Tag: राष्ट्रपति बिद्यादेवी भण्डारी

  • बुद्ध दर्शन आत्मसाथ गरी राष्ट्रिय एकता सुदृढ पार्न राष्ट्रपतिको अपील

    बुद्ध दर्शन आत्मसाथ गरी राष्ट्रिय एकता सुदृढ पार्न राष्ट्रपतिको अपील

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भािव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

    गौतम बुद्धको २५६५औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताएन् । उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा बुद्ध जयन्तीलाई लिनुपर्नेमा जोड दिएकी छन् ।

    शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भािव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

    सम्पूर्ण विश्वले कोभिड–१९ को महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेकी छन्।

    वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म¸ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

    राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौंलीका अवसरमा किराँत समुदायलाई पनि शुभकामना व्यक्त गरेकी छन् ।

    ‘जातीय¸भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्‌भाव¸ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थपसुदृढ बनाउन टेवा पुर्यातउने विश्वाुस लिएको छु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

    उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छन् ।

    जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतीपूजक किराँत समुदायले वैशाखेपूर्णेको दिन उभौली पर्व मनाउँछन् ।

    यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौं उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।

  • महामारीविरुद्ध फ्रन्टलाइनमा लडिरहेका नर्सप्रति राष्ट्रपतिको उच्च सम्मान

    महामारीविरुद्ध फ्रन्टलाइनमा लडिरहेका नर्सप्रति राष्ट्रपतिको उच्च सम्मान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको प्रशंसा गरेकी छन् ।

    विश्व नर्सिंङ दिवसको अवसरमा ट्वीट गर्दै राष्ट्रपति भण्डारीले २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामनासहित नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

    ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनको ट्वीटमा उल्लेख छ ।

    आज नेपालसहित विश्वभरि नै ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।

  • राष्ट्रपति आज बंगलादेशको भ्रमणमा जाँदै

    राष्ट्रपति आज बंगलादेशको भ्रमणमा जाँदै

    रासस । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि आज ढाका प्रस्थान गर्दैछिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका लागि राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।

    राष्ट्रपति भण्डारी ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको न्यारो बडी ए–३२० जहाजबाट ढाका प्रस्थान गर्नेछिन् ।

    स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । त्सपछि उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि जानेछिन्।

    आजै उनले समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ । त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरिसकेको छ ।

    बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ ।

    नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

  • राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

    राष्ट्रपतिद्वारा ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५९५ जना कैदीबन्दीको कैद माफी मिनाहा  दिएकी छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुको कैद माफी मिनाहा गरेको जनाएका हो ।

    जसमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम शुक्रबारदेखि लागू हुने गरी विर्खहाङ लिम्बुसमेतका ४०१ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव केशव प्रसाद घिमिरेले जानकारी गराएका हुन् ।

    उनका अनुसार सर्वोच्च अदालतको साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई आजसम्ममा कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदिप लिम्बुसमेत गरेर १७९ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

    यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सालिन्द्र यादवसमेतका १५ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था छ ।