Tag: राष्ट्रियसभा उपचुनाव

  • गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

    गृहमन्त्री बादल पराजित, राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

    देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् ।  बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् ।  एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

  • यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि

    यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि

    काठमाडौं । वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतगणना शुरू भएको छ । हेटौंडामा शुरू भएको मतगणनाको परिणाम आजै साँझसम्म आइसक्नेछ ।

    निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका छन् ।

    अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् ।

    मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् ।

    नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए ।

    त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।

    प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुन्छ । यस हिसाबले प्रदेश सभातर्फ जम्मा ५ हजार ४० मत खसेको छ भने स्थानीय तहतर्फ ४१७६ मत खसेको छ । जित्नेले ४५ सय ६० मत कटाउनुपर्छ ।

  • राष्ट्रियसभा उपचुनाव : ९ मत खसेन

    राष्ट्रियसभा उपचुनाव : ९ मत खसेन

    काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशमा भएको उपनिर्वाचनमा ९७ प्रतिशत मत खसेको छ ।

    बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म भएको उपनिर्वाचनमा ३ सय ३८ मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक रूपमा ३ सय ३८ मत खसेको निर्वाच आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    जम्मा ३ सय ४८ मतदातामध्येबाट एकजना जनप्रतिनिधिको पहिले नै मृत्यु भइसकेको थियो । जसमा ३ सय ४७ मत खस्नुपर्ने हो, तर मतदान गर्ने समयसीमा ३ बजेसम्म ३ सय ४० मत मात्रै खसेको बताइएको छ ।

  • प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारवाही गर्न कांग्रेसको माग

    प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारवाही गर्न कांग्रेसको माग

    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।

    कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचारसंहिताविपरीत रहेकोले कानून बमोजिम कारवाही गर्न माग गरेको हो ।

    कांग्रेस संसदीय दलका तर्फबाट निर्वाचन आयोगलाई औपचारिक पत्र लेखेर निर्वाचन आयोग आचार संहिता, २०७२ को दफा ५ घ (३), (५) र (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाही गर्न माग गरिएको हो । कांग्रेस संसदीय दलका अधिकृत बिजयेन्द्र वीर आलेद्वारा आयोगलाई संप्रेषित पत्र यस्तो छ-

  • राष्ट्रियसभा उपनिर्वाचन: आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

    राष्ट्रियसभा उपनिर्वाचन: आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

    काठमाडौं । निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

    भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ। तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमा ग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

    मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मंगलबार साँझ फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक अपील जारी गर्दै बादलका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

    ‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिताविपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन,’ आयोगले विज्ञप्ति निकाल्दै भनेको छ, ‘अतः निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानूनबमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ ।’

    आयोगले मौन अवधिमा पनि आचारसंहिताविपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमहरूले उम्मेदवारको जीत-हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने काम समेत गरेको भन्दै त्यस्तो नगर्न समेत चेतावनी दिएको छ ।

  • बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

    ‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,’ ओलीले आज जारी गरेको अपीलमा भनेका छन्, ‘उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

    पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ । ‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

    पार्टीभित्र देखा परेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पना बारिहको विषय भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पनाबाहिरको कुरा हो ।

  • राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा दुईजना उम्मेदवार (भिडियो)

    राष्ट्रियसभा उपचुनाव : लुम्बिनीमा दुईजना उम्मेदवार (भिडियो)

    दाङ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।

    चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए। एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनलाई एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो ।

    माओवादी कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार चयन गरेको हो । यही १७ गते तय गरिएको उपचुनावमा लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।

    प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।

  • लुम्बिनीको राष्ट्रियसभा उपचुनावमा गठबन्धनबाट पाण्डेयको उम्मेदवारी दर्ता

    लुम्बिनीको राष्ट्रियसभा उपचुनावमा गठबन्धनबाट पाण्डेयको उम्मेदवारी दर्ता

    दाङ । जेठ १७ गते तय लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनबाट पाण्डेयले उम्मेदवारी दिएका हुन् ।

    एमालेबाट जितेका पाण्डेयले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ता गराउँदै उनले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरे ।

    सत्तारुढ नेकपा एमालेले भने चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

  • एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    एमाले मिल्दा पनि लुम्बिनीमा विपक्षी गठबन्धन बलियो

    रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सत्तारुढ नेकपा एमालेविरुद्ध अन्य चार दलले सामूहिक मोर्चा बनाएर लड्ने भएका छन् ।

    आगामी जेठ १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदार मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै दलहरूले आफ्नो-आफ्नो तयारी गर्न थालेका हुन् ।

    निर्वाचन कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ । यो निर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले यसअघि माओवादीबाट एमालेमा प्रवेश गरेर सोही पदबाट पदमुक्त भएका नेता चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए ।

    तर अन्य दलले भने सामूहिक गठबन्धन बनाएर एकल उम्मेदार बनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह तथा जनमोर्चाले एमालेबाट लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदार बनाउने निर्णय गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गठबन्धन बनाएका ती दलले यो चुनावमा सामूहिक उम्मेदारको घोषणा गरेका थिए ।
    जनमोर्चाका केन्द्रीय सदस्य नारायण जिसीले गठबन्धनका उम्मेदार दीर्घनाराण पाण्डेयलाई मतदान गर्ने पार्टीले निर्णय गरेको बताए ।

    निर्वाचन आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तथा नामावली प्रकाशन गर्ने, जेठ ८ गते नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

    लुम्बिनीमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको गठबन्धनका नेताहरुको दावी छ ।

    नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीय तहका पदाधिकारीलाई पार्टी एकाकाररूपमा अगाडि बढिसकेकाले एमालेको एकल मतभार बलियो भएको एमाले नेता भूमिश्वर ढकालले बताए ।

  • ‘संस्थागत निर्णय’ भए माधव पक्षले जेठ ६ गते बादललाई नै भोट हाल्ने

    ‘संस्थागत निर्णय’ भए माधव पक्षले जेठ ६ गते बादललाई नै भोट हाल्ने

    काठमाडौं । चार दिनपछि हुने वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको माधव नेपाल पक्षले कसलाई मत दिन्छ ? आफ्नै प्रस्तावमा कांग्रेस र माओवादीको समर्थन लिएर उठेका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा कि एमालेको संस्थान पक्षले उठाएका सूर्यचिन्हधारी उम्मेदवार रामवहादुर थापा बादललाई ?

    शुक्रबार र शनिबार भएको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा पनि यसबारेमा सामान्य छलफल भयो । तर, यसबारेमा कुनै निर्णय भने नभएको केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य रचना खड्काले नेपाल प्रेसलाई बताइन् ।

    खड्काले भनिन्, ‘समग्र एमाले पार्टीको एकताको कुरा छ । एउटा व्यक्तिको कुरा होइन । पार्टीले संस्थागत रूपमा निर्णय गरेपछि एमालेकै उम्मेदवारलाई भोट हाल्ने कुरा छँदैछ । संस्थागत निर्णय भनेको केपी ओली र माधव नेपालसहितको बैठकले जे निर्णय गर्छ हामी सोही पालना गर्छौं ।

    दुई नेताबीच वार्ता भएर पार्टी मिलाउने न्यूनतम सहमतिका साथ कार्यदल गठन भएपछि जेठ ६ गतेको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई नै मत दिइने माधव पक्षको भनाइ छ । एमालेको मत एकै ठाउँमा हुनासाथ बादलको जित सुनिश्चित हुन्छ ।

    वागमतीका स्थानीय तह र प्रदेशसभा सबैतिर एमालेको एकल बहुमत छ । प्रदेशसभामा एमालेका ५७ मध्ये २२ सांसद माधव पक्षका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १३३ जनामध्ये माधव पक्षमा ३८ जना खुलेका छन् । यो भनेको निर्णायक मत हो ।

    एमालेभित्रका मतदाता को कता छ ? त्यसका लागि यो समाचारभित्र जानुहोस्

     

  • राष्ट्रियसभा उपचुनावको लागि थप एक उम्मेदवार

    राष्ट्रियसभा उपचुनावको लागि थप एक उम्मेदवार

    काठमाडौं । जेठ ६ गते तय भएको वागमती प्रदेशतर्फको राष्ट्रियसभा उपचुनावको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ ।

    काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका हुन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु बसेका छन् ।

    एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा ‘बादल’ को उम्मेदवारी परेको छ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

  • बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    बादलको उम्मेदवारी दर्ता : मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकासमन्त्री समर्थक

    काठमाडौं । गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

    वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

    उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

    एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादल भन्दा देवकोटा बलियो देखिएका छन् ।

    यसबीचमा एमाले एकता प्रयास जारी रहे पनि अन्य दलले उम्मेदवार नदिएकाले राष्ट्रियसभा उपचुनावमा एमालेको मत एकै ठाउँमा नजाने देखिएको छ ।

     

  • माधवपक्षीय देवकोटा बने स्वतन्त्र उम्मेदवार : प्रस्तावक माओवादी, समर्थक कांग्रेस सांसद

    माधवपक्षीय देवकोटा बने स्वतन्त्र उम्मेदवार : प्रस्तावक माओवादी, समर्थक कांग्रेस सांसद

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्तापछि नेपाल प्रेससँग कुरा गर्दै उनले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

    नेपाल पक्षका देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए ।

    देवकोटाको उम्मेदवारी मनोनयनका बेला एमालेको माधव नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय पुगेका थिए ।

  • राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

    राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

    काठमाडौं । वैशाख १० गते बसेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए- ‘राष्ट्रियसभाको जेठ ६ गते हुने वागमतीको उपचुनावमा रामबहादुर थापा ‘बादल’ नै हाम्रो उम्मेदवार हो ।’

    दुई साता नबित्दै बिहीबार बसेको स्थायी कमिटी बैठकमा मत विश्लेषण गरेरमात्र उम्मेदवारका रूपमा बादललाई अघि बढाउने छलफल भयो । माधव नेपाल पक्षले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र बाबुराम पक्षसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार खडा गरेपछि एमालेले आफ्नो मत विश्लेषण गर्न लागेको हो ।

    राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन् । त्यस हिसाबले वागमतीमा एमालेको एकल बहुमत रहे पनि माधव पक्षले विपक्षी पार्टीसँग गठबन्धन गरेर अलग उम्मेदवार खडा गरेपछि अब एमालेको संस्थापन पक्षमा उभिने जनप्रतिनिधिको टाउको गन्नु पर्ने अवस्था आएको छ ।

    गोप्य मतदान भएकाले केही मत तलमाथि पनि हुनसक्छन् वागमती प्रदेशका १३ जिल्लामध्ये स्थानीय तहमा एमालेले बहुमत नै जितेको थियो । नेपाल प्रेसले केही दिन लगाएर सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको एमालेभित्रको गुट आवद्धता छुट्याउँदा रसुवा र भक्तपुरबाहेक सबै जिल्लामा माधव पक्षको उपस्थिति छ ।

    भक्तपुरमा चाँगुनारायणका मेयर सोम मिश्र समेत अघिल्लो महिनादेखि संस्थापन पक्षमा लागेपछि माधव पक्षका मेयर उपमेयर छैनन् । रसुवामा पनि केही दिनअघिमात्र उत्तरगयाकी उपाध्यक्ष चमेली गुरुङ संस्थापन पक्षको बैठकमा उपस्थित भएपछि माधव पक्ष निल भएको छ ।

    प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

    ती बाहेक दोलखामा सबैभन्दा एकजना उपाध्यक्षमात्र माधव पक्षमा देखिएकी छन् भने माधव पक्षका सबैभन्दा बढी जनप्रतिनिधि सिन्धुपाल्चोकमा छन् । त्यस्तै धादिङ र मकवानपुरमा पनि माधव पक्षको उल्लेख्य संख्या छ भने चितवन लगायत केही जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधि दुवै पक्षमा खुलेका छैनन् ।

    यसबीचमा एमालेले जिल्ला कमिटीहरूलाई स्थानीय तहका जनप्रतिनिधिको भेला गर्न दिएको निर्देशन बमोजिम जनप्रतिनिधिलाई संस्थापन पक्षमा खुलाउने प्रयास भइरहेको नेताहरू बताउँछन् । काठमाडौंमा मंगलबार भएको भेलामा माधव नेपाल पक्षमा र वामदेवको एकता अभियानमा संलग्न रहेका जनप्रतिनिधि पनि संस्थापन पक्षमा खुलेका छन् ।

    एमाले नेता तथा प्रदेशभा सदस्य नारायण सिलवालले भने, ‘अब द्विविधा छैन सूर्य चिन्हधारी एमाले हुने कि, गोलाकारभित्रको हँसिया हथौडाधारी एमाले हुने भन्ने रोजाइमात्र बाँकी रहेको छ । केही साथीहरू हिजो प्रचण्ड-माधव पक्षमा लागे पनि अहिले सूर्यको पक्षमा उभिनुभएको छ, थप संख्या बढ्दैछ ।’

    एमालेका दुवै पक्षले स्थानीय तहका जनप्रतिनिधिलाई आ-आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एकाध बाहेक अन्य एउटा एउटा गुटमा खुलिसकेका कारण एमालेको हिसाब लगभग प्रष्टै छ । प्रदेशसभाका सदस्यहरू यसअघि नै आ-आफ्नो कित्तामा उभिइसकेका छन् ।

    कतिपय स्थानीय तहका एमालेका जनप्रतिनिधि भने सूर्य चिन्ह जता हुन्छ त्यतै लाग्ने भन्दै बसेका थिए । उनीहरूले अब सूर्यचिन्हधारी उम्मेदवारलाई नै भोट हाल्नेछन् । संस्थापन पक्षले माधव नेपाल पक्षका जनप्रतिनिधिसँग संवाद सघन बनाएको महासचिव ईश्वर पोखरेलले स्वीकार गरेका छन् ।

    पोखरेलले भने, ‘हामी हाम्रो पार्टीबाट जितेका सबै तहका जनप्रतिनिधिहरूसँग संवाद र छलफल गर्दैछौं । पार्टीको उम्मेदवार जिताउनु सबैको कर्तव्य हो । एमालेका उम्मेदवारलाई भोट नदिएर माओवादीको चुनाव चिन्हमा भोट हाल्ने कुरा कल्पना गर्न सकिन्न । सबै जनप्रतिनिधिहरू पार्टीको पक्षमा उभिनेछन्, त्यस अनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

    माधव नेपाल पक्षका नेता समेत रहेका वागमती प्रदेश सभा सदस्य समेत रहेका अरुण नेपाल भने पार्टी माथिबाटै नमिलेसम्म तलका जनप्रतिनिधिलाई कन्भिन्स गर्नुको अर्थ नहुने बताउँछन् । अध्यक्ष केपी ओलीले पहल गरेमा अझै पनि मिलनविन्दु कायमै रहेको उनको भनाइ छ ।

    नेता नेपालले नेपाल प्रेससँग भने, ‘अहिलेकै अवस्थामा केपी कमरेडले उठाएका उम्मेवार हार्छन् । पार्टीलाई माथिबाटै नमिलाएसमम तलबाट केही हुन्न । एमालेको एकता बचाउने अवसरका रूपमा पनि यो चुनावलाई प्रयोग गरौं, एउटा बैठक २०७५ जेठ २ अघिको एमालेको राखौं, त्यसपछि नयाँ कमरेडहरूलाई थपेर आयोजक कमिटी बनाए हुन्छ ।

    यस्तो छ दलगत मतभार

    राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाताका रूपमा रहने व्यवस्था छ । यद्यपि सबै मतदाताको मतभार समान भने छैन ।

    प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

    वागमती प्रदेशमा नेकपा एमाले मतभारका आधारमा पहिलो पार्टीका रूपमा रहेको छ । एमालेसँग प्रदेशसभाका ५७ जनाको २ हजार ८ सय ३६ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ मतभार रहेको छ । दुवै जोड्दा एमालेसँग कुल ५ हजार १ सय ३० मतभार रहेको छ ।

    नेपाली कांग्रेससँग प्रदेशसभातर्फ १ हजार ५६ र स्थानीय तहतर्फ १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मतभार रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मतभार छ ।

    वागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार रहेको छ ।

    शतप्रतिशत मत खसेको र राजनीतिक दलभित्र ‘फ्लोर क्रस’ नभएको अवस्थामा नेकपा एमालेको एकल बहुमत रहेको छ । एमाले एक्लैको मतभार ५ हजार १ सय ३० हुँदा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ४ सय ५२ मतभार रहेको छ ।

    एमालेको माधव नेपाल पक्षले उम्मेदवार नै अर्को उठाइसकेको अवस्थामा ती सबै मत एकै ठाउँमा नखस्ने निश्चित छ । एमाले एकजुट हुँदा सबै दलको भन्दा एमालेको मतभार ६ सय ७८ ले बढी हुन्छ । तर, अब त्यो सम्भावना टर्दै गएको छ,र माधव नेपाल पक्ष एमालेका उम्मेदवार हराउन सक्ने मतभार बोकेर बसेको छ ।

    माधव नेपाल पक्षको मतभार

    नेपाल प्रेसले विभिन्न जिल्लाबाट प्राप्त गरेको तथ्य र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँगको कुराकानीका आधारमा एमालेका १३३ जना स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये ३८ जना प्रमुख तथा उपप्रमुख माधव नेपाल पक्षमा खुलेका छन् । यो भनेका ६ सय ८४ मतभार हो ।

    त्यस्तै ५७ जना प्रदेशसभा सदस्यमध्ये २२ जना माधव नेपाल पक्षमा प्रष्ट खुलेका छन् । यो भनेको १ हजार ५६ मतभार हो । जुन मतभार एमालेका आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त हुन्छ ।

    माधव पक्षका यी मतदाता अर्को पक्षमा लाग्दा नेकपा एमालेको मतभार ५ हजार १ सय ३० बाट घटेर ३ हजार ३ सय ९० मा पुग्नेछ ।

    स्थानीय तहका १० जना एमालेका प्रमुख उपप्रमुख यसबीचमा दुवै पक्षसँग समदूरीमा छन् । सिन्धुपाल्चोक र चितनवका केही जनप्रतिनिधि दुवैतिर सम्पर्कमा छन् । उनीहरूको मतभार १८० छ ।

    माधव पक्षको प्रदेशसभातर्फको मतभार तथा स्थानीय तहतर्फको मतभार गरी कुल १ हजार ७ सय ४० मतभार हुन्छ ।

  • एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    एमालेले मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

    काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा वागमतीबाट गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनुअघि मतको विश्लेषण गर्ने भएको छ ।

    आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले नेपाल प्रेसलाई बताए ।

    बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

    माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ । यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।

    तर त्यसबारे बैठकमा भने छलफल नभएको नेताहरुले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

  • एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

    उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

    जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

    प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पुगेको सम्भवतः पहिलो पटक हो ।