Tag: लमजुङ

  • एमालेबाट उम्मेदवारी दिने यी हुन् लमजुङका सबै पालिकाका उम्मेदवार (सूचीसहित)

    एमालेबाट उम्मेदवारी दिने यी हुन् लमजुङका सबै पालिकाका उम्मेदवार (सूचीसहित)

    पोखरा । नेकपा एमालेले लमजुङका आठवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएर उम्मेदवारी मनोनयनका लागि पठाएको छ ।

    उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङको सदरमुकाम बेसीशहर नगरपालिकामा हालकै मेयर गुमानसिंह अर्याल दोहोरिएका छन् । विगतमा केही पालिकामा माओवादीसँग तालमेल गरेको एमाले यसपटक लमजुङमा एक्लै प्रतिस्पर्धा गर्दैछ ।

    यी हुन् लमजुङमा एमाले उम्मेदवार

    १. बेसीशहर नगरपालिका

    प्रमुखः गुमानसिंह अर्याल
    उपप्रमुखः पद्मा गुरुङ

    २. मध्यनेपाल नगरपालिका

    प्रमुखः राजकुमार श्रेष्ठ
    उपप्रमुखः सीता गुरुङ

    ३. सुन्दरबजर नगरपालिका

    प्रमुखः भिमबहादुर गुरुङ
    उपप्रमुखः भवनी केसी

    ४. राईनस नगरपालिका

    प्रमुखः सिंहबहादुर थापा
    उपप्रमुखः शोभा पन्थी चिलुवाल

    ५. दोर्दी गाउँपालिका

    अध्यक्षः युवराज अधिकारी
    उपाध्यक्षः उषा गुरुङ

    ६. मर्स्याङ्दी गाउँपालिका

    अध्यक्षः अर्जुन गुरुङ
    उपाध्यक्षः जुना थापा

    ७. क्व्होलासोथर गाउँपालिका

    अध्यक्षः सूर्य गुरूङ
    उपाध्यक्षः गमी गुरुङ

    ८. दुधपोखरी गाउँपालिका

    अध्यक्षः तेजबहादुर गुरुङ
    उपाध्यक्षः कृष्णमाया गुरुङ

  • लमजुङका कैदीबन्दीलाई खसी उपहार

    लमजुङका कैदीबन्दीलाई खसी उपहार

    लमजुङ । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षोल्लासका साथ मनाउन खसी सहयोग गरेको हो ।

    नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तरण गरे ।

    नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

    लमजुङ कारागारमा अहिले २ नाबालकबाहेक १ सय ४ जना कैदीबन्दी छन् ।

  • लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का !

    लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का !

    लमजुङ । कोरोना संक्रमण महामारी र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

    जिल्लाको मर्स्याङदी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका संख्यामा भूकम्पको धक्का महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

    चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ ।

    यसरी पटकपटक भूकम्प जाँदा त्रासले जिल्लाबासी त्रसित भइरहेका छन् । बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा राम्रोसँग सुत्न त के, घरभित्र बस्न पनि समस्या भयो ।

    कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे । जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने अस्थिति समेत थिएन । रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ । यति कुराको मात्र डरले सीमित छैन जिल्लावासी । कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न बताइएको छ ।

    यही बीचमा भूकम्प जाँदा जिल्लाबासी घरबाहिर भीडभाड गरेर बस्न बाध्य भए । कोरोना संक्रमण परीक्षण नगरेकाहरुलाई सङ्क्रमणको जोखिम भए सबैलाई सर्ने उच्च सम्भावनाले पनि मन आत्तिएको बेसीशहर नगरपालिका-८ की सिर्जना श्रेष्ठको भनाइ छ । उनले भनिन्, ‘कोरोनाको यस्तो जोखिम मोलेर पनि भूकम्प आउँदा बाहिर निस्किएर अन्य स्थानीयवासी भएकै ठाउँमा गएर बस्ने र भूकम्प धक्का कम भएपछि घरभित्र गर्ने गरेर रात बिताइयो ।’ सिर्जना जस्तै समस्या अधिकांश जिल्लाबासीको पनि उस्तै हो । जिल्लामा छ जना घाइते भए भने २०० घरमा क्षति पुग्यो । भूकम्प पटकपटक जानाले अझै घर तथा मानवीय क्षति हुन्छ कि भन्ने डरमा यहाँका स्थानीयवासी रहेका छन् ।

    यता भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उहाँले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गर्नुभएको छ ।

    रासस

  • लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते

    लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडकाे भूकम्प, घर भत्कँदा एकजना घाइते

    काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पकाे ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

    भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएको लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

    ‘एकजना घाइते हुनेबाहेक भूकम्पले त्यति ठूलो क्षति पुर्‍याएको छैन । उहाँ अहिले अस्पताल भर्ना भइसक्नु भएको छ,’ मिश्रले भने, ‘धक्का ठूलै  महसुस गरिए पनि क्षति सामान्य छ ।’

    बिहानै भूकम्पको ठूलो धक्का महसुस गर्दा जिल्लाबासीहरु आत्तिएको मिश्रले बताए । उनले भने, ‘उहाँहरु आफैं आत्तिएर बाहिर निस्किनु भएको हो । ठूलो क्षति भएको भए अहिलेसम्म जानकारी भइसक्थ्यो । त्यस्तो केही छैन ।’

  • राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

    राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा