काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्चिकरण विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव तिर्थराज भट्टराईलाई दिएको छ । मन्त्रालयले महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव भट्टराईलाई गृह मन्त्रालयमा काज सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।
भट्टराईले २०७७ फागुन २३ गतेदेदि २०७८ असोज १७ गतेसम्म करिव ७ महिना महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन् । त्यसअघि उनले गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
यस अघि विभागको महानिर्देशको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट गत भदौ ३० गते शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा भएको थियो ।
