Tag: रेमिट्यान्स

  • दसैँमा ओइरिन्छ अर्बौं रेमिट्यान्स, सकिन्छ उपभोगमै

    दसैँमा ओइरिन्छ अर्बौं रेमिट्यान्स, सकिन्छ उपभोगमै

    काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण नेपालको अर्थतन्त्रको मुख्य विशेषता बन्दै आएको छ । नेपालका अधिकांश नेपालीको आम्दानी तथा जीवनस्तर उकास्ने मुख्य स्रोत नै विप्रेषण बन्दै आएको तथ्याङ्कमार्फत देख्न सकिन्छ ।

    सर्वसाधरणको मात्रै नभइ राष्ट्रियस्तरमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रुपमा यसलाई लिने गरेको छ । नेपालको बढ्दो परनिर्भरता धान्नका लागि विप्रेषण एक महत्वपूर्ण स्रोत मानिएको छ । यसैगरी विप्रेषण मार्फत आउने रकमले बैंक तथा वित्तीय संस्थाको तरलता बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।

    सरकारले विप्रेषणमार्फत माग हुँदा आयात हुने वस्तुमार्फत राजस्व प्राप्त गर्ने गरेको छ । अर्थात विप्रेषण नेपाली र नेपाल राष्ट्रको आम्दानीको मुख्य धमनी हो भन्न सकिन्छ ।

    यसैगरी चाडपर्वको समयमा समेत नेपालीको गर्जो टार्ने मुख्य स्रोत रेमिट्यान्स नै हो । नेपालमा रोजगारी नपाएर विदेशिनुको पीडा छुट्टै भए पनि आफ्ना परिवारजनका लागि दसैँको समयमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स  पठाउने गरेका छन् । कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, बराईन, साउदी अरवियालगायतका खाडी, मध्यपूर्वी एसियली मुलुक तथा जपान, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकहरु नेपालमा रेमिट्यान्स प्राप्त गर्ने प्रमुख राष्ट्रहरु हुन् । यसैगरी भारत पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुक सूचीहरुको अग्रस्थानमा नै रहने गरेको छ ।

    दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ ।

    कामको खोजीमा गएकाहरू भारतबाट रेमिट्यान्स लिएर दसैँमा फर्किने गरेका छन् । तराईका जिल्ला तथा पश्चिम नेपालमा भारतबाट आम्दानी गर्ने नेपालीहरुको संख्या उच्च रहेको बताइन्छ । यसरी विभिन्न मुलुकमा रहेका नेपालीहरूले विप्रेषण पठाएपछिमात्रै अधिकांशलाई दसैँ आउने गरेको छ ।

    दसैँको समयमा भित्रिन्छ सबैभन्दा बढी विप्रेषण

    गत वर्षको दसैँमामात्रै नेपालमा ७८ अर्ब ५० करोड विप्रेषण भित्रिएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब २७ करोड रूपैयाँ भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षमा ८० देखि ९० अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने अनुमान छ ।

    यसैगरी नेपालमा असोज-कार्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । यो बेला दसैँ, तिहार तथा छडलगायतका चाडपर्वहरू पर्ने भएकाले विप्रेषणमार्फत बढी रकम आउने गरेको छ ।

    राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष असोज र कात्तिकमा १ खर्ब ५१ अर्ब विप्रेषण भित्रिएको थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रेमिट्यान्स यही अवधिमा भित्रिएको छ ।

    अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।

    चालु आर्थिक वर्षको पहिलो महिना साउन ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आइसकेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड भित्रिएको देखिन्छ ।

    आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ८ खर्ब ७९ अर्ब भित्रिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ रूपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यसैगरी कोभिड १९ महामारीका बाबजुद पनि गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।

    यसैगरी विदेशमा हुने नेपालीले बन्दाबन्दीका समयमा आफन्तहरूलाई बढी पैसा पठाएकाले विप्रेषण बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कोरोनाले गन्तव्य मुलुकहरुमा विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या घट्न थालेपछि विप्रेषण घट्ने हो कि भन्ने चिन्ता नीति निर्माताहरूलाई पर्न थालेको छ ।

    सबै उपभोगमा नै खर्च

    दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ । गत वर्ष नेपालको १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब बराबरको आयात भएको थियो । निर्यात करिब १ खर्बको हाराहारीमामात्रै गरेकाले आयात धान्न विप्रेषणका अलावा सार्वजनिक ऋणको समेत उपयोग भइरहेको छ ।

    पछिल्ला दसैँमा औसतरूपमा विप्रेषण ७५ अर्ब भित्रिए पनि आयात भने १ खर्बभन्दा बढी हुने गरेको छ । यसबाट दसैँमा आउने रेमिट्यान्स वस्तु खरिदमार्फत बाहिरिने गरेको सोझै अनुमान गर्न सकिन्छ ।

    उपभोग कटौती गरेर लगानी गर्न आग्रह

    दसैंमा भड्किलो हिसाबले खर्च नगर्न विज्ञहरूको सुझाव छ । चाडबाडमा अनावश्यक खर्च कटौती गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाए आम्दानी थपिने उनीहरू बताउँछन् ।

    अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्समार्फत प्राप्त हुने बचतमा १ प्रतिशत बढी ब्याजदर दिइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषणबाट प्राप्त हुने निक्षेपलाई राष्ट्र निर्माणमा लगाउने उद्देश्यले उक्त नीति ल्याएको हो ।

    यसैगरी अनावश्यक खर्च गर्नुको सट्टा रकम जम्मा गरेर सुनचाँदीलगायतमा लगानी गर्न सकिने बताइन्छ । दीगो लगानीको भरपर्दो माध्यम मानिने सुनचाँदी बजारमा हुने मूल्यवृद्धि समायोजन गर्ने सर्वप्रिय द्रब्य हो ।

  • ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

    ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा विप्रेषण (रेमिट्यान्स) ८.६ प्रतिशतले बढेको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले शुक्रबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सो कुरा उल्लेख छ ।

    आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा विप्रेषण आप्रवाह ५ खर्ब ९१ अर्ब १९ करोड रहेकोमा चालु अर्थिक वर्षमा ८.६ प्रतिशतले बढ्दै ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

    नेपालको कुल गार्हस्थय उत्पादनमा आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्ममा विप्रेषणको योगदान २२.४ प्रतिशत रहेको थियो ।

  • ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

    ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

    काठमाडौं । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बिप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको जनाएको छ ।

    अमेरिकी डलरमा १३ प्रतिशतले बढेको यस्तो बिप्रेषण चालू आर्थिक वर्षको नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । रेमिट्यान्स गत वर्षको तुलनामा बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ६६.७ प्रतिशतले घटेको छ । त्यस्तै समिक्षा अवधिमा पुन श्रम स्वकृति लिनेको संख्या पनि ५५.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    चालू आर्थिक वर्षको नौ महिनामा कुल आयात १३.१ प्रतिशत बढ्दै ११ खर्ब ११ अर्ब ४० करोड र निर्यात २०.२ प्रतिशतले बढेर ९७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

    पछिल्लो नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ ।
    वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम।एस। बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

    समीक्षा अवधिमा चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।

    गत वर्षको अन्त्यसम्ममा १४ खर्ब ०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चालू आर्थिक वर्षको चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २२.५ प्रतिशतले र निक्षेप संकलन १३.७ प्रतिशतले बढेको छ ।
    तरलता व्यवस्थापन तर्फ समिक्षा अवधिमा रिपोर्टमार्फत् १ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    ध्यू तथा तेलको मुल्य २१.३८ प्रतिशतले बढ्यो

    समिक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३.१० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो । गत बर्षको तुलनामा घ्यू तथा तेलको मूल्यबृद्धि सबैभन्दा धेरै २१.३८ प्रतिशतले बढेको छ । त्यस्तै मासु तथा माछा १२.६१ प्रतिशत, सुर्तिजन्य पदार्थ १०.४१ प्रतिशत र गैर-मदिराजन्य १०.१८ प्रतिशतले मूल्य बढेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा भनिएको छ ।

    समीक्षा अवधिमा काठमाडौं उपत्यका सहित पहाडी जिल्लाहरुमा सबैभन्दा धेरै बस्तुको महँगी बढेको भने हिमाली जिल्लाहरुमा मूल्यबृद्धिको प्रभाव कम रहेको देखिन्छ । हाडमा ३.३८ प्रतिशत ,काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति भएको केन्द्रीय बैंकले जनाएको छ ।

  • अष्ट्रेलियाबाट मोबाइलबाटै नेपाल पैसा पठाउन सकिने

    अष्ट्रेलियाबाट मोबाइलबाटै नेपाल पैसा पठाउन सकिने

    काठमाडौं । ईसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीले अब सोझै रकम पठाउन सक्ने छन् ।

    त्यहाँबाट कम्युटर र मोबाइको सहायताले नै कम लागतमा आफ्नो बैंक अकाउण्ट वा ईसेवा वालेटमार्फत रियल टाइममा रेमिट्यान्स् पठाउन सकिने कम्पनीले जनाएको छ ।

    पेरू रेमिटमार्फत पठाएको रकम ईसेवा मनि ट्रान्सफरको देशभरका ८ हजारभन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिने छ ।

  • ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब १६ अर्ब  नेपाल भित्रियो

    ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब १६ अर्ब नेपाल भित्रियो

    काठमाडौं । विभिन्न देशबाट आउने रेमिट्यान्स गत पाँच महिनामा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार नेपालमा गत साउनदेखि मंसिरसम्मको तथ्याङक अनुसार ४ खर्ब १६ अर्व ८१ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

    यो पाँच महिनामा रेमिट्यान्स बढेपनि कोभिड –१९ का कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्याक्तिगत – नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने घटेको छ ।

    विदेश जाने नेपालीको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको हो । गत वर्ष सोही अवधिमा यस्तो संख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्फर ८ दशमलव ५ प्रतिशतले वृद्धि भइ  ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको छ ।