Tag: राष्ट्रिय कार्यकर्ता भेला

  • माधव नेपाल पक्षद्वारा पहिलेकै कमिटी ब्युँताउने घोषणा, ओलीले बोलाएको बैठकमा नजाने (भिडियो)

    माधव नेपाल पक्षद्वारा पहिलेकै कमिटी ब्युँताउने घोषणा, ओलीले बोलाएको बैठकमा नजाने (भिडियो)

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै तीन महिना अभियान थाल्ने निर्णय गरेको छ । ललितपुरमा विहीवार सम्पन्न भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ २ अघिका सबै कमिटी र जनसंगठनको नेतृत्व व्युँताएर भेला, बैठक, प्रशिक्षण लगायतका अभिायन सञ्चालन गर्ने निर्णय गरेको हो ।

    भेलाका निर्णय सार्वजनिक गर्दै एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतले नेकपा (एमाले) ब्यूताएकाे अवस्थामा त्यस बेलाका सम्पूर्ण कमिटीलाई सक्रिय बनाउने निर्णय भएको बताए । अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले यसबीचमा आफूहरुको सहभागिता बिना बनाइएका कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने बताए । ओलीले बनाएका कमिटी अवैधानिक भएकाले अवैधानिक कमिटीको बैठकमा नजाने उनले प्रष्ट पारे ।

    भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तिन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए । उनले चैत ७ गते ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने समेत प्रष्ट पारे ।

    ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसंघर्ष जारी राख्ने निर्णय भेलाले गरेको छ । भेलामा कतिपय सहभागीले एमालेमा फर्किने नेतृत्वको निर्णयको समेत आलोचना गरेका थिए । उनीहरुले केपी ओलीलाई नेता मान्न नसकिने बताएका थिए । आफूहरुमाथि कारवाही गर्न ओलीले ढिला गरेकोमा भट्टराईले आश्चर्य व्यक्त गरे ।

  • सूचनाको ग्यापले हाम्रा साथीहरू उता पुग्दा अपमान भएछः नेपाल

    सूचनाको ग्यापले हाम्रा साथीहरू उता पुग्दा अपमान भएछः नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि पार्टीभित्र मान-अपमानको कुरा निकालेका छन् ।

    आफ्नो गुटका केही नेताहरू ‘सूचनाको ग्यापले’ पार्टीको वैठकमा पुगेको तर उनीहरूमाथि अपमान भएको नेपालको भनाइ छ ।

    आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको समापनका अवसरमा विभिन्न प्रश्नका जवाफ दिने क्रममा नेपालले यस्तो बताएका हुन् । नेपाल समूहका केही नेता आज एमाले संसदीय दलको वैठकका लागि बालुवाटार हिँडेका थिए । उनीहरुमध्ये केहीलाई बाटैबाट फर्काइएको थियो ।

    यस विषयमा जवाफ दिँदै नेपालले भने, ‘हाम्रा साथीहरूलाई शुरूमा जान भनिएको थियो, तर पछि नजानु भनेर म्यासेज गरियो । तर, उहाँहरूले म्यासेज हेर्नुभएन छ । उहाँहरूलाई चित्त पनि दुख्यो । मैले माफी मागिसकेँ । यसलाई नकारात्मकरूपमा नसोच्नुहोला ।’

    यसअघि प्रधानमन्त्रीले आयोजना गरेको चियापानमा पनि कम्युनिकेसन ग्याप भएको भन्दै नेपालले त्यहाँ पुगेका नेताहरूलाई पनि अपमान भएको बताए ।

    ‘केही कमरेडहरू झुक्किएर पुग्नुभएछ । तर, त्यहाँ उहाँहरूलाई सम्मान भएन । उहाँहरूले अपमान महसुस गर्नुभयो । आइसकेकालाई त सम्मान गर्नुपर्थ्यो नि । यस्तो अपमानपूर्ण व्यवहारबाट लक्षण राम्रो देखिँदैन । केपी ओलीजीको मानसिकता अत्यन्तै पूर्वाग्रहपूर्ण छ ।’

  • यस्तो छ राष्ट्रिय भेलामा माधव पक्षले पेश गरेको प्रतिवेदन

    यस्तो छ राष्ट्रिय भेलामा माधव पक्षले पेश गरेको प्रतिवेदन

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको ललितपुरको हेरिटेज गार्डेनमा जारी छ ।

    आज र भोलि २ दिन चल्ने भेलामा सहभागी नेता/कार्यकर्ताहरू १० वटा समूहमा विभाजन भएर छलफलमा जुटेका छन् ।

    ती समूहको सुझावलाई एकीकर्त गरी भोलिको बैठकमा पेश गर्ने र ती सुझावको आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने बताइएको छ ।

    भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयक ९ पृष्ठको प्रतिवेदन पेश गरिएको छ ।