Tag: रिट

  • इजलास बहिष्कारले मुद्दा प्रभावित, न्यायाधीशहरूविरुद्ध परमादेश माग गर्दै सर्वोच्चमा रिट

    इजलास बहिष्कारले मुद्दा प्रभावित, न्यायाधीशहरूविरुद्ध परमादेश माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । सडकबाट प्रधानन्यायाधीशलाई हटाउने मिसनलाई साथ दिँदै गुटबन्दीमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबार पनि इजलास बहिष्कार गरेका छन् ।

    वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै बेग्लै बैठक गरिरहेका छन् । सिनियर न्यायाधीश एकजुट भएपछि कतिपय जुनियर न्यायाधीशसमेत बाध्यताबस बहिष्कार अभियानमा सामेल भएका छन् ।

    पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठनिकट वरिष्ठतम न्यायाधीशहरूले प्रधानन्यायाधीश राणालाई बाध्यात्मक बहिर्गमन गराउन सडक र सत्ता गठबन्धनको सहायता लिएका छन् । तर, सत्ता गठबन्धनले महाअभियोग लगाउन नसक्ने संकेत दिएपछि उनीहरू अब के गर्ने भन्ने विकल्पमा छलफल गरिरहेका छन् ।

    प्रधानन्यायाधीशले केही व्यक्तिले सडकबाट राजीनामा माग्दैमा नदिने र महाअभियोग आए फेस गर्ने बताएका छन् । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा वकिलहरू समेत विभाजित भएर कुटाकुटमा उत्रिएका छन् ।

    यसैबीच सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको र बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत प्रभावित हुँदा अपूरणीय क्षति भएको भन्दै सर्वोच्चमा रिट दर्ताका लागि पेस भएको छ ।

    अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले शुक्रवार पेस गरेको रिटमा प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

    रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको छ ।

  • परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।

    अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको उनले जानकारी दिए ।

    कानून नबनाइ सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।

    नेपालको संविधानको सपथसम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथसमबन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथसम्बन्धी कानून लागु भएकोमा संसद् अधिवेशन प्रारम्भ भएपश्चात सदनमा उक्त अध्यादेश पेस भए पनि पारित हुन नसकेको हुनाले उक्त अध्यादेश संविधानको धारा १४४ (२) (ग) अनुसार स्वत: निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा सपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दावी गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

  • एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियतविरुद्धको रिट हेर्न नभ्याइनेमा

    एमालेले निष्कासन गरेका १४ सांसदको वैधानिक हैसियतविरुद्धको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमाथिको आजको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

    न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि बेञ्च-बार समन्वय समितिको बैठक परेकोले हेर्न नभ्याइनेमा राखिएको हो । सो समितिमा वरिष्ठतम न्यायाधीशद्वय कार्की र खड्कासमेत छन् ।

    नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

    एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

    तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछिमात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस्यो ।

    यसअघि सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको थियो ।

    कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।

    संवैधानिक इजलासमा रहेर असार २८ को फैसला गर्ने न्यायाधीशहरू ओलीप्रति पुर्वाग्रही रहेको आरोप लागिरहेको बेला यसअघि प्रधानन्यायाधीश आफैंले राखेर हेरेको मुद्दा आज भने दीपक कार्की र मीरा खड्काको इजलासमा पारिनुलाई अर्थपूर्णरूपमा लिइएको थियो । त्यसयता प्रायः ती न्यायाधीशको इजलासमा पेसी परेका बेला रिट निवेदक वकिलले सार्ने गरेका छन् ।

  • एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो ।

    आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए ।

  • एमाले अध्यक्ष ओलीको रिटमाथि मीरा खड्काको इजलासमा सुनुवाइ हुँदै

    एमाले अध्यक्ष ओलीको रिटमाथि मीरा खड्काको इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । गैरकानूनीरूपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधबार रिट दायर गरेका थिए ।

    ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ । एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एसलाई दलको मान्यता दिएको भन्दै ओलीले सो निर्णय खारेजीको माग गरेका छन् ।

    त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको मागसमेत गरेका छन् ।

  • झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झलनाथ खनालसहित ६ जनाले पार्टी फुटाउन गरेको सनाखत अवैध भएको दावी गरेको छ ।

    एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्च गएको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत भएको भनेको हो ।

    ‘विपक्षी झलनाथ खनालको सम्बन्धमा निर्वाचन आयोगको उक्त निर्णयको दोस्रो पानामा निज केही समयदेखि भारतस्थित एपोलो अस्पतालमा उपचाररत रहेको र भारतस्थित नेपाली राजदूतावासबाट सनाखत गर्न अनुरोध गरेको र मिति २०७८।०५।०४ को छुट्टै दल दर्ताको निवेदनमा सूचीमा निजको नाम समावेश भएको भनी लेखिएको छ,’ रिटमा भनिएको छ, ‘जबकी निजले शुरू छुट्टै दल दर्ताको निवेदन २०७८।५।२ मा दर्ता भएकोमा समेत निजको दस्तखत छैन । यसरी शुरु निवेदनमा दस्तखत नै नभएका व्यक्तिको हाल आएर सनाखत गराउन मिल्दैन ।’

    आयोगले नै शुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले शुरू निवेदनमा नाम नहुनु र शुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

    यस आधारमा प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानूनसम्मत नभएको दावी रिटमा गरिएको छ।

  • दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट, सर्वोच्चको फैसलाको अवज्ञा भएको जिकिर

    दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट, सर्वोच्चको फैसलाको अवज्ञा भएको जिकिर

    काठमाडौं । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च गएका हुन् ।

    शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी सरकारले मंगलबार अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएलगत्तै एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको प्रक्रियामा गइसकेका छन् ।

    व्यवस्थापिका संसदको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न माग गर्दै रिट दायर भएको हो । संसदलाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरतालाई बढावा दिएको रिटमा दावी गरिएको छ । सर्वोच्च अदालतका पछिल्ला फैसलाको समेत विपरीत हुने गरी सरकारले अध्यादेश ल्याएकाले बदरभागी रहेको रिट निवेदकहरूको दावी छ ।

  • संसद पुन:स्थापनासम्बन्धी सार्वजनिक सरोकारका २९ रिट खारेज

    संसद पुन:स्थापनासम्बन्धी सार्वजनिक सरोकारका २९ रिट खारेज

    काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै परेका सार्वजनिक सरोकारका रिटलाई खारेज गरेको छ । प्रधानन्यायाधीशसहित यसअघि संसद पुन:स्थापना आदेश दिएका न्यायाधीशको बेञ्चमा २९ वटा रिटको सुनुवाइ भएको थियो ।

    आज बसेको संवैधानिक इजलासले गत असार २८ गतेको फैसलाबाटै सबै विषयहरुको निरुपण भइसकेको भन्दै ती रिटहरु खारेज गर्न आदेश गरेको हो ।

    प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटहरुमध्ये शेरबहादुर देउवासहित १ सय ४६ जना रिट निवेदक रहेको मुद्दालाई अग्राधिकार दिदै सर्वोच्चले फैसला गरिसकेको छ । सो फैसलासंगै अन्य रिटहरुको औचित्य सकिएकोले खारेज गरिएको हो ।

  • कुलमानविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुने, यस्तो छ हितेन्द्रको दावी (पूर्णपाठ)

    कुलमानविरुद्धको रिटमाथि बुधबार सुनुवाइ हुने, यस्तो छ हितेन्द्रको दावी (पूर्णपाठ)

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गरेका छन् ।

    सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरको छन् ।

    आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जिकिर गरेका छन् । उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गरेका छन् ।

    शाक्यको रिटमाथि सुनुवाइको लागि बुधवारलाई पेसी तोकिएको छ ।

  • संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

    संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

    काठमाडौं । विभिन्न संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको मर्म र भावनाविपरीत संसदीय सुनुवाइको प्रक्रिया छलेर गरिएका संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र नियुक्तिका विरुद्ध परेका रिटहरूको पुरकका रूपमा यो निवेदन दर्ता भएको हो ।

    संवैधानिक परिषदको गत वैशाख २६ गतेको बैठकले गरेको सिफारिसका आधारमा गत असार १० गते लोकसेवा आयोग, समावेशी आयोगसहित संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त गरिएको थियो ।

    निवेदनमा ‘संविधानको धारा २९२ विपरीत संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति संविधानको सर्वथाविपरीत छ । यो संविधानको दुराशययुक्त एवं कपटपूर्ण प्रयोग हो’, रिटमा भनिएको छ ।

    हेर्नुस् रिटको पूर्णपाठ-

  • संवैधानिक इजलासमा रिट निवेदकको पक्षबाट बहस, देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश माग

    संवैधानिक इजलासमा रिट निवेदकको पक्षबाट बहस, देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश माग

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बहस सुरू भएको छ । बहस सुरूआत गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) बमोजिमको सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले बन्न नदिएको जिकिर गरे ।

    उनले बनिसकेको सरकार घोषणा गर्न अवरोध भएकाले त्यो अवरोध अदालतले हटाउनुपर्ने माग गरे । धारा ७६ (५) सरकार गठनका लागि नयाँ व्यवस्था भएकाले बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवाको दावी राष्ट्रपतिले अस्वीकार गर्ने अवस्था नरहने जिकिर गरे ।

    प्रधानमन्त्रीमा केपी ओलीबाहेक अरुलाई स्वीकार नगर्ने दुराशय देखिएको भन्दै अन्तरिम आदेश माग गरे । उनले धारा ७६ (५) को सरकार बनि सकेको जिकिर गर्दै संसद पुनःस्थापना र देउवालाई सपथ गराइनुपर्ने बताए ।

    यादवपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरू गर्दै अन्तरिम आदेश माग गरेपछि न्यायाधीश ईश्वर खतिवडाले अन्तरिम आदेश दिने आधार के भन्ने प्रश्न गरेका छन् ।

  • वरिष्ठ अधिवक्ताहरु विपक्षीको ‘मिडिया स्टन्ट’ रणनीतिका मतियार बनेको महान्यायाधिवक्ताको आरोप

    वरिष्ठ अधिवक्ताहरु विपक्षीको ‘मिडिया स्टन्ट’ रणनीतिका मतियार बनेको महान्यायाधिवक्ताको आरोप

    काठमाडौं । संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशलाई हटाउन माग गर्दै विपक्षी गठबन्धनका कानून व्यवसायीले इजलास अवरुद्ध पारेका छन् ।

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दी लगायतले बमकुमार श्रेष्ठ र तेजवहादुर केसी इजलासमा बस्न नहुने जिकिर गरेपछि विवाद भएको छ ।

    बमकुमारले नेकपा एकता बदरको फैसला गरेको र तेजवहादुर केसी अघिल्लो प्रतिनिधिसभा विघटनको मुद्दामा पनि इजलासमा रहेको भन्दै दुवै न्यायाधीश बस्न नहुने तर्क गरेका छन् । उनीहरुले संवैधानिक वाध्यताका कारण प्रधान न्यायाधीश बस्नुपर्ने भए पनि सकेसम्म बिदामा बस्न समेत सुझाएका छन् ।

    विवाद बढ्दै गएपछि महान्यायाधिवक्ता रमेश बडालले बरिष्ठ अधिवक्ताहरुले हैसियत बिर्सेको भन्दै कानुन व्यवसायी आचारसंहिता उल्लंघन गरेको जिकिर गरेका छन् ।

    उनले भने, ‘यहाँ स्वच्छ सुनुवाइको कुरा गरौं । मिडिया स्टन्ट चलाउन,दबाब सिजना गर्न,विपक्षी शेरवहादुर देउवादेखि दुर्गा पौडेलसम्म बसेर मिडिया ट्रायल गर्ने निर्णय गरेका छन् । अहिले यहाँ त्यही भइरहेको छ । तपाईहरुले आचारसंहितामा ध्यान दिनुभएन भने सचेत बनाउने हैसियत राख्छ बार काउन्सिलले ।’

    बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता नै हुने व्यवस्था छ ।

    कुनै पनि न्यायाधीश बाँकी रहँदैनन्

    महान्यायाधिवक्ता बडालले न्यायाधीशले गरेका फैसलाका आधारमा इजलासमा बस्न नमिल्ने हो भने संवैधानिक इजलासमा कुनै पनि न्यायाधीश बाँकी नरहने जिकिर गरेका छन् । नेकपा एकता बदर गर्न फैसालमा बहस गर्ने एउटा वकिल आफू पनि रहेको भन्दै उनले नेकपा एकीकरण गराउने कानून व्यवसायीमध्ये आफू पनि एक रहेको जिकिर गरे ।

    उनले भने, ‘नेकपा नाम राख्ने निर्णय एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटीले गरेका थिए। त्यो मुद्दा र यो मुद्दाको कुनै साइनो छैन। यदि बमकुमार श्रीमान, तेजबहादुर केसी र प्रधानन्यायाधीश भएको इजलासले यो मुद्दा हेर्न मिल्दैन भने प्रधानमन्त्री केपी शर्मा ओली विपक्ष बनाइएको मुद्दा कुनै पनि अदालतले हेर्न मिल्दैन । यसरी कुनै पनि श्रीमान बाँकी रहनु हुन्न। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीविरुद्धका सयौं मुद्दा हराएको भन्दै उनले त्यसो हो भने कुनै पनि न्यायाधीश इजलासमा बस्न नसक्ने बताए । आफूसँग कुन-कुन न्यायाधीशले सरकार र प्रधानमन्त्रीलाई कुन-कुन मुद्दा हराए भन्ने विवरण समेत रहेको उनले बताए ।’

  • सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, सबै रिटमाथिको सुनुवाइ अब संवैधानिक इजलासमै हुने

    सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, सबै रिटमाथिको सुनुवाइ अब संवैधानिक इजलासमै हुने

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरेका थिए । त्यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश समेत माग गरेका थिए ।

    अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले दिएको छ ।

    सर्वोच्चमा आज देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै  परेका चारवटा रिटमाथि सुनुवाइ भएको हो ।

    शुक्रबार संवैधानिक इजलास बस्दैछ । देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको रिटमाथि पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार नियमित एकल इजलासमा प्रतिनिधिसभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ ।
  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ बिहीबादेखि शुरू हुने भएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट दायर भएका छन्।

    सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक वेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ शुक्रबार लागि तोकिएको छ।

    सर्वोच्चमा संसद पुन:स्थापना भए केपी ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएका ४ वटा पनि सर्वोच्चमा दायर छन् ।

  • देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने

    देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने

    काठमाडौं । शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट आज पेसीमा चढेन ।

    सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमवार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

    आज तोकिएका दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको बइजलासमा न्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मुद्दा छ ।

  • सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)

    सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेता (तस्बिरहरू)

    काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

    रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

    रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।

     

  • विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    विपक्षीको रिट- देउवाको पक्षमा लागेका एमाले सांसदमाथि कारवाही हुनबाट रोकियोस्

    काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतसमक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आधारमा एमाले र जसपाका सांसदमाथि कुनै कारवाही नहुने आदेश माग गरेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन अनुसार जुन दलबाट निर्वाचित भएको हो उक्त दल त्याग गरेमा, दलको ह्वीप उल्लंघन गरेमा वा कारवाही गरेमा सांसद पद रिक्त हुने व्यवस्था छ ।

    राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावी अश्वीकृत गर्दा पनि एमाले र जसपाका केही सांसदको नाम दुवैतिर रहेको र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था आकर्षित हुने भन्दै त्यही आधारमा विश्वासको मत प्राप्त गर्ने नदेखिएकाले धारा ७६(५) बमोजिमको सरकार गठन नहुने निर्णय गरेकी थिइन् ।

    विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा लिएर गएको रिटको सारसंक्षेपमा देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेको आधारमा प्रतिनिधिसभा सदस्यलाई दल त्याग गरेको भनी प्रत्यथी राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जा जारी गरी संवैधानिकक हकको संरक्षण गरी पाउन माग गरिएको छ ।

    एमालेले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ मध्ये माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनासँग स्पष्टीकरण माग गरिसकेको छ । स्पष्टीकरण दिने मिति आज सकिएको छ ।

    आजै स्थायी कमिटी बैठक बसेर थप कारवाही हुने सम्भावना छ ।

  • विपक्षी गठबन्धनको माग- चुनाव रोक्न अन्तरिम आदेश, संवैधानिक इजलासमा सुनुवाइ

    विपक्षी गठबन्धनको माग- चुनाव रोक्न अन्तरिम आदेश, संवैधानिक इजलासमा सुनुवाइ

    काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत जाँदैछन् ।

    रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत राखिएको छ ।

    रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ ।

  • विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर, एमालेका तीनजना घटे

    विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर, एमालेका तीनजना घटे

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्ने रिट तयार भएको छ ।

    रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ । यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो ।

    रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि एमालेको संख्या २३ मात्र भएको छ ।

    रिट निवेदनमा नेपाली कांग्रेसका ६१,माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।
  • विपक्षी गठबन्धन छलफलमै, सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्

    विपक्षी गठबन्धन छलफलमै, सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विपक्षी गठबन्धनको तयारी नपुगेपछि आज दर्ता नहुने भएको छ ।

    सर्वोच्च अदालतले दिउँसो ३ बजेपछि रिट नलिने भएकाले आज दर्ता हुने सम्भावना टरेको हो । आ-आफ्नो दलका सांसदलाई खबर गर्ने भनिए पनि एमालेको माधव नेपाल पक्षका सबै सांसदहरू नजुटेपछि हस्ताक्षर हुन सकेको छैन ।

    माधव नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले छलफल भइरहेको र शीर्ष नेताले कानून व्यवसायीहरूसँग छलफल गरिरहेकाले आज ढिला भएको बताए ।

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाविरुद्ध करिब दुई दर्जन रिट पुगे पनि आज कुनै पनि दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।

  • सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वर जाने तयारी

    सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वर जाने तयारी

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

    त्यसका लागि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदले हस्ताक्षर, नागरिकता र सांसद परिचयपत्र संकलन सकिएको छ । विपक्षी दलले सिंहदरबारस्थित आ-आफ्नो संसदीय दलको कार्यालय सांसदलाई हस्ताक्षर गराएका हुन् ।

    नेपाली कांग्रेसका सबै ६१ जना सांसदको नागरिकता, सांसद परिचयपत्र र हस्ताक्षरको नमूना सकंलनको काम सकिएको छ । त्यस्तै माओवादी केन्द्रका अधिकांश सांसदको पनि हस्ताक्षर संकलन सकिएको छ । त्यस्तै जनता समाजवादी र एमालेको माधव पक्षका सांसदको हस्ताक्षर संकलन पनि सकिएको छ। नेपाल पक्षका कति सांसदले हस्ताक्षर गरे भन्ने खुलेको छैन । नेपाल पक्षका केही सांसदले बानेश्वरमै पुगेर हस्ताक्षर गरेका छन् ।

    सबै दलले आन्तरिक तयारी सकिएपछि बानेश्वरमा पुनः सबै सांसदहरू पुगेर रिटमा हस्ताक्षर गर्ने छन् । त्यसपछि उनीहरू त्यहाँबाट सर्वोच्च जाने छन् । माओवादी केन्द्रका नेता एवं पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानले रिट ‘ड्राफ्ट’तयार भइसकेको र दलहरुसँगको छलफलमा अन्तिम रुप दिएपछि दायर गर्ने बताए ।

    सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । कांग्रेस नेता रमेश लेखकले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री करार गरी सपथको बाटो खोल्नु पर्ने बताए ।

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ।

    सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई बोलाएर नागरिकता समेत मागिएको छ। सबै प्रक्रिया पुर्‍याएर सर्वोच्च जाने विपक्षी सांसदहरूको तयारी छ ।

    नागरिकता र सांसदकाे परिचयपत्र कांग्रेस संसदीय दलमा बुझाइएको छ। रिटमा हस्ताक्षर भने संसद भवनकाे ल्हाेत्से हलमा गराउने तयारी छ ।

  • राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)

    राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ ।

    अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पनि कामकाज गर्नबाट रोक्न माग गरिएको छ ।

    रिट निवेदकले राष्ट्रपतिको नाम उल्लेख गरेर रिट लगेकोमा सर्वोच्च प्रशासनले नाम काटेर राष्ट्रपति कार्यालयलाई मात्र विपक्षी बनाइएको छ । रिट निवेदकले प्रधानमन्त्रीको सपथग्रहण बदर गर्न र उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सपथग्रहण पनि बदर मागी भएको जिकिर गरेका छन् ।

    निवेदकले अदालतसमक्ष प्रधानमन्त्री ओलीसहित उनको मन्त्रिपरिषदका सदस्यहरूबाट पदभार बहन गरी थप कार्य सम्पादन नगरि यथास्थितिमा राख्न विपक्षीको नाममा अन्तरिम आदेश माग गरेका छन् ।

    साथै उनले सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, श्रममन्त्री गौरीशंकर चौधरी र उद्योग राज्यमन्त्री विमला विकले सपथग्रहण नगरेकाले उनीहरुलाई कामकाजबाट रोक्न आदेश मागेका छन् ।

  • प्रधानमन्त्रीको सपथ र गैरसांसदको मन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

    प्रधानमन्त्रीको सपथ र गैरसांसदको मन्त्री नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः सपथग्रहण गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेको विषय सर्वोच्चमा पुगेको हो ।

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित तीनजनाले राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमाथि मंगबार सुनुवाइ हुने भएको छ ।

    रिट निवेदकले यसअघिको सपथ बदर गरी पुनः सपथग्रहण गराउनुपर्ने माग गरेका छन् । यसैबीच संघीय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै त्यसका विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

    गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै ज्ञवालीले रिट दर्ता गराएका हुन् ।

  • सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

    काठमाडौं । आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको रिट फिर्ता भएको छ ।

    सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने भन्दै निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको हो । उनीहरू रिट लिएर सर्वोच्च पुगेका थिए ।

    निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।

    सर्वोच्च अदालतले आवश्यक अध्ययन गर्ने भन्दै शुक्रबार दर्ता गर्न मानेको थिएन ।

    सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

  • बालुवाटार प्रकरणमा थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    बालुवाटार प्रकरणमा थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरि पाउन बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

    तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

    लकडाउनका बेला बन्दी प्रत्यक्षीकरणा र कोभिड संकटबाहेकका अरु मुद्दा अदालतले नहेर्ने भएकाले सोही सुविधा प्रयोग गर्दै बस्न्यात पुनः थुनामुक्तिको माग गर्दै अदालत गएका हुन् ।

    बस्न्यातको पक्षबाट प्रज्ज्वल अधिकारीले शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै उनलाई कोभिड पोजेटिभ भएको प्रमाणसमेत पेस गरिएको छ ।

  • माधव नेपालसहितका चार नेताको रिट हेर्न नभ्याइनेमा

    माधव नेपालसहितका चार नेताको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । नेकपा एमालेका निलम्बनमा परेका चार नेताले सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

    न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिटउपर आइतबार सुनुवाइ तोकिएको थियो ।

    आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट १४ बुँदे मागसहितको संयुक्त रिट दायर गरिएको थियो ।

    रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।

  • अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    अदालत पुगेको माधव पक्षको रिट आज दर्ता भएन, सांसदबाट नहटाउन अन्तरिम आदेश माग

    काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेता आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर गएका छन् ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रूपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    रिट निवेदन लिएर नेपालपक्षका वकिलहरू सर्वोच्च अदालत पुगे पनि अदालत प्रशासनले समय नभ्याउने भन्दै बुधबार रिट दर्ता गरेन । अध्ययनका लागि समय लाग्ने भएकाले दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेको छ ।

    त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा वैशाख १० गते नै एमालेको अर्को बैठक राखिएकोले सो बैठकबाट थप कारवाही गर्ने र त्यही आधारमा निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको किनारा नलागेसम्म सबै कारवाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

    एमालेले यी पाँच नेतासहित २७ जना सांसदलाई स्पष्टीकरण माग गरेको छ । फ्लोर क्रस गरेर सरकार ढाल्ने सहमति शेरबहादुर देउवा र प्रचण्डसँग गरेको जानकारी पाएपछि अध्यक्ष तथा संसदीय दलका नेता अ‍ोलीले सांसद पदबाट किन कारवाही नगर्ने ? भन्ने व्यहोरोका स्पष्टीकरण मागेका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो ।

  • बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा के छ ? (रिटसहित)

    बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा के छ ? (रिटसहित)

    काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ जारी छ ।

    अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पनि स्थगित हुँदै आएको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरेका छन् ।

    न्यौपानेले २०७६ माघ २८ गते दायर गरेको रिट निवेदनमा मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

    रिट निवेदनमा न्यौपानेले के माग गरेका छन् त ? हेर्नुस्  पूर्णपाठ :

  • यी हुन् सभामुखका ३७ विपक्षी र अदालतसमक्ष माग (रिटसहित)

    यी हुन् सभामुखका ३७ विपक्षी र अदालतसमक्ष माग (रिटसहित)

    काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले केही बेरअघि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनी आफैं रिट निवेदन लिएर अदालत पुगेका थिए ।

    सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

    रिटमा सभामुखले बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबै, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, मुख्यसचिवसहित ३७ जनालाई विपक्षी बनाइएको छ । साथै राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्‍को कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पनि रिटमा विपक्षीको सूचीमा राखिएको छ ।

    सभामुखले दायर गरेको रिटउपर सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।

    सभामुखले दायर गरेको रिट र अदालतसमक्ष गरेको माग विस्तृत हेर्नुहोस् :

     

  • मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

    मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुर्नगठन गरिनु संविधान विपरीतको काम भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    रिटमा मन्त्रिपरिषद् पुनर्गठनको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरीम आदेश माग गरिएको छ ।

  • अध्यादेशविरुद्ध  रिट लिएर सर्वोच्च पुगे ओमप्रकाश

    अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगे ओमप्रकाश

    काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा ‘ रिट’ दर्ता हुने भएको छ ।

    अधिवक्ता ओमप्रकाश अर्याल अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता अर्यालले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् ।