Tag: रेड पाण्डा

  • रेड पाण्डाको छालासहित चाबहिलबाट ५ जना पक्राउ

    रेड पाण्डाको छालासहित चाबहिलबाट ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको चाबहिलबाट रेड पाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।

    पकाउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका -३ का काठमाडौंको चाबहिल बस्ने २६ वर्षीय युवक लामा, नुवाकोटको पन्चकन्या गाउँपालिका -४ का चावहिल बस्ने २१ वर्षीय रुपेश अधिकारी, संखुवासभाको सिलिचुङ गाउँपालिका -६का २२ वर्षका अरुण राई, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २का जोरपाटी बस्ने २० वर्षीय सुभाष गिरी, र रसुवाको गोसाईकुण्ड गाउँपालिका ६ का गोर्कण बस्ने २० वर्षीय दावा घले रहेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई आइतबार चावहिलस्थित सत्कार क्याफेबाट प्रतिबन्धित दुर्लभ रेड पान्डाको छाला बिक्री गर्न ल्याइएको अवस्थामा पक्राउ गरेको हो ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि आजै जिल्ला बन कार्यालय काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

     

     

     

  • कैलालीमा रेड पाण्डाको छालासहित दुई जना पक्राउ

    कैलालीमा रेड पाण्डाको छालासहित दुई जना पक्राउ

    कैलाली । कैलालीमा दुर्लभ जनावर रेड पाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्।

    जिल्लाको धनगढी उपमहागरपालिका- ४ स्थित बोराडाडीमा रहेको पण्डित वर्कशपबाट भारतको लखिमपुर मोतीहारी केशरिया घर भएका मोटर वर्कशपका सञ्चालक ४१ वर्षीय गगनदेव पण्डित र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ३ बस्ने ३८ वर्षीय मुकेश भट्ट पक्राउ परेका हुन्।

    संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

  • रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

    रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

    बाँके । कोहलपुर नगरपालिका -१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका १० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका ११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका ४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।

    उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरुको साथबाट झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

    पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड

    इलाम । सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।

    माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले ‘रेडपाण्डा नेटवर्क’को सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।

    खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । ‘हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौं’, प्रवक्ता खनालले भने, ‘स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौं ।’ हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।

    उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।

    हाब्रे व्यवस्थित गर्न वृक्षरोपण

    यस्तै, सन्दकपुर गाउँपालिकाकै हाब्रे व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउँछन् । ‘नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क छ’, उनी भन्छन्, ‘त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जंगल विनाश भएर गएको छ ।’

    नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उनको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजंगल विनाश भएसँगै निजी बसोबास क्षेत्रमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।

    संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रको आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएको छ ।

    रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।-रासस