Tag: लगानीकर्ता

  • पाँच दिनभित्र माग सम्बोधन गर्न लगानीकर्ता र बोर्डबीच सहमति

    पाँच दिनभित्र माग सम्बोधन गर्न लगानीकर्ता र बोर्डबीच सहमति

    काठमाडौं । केहीदिनदेखि आन्दोलन गर्दै आएका लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति भएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोडका सीमा राखेपछि लगानीकर्ता आन्दोलित बनेका थिए ।

    धितोपत्रबोर्डको कार्यलय अघि आन्दोलन गर्दै आएका पूँजीबजार सुधार संघर्ष समिति र धितोपत्रबीच हिजो राति सहमति जुटेको हो । समितिले पेश गरेको मागलाई ५ दिनभित्र नियमअनुसार अघि बढाउने बोर्डले आश्वसन दिएको छ ।

    समितिका संयोजक रोहन कार्कीले यो सहमति अन्तिम नभएको तर बोर्डले आफ्ना माग पूरा गर्न काम अघि बढाउने विश्वास रहेको बताएका छन् । संर्घष समितिले अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नरको राजिनामा माग गर्दै आन्दोलन गरेका थिए ।

  • सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन

    सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन

    काठमाडौं । सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको लगामको विरोधमा लगानीकर्ताले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

    लगानीकर्ता पूँजीबजार सुधार संघर्ष समितिको आव्हानमा नेपाल स्टक एक्सचेञ्जको कार्यालयअघि केही बेरअघिबाट आमरण अनसन थालिएको हो । अहिले आदित्य शिवाकोटी अनसनमा बसेका छन् ।

    संघर्रष समितिका संयोजक रोहन कार्कीले  राष्ट्र बैंकका पदाधिकारीसँग आइतबार र सोमबार वार्तामा बसे पनि कुनै निष्कर्ष ननिस्केको जानकारी दिए ।

    संघर्ष समितिले सोमबार १८ बुँदे मागसहित राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापन पत्र बुझाएको थियो ।

    भदौ २३ देखि एक साता दैनिक दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा रिले अनसनमा बसिरहेका लगानीकर्ता आफूहरूको माग सम्बोधन गर्न राष्ट्र बैंकले अटेर गरेको भन्दै थप आन्दोलनमा उत्रिएका हुन् ।

    राष्ट्र बैंकको पुँजी बजारसम्बन्धी नयाँ नीतिले सेयर बजार निरन्तरजसो प्रभावित बनेको छ ।

  • धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक, नेप्से पनि असन्तुष्ट

    धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक, नेप्से पनि असन्तुष्ट

    काठमाडौं । अस्वाभाविक रूपमा मूल्य बढाएर सेयर बजारमा चलखेल गरेको भन्दै नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको सूची प्रकाशित गर्‍यो । ती कम्पनीको कारोबार रोक्का गर्ने उद्देश्यले नभई जोखिमको मूल्यांकन गरी लगानी गर्न लगानीकर्तामा सूचित गरेको बोर्डको दावी छ ।

    पछिल्लो १ वर्षमा ३ सय प्रतिशत वा सो भन्दा बढीले सेयर मूल्य बढेका, मूल्य आम्दानी ‘पीई’ अनुपात सय प्रतिशत वा सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी अनुपात ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ ऋणात्मक भएका र कम्पनीको वित्तीय क्षमताजस्ता मापदण्डको आधारमा बोर्डले सूचना निकालेको हो ।

    जोखिमयुक्त सूचीमा राखेका ५१ कम्पनीहरूले कुनै न कुनैरूपमा इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार , कर्नरिङ गरेको आशंका बोर्डको छ ।

    धितोपत्र बोर्डले कारवाही गरेका अधिकांश कम्पनीहरूमा लघुवित्त वित्तीय संस्था, जलविद्युत कम्पनी र बीमा कम्पनीहरू छन् ।

    ठूला लगानीकर्ताको प्रभावमा धितोपत्र बोर्डले सूची तयार पारेको भन्दै टिप्पणी बढेको छ ।

    धितोपत्र बोर्डले नै कारोबार बन्द गरिदिएको विशाल बजार र राष्ट्रिय बीमा समिति समेत सूचीमा परेको भन्दै धितोपत्र बोर्ड तथा यसका अध्यक्ष भिष्मराज ढुंगानाको तीव्र विरोध भयो । केही सञ्चारमाध्यमले त बोर्डका अध्यक्षको राजीनामा समेत माग गरे ।

    बोर्डका अध्यक्ष ढुंगाना भने आफूले सही निर्णय गरेको दावी गर्छन् । राम्रो काम गर्दा विरोध हुनु स्वभाविक भएको उनले बताए ।

    चलखेल भएको देखेर लगानीकर्तालाई सूचित मात्रै गराइएको तर कारोबार रोक्न नभनिएको भन्दै ढुंगानाले भने, ‘साना र नयाँ लगानीकर्ताका लागि धितोपत्र बोर्डले सचेत गराएको हो । यो बोर्डको नियामकीय अधिकारभित्रको कुरा हो ।’

    यो पनि पढ्नुहोस् : अस्वाभाविक सेयर मूल्य बढाएका ५१ कम्पनीमाथि छानविन गर्दै धितोपत्र बोर्ड (सूचीसहित)

    ‘छोटो समयमा अत्यधिक प्रतिफल कमाउने आसामा कुखुरा बेचेर, बाख्रा बेचेर , श्रीमतीका गरगहना बेचेर वा ऋण नै काडेर बजारमा प्रवेश गरेका छन् । ठूला लगानीकर्ताहरू त्यहाँबाट निकाल्ने तयारी गरिरहेको समयमा साना लगानीकर्ताको संरक्षणका लागि बोर्डले सचेतमात्रै गराएको हो’, अध्यक्ष ढुंगानाले बताए ।

    धितोपत्र बोर्डको निर्णयप्रति नेपाल स्टक एक्सचेन्जले असन्तुष्टि जनाएको छ । बोर्डले लिएका आधारहरू कमजोर रहेको भन्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद कम्पनीको नाम नै प्रकाशन गर्नु गलत भएको बताउँछन् ।

    ‘कम्पनीहरूले आफ्नो वित्तिय विवरण वेबसाइडमा राखेकै छन् । लगानीकर्ताले त्यहाँ गएर आफ्नो धारणा बनाउन सक्ने भएकाले धितोपत्र बोर्डले खराब र असल भन्न आवश्यक थिएन’ उनले नेपाल प्रेससँग भने ‘खराब र असल भन्ने कुराको निर्धारण बजार आफैंले स्व:नियमन गर्ने कुरा हो बोर्डले सूची प्रकाशन गर्न आवश्यक छैन ।’

    बजारको माग र आपूर्तीको कारण मूल्यको निर्धारण हुने भएकाले ३ सय प्रतिशतले सेयर मूल्य बढ्यो भनेर वक्तव्यबाजी गर्नुको औचित्य नरहेको साउदको भनाइ छ ।

    लगानीकर्तालाई सचते गराउने अधिकार बोर्डलाई रहेको नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेल बताउँछन् । ‘लगानीकर्तालाई सचेत गराउने तथा खराब कम्पनीहरूको सूची प्रकाशित गर्ने र कारवाही गर्ने अधिकार बोर्डलाई छ ’, उनले भने ।

    बोर्डले प्रकाशित गरेका ५१ वटा कम्पनीको सूचीप्रति भने पौडेल असन्तुष्ट देखिए । भविष्यमा सम्भावना बोकेका कम्पनीमाथि बोर्डले विषय विज्ञसँगको परामर्श तथा आफ्नो विज्ञता प्रस्तुत गर्न नसकेको उनको टिप्पणी छ ।

  • लगानीकर्ताको रकम तत्काल दिन ब्रोकरलाई धितोपत्र बोर्डको आग्रह

    लगानीकर्ताको रकम तत्काल दिन ब्रोकरलाई धितोपत्र बोर्डको आग्रह

    काठमाडौं । धितोपत्र बोर्डले साना लगानीकर्ताको रकम तुरुन्त उपलब्ध गराउन ब्रोकर कम्पनीलाई अनुरोध गरेको छ ।

    धितोपत्र बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो विषम परिस्थितिमा लगानीकर्ताको गुनासा तथा समस्यालाई तुरुन्त सम्बोधन गर्न ब्रोकरलगायत सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

    लगानीकर्ताको कललाई कल डाइभर्ट गरी घरैबाट सुविधा दिन ब्रोकर, मर्चेण्ट तथा सम्बद्ध सबै पक्षलाई बोर्डले अनुरोध गरेको छ ।

    साथै सिष्टम सर्पोट र सूचना प्रविधि सम्बन्धी कार्य घरबाट नै गर्न पनि धितोपत्र बोर्डले सुझाएको छ । यसैगरी सिष्टम संचालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन पनि विज्ञप्तिमा भनिएको छ । साथै कर्मचारीमा कोरोनाको लक्षण देखिनसाथ तत्काल आइसोलेट हुने व्यवस्था गरी परीक्षण गर्न पनि बोर्डले भनेको छ ।

  • लगानीकर्ताले शुरु गरे आमरण अनसन, नेप्से सीइओ भन्छन्–घाम ताप्न आएका होलान्

    लगानीकर्ताले शुरु गरे आमरण अनसन, नेप्से सीइओ भन्छन्–घाम ताप्न आएका होलान्

    काठमाडौं । ५८ बुँदे माग पूरा नभएको भन्दै लगानीकर्ताले नेप्सेमा आमरण अनसन शुरु गरेका छन् । पूँजी बजार विकास अभियानका अभियन्ता तथा लगानीकर्ता तिलक कोइरालाले अर्थमन्त्रालय, नेप्से तथा धितोपत्र वोर्डले आफूहरुको ५८ बुँदे माग सम्वोधन नगरेको भन्दै अनसन शुरु गरेका हुन्।

    ‘नेपाल राष्ट्र बैंकले ५८ वुँदाका अधिकांस सुझावहरु सम्वोधन गरेपनि अर्थमन्त्रालय , धितोपत्र वोर्डले कार्यान्वयनमा कुनै पनि चासो नदिएकाले त्यसको विरोध स्वरुप आवरण अनसन शुरु गरिको हो, अभियन्ता तिलक कोइरालाले वताए ।’

    २ हजार ७५ सालमा पूर्व अर्थमन्त्री डा . युवराज खतिवडाको पहलमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ५८ बुँदे पूँजी बजार सुधार प्रतिवेदन तयार भएको थियो ।

    त्यसमध्ये पनि १८ वटा बुँदा निकै महत्वपूर्ण भएको र ती बुँदाहरु कार्यान्वयनमा अर्थमन्त्रालय वोर्ड र नेप्सेले ढिलाई गरेको भन्दै लगानीकर्ताले आमरण अनसन शुरु गरेका हुन् ।

    यस विषयमा नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदले अहिलेसम्म कुनै पनि जानकारी नभएको बताउँछन् । ‘नेप्सेमा घाम ताप्न सजिलो छ केही मान्छे आएका छन तर मलाई अनसन  हो भन्ने थाहा छैन् ।

    लगानीकर्ताले अनसन बस्नुपर्ने कुनै कारण पनि छैन सबै माग सम्वोधन भएकै छ , साउदले भने ।’