Tag: रोल्पा

  • राेल्पमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु, चालक घाईते

    राेल्पमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु, चालक घाईते

    रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

    मृत्यु हुनेमा ट्रयाक्टरका सह–चालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् । उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जनाएको छ ।

  • रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

    चितवन । नेकपा एमालेको अध्यक्षमा ७० वर्षीय केपी शर्मा ओली निर्वाचित भइरहेको बेला सोही पार्टीमा ३२ वर्षीया युवतीले केन्द्रीय सदस्यका रुपमा प्रवेश पाएकी छन् ।

    रोल्पाकी ईश्वरी जिएम एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् । २०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी ईश्वरी १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

    आदिवासी जनजाति महिलातर्फको कोटाबाट निर्विरोध निर्वाचित भएकी ईश्वरी नै एमालेको कान्छो केन्द्रीय सदस्य बनेकी हुन् । ४० वर्षमुनिका सीमित महिलाहरूमात्र केन्द्रीय सदस्यमा प्रवेश पाएका बेला उनी सबैभन्दा कम उमेरकी हुन् ।

    २०६२ सालमा माओवादी आधार क्षेत्र मानिने रोल्पामा भूमिगत शैलीमा एमालेको संगठन विस्तार थालेकी ईश्वरीले पार्टीमा लागेको १६ वर्षमै केन्द्रीय कमिटीमा पुग्ने मौका पाएको भन्दै अब चुनौती थपिएको बताइन् ।

    केही समय पत्रकारितासमेत गरेकी उनी प्रेस चौतारीको जिल्ला अध्यक्ष र नेपाल पत्रकार महासंघको सचिव रहेकै बेला पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् ।

    हामीले उनीसँग भिडिओ कुराकानी गरेका छौं ।

  • एमाले रोल्पा नगर कमिटी अध्यक्षमा घनश्याम आचार्य

    एमाले रोल्पा नगर कमिटी अध्यक्षमा घनश्याम आचार्य

    रोल्पा । नेकपा एमाले रोल्पा नगरपालिका कमिटीको अध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । एमाले नगरपालिका कमिटीको बुधबार लिवाङमा सम्पन्न प्रथम अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा बालाराम डाँगी, सचिवमा दुर्गा पुन, उपसचिवमा सविना विश्वकर्मा र उपसचिवमा रामबहादुर बुढाथोकीलाई चयन गरेको छ । रोल्पा नगरपालिकाको कमिटी ३१ सदस्यीय बनेको एमालेले जनाएको छ ।

  • माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित

    माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित

    रोल्पा । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

    एमालेले थवाङमा आज अधिवेशन तयारी गरिरहेको छ । थवाङमा र्‍याली निकाले अधिवेशन गर्न लागेको एमाले रोल्पाकी नेता ईश्वरी जिएमले बताइन् । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ ।

    जिएमले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् । त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् ।

    थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।

    प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।

  • एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष

    एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष

    रोल्पा । नेकपा (एमाले) सुनिलस्मृति गाउँपालिका कमिटी महिला नेतृत्वमा चयन भएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट तारा सेन सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी छन् ।

    सेन अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य हुन् ।

    पहिलो बैठकबाट सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय समेत भएको छ । त्यस्तै उपाध्यक्षमा शशिराम कुबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन भएका छन् ।

    ७३ जनाको पालिका कमिटी बनाउनुपर्ने भए पनि अन्य सदस्य पछि थप गर्ने गरी हाललाई ५३ जनाको कमिटी बनाइएको छ ।

  • रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

    रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

    रूपन्देही । रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो । खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रोल्पामै बिहे भोज खाएर फर्किने क्रममा रोल्पा नगरपालिका-३ खुमेलका ४२ वर्षीय तिर्थलाल थापाको पनि भीरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पा । एमाले विभाजन भएसँगै केन्द्रदेखि गाउँसम्म पनि त्यसको असर देखिएको छ । नयाँ पार्टी रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन अयोगले दिएको भदौ २२ सम्मको सीमा नजिकिँदैछ ।

    रोल्पामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् । १० स्थानीय तह रहेको रोल्पामा एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामात्रै जितेको थियो ।

    त्रिवेणीका अध्यक्ष शान्तकुमार वलीसहित र रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढासहित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् ।

    यी दुई गाउँपालिकामा एमालेबाट जितेका अधिकांश जनप्रतिनिधि पनि एमालेमै रहने भएका छन् । त्रिवेणीका चार वडामा एमालेले वडाध्यक्ष जितेको थियो ।

    वडा नम्बर २ का कविराज बुढा, ३ का टीकाराम वली, ५ मा कृष्णबहादुर केसी र ७ भानबहादुर घर्तीले जितेका थिए ।

    त्यस्तै रुन्टीगढीकामा एमालेले दुई वडामा जितेको थियो वडा ५ मा यमबहादुर दशौदी राना र वडा ९ मा नेपबहादुर थापाले चुनाव जितेका थिए।

    प्रदेशसभा भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन हुँदा सबै सिट माओवादीले पाएको थियो ।

    जनप्रतिनिधिले एमालेबाट विभाजित भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) नरोजे पनि २०७५ जेठ २ को कमिटीका केही नयाँ पार्टी रोजेका छन् ।

    जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती नेकपा एसमा खुलेका छन् । अन्य सबै पदाधिकारी भने एमालेमै रहने भएका छन् । पदाधिकारीमा एक्ला घर्तीलाई ८५ सदस्य जिल्ला कमिटीबाट केही सदस्यले साथ दिएका छन् ।

    जिल्ला कमिटी सदस्यहरूमा मनप्रसाद घर्ती, नेपबहादुर डाँगी, अमृत चन्द, मानसिंह डाँगी, मनकली डाँगी, शान्तराज बोहरा, हितबहादुर रोका लगायत एकीकृत समाजवादीमा खुलेका छन् ।

    साविकको जिल्ला कमिटीका १० प्रतिशत भन्दा बढी नेकपा एसमा नजाने एमाले जिल्ला कमिटी सदस्य ईश्वरी जीएम बताउँछिन् ।

    पार्टीको अधिकांश पालिका कमिटी अध्यक्षहरु पनि एमालेमै रहने भएका छन् । थवाङ गाउँपालिकाका अध्यक्ष हितबहादुर रोकाले एकीकृत समाजवादीमा रोज्ने भएका छन् ।

    त्यस्तै रुन्टीगढी गाउँपालिका कमिटीका अध्यक्ष आसाराम बुढा तटस्थ देखिएका छन् । उनी आफ्नो व्यवसायमा रहेकाले तथस्ट देखि पनि एकीकृत समाजवादीमा भने नलाग्ने जीएमको भनाइ छ ।

    रोल्पा नगर कमिटीका अध्यक्ष बालकृष्ण आचार्य पहिले माधव समूहतिर रहेका भए पनि अहिले एमाले नै रोज्ने भएका छन्।

    गंगादेव गाउँपालिका कमिटी अध्यक्ष रोशन वली एमालेमै रहने भएका छन् । त्यस्तै सुनिलस्मृतिका अध्यक्ष पनि एमालेमै रहने भएका छन् । सुनिल स्मृति पालिका कमिटीका सचिव हितबहादुर आले भने एकीकृत समाजवादीमा जाने भएका छन् ।

    त्रिवेणी, सुनछाहारी, परिवर्तन र लुङ्ग्री गाउँपालिका कमिटी अध्यक्षहरू पनि एमालै रहने भएका छन् ।

  • एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    माडी गाउँपालिकाका-२ मा आज बिहान ३:५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

    रासस

  • रोल्पामा आधुनिक हतियारको गोली र म्याग्जिन भेटियो

    रोल्पामा आधुनिक हतियारको गोली र म्याग्जिन भेटियो

    दाङ । रोल्पामा प्रहरीले आधुनिक हतियारको गोली फेला भेटेको छ । त्रिवेणी गाउँपालिका-२ रामपुरमा सैन्य हतियारका म्याग्जिन तथा गोली बरामद भएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

    बाँसघारीमा लुकाएर राखेको अवस्थामा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान, एके ४७ को ७ सय ५२ थान गोली, ७।६२ मीमीको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली फेला परेको छ ।

    स्थानीयको सूचनाका आधारमा प्रहरीले ती सामग्री फेला पारेको हो । ती सामान कसले किन राख्यो भन्ने विषयभा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • रोल्पाका अग्निपीडितलाई युवा संघद्वारा लत्ताकपडा प्रदान

    रोल्पाका अग्निपीडितलाई युवा संघद्वारा लत्ताकपडा प्रदान

    रोल्पा । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले जिल्लाको त्रिवेणी गाउँपालिकाका १ सय ७० अग्निपिडितहरुलाई लत्ताकपडा बितरण गरेको छ।

    १३ बैशाखदेखि १६ बैशाखसम्म जंगलमा लागेको आगो बस्तिमा फैलिएर त्रिवेणी गाउँपालिका २ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिबेणि ६ र ३ नं. वडा साथै रुन्टिगढी गाउँपालिका ९ गुनाम गरि ३७ घर र ११ गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए।

    त्रिवेणी २ भाङ्गोबारिमा ३७ घरधुरीका सबै १ सय ७० जना परिवारलाई करिब सवा २ लाख बराबरको कपडा बितरण गरिएको संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिए।

    पीडितहरुको स्थलगत अनुगमन गरेर उनीहरुको माग बमोजिम कपडा बितरण गरिएको र १ सय जना स्वयंसेवक परिचालन गरि २ दिन सम्म पिडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय समेत गरेको संयोजक बिकले बताए।

    राहत बितरण कार्यमा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार वली, एमालेका जिल्ला अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले रोल्पाका सचिव निमप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु मीन बहादुर महरा, केशब बुढा लगायतको सहभागिता रहेको थियो।