Tag: रुरु जलविद्युत

  • रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

    रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

    काठमाडाैं । रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । रुरुले गत चैत २० देखि २४ गतेसम्म खुलाएको आईपीओको बाँडफाँट भोली हुने भएको हो ।

    विक्री प्रवन्धकका रुपमा रहेको एनएमबी क्यापिटलले भोली आफ्नै प्राङ्गडमा आईपीओ बाँडफाँट गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको थियो ।

    कुल वित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम २० रुपैयाँमा थप गरी प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रि प्रदान गरेको थियो ।

    आईपीओ जारी गरेसँगै कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुगेको छ । आईपीओमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा ६१ गुणाले बढी हो ।

  • आयोजना प्रभावितका लागि रुरु जलविद्युतले आईपीओ निष्काशन गर्दै

    आयोजना प्रभावितका लागि रुरु जलविद्युतले आईपीओ निष्काशन गर्दै

    काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले गुल्मी जिल्लाका प्रभावित बासिन्दाका लागि आईपीओ सार्वजानिक गर्न लागेको हो । कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन २१ गतेसम्म रहेको छ भने ढिलोमा चैत्र ८ गतेसम्म रहेको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले एक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ।