Tag: रुपन्देही

  • रुपन्देही: एमालेका नेतैनेताको घर, तर मतदातालाई किन लागेन भर ?

    रुपन्देही: एमालेका नेतैनेताको घर, तर मतदातालाई किन लागेन भर ?

    रुपन्देही । अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका रुपन्देहीका कुनै पनि नगरपालिका तथा गाउँपालिकाको नेतृत्व एमालेले कायम राख्न सकेन । एमालेले बलियो आधार क्षेत्र दाबी गर्दै आएका बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका तथा कन्चन, सियारी, शुद्धोधन गाउँपालिकामा नेतृत्व गुमाएपछि अहिले पार्टी नेतृत्वभित्रै घात–अन्तरघातको आरोप–प्रत्यारोप सुरु भएको छ ।

    स्थानीय नेता कार्यकर्ताहरु रुपन्देहीमा एमाले पराजित हुनु सत्तारुढ पाँच दलको गठबन्धन मात्रै कारण नभएर पार्टीभित्रकै समस्या भएको तर्क गरिरहेका छन् । जिल्लामा पार्टीका नेताहरु धेरै हुनु, टिकट वितरण प्रणाली पारदर्शी र समयमा गर्न नसक्नु, संगठनलाई भुत्ते बनाउनु, पार्टी नेतृत्वमा भएका कामलाई जनस्तरमा पुर्याउन नसक्नु, नेताहरुभित्रै एक पक्षले अर्को पक्षका उम्मेदारलाई सहयोग गर्न नखोज्नु, नेकपा एसले काट्ने मतलाई हचुवाको भरमा लिनु, नेताहरुले घरमै बसेर जित्ने तथ्यांक निकाल्नु, रुपन्देहीबाट प्रदेश राजधानी सार्ने विषयमा यहाँको नेतृत्व मौन रहनु एमाले पराजित हुनुका मूल कारण भएको तथ्यसहितका विवरण विश्लेषक तथा एमालेका नेताहरुले सार्वजनिक गरेका छन् ।

    रुपन्देही नेकपा एमालेका नेतैनेताहरुको घर हो । जिल्लाको उत्तरी क्षेत्रका पालिकामा लामो समयदेखि आधार इलाका बनाएको एमालेले केही समययता दक्षिणी क्षेत्रका पालिकामा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो । तर वैशाख ३० मा भएको स्थानीय तहको परिणामले एमालेको दाबीलाई कमजोर बनाएको मात्र छैन, एमालेका शीर्ष नेताहरुकै राजनीतिक भविश्यमा प्रश्न उठाएको छ ।

    यहाँबाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल बिश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्युरो सदस्यहरु खिमलाल भट्टराई, राधा ज्ञवाली, लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य शिवराज सुवेदी, कमल गौतम, गोमा आचार्य, सावित्रा अर्याल, भूमिश्वर ढकाल, प्रदेश उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठसहित विभिन्न विभागमा गरेर दर्जनौं नेताहरु केन्द्रमा पुगेका छन् ।

    एमाले विभाजन भएर बनेको नेकपा एसमासमेत यहाँबाट कम नेता तथा जनप्रतिनिधि गएको अवस्थामा अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा निकै कमजोर अवस्थामा पार्टीको उपस्थिति पुगेको छ ।

    २०५४ सालयता बुटवलमा बलियो बन्दै आएको एमाले एकाएक कमजोर अवस्थामा पुगेको छ । २०५४ यताका सबै चुनावमा एमाले भारी मत अन्तरले जित्दै आएको थियो । २०७० सालको संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एमालेका विष्णु पौडेलले निकै फराकिलो मतान्तरले पराजित गरेपछि बुटवल एमालेको विरासतजस्तै बनेको थियो ।

    २०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसलाई थला पारेको एमालेलाई गठबन्धनको साथमा नेपाली कांग्रेसले २०४९ सालको अवस्थामा पार्टीलाई पुर्याएको छ ।

    एमालेविरुद्ध सत्तारुढ दलहरुको गठबन्धन भएको अवस्थामा पनि बलियो सांगठनिक आधार भएका पालिकामा आन्तरिक मतभेतकै कारण अधिकांश पालिका एमालेले गुमाएको पार्टी निकट नेताहरुको विश्लेषण छ ।

    कांग्रेसनिकट बुद्धिजीवीको धारणामा रुपन्देहीका एमालेकै कमजोरीका कारण पराजित भएको निष्कर्ष छ । एमालेकै नेता कार्यकर्ताले बुटवलमा पार्टी इतिहासकै कमजोर अवस्थामा देखिएको भन्दै निर्मम समीक्षा आवश्यक भएको बताउँदै आएका छन् ।

    एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षेत्र नं २ का संयोजक बाबुराम पन्थीले पार्टीले रुपन्देहीमा चुनाव हार्नुको मूल कारण जिल्ला पदाधिकारीको भूमिका, टिकट वितरण मै बसेका नेताहरु आफूले टिक नपाएपछि आधिकारिक उम्मेदार हराउन योजना बनाउनु भएको बताउँदै मातहतका कमिटी र कार्यकर्तालाइ अन्तरघार गरे भन्न नसुहाउने बताएका छन् ।

    एमाले जिल्ला सदस्य तथा युवा समितिका संयोजक देवराज पोखरेलले पार्टी संगठनमा व्यक्तिवाद बढ्नु, पार्टी संस्थागत ढंगले परिचालन नहुनु, उम्मेदार छनौटमा ध्यान नदिइनु, पार्टीको राष्ट्रिय मुद्दामा डिफेन्सिभ हुन नसक्नु एमाले पराजयको मूल कारण भएको बताएका छन् ।

    उनले प्रथम सहिद लखन थापा होइनन् भन्ने पार्टी अध्यक्षको अभिव्यक्तिका कारण जनजातिको मत काटिएको, प्रदेश राजधानीको मुद्दामा वास्तविक कुरा भन्न नसकेको, सुकुम्बासी समस्याका बिषयमा तत्कलीन सरकार गम्भीर नभएको र विपक्षीका रणनीतिविरुद्ध योजनाबद्ध तरिकाले परिचालन हुन नसक्नु र नेता धेरै भएकै कारण परिचालनमा समस्या आउनु रुपन्देहीमा एमाले पराजित हुनुका कारण रहेको बताएका छन् ।

    बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले रुपन्देहीलाई प्रदेश राजधानी कायम गर्न नसक्नु, २०७४ मा निर्वाचित एमाले नेतृत्वले गरेका वाचा अधिकांश पूरा गर्न नसक्नु, अनावश्यक कर बढाउनु, विपक्षी दल र संघसंस्थालाई नसमेट्नु, सुशासन र पारदर्शिता कायम गर्न नसक्नुले एमालेको विपक्षमा जनमत आएको बताएका छन् ।

    बुटवलका स्थानीय निराजन गौतम लाकौलको विचारमा पार्टी कमिटी र स्थानीय सरकारबीचको अन्तरविरोध नै एमाले पराजयको मूल कारण भएको तर्क गर्छन् । ‘सेवा गर्न पठाएका व्यक्ति शासक भए, स्थानीय सरकार र स्थानीयबीच दूरी बढ्यो, नीतिअनुसार काम भएन, त्यही नै कारण हो । यसैबाट समीक्षा खोज्नुपर्दछ’, उनले भने ।

    एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डी.आर.घिमिरेले पार्टीभित्रैबाट अन्तरघातबाट यस्तो परिणाम आएको बताउँछन् । ‘आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने आत्मकेन्द्रित प्रवृत्तिको प्रभावमा परेर भोट खसालेको देखियो’, घिमिरेले भने ।

    ‘असन्तुष्टिको व्यवस्थापन गर्न नसक्नु, उम्मेदवारका आकांक्षी धेरै हुनु र एकले अर्कोलाई स्वीकार्न नसक्नु, पार्टी नेतृत्वका वीचमा एकमत नहुनु, अर्थात् निर्णयलाई सवैले आत्मसात नगर्नु, विगत कार्यकालको असन्तुष्टि प्रकट हुनु, प्रदेश राजधानी प्रकरणमा कार्यकर्तालाई एक ठाउँ राखेर सहमत गराउने प्रयास नहुनु नै रुपन्देहीमा एमाले पराजयका मूल कारण हुन्’, घिमिरेले भने ।

    विश्लेषक हरि ज्ञवालीले संगठन बलियो भएपनि पार्टीभित्रै घात अन्तरघातका कारण एमाले पराजित भएको बताउँछन् । ‘एमालेका उम्मेदवारहरु गठबन्धनको चौतर्फी घेराबन्दीमा पर्नु, उम्मेदवारका आकांक्षी धेरै भएकाले असन्तुष्ट पक्षलाई समेट्न नसक्नु, एमालेको उम्मेदवार भएपछि जितिहालिन्छ भन्ने भ्रममा पर्नु, पार्टीको भूगोलमा काम नगरेका उम्मेदवार बनाइनु, प्रदेश अस्थायी राजधानी सानु उम्मेदवारका आकाक्षी नेतामुखी हुनु पराजयका कारण हुन्’, ज्ञवालीले भने ।

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी कल्पना नै नगरेको परिणाम देखिएको बताउँछन् । एमालेका उम्मेदवारमा टिकट मात्र पाए जितिन्छ भन्ने ‘ओभर कन्फिडेन्ट’ले पनि परिणाम सोचेजस्तो नआएको उनी बताउँछन् । ‘दक्षिणी क्षेत्रमा यति राम्रो एमालेको जनमत आउँदा पहिले जितेका स्थान गुमाउनुपरेको छ, एमाले हराउन ठूलो शक्ति लागेको थियो, त्यसमा पार्टीभित्रका व्यक्ति पनि सहयोगी बनेका आशंका धेरैले उठाउनुभएको छ, निर्मम समीक्षा गरेर अगाडि बढ्छौं’, केसीले भने ।

    एमाले केन्द्रीय सदस्य कमल गौतमले एमालेभित्रकै आन्तरिक समस्याले अहिलेको नतिजा आएको बताए । ‘एमाले लुम्बिनीका उपाध्यक्ष तथा बुटवलका पूर्वमेयर भोजप्रसाद श्रेष्ठ भने रुपन्देहीमा एमालेको पक्षमा अप्रत्यासित परिणाम आउनुमा प्रदेशको स्थायी राजधानी बुटवल कायम गराउन नसक्नु मुख्य कारण भएको बताउँछन् ।

  • ६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

    ६ महिला उपमेयर, जसले रुपन्देहीमा एमालेको साख जोगाए

    रुपन्देही । एमालेको प्रभाव क्षेत्र मानिने रुपन्देहीमा यसपटकको स्थानीय तह निर्वाचन परिणाम भने सुखद हुन सकेन । अधिकांश पालिकाको प्रमुखमा एमालेका उम्मेदवार पराजित भए । तर, एक उपमहानगरसहित ६ नगरपालिकाको उपमेयर जितेर महिला नेतृत्वले एमालेको साख जोगाइदिएका छन् ।

    एमालेका मेयर उम्मेदवार पराजित भएका ठाउँमा समेत फराकिलो मतान्तरसहित उपमेयरमा एमालेकै महिला नेतृ आएका छन् । अहिलेसम्म कुनै पनि वडा जित्न नसकेको दक्षिणी क्षेत्रमा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकामा समेत योपटक एमाले नेतृले उपमेयर जितेका छन् ।

    हालसम्म मतगणना भएर नतिजा घोषणा भएका देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिकामा एमालेका महिला उम्मेदादरले उपमेयर जितिसकेका छन् भने मतगणना जारी रहेका बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा पनि एमालेका उपमेयरले जित्ने निश्चितजस्तै छ । बुटवलमा निकै फराकिलो मतान्तरले एमालेबाट उम्मेदवर बनेकी सावित्रा अर्याल र तिलोत्तमामा जागेश्वरीदेवी चौधरीले पनि उस्तै मतान्तर बनाएर आफ्नो जित निश्चित बनाएका छन् ।

    बुटवलमा एमालेका उपप्रमुखका उम्मेदवार सावित्रा अर्याल अगाडि छन् । गठबन्धन दलका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डे तेस्रो स्थानमा छन् ।

    बुटवलमा नेकपा एमालेबाट मेयरका उम्मेदवर बाबुराम भट्टराई फराकिलो मतान्तरमा पराजित हुँदा र यसअघि जितेका अधिकांश वडाहरुको नेतृत्व गुमाउँदासमेत अर्यालले फराकिलो मतान्तरले उपमेयरमा आफ्नो जित दर्ता गराउने निश्चित देखिएको छ ।

    यस्तै तिलोत्तमा नगरपालिकामा पनि जागेश्वरीदेवी चौधरी फराकिलो मतान्तरले अगाडि बढेकी छन् । यसअघि पनि उपमेयर बनेर राम्रो काम गरेको छवि बनाएकी उनले ०७४ सालमा एमालेले जितेका वडाहरुमा नेतृत्व गुमाउँदा गठबन्धनका उम्मेदवार हेमलाल पाण्डेलाई धेरै मतले पछाडि पारेकी छन् ।

    देवदह नगरपालिकाको उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरसहित विजयी बनिन् । अघिल्लो निर्वाचनमा पनि उपमेयर बनेर अनुभव संगालेकी उनी अहिले दोहोरिएर फराकिलो मतान्तरले विजय बनेकी हुन् । यहाँबाट एमालेबाट निर्वाचित मेयर धु्रव खरेलको भन्दा धेरै मतान्तरले उनले जित निकालेकी हुन् ।

    सैनामैना नगरपालिकामा एमालेले मेयर गुमाउँदा पनि उपमेयर जितेको छ । यसअघि पनि उपमेयर बनेर अनुभव संगालेकी बिना रानाले उपमेयरमा जितेर आफ्नो बर्चश्व देखाएकी छन् ।

    त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले मेयर गुमाएको छ तर उपमेयर जितेको छ । उपमेयरमा एमालेकी उमा अधिकारीले जित निकालेर पार्टीको उपस्थिति नगरपालिकामा बनाएकी छन् । यसअघि मेयर उपमेयरसहित बहुमतमा रहेको एमालेले अहिले उपमेयरसहित केही वडामा खुम्चेको छ ।

    अहिलेसम्म कुनै वडामा जित निकाल्न नसकेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एमालेका उम्मेदार कल्पना हरिजनले उपमेयरमा जितेकी छन् ।

    मेयर र उपमेयर दुवै महिला उठाएको एमालेले यहाँबाट मेयर जित्न नसके पनि उपमेयर र ४ वडाध्यक्षमा जितेको हो । रुपन्देहीको दक्षिणी क्षेत्रमा पर्ने यो नगरपालिकामा अहिलेसम्म एमालेले कुनै वडामा जित्न सकेको थिएन ।

     

  • एमालेविरुद्ध रुपन्देहीमा पाँच दलको तालमेल तयारी, यस्तो छ एमाले हराउने रणनीति

    एमालेविरुद्ध रुपन्देहीमा पाँच दलको तालमेल तयारी, यस्तो छ एमाले हराउने रणनीति

    रुपन्देही । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेविरुद्ध सत्ता गठबन्धनमा आवद्ध पाँच दलले रुपन्देहीमा चुुनावी तालमेल गर्ने निचोडमा पुगेका छन् ।

    नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै त्यसका लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजुु गुुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।

    उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनकामा जिल्लाको वस्तुुस्थिति बुुझी केन्द्रलाई सुुझाव पठाउने छ । भने जिल्लामा आवश्यक रणनीति तय गर्नेछ जिम्मेवारी पाएको छ । संयन्त्रले आआफ्नो पार्टीको स्थानीय तहमा बस्तुुस्थिति बुुझेर आफ्नो नेतृत्वको दाबीका विषयमा चैत २२ गते थप छलफल गर्ने जनाइएको छ ।

    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, शुुसिल गुरुङ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जनता समाजबादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजबादीका ईन्चार्ज सिद्धीचरण भट्टराई, माओबादी केन्द्रका सोनीया यादव, माओबादीकै केन्द्रीय सदस्य महसुद अलीलगायतले धारणा राखेका थिए ।

  • रुपन्देहीमा आठ महिनामा ९ सय ९२ क्षयरोगी, २८ जनाको मृत्यु

    रुपन्देहीमा आठ महिनामा ९ सय ९२ क्षयरोगी, २८ जनाको मृत्यु

    भैरहवा । रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा पाइएको छ । खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेको कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको हो ।

    अन्य जिल्लाभन्दा जिल्लामा विरामीको संख्या पनि बढी रहको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या समेत नघटेको कार्यालयकाे तथ्याङ्कमा उल्लेख रहेकाे छ ।

    चालु आर्थिक वर्षको ८ महिनामा रुपन्देहीमा मात्रै ९ सय ९२ जना नयाँ क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन मसान्तसम्म फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका छन् । गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएको कार्यलयले जनाएको छ ।

    बुटवल उपमहानगरमा २ सय ३४ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३७ जना, सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग स्रोत व्यक्ति हुमप्रसाद खनालले बताए ।

    त्यस्तै ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेको कार्यालयमा तथ्याङ्क रहेको उनको भनाइ छ ।

    रुपन्देहीमा गत वर्ष क्षयरोगबाट २१ जनाको ज्यान गएको थियो भने चालु वर्षको समयावधिमा मात्रै २८ जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ । उपचार गराउने तर बीचमै छाड्ने, भारतीय नेपालमा आएर उपचार गराउने, नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए । ६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने भएपनि  क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको  उनकाे भनाइ छ । नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ ।

    सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखे पनि खुला सीमाका कारण भारतसित जोडिएर रहेका तराईका जिल्लामा चुनौती देखिएको छ । क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन् ।

     

  • रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देहीको एमाले रुझान्- गृहजिल्लामै किन कमजोर बने घनश्याम भुसाल ?

    रुपन्देही । एमालेको नवौं महाधिवेशनमा रुपन्देहीका कार्यकर्ताको नारा थियो- विकासको नेता विष्णु पौडेल, विचारको नेता घनश्याम भुसाल । दुवै नेता फरक टिमबाट उपमहासचिव उम्मेदवार थिए तर विचारका अर्का नेता शंकर पोखरेल पराजित भए र विष्णु–घनश्याम उपमहासचिव भए ।

    यसबीचमा पौडेल नेकपाको महासचिव हुँदै एमालेको उपाध्यक्ष बन्दा घनश्याम भने स्थायी कमिटी सदस्य छन् । वाककला, मार्क्सवाद र अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुची राख्ने नेताको पहिचान बनाएका एमाले नेता घनश्याम भुसाल केन्द्रमा मात्र होइन आफेन्र गृहजिल्लामा समेत थप कमजोर बनेका छन् ।

    पार्टीको उपमहासचिवमा निर्वाचन जितिसकेका, पार्टी अध्यक्षको प्रस्ताव विपरीत उपाध्यक्षमा निर्वाचन लडेर पनि राम्रो मत ल्याएका स्थायी कमिटी सदस्य भुसाल गृहजिल्लामा कमजोर बने वा बनाइयो भन्ने विषयमा अहिले रुपन्देहीमा बहसको विषय बनेको छ ।

    एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दावी गरेपनि सांगठनिक रुपमा उनले आफ्नो समुह बलियो बनाउन नसकेकै कारण धेरैले साथ छाडेका छन् र भएकाहरु पनि कतै समेटिन सकेका छैनन् ।

    उनको पक्षमा लागेका नेताहरु निर्वाचन भएपनि जितेर आउन नसक्ने अवस्थामा रहेको र सहमतिमा आउँदा पनि नसमेटिएको अवस्था प्रष्ट देखिन्छ । पार्टीको पालिका अधिवेशनका क्रममा भुसालको निर्वाचन क्षेत्रमा पर्ने सिद्धार्थनगर नगरपालिकामा उनी निकटका उम्मेदार सबै पराजित भएकाले पनि यो अवस्था आएको प्रष्ट देखिन्छ ।

    रुपन्देहीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायतकाले आफ्ना नजिकका व्यक्तिहरुलाई अगाडि लैजानसकेपनि भुसाल निकटका नेताहरु अघि बढ्न सकेनन् । बिगतमा उनलाई काँध थापेका धेरै नेताहरुले उनको साथ छाडेका छन् भने अहिले पनि उनलाई काँध थाप्ने नेताहरु पार्टी संगठनमा आउन सकेनन् । कतिपय उनका खास निकटहरुले पार्टी नै छाडेर नेकपा एस रोजिसकेका छन् ।

    अघिल्लो जिल्ला कमिटीमा करिब ४० प्रतिशतको हाराहारीमा भुसाल निकटका नेताहरु थिए । रुपन्देहीमा अहिले १५१ सदस्यीय कमिटी बन्दा एक पदाधिकारी र एकजना सदस्य मात्र उनी निकटका समेटिएका छन् । उनले आफूलाई साथ दिनेहरुको संरक्षण गर्न नसकेकाले राजनीतिक सुरक्षा खोज्दै कार्यकर्ताले विष्णु पौडेललाई अभिभावक मानेका छन् ।

    भुसालको पक्षमा लामो समय रहेर पनि कतै सुरक्षित नबन्ने देखिएपछि साथ दिन नसकेको नेताहरुको भनाइ छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भुसालकै एक्लो जोडबलमा तिलोत्तमा नगरपालिकाको मेयरको टिकट पाएर जितेका बासुदेव घिमिरे केही समयअघि नेता विष्णु पौडेलको पक्षमा लागे ।

    यतिसम्म कि उनको गृहनगर तिलोत्तमाको पालिका अधिवेशनमा उनलाई अतिथिको रुपमा आउने वातावरणसमेत बनेन । उनको स्वकीय सचिव बनेका युवराज न्यौपाने, एमाले प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेश सांसद तुल्सी चौधरी, जिल्ला सदस्य युवराज घिमिरेलगायतका धेरै नेताले उनको साथ छोडिसकेका छन् ।

    निर्वाचनका बेला उनलाई काँध थापेका युवा नेता देवराज पोखरेलले त पार्टीको कुनै जिम्मेवारीमै नरहने गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरिता श्रीस,राजु गुरुङ लगायतका उनका खास सहयोगीले एमाले नै छाडिसकेका छन् । उनी कमजोर हुनुमा आफ्ना मान्छेलाई एमालेमा राख्न नसक्नु पनि हो ।

    अहिलेको जिल्ला अधिवेशनमा भुसाल निकट मानिने जागेश्वरी चौधरी उपाध्यक्षमा आएकी छन् । उनलाई काँध थाप्ने नेताहरुमध्ये अध्यक्षमा पुरुषोतम घिमिरे, सचिवमा खेम लुइँटेल, सदस्यमा लक्ष्मी केसी लगायतले निर्वाचनका लागि उम्मेदारी दर्ता गरेपनि अन्तिम समयमा फिर्ता लिएका थिए ।

    अध्यक्षका उम्मेदार घिमिरेले पत्रकारसँग भनेका थिए–निर्वाचनमा गएपनि हामीलाई हराउने गरी प्रतिनिधि आएका छन्, निर्वाचन मण्डलले घोषणा गरेपछि प्रतिनिधिको मानसिकतै फेरिएको छ । आफ्नो दावी र असमतिका लागि उम्मेदारी दिइएको हो, म चुनावमा जाने पक्षमा त छैन अघिल्लो पटक के भनेर मलाई उपाध्यक्षमा राखिएको हो त्यसको जवाफ खोजेको हो, एकपक्षीय रुपमा नेतृत्वमा पठाएर पार्टी कसरी एक बन्नसक्छ ?’

    तर एमालेका केही नेताहरु १० बुँदे सहमति गरेर एमालेमै रहेका नेता भुसालको परिवारकै सदस्यहरुले पनि साथ नदिएकाले अरुले दिएनन् भनेर गुनासो गर्ने ठाउँ नरहेको दावी गर्दछन् । नेता भुसाल निकट अधिवक्ता तथा विश्लेषक विष्णु पौडेल नेता भुसाल गृहजिल्लामा सांगठनिक हिसाबले कमजोर बनेको स्वीकार गर्छन् ।

    भुसालले भने–यो पार्टीमा बलियो बन्न आफ्नो संगठन बलियो चाहिने रहेछ, त्यसका लागि नेताले निकटका काँध थाप्नेलाई जिम्मेवारी दिएर टिकाउन सक्नुपर्ने रहेछ, विभिन्न ठाउँमा जिम्मेवारी दिनसक्नुपर्ने रहेछ, भुसाल कमरेडमा त्यो क्षमता देखिएन, बिगतमा भन्दा धेरै कमजोर उपस्थिति देखियो जिल्ला कमिटीमै, अब सबै नेताहरु आफ्नो भनेर अगाडि बढ्दा नै राम्रो होला उहाँका लागि ।

    तर अर्का अधिवक्ता दामोदर घिमिरेले भने घनश्यामलाई जबरजस्ती कमजोर बनाइएको आफ्नो विश्लेषण सुनाए ।

    उनले भने, ‘यतिको क्षमता भएको नेतालाई अरुले साथ दिएनन् भन्ने उचित होइन, उनको पक्षमा लाग्नेलाई उठ्न नसक्नेगरी थला पारियो, सबैतिरबाट बन्देज गरियो अनि प्रतिनिधि आउँदा त्यसरी नै आए अनि कसरी आउँछन् त उनका मान्छे नेतृत्वमा ? कसरी साथ दिन्छन् त उनलाई ?’

    विश्लेषक तथा अग्रज पत्रकार डीआर घिमिरेले भने रुपन्देहीमा घनश्याम कमजोर भनेर विश्लेषण गर्दा उचित नहुने भन्दै गुट सकिएको भनेर बुझेर अगाडि बढे राम्रो हुने बताउँछन् ।

  • दाङका ८ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व, कुन पालिकामा को-को आए ?

    दाङका ८ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व, कुन पालिकामा को-को आए ?

    रुपन्देही । नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दश पालिकामध्ये आठ वटा पालिकामा नेतृत्व चयन गरिसकेको छ । लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिमा भने नेतृत्व चयन गर्न बाँकी छ । शनिबार सम्पन्न अधिकांश पालिकामा निर्विरोध नेतृत्व चयन गरेको माओवादी केन्द्र दाङले जनाएको छ ।

    तुलसीपुरमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले आइतबार दिउँसोदेखि प्रक्रिया अघि बढाउने भएको छ भने लमहीमा कार्यसमिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले मंसिर १५ गतेको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिएका छन् ।

    सबैतिरका कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा दुई प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले बताए । प्रायः सबै पालिकाको नेतृत्वमा युवा अनुहार आएको छ ।

    शनिबार भएको सम्मेलनले घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बुढा निर्वाचित गरेकोे छ ।

    राप्ती गाउँपालिकाम अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरु राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् ।

    शान्तिनगर गाउँपालिकामा अध्यक्ष नेबबहादुर रोका, उपाध्यक्षहरु खगेन्द्र शर्मा, रिता बटला र प्रदिप वली, सचिव पिमलाल ओली, सहसचिव हिरालाल सुनार र कोषाध्यक्ष जंगबहादुर पुन निर्वाचित भएका छन् ।

    राजपुरमा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरु श्यामबहादुर रोका,भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव बिष्णुप्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली निर्वाचित भए ।

    त्यसैगरी बबई गाउँपालिकामा अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, उपाध्यक्षहरु रमेश सुनार, प्रेम जिसी, यज्ञबहादुर ओली, सचिव अञ्जु घर्ती, सहसचिव खुमबहादुर बिक र कोषाध्यक्ष परेलाल बुढा निर्वाचित भएका छन् ।

    बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरुमा गिरराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरा निर्वाचित भएका छन् ।

    गढवा गाउँपालिका अध्यक्षमा अध्यक्ष यमनारायण पोख्रेल निर्वाचित भएका छन् । उपाध्यक्ष दिपा पुन, देबराज यादव र बसन्ती चौधरी, सचिव कैलाश चौधरी, सहसचिव ज्ञानबहादुर परियार र कोषाध्यक्ष बसन्त गिरी निर्वाचित भएका छन् ।

    दंगीशरणमा अध्यक्ष मणिराम चाधरी, उपाध्यक्षहरु बिरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दिपक गौतम, सहसचिव टंक ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका छन् ।

  • गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

    गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

    रूपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो देखिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा भने कमजोर भएका छन् । आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी थप कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अहिलेसम्म क्षेत्र नम्बर १ मा मात्र उनको समूह विजयी भएको छ ।

    नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ मा बालकृष्ण खाँण समूहका हिरा केसी निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको अधिवेशनबाट केसी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

    विश्वनाथ यादवसँग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले २९६ मत प्राप्त गरेका थिए भने यादवले २१५ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् ।

    जिल्लाको क्षेत्र नम्बर ४ मा पौडेल समूहका र क्षेत्र नम्बर ५ मा भरत शाह समूहका नेताहरू सोमबार नै निर्विरोध भएका थिए ।

    रुपन्देही–५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध भएका थिए । यहाँ भरत शाहले नयाँ प्यानल बनाएर बालकृष्ण खाँणसँग बदला लिन खोजेका छन् ।

    केन्द्रमा अन्य समूहमा रहेका नेता पनि यहाँ उनीसँग रहेका छन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।

    रुपन्देही–४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। उनी पौडेल समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र नम्बर ३ मा विवादका कारण मतदान नै रोकिएको छ भने क्षेत्र नम्बर २ मा सोमबार मतदान भएको र आज मात्रै गणना हुनेगरी रोकिएको छ ।

    रूपन्देहीमा देउवा समूहमा रहेर पनि नेता भरत शाहले अलग्गै समूह बनाएर बालकृष्ण खाँणलाई कमजोर बनाएका छन् ।

    आफ्नो पुरानो क्षेत्रमा कमजोर बनेपछि खाँणले क्षेत्र नम्बर १ मा आफ्नो कृयाशील सदस्यता सारेका छन् । यो क्षेत्रमा मात्रै उनको समूहको प्यानलले जितेको छ ।

    जिल्लाको नेतृत्वमा आफ्नै भाइ रामकृष्ण खाँणलाई अगाडि सार्नु र उनकै हालिमुहालीका कारण धेरै स्थानीय नेताहरू असन्तुष्ट रहेको जिल्ला नेताहरुको आरोप छ ।

  • रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

    रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा एमालेकाे अधिवेशन सम्पन्न, बाँकीमा सहमतिको प्रयास जारी

    रूपन्देही । रूपन्देहीमा एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह रहेकामध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ।

    रुपन्देहीका तीनवटा नगरपालिका र एउटा गाउँपालिका बाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।

    तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा सियारी गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन । अरु पालिकामा भने अध्यक्ष लगायत सबै पदहरुमा सहमतिमा नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले जानकारी दिए।

    अध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएको बुटवलमा अन्ततः किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शोभाखर पोखरेल उपाध्यक्षमा चयन चएका छन् । सचिव र उपसचिब भने कस्लाई बनाउने विषयमा अहिलेपनि छलफल भइरहेको केसीले जानकारी दिए ।

    सैनामैना नगरपालिकामा पनि चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

    त्यस्तै शुद्दोधन गाउँपालिका कमिटीमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ।

    एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चारजना आकांक्षी देखिएपछि नेतृत्वलाई मिलाउन सकस परेको छ । तिलोत्तमामा मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ।

    उता देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिए।

    गैडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिए। गैडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

    कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिए।

    मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

    रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेन।

  • साधना महिला विद्यालयः जहाँ १२५ आमा-हजुरआमा अध्ययन गर्छन्

    साधना महिला विद्यालयः जहाँ १२५ आमा-हजुरआमा अध्ययन गर्छन्

    रुपन्देही । विद्यालय उमेर समूहमा शिक्षाबाट बञ्चित आमाहरूको शैक्षिक भर्‍याङ बनेको छ, बुटवलको साधना महिला विद्यालय । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने उद्देश्यका साथ २०६३ सालमा ६ कक्षाबाट अध्यापन शुरु भएको यो विद्यालयबाट एक सयभन्दा धेरै आमाहरुले एसईई पूरा गरिसकेका छन् ।

    आफ्नो पढ्ने उमेरमा पढ्न नपाएका हजुरआमा र आमाहरूले धेरै प्रेरणा लिएको यो विद्यालय गुठीबाट शुरु भए पनि अहिले सामुदायिक बनेको छ । पाको उमेरमा सिकाइमा हुने कठिनाइबीच आमाहरुले पढाइमा दिएको मेहनतले आनन्द लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावित्रा अर्याल बताउँछिन् ।

    विवाहित महिलालाई विद्यालयमा ल्याइ औपचारिक रुपमा शिक्षा दिने आँट गरेर बुटवलमा २७ जना शिक्षाप्रेमी महिलाहरुलाई संगठित गरी अर्यालले बुटवल उपमहानगरपालिका वडानम्बर ६ मा विद्यालयमा स्थापना गरेकी हुन् ।

    कक्षा ६ देखि १० सम्म गुठी विद्यालयको रुपमा स्थापना भएको यो विद्यालयमा २०६९ सालदेखि कक्षा १ देखि ५ सम्म कक्षा सुरु गरिएको थियो । विद्यालयमा अहिले २ सय ५० जना आमाले अध्ययन गर्दै आएका छन् । विद्यालय शिक्षा लिएका तर, विभिन्न कारणले औपचारिक रुपमा शिक्षा पूरा गर्न नसकेका तथा पढ्नै नपाएका महिलाहरूले यो विद्यालयमा पढ्ने गरेको प्रधानाध्यापक विष्णु गौतम घिमिरेले बताइन् ।

    ‘सूचना प्रविधिको विकाससँगै आमाहरुले पढाइलाई महत्व दिएका छन्’ प्रअ गौतम भन्छिन् । सानो उमेरमा पढ्न नपाएका महिलाहरुलाई अध्ययन गराउने उद्देश्यले स्थापना भएको यो विद्यालयमा ७० वर्षसम्मका आमाहरुले अध्ययान गर्दै आएका छन् ।

    शिक्षा र आर्थिक कारणले महिला पछि परेको आफूले अनुभव गरेर यस प्रकारको विद्यालय संचालन गर्ने योजना बनाएको अध्यक्ष सावित्रा अर्याल बताउँछिन् । काठमाडौंको प्रेरणा महिला विद्यालयबाट प्रेरणा लिएर यो क्षेत्रमा पनि संचालन गर्न सकिन्छ भन्ने आँट आएको उनी सुनाउँछिन् । सानो उमेरमा पढ्न नपाएकाहरुको अधुरो शिक्षा पूरा गर्न यसले ठूलो सहयोग गरेको उनको भनाइ छ ।

    विद्यालय दर्ता गर्ने समयमा ‘आमाहरुलाई बुढेसकालमा के पढाउनु ? शिक्षा नियामावलीले दिँदैन’ भनेर शिक्षाका अधिकारीले भनेको कुरा सम्झँदै अध्यक्ष अर्याल भन्छिन्– अहिले यहाँ पढेका महिलाहरुका सफलताका कथा सुन्दा आनन्द लाग्छ, शुरुमा निकै दुःख भयो गुठीबाट चलाउन अहिले सामुदायिक बनेपछि धेरै सहज भएको छ, अहिलेसम्म १० कक्षासम्म भएपनि अब १२ कक्षासम्म चलाउने योजना बनाएका छौं, अहिले पनि धेरै महिला पढ्नका लागि तयार हुनुभएको छ ।’

    ‘छोरीलाई पढाउन हुन्न भन्ने समाजमा हामीले आमा पढाउने महत्कांक्षी योजना लिएरै विद्यालय सञ्चालनमा ल्याएका हौ’ अर्यालले भनिन्, ‘आमाहरुले पढ्छन् भन्दा सबैले अचम्म मानेका थिए, हाँसोको पात्र बनाएका थिए तर अहिले यसको सफलताले आनन्द लाग्छ ।’

    सुरुका १० वर्ष संचालनका लागि निकै दुःख भएको समयमा तलब र घरभाडा व्यवस्थापन गर्न समस्या भएको स्मरण गर्दै अर्याल भन्छिन्, ‘गुठीबाट सामुदायिकमा गएपछि धेरै सहज भएको छ, बुटवल उपमहानगरलगायत क्षेत्रबाट पनि सहयोग नियमित भएको छ, १२ शिक्षक, १ कार्यालय सहयोगी रहे पनि दरबन्दी २ जनाको भएकाले अन्य शिक्षकलाई निजीबाट तलब खलाउनुपरेको छ ।’

    अहिले विद्यालयको आफ्नै १४ धुर जग्गा र १३ वटा कोठा रहेको भवनसहितका संरचना तयार छन् । विद्यालयमा भवन थप गर्न आवश्यक जग्गा छैन । भएका भवनमा तला थप गर्ने अहिले विद्यालयको योजना छ । १३ कोठा विद्यालय भवन यसै क्षेत्रका सांसद तथा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषबाट दिएको बजेट, चन्दा दाता नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, शिक्षा कार्यालय सबैको पहलमा १ करोड बढी खर्च गरेर बनाइएको अर्यातलले बताइन् ।

    ‘यहाँबाट लुम्बिनी प्रदेशका दुई सांसद कमला बिक र रमा घर्तीले एसईई पूरा गर्नुभएको छ, रमा ज्ञवाली ब्याचलर पूरा गरेर निमावि शिक्षक बन्नुभयो, यहाँबाट पास भएका धेरै महिलाहरु कलेज पढ्दै, स्टाप नर्स पढ्दै हुनुहुन्छ अहिले पनि स्थानीय तहका ५ जना जनप्रतिनिधिले पढिरहनुभएको छ, यो विवरण सुनाउँदा स्थापनाकालका सबै दुःख बिर्साउँछ’, अर्यालले भनिन् ।

    विद्यालयका लागि बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष २ लाख रुपैयाँ आर्थिक सहयोग गर्र्दै आएको छ । शिक्षा मन्त्रालयबाट धार्मिक तथा फरक खालको विद्यार्थी शीर्षकमा वार्षिक १२ लाख रुपैयाँ बढी आउने गर्छ ।

    ‘हामीले जति पनि शिक्षक राखेका छौं, उहाँहरुलाई सरकारी तलव स्केल दिन सकिएको छैन, न्यूनतम दिएरै राखेका छौं’ विद्यालयकी प्राचार्य विष्णु गौतमले भनिन् । गौतमले आमाहरुलाई पढाउनमा गाह्रो नभए पनि बुझाउन समस्या हुुने उनको अनुभव छ ।

    ‘ढिलो बुझ्नुुहुन्छ । बुुझेपछि फेरि भुल्नुहुन्न, केटाकेटीलाई भन्दा पढाउन त सजिलो हुन्छ । गणित र अंग्रेजी बुुझाउन बढी समस्या हुन्छ’, उनले भनिन् ।

    भर्ना भएका सबै विद्यालयमा आउँदैनन् । नियमित विद्यालय आउने आमाहरुले यहाँका शिक्षकहरुलाई एकछिन ढिला गरे बोलाउन गइहाल्छन् । ‘हामीले कति काम छोडेर सिक्न आएका छौं, छिटो आउनु भन्दै बोलाउनुहुन्छ, समय खेर जान दिनुहुन्न तर सबै जना नियमित आउन सक्नुहुन्न’ उनले भनिन् ।

  • एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै

    एमालेको सचिव बनेपछि १९ वर्षीया चौधरी भन्छिन्- अब पढाई र राजनीति सँगसँगै

    रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित बनेर चर्चामा आएकी छन् । विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन् ।

    लुम्बिनी विश्वविद्यालयमा स्नातक पढ्दै गरेकी उनले एमाले नेता खिमलाल भट्टराई, विद्यार्थी नेता बालकृष्ण पाण्डे, सन्दिप गुप्तालगायतका अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको बताइन् । राजनीतिबाटै समाजका धेरै समस्या समाधान गर्न सकिने र त्यो सपना एमालेबाट पूरा हुने ठानेर आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

    ‘तराई क्षेत्रमा महिलालाई राजनीतिमा धेरै समस्या भएको सुनेकी छु, शुरुमा मलाई पनि धेरै समस्या भएको थियो । अहिले त परिवारको पूरै सहयोग छ,’ उनले नेपाल प्रेससँगको कुराकानीमा भनिन् ।

    ६ जनाको परिवारमा रहेकी झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव बनेसकेकी छन् ।‘ हजुरबुवा’आमा, बुवा÷आमा तथा दाई र म गरी ६ जना छौं,’ उनले भनिन्, ‘बुवा बुटवलमा मेकानिकल काम गर्नुहुन्छ, आमा गृहिणी हो, तर पनि मलाई पूरै साथ छ ।’ राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउने झरनाको भनाइ छ ।

    सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् । यसले तराईमा युवा शक्ति एमालेको साथमा रहेको पुष्टि भएको एमाले नेता तथा राष्ट्रियसभा सांसद खिमलाल भट्टराईले बताए ।

  • मोतीपूर औद्योगिक क्षेत्रमा अतिक्रमण रोक्न सरकारसँग एमालेको माग

    मोतीपूर औद्योगिक क्षेत्रमा अतिक्रमण रोक्न सरकारसँग एमालेको माग

    रुपन्देही । नेकपा एमालेले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सत्ता गठबन्धन दलका कार्यकर्ताको आडमा बस्ती बसाउन खोजेको भन्दै सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण तत्काल रोक्न माग गरेको छ ।

    एमाले नेतृत्वको सरकारले सुरु गरेको औद्योगिक क्षेत्रको ठूलो योजनालाई प्रभावित गर्नेगरी अस्तव्यस्त बनाउन षडयन्त्र रचिएको दावी गरिएको छ । नेकपा एमाले बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थीले वक्तव्य जारी गर्दै यो घटनाका विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

    केही सातायता औद्योगिक क्षेत्रको जग्गामा विभिन्न क्षेत्रबाट विभिन्न समूह बनाएर सयौं विगाह जग्गा कब्जा गरिएको छ । यो विषयमा स्थानीयले विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको संरक्षणमा जग्गा कब्जा गर्न खोजिएको आरोप लगाए पनि कुनै दलले अहिलेसम्म मुख खोलेका छैनन् ।

    पन्थीद्धारा जारी वक्तव्यमा पुर्ववर्ती नेकपा एमालेको सरकारले भूमि व्यवस्था ऐन, कानून बमोजिम गठन गरेको आयोगलाई एमालेसँग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहीन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भीर घात भएको जनाइएको छ ।

    भूमिहीन, सुकुम्बासी, अब्यवस्थित वसोवासीहरुलाई तत्काल जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गर्दै पन्थीले सुकुम्बासीका नाममा सक्रिय गिरोहलाई पहिचान गरी तत्काल कारबाही थाल्न एमालेले अनुरोध गरेको छ ।

    दुई साताअघि मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजनाअनुसार सर्वसाधारणसँग रकम उठाएका ८ जनालाई स्थानीय प्रशासनले पक्राउ गरेको थियो ।

    जिल्ला प्रशासनले औद्योगिक क्षेत्रभित्र सकुम्बासीका नाममा जग्गा अतिक्रमण नरोकिएको र उनीलाई संगठित बनाउने समूहले दिनहुँ भेला गर्न थालेपछि तीन सातायता सो क्षेत्रमा निषेधाज्ञा लगाएको छ । प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सो क्षेत्रमा सुरक्षा बढाइएको छ । सुकुम्बासीका नाममा मोतीपुर औद्योगिक करिडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबारदेखि निषेधाज्ञा लागू गरेको हो ।

    रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोकिएका क्षेत्रमा बनेका संरचना हटाउने र नयाँ आउनेलाई पक्राउ गरी कारवाही गरिने बताए । ‘अहिले पनि केही ठाउँमा किला गाडेको खबर आएको छ, अब केही दिनमा हटाउँछौ,’ उनले भने ।

    आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय दिन सकिने व्यवस्था रहेको बताए । उनले तोकिएको ४ किल्लाभित्र नआई सहयोग गर्न आग्रह गरेका छन् । निषेधित क्षेत्र पूर्व तिनाउ नदी ( बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खेतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।

    शीलान्यास भएको आठ महिनासम्म केही छैन प्रगति

    २०७७ फागुन महिना २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि शीलान्यास गरेका थिए । केही स्थानीय समूहसँगको विवादकै बीच ठूलो सुरक्षा घेरामा शीलान्यास भएको ७ महिना लाग्दा पनि काम सुरु हुन सकेको छैन ।

    औद्योगिक व्यवस्थापन लिमिटेडले शीलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाको लागि आशयपत्र आह्वान गर्ने, उक्त आह्वान पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरुलाई चाहिने न्युनतम पूर्वाधारहरु (अस्थायी सडक, विद्युत र पानी) को व्यवस्थापन गर्ने गरी योजना तयार पारेको थियो । लिमिटेडले तयार पारेको कार्ययोजना अनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरु निर्माण भइसक्नु पर्ने भए पनि जग्गा विवाद नै सल्टिन नसक्दा ले योजना नै अलपत्र परेको छ ।

    विशेषगरी त्यहाँ रहेका अव्यवस्थित बसोबासी तथा स्थानीयलाई व्यवस्थापन गर्नका लागि भूमि आयोगसँग समन्वय भइरहेको समयमा आयोग नै खारेज भएपछि थप अन्यौलता बढेको औद्योगिक क्षेत्रका प्रमुख निमेश अधिकारीको भनाइ छ । औद्योगिक क्षेत्रमा रहेकाहरुको तथ्यांक संकलन तथा उनीहरुलाई अन्यत्र जग्गाको व्यवस्थापनका लागि भूमि आयोगले काम गरिरहेका बेला सरकारले आयोग खारेज गरिदिएपछि सबै काम बीचमै रोकिएको छ ।

    अधिकारीले सो औद्योगिक क्षेत्रभित्र पर्ने घर–परिवारलाई व्यवस्थापनको कामसमेत अन्यौलमा रहेको बताए । शिलान्यास भएको २ वर्षभित्र सो क्षेत्रमा उद्योग संचालनमा ल्याउने र ५ वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि जग्गा विवाद तथा त्यसको व्यवस्थापनमा सहयोग गरिरहेको आयोग नै खारेज भएपछि औद्योगिक क्षेत्रको काम ठप्प भएको हो ।

    नेपाल सरकारले २०७२ साल चैत्र १ गते साविक बुटवल नगरपालिका, टिकुलीगढ़ गाबिस, आनन्दवन गाबिस र फर्साटिकर गाबिसका केहि भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका,शुद्धोधन गाउँपलिका) चार किल्ला तोकि ८१३ बिगाहामा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरेको थियो । यसैगरी २०७३ बैशाख १२ गते लुम्बिनी प्रदेशमा रुपन्देहीको मोतिपुरसहित र बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

    मौतिपुर औद्योगिक क्षेत्रका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ८१३ विगाहको जग्गाधनी पूर्जा प्राप्त गरिसकेको छ भने बाँकी रहेको १३३ दशमलव ४६ विगाहको पूर्जा प्राप्त गर्न बाँकी रहेको छ । यसरी ९४६ दशमलव ४६ विगाहमा बन्ने औद्योगिक क्षेत्रका लागि डिपिआर निर्माण तथा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भए पनि राजनैतिक स्वार्थ र स्थानीयहरुको विरोधका कारण अन्यौलमा परेको छ ।

    वि.सं. २०३२ सालमा रुपन्देहीको बुटवलमा स्थानपना भएको औद्योगिक क्षेत्रमा ठाउँ अभाव भएपछि विकल्पको रुपमा मोतिपुरलाई रोजिएको हो ।

    अध्ययन प्रतिवेदन अनुसार १२ अर्ब लागत अनुमान गरिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसँगै स्वदेशी कच्चा पदार्थको प्रयोग गरी आर्थिक लाभ प्राप्त हुनुका साथै ठूलो संख्यामा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ ।

    त्रासमा स्थानीय, गुमनाम राजनीतिक दल

    स्थानीय रैथाने अतिक्रमणका विषयमा बोलनै नसक्ने त्रासमा छन् । उनीहरुले जग्गा अतिक्रमण गरेर बस्नेहरुलाई दलीय संरक्षण भएकाले समूह समूहमा आएर स्थानीयलाई थर्काउने गर्दछन् । तर दलहरु यो विषयमा आफ्नो जानकारी नै नभएको भन्दै उम्कन खोजेका छन् । स्थानीय दीपक केसीका अनुसार रातको समयमा १४÷१५ सय जना व्यक्ति कुनै दलको संरक्षणबिना आउन सक्दैनन् ।

    ‘सरकारको जग्गा बाहिरका व्यक्तिले आएर रोक्न खोज्दा किन कनै दलका नेता कार्यकर्ता विरोधमा आउँदैनन् त ? प्रशासनले रोक्न नसकेर निषेधाज्ञा लगाउँछ, साना साना विषयमा सडक ठप्प पार्ने दलहरुको मिलेमतो नभएको भए कसैको आँट आउने थिएन,’ उनी भन्छन् ।

    अतिक्रमणको विरोध गर्ने केही स्थानीयलाई रातीमा धम्काउन थालिएपछि त्रासमा कोही बोल्न छोडेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई पनि विरोध गर्ने स्थानीयले आफ्नो नाम गोप्य राखिदिन, फोटा नखिच्न अनुरोध गरेकाले पनि उनीहरु कति त्रासमा छन् भन्ने प्रष्ट हुन्छ ।

  • रुपन्देहीका दुईबाहेक सबै स्थानीय तहमा देउवा पक्षको नेतृत्व (सूचीसहित)

    रुपन्देहीका दुईबाहेक सबै स्थानीय तहमा देउवा पक्षको नेतृत्व (सूचीसहित)

    रुपन्देही । कांग्रेस नेता बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीका अधिकांश स्थानीय तहमा सभापति शेरबहादुर देउवा प्यानल नेतृत्वमा आएको छ । खाँड पनि देउवा पक्षधर नेता हुन् ।

    नेता भरत शाहको असन्तुष्टिका कारण दुई स्थानीय तहको नेतृत्वमा भने उक्त समूह पराजित भएको छ । रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवल र देवदह नगरबाहेक १४ स्थानीय तहमा देउवा पक्ष नेतृत्वमा आएको हो ।

    तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिए ।

    पाण्डे वर्तमान नगर सभापति हुन् भने न्यौपाने तिलोत्तमा ९ का वडाध्यक्ष हुन् । अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भए । तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गरे ।

    सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् । उनीसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । उनी देउवा समूहमा रहेपनि भरत शाहसँग नजिक मानिन्छन् ।

    सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन् भने पोखरेल बालकृष्ण खाँण निकट हुन् ।

    दुई स्थानीय तहको नेतृत्वमा पौडेल पक्ष विजयी

    बुटवल उपमहानगर सभापतिमा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । पदाधिकारीमा एकजना सहसचिवबाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् ।

    वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् ।

    उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मतसहित विजयी भए ।

    केसी प्यानलका नरबहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाए । सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छायाँ पोखरेलले २ सय ९४ मत पाएर विजयी भए ।

    केसी प्यानलका जय प्रकाश भट्टराईले २३९ र सन्तोष पौडेलले १४८ मत पाए । दुईजना सहसचिवमध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मतसहित विजयी भए ।

    देवदह नगरपालिकामा पौडल पक्षका गनाखर भुर्तेल सभापतिमा विजयी भएका छन् ।

    पाँच स्थानीय तहमा निर्विरोध

    रुपन्देहीका १६ मध्ये पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।

    जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए ।

    जिल्लाका बुटवल उपमहानगरपालिका तथा सिद्धार्थनगर, तिलोत्तमा र देवदहमा देउवा र पौडेल समूह अलग–अलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धाका लागि उत्रिएका थिए । केही तटस्थ रहेका नेताहरुलाई दुवै समूहले आफ्नो आफ्नो समूहमा गनेका छन् ।

    यस्तो छ निर्वाचितहरुको सूची

    बुटवलः खेलराज पाण्डे (पौडेल समूह)
    तिलोत्तमा नपाः हरिलाल पाण्डे (देउवा समूह)
    सिद्धार्थनगर नपाः कोशिसबहादुर खड्का (देउवा समूह)
    सैनामैना नपा: रणबहादुर खनाल (देउवा समूह)
    देवदह नपाः गुनाखर भुर्तेल (पौडेल समूह)
    लुम्बिनी सांस्कृतिक नगरपालिकाः मोहम्मद सहिद खाँ (भरत शाह)
    कन्चन गापाः देवीराम रेग्मी (संयुक्त)
    गैडहवा गापाः सत्यनारायण पथिक (देउवा)
    कोटहीमाई गापाः अवधराम यादव (पौडेल)
    मर्चवारी गापाः जनार्दन यादव (पौडेल)
    ओमसतिया गापाः भगवानप्रसाद चौधरी (संयुक्त)
    मायादेवी गापाः पदम भण्डारी (देउवा)
    रोहिणी गापाः पारसनाथ योगी (देउवा)
    सियारी गापाः गोपाल पाण्डे (देउवा)
    शुद्धोधन गापाः दामोदर पौड्याल (देउवा)
    सम्मरीमाई गापा: रमेश यादव (पौडेल)

  • रुपन्देहीमा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि न्यून, एक उपप्रमुखसहित पाँचजनाले मात्रै छाडे एमाले

    रुपन्देहीमा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि न्यून, एक उपप्रमुखसहित पाँचजनाले मात्रै छाडे एमाले

    रुपन्देही । एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा एमाले छाडेर एकीकृत समाजवादी रोज्न जनप्रतिनिधि न्यून भएका छन् । सोमबारसम्म एक उपप्रमुखसहित पाँच जनाले मात्रै एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका पाँचजनाले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । काफ्ले नेता भुसालको निर्वाचन क्षेत्रकी हुन् ।

    काफ्लेसहित बुटवलका वडा नं ३ का वडा सदस्य चिनबहादुर गुरुङ, वडा नं १८ का वडा सदस्य गोपाल नेपाल, वडा नं २ का सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन् । उनीहरुमध्ये गुरुङ र शाक्य पौडेलको निर्वाचन क्षेत्रका हुन् भने अन्य भुसालको निर्वाचन क्षेत्रका हुन् ।

    रुपन्देहीमा समाजवादी रोज्न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउने समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए ।

    यहाँ एमालेले जितेका चार नगरपालिका र तीन गाउँपालिकाका सबै प्रमुख र अधिकांश पदाधिकारी एवम् सदस्य एमालेमै छन् ।

  • पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    रूपन्देही । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

    चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

    स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

    पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

    उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

    उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

    राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।

  • रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा

    रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा

    रुपन्देही । रुपन्देहीमा नेकपा एमालेको संस्थापन समूह र नेपाल समूहको अलग-अलग बैठक बसेको छ । संस्थापन पक्षको बैठकबारे सूचना पाएपछि समानान्तर कमिटी बनाएको नेपाल समूहले पनि एउटै दिनमा बैठक आव्हान गरेको हो । संस्थापन पक्षको बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ ।

    वैठकले जिल्लामा जारी पार्टी सदस्यता नवीकरण अभियान साउन मसान्तसम्म सम्पन्न गर्ने, भदौ २७ र २८ गते हुने विधान महाधिवेशनका लागि पालिका तथा शाखा तहबाट सुझाव संकलन गर्ने र कार्ययोजना बनाएर आगामी असोज ३ गते वडा कमिटी तथा असोज ९ गते पालिका कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टी सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिएका छन् ।

    बैठकलाई लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले सम्बोधन गर्दै पार्टी अबका दिनमा सुदृढ र गतिशिलताका साथ अघि बढ्ने बताउँदै पार्टी जीवनमा देखिएका असहजतालाई अवसरको रुपमा उपयोग गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

    वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपाने, पार्टीका प्रदेश कमिटी सदस्य तथा भूमि आयोग रुपन्देहीका संयोजक बलबहादुर आचार्य, अखिल नेपाल किसान संघका स्थायी कमिटी सदस्य कविराम अर्याल, जिल्ला सहसंयोजक तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य नरबहादुर थापा, मोहन चापागाई, जिल्ला सदस्यहरु प्रकाश अर्याल, नरबहादुर घर्ति, खेमराज गुरुङ, चोपलाल आचार्यलगायत बोलेका थिए ।

    बैठक पार्टीका जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षता र जिल्ला सचिव अनुप बरालको सञ्चालनमा भएको थियो ।

    माधव पक्षको मेरिगोल्डमा

    नेकपा एमाले रूपन्देही माधव नेपाल समूहको बैठक बुटवलको होटल मेरीगोल्डमा सम्पन्न भएको छ । सो समूहका जिल्ला अध्यक्ष राजु गुरूङको अध्यक्षता र पोलिटव्युरो सदस्य डा. विजय पौडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई, प्रदेश कमिटी नन्दीकेशर ढकाल, छत्रबहादुर खत्री, बालकृष्ण चापागाईलगायतको सहभागिता रहेको थियो ।

    बैठकले पार्टी सदस्यता नवीकरण र पार्टी सदस्य आवेदन भदौ मसान्तसम्म सम्पन्न गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ । यसैगरी बैठकले जिम्मेवारी विभाजन पनि गरेको छ ।

    भदौ १५ भित्र पालिकास्तरमा जबसको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन, पुनर्गठनअघि बढाउने बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख सिद्धचरण भट्टराईले जनाएका छन् ।

    बैठकले पार्टी केन्द्रलाई सुझाव दिँदै २/२ पटक प्रतिनिधि सभा विघटन, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको भट्टराईले जनाएका छन् ।

  • सुकुम्बासीका लागि सैनामैनामा तयार भयो नमूना वस्ती, दशैंमा हस्तान्तरण गरिने

    सुकुम्बासीका लागि सैनामैनामा तयार भयो नमूना वस्ती, दशैंमा हस्तान्तरण गरिने

    रुपन्देही । घरबारबिहीनलाई राख्नका लागि रुपन्देहीको सैनामैनामा नमुना बस्ती तयार भएको छ । दशैंमा दिने गरी सैनामैना नगरपालिकाले यी घर तयार गरिएको हो ।

    तराई मधेस समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागितामा वडानम्बर–११ को बरौलीमा नमुना बस्ती तयार भएका हुन् । नमुना बस्तीमा १० वटा घर बनेका छन् । जसमा दुईवटा बेडरुम, एउटा भान्छा कोठा, एटेच बाथरुम रहेको छ । २ वर्ष लगाएर नमुना बस्ती सम्पन्न भएको हो ।

    सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले निर्माण सम्पन्न भएका घरहरु दसैंसम्ममा विस्थापित परिवारलाई वितरण गर्ने जानकारी दिए । नमुना बस्ती एउटा घर निर्माणको लागि १८ लाख रुपैयाँ खर्च भएको छ । जस अनुसार सबै १० वटा घर निर्माणको लागि १ करोड ८० लाख र विजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको नगरप्रमुख कार्कीले बताए ।

    ‘सञ्चालनको मोडालिटी, मर्मतको मापदण्ड बनाएर दसैंसम्म वितरण वितरण गर्छौं,’ उनले भने ‘ठूला विकास निर्माणका कामबाट विस्थापित परिवारहरु, बाढी पहिरो लगायत प्रकोपबाट विस्थापित, सैनामैना स्थायी बसोबास गरेको तर घर व्यवहार विग्रेर, सडकमा आएको परिवारलाई त्यहाँ व्यवस्थापन गर्छौं ।’

    वस्तीका प्रत्येक घरमा रहेका परिवारका सदस्यमध्ये एक जनालाई रोजगारीको व्यवस्था गर्ने नगरप्रमुख कार्कीले बताए । रोजगारी दिन नसकेमा कमाएर खाने केही कठ्ठा जग्गा उपलब्ध गराउने उनको भनाइ छ ।

    त्यस बाहेक कम्पाउण्ड वालको लागि एक करोड बढी लागेको छ । बस्तीको बीचको बाटो पनि टायल विच्छाएर आकर्षक बनाइएको छ । नमुना बस्ती कञ्चन खोलाको किनारमा रहेको छ ।

    बस्ती बनाउनु अघि कञ्चन नदीमा तटबन्ध गरिएको थियो । तटबन्ध गर्नको लागि साढे २ करोड रुपैयाँ खर्च भएको छ । कञ्चन नदिमा गरिएको तटबन्धनले नमुना बस्तीलाई मात्र नभई आसपासका धेरै बस्तीलाई जोगाएको छ । तटबन्धले नमुना बस्तीलाई मात्र नभइ आसपासका ताली, बरौली लगायत ठाउँहरुको पनि संरक्षण भएको नगरप्रमुख कार्कीको भनाइ छ । ‘कञ्चन नदीको कारण वडानम्बर ११ को ६० प्रतिशत भुभाग डुवानमा पथ्र्यो । ती सबैको लागि संरक्षण भएको छ,’ उनले भने ।

    वस्ती भएको क्षेत्रमा अझै डेढ सयदेखि २ सय घर बनाउने योजना रहेको नगरप्रमुख काकीले बताए । ‘त्यहाँ पर्याप्त ठाउँ भएकाले नगरपालिका भरकै विस्थापित परिवारलाई बसाल्ने गरी घरहरु बनाउन पुग्छ,’ उनले भने ।

    यहाँ बनेका घरहरु विपतहरुबाट पनि सुरक्षित रहेको सैनामैना नगरपालिकाका सव इन्जिनियर अरुण खनालले बताए ।

     

  • २० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

    २० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

    रुपन्देही । पूर्वी पाल्पाको रामपुर ३ बोटेगाउँमा समुदायमा कोरोना परीक्षण गर्दा संक्रमणको धेरै संक्रमित भेटिएपछि गाउँ क्षेत्र नै शील गरिएको छ । गाउँमा ज्वरो आउने र रुघा लाग्ने लक्षण भएका तथा केही बिरामीको निधन भएका घरपरिवारका सदस्यको कोरोना परीक्षण गरिएको थियो ।

    बोटेगाउँमा बिहीबार गरिएको ५० जनाको परीक्षणमा २० जनामा पोजेटिभ देखिएको छ भने ३० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रामपुर नगरपालिका-३ का वडाअध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा बसेको भेलाले साउन ७ गते राती १२ बजेदेखी साउन १४ गते राती १२ बजेसम्मका लागि गाउँ पूर्णरुपमा सील गर्ने निर्णय गरेको हो ।

    गत साउन ४ गते कोरोना पोजेटिभ भएका एकै गाउँका २ जनाको मृत्यु भएपछि स्थानीयको आग्रहमा स्वास्थ्यकर्मी गएर गाउँमा एन्टिजेन परीक्षण गरिएको थियो ।

    ‘गाउँघरमा कोरोना संक्रमणको लक्षण देखिएका धेरै छन् । कतिपय परीक्षण गर्नै मान्दैनन्,’ वडाध्यक्ष खनालले भने ।

    कोरोना पोजेटिभ देखिएका २ जनाको ज्यान गएपछि स्वास्थ्यकर्मीको व्यबस्था गरेर खटाएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । नगरपालिकाले परिक्षण गर्ने वडा र गाउँमा शंका लागेका बिरामीले अनिवार्य एन्टिजेन गरी सघाउन उनले अनुरोध गरे ।

    कोरोना पोजेटिभ देखिएकाहरु अहिले होम आइसोलेसनमा छन् । एक हप्ता शिल गरिएको क्षेत्रमा वडाअध्यक्ष, स्वास्थ्यकर्मीको रोहबरमा समिति निर्माण गरेर शिललाई पूर्ण कार्यान्वयन गराउने स्थानीय खगेश्वर बोटेले जानकारी दिए ।

  • भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    भैरहवाकाे प्लाइबोर्ड गाेदाममा हिजाेदेखि लागेकाे आगाे नियन्त्रणमा

    रूपन्देही । सिद्धार्थनगर नगरपालिका ८ नारायणपथको सुन्दर ग्लास हाउसमा शनिबार रातीदेखि लागेको आगो २० वटा दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको छ । आगो अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन ।

    हिजो राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आए पनि अहिले आगो निभाउने काम भइरहेको छ । शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयले नियन्त्रणमा सहयोग गरेका थिए ।

    भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु बोलाइएको थियो।

    प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा उनीहरुको सकुशल उद्धार गरिएको थियो ।

    घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए । आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्रहरीले सबै क्षतिको विवरण नआएको जनाएको छ ।

  • रुपन्देहीमा कुन तहको बजेट कति ?

    रुपन्देहीमा कुन तहको बजेट कति ?

    रुपन्देही । रुपन्देहीका १६ वटा सरकारमध्ये १५ वटा वटा तहले आगामी वर्षको बजेट निर्धारित समयमै ल्याएका छन् । बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेपछि ओमसतियाको नीति तथा कार्यक्रम र बजेट पूर्वघोषित समयमा आउन सकेन ।

    १ उपमहानगर, ५ नगर र १० गाउँपालिका रहेको जिल्लामा सबैभनदा धेरै बजेट बुटवल उपमहानगरले ल्याएको छ ।

    बुटवलमा २ अर्ब ५३ करोड

    जिल्लाका बुटवल उपमहानगरपालिकाले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७ सय १० रुपैयाँको बजेट ल्याएको हो ।

    तिलोत्तमा नगरपालिका

    सबैभन्दा पहिला नीति तथा कार्यक्रम र बजेट ल्याएका जिल्लाको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०७८-०७९ का लागि तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    सिद्धार्थनगर नगरपालिका

    जिल्ला सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर पालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेट नगर सभामा आज उपप्रमुख उमा काफ्लेले प्रस्तुत गरेकी छन् ।

    देवदह नगरपालिका

    देवदहले आगामी आर्थिक वर्षका लागि गरिक ९४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    लुम्बिनी सांस्कृति नगरपालिका

    बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको यो नगरपालिकाले ८० करोड ३९ लाख ६३ हजार ६८४ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    सैनामैना नगरपालिका

    आगामी आर्थिक वर्षका लागि सैनामैनाले एक अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ ।

    सम्मरीमाई गाउँपालिका

    गाउँपालिकाहरुमध्ये सबैभन्दा पहिला बजेट ल्याएको सम्मरीमाईले ५३ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    गैडहवा गाउँपालिका

    आर्थिक वर्ष २०७८–०७९ का लागि गैडहवाले ६६ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँसमाभा पालिका अध्यक्ष बछुलाल केवट (बच्चु) ले नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

    मायादेवी गाउँपालिका

    जिल्लाको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैयाँ बजेट ल्याएको छ ।

    रोहिणी गाउँपालिका
    नीति तथा कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको रोहिणीले ५५ करोड ७२ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।

    कंचन गाउँपालिका

    बिहीबार सार्वजनिक भएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कंचनले ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    मर्चवारी गाउँपालिका

    जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ५३ करोड ३७ लाख ८९ हजार ८३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    कोटहीमाई गाउँपालिका

    जिल्लाको दक्षिण क्षेत्रमा पर्ने यो गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    सियारी गाउँपालिका

    मत्स्य र कृषि क्षेत्रमा हव मानिने सियारीले ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको बजेट लयाएको छ ।

    शुद्धोधन गाउँपालिका

    जिल्लाको शुद्धोधन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ८२ लाख ९५ हजार २५५ रुपैयाँको बजेट ल्याएको छ ।

    ओमसतिया गाउँपालिका

    बहुमत कार्यपालिका सदस्यहरुले बजेट र नीति तथा कार्यक्रम बहिस्कार गरेपछि ओमसतियाले बजेट ल्याउन सकेन । जनप्रतिनिधिको टकरावले गर्दा यहाँको बजेट नै अन्यौलमा परेको छ ।

    ओमसतिया

    आन्तरिक विवादका कारण जिल्लाको ओमसतिया गाउँपालिकाले भने बजेट ल्याउन सकेन । पालिका अध्यक्ष हिरा केवटले गणपूरक संख्या नपुगेकाले असार १० गतेको गाउँसभा ३ दिन पछि सारेको बताए । तर पालिकाका सबै अध्यक्षहरुले अध्यक्षले मनोमानी गरेको भन्दै बहिस्कार गर्ने घोषणा गरेका थिए ।

    अधिकांश स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । कोरोना महामारी नियन्त्रण, शिक्षा, पर्यटन, कृषि र पूर्वाधार विकासलाई विशेष महत्व दिएर आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट ल्याएका छन् । स्थानीय तहमा संचालित गौरवका योजनाहरुलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।

  • तिनाउले नहर बगाएपछि हजारौं किसानलाई रोपाईंको तनाव

    तिनाउले नहर बगाएपछि हजारौं किसानलाई रोपाईंको तनाव

    रुपन्देही । धान रोप्न तयार भएका रुपन्देहीका मोतिपुर, सेमलार, फर्साटिकरका किसानहरुलाई तिनाउ नदीमा आएको बाढीले नहर भत्काइदिएपछि समस्यामा पारेको छ । रूपन्देहीको तिनाउ नदीमा केही दिन अगाडि आएको बाढीले चार तपाहा सिंचाईँ प्रणाली नै भत्काएको थियो ।

    बुटवलको तिनाउ पुलको तलबाट पश्चिम जाने चार तपाहा सिंचाई प्रणाली बाढीले सबै भत्काएपछि सोे नहर बनाउन प्रशासननले स्वीकृत नदिएको किसानको गुनासो छ ।

    तिनाउबाट सिंचाई हुँदै आएका ती क्षेत्रका खेतीयोग्य जमिन यतिबेला सुक्न थालेको र तयार भएको बीउ बिग्रन थाल्दा प्रशासनले नहर बनाउनका लागि स्वीकृत नदिएको बुटवल १४ का किसान दीपक कुँवरले गुनासो गरे ।

    जिल्ला प्रशासन कार्यालय र बुटवल नगरपालिकाले सो क्षेत्रमा मेशिन चलाउन अनुमति नदिँदा किसानले रोप्न ठिक्क पारेका खेत सुक्न थालेका छन् भने ब्याडबाट गोडिएका धानका बेर्नासमेत सुकेको किसानको गुनासो छ ।

    नहर पुरिएकाले पूर्वअवस्थामा फर्काउन मेशिन प्रयोग गर्नुपर्ने तर प्रशासनले स्वीकृत नदिएको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले प्रशासनसँग समन्वय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    त्यो नहर नजिकै तिनाउ पुल रहेको छ, असार लागिसकेकाले प्रशासनले खोलामा स्काभेटर लैजाने अनुमति नदिएको कुरो आएपछि हामीले सीडीयो सावसँग किसानले प्रयोग गर्ने नहर बनाउन दिन माग गरेका हौं, छिटै समाधान हुन्छ– उनले भने । अहिले बाढीले सो प्रणालीमा हिलो,ढुंगा गिट्टी र बालुवा भरिदिएको छ ।

    बुटवल पश्चिमका बेलबास, नयाँगाउँ,मोतिपुर सेमलार फर्साटिकर,छपिया सौराहासम्म करिब ४ हजार ५ सय बिगाहामा सिंचाई गर्ने छ नम्बर तपाहा, खडुवा कुलो, एघार मौजा र ५ मौजाको कुलोमा अहिले पानी जान सकेको छैन ।

    ‘कुलो बनाउन मेसिन चलाउने अनुमतिमा प्रशासनले आनाकानी गर्दा यो अबस्था आयो,’ चार तपाहा सिंचाईँ प्रणालीका वरिष्ठ उपाध्यक्ष पुरूषोत्तम बस्यालले भने । नदी दोहनमा मेसिन चलाउन मिल्ने हामीले कुलो बनाएर पानी लैजान मेसिन चलाउन नमिल्ने यो त किसानलाई मार्ने काम भो बस्यालको गुनासो छ ।

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समितिकै प्रकृयाले केहि दिन ढिलाइ भएको बताए । चार तपाहा सिंचाईँ प्रणाली समितिका पदाधिकारीले भेटेरै समस्या बताएकाले अब छिट्टै अनुमति दिएर कुलो बन्ने तामाङले बताए ।

    ‘अर्थतन्त्र चलायमान हुन पनि किसान कृयाशील हुनुपर्छ,मल, बिउ, सिंचाइमा सहजीकरण गर्ने स्थानीय सरकारको जिम्मेबारी नै हो । तर कुलो बनाउन डोजर स्काभेटर चलाउन अनुमति दिन पनि ५ दिन लाउनु बिडम्बना हो ।’ सो क्षेत्रमा रहेका नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले बताए ।

     

  • रुपन्देहीका किसानलाई यो वर्ष मलको अभाव नहुने

    रुपन्देहीका किसानलाई यो वर्ष मलको अभाव नहुने

    रुपन्देही । कृषि प्रधान देशका किसानले समयमै मल र बीऊ नपाउने गरेको पीडा नयाँ होइन । जिम्मेवारीमा बस्नेहरुले समयमै यसको व्यवस्थापन गर्नसके केही मात्रामा भए पनि किसानले राहत पाउने रहेछन् भन्ने उदाहरण यो वर्ष रुपन्देही बनेको छ ।

    धान रोप्दा आवश्यक पर्ने रसायनिक मल धान काट्ने बेलासम्म नपाएका रुपन्देहीका किसानहरु यसवर्ष भने समयमै मल पाएपछि बिगतको पीडा भुल्ने भएका छन् ।

    मल आपूर्ति गतवर्ष पनि समयमा हुन नसक्दा किसानहरु मल बिना नै धान रोप्न बाध्य भएका थिए । तर यसवर्ष भने माघ महिनामै आएका मल सहकारी संस्था र किसानहरुले घरघरमा लगेर स्टक समेत राखेका कारण धान रोप्ने समयमा अभाव नहुने सहकारी संस्थाहरुको भनाइ छ ।

    रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ बगाहाका रामचन्द्र मुराउले गतवर्ष सिमापारी भारतीय बजारबाट रासायनिक मल ल्याएर धान रोपेका थिए । साढे ५ विघा खेतमा धान रोप्दै आएका रामचन्द्रलाई यसवर्ष गाउँकै सहकारीमा मल पाएपछि भारत जानुपर्ने बाध्यता छैन ।

    जिल्लाको कोटहीमाई–५ मझगावाका अकबाल खाँले माघ महिनामा लगेको मलले धानको ब्याड राखेको र अहिले उपलब्ध भएको मल धान रोप्दा प्रयोग गर्ने बताउँछन् ।

    खाँले मझगावाँ गाउँपालिका भवनसँगै रहेको नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाबाट एक÷एक बोरा युरिया र डीएपीसागै १५ किलो पोटास पाएका छन् । तीन विगाह खेत भएका उनलाई दुई बोरा मल पाए पछि धान रोप्नको लागि मल पाइएन भन्ने चिन्ता हटेको छ ।

    मझगावाँकै ऐनुला खानले पनि कोटहीमाईकै अर्को सहकारी संस्थाबाट धान रोप्नको लागि दुई बोरा डीएपी मल किनिसकेका छन् । सात विघा खेतमा धान रोप्ने ऐनुलालाई अब तीन बोरा युरिया र एकबोरा पोटास चाहिन्छ । कोरोना संक्रमणको जोखिमका कारण करिब १ महिना बन्द रहेको नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आवद्ध ३८ सयभन्दा बढी सदस्य किसानहरुलाई बुधवारदेखि मल वितरण शुरु गरेको हो ।

    सहकारी संस्थाहरुले मल वितरण शुरु गरेपछि विगतमा मलको हाहाकार भोगेका किसानहरु स्थानीय सहकारी संस्थामा लाग्न थालेका छन् । सहकारीहरु संस्थाहरुले संस्थामा आवद्ध सदस्य किसानहरुलाई मल उपलब्ध गराउँदै आएका छन् ।

    नवदुर्गा सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले सहकारीमा माघ महिनादेखि नै मल स्टक राखिएको र कृषि सामग्री कम्पनीबाट हरेक साता मल आपूर्ति भइरहेकोले अहिलेसम्म मलको अभाव नदेखिएको बताए । धान रोप्ने बेलासम्म दुईहजार बोरा डीएपी मल आवश्यक पर्ने भए पनि मल आयात भइरहेकोले अभाव नहुने उनले बताए ।

    यस्तो छ कृषि मन्त्रालयको तयारी

    लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी वार्षिक १ लाख २० हजार मेट्रिक टन रसायनिक मल आवश्यक पर्छ ।

    त्यसमध्ये हाल कृषि सामग्री कम्पनी भैरहवामा हाल युरिया, डीएपी र पोटास गरी १५ हजार ७ सय मेट्रिक टन रसायनिक मल मौज्दात रहेको छ । त्यस्तै प्रदेशका जिल्लाहरुमा गरी २६ सय टन मल मौज्दात रहेको छ ।

    बंगलादेशबाट जीटूजीमार्फत १० हजार मेट्रिक टन मल आउने तयारीमा रहेको र कलकत्ताबाट समेत हिँडिसकेकोले एकहप्ताभित्र ७ हजार टनभन्दा बढी मल आउँदै गरेको उनले बताए ।

    सरकारले रसायनिक मलको वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई दिएको छ । जसअनुसार सरकारले उपलब्ध गराएको ७० प्रतिशत मल कृषि सामग्री कम्पनी र ३० प्रतिशत मल साल्ट ट्रेडिङले वितरण गर्दै आएका छन् ।

    कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाका सहायक प्रबन्धक एवं सूचना अधिकारी गणेशप्रसाद घिमिरेले कम्पनी, कृषि सहकारी र स्वयं किसानहरुले समेत माघ महिनादेखि नै मल स्टक राखेको र बंगलादेश, कलकत्ता लगायतबाट मल आउने क्रम जारी रहेकोले यसवर्ष धानको लागि आवश्यक पर्ने मल अभाव नहुने बताए ।

    प्रदेश सरकारको प्राथमिकता

    गतवर्ष र यो वर्ष लुम्बिनी प्रदेश सरकारले कोभिड राहत कृषि कार्यक्रम, औजार अनुदानलगायतका कृषिमा विशेष योजना अगाडि सारेर कृषि क्षेत्रलाई अगाडि बढाउने जनाएको छ ।

    मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको नीति तथा कार्यक्रममा यस्ता विषयलाई विशेष प्रथमिकता दिएको बताएका छन् । उनले कृषितर्फ स्वदेशमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न कृषिमा सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

    कृषिमा युवा विशेष कार्यक्रम, करार खेती, कृषिकर्मी रोजगारी कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अगाडि सारिएको प्रदेश प्रमुख यादवले बताए । उनले कृषिको व्यवसायिक उत्पादन बढाउन स्थानीय तहमा स्थापना हुने भूमि बैंकमार्फत जग्गा उपयोग गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गरी सुविधा दिने बताए । भूमि, पुँजी र प्रविधीको संयोजन मार्फत कृषि भूमिको सदुपयोग गरेमा उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

    ‘म किसान, प्रदेशको शान’ भन्ने नारासहित कृषक सम्मान, ‘गुईंठारहित भान्छाघर, गोबर ग्याँसमा परौं भर’ भन्ने नारासाथ गुईंठा बाल्ने प्रवृतिलाई निरुत्साहन गर्न स्थानीय तहसँगको सहकार्य र समन्वयमा गोठ तथा भकारो सुधार, गौशाला निर्माण, गोबर ग्याँस निर्माण गरिने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ ।

    एक जिल्ला, एक निर्यात हुने बाली पहिचान, एक स्थानीय तहः एक बिउ स्रोत केन्द्र तथा नश्ल संरक्षण केन्द्र स्थापनाले गत बर्ष जस्तै यस बर्ष पनि निरन्तरता पाएको छ । प्रदेशमा शीत भण्डार, बाली तथा वस्तु विशेषका थप प्रयोगशालाहरूको स्थापना, ‘महिला किसान सहकारी, बनाउँ गाउँघर खुसीयाली’ नाराका साथ महिला लक्षित सहकारी कार्यक्रम पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको मुख्यमन्त्री पोखरेलले बताए ।

  • लक्षित उमेर समूहभन्दा अन्यको भीड बढेपछि रुपन्देहीका चार स्थानीय तहमा खोप कार्यक्रम स्थगित

    लक्षित उमेर समूहभन्दा अन्यको भीड बढेपछि रुपन्देहीका चार स्थानीय तहमा खोप कार्यक्रम स्थगित

    रुपन्देही । चीन सरकारले पछिल्लोपल्ट अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई लगाउने सरकारी निर्णय छ । तर, भनसुन, पहुँच र कमजोर व्यवस्थापनको फाइदा उठाउँदै लक्षितभन्दा कम उमेरसमूहका नागरिकको भीड बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित भएको छ ।

    केही ठाउँमा अत्यधिक भिड र आवश्यकता अनुरुपको खोप नहुनु तथा केही स्थानमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको स्वार्थ बाझिँदा खोप कार्यक्रम विवादित भएको हो ।

    केही जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले आवश्यकता भन्दा कम परिमाणमा खोप आउनु र कतिपय ठाउँमा लक्षित उमेर भन्दा कम उमेरकाले खोप लगाएपछि विवाद भएको जनाएका छन् ।

    जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिकामार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो ।

    सुरुको दिनमै खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएपछिको उत्पन्न विवादले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र मर्चवारी गाउँपालिकामा बुधबारको खोप कार्यक्रम स्थगित हुन पुगेको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुँदा खोप कार्यक्रम स्थगित भएको बताए ।

    ६४ प्रतिशतले लगाए खोप

    रुपन्देहीमा लक्षित समूहका ६४ प्रतिशतले भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार पहिलो दिन लक्षित उमेर समूहका ९ हजार जनाले पहिलो डोज लगाएका छन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्बाट ६० देखि ६४ वर्ष उमेर समूहमा ९ हजारलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

    गिरीका अनुसार जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ९ हजार जनालाई पहिलो डोज भेरोसेल दिइएको । हरेकजसो पालिकाहरुमा लक्ष्यभन्दा कम खोप लगाएको तथ्यांकले देखाएको छ । बुटबल उपमहानगरपालिकामा २२ सय ८१ लक्ष्य राखिएकोमा जम्मा २१ सय ३० जनाले खोप लगाएका छन् ।

    त्यस्तै देवदह नगरपालिकामा ८ सय ५६ लक्ष्य रहेकोमा ६ सय ७ जनाले खोप लगाएका छन् ।

    तिलोत्तमामा १६ सय १४ लक्ष्य भए पनि १५ सय ५३ जनाले खोप लगाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४ सय ५४ लक्ष्य भएपनि २ सय ४६ जनाले मात्र खोप लगाएका छन् ।

    सैनामैनामा भने लक्ष्य अनुसार नै खोप लगाइएको छ । सैनामैनामा ९ सय १५ जनाले खोप लगाएका छन् । सिद्धार्थ नगरपालिकामा ७ सय ९७, गैडहवामा २ सय २८, कञ्चनमा ३ सय ५९ कोटहीमाई गाउंपालिकामा ६१, मर्चवारी गाउँपालिकामा ८९, मायांदेवी गाउंपालिकामा ३ सय १३, ओमसतियामा ४ सय १५, रोहिणीमा ३ सय ८८, सम्मरीमाईमा ८८, सियारी गाउँपालिकामा ३ सय ९०, शुद्धोधनमा ४ सय ११ गरी जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका हुन् ।

  • संक्रमण दर घटेपछि रुपन्देहीमा अक्सिजनको समस्या पनि हट्यो, स्थानीय उत्पादन पर्याप्त

    संक्रमण दर घटेपछि रुपन्देहीमा अक्सिजनको समस्या पनि हट्यो, स्थानीय उत्पादन पर्याप्त

    रुपन्देही । रुपन्देहीमा एक महिना अगाडि अक्सिजन अभावमा कोभिड संक्रमित उपचार मात्र प्रभावित भएन ९ जनाले मृत्यु नै भयो । यहाँका अस्पताल, प्रशासन तथा जनप्रतिनिधिलाई अक्सिजनको व्यवस्थापन नै चुनौती बनेको थियो ।

    अक्सिजन अभावमा यहाँका अस्पतालले नियमित बिरामीसँगै कोभिड संक्रमितको पनि उपचार बन्द गर्नुपर्ने घोषणा गरेका थिए । तर अहिले संक्रमण दर ओरालो लागेको छ भने यहाँका अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन पनि पर्याप्त छ । अक्सिजन आपूर्ति र उत्पादन सहज बनेपछि संक्रमितको उपचारमा सहज भएको छ ।

    संक्रमणले श्वासप्रश्वासमा समस्या भएका बिरामी अस्पतालमा बेड नपाएपछि पेटी बरण्डा, भूइँ जताततै पल्टिएका हुन्थे । बिरामीका आफन्त आक्सिजन जोहो गर्न भौतारिन्थे । पहुँचवालाई भनसुन हुने गर्थ्याे । आफन्त अक्सिजन उत्पादन गर्ने प्लान्टमा दिनरात लाइन लाग्थे, सिलिण्डर खोसाखोस गर्थे । अस्पताल र स्थानीय प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मेहम्मे थियो । पछिल्लो समय भने अक्सिजन अभाव टरेको छ । यहाँको उत्पादन बाहिरी जिल्लासमेत पठाउन थालिएको छ ।

    अक्सिजन चाहिने संक्रमित घट्नु, भारतबाट आयात गरिएको लिक्विड ट्यांकबाट उत्पादन सुरु गरिनु, अक्सिजन उत्पादन गर्ने प्लान्टमा सुरक्षा निकायको व्यवस्थापनजस्ता कारण अक्सिजन आपूर्ति सहज भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

    यसअघि स्थानीय उत्पादनले नधानेपछि बाहिरी जिल्लाबाट एअर लिफ्टमार्फत् पनि रुपन्देहीमा अक्सिजन आपूर्ति गरिएको थियो । जिल्लामा तीन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । तीन उद्योगको दैनिक क्षमता ११ सय अक्सिजन सिलिण्डर भर्ने छ । भारतबाट लिक्विड ल्याएपछि क्षमता बढेर १४ सय पुगेको छ । पहिला दैनिक १७ सय सिलिण्डर खपत हुनेमा अहिले ८ सय मात्रै छ । यहाँका कोरोना अस्पताल र १६ वटै स्थानीय तहले बनाएका २४६ बेडको आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन छ । जिल्लामा उत्पादित अक्सिजन अन्य ८ जिल्लामा पनि उपलब्ध गराइएको छ । अक्सिजन अभावमा संक्रमितको उपचार नगर्ने अस्पतालले पनि विरामी भर्ना गर्न सुरु गरेका छन् ।

    अहिले अस्पतालहरुमा अक्सिजन सहज आपूर्ति भए पनि तेस्रो र चौथो लहरको संक्रमण आउन सक्ने विज्ञले चेतावनी दिएका छन् । यसले गर्दा यसअघिकै जस्तै अक्सिजन र बेड अभावमा संक्रमितको ज्यान जाने जोखिम नदोहोरिएला भन्न सकिँदैन । त्यसैले अक्सिजन पर्याप्त भयो भनेर व्यवस्थापकीय काम थाँती राख्न भने हुँदैन ।

    रूपन्देहीमा कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन सहज हुन थालिसकेको छ । यहाँका अस्पतालमा अहिले अक्सिजनको हाहाकार छैन । भारतबाट आयात गरिएको लिक्विडबाट उत्पादन थालिएपछि, अक्सिजन प्लान्टमा सुरक्षा निकायको व्यवस्थापन र संक्रमितको कमीसँगै यसको व्यवस्थापन सहज हुन थालेको हो ।
    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा अक्सिजनको कमी नरहेको बताए । रूपन्देहीका स्थानीय तहले २ सय ४६ बेडका आइसोलेसन सेन्टर तयार पारेका छन् । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले दोस्रो चरणको संक्रमणका क्रममा रूपन्देहीमा कुनैबेला एकैदिन अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको चाप अस्पतालमा ४ सयभन्दा धेरै पुगेकोमा अहिले त्यो घटेर गएको बताए ।

    जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुटवलको प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, युनिभर्सल शिक्षण अस्पताल, मणिग्रामस्थित क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजबाहेक बुटवलको आम्दा अस्पताल र १६ वटा स्थानीय तहले तयार पारेका आइसोलेसन सेन्टरमा पनि अक्सिजन उपलब्ध गराउन थालेको छ ।

    जिल्लामा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरी तीनवटा प्लान्टसँग दैनिक १ हजार १ सय ५० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता छ । तर विद्युत् आपूर्तिमा अवरोध र प्लान्ट बिग्रिनाले क्षमताअनुरूपको उत्पादन थिएन । शंकर अक्सिजन ग्यासले भारतबाट लिक्विड अक्सिजनको ट्यांक आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको छ । उक्त प्लान्टले पछिल्लो एक सातामा मात्रै तीनवटा ट्यांकमा ३ हजार ५ सय सिलिन्डर अक्सिजन आयात गरेको छ । जसमध्ये सबै प्रयोग भएको छैन । अहिले पनि १ हजार ३ सय सिलिन्डर भर्ने अक्सिजन मौज्दात छ । तर खाली सिलिन्डरको अभाव छ ।

    रुपन्देहीमा घट्दो संक्रमण

    रुपन्देहीमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ७६ मात्र पुगेको छ । सात हजार ५ सय सकृय संक्रमित पुगेको जिल्लामा अहिले संक्रमणमुक्त हुनेको संख्या बढेको छ भने संक्रमितको संख्या घटेको छ । जिल्लामा हालसम्म २७ हजार ४ सय ९१ जना संक्रमित भएकोमा २५ हजार ९ सय ५८ जनाले संक्रमण जितेका छन् भने ४५७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • तिलोत्तमामा पनि समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण

    तिलोत्तमामा पनि समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण

    रुपन्देही । बुटवल उपमहानगरपालिकाले जस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि कोरोना संक्रमणको ‘चेनब्रेक’ गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पु¥याइएको नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।

    नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामै एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।

    मंगलबार वडा नं. १७ मा ३४ जनामा गरिएको कोरोना परीक्षणमा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा बुधबार वडा नं. १३ र १६ मा परीक्षण हुँदैछ भने २० गतेको लागि वडा नं. ९ र १५ तोकिएको छ । यस्तै २१ गते वडा नं. १२ र १४, २२ गते वडा नं. ११ र ८, २३ गते वडा नं. १० र ७ मा कोरोना परीक्षण गर्ने कार्यतालिका छ । यसैगरी २४ गते वडा नं. ३ र ६, २५ गते वडा नं. २ र ५, २६ गते वडा नं. १ र ४ मा कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताए ।

    तिलोत्तमा नगरपालिको पछिल्लो तथ्यांकअनुसार नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या ४७५ रहेको छ भने मंगलबार मात्र थप १४ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा हाल उपचाररत बिरामीहरु ६ जना छन् । नगरपालिकामा हालसम्म ५ हजार ८ सय ३६ जनालाई कोरोना संक्रमण भएकोमा ५ हजार २ सय १६ जना संक्रमणमुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    रुपन्देहीमा यसअघि बुटवल उपमहानगरपालिकाले सोमबारदेखि यस्तो परीक्षणको शुरुवात गरेको छ । जिल्लामा सबैभन्दा बढी प्रभावित यी दुवै पालिकाले समुदायस्तरको संक्रमण पत्ता लगाउन शुरु गरेका हुन् ।

     

  • रुपन्देहीका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

    रुपन्देहीका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा देशभरका नगरपालिकाहरुमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाएको छ । तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको हो ।

    यो बजेटमा सबैभन्दा कम बजेट अनुदान पाउने सिराहाको कर्जन्हा नगरपालिले २७ करोड ६४ लाख रुपैया प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमध्ये झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नेछ ।

    विनियोजित बजेटमध्ये आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने र त्यो मध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तीय हस्तान्तरण हुनेछ ।

    यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

    नेपाल सरकारले समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित अनुदान, न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान), ससर्त अनुदान, समपुरक अनुदान गरी स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण गर्दै आएको छ ।

    लुम्बिनी प्रदेशका उपमहानगरपालिकाहरुमध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकाले एक अर्ब तीन करोड ५५ लाख प्राप्त गर्दा तुल्सीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख,नेपालगञ्ज उपमहानगरपालिकाले ९४ करोड ६१ लाख र बुटवल उपमहानगरले ७८ करोड ९७ लाख प्राप्त गरेको अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

    त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकाले ४२ लाख ६५ लाख र देवदह नगरपालिकाले ४२ करोड ६० लाख, बर्दघाट नगरपालिकाले ४९करोड ३३ लाख सुनवल नगरपालिकाले ४६ करोड ४८ लाख रामग्राम नगरपालिकाले ५१ करोड ६ लाख, प्राप्त गरेका छन् ।

    त्यसैगरी बाणगंगा नगरपालिकाले ६३ करोड ६६ लाख तानसेन नगरपालिकाले ६१ करोड ५ लाख मुसीकोट नगरपालिकाले ४७ करोड १८लाख सन्धीखर्कले ५९ करोड ५ लाख प्राप्त गरेका छन् ।

    त्यसैगरी रोल्पा नगरपालिकाले ३९ करोड ३८ लाख, प्युठान नगरपालिकाले ४३ करोड ४ लाख लमही नगरले ४४ करोड ६९ लाख कोहोलपुर नगरले ५५ करोड ९ लाख र बार बर्दिया नगरपालिकाले ५५ करोड ७१ लाख प्राप्त गरेका छन् ।

    संघीय सरकारले स्थानीय तहलाई त्यहाँको जनसंख्या, भूगोल, पालिकाको महत्वको आधारमा न्यूनतम अनुदान उपलब्ध गराउँदै आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले न्यूनतम अनुदान ८ करोड २५ लाख प्राप्त गर्दा तिलोत्तमाले ५ करोड, देवदहले ३ करोड ७५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४ करोड २५ लाख, सिद्धार्थनगरपालिकाले ४ करोड र सैनामैनाले ३ करोड ७५ लाख प्राप्त गरेका छन् ।
    स्थानीय सरकारलेहरुले संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् प्राप्त हुने बजेट समेतको आधारमा आगामी आर्थिक वर्षको लागि आफ्नो बजेट सार्वजनिक गर्छन् ।

    आगामी आर्थिक वर्षमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले २८ करोड ६० लाख, कञ्चन गाउँपालिकाले ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकाले २८ करोड ९० लाख, गैडहवा गाउँपालिकाले ३२ करोड ७८ लाख, मर्चवारी गाउँपालिकाले ३० करोड ९५ लाख, मायादेवी गाउँपालिकाले ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकाले ३४ करोड १९ लाख, शुद्धोधन गाउँपालिकाले ३१ करोड ४३ लाख, सम्मरीमाई गाउँपालिकाले ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट बजेट प्राप्त गरेका छन् ।

  • अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

    अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहजिल्ला रुपन्देहीमा यो पटक धेरै नयाँ योजनामा बजेट आएको छैन । तर नियमित रहेका योजनामा आकर्षक रकम विनियोजन भएका छन् ।

    अर्थमन्त्रीले रुपन्देहीमा रहेका राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतम बुद्ध विमानस्थल र लुम्बिनी विकास गुरुयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेका छन् ।

    गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ५३ करोड, लुम्बिनी क्षेत्रको विकासका लागि १ अर्ब ५० करोेड रकम विनियोजन भएको छ । त्यसैगरी बजेटमा बुटवल भैरहवा मेघा सिटी र सिद्धबाबा सुरुङ मार्गका लागि अवश्यक बजेट व्यवस्थापन भएको छ ।

    बजेटमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट बिनियोजन भएको छ ।

    अर्थमन्त्रीले यो क्षेत्रका हरेक कार्यक्रममा आउँदा प्राथमिकताका साथ उठाउने लुम्बिनी विकास गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरु लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर गुरुयोजना बनाउने विषयलाई बजेटमा समेटेका छन् । यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । उनले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिने बताएका छन् ।

    यसका साथै केही योजनाहरुमा बजेट थपिएको छ भने चर्चामा रहेका केही योजनालाई बजेट आएको छ ।

    भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतका क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपेका छन् ।

    रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका छन् । निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया शुरु भएको छ ।

    कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आउँदो वर्ष पूरा गरेर काम शुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको छ ।

    रुपन्देहीसहित लुम्बिनी प्रदेशमा अन्य महत्वपूर्ण आयोजनाहरुलाई अर्थमन्त्रीले विशेष प्राथमिकतामा राखेर बजेट छुट्याएका छन् । सिंचाई र जलविद्युतका लागि महत्वपूर्ण मानिने नौमुरे जलविद्युत आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट परेको छ ।

    बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजना बजेटमा समेटिएका छन् ।

    केही समयदेखि चर्चामा रहेर केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपूरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ ।
    रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा छन् ।

    केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको छ । यस्तै बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ ।

    बुटवल भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि बजेट छुट्टिएको छ ।

    बुटवल र सैनामैनाको सीमानामा रहेको कर्साघाट कृषि योजनालाई राष्ट्रिय योजनामा समावेश गरी बजेट विनियोजन गरिएको छ भने दक्षिणी सीमानामा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शहरको विकास गर्ने योजना बजेटमा समावेश भएको छ ।

     

  • अर्घाखाँची सिमेन्ट उद्योगद्वारा स्वास्थ्य चौकी निर्माण

    अर्घाखाँची सिमेन्ट उद्योगद्वारा स्वास्थ्य चौकी निर्माण

    रुपन्देही । अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लगानी गरेर रुपन्देहीको सियारी गाउँपालिका-२, मैनहियामा स्वास्थ्य चौकी निर्माण गरिदिएको छ । उद्योग आफैंले ४ महिनामा निर्माण गरेको सो स्वास्थ्य चौकी भवन बुधबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

    उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको बताए ।

    एक तलाको उक्त स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट, बाथरुम छन् । १५ शय्यासम्म राख्न मिल्ने सो भवनमा तत्काललाई १० बेड र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराइएको र १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने अग्रवालले बताए ।

    अग्रवालले भने, ‘हाम्रो उद्योग यहाँ संचालित छ, यहाँको स्वास्थ्य, शिक्षालगायतका कुराहरुमा हामीले हातेमालो गरौं भन्ने उद्देश्यले स्वास्थ्य चौकी बनाएका हौं ।’ उनका अनुसार आवश्यकताका आधारमा दोस्रो तला थप्न पनि सहयोग गरिनेछ ।

    गाउँपालिका अध्यक्ष अयोध्या थारुले बेड र अक्सिजन पनि भएकाले स्वास्थ्य चौकी तत्काल संचालनमा ल्याई कोरोना संक्रमितको उपचार शुरू गर्ने बताए । ‘यस्तो अवस्थामा स्वास्थ्य चौकी बनाएर उद्योगले शिक्षा, स्वास्थ्यमा पालिकाभित्र ठूलो योगदान गरेको छ’, थारुले भने ।

    स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यमा कोरोना महामारीलाई जित्न सफल हुने विश्वास गरे ।

    केही समयअघि अर्घाखाँची सिमेन्ट प्रालिले सियारीकै भगदरीमा ४ कोठा र सेमरामा ६ कोठाको विद्यालय निर्माण गरेको थियो ।

  • बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    बहुप्रतीक्षित सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष योजनामा रहेको रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान गरिएको छ ।

    यसअघि अर्थमन्त्री भएको समयमा यो सुरुङमार्गलाई प्राथमिकता साथ योजनामा राखेर बजेट बिनियोजन गर्न थालेका अर्थमन्त्री पौडेलले दोस्रोपटक अर्थमन्त्री भएपछि बजेट सुनिश्चित गरी अगाडि बढाएका हुन् ।

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएपछि आज टेण्डर भएको हो । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमयुक्त क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

    सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएको र सोही आधारमा प्रकृया अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले नेपाल प्रेसलाई बताए ।

    ‘अहिले ५ वर्षको समय तोकेर टेण्डर आह्वान भएको छ, यसका विभिन्न संरचनागत सम्झौताहरुमा स्पष्ट उल्लेख छन्, ४५ दिनको समय राखेर सूचना सार्वजनिक गरिएको छ, त्यसपछि निर्माणको काम अगाडि बढ्नेछ,’ उनले भने ।

    मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो । ‘ग्लोबल टेन्डर आह्वान गर्छौं, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ,’ उनले भने । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्ने टेण्डरमा उल्लेख छ । करिब ५ कि.मी. को यो सिद्धबाबा सुरुङमार्ग आयोजनामध्ये ११२६ मिटरको टनेल, ७८० मिटरको डबल लेन रक सेड, माथिल्लो भागमा रक नेट, स्लोप पोटेक्सन लगायतका कामहरु हुनेछन् ।

    सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनीबाट गण्डकीको राजधानी पोखरा जोड्ने महत्वपूर्ण सडकमा सुरुङ नै समस्याको समाधान भएको निष्कर्षसहित निर्माण प्रक्रिया थालिएको हो ।

    अर्थमन्त्री तथा रुपन्देहीबाट प्रतिनिधिसभाका सदस्य विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताएका छन् ।

    ‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो,’ उनले भने, ‘रुपन्देही र पाल्पावासीका लागि मात्र होइन यो देशकै पहिलो र नमुना योजनाका रुपमा अगाडि बढेको योजना हो, सबैको साथले समयमै निर्माण सम्पन्न हुनेछ ।’

    रुपन्देही र पाल्पाको सीमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।

    सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब ११ सय मिटरको हुने अनुमान छ ।

    सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रकै पहिरोका कारण असुरक्षित मानिन्छ । यहाँ पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु भएको छ भने सयौंको अंगभंग भएको छ । सिद्धबाबा क्षेत्र पत्रे चट्टानको भएकाले यो सडकमा पहिरो खस्नका लागि पानी पर्नुपर्दैन ।

  • रुपन्देहीमा ओरालो लाग्दै कोरोना ग्राफ

    रुपन्देहीमा ओरालो लाग्दै कोरोना ग्राफ

    रुपन्देही । कोरोना संक्रमणको दोस्रो लहरमा केन्द्र बनेको रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर ओरालो लागेको छ भने निको हुनेको संख्यामा बढेको छ । पछिल्लोे २४ घण्टाको अवधिमा जिल्लामा १६७ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २६ प्रतिशत हो ।

    यो अवधिमा ५३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा केही समय अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा शनिबार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन् ।

    शनिबारसम्म जिल्लामा ५ हजार १९४ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।

    संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि र संक्रमितको संख्या पनि घट्दै गएपछि केही दिन अगाडिसम्म भरिएका अस्पतालहरुमा सहज ढंगले उपचार हुन थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

    उनले केही निजी अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था थप गरिएकाले पनि केही दिनयता उपचारमा सहज भएपनि जोखिम कम नभएकाले सर्तकता अपनाउन सबैमा आग्रह गरेका छन् ।

  • खोप लगाएका स्वास्थ्यकर्मीमा पनि संक्रमण, उपचार सेवा प्रभावित हुने डर

    रुपन्देही । कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका र पहिले पनि संक्रमणमा परेका स्वास्थ्यकर्मीहरु दोस्रो चरणको संक्रमणमा पर्न थालेपछि रुपन्देहीकाे लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा जनशक्तिको समस्या देखिन थालेको छ ।

    दैनिक कोरोना संक्रमितको सेवामा खटिने स्वास्थ्कर्मीहरु पुनः संक्रमित हुन थालेपछि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको सेवा पनि प्रभावित हुन थालेको छ ।

    यसै पनि अहिले यो अस्पतालमा अस्पतालको क्षमताभन्दा निकै धेरै संख्यामा उपचार गर्नुपर्ने बाध्यता छ, त्यसमाथि केही स्वास्थ्यकर्मी संक्रमणमा परेका कारण नियमित सेवा प्रभावित हुन थालेको अस्पताल प्रशासनको भनाइ छ ।

    संक्रमित कतिपय स्वास्थ्यकर्मी घरमा नगएर अस्पतालकै क्वाटरलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ६४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका छन् । अस्पतालमा कार्यरत मेडिकल अफिसरदेखि नर्सिङ स्टाफ तथा अन्य कर्मचारीहरु संक्रमित भएपछि अस्पतालको सेवामा सामान्य असर देखिएको अस्पतालले जनाएको छ ।

    रातदिन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको हो । अस्पतालमा काम गर्ने क्रममा संक्रमण पुष्टि भएपछि घरपरिवारमा संक्रमण रोक्न घर जान नचाहेका स्वस्थ्यकर्मीलाई समस्या भएको अस्पतालले जनाएको छ ।

    कोरोनाको पहिलो लहरमा होटल आइसोलेशन बनाएर बसेका संक्रमित स्वास्थ्कर्मीहरुको शोधभर्ना मन्त्रालयले नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरुले यस्तोखालको आइसोलेशन बनाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ बढी स्वास्थ्यकर्मीलाई अहिलेसम्ममा कोरोना संक्रमिण पुष्टि भइसकेको छ । यसमध्ये केही दोस्रो पटक संक्रमणमा परेका हुन् । अहिले संक्रमणमा पर्ने अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

    अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, एनेस्थेसिया २ जना, गाइनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार चलिरहेको छ भने लक्षण नदेखिएका संक्रमितहरु निवासमै आइसोलेट भएका छन् ।

    अस्पतालले कोरोनासंग सरोकार नरहेका बाहेक सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई कोरोना संक्रमणको उपचारमा परिचालन गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए । एकैपटक ६४ जना स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुग्दा सेवामामा सामान्य असर पुग्नु स्वाभाविक भएको उनले बताए ।

    यो अस्पतालमा कुल ६ सय कर्मचारी कार्यरत छन् । डा. गौतमका अनुसार अस्पतालमा मेडिकल अफिसर लेबलका १८ जना, विकास समितिबाट १५ जना, कोरोना करारमा नियुक्त भएका ८ जना तथा कन्सल्टेण्ट चिकित्सकहरु करिव ३५ जना कार्यरत छन् । कोरोना संक्रमणको उपचारका लागि मात्र १०० बढी स्टाफ नर्सहरु करारमा भर्ना गरिएको छ ।

    जनशक्तिमा कमी नहोस् भनेर वार्डहरु मर्ज गरेर कोरोना संक्रमतिको उपचारको व्यवस्था मिलाइएका कारण अहिलेसम्म समस्या नदेखिएको हो ।

    जनशक्तिको अभाव हुन नदिन अन्य वार्डहरुबाट दक्ष जनशक्ति सिफ्ट गरेर भए पनि उपचारमा कमी आउन नदिने गरी तयारी भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए । उनले सकेसम्म अहिलेकै जनशक्तिबाट अधिकतम बिरामीलाई सेवा दिने प्रयास गरेको बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालसहित इमर्जेन्सी र फिभर क्लिनिकमा गरी करिब साढे ३ सय संक्रमितको उपचार भइरहेको छ ।

    १६ जना संक्रमित गर्भवतीको शल्यक्रिया

    गतवर्षको कोरोना महामारीको शुरुमा गर्भवतीलाई शल्यक्रिया गर्न नसकेर आलोचना खेपेको प्रादेशिक अस्पतालले तत्काल सेवा शुरु गरेको थियो । २०७७ भदौं १५ गते अस्पतालमा पहिलो पटक संक्रमित गर्भवतीको शल्यक्रिया सुरु भएको थियो ।

    महामारीको दोस्रो लहर सुरु भएपछि १६ जना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएको अस्पतालको तथ्यांकमा उल्लेख छ । अस्पतालमा कुल २४ संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये ८ जना मात्र नर्मल डेलीभरी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । त्यसबाहेक गर्भाअवस्थासँग सम्बन्धित अन्य समस्या (गर्भपतन, रक्तश्राप लगायत) भएर आएका चार जना रहेका छन् ।

    रुपन्देहीमा अहिले प्रादेशिक अस्पतालमा मात्र संक्रमित गर्भवतीको शल्यक्रिया गरिन्छ । संक्रमित महिलाको प्रसुती सेवाको लागि अस्पतालले छुट्टै व्यवस्था गरेको छ ।

    तर महामारीमा गरिएको बन्दाबनदीका कारण भएको सवारी साधनको समस्या र प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका धेरै बिरामीको उपचार गर्न थालिएपछि अस्पतालमा सुत्केरी हुने संख्यामा पनि निकै कमी आएको छ ।

    सामान्य समयमा दिनमा ५० देखि सय जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरे पनि निषेधाज्ञा सुरु भएयता १५ देखि २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको सूचना अधिकारी डा. गौतमले बताए ।

    अहिले धेरैजसो पालिकास्तरमै खुलेका बर्थिङ सेन्टरमा धेरैले डेलिभरी गराउन थालेका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा २५ वटा बर्थिङ सेन्टर छन् । संक्रमणको त्रासका कारण पनि यो अस्पतालमा सेवाग्राहीको संख्या घट्दै गएको छ ।

  • रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    आइतबार विहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको हो ।

    नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आईसीयूमा उपचारका क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यु भएको हो ।बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको सूचना अधिकारी डा. गौतमले जानकारी दिए ।

    यसैगरी गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यु भएको हो । बैशाख २८ गते भर्ना भएका उनको विहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यसैगरि तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराति ९ः५५ बजे मृत्यु भएको डा। गौतमले बताए । श्वासप्रश्वासको समस्याले अस्पताल ल्याएका उनको आकस्मिक कक्षमै मृत्यू भएको हो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।

  • रुपन्देहीको कोभिड अस्पतालमा जनशक्ति अभाव, विरामीको सेवामा समस्या

    रुपन्देहीको कोभिड अस्पतालमा जनशक्ति अभाव, विरामीको सेवामा समस्या

    रुपन्देही । कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई पूर्णरुपमा कोभिड अस्पताल बनाइएको छ । तर आवश्यकताअनुसारको जनशक्ति नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

    प्रदेश सरकारले गत वर्षबाट नै यो अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा कार्यक्षेत्र छुट्याए पनि यो अस्पतालमा क्षेत्र छुटएर अन्य रोगका बिरामीहरुको पनि उपचार गरिँदै आएको थियो ।

    अहिले पूर्णरुपमा कोभिड अस्पताल बनाइए पनि क्षमताअनुसार जनशक्ति अभाव हुँदा स्वास्थ्यकर्मीलाई संक्रमितको उपचार गर्नै मुस्किल परेको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले स्स्वास्थ्यकर्मीसहित अन्य सहयोगी कर्मचारी पनि कम हुँदा संक्रमित बिरामीको उपचार चाहेअनुसार गर्न नसकिएको बताउँछन् ।

    अस्पतालका निमित्त नर्सिङ इन्चार्ज भगवती रानाले स्वास्थकर्मीबाहेकका कर्मचारीको कमीले काम गर्न निकै समस्या भएको बताइन् । उनले भनिन्, ‘कोभिड अस्पतालमा धेरै कार्यालय सहयोगी, अन्य सहयोगीको काम धेरै हुन्छ तर हामीकहाँ त्यो जनशक्ति नै कमी छ, निकै समस्या छ ।’

    अस्पतालमा अहिले मेडिकल अफिसरसहित चिकित्सक २०, स्टाफ नर्स र अनमी गरेर ४६ जना, १८ कार्यालय सहयोगी र ८ जना सरसफाई कर्मचारी कार्यरत छन् । मेसुसहित ५ चिकित्सक मात्रै स्थायी छन् ।

    यीमध्ये पनि एक चिकित्सक र ३ स्टाफनर्स विदामा छन् । ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणपछि जनशक्तिको झनै अभाव भएको छ । अस्पतालका अनुसार क्षमताअनुसार संचालन गर्न र कोभिड संक्रमितको उपचारका लागि अझै मेडिकल अफिसरसहित २४ चिकित्सक, ६० बढी स्टाफ नर्स र २५ जना कार्यालय सहयोगी थप गर्नुपर्छ ।

    भीम अस्पताललाई कोभिड अस्पताल बनाए पनि जनशक्तिको कमीले अस्पताल आफंै थलापरेको छ । जनशक्ति नभएकै कारण तीनहप्ता अघिदेखि ओपीडी बन्द छ ।

    कोभिडका बिरामीले अस्पताल नै भरिएपछि अन्य बिरामीले पाउनुपर्ने उपचार सेवा लिन बञ्चित छन् । बेड भरिएपछि संक्रमितको अस्पताल बाहिर भुइँमा राखेर उपचार भइरहेको छ भने कतिपयलाई एम्बुलेन्सबाटै फर्काइन्छ । कोभिड संक्रमितका लागि फिजिसियन चिकित्सकसमेत छैनन् । नवजात शिशु तथा बालरोग विशेषज्ञले फिजिसियनको गर्ने काम गर्नुपरिरहेको डा. आरिफ हुसेनले बताए ।

    भीम अस्पताल २५ शय्या क्षमताको हुँदा ३ विशेषज्ञ र ३ जना मेडिकल अधिकृत गरी ६ जना चिकित्सकको स्वीकृत दरबन्दी थियो । गत वर्ष लुम्बिनी प्रदेश सरकारले अस्पताललाई स्तरोन्नति गरेर २५ शय्या थप गरी ५० पुर्‍यायो । तर दरबन्दीअनुसार कर्मचारी र चिकित्सक उपलब्ध गराएन ।

    अघिल्लो वर्ष नै कोभिड अस्पतालको रुपमा स्थापना गर्दा २७ बेड पुनः थप गरियो । अहिले ‘लीलाराम–कुन्तिदेवी न्यौपाने प्रतिष्ठान’ले निर्माण गरेको अत्याधुनिक आकस्मिक कक्षमा २१ बेडसहित अस्पतालमा कुल १ सय ४ बेड छन् । आवश्यक जनशक्ति अभावमा पूर्ण क्षमतामा संचालन हुन नसकेको अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताइन् ।

    अस्पतालमा ७० जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीलाई खानाखाने, सुत्ने र दिसापिसाव गर्नेसमेत समय मिलाउन समस्या परेको गुनासो गर्दछन् । महामारीका बेला पनि सरकारले स्वास्थ्यकर्मीको पदपूर्ति गर्न यस क्षेत्रका धेरै संक्रमित उपचारबाट बञ्चित भएका छन् ।

  • घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती

    घरमा ९३ वर्षीय बुवाकाे हेरचाह गर्दै दैनिक कोरोना अस्पतालको जिम्मेवारीमा भगवती

    रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएपछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीको जिम्मेवारी थपियो । शुरुमा सबै त्रासमा रहे पनि बिस्तारै यो रोगसँग लड्न जिम्मेवारी पाएका सबै स्वास्थ्यकर्मीले सामुहिक प्रतिवद्धताका साथ काम गरे । पहिलो चरणको कोरोना संक्रमण त्रासमा काम भएपनि दोस्रो चरणको संक्रमणविरुद्ध धेरैलाई जिम्मेवारीताका साथ काम गर्न सिकाएको अनुभव छ स्वास्थ्यकर्मीको ।

    भीम अस्पतालमा कोरोनाविरुद्ध लडाईको मोर्चामा अग्रपक्तिमा अभियान्ता बनेकी छन्–४२ वर्षीया भगवती राना । उनी कोरोना विशेष अस्पतालको निमित्त नर्सिङ इन्चार्जको जिम्मेवारीमा छिन् । सँगै काम गरेका धेरैजना सहकर्मी संक्रमणमा परे पनि बिस्तारै सबैले यसलाई परास्त गरेको उनको अनुभव छ ।

    ९३ वर्षीय ससुरा बुवालाई दैनिक घरमा सेवा गरेर अस्पताल पुग्ने गरेकी भगवतीलाई महामारी घरमा प्रवेश नगरोस भन्ने चिन्ता सबैभन्दा धेरै छ । ‘जिम्मेवारी लिएपछि अफ्ठेरोमा भाग्नु नैतिकता भएन, त्यसैले दैनिक घरको काम सकेर अस्पताल आउने गरेकी छु,’ उनले भनिन् ।

    सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले सबै क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ । यस्तो त्रासदीमा भगवतीलाई दैनिक घरबाट ननिस्की सुखै छैन । ‘घरमा हेर्ने कोही हुनुहुन्न, श्रीमानले पनि दैनिकी आफ्नो काम गर्न जानुपर्छ, उहाँ सहकारीकर्मी हो, जतिसुकै कुरा गरेपनि महिलाले दोहोरो जिम्मेवारी पूरा गर्नुछ, ९३ वर्षको ससुरा वुवालाई सेवा पनि गर्नुपर्यो आफ्नो पनि जिम्मेवारी पूरा गर्नुपरयो, तर घरमा आउँदा पनि अस्पतालको जिम्मेवारीले भने निरन्तर सताउँछ,’ भगवतीले भनिन्, ‘‘घरमा वृद्ध बुबा हुनुहुन्छ, उहाँ र बालबच्चाको स्वास्थ्यको जोखिमको मानसिक त्रास पनि उत्तिकै छ, कसरी आफ्नो र परिवारको स्वास्थ्यलाई बचाएर बिरामीको हेरचाह गर्न सकिन्छ भन्ने कुराले साह्रै मानसिक तनाव हुँदोरहेछ, घरबाट भएको सहयोगका कारण कोरोनाको महामारीको संकटमा जुध्न हिम्मत बढेको छ ।’

    उनले थपिन्, ‘पहिलेको भाइरस कमजोर थियो, अहिले कडा खालको भाइरस भएकाले संक्रमण हुनेहरु सिकिस्त अवस्थामा पुग्ने गरेका छन्, तिनको उपचारमा खटिँदा आफ्नो र परिवारको स्वास्थ्य अवस्थालाई सम्झिएर मनोबल घट्नेरहेछ ।’

    जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको यो अस्पतालले अहिले कोरोना संक्रमितका बिरामीहरू मात्रै हेरिरहेको छ । दैनिकजसो बेड नपाएर अस्पतालको बरण्डामा छटपटिरहेका र उपचार हुँदाहुँदै ज्यान गुमाएका कोभिड १९ का संक्रमित देख्नु त्यहाँका स्वास्थ्यकर्मीको दिनचार्यजस्तै बनेको छ । तर सबै टिमवर्कमा काम गरे केही सहज भएको उनको अनुभव छ ।

    ‘बिरामीको सेवा नै हाम्रो पेशाको मूल धर्म भएकाले यसलाई मुख्य प्राथमिकतामा राखिन्छ, अहिलेको अवस्था धेरै संवेदनशील भएकाले पहिलाजस्तो सहज छैन, अस्पतालमा बिरामीको चाप निकै छ, कार्यालय सहयोगी लगायतको जनशक्ति अत्यन्तै कम भएकाले कार्यसम्पादनमासमस्या परेको छ, सबैको सहकार्यमा युद्ध लडिएको छ,’ भगवतीले भनिन् ।

    पहिलो र अहिलेको चरणमा पनि सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु संक्रमित हुँदा काम गर्नेमा जनशक्ति थप अभाव भएको र बिरामीको चापले पनि यस्तो भएको राना बताउँछिन् । भन्छिन्, ‘सहकर्मीहरु पनि संक्रमित हुनुभएको छ । महामारीले मानसिक दबाब झनै डरलाग्दो रहेको छ, सुरुमा संक्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएर तनाव थियो अहिले हरेक घण्टामा पीपीई फेर्नु पर्दा नपुग्ने अवस्था छ ।’

    अस्पतालमा उपचारको क्रममा बिरामीले ज्यान गुमाउँदा धेरै पीडा हुने उनको अनुभव छ । उपचारको अग्रभागमा खटिंदै आएकी भगवती राना अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नव्यहोरेको बताउँछिन् । ‘मैले काम गरेको करिब २० वर्ष पुग्न थाल्यो । यस्तो संकट अहिलेसम्म आएको थिएन । जतिसक्दो प्रयास गर्दा पनि बिरामी आँखै अगाडि मृत्युवरण गरिरहेका छन् भने अर्कोतिर संक्रमणबाट आफूलाई कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।

    महामारीसँग जुध्नका लागि परिवारको साथले अहम् भूमिका खेल्ने तथ्यलाई उनी आफैंले अनुभव गर्दै आएकी छन् । श्रीमान र सन्तानको प्रोत्साहनले अस्पतालमा विरामीको सेवा गर्ने आत्मविश्वास बढेको छ । भनिन्, ‘अस्पताल र घरको दुरी केही टाढा भएकाले श्रीमान अस्पतालसम्म आफैले ल्याउने लैजाने गर्नुहुन्छ, बिरामीको सेवामा खट्न प्रोत्साहित गर्नुहुन्छ ।

    संक्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । नर्सको जिम्मेबारी बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधि दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने हो ।
    अहिले अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको डिस्चार्ज निकै कम भएको छ त्यसैले पनि अस्पतालमा चाप बढी भएको छ । सबै मिलेर महामारीको युद्ध जित्नु अहिलेको आवश्यकता भएकाले नर्सिङ दिवसमा सबै सहकर्मी, स्वास्थ्य सेवामा खटिने सबैलाई आफू बचेर सेवा गर्न भगवतीको आग्रह छ ।

    बिरामीको पीडा सुन्ने, सधैं अरुको सेवामा खट्ने नर्सहरु वास्तवमा खुसी छन् कि छैनन् ? नर्सहरुको समस्या के छ भनेर सोधिदिने अवस्थाको विकास गर्न उनको आग्रह छ । महामारीले यो क्षेत्रको जिम्मेवारी बढाएकाले पनि यसको व्यवस्थापन सबैले ध्यान पु¥यााउन भगवतीले आग्रह गरेकी छन् ।

    फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो।  नेपालमा विसं‍. २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ। विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने माघ १५ गते राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ।

  • लुम्बिनीका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणमा जुटे

    लुम्बिनीका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणमा जुटे

    रुपन्देही । कोरोना भाइरस नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेसन निर्माणदेखि अक्सिजनको जोहो गर्दै सेवा दिने कामलाई तीव्र बनाएका छन् ।

    प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहितका आइसोलेसन निर्माणदेखि घरघरमा पुगेर काम गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकामा ६० आइसोलेशन सेन्टर र १ हजार ८३ शय्या तयार पारिएको छ ।

    अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा दश, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच, प्युठानमा आठ, नवलपरासी ४ र रुकुम(पूर्व)मा एक आइसोलेसन सेन्टर सञ्चालनमा छन् भने बाँकी जिल्लामा पनि आइसोलेसन निर्माणको तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेशका आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेण्टरमा मात्रै ५ सयभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेसन अस्पतालसहित १२ अन्य आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ जना कोरोना संक्रमित छन् ।

    बुटवलमा घरघरमा सेवा

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नका साथै अक्सिजन संकलन र उपचार सञ्चालन गरेको छ ।

    नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका २ सय जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ ।

    कावा नगरप्रमुखको जिम्मेवारीमा रहेका प्रवक्ता रेग्मीले उपनगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको तथा वडा नं ११ र १३ को नवनिर्मित भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको जनाए ।

    बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा शुरु गरेको ५ दिन आइतवारसम्म रााति र दिउँसो गरी दुई सिफ्टमा चौबिसै घण्टा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर दिनको ५०–५५ जनाको दरले २७० भन्दा बढी कोरोना संक्रमितहरुको घरघरमा पुगेर तिनीहरुको स्वास्थ्य परिक्षण गरेको उपमहानगरपालिकाका योजना आयोगका उपाध्यक्ष मेघराज भट्टराईले जनाएका छन् । उनले तत्काल अक्सिजन आवश्यक परेका २१० जनालाई सेवा दिएको बताए ।

    होम आइसोलेसन, सामुदायिक आइसोलेसन र होटल आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुमध्ये मापदण्डका आधारमा तत्काल अक्सिजन उपलब्ध गराउनपर्ने संक्रमितहरुको आपतकालीन सेवाका लागि प्रयोग गरिएको उनको भनाई छ ।

    सञ्चालित अक्सिजन बैंकबाट विभिन्न अस्पतालमा रहेका बिरामीहरु, एम्बुलेन्स सेवाहरु र बुटवल बाहेक अन्यत्र स्थानका संक्रमितहरुलाई पनि सेवा दिने इच्छा हुदाँहुदै पनि नगरभित्रका नागरिकहरुलाई आवश्यकताका आधारमा सेवा दिने गरेको उनले बताए ।

    उपमहानगरले सिलिण्डर खरिद गरेको नभएर बुटवलका संघसंस्था र उद्योग व्यवसायीको सहकार्यमा उद्योग, व्यवसाय र घरयासी प्रयोजनमा प्रयोग भइरहेका सिलिण्डर बटुलेर हाल १५० वटा पुर्‍याएको हो । अक्सिजन बैकले १५० वटा सिलिण्डर राखेको हुनाले रुपन्देहीका अस्पतालहरुमा सिलिण्डरको अभाव भयो भनेर भ्रमित पार्ने काम भएको भन्दै उपमहानगरले आपत्ति प्रकट गरेको छ ।

    बुटवल उपमहानगरपालिकाले आइतवार जम्मा गरेका सिलिण्डरहरु चितवन लगेर भरेर ल्याएको थियो ।

    यसैगरी उपमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक, पेन्टाप्राजोल, सिटामोल, गिलोये चूर्ण, अमला चूर्णसहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

    एम्बुलेन्स सेवा

    उपमहानगरले बुटवलका होम आइसोलेसन, होटल आइसोलेसन, सामुदायिक आइसोलेसन सेन्टरमा रहेको संक्रमितहरुलाई हस्पिटलसम्म पुर्‍याउन अथवा हस्पिटलबाट घरसम्म पु¥याउन एवम् रुपन्देही जिल्लाभित्रका अन्य कुनै स्थानसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

    यो सेवा लक्षण देखिएका संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा परेका लक्षणसहितका संक्रमितको परीक्षणका लागि स्वाब संकलन गर्न, बाहिरबाट आएकालाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सकिने गरी उपलब्ध गराइएको प्रबक्ता रेग्मीले जानकारी दिए ।

    कोरोना संक्रमण भएपछि सेवा चाहिएको अवस्थामा वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसम्म सूचना पुर्‍याएमा नागरिकप्रतिको उत्तरदायित्व बहन गर्ने कुरामा पछि नहड्ने प्रबक्ता रेग्मीले बताए ।

    उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्ट्याक्टमा रहेका नजिकका व्यक्तिहरुको निशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब संकलन गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए ।

    हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्यांकमा उल्लेख छ ।

    रुपन्देहीमा यस्तो छ तयारी

    सैनामैना नगरपालिकामा कोरोना भाइरसविरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ । सैनामैना–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताइन् । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्म नगरका सबै वडामा स्वाब संकलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।

    यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । देवदह –७ मा रहेको मगर समाजको भवनमा सेन्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् । नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरेको पनि उनले बताइन् ।

    सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । सेन्टरमा अक्सिजन सिलिण्डर सहितका २० शय्या रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । सिद्धार्थ नगरले संक्रमितको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उनले बताइन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालन गरिएको छ । नगरमा कोरोना संक्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगर प्रमुख मनमोहन चौधरीले जानकारी दिए ।

    बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनको भनाइ थियो । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागेको छ ।

    रोेहिणी गाउँपालिकाले पनि कोरोना संक्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेशन सञ्चालन गरेको छ । रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा संघीय सरकारको १० लाख सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

    शुद्धोधन गाउँपालिकाले पनि मोतीपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच शय्याको स्वास्थ्य केन्द्रलाई १० मा पु¥याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए ।

    रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत पर्ने स्थानीय तहहरुले आइसोलेसन सेन्टर निर्माण गरेका छन् । तीव्र रुपमा बढ्दै गएको दोस्रो लहरको कोरोना भाइरसको नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन नागरिकको ‘घरदैलोको सरकार’ भनेर चिनिने स्थानीय तहले पालिकामै आइसोलेशन सेन्टर निर्माण गरेका हुन् ।

    कोरोना भाइरस संक्रमण पुष्टि भएका र लक्षण नदेखिएका बिरामीहरुको उपचार तथा हेरचाहका लागि रुपन्देहीको दक्षिण क्षेत्र मर्चवार अन्तर्गत पर्ने कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।

    कोटहीमाई गाउँपालिकामा ७ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए । ‘मझगावा स्वास्थ्य चौकीमा ७ शय्यको आइसोलेशन सेन्टर निर्माण गरेका छौं, आवश्यकता अनुसार बेड थप्दै जान्छौं,’ उनले भने । अहिले ५ जना कोरोना संक्रमित बिरामी आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

    त्यस्तै सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ स्थित असुरैनामा ५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीका अनुसार तीन जना स्वास्थ्यकर्मीसहितको टोली पालैपालो आइसोलेसन सेन्टरमा खटिएका छन् । हाल ३ जना संक्रमित सेन्टरमा रहेको उनले बताए ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल परीक्षण गराउन सम्मरीमाई गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गाउँपालिकावासीको लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरिएको बताए । त्यस्तै मर्चवारी गाउँपालिका वडा नम्बर २ स्थित अमवामा अक्सिजनसहित ५ शय्याको आइसोलेसन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले जानकारी दिए ।

    त्यस्तै मर्चवार अन्तर्गत केही क्षेत्र ओगटेको मायादेवी गाउँपालिकामा आइसोलेसन सेन्टर सञ्चालनको तयारीमा रहेको छ । गाउँपालिकाको सभाहलमा १० शय्यासहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

    कोरोना संक्रमित विरामीहरुको उपचार तथा हेरचाहको लागि आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले बताए

    लक्षण देखिएका र गम्भीर प्रकृतिका बिरामीहरुका लागि अस्पतालमा अक्सिजन र आईसीयू अभावका कारण छटपटिनु परेको तथा कतिपय अवस्थामा ज्यानै जाने क्रम बढेको बेला रुपन्देहीको दक्षिणी क्षेत्रमा आइसोलेसन सेन्टर बनाउनु महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । नियन्त्रण र उपचार पद्दतिलाई सहज बनाउन आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता देखिन्छ ।

    संक्रमितको संख्या घट्दै

    रुपन्देहीमा आइतबार थप ४ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८५ पुगेको छ । बुटवल उपमहानगरपालिकामा मात्रै १ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ्। यसैगरी तिलोत्तमामा १ सय ३५, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७, सैनामैनामा २१ जनामा संक्रमण फेला परेको छ ।

    यस्तै ओमसतियामा १६, सियारीमा ५, लुम्बिनी साँस्कृतिकमा ४, रोहिणी र सुद्धोदनमा ३-३ जना मायादेवी, कञ्चन, कोहहीमार्ई गाउँपालिकामा २-२ र मर्चवारीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा कुल मृतकको संख्या २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

     

  • रुपन्देहीमा सक्रिय संक्रमित ३ हजार नाघे, शनिबार ९ जनाको मृत्यु

    रुपन्देहीमा सक्रिय संक्रमित ३ हजार नाघे, शनिबार ९ जनाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा शनिबार २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ ।

    जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ । स्वस्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शनिबार २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना संक्रमित थपिएका छन् । जसमध्ये सबै भन्दा बढी बुटवल उप-महानगरपालिकामा २ सय ५ जना संक्रमित थपिएका हुन् ।

    सिद्धार्थनगर नगरपालिकामा ६५, तिलोत्तमा नगरपालिकामा ७२ , देवदह नगरपालिकामा २३ जना संक्रमित थपिएका छन् ।

    तथ्यांक अनुसार संक्रमितहरु मध्ये २५ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ७३ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमितमध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ ।