार नै ३ दिनपछि नयाँ बजेट आउँछ,’ उनले भने ।

    ललितपुरका मेयर चिरीबाबु महर्जनलाई नगरसभाका सदस्यहरुले आगामी वर्षका लागि ल्याउन लागिएको बजेट पढेर पास गर्र्नु भनेपछि मेयरले सभाका सदस्यलाई चुनाव जितेर आउनुस् भनेपछि नगरसभा रोकिएको छ ।

    ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले भने नगरसभा सदस्यले नयाँ बजेट पढेर मात्रै पास गर्नुपर्छ भन्दा मेयरले नराम्रो जवाफ फर्काएको आरोप लगाए ।

    उनले भने, ‘पढेर बजेट पास गर्ने हो भने अर्को पटक चुनाव जितेर आउनु भन्न्भयो । हामीले बजेटभित्र के–के हटाउन र थप्न पर्ने छ भन्ने कुरा पढेर मात्रै थाहा पाउँछौं भन्दा पनि आफ्नो मात्रै कुरा राख्नुभयो । त्यसैले नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको हौं ।’

    अघिल्लो वर्षको बजेट ल्याउने बेलामा पनि मेयरले नगरसभाका सदस्यहरुलाई पेलेर नै गएको उनको आरोप छ । ‘यस वर्ष पनि त्यस्तै गर्न सकिन्छ भन्ने थियो होला । तर हामीले पोहोर कोरोना भएको कारणले चुप लागेर बजेट पास गरेका थियौं । यस वर्ष कानुनअनुसार बजेट नआएकाले हामीले पास नगराएका हौं । हामी पनि चुनाव जितेर नै आएका प्रतिनिधि हौं । मेयरको मात्रै एकलौटी चल्दैन ।’

    उनले थपे, ‘मेयर भनेको गाडीको चालक हो भने सहचालक हौं । चालकलाई कसरी अगाडि लैजाने भन्ने आफ्नो पनि भूमिका हुने महर्जनले बताए ।

    अब के हुन्छ ललितपुरको बजेट ?
    नगरसभाले बजेट पास नगरे असार १३ गते नयाँ बजेट ल्याउन मिल्ने प्रावधान छ । मयेरले अब ३ पटक लगातार नगरसभा बोलाउन सक्छन् । ३ पटकसम्ममा पनि सभाले बजेट पास नगरे जम्मा सदस्यको २५ प्रतिशत संख्याले बजेट पास गराएर नयाँ बजेट ल्याउन सक्ने स्थानीय सरकारको कानुनमा व्यवस्था रहेको महर्जनले बताए ।

    ‘हामी कानुनअनुसार चल्ने भएकाले मेयरले बोलाएको नगरसभामा गएर बजेट पास गराउने छौं । नियमानुसार काम गर्नुपर्छ भनेर मेयरलाई सिकाएको मात्रै हो । हामी हाम्रो वडाको बजेट अब ३ दिनपछि पास गराएर ल्याउने छौं,’ महर्जनले भने ।

    ललितपुर बाहेक अन्य ठाउँमा पनि बजेट पास गर्न समस्या भएको छ । रौतहटको मौलापुर नगरपालिको बजेट पास गर्ने बेला दुई पक्षबीच झडप नै भयो ।

    माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो ।

  • एमाले र माओवादीका जनप्रतिनिधिद्वारा ललितपुरको नगरसभा बहिष्कार

    एमाले र माओवादीका जनप्रतिनिधिद्वारा ललितपुरको नगरसभा बहिष्कार

    काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेका छन् । ३९ सदस्यीय कार्यपालिका सदस्यमध्ये २६ जना उपस्थित हुन नसक्ने भन्दै नगरसभा बहिष्कार गरिएको हो ।

    ललितपुर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको छन् । ६६ जना सदस्यसँग नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नभएको भन्दै सभा नै बहिकार गर्ने निर्णय गरेको छ ।’

    ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल दुवै नेपाली कांग्रेसका हुन् । त्यहाँ बहुमत संख्यामा रहेका एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरूले नगरसभा बहिष्कारको घोषणा गरेका हुन् ।

    दिउँसो १ बजे बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेपछि अन्योलमा परेको छ ।

  • कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख सहयोग दिने ललितपुर महानगरको निर्णय

    कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख सहयोग दिने ललितपुर महानगरको निर्णय

    ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड- १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

    शुक्रबार कोभिड- १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड- १९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।

    त्यस्तै आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड – १९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने उनले जानकारी दिए ।

    महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए । उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताए ।

    वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनस्र्थापना गृहमा एचडीयूसहितको ५० सैय्यको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० सैय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्थासहित सञ्चालन गरीएको छ ।

  • कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख सहयोग

    कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख सहयोग

    ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

    कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने वचन दिएसँगै यस वर्ष भने ५० लाख रुपैयाँ दिन सफल भएको बताए । उनले भने, ‘विष्णुपुराणमा आधारित यस नाचले जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिने भएकाले सदियौँसम्म जोगाइराख्नुपर्नेछ ।’ यसैगरी वडा नं २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा नं २९ हरिसिद्धिमा मनाइने हरिसिद्धि भवानीको जात्रा एवं नाच संरक्षणका लागि रकम सहयोग गर्ने योजना बनाइरहेको उनले जानकारी दिए । ।

    समितिका अध्यक्ष चित्रकारले कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटि शान्ति र सुव्यवस्था कायम रहने विश्वास रहँदा कोष स्थापना गर्न सहयोग पुगेको धारणा राखे । उनले भने, ‘यसअघि हामीलाई कोष स्थापनाका लागि पहिलोपटक नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाख सहयोग गरिसक्नुभयो ।’ त्यसैगरी अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा उनको थियो । हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा यो नाच मञ्चन गर्ने गरिन्छ । यो नाच ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने एक माध्यम बनिरहेको छ ।

    कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । परापूर्वकालदेखि चलेको यो नृत्य यसपटक कोरोना कहरका कारण इच्छुक व्यक्तिले प्रत्यक्ष हेर्न नपाए पनि घर–घरबाटै टेलिभिजनमार्फत आनन्द लिएका थिए । विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ ।

    कात्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकारहरुको भनाइ छ ।

    यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुशी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।