Tag: रेडपाण्डा

  • रेडपाण्डाको छाला र गाँजासहित बाँकेमा छजना पक्राउ

    रेडपाण्डाको छाला र गाँजासहित बाँकेमा छजना पक्राउ

    बाँके । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए  ।

    प्रहरीले उनिहरुकाे साथबाट प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा  दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ ।

    पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको  पाँच लाखदेखि  १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए ।

    यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको  प्रहरीले जनाएकाे छ ।

    पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र वडा नं ७ का राजबहादुर कार्की रहेका छन् ।

     

  • रेडपाण्डाको अवैध कारोबार गर्ने ३ जना पक्राउ

    रेडपाण्डाको अवैध कारोबार गर्ने ३ जना पक्राउ

    रुपन्देही । कपिलवस्तु प्रहरीले रेडपाण्डाको अवैध कारोवार गर्ने ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुरस्थित बराल होटलबाट रेडपाण्डाको छाला, पुच्छर सहित ३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

    पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका- शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट २ वटा रेडपाण्डाको छाला र रेडपाण्डाको पुच्छर बरामद गरिएको भण्डारीले बताए ।

    पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट २ वटा रेडपाण्डाको छाला र रेडपाण्डाको पुच्छर बरामद गरिएको भण्डारीले बताए ।

  • रेडपाण्डाको छाला र भालुको पित्तसहित बाँकेमा ३ जना पक्राउ

    रेडपाण्डाको छाला र भालुको पित्तसहित बाँकेमा ३ जना पक्राउ

    बर्दिया । बाँकेमा एक गेष्ट हाउसबाट संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ परेका छन् ।

    बाँके प्रहरीले दाङ घोराही उपमहानगरपालिका -४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन, र २९ वर्षीया रोविन बुढालाई पक्राउ गरेको हो ।

    शनिबार साँझ नेपालगंज उपमहानगरपालिका -१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट संरक्षित वन्यजन्तुका अंगसहित उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

    प्रहरीले होटलको भुइँतलामा रहेको कोठामा राखेकाे  कालो झोलाभित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानीमुनि प्लाष्टिकभित्र भालुको पित्त ४ वटासमेत बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई बताए ।

    उक्त गेष्ट हाउसभित्रसंरक्षित वन्यजन्तुका अंग कारोबार भइरहेको सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।