Tag: राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१

  • ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१ एसपी डा. मल्ललाई

    ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१ एसपी डा. मल्ललाई

    काठमाडौं । ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड-२०२१ नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) डा. संज्ञा मल्लले हात पारेकी छन् । हाल United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मोनुस्ककोमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा  कार्यरत एसपी मल्लले उक्त अवार्ड हात पारेकाे संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको हाे ।

    उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह–२०२१ का अवसरमा नौ नोभेम्बर अर्थात कात्तिक २३ गते प्रदान गरिने जनाइएको छ । प्रहरी उपरीक्षक डा. मल्लले मोनुस्ककोमा कार्यरत रहेदेखि कोभिड–१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् ।

    महामारीमा मोनुस्कोमा कार्यरत अनपोल कर्मचारीलाई काउन्सिलिङ गर्न समर्पित भई उनले काम गरिरहेकी छन् । वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।