Tag: राष्ट्रिय महाधिवेशन आयोजक समिति

  • यस्तो छ एमाले नेताहरूको कार्यविभाजन, वामदेव पनि जिम्मेवारीविहीन (सूचीसहित)

    यस्तो छ एमाले नेताहरूको कार्यविभाजन, वामदेव पनि जिम्मेवारीविहीन (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।

    उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

    अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।

    स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।

    एमाले नेताहरुको जिम्मेवारी यसप्रकार छ:

  • बालुवाटारमा एमालेको बैठक जारी, नेताहरूको कार्य विभाजन हुने

    बालुवाटारमा एमालेको बैठक जारी, नेताहरूको कार्य विभाजन हुने

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

    वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

    त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् ।

    आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

    यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ ।

  • एमाले बैठक १० गतेसम्मलाई स्थगित, विधान सम्मेलन साउन अन्तिम साता

    एमाले बैठक १० गतेसम्मलाई स्थगित, विधान सम्मेलन साउन अन्तिम साता

    काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको छ ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

    सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ ।

    बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन र बिभागीय जिम्मेवारी तोक्नका लागि संगठन विभाग प्रमुख बिष्णु पौडेल,शंकर पोखरेल र टोपवहादुर रायमाझी रहेको कार्यदल गठन गरेको केन्द्रीय सदस्य बिशाल भट्टराईले जानकारी दिए ।