Tag: राष्ट्रपति

  • मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू)

    मधेशमा विद्या भण्डारीलाई भव्य स्वागत, राष्ट्रपति मटिहानी पुग्दा जे देखियो (तस्बिरहरू)

    महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी बजार आधुनिक जनकपुर भन्दा पुरानो नेपाल-भारत व्यापारिक केन्द्र हो । बीपी कोइरालाको आत्मवृतान्तमा उनका बुबा कृष्णप्रसाद चन्द्र शमसेरकालीन समयमा व्यापार र ठेक्कापट्टा गर्न मटिहानी हुँदै नेपाल-भारत आउजाउ गरिरहने प्रसंग समेटिएका छन् ।
    जनकपुरको जानकी मन्दिरसँग मटिहानी सांस्कृतिक र धार्मिक रूपले अभिन्न भएर जोडिएको छ । विवाह पन्चमीको अवसरमा भारतको अयोध्याबाट आउने डोला मटिहानीमा बास बस्छ, जसले नेपाल-भारत सांस्कृतिक सेतुमा अर्को एउटा पहल थपिरहेको हुन्छ, हरेक वर्ष । जनश्रुति अनुसार रामजानकी विवाहमा वेदी बनाउने माटो खनिएको ठाउँ हुनाले मटिहानी नाम रहन गएको हो भनिन्छ ।
    त्यसबाहेक मटिहानी ३०३ वर्षअघि स्थापित नेपालकै पहिलो विद्यालय, जसलाई हाल नेपाल संस्कृत राजकीय विद्यालय नाम दिइएको छ, त्यसबाट चिनिन्छ । तस्मैया बाबाद्वारा करिब डेढ सय वर्षअघि स्थापित प्रसिद्ध लक्ष्मीनारायण मठ र नजिकैको पोखरी एवं त्यसै समयतिर पीर बाबाद्वारा स्थापित मुस्लिम पीर सरिफका कारण पनि मटिहानीको ऐतिहासिक परिचय बनेको छ ।
    संगैको जनकपुरमा केहि हप्ता अघिमात्र देखिएको धार्मिक तनावकाबीच मटिहानीले सहिष्णुताको अर्थपूर्ण उद्घोष गरिरहेको छ र यसको केन्द्रमा छन्- मटिहानीका जुझारू युवा मेयर हरिप्रसाद मण्डल ।
    प्रदेश २ र स्थानीयवासीका मनमा रहेको तर काठमाडौंले लगभग बेवास्ता गरेको ऐतिहासिक मटिहानी नगपालिका क्षेत्रभरि नै आइतबार मंसीर ६ गते विल्कुलै फरक दृश्य देखियो । नगरपालिकाले निर्माण गरेको विशाल स्टेडियम उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानी पुग्दा स्थानीयमा देखिएको उत्साह करिब अप्रत्याशित भन्न सकिने स्तरको थियो ।
    त्यसले एकातिर स्थानीय तहको नेतृत्व बलियो हुँदा कसरी विकास निर्माणका काममा जनता जोडिएका हुन्छन् भन्ने देखाइरहेको थियो भने अर्कोतिर प्रदेश २ को उदाउँदो सामाजिक-राजनीतिक तस्वीर पनि बयान गरिरहेको थियो ।
    राष्ट्रपति भण्डारी बिहान करिब एघार बजे नेपाली सेनाको हेलिकप्टरमा जलेश्वरस्थित रणभीम गुल्म ओर्लिइन् । उनीसँगै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं मटिहानी क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर, राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकाल र राष्ट्रपति कार्यालयका सचिव तोयानारायण ज्ञवाली पनि सानो भ्रमण दलमा सामेल थिए । राष्ट्रपतिको स्वागतका लागि प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद चन्दा चौधरीलगायत सबै राजनीतिक दलका स्थानीय नेताहरू एवं प्रदेश सांस सहितको विशाल टोली उपस्थित थियो ।
    जलेश्वरबाट विद्यापति राजमार्ग हुँदै दस किलोमिटर जति दक्षिण हानिएपछि मटिहानी पुगिन्छ । राजमार्ग छोडेर मटिहानी प्रवेशमार्गमा विशाल स्वागतद्वार निर्माण गरिएको रहेछ २०७७ सालमा । त्यसपछि मटिहानी बजार पुगुन्जेलसम्मै राष्ट्रपति भण्डारीको स्वागतका लागि टोलपिच्छे नागरिकहरू जम्मा भएका देखिन्थे ।
    राष्ट्रपतिको तस्वीरअंकित दर्जनौं स्वागतद्वारसहित बाटोको दुबैतिरका बाक्लो वस्तीमा राष्ट्रिय झन्डा र राष्ट्र्पतिको तस्वीर लिएर तथा कतिपय स्थानमा आफ्नो राजनीतिक आस्था अनुसारका झण्डा बोकेर पनि मानिसहरू राष्ट्रपतिलाई ताली बजाएर स्वागत गरिरहेका देखिए । सुरक्षा प्रोटोकलका वाबजूद राष्ट्रपतिले पनि उनीहरूको हौसला बढाउन कुनै कन्जुस्याईं गरिनन् । हजारौंको संख्यामा आमजनताको सहभागिता कार्यक्रममा देखियो ।
    राष्ट्रप्रमुखको भ्रमणमा यस्तो उत्साह देखिनु अस्वाभाविक होइन । यद्यपि संविधान निर्माणताका देखिएको परिदृश्य नजिकबाट देख्नेहरूकालागि यसपटक मधेसको राजनीतिले कोल्टे फेरिरहेको प्रस्ट सन्देश यस कार्यक्रमले दिइरहेको देखियो । यसको अर्थ त्यसबेलाका राजनीतिक मुद्दाहरू सकिए भन्ने लगाइयो भने गलत हुन्छ ।
    राष्ट्रपतिलाई स्वागत गर्ने क्रममा हिन्दीमा भाषण गरेका महन्थ ठाकुरले त्यसै आन्दोलका दौरान जेलमा परेका आफ्ना नेता र कार्यकर्ताको प्रसंग जोडदार रूपले उठाए । प्रदेशका बलिया नेता एवं मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यन्वयन गर्न संघीय सरकार उदासीन रहेको उल्लेख गरे । दुवै नेताको अभिव्यक्तिमा राजनीतिक मुद्दा जीवित रहेको स्पष्टै सन्देश थियो । तर, यसपटक विकासको मुद्दालाई पनि दुवै नेताले उत्तिकै बलियो गरी उठाए ।
    नयाँ रंगशाला र  अतिथि सदन निर्माण, बाटोघाटो निर्माण र विस्तार एवं स्थानीय धार्मिक सद्भाव कायम राख्दै विकासमा सक्रिय मटिहानीका मेयरको प्रशंशा गर्न दुबैले छुटाएनन् । कोरा राजनीतिक नाराले मात्र जनतालाई सधैं आफूवरिपरी गोलबन्द गर्न सकिन्न भन्ने बोध दुवै नेतामा देख्न र सुन्न सकिन्थ्यो ।
    कार्यक्रमममा विशाल जनसहभागितालाई सम्बोधन गर्दा राष्ट्रपतिले प्रदेश २ सरकारले अघि सारेको छोरी पढाउ, छोरी बचाउ (बेटी पढ़ाओ, बेटी बचाओ) कार्यक्रमको मुक्त कण्ठले प्रंशशा गरिन, सीताको जन्मभूमिमा महिलामाथि भेदभाव हुँदा हाम्रो सभ्यतालाई न्याय नभएको उल्लेख गरिन् । चुरे संरक्षण गर्न र जलवायु परिवर्तनले ल्याउने संकटको सामना गर्न स्थानीय तहहरू जुट्नुपर्ने बताइन् ।
    अर्कोतर्फ महन्थ ठाकुर, लालबाबु राउत र मेयर हरिप्रसाद मण्डलले स्पष्टै भने- राष्ट्रपति भण्डारीलाई हेरेर प्रदेश २ का महिलाले आफूपनि देशको प्रमुखका रूपमा निर्वाचित हुने सपना देखिरहेका छन् ।
    नेतृ चन्दा चौधरीकी वृद्ध आमाले राष्ट्रपति भण्डारीलाई आशिर्वाद दिएको दृश्य भावुक थियो । समग्रमा मधेसले राष्ट्रपतिलाई खुला मनले अंगाल्यो, मायाको न्यानो स्वागत दिएर पठायो । यसको अन्तरमा भएको सन्देश अझ गहिरो छ- मधेसको राजनीतिले साँच्चै कोल्टे फेरेको छ ।
    केन्द्रमा जनता समाजवादी पार्टी बिभाजन भएपनि मुख्यमन्त्री लालबाबु राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरबीचको हार्दिकता टुटेको छैन भन्ने अर्को झलक पनि कार्यक्रमा देख्न पाइन्थ्यो । मन्चमा दुई नेता बस्दा तल फ्लोरबाट समर्थनको ताली बजिरह्यो ।
    मुख्यमन्त्री राउत, प्रदेश सांसद रानी शर्मा लगायतका नेताहरूको भनाई मान्ने हो भने प्रदेश २ का असाध्यै सक्रिय औंलामा गन्न सकिने स्थानीय जनप्रतिनिधिमध्ये हरिप्रसाद मण्डल एकजना हुन् । पार्टी बिभाजनमा महोत्तरीका बहुसंख्यक निर्वाचित प्रतिनिधि जस्तै  उनी  ठाकुरको पक्षमा उभिएका छ्न् ।
    तीन कार्यकाल पत्रकार महासंघ महोत्तरीको अध्यक्ष बनेर राजनीतिमा होमिएका उनी जनपरिचालन गर्न खप्पिस छन्, कुशल वक्ता छन् । ऐतिहासिक मटिहानी नगरपालिका उनको नेतृत्वमा विकासमा होमिएको छ । राष्ट्रपतिलाई आफ्नो नगरमा स्वागत गरेर आफूले विगत करिब चार वर्षमा गरेका काम उनले सम्पूर्ण नेपाल सामु देखाएका छन् । सधैं जलमा नै बास गर्ने साक्षात भगवान शिवको मन्दिर रहेको जलेश्वर धाम सहित मटिहानी क्षेत्र एक एक पटक पुग्नै पर्ने पर्यटकीय स्थलका रूपमा मेयर मण्डलले भव्य कार्यक्रममार्फत सबैको ध्यानाकर्षण गराएका छन् ।

    जलेश्वरबाट मटिहानी बजारसम्म राष्ट्रपति भण्डारीको स्वागतमा टोलपिच्छे नागरिक जम्मा भएका देखिन्थे । राष्ट्रपतिको तस्वीरअंकित दर्जनौं स्वागतद्वारसहित बाटोको दुवैतिरका बाक्लो बस्तीमा राष्ट्रिय झन्डा र राष्ट्र्पतिको तस्वीर लिएर तथा कतिपय स्थानमा आफ्नो राजनीतिक आस्था अनुसारका झण्डा बोकेर राष्ट्रपतिलाई ताली बजाएर स्वागत गरिरहेका थिए ।

  • राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने

    राष्ट्रपतिको गणनाबाट राष्ट्रिय जनगणना थालिने

    काठमाडौं । १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने भएको छ ।

    तथ्यांक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विहीबार बिहान ९ बजे राष्ट्रपति भण्डारीको पहिलो गणना गरेर यसपटकको जनगणना सुरू हुने जानकारी दिइएको छ ।

    त्यसपछि प्रधानमन्त्री शेर बहादुर देउवाको ११ बजे गणना गरिनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको १ बजे गरिने विभागले जनाएको छ ।

  • छठ पर्वले राष्ट्रिय एकतालाई थप बलियो पार्ने राष्ट्रपतिको विश्वास

    छठ पर्वले राष्ट्रिय एकतालाई थप बलियो पार्ने राष्ट्रपतिको विश्वास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

    राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ ।

    तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।

  • खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

    नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

  • राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

    राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ।

    पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

     

  • राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण

    राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । अध्यादेश केहीबेरमा जारी हुनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ।

    पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

  • एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेपछि आज निर्धारित केन्द्रीय कमिटीको बैठक स्थगित भएको खुलेको छ ।

    रावलले शनिबार अपरान्ह अध्यक्ष ओलीलाई भेटेर आफूहरूले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको भन्दै नेपालसँग वार्ताको पहल गर्ने बताएका थिए ।

    अध्यक्ष ओलीले शनिबारै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँग पनि परामर्श गरेका थिए । नेपाल पक्षले आजको बैठक स्थगित गर्न र सदस्यता नवीकरणलगायतका संगठनात्मक काम रोक्न माग गरको थियो ।

    रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

    रावलले ओली लगायतका नेताहरूसँग एकता भाँडिने खालका गतिविधि र अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन् । उनले सदस्यता नवीकरणको काम पनि सहमति भएपछि अघि बढाउन सकिने बताएका छन् ।

    उपाध्यक्ष रावलले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब ३ घण्टा लामो छलफल गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल एमालेको विवाद र सत्ता गठबन्धनबाट हुनसक्ने राष्ट्रपतिविरुद्धका सम्भावित कदमहरूकै बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

    राष्ट्रपतिले पार्टीलाई एकताबद्ध बनाएर लैजान रावललाई आग्रह गरेको बताइएको छ । रावलले पनि एमाले एकताका लागि राष्ट्रपतिको पहल पनि महत्वपूर्ण हुनसक्ने बताएका थिए । भण्डारी र रावल दुवैजना नवौं महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भएका थिए ।

    सत्ता गठबन्धनका केही नेताहरू विशेषतः माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेताहरू राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन चाहान्छन् । त्यसका लागि एमाले विभाजित हुनुपर्छ । एमाले विभाजित हुँदा प्रतिनिधिसभामा ९१ जना सांसद ओली पक्षमा रहेनन् भने सत्ता गठबन्धनको दुई तिहाई पुग्छ ।

    तर, महाअभियोग राष्ट्रियसभाबाट पनि पारित हुनुपर्छ । राष्ट्रियसभामा एमालेका ३१ जना सांसद छन्, ती मध्ये कम्तीमा २४ जना ओली पक्षमा छन् । त्यो भनेको सत्ता गठबन्धनलाई दुई तिहाई पुग्न नदिने संख्या हो ।

  • राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

    मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    संवैधानिक परिषद् अध्यादेश दुई पटक जारी भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो । पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।

    अध्यादेशविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा आफै उपस्थित भएर अदालतमा रिट दायर गरेका थिए । तर, अध्यादेश र त्यसपछि विभिन्न संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

  • पारित नहुने महाभियोगको चुलिँदो चर्चा, यस्तो छ संवैधानिक र कानूनी प्रक्रिया

    पारित नहुने महाभियोगको चुलिँदो चर्चा, यस्तो छ संवैधानिक र कानूनी प्रक्रिया

    काठमाडौं । नयाँ सरकार गठनले मुलुकमा नयाँ राजनीतिक कोर्स त शुरू भएको छ तर प्रमुख दलबीचको ‘प्रतिशोधको राजनीति’ अन्त्य भइसकेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि सत्तापक्षीय गठबन्धनको निशाना अब राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ सोझिएको छ ।

    प्रतिनिधिसभा विघटनलगायतका कदममा राष्ट्रपति भण्डारीले ओलीलाई ‘अनुचित’ साथ दिएको विपक्षी नेताहरूको बुझाइ छ । यहीकारण विपक्षी गठबन्धनका अधिकांश नेताहरू राष्ट्रपतिविरुद्ध एक्सन लिनुपर्ने पक्षमा छन् । कतिपय नेताले राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइँरहदा सत्तारुढ गठबन्धनभित्र राष्ट्रपतिविरुद्ध महाभियोगको तयारी समेत भइरहेको छ ।

    राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता नै भएपनि त्यसको प्रतिवादमा एमालेकोले उपराष्ट्रपति, सभामुख , प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्नसक्छ । त्यस्तो अवस्थामा दलहरूबीचको विवाद अझ बढ्न जान्छ । दर्ता हुने तर पारित नहुने त्यस्ता महाभियोगबाट राजनीतिक अझ धमिलिनेछ ।

    गठबन्धन पक्षधर कानून व्यवसायीहरू रमण श्रेष्ठ, शम्भु थापा, टीकाराम भट्टराईलगायतले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनुपर्ने इजलासमा बहसकै क्रममा समेत बताएका थिए । माओवादी अध्यक्ष प्रचण्डले पनि यही आशय व्यक्त गरिरहेका छन् ।

    महाभियोग किन ?

    सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेसभन्दा नेकपा माओवादीका नेताहरू राष्ट्रपतिविरुद्ध बढी आक्रामक देखिन्छन् । प्रधानमन्त्री देउवाको नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएपछि कांग्रेस पनि राष्ट्रपतिसँग रुष्ट छ । नेकपा एमालेको माधव नेपाल पक्षभित्र पनि राष्ट्रपतिलाई ‘नसियत’ दिनुपर्ने स्वर चर्को छ ।

    राष्ट्रपतिको भूमिका सन्तुलित नभएको , २ पटकसम्म प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्न सहयोगी बनेको र ओलीबाहेकका नेताहरूप्रति असहिष्णु देखिएको आरोप माओवादी नेताहरूले लगाउने गरेका छन् । अर्कोतिर महाभियोग लगाएर नैतिक रूपमा ‘निष्क्रिय’ बनाउन सके उपराष्ट्रपति नन्दकिशोर पुनको सक्रियता बढाउन सकिने माओवादी आँकलन छ ।

    ‘असंवैधानिक काम गर्दा प्रधानमन्त्रीले सत्ता छोड्नुपर्‍यो । त्यही असंवैधानिक काम गर्दा राष्ट्रपति चाहिँ याथवत रहने भन्ने हुँदैन । महाभियोग यसकारण पनि लगाउनुपर्छ की भविष्यमा कसैले संविधानविरुद्ध उभिने हिम्मत नगरोस्’, एक माओवादी नेताको भनाइ छ । संवैधानिक हिसाबले राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुन संसदमा दुई/तिहाई आवश्यक पर्छ ।

    नेकपा एमाले (ओली पक्ष) को समर्थन नहुने भएकोले महाभियोग पारित हुने कुनै सम्भावना छैन । त्यसका बाबजुद राष्ट्रपतिलाई महाभियोग लगाउनै पर्ने केही नेताहरूको अडान छ । त्यसमा केही कानून व्यवसायी र नागरिक समाजका अगुवाले पनि लबिङ गरिरहेका छन् । ‘लोकतन्त्र र संविधान मास्न खोज्ने पात्रका रूपमा इतिहासमा दर्ज गराउनका लागि पनि महाभियोग लगाउनुपर्छ । पारित हुने नहुने त राजनीतिक विषय हो’, माओवादीनिकट एक अधिवक्ताले भने ।

    संविधानमा के छ ?

    नेपालको संविधानको धारा १०१ मा महाभियोगसम्बन्धी प्रावधान राखिएको छ । ‘यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन्’, धारा १०१ को उपधारा १ मा उल्लेख छ ।

    सोही उपधारामा राष्ट्रपति वा उपराष्ट्रपति विरुद्धको महाभियोग ‘संघीय संसदको दुवै सदनको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाई बहुमतबाट पारित भएमा निज पदमुक्त हुने’ उल्लेख छ ।

    उपधारा ६ मा महाभियोगको कारवाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ ।

    यसको अर्थ राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोग दर्ता भएपनि उनीहरू निलम्वित वा निष्क्रिय हुने छैनन् । एकातिर महाभियोग दर्ता हुनासाथ राष्ट्रपति निष्क्रिय नहुने, अर्कोतिर महाभियोग पारित गर्न दुई तिहाई नपुग्ने स्थिति भएपनि सत्तारुढ गठबन्धनमा महाभियोग लगाउनैपर्ने आवाज सुनिएको छ ।

    प्रतिनिधिसभाका विद्यमान अंकगणितमा कसैका विरुद्धपनि महाभियोग पारित हुने सम्भवना छैन । प्रतिनिधिसभामा तत्काल २ सय ७१ जना सदस्य कायम छन् । महाभियोग पारित गर्न दुईतिहाई अर्थात १ सय ८१ जना सांसद आवश्यक पर्छ । राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता भएमा नेकपा एमालेको समर्थनबिना पारित हुन कठिन छ ।

    महाभियोग दर्ता गर्न संसदमा तत्काल कायम रहेका सदस्य संख्याको एक चौथाई भए पुग्छ । राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता नै भएपनि त्यसको प्रतिवादमा एमालेकोले उपराष्ट्रपति, सभामुख , प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्नसक्छ । त्यस्तो अवस्थामा दलहरूबीचको विवाद अझ बढ्न जान्छ । दर्ता हुने तर पारित नहुने त्यस्ता महाभियोगबाट राजनीतिक अझ धमिलिनेछ ।

    महाभियोग पारित गर्नै सकस

    प्रतिनिधिसभाको विद्यमान अंकगणितमा कसैका विरुद्धपनि महाभियोग पारित हुने सम्भवना छैन । प्रतिनिधिसभामा तत्काल २ सय ७१ जना सदस्य कायम छन् । महाभियोग पारित गर्न दुईतिहाई अर्थात १ सय ८१ जना सांसद आवश्यक पर्छ । राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता भएमा नेकपा एमालेको समर्थनबिना पारित हुन कठिन छ ।

    राष्ट्रियसभामा पनि एमालेको ओली पक्षको संख्या सबैभन्दा बढी छ ।

    एमालेमा ओली पक्षसँग मात्रै ९८ जना सांसद रहेका छन् । ओली पक्षसँग रहेको सांसद संख्या संविधानतः महाभियोग दर्ता गराउन काफी छ, पारित गराउन छैन । यसका आधारमा सत्तारुढ वा विपक्षी दल जसले जसका विरुद्ध महाभियोग ल्याए पनि प्रतिनिधिसभाबाट पारित नहुने निश्चित छ । यहीकारण राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने विषयमा सत्तारुढ गठबन्धनभित्र फरक विचार रहेको छ ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिबारे जनताको मूल्यांकन नै निर्णायक हुने भएकोले पारित नहुने महाभियोग ल्याउन नहुने बताउँछन् । ‘संसदबाट महाभियोग पारित गर्न हामीसँग सख्ंया पुग्दैन । राजनीतिमा रिस देखाउनकै लागि कदम चाल्नु हुँदैन । राष्ट्रपतिले गरेका सबै गल्तीको भागीदार ओलीजी हुनुहुन्छ’, सिटौलाको भनाइ छ ।

    महाभियोगको लम्बेतान प्रक्रिया

    संविधान र कानूनको गम्भीर उल्लंघन गरेमा राष्ट्रपति वा उपराष्ट्रपतिसहित संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग दर्ता हुन सक्छ । प्रतिनिधिसभाका १ चौथाई सांसदले दर्ता गर्नसक्ने महाभियोग पारित हुने प्रक्रिया भने लामो छ ।

    महाभियोगबारे प्रतिनिधिसभा नियमावलीको परिच्छेद १९ मा उल्लेख छ । सो परिच्छेदको दफा १५४ मा ‘राष्ट्रपति वा उप राष्ट्रपतिले संविधान र कानूनको गम्भीर उल्लंघन गरेको भनी संविधानको धारा १०१ को उपधारा १ बमोजिम महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध त्यस्तो प्रस्ताव पेस गर्नुपरेको आधार र कारण खुलाई सो को सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने’, उल्लेख छ ।

    त्यस्तो प्रस्ताव सभामुखसमक्ष तत्काल पेस गर्नुपर्ने र सभामुखले सात दिनभित्र महाभियोग प्रस्तावउपर छलफल हुने गरी दिन र समय तोक्नुपर्ने हुन्छ ।

    प्रतिनिधिसभाको अधिवेशन चालु नभएको अवस्थामा भने महाभियोग प्रस्ताव दर्ता भएको मितिले बढीमा १५ दिनभित्र बैठक बस्ने गरी अधिवेशन समेत माग गर्नुपर्ने हुन्छ ।

    महाभियोग प्रस्ताव सदनमा पेस भएर प्रस्तावकले फिर्ता नलिए सभामुखले संसदीय जाँचबुझ समिति गठन गर्नुपर्ने हुन्छ । त्यस्तो समितिमा ११ जना सदस्य रहने व्यवस्था छ । छानविन समितिले संयोजक छान्नेछ भने सभामुखसँग समन्वय गरेर कार्यविधि बनाउनेछ ।

    महाभियोगबारे छानविन गर्न गठित समितिलाई राष्ट्रपति वा उपराष्ट्रपतिसँग संविधान एवं संघीय कानूनको गम्भीर उल्लंघन गरे नगरेको सम्बन्धमा प्रमाण संकलन गर्ने र आवश्यकता अनुसार राष्ट्रपति वा उपराष्ट्रपतिसँग प्रमाण बुझ्ने अधिकार रहने उपदफा ६ मा उल्लेख छ ।

    त्यस्तो जाँचबुझ समितिको कार्यावधि ३ महिनाको हुनेछ । सो समितिले महाभियोग प्रमाणित हुने वा नहुने ठहर गरेर सभामुखमार्फत सदनमा प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनमा छलफल वा आवश्यक संशोधनपछि पुनः छानविन गर्न समितिमै पठाउन सकिन्छ । समितिमा प्रतिवेदन फर्किएको सात दिनमा समितिले छानविन गरी अन्तिम प्रतिवेदन सदनमा पेस गर्नेछ ।

    जाँचबुझ समितिले अन्तिम प्रतिवेदनमा महाभियोग आवश्यक रहेको सिफारिस गरेमा सो प्रतिवेदन निर्णयार्थ प्रतिनिधिसभामा पेस हुनेछ । दस्तखतसहितको मतविभाजनमार्फत महाभियोग दुईतिहाईबाट पारित भएमा सो सन्देश राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभामा पनि दुईतिहाईले महाभियोग प्रस्ताव पारित भएमा महाभियोग लगाइएको राष्ट्रपति वा उपराष्ट्रपति स्वतः पदमुक्त हुनेछन् ।

    यसरी पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन पाउने छैनन् । महाभियोग पारित भएपछि निजले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसुरमा कानूनबमोजिम कारवाही गर्न वाधा नहुने प्रतिनिधिसभा नियमावलीको दफा १६० को उपदफा ३ मा उल्लेख छ ।

  • खोप कूटनीतिमा राष्ट्रपति सक्रिय, स्पुतनिक-५ खोपका लागि पुटिनलाई पत्राचार

    खोप कूटनीतिमा राष्ट्रपति सक्रिय, स्पुतनिक-५ खोपका लागि पुटिनलाई पत्राचार

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।

    परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई बताए ।

    नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । ‘खोप कूटनीति’ अन्तर्गत राष्ट्रपतिले यहि व्यहोराको पत्र खोप उत्पादक मुलुक अमेरिका,भारतका राष्ट्रपतिलाई पठाइसकेकी छन् ।

    त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको पौने एक घण्टा कुराकानी भएलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ ।

  • धारा ७६(५)को ‘साइड इफेक्ट’- गल्ती राष्ट्रपतिको कि ओली र देउवाको ?

    धारा ७६(५)को ‘साइड इफेक्ट’- गल्ती राष्ट्रपतिको कि ओली र देउवाको ?

    काठमाडौं । संविधानको धारा ७६ (५) अहिले राष्ट्रिय चर्चामा छ,र संविधानबारे चासो नराख्ने आम मान्छेमा पनि यो धाराप्रति चासो र चर्चा बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा यो धारा प्रयोग गरेपछि अहिले मुलुक कोरोना महामारीभन्दा संविधानको धाराको बहसमा छ ।

    राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार आव्हान गरेबमोजिम नयाँ प्रधानमन्त्रीमा नियुक्ति हुन विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बहुमत सहितका छुट्टाछुट्टै दावीहरू प्रस्तुत भए । दुवै दावीको अध्ययन गरी राष्ट्रपति भण्डारीले दुबैलाई खारेज गरिदिएपछि अहिले उठेको मुख्य प्रश्न ७६(५) को व्याख्याका सन्दर्भमा हो ।

    निर्णयमा पुग्न राष्ट्रपतिले लिएका आधारहरू उनको न्यायिक विवेकका विषय हुनाले अदालतमा समेत प्रश्न उठाउन नमिल्ने तर्क आइरहेका छन् । यद्यपि, प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया राष्ट्रिय चासोको मामिला भएकाले संविधानको धारा ७६(५) लाई समग्रमा बुझ्नुचाहिँ अत्यावश्यक हुन गएको छ ।

    व्याख्या र आधारमा जानुअघि धारा ७६(५)मा लेखिएको तथ्यलाई अक्षरशः हेर्नु पर्दछ । उक्त धारामा लेखिएको छ- उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

    चार चरण

    संविधानको यस व्यवस्थाले निर्णयमा पुग्नुअघि मुख्यतः चारवटा अवस्थालाई स्पष्ट गर्छ ।

    पहिलो, उपधारा (४) को कार्यान्वयनबाट प्राप्त भएको परिणाम । यसका सन्दर्भमा प्रधानमन्त्री ओलीले संसदको तत्कालको गणितका आधारमा आफूलाई विश्वासको मत प्राप्त हुन सक्ने अवस्था नरहेको भनी राष्ट्रपतिलाई सोझै उपधारा (५) अनुसार नयाँ सरकार गठनका लागि आव्हान गर्न मार्ग प्रशस्त गरी लिखित सिफारिश गरे ।

    संसदमा रहेका राजनीतिक दलहरूले शुरुमा प्रधानमन्त्रीको उक्त सिफारिशको आलोचना पनि गरे । धारा ७६ (४) बमोजिम विश्वासको मत नलिई अर्को धारामा जानु असंवैधानिक भनेर विरोध गरेकै दलहरु राष्ट्रपतिले आह्वान गरेको प्रक्रियामा सहभागी भइसकेपछि सो धारामाथिको विवाद निरुपण भइसकेको छ ।

    प्रधानमन्त्रीको सोही सिफारिश बमोजिम गत जेठ ६ गते राष्ट्रपतिबाट संविधानको धारा ७६(५) अनुसारको नयाँ सरकार गठन गर्न आव्हान भएअनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सदस्यको र प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ सदस्यको समर्थन रहेको दावी राष्ट्रपति समक्ष पेस गरेर राष्ट्रपतिको कदमलाई साथ दिए ।

    यसबाट के देखिन्छ भने संविधानको उपधारा (४) कार्यान्वयन भई प्रधानमन्त्रीले विश्वासको मत गुमाएको तथ्यलाई संसदको सर्वसम्मतिले स्वीकार गरेको छ । यदि यसो हुँदैनथ्यो भने ७६(५) को आव्हान अनुसार दुवै पक्षको दावी पेस हुन सक्ने अवस्था रहने थिएन ।

    यसकारण,सर्वोच्च अदालतको मिति २०७७ फागुन ११ गतेको फैसलामा उल्लिखित उपधारा (१), (२), (३), (४) र (५) का व्यवस्थाहरू अभ्यासगत रुपमा प्रतिनिधि सभाभित्र कार्यान्वयन भएको हुनुपर्ने पक्ष यसपटक कार्यन्वयन भएको नेपाल बार एशोयिसनका कोषाध्यक्ष रुद्र पोखरेल बताउँछन् ।

    शेरबहादुर देउवाले प्रस्तुत गरेको दावीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको दलीय समर्थन रहनुले यसलाई पुष्टि गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दावीमा भने उनी स्वयंले नेतृत्व गरेको नेकपा एमाले र ओलीलाई समर्थन गर्ने जनता समाजवादी पार्टीको समर्थन खण्डित छ ।

    दोस्रो, संविधानको धारा ७६(५) को स्पष्ट व्यवस्था अनुसार प्रधानमन्त्री पदमा दावी गर्ने प्रतिनिधि सभाको सदस्य उपधारा (२) बमोजिमको हुनुपर्दछ । उपधारा (२) मा ‘दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधि सभाको सदस्य’ भन्ने वाक्य उल्लेख छ ।

    ७६(५) का सन्दर्भमा यसलाई हेर्दा के देखिन्छ भने मुख्य दलका संसदीय दलको नेताबाहेकको (स्वतन्त्र वा गैर दलीय होइन) कुनै प्रतिनिधि सभा सदस्यले संसदमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्य प्रधानमन्त्री नियुक्त हुन सक्दछ ।

    यस संवैधानिक व्यवस्था अनुसार हुने प्रक्रियाका लागि दलको समर्थन स्वतः आवश्यक पर्ने तथ्यमा दुई मत हुँदैन । विपक्षी नेता शेरबहादुर देउवाले प्रस्तुत गरेको दावीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको दलीय समर्थन रहनुले यसलाई पुष्टि गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दावीमा भने उनी स्वयंले नेतृत्व गरेको नेकपा एमाले र ओलीलाई समर्थन गर्ने जनता समाजवादी पार्टीको समर्थन खण्डित छ ।

    तेस्रो, यसै सन्दर्भसँग जोडेर गरिएको मुख्य प्रश्न ७६(५) अन्तर्गतको प्रक्रियामा निश्चित दलका संसद सदस्यहरूले दलको निर्णयभन्दा बाहिर गई स्वतन्त्र रूपले हस्ताक्षर वा समर्थन गरेको अवस्थामा त्यसलाई मान्यता दिने वा नदिने भन्ने हो ।

    दुईवटा दल (नेकपा एमाले र जसपा) का ३८ जना प्रतिनिधि सभा सदस्यहरूले स्वतन्त्र समर्थन गरिएको देखिएपनि विपक्षी दलका नेता शेरबहादुर देउवाले गरेको दावीलाई दर्तास्वीकार गरेर राष्ट्रपतिले सबै संसद सदस्यको समर्थनलाई मान्यता दिएको देखिन्छ । मान्यता नदिएको भए उक्त दावी निवेदन प्रथम दृष्टिमा नै दरपीठ गर्ने राष्ट्रपतिमा निहित अधिकार प्रयोग हुन्थ्यो ।

    तर, त्यसो भएन । विपक्षी दलका नेता शेरबहादुर देउवाको दावी राष्ट्रपतिबाट स्वयं विधिवत रुपमा स्वीकार भई कार्यालयमा दर्ता भएको तथ्य सार्वजनिक भइसकेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको दावीमा दलीय समर्थन र दल अनुसार सांसदहरूको सूची समाविष्ट भएकाले त्यसलाई पनि दरपीठ गर्न सम्भव थिएन । केहि अघिसम्म तटस्थ रहने निर्णय गरेको जनता समाजवादी पार्टीले आफ्नो निर्णय परिवर्तन गरी अन्तिम समयमा निश्चित दललाई समर्थन गरेको अवस्थामा दुवै पक्षको दावी पेस हुनु पनि अस्वाभाविक थिएन ।

    दलीय अनुशासन संसदमा सार्वभौम रुपले लागू हुन्छ । नेकपा माओवादी केन्द्रले संघीय संसदका दुवै सदनमा र प्रदेश सभाहरूमा केहि सदस्यलाई निश्कासन गरी यसको प्रयोग गरिसकेको छ । हाम्रो प्रचलित व्यवस्था अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिसभा सदस्यहरूल आफ्नै दलको नेता छनोट गर्दा मात्र आफ्नो स्वतन्त्र मत प्रयोग गर्न सक्छन् ।

    यहाँनेर बुझ्नुपर्ने अत्यावश्यक विषय के हो भने जसरी संसदका सदस्यहरूले दलको निर्णयभन्दा बाहिर गई समर्थन वा विरोध गर्न सक्छन्, त्यसभन्दा अझ बलियो गरी आफ्ना संसद सदस्यलाई दलीय अनुशासनमा बाँध्न सक्ने व्यवस्था संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीले सम्बन्धित दललाई दिएका छन् ।

    संविधानको कुनै धारा वा उपधाराको कार्यान्वयन गर्दा दलीय अनुशासन लाग्ने वा नलाग्ने छनोट प्रचलित कानुनी वा संवैधानिक व्यवस्थाले प्रदान गरेको देखिंदैन । दलीय अनुशासन संसदमा सार्वभौम रुपले लागू हुन्छ । नेकपा माओवादी केन्द्रले संघीय संसदका दुवै सदनमा र प्रदेश सभाहरूमा केहि सदस्यलाई निश्कासन गरी यसको प्रयोग गरिसकेको छ ।

    हाम्रो प्रचलित व्यवस्था अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि सभा सदस्यहरूल आफ्नै दलको नेता छनोट गर्दा मात्र आफ्नो स्वतन्त्र मत प्रयोग गर्न सक्छन् । संसदका अन्य सबै क्रियाकलापमा उनीहरू दलीय निर्णयको अधिनस्थ हुन्छन् ।

    दलको निर्णयभन्दा बाहिर गई मतदान गर्दा सरिता गिरीको संसद सदस्यता सम्बन्धित दलले तत्काल (ठाउँको ठाउँ) खारेज गरेको नजीर हाम्रो भर्खरै विघटित प्रतिनिधि सभाले नै कायम गरेको छ । दलको निर्णय भई आएको खण्डमा सम्बन्धित संसद सचिवालयले कुनै पनि सांसदको पद खारेज गर्न बढीमा १५ दिन लगाउन सक्छ ।

    भ्रष्टाचार वा निश्चित फौजदारी अभियोगमा मुद्दा दायर भएकोमा बाहेक दलको कारवाही सम्बन्धित दलले मात्र रोक्न वा फुकाउन सक्छ । यसबाहेक अन्यथा हुने व्यवस्था कतै देखिंदैन ।

    चौथो र सबैभन्दा महत्वपूर्ण पक्ष ७६(५) अन्तर्गत प्रधानमन्त्री नियुक्तिका लागि पेश भएको दावीमा राष्ट्रपति समक्ष विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसको अर्थ हुन्छ, राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्रीले संविधानको धारा ७६(४) बमोजिम ३० दिनभित्र विश्वासको मत पाउन सक्छ कि सक्दैन भन्ने हेर्नुपर्ने हुन आउँछ । अर्थात्, राष्ट्रपतिसमक्ष तत्काल बहुमत सिद्ध गरेपनि वा नगरेपनि ३० दिनभित्र विश्वासको मत प्राप्त हुने आधार प्रस्तुत हुनु मुख्य हो ।

    यो वहुदलीय व्यवस्था कि निर्दलीय ?

    नेपालमा वहुदलीय व्यवस्था छ । सांसदहरु दलको विधि विधान र अनुशासनको मातहत हुन्छन् ।दलको विधि विधान र ह्वीप उल्लंघन गरेमा उनीहरुको पद जान्छ । वहुदलीय व्यवस्थाको मर्म भनेकै यही हो । धारा ७६ (५)ले सांसदलाई निर्दलीय हुने छुट दिएको अवश्य होइन ।

    विवाद नभएको अवस्थामा १४९ वा १५३ संसद सदस्यको समर्थनमा कुनै प्रश्न गर्नुपर्ने होइन । तर, यहाँ दुवै दाबीहरू विवादित छन् । नेकपा एमाले र जनता समाजवादी पार्टीका संसद सदस्यहरूले फरक दावीकर्तालाई समर्थन गरेको तथा सम्बन्धित दलले ती सदस्यलाई कारवाही गर्ने तयारी भएको जानकारी राष्ट्रपतिलाई लिखित रुपमा गराएका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐनले बढीमा १५ दिन भित्रमा निलम्बन/निश्कासनको प्रक्रिया पूरा हुने स्पष्ट व्यवस्था गरेको सन्दर्भमा तीस दिनभित्र संसदमा विश्वासको मत प्राप्त गर्ने दुवै दावीकर्ताको संख्या सोझै खण्डित हुन जाने स्पष्ट देखिएपछि दुवै दावीलाई स्वीकार गर्ने अवस्था कतै पनि विद्यमान नरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकाल बताउँछन् ।

    जनता समाजवादी पार्टीले द्वीअध्याक्षात्मक व्यवस्था अवलम्बन गरेको हुँदा उसको विधानले व्यवस्था गरे अनुसार समर्थन वा कारवाहीको प्रक्रिया वैधानिक हुन दुवै अध्यक्षको सहमति चाहिने भएकाले तत्काल कार्यान्वयन हुन नसक्ला । यहाँ शेरबहादुर देउवाले शंकाको सुविधा पाउन सक्छन् । जसरी हिजो नेकपाको विवाद यहि कारण निर्वाचन आयोगले हल गर्न सकेको थिएन ।

    तर, नेकपा एमालेको हकमा त्यस्तो देखिँदैन । पार्टी अध्यक्ष तथा संसदीय दलका नेताबाट एकपल्ट दलको व्हीप उल्ल‌घन गरिसकेका प्रतिनिधिसभा सदस्यलाई तत्काल निलम्बन गर्न सक्ने अवस्था विद्यमान रहेको जानकारी राष्ट्रपतिलाई निर्णयअघि नै औपचारिक रुपमा गराइएको हुँदा शेरबहादुर देउबाले पेस गरेको दावी सोझै खण्डित हुन भएको ढकालले नेपाल प्रेसलाई बताए ।

    दुबै वा कुनै एक दावीकर्तालाई लागेको हुनसक्छ, राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरे दलीय कारवाहीको प्रक्रिया पूरा हुनुअघि नै विश्वासको मत लिन सक्ने अवस्था विद्यमान हुन्थ्यो । अथवा सभामुखको ‘गुड अफिस’ भएको महसुस गर्ने विपक्षी गठबन्धनले दलीय कारवाहीको प्रक्रिया आफू अनुकूल गर्न सकिने अपेक्षा राखेको हुन सक्छ ।

    राष्ट्रपति कार्यालय ऐन मौकामा दल विभाजन गर्न जाने ठाउँ होइन । राष्ट्रपति संस्था सबै दल र राष्ट्रको एकता कायम राख्ने थलो हो, विभाजन गर्ने होइन । संसद सदस्यको संख्या गणना गरी अल्पमत र बहुमत छुट्याउने थलो पनि संसद मात्रै हो, राष्ट्रपति कार्यालय होइन ।

    ढकाल भन्छन्, ‘तर, यी विषय दलीय दाउपेचका अन्तरवस्तु हुने भएकाले राष्ट्रपतिको सरोकार भन्दा बाहिर रहन्छन् । राष्ट्रपतिले केवल संविधान र कानुनका पक्षहरू अध्ययन गरी निर्णय लिने मात्र हो ।’

    नेकपा एमाले र जनता समाजवादी पार्टीको हकमा दलको समर्थन एकातिर र केहि संसद सदस्यहरूको समर्थन अर्कोतिर परेको हुनाले दुवै दावीकर्ताले गरेको निवेदनमा राजनीतिक दलसम्बन्धी ऐनको दल विभाजनसम्बन्धी व्यवस्था तथा दलत्यागसम्बन्धी खण्डहरू आकर्षित हुने परिस्थिति स्पष्ट रुपले विद्यमान छ ।

    यस्तो अवस्थामा राष्ट्रपतिले संसद सदस्यहरूको हस्ताक्षर सनाखत गर्नुपर्थ्याे भन्ने तर्कहरू उठ्नु सैद्धान्तिक र कानूनी रुपले नै अमिल्दा विषय हुन् । राजनीतिक दलसम्बन्धी ऐनले दलको विभाजन हुने अलग्गै प्रक्रिया निर्धारण गरेको छ ।

    प्रधानमन्त्रीका दुईमध्ये एक दावीकर्तालाई दलको निर्णयभन्दा बाहिर गई समर्थन गर्न चाहने दलका प्रतिनिधि सभा सदस्यले या त विभाजनको प्रक्रिया पूरा गरेर जानुपर्थ्याे, या त आफ्नो स्वतन्त्र हैसियत कायम गरेर । यो बाटो मात्र सुल्टो हुन्थ्यो तर लगभग असम्भव पनि ।

    राष्ट्रपति कार्यालय ऐन मौकामा दल विभाजन गर्न जाने ठाउँ होइन । राष्ट्रपति संस्था सबै दल र राष्ट्रको एकता कायम राख्ने थलो हो, विभाजन गर्ने होइन । संसद सदस्यको संख्या गणना गरी अल्पमत र बहुमत छुट्याउने थलो पनि संसद मात्रै हो, राष्ट्रपति कार्यालय होइन ।

    यसैपनि अन्य राजनीतिक दलका अल्पमत सांसदलाई आफूतिर स्वतन्त्र गन्ती गरेर बहुमतको दावी गर्नु दलीय पद्दतिको बर्खिलाप हुन जान्छ ।

    प्रधानमन्त्रीका दुईमध्ये एक दावीकर्तालाई दलको निर्णयभन्दा बाहिर गई समर्थन गर्न चाहने दलका प्रतिनिधि सभा सदस्यले या त विभाजनको प्रक्रिया पूरा गरेर जानुपर्थ्याे, या त आफ्नो स्वतन्त्र हैसियत कायम गरेर । यो बाटो मात्र सुल्टो हुन्थ्यो तर लगभग असम्भव पनि ।

    ढकाल भन्छन्, ‘राष्ट्रपति समक्ष उपस्थित हुँदा संसद सदस्यको पद यथावत भएपनि तत्काल दलीय कारवाहीका कारण कमसेकम पनि निलम्बित हुने सांसदको संख्या स्पष्ट देखिएकाले विश्वासको मत प्राप्त हुने भनी दुबै दावीकर्ताले प्रस्तुत गरेका आधार विश्वसनीय नदेखिएका हुन् भनी बुझ्न सकिन्छ ।’

    यसकारण वहुमत असम्भव

    तत्काल र अल्पकालका यी विषयबाहेक राष्ट्रपतिले संसदको अगाडिको बाटो पनि अध्ययन गरेको देखिन्छ । मानिलिउँ, कुनै एक दलले कारवाही प्रक्रिया ढिलो गरिदिँदा कुनै प्रतिनिधिसभा सदस्यले पार्टी व्हीप उल्लंघन गर्ने अवस्था आयो र कुनै एक दावीकर्ताले प्रधानमन्त्रीमा नियुक्त भई विश्वासको मत प्राप्त गरे । त्यसपछि पनि कारवाही त हुन्छ नै ।

    राष्ट्रपति समक्ष संविधानको धारा ७६(५) अन्तर्गत दुवै दावीकर्ताले प्रधानमन्त्री नियुक्त हुन पेश गरेको दावीमा व्यक्त बहुमत बरफ जस्तो भयो, प्रयोग नहुँदै क्रमश पग्लिएर सकिने । ओली र देउवाले ढुंगा जस्तो ढिक्का बहुमत पेस गर्नुपर्थ्याे, जुन संविधानको मर्म पनि हो ।

    यसबाट नवगठित सरकार तत्कालै अल्पमतको हुने तथा बजेट, नीति र कार्यक्रम पारित नहुने, विधेयकहरू पास नहुने साथै सरकारले काम गर्न नसक्ने परिस्थिति उत्पन्न हुने स्पष्ट देखियो, जुन अवस्था हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि व्यहोरिरहेका छन् ।

    संसदले नयाँ सरकार दिनुको उद्धेश्य यस्तै वा यो भन्दा खराब अवस्थाको निर्माण गर्नु होइन । यसको विपरीत संविधानको मकसद स्थायित्व दिने हो, प्रणाली कमजोर बनाएर प्रधानमन्त्रीको निर्वाचन गरिरहने होइन ।

    त्यसैले, राष्ट्रपति समक्ष संविधानको धारा ७६(५) अन्तर्गत दुवै दावीकर्ताले प्रधानमन्त्री नियुक्त हुन पेश गरेको दावीमा व्यक्त बहुमत बरफ जस्तो भयो, प्रयोग नहुँदै क्रमश पग्लिएर सकिने । ओली र देउवाले ढुंगा जस्तो ढिक्का बहुमत पेस गर्नुपर्थ्याे, जुन संविधानको मर्म पनि हो । अतः दुबैको दावी अस्वीकृत हुनु स्वाभाविक देखिन्छ ।

    रमेश लेखकको तर्क र राष्ट्रपतिको सीमा

    विपक्षी गठबन्धनका नेता रमेश लेखक चीर परिचित कानून व्यवसायी पनि हुन् । उनी यसपटक अवैधानिक प्रधानमन्त्रीले अवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकोले धारा ७६ (५) मै फर्किनुपर्ने बताइरहेकका छन् । नेपाल प्रेससँगको कुराकानीमा उनले केपी ओलीले धारा ७६ (५)को प्रधानमन्त्रीमा दावी गर्नै नमिल्ने र राष्ट्रपतिले त्यस्तो दावीलाई स्वीकार गर्नै नमिल्ने बताए ।

    एक घण्टाअघि आफूसँग वहुमत नभएकाले धारा ७६ (४) बमोजिम विश्वासको मत लिन नगएको भन्ने ओलीले कसरी १५३ जनाको समर्थन छ भनेर शीतल निवासमा दावी प्रस्तुत गरे ? भन्ने प्रश्न लेखकको छ । उनको प्रश्न राजनीतिक रुपमा स्वाभाविक छ ।

    तर राष्ट्रपतिले यहाँ पनि संविधान र कानुन हेर्ने हो । प्रतिनिधिसभाको सदस्यका हैसियतमा ओलीले आफूसँग एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको लिखत राष्ट्रपति समक्ष पेश गरेका छन् । त्यस हिसाबले ओलीलाई धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट पनि सर्वोच्चमा पुगेको छ ।

    राष्ट्रपतिले ओली र देउवा दुवैका दावी अध्ययन गरेर,संविधानको धारा ७६ (५)मा उल्लेखित त्यस्तो सदस्यले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा भन्न वाक्याँशमा ध्यान दिएरै आफ्नो विवेकीय निर्णय गरेको देखिन्छ ।राष्ट्रपतिलाई यो ठाउँ दिने संविधान ओली,देउवा र प्रचण्डहरुले नै लेखेका हुन् ।

    संविधानको धारा ६६ ले राष्ट्रपतिलाई पूर्ण रुपमा सेरेमोनियल र मन्त्रिपरिषदको सिफारिस कार्यन्वयन गर्ने संस्थाका रुपमा परिभाषित गरेको छ । तर सोही संविधानको धारा ७६ (५)मा पुगेपछि राष्ट्रपतिलाई स्वविवेक प्रयोग गर्ने अधिकार पनि दिएको छ । यो आफैंमा विरोधाभाष हुनसक्छ तर संविधान संशोधन वा अदालतको यसको ब्याख्या नहुन्जेल यही सत्य हो ।

    राष्ट्रपति व्यक्तिले गरेका काम कारवाहीमाथि कुनै पनि अदालतमा मुद्दा नचल्ने ऐनको पनि कुरा उठेको छ । यी सबै विषय अब सर्वाेच्च अदालतको दायरमा पुगिसकेका छन् । संविधानको बाँकी व्याख्या गरेर राज्यका निकाय तथा अंगहरुको सिमा निर्धारण गर्ने दायित्व पनि अब अदालत समक्ष पुगेको छ ।

  • राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

    नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

    सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

    जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।

     

  • संविधान र ऐनको यो व्यवस्था- राष्ट्रपतिविरुद्ध मुद्दा नचल्ने दावी, दर्ता होला विपक्षीको रिट ?

    संविधान र ऐनको यो व्यवस्था- राष्ट्रपतिविरुद्ध मुद्दा नचल्ने दावी, दर्ता होला विपक्षीको रिट ?

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले केपी ओली र देउवा दुवैका दावी अश्वीकार गरेको विरुद्ध विपक्षी गठबन्धन राष्ट्रपतिविरुद्ध अदालत जाने तयारीमा छन् ।

    तर संविधानको धारा ७६ (५) ले दिएको अधिकार र राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले गरेको निर्णयविरुद्ध कुनै पनि अदालतमा मुद्दा नचल्ने ऐनका आधारमा राष्ट्रपतिविरुद्ध रिट दर्ता हुनेमै अन्योल उत्पन्न भएको छ ।

    राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन-२०७४ मा राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतले सम्पादन गरेका काम कारवाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निजउपर कुनै अदालतमा मुद्दा चलाइने छैन भनिएको छ ।

    राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम गरेको काम राष्ट्रपति कार्यालयले नभई राष्ट्रपतिले व्यक्तिगत स्वविवेकका आधारमा गरेकाले त्यसका बिरुद्धमा कुनै अदालतमा मुद्दा नचल्ने दावी राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालको छ ।

    संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई रहेको र सो धारा बमोजिम प्रधानमन्त्री दावी गर्ने प्रतिनिधिसभा सदस्यले १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न गर्ने व्यवस्था रहेकाले यसमा मुद्दा चल्न नसक्ने दावी गरिएको छ ।

    धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै जनाले पेश गरेका सांसदहरूको नाम दुवैतर्फ रहेको राजनीतिक दल सम्बन्धी ऐनले संसद सदस्यलाई दलीय ह्वीप लाग्ने भएकाले पनि दुवै जनाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत नगरेकाले राष्ट्रपतिले संविधानबमोजिम निर्णय गरेको ढकाललले बताए ।

    संविधानको धारा ६६ को उपधारा २ ले राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुने र त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुने व्यवस्था गरेको छ ।

    तर, धारा ७५ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको अधिकार भने राष्ट्रपतिलाई रहेको छ । त्यसैले राष्ट्रपतिले गरेको निर्णयलाई राष्ट्रपति कार्यालयले सार्वजनिकमात्र गरेकाले यो काम कारवाहीलाई लिएर राष्ट्रपतिविरुद्ध कुनै अदालतमा मुद्दा नचल्ने जिकिर गरिएको छ ।

    सो धारा बमोजिम निर्णय गर्न राष्ट्रपतिलाई मन्त्रिपरिषदको सिफारिस र सम्मति चाहिदैन । किनभने त्यस्तो मन्त्रिपरिषदको प्रधानमन्त्री नै धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीको दाबेदार भएकाले राष्ट्रपतिले पदीय हैसियतमा गरेको काम कारवाहीमाथि मुद्दा नचल्ने पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बताए ।

    ढकालले भने–राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा चल्छ तर राष्ट्रपतिले धारा ७६ (५)को कार्यन्वयन व्यक्तिगत स्वविवेकका आधारमा गर्ने भएकाले त्यो काम कारबाही राष्ट्रपति कार्यालयको हुँदैन । त्यसैले संविधा र ऐन बमोजिम राष्ट्रपतिबिरुद्ध कुनै अदालतमा मुद्दा चल्दैन ।

    तर अधिवक्ता खम्ब खाती भने राष्ट्रपतिले गरेका निर्णयविरुद्ध मुद्दा नचल्ने भन्ने प्रश्न नै नरहने बताउछन् ।

  • धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?

    धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?

    काठमाडौं । संविधानको धारा ७६ को २ अनुसार बहुदलीय बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बिहीबार बेलुकी ९ बजे सकिदैछ । समय घर्किदै जाँदा प्रतिनिधिसभाको बहुमतबारे भिन्न विचार व्यक्त हुन थालेका छन् ।

    प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पुनः नियुक्ति हुन नदिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरू बहुमत जुटाउने तयारीमा छन् । विपक्षी गठबन्धनले प्रतिनिधिसभामा तत्काल कायम रहने सदस्य संख्याको बहुमत जुटाएर सरकारको नेतृत्व दावी गरिरहेको छ । यद्यपि कतिपय कानूनविद्ले प्रतिनिधिसभाको बहुमत भन्नाले २ सय ७५ को बहुमत अर्थात १ सय ३८ हुनुपर्ने बताएका छन् । जबकी हाल प्रतिनिधिसभामा २ सय ६७ सदस्य मात्रै कायम छन् ।

    बहुमत भनेको १ सय ३८ : अग्नि खरेल, पूर्वमहान्यायाधिवक्ता

    नेकपा एमालेको नेतासमेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल संविधानको धारा ७६ ले प्रतिनिधिसभाको पूर्ण बहुमतको अपेक्षा गरेको बताउँछन् । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हुने संवैधानिक व्यवस्था भएकोले बहुमत भन्नाले १ सय ३८ जना बुझ्नुपर्ने खरेलको भनाइ छ । ‘धारा ७६ को २ अनुसार सरकारको नेतृत्व दावी गर्ने दलहरूले कम्तीमा १ सय ३८ जना सांसदहरुको समर्थन जुटाउनुपर्छ किनकी सो धारामा प्रतिनिधिसभाको बहुमत भनिएको छ, तत्काल कायम रहेको होइन’ खरेलले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्रीले विश्वासको मत लिदाँ वा अविश्वासको प्रस्तावको सामना गर्दा संसदमा तत्काल कायम रहेको बहुमत निर्णायक हुने भएपनि प्रधानमन्त्री पदमै दावी गर्न भने प्रतिनिधिसभाको कुल संख्याको बहुमत पुर्‍याउनुपर्ने खरेलको तर्क छ ।

    जति कायम छ त्यो नै प्रतिनिधिसभा हो : यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता

    डेमोक्रेटिक लयर्स एशोसियसनका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भने प्रतिनिधिसभामा सदस्यहरू रिक्त रहने प्रावधान समेत संविधानमै उल्लेख भएकोले रिक्त सदस्यको गणना गर्न आवश्यक नरहेको बताउँछन् । संविधानमा भएका प्रावधानबारे जेसुकै तर्क गर्न सकिएपनि विधायकी मनाशय र परम्परागत अभ्यास महत्वपूर्ण हुने खनालको भनाइ छ ।

    ‘प्रतिनिधिसभा २ सय ७५ कै हो तर संवैधानिक कारणहरूले प्रतिनिधिसभाका केही दिन रिक्त रहन सक्छन् । त्यसरी रिक्त रहेर जति बाँकी हुन्छ त्यो नै पूर्ण प्रतिनिधिसभा हो’, खनालले भने । संसदमा नरहेका सदस्यहरूको संख्या जोड्नु भनेको मृत्यु भइसकेका मतदाताको भोट खसाल्नुजस्तै हुने खनालको तर्क छ ।

    ‘संविधान निर्माणकर्ताहरूको आशय प्रतिनिधिसभा भनेकै तत्काल कायम रहेका सदस्यहरूको संख्या हो । यसमा विवाद होला तर कायम रहेको संख्याको बहुमतले नै नयाँ सरकार गठन हुनसक्छ’, खनालले भने ।

  • राष्ट्रपतिलाई विपक्षीको आग्रह- बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

    राष्ट्रपतिलाई विपक्षीको आग्रह- बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

    काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

  • न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति

    न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति

  • देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा

    देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

    साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

    नेपाल पक्षलेका सांसदको सामुहिक राजिनामाको तयारी भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    ओलीले विश्वासको मतको लागि संसद बोलाइसकेको अवस्थामा त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन नेपालले दिएका छन् ।

    एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएका हुन् ।

  • राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश दोस्रो पटक

    राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश दोस्रो पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् ।

    संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो । नेकपा रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो ।

    पुन:स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।

    विपक्षीकै विरोधकाबीच संसदमा पेस भएको सो अध्यादेशउपर निर्णय भने भएको थिएन ।

    आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • राष्ट्रपतिले गरिन् संसदको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिले गरिन् संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

    सोमबारको मन्त्रिपरिषद्‍ बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् ।

    पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो ।

    संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

  • नयाँ वर्षमा राष्ट्रपतिको समीक्षा- नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता

    नयाँ वर्षमा राष्ट्रपतिको समीक्षा- नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।

    नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन् ।

    उनले संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाइन् ।

    ‘तथापि कोरोनाको कहर हाम्रासामू अझै चुनौतीको रूपमा उभिएकै छ । कोभिड–१९ विरुद्धको खोप क्रमशः सबै नागरिकका लागि उपलब्ध हुँदै जानेछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वसावधानीका उपाय अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्नका लागि म सबैलाई आह्वान गर्दछु’, राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा भनिएको छ ।

    उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाइन् ।

    राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्वलाई आत्मसात् गर्दै पूर्वाधार विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ ।

  • राष्ट्रपतिद्वारा वायुप्रदूषण न्यूनीकरणमा पहल गर्न आग्रह

    राष्ट्रपतिद्वारा वायुप्रदूषण न्यूनीकरणमा पहल गर्न आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो वायुप्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्रदूषण न्यूनीकरणका लागि पहल गर्न जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीमा आग्रह गरेकी छिन् ।

    जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशमा प्रदूषण बढेको भन्दै न्यूनीकरण गर्न राष्ट्रपतिले आग्रह गरेकी हुन् ।

    पछिल्लो समय डढेलो धुवाँको कारण वायुमण्डल प्रदूषित बनिरहेको छ ।

  • राष्ट्रपतिसँगको भेटबारे झलनाथ : हार्दिक स्वागत गरेँ, पार्टी एकताका कुरा भए (भिडियो)

    राष्ट्रपतिसँगको भेटबारे झलनाथ : हार्दिक स्वागत गरेँ, पार्टी एकताका कुरा भए (भिडियो)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निवासमा आउँदा खुशी लागेको बताएका छन् । राष्ट्रपतिसँगको भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको उनले बताए ।

    भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

    उनले राष्ट्रपतिलाई परिवार र सेक्यूरिटीको तर्फबाट हार्दिक स्वागत गरेको बताए । खनालले भने, ‘हामी यहाँ सेक्युरिटीसमेत १९–२० जना बस्छौं । सबैले स्वागत गर्‍यौं । विगतका कुराहरु र वर्तमान स्थितिका बारेमा भलाकुसारी भए । पार्टी र आन्दोलन एकतावद्ध हुनुपर्छ भन्ने उहाँका कुरा थिए । लोकतन्त्र राम्रो र सुदृढ भएर जावस भन्ने चाहना उहाँबाट व्यक्त भए ।

    उहाँले मेरो स्वास्थ्यप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।मैले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको जानकारी गराएँ । अहिले मेरो स्वास्थ्यभन्दा पार्टीको र कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको चिन्ता रहेको बताए ।’

    ‘हामी त आन्दोलनका लागि जीवन बलिदान गर्न तयार भएर हिँडेका हौं । यो नाफाको जीवनभन्दा कम्युनिष्ट आन्दोलनको चिन्ता छ । पार्टीमा कतिपय समस्या उत्पन्न भएको बेला तपाईं आउनुभएको छ । सबै पार्टी बलिया भए र एकतावद्ध भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।भन्ने कुराहरु मैले राखेँ । राष्ट्रपतिज्यूले पनि त्यसमा सहमति जनाउँदै नेकपा एमाले नफुटाेस र एकतावद्ध भएर जावस भन्ने सदिच्छा व्यक्त गर्नुभयो । ’

    स्रोतका अनुसार भेटवार्ताका क्रममा खनालले फागुन २८ गतेको निर्णयबाट केपी ओली पछि नहटेसम्म पार्टीमा पुनर्मिलन हुन नसक्ने बताएका थिए ।

  • राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।

    भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् ।

    धारा उद्घाटनपछि राष्ट्रपतिले गरेको सम्बोधन यस्तो छ :

    सम्माननीय प्रधानमन्त्री,
    माननीय मन्त्रीहरू,
    माननीय सदस्यहरू,
    राष्ट्रसेवकहरू,
    भद्रमहिला तथा सज्जनवृन्द ।

    • हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्नप्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दछु ।
    • यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको शुभकामना प्रकट गर्दछु ।
    • आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
    • बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित मेलम्ची नदीको पानी आर्थिक, सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएपछि दुई दशकअघि नै मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो ।
    • मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशक पहिले नै गरिएको भएता पनि करीब तीन दशकअघि तत्कालिन सरकारले विस्तृत सम्भाव्यता अध्ययनपछि यस आयोजनाको प्रारुप तयार गरेको थियो ।
    • यस अवसरमा मेलम्ची आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु ।
    • मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो ।
    • यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो ।
    • परियोजनाको निर्माण कार्य ठोस रूपमा कार्यान्वयन हुन त्यसपछि पनि झण्डै एक दशक प्रतीक्षा गर्नु परेको थियो ।
    • त्यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य अघि बढाए ।

    • श्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ ।
    • नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका लागि यो आयोजना एक उपहार बन्न पुगेको छ ।
    • यसबाट यहाँका जनताको खुसी बढेको छ ।
    • पानी र जीवन बिच अभिन्न सम्बन्ध रहेको छ ।
    • पानीविना जीवनको अस्तित्व असम्भव भएकाले पानीका स्रोतहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।
    • जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहन जस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ ।
    • यसबाट काठमाडौँ उपत्यकाका जलाधार क्षेत्रको प्रदुषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।
    • यस प्रसंगमा, खुल्ला आकाशमुनि हामीले प्राणवायु लिनु पर्ने शास्वत सत्यलाई ध्यानमा राखी वायु प्रदुषण न्यूनीकरण गर्नु पनि हामी सबैको दायित्व भएको कुरा पुनः स्मरण गराउन चाहन्छु ।
    • पानीका स्रोतहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने सन्दर्भमा नै वातावरण प्रदुषण समेत नियन्त्रण गर्न सकिन्छ ।
    • नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक दुवै किसिमका सिकाईबाट शिक्षा लिदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
    • मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

    • यस अभियानलाई सार्थक तुल्याउन निर्बाह भएका भूमिकाको प्रशंसा गर्दछु ।
    • विकास निर्माण कार्यमा यदाकदा अवरोध सिर्जना गर्ने कार्य हुनु चिन्ताको विषय हो ।
    • मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरैहदसम्म सहज हुने नै छ ।
    • यस प्रकारका आयोजना विस्तार र सुदृढीकरण गर्न समयमै सम्बन्धित निकायले ध्यान पुर्‍याउने विश्वास लिएको छु ।
    • एकातिर, हजारौँ नदी, तालतलैया, पोखरी, लाखौँ हेक्टर भूभागमा फैलिएको सिमसार क्षेत्रका साथै ठूलो मात्रामा भूमिगत पानीका स्रोतहरू विद्यमान रहेको भएता पनि केहि जनसंख्या अझै पनि स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेकोछ ।
    • अर्कोतिर, प्राकृतिक प्रकोप, डढेलो, बाढी पहिरोले पानीका स्रोत र मुहानहरूमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
    • यसका लागि हरियाली प्रवद्र्धन तथा पानीको दिगो उपयोग गर्दै जमिनको पानी पुनर्भरण गर्नुपर्ने आवश्यकता समेत महसुस गरेको छु ।
    • पानीको स्रोत संरक्षण तथा संवद्र्धनमा त्रिभुवन विश्व विद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनु पर्दछ ।
    • अन्तमा, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि सिन्धुपाल्चोकका स्थानीय समुदायको योगदानको सराहना गर्दछु ।
    • त्यस क्षेत्रको सामाजिक आर्थिक उत्थान गर्न सम्बद्ध सबै पक्षको ध्यान पुग्ने विश्वास लिएको छु ।

    धन्यवाद ।

  • संवैधानिक राष्ट्रपतिका सीमा र विद्या भण्डारीविरुद्धको भाष्य निर्माण

    संवैधानिक राष्ट्रपतिका सीमा र विद्या भण्डारीविरुद्धको भाष्य निर्माण

    काठमाडौं । विद्या भण्डारी राष्ट्रपति, सुशीला कार्की प्रधानन्यायाधीश र ओनसरी घर्ती सभामुख भएपछि एकजना सिद्धहस्त लेखक तथा नागरिक अगुवाले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए– यिनीहरु मनुवादी खोक्रो राष्ट्रवादी खड्ग ओलीकृत संविधानलाई मान्यता दिन खडा गरिएका बुख्याँचाहरुमात्र हुन् । राज्यका प्रमुख अंगमा यिनको उपस्थितिमा महिलाले गर्व गर्न पर्दैन ।

    त्यसपछि के भयो सबैलाई थाहा छ । मुलुकको पहिलो महिला प्रधानन्यायाधीशले महाअभियोगको सामना गर्नुपर्‍याे । मुलुकको पहिलो महिला राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्ताव सम्भवतः कतिपय नेताको खल्तिमै होला, यदि सर्वोच्च अदालतले नेकपालाई जेठ २ गते २०७५ को ठाउँमा नपुर्‍याएको भए महाअभियोगको तरवार कुनै पनि बेला प्रयोग हुन सक्थ्यो ।

    सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै सत्तारुढ तत्कालीन नेकपाको प्रचण्ड माधव पक्ष र प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा इतर पक्षका एकाध सांसदले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिहाल्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    मूलधारको भाष्य (न्यारेटिभ) निर्माण गर्ने संगठित शक्तिको निशानामा संवैधानिक राष्ट्रपतिलाई किन पारियो ? प्रष्ट छ, विद्या भण्डारी जुन राजनीतिक स्कूलबाट विभिन्न कक्षा पास गरेर शीतल निवास पुगिन् त्यो स्कूलप्रति अति नै नकारात्मक ‘माइन्डसेट’ले काम गरेको छ ।

    संवैधानिक राष्ट्रपतिको दायित्व निर्वाह गर्दा विद्या भण्डारीले यसबीचमा राजनीतिक दलका नेताहरुबाट पटक-पटक लाञ्छना, धम्की र नागरिक समाजको नाममा खडा भएको ‘बौद्धिक सिण्डिकेट’बाट प्रहार खेप्नुपरेको छ ।

    अझ रोचक पाटो चाहिँ के पनि देखिन्छ भने राष्ट्रपति विद्या भण्डारीको निन्दा गर्ने र उनीमाथि व्यक्तिगत चरित्रहत्या गर्ने खालका टिप्पणीहरुमा रमाउने तथा त्यस्ता प्रवृतिलाई साथ दिनेमा सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्म हेर्दा स्थापित महिला लेखक,अभियन्ताहरु नै अग्रभागमा देखिन्छन् ।

    आफूलाई आलोचनात्मक चेतवाला अभियन्ताको रुपमा स्थापित गरेका महिलाहरुको उल्लेख्य वर्चश्व मूलधारमा हुनु गर्वको विषय हो । तर त्यो वर्चश्वशाली र संगठित शक्ति कहिले बन्दना राणाको सफलतामा निन्दाका शब्द खर्चिन्छ, कहिले विद्या भण्डारी र विद्या भट्टराईहरुको राजनीतिमा पितृसत्ताको विरासतबाहेक केही देख्दैन ।

    आफू र आफ्नो ‘विचार समूह’बाहिरका महिला राज्यका जुनसुकै ओहोदामा प्रतिस्पर्धा वा मनोनयनको विधिबाट पुगे भने गर्व गर्न नसक्ने दुःखको भवसागरबाट बाहिर निस्कन निकै कठिन छ ।

    जसरी विन्दा पाण्डेले पार्टीभित्र ३३ प्रतिशत महिला प्रतिनिधित्वको कुरा उठाउँदा नेतृत्वबाट ट्याउँ ट्याउँ नगर भनियो, तर अदालतले अहिले आएर विन्दाको मागलाई फैसलामा लिपिबद्ध गरेजस्तै आजका निन्दाहरु भोलि पश्चातापमा परिणत हुनसक्छन् ।

    विद्या भण्डारी अखिल नेपाल महिला संघको अध्यक्ष भएको बेला उनकै नेतृत्वमा छोरीलाई पैतृक सम्पत्तिमा समान हकको संकल्प प्रस्ताव सांसदको हैसियतमा पेश भएको वर्तमान कृतघ्न भए पनि इतिहासले मुल्यांकन गरेकै छ । जुन संकल्प प्रस्ताव पछि कानुन बन्यो र ३३ प्रतिशत महिला सहभागिताको आन्दोलन अघि बढ्दै संविधानमा लिपिबद्ध भयो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर ।

    मूलधारको भाष्य (न्यारेटिभ) निर्माण गर्ने संगठित शक्तिको निशानामा संवैधानिक राष्ट्रपतिलाई किन पारियो ? प्रष्ट छ, विद्या भण्डारी जुन राजनीतिक स्कूलबाट विभिन्न कक्षा पास गरेर शीतल निवास पुगिन् त्यो स्कूलप्रति अति नै नकारात्मक ‘माइन्डसेट’ले काम गरेको छ ।

    नेपालको संविधानले राष्ट्रपतिलाई तोकेर दिएका अधिकार र कर्तव्य छन् जसको पालना गर्ने सन्दर्भमा राष्ट्रपतिलाई अतिरिक्त विशेषाधिकार छैन । विद्या भण्डारीले संविधान प्रदत्त दायित्व निर्वाह गर्ने क्रममा जे जस्ता प्रहार खेप्नुपरेको छ, त्यो कुर्सीमा सम्भवतः अर्को कुनै अनुहार र अर्को स्कूलबाट आएको व्यक्ति थियो भने हुने थिएन ।

    सरकारले गरेका सिफारिस कार्यन्वयन गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो । त्यो बाहेक बेलाबेलामा देशको अभिभावकको नाताले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर छलफल गर्नु राष्ट्रपतिको अतिरिक्त कर्तव्य हो । यस्तो काम प्रथम राष्ट्रपति डा.रामवरण यादवले पनि गर्थे ।

    तुलनात्मक रूपमा हेर्ने हो भने २०४७ सालको संविधान र २०६३ सालको अन्तरिम संविधानले राष्ट्रप्रमुखलाई दिएका अधिकारहरू वर्तमान संविधानले झनै सीमित गरिदिएको छ । फरक पृष्ठभूमिका राष्ट्रपति प्रधानमन्त्री हुने हो भने दुई संस्थाबीच द्वन्द्व बढ्ने सम्भावना यसबाट देखिन्छ । मन्त्रिपरिषद्का निर्णयउपर बाह्य परामर्श गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन । त्यसैले चित्त नबुझेको खण्डमा पनि राष्ट्रपतिले ती निर्णयहरू स्वीकार्नुपर्ने बाध्यता छ ।

    तुलनात्मक रुपमा हेर्ने हो भने २०४७ सालको संविधान र २०६३ सालको अन्तरिम संविधानले राष्ट्रप्रमुखलाई दिएका अधिकारहरू वर्तमान संविधानले झनै सिमित गरिदिएको छ । फरक पृष्ठभूमिका राष्ट्रपति-प्रधानमन्त्री हुने हो भने दुई संस्थाबीच द्वन्द्व बढ्ने सम्भावना यसबाट देखिन्छ ।

    मन्त्रीपरिषदका निर्णयउपर बाह्य परामर्श गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन । त्यसैले चित्त नबुझेको खण्डमा पनि राष्ट्रपतिले ती निर्णयहरू स्वीकार्नुपर्ने बाध्यता छ ।

    २०४७ सालको संविधानमा राजालाई परामर्शको करिव असिमित अधिकार थियो । उनले न्यायपालिकाको ध्यानाकर्षण हुनसक्ने सरकारका सिफारिशबारे प्रधानन्यायाधीशसँगै पूर्वपरामर्श गर्न सक्थे ।

    यसअघिको अन्तरिम संविधानमा दलीय सहमति भन्ने वाक्यांशलाई राष्ट्रपति रामवरण यादवले प्रयोग गरेर क्याबिनेट निर्णय उल्ट्याउँदै प्रधान सेनापति रुक्मांगद कटवाललाई थमौती गरेको इतिहास ताजै छ ।

    वर्तमान सविधानमा राष्ट्रप्रमुखका यी अधिकारहरू पूर्णत कटौती गरिएको छ । विगतका संविधानमा आधारित अनुभवलाई नजीरको रुपमा तेर्स्याउने तर वर्तमानमा कार्यान्वयन भइरहेको संविधानका प्रावधानलाई नहेर्ने कार्य संगतिपूर्ण देखिंदैन ।

    यसअघिको अन्तरिम संविधानमा दलीय सहमति भन्ने वाक्यांशलाई राष्ट्रपति रामवरण यादवले प्रयोग गरेर क्याबिनेट निर्णय उल्ट्याउँदै प्रधान सेनापति रुक्मांगद कटवाललाई थमौती गरेको इतिहास ताजै छ ।

    पछिल्लो पटक राष्ट्रपति भवनमा आयोजित सर्वदलीय छलफलमा नेताहरुले उठाएका कतिपय राजनीतिक प्रसंगमा राष्ट्रपतिलाई नियतवस जोडेर पुनः आक्रमणको सिलसिला योजनाबद्ध रुपमा थालिएको छ । राष्ट्रपतिले दलका नेताहरुलाई बोलाएर चुनावमा जान सुझाव दिएको भन्ने ढंगले नेताहरुका विवादमा संस्थालाई तान्न खोजिएको छ ।

    भएको के थियो ?

    राष्ट्रपति कार्यालयले कोरोनाका कारण बिगत एक वर्षदेखि सर्वदलीय छलफल आयोजना गर्न सकेको थिएन । संसदले लिम्पियाधुरा समेटिएको नक्सा पारित गरेपछि राष्ट्रपतिको चाहनाअनुसार सबै दलका नेताहरुप्रति धन्यवाद दिइयो । त्यसयता, अर्थात करिब नौ महिना सर्वदलीय भेटघाट हुन सकेको थिएन ।

    राष्ट्रपतिले शीतलनिवासमा आयोजना गरेको सर्वदलीय भेला । फाइल तस्बिर– राष्ट्रपति कार्यालय

    यसबीचमा शीर्ष नेताहरुसँग राष्ट्रपतिको अलग अलग भेटघाट त भइरहेकै थियो । वंगलादेशको भ्रमणमा सिंगो देशको शुभकामना बोकेर जाने समेत अवसरका रुपमा सर्वदलीय भेटघाट बोलाइएको थियो । त्यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधि तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको थियो ।

    पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्द र डा.बाबुराम भट्टराईले स्वास्थ्यका कारण सहभागिता जनाउन नसकिने जानकारी दिएका थिए । नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने राष्ट्रपतिले बोलाएको बैठक बहिस्कार गरे । यसले भोलिका दिनमा कस्तो राजनीतिक संस्कार बस्छ भन्ने बहस हुँदै जाला ।

    सबै नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको शुभकामना दिएपछि राजनीतिक प्रसंग उठेको थियो । स्वाभाविक रुपमा नेताहरु भएको ठाउँमा राजनीतिक कुरा हुनु अनौठो होइन ।

    प्रधानमन्त्रीले पुनःस्थापित संसदले काम गर्ने लक्षण नदेखाएको र कन्फ्रन्टेशनको परिस्थिति बनेको भन्दै सरकार बिजनेश दिन तयार हुँदा पनि संसदले काम नगरेकाले फेरि पनि चुनावमै जानुपर्ने परिस्थिति बनेको धारणा राखेका थिए ।

    बैठकमा सहभागी नेताका अनुसार प्रधानमन्त्रीले त्यति बोल्दा बोल्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका थिए । भोलि अर्को चुनावबाट आउने संसदको नियति पनि यस्तै नहोला भन्न नसकिने भन्दै पौडेलले संसदको फेरि पनि हत्या प्रयास हुन थालेको बताएका थिए ।

    राष्ट्रिय जनमोर्चाका चित्रवहादुर केसीले निर्वाचनले समाधान नदिने बताएको प्रसंगमा सर्वदलीय छलफलको बिट मार्दै राष्ट्रपतिले राजनीतिक समस्याको निकास दिने काम दलहरुकै भएको बताएकी थिइन् । उनले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भए पनि कहिले र कसरी गर्ने भन्ने कुरा दलहरुमा निर्भर रहेको बताएकी थिइन् ।

    बरु नेताहरुबीच विवाद हुँदा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राष्ट्रपतिले चिया खान बोलाउनुभएको हो,वादविवाद नगरौं’ भनेका थिए । तसर्थ, राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गर्दा जुन ढंगले ‘एजेण्डा सेटिङ’ गर्न खोजिदैछ यो माथि भनिएकै स्कूलिङको अभ्यास हो ।

    राष्ट्रपतिबाट सम्पादन हुने कामहरु सरकारको सिफारिसमा हुन्छन्,जसलाई रोक्न राष्ट्रपति कार्यालयले सक्दैन । आलोचना वा विरोध गर्ने हो भने सरकारको हुनुपर्ने हो । कार्यकारीले गरेका सिफारिस रोकेर र उल्ट्याएर संवैधानिक राष्ट्रपतिले कार्यकारी अभ्यास गरुन् भन्ने चाहना हो ? जुन काम २०६५ सालमा प्रधानसेनापति हटाउने प्रकरणमा भएको थियो ।

    राष्ट्रपतिबाट सम्पादन हुने कामहरू सरकारको सिफारिसमा हुन्छन्, जसलाई रोक्न राष्ट्रपति कार्यालयले सक्दैन । आलोचना वा विरोध गर्ने हो भने सरकारको हुनुपर्ने हो । कार्यकारीले गरेका सिफारिस रोकेर र उल्ट्याएर संवैधानिक राष्ट्रपतिले कार्यकारी अभ्यास गरुन् भन्ने चाहना हो ?

    राष्ट्रपतिको आसनमा को व्यक्ति बसेको छ भन्ने पुर्वाग्रही आँखाले नहेर्ने हो भने यदि गलत काम भएको छ भने त्यसको दोष प्रधानमन्त्रीले बोक्नुपर्छ । राष्ट्रपति कार्यालयले बेला बेलामा सर्वदलीय बैठकहरु आवश्यकता पर्दा गर्दै आएको छ, असंवैधानिक होइन ।

    राष्ट्रपतिले बोलाएको छलफलमा कसैले चुनावको पक्षमा बोले होलान्,कसैले विपक्षमा । नेताले बोलेको धारणा राष्ट्रपतिको हुँदैन । विद्या भण्डारी आजीवन राष्ट्रपतिको कुर्सीमा बस्ने अवश्य होइन । अब २ वर्षपछि त नयाँ राष्ट्रपति निर्वाचन हुने नै छ ।

    यसबीचमा राष्ट्रपति कार्यालयको मर्मत सम्भार, नयाँ संरचना निर्माण,रंगरोगन र विदेशी पाहुना आउँदाका लागि गरिने सजावटमा सरकारले बजेट बिनियोजन गर्दा समेत विद्या भण्डारीको निजी प्रयोजनका लागि करोडौं बजेट खर्च भएको भनेर जबर्जस्त प्रचार गर्न खोजिएकै हो ।

    मसँग हालैको एक भेटका क्रममा राष्ट्रपतिले सरकारबाट कुन कामका लागि कति बजेट बिनियोजन भएको छ र के खरिद गरिँदैछ भन्ने आफूलाई जानकारी समेत नहुने र त्यो सरकारको विषय भएको बताएकी थिइन् ।

    राष्ट्रपति कार्यालय सञ्चालनका नियमित खरिदविक्री र टेण्डरहरु संवैधानिक राष्ट्रपतिसँग जोडिने विषय होइनन् । सरकारले नेपाली सेनाले सञ्चालन गर्ने गरी हेलिकोप्टर खरिद गर्दा समेत राष्ट्रपतिको व्यक्तिगत प्रयोजनका लागि जसरी प्रचार भयो । जबकी त्यहि हेलिकोप्टरबाट आज सुत्केरी हुन नसकेर ज्यान गुमाउने अवस्थामा पुगेका महिलाहरुको दिनहुँ उद्दार हुने गरेको छ ।

    संवैधानिक राष्ट्रपतिका सीमा नबुझेर गरिने आलोचना, राष्ट्रपतिविरुद्ध जनमत निर्माणको प्रयास र अनुहार हेरेर तय गरिने अति पूर्वाग्रही धारणाले आज विद्या भण्डारीको तेजोबध गर्दा त आत्मसन्तुष्टि होला । तर यहि संवैधानिक दायित्व भोलिका राष्ट्रपतिले पनि निर्वाह गर्दा व्यक्ति हेरिएला कि त्यो व्यक्तिको स्कूल ? यो प्रश्नले लखेटिरहनेछ ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमण : तीन समझदारी पत्रमा हस्ताक्षर तयारी

    राष्ट्रपतिको बंगलादेश भ्रमण : तीन समझदारी पत्रमा हस्ताक्षर तयारी

    काठमाडौं । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् ।

    नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवद्र्धनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

    आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन् । राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

    बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

    बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बताउँछन् बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्र । ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको टेलिफोनमा बताए ।

    सम्पर्क सञ्जालका बहुढाँचाको विकास, सुदृढ पारवहन सुविधाका लागि लगानी प्रवद्र्धन, पर्यटन विस्तारमा सहकार्य, ऊर्जा क्षेत्रमा साझेदारी अभिवृद्धि, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा थप सहयोग बढाउने तथा दुवै देशका उत्पादनलाई आ–आफ्नो मुलुक निर्वाध पुर्‍याउन सहुलियतपूर्ण व्यापार सम्झौता (पिटीए) गर्ने तयारी गरिएको भए पनि केही प्राविधिक कठिनाईका कारण राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने बताए ।

    विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली उत्पादन बङ्गलादेशका बजारमा पुर्‍याउने, चिकित्सा शास्त्रका अधिकांश विधामा आकर्षित नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति, उनीहरूले झेल्नुपरेका प्रवेशाज्ञालगायत समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने अवसरका रुपमा यो भ्रमणलाई उपयोग गर्नसके नेपाल र नेपालीलीलाई दीर्घकालीन लाभ हुनेछ ।

    नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकटोक चटगाउँ र मोङ्ला बन्दरगाहसम्म पहुँच दिने व्यवस्था, व्यापार, वाणिज्य र पारवहनमा सहजीकरण र दुवै देशलाई हवाई, जल एवं सतहमार्गबाट जोड्दै बृहत् सम्पर्क सञ्जालमार्फत् व्यापारमात्र नभई जनस्तरमा विद्यामान आपसी आत्मीय सम्बन्धलाई अझ सुमधुर तुल्याउन भ्रमण उपयोगी हुने विश्वास दुवै देशका नागरिकले गरेका छन् ।

    नेपाल र बङ्गलादेशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित÷विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, विविध कारणले अबरुद्ध भएको ढाका–काठमाडौँ बससेवा पुनः सञ्चालन गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, नेपालको बढ्दो व्यापार घाटा घटाउन तुलनात्मक लाभका वस्तुलाई भन्सार महशुल नलिइ बजारसम्म पहुँच, भन्सार बिन्दुमा प्रक्रियागत प्रशासनिक झमेलाको अन्त्य, भन्सार प्रक्रियाको सरलीकरण, द्विपक्षीय सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नतिमा केन्द्रित रहेर नेपालले बङ्गलादेशका उच्च अधिकारीसँग विचारविमर्श गर्नुपर्नेमा जोड दिन्छन् पूर्व उद्योग, वाणिज्य तथा आपूूर्ति सहायकमन्त्री राजेशकाजी श्रेष्ठ ।

    मालसामानको सहज जाँचपास र व्यापार प्रवद्र्धनका लागि दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोधको अन्त्य स्थल र हवाईमार्गबाट बङ्गलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नसके भ्रमण फलदायी हुने तर्क उनको छ ।

    विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र पहिल्याउने, नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग मल कारखाना स्थापानालगायत कृषि क्षेत्रका पूर्वाधार निर्माणमा बङ्गालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवद्र्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्नसकेमा दुवै मुलुक लाभान्वित हुने उहाँको धारणा छ । चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित सुविधाका साथ बङ्गलादेशले आफ्ना बजार उपलब्ध गराइदिए हुन्थ्यो भन्ने उहाँको अभिमत छ ।

    नेपाल र बङ्गलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पुर्‍याउने, आपसी पर्यटन प्रवद्र्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बङ्गलादेशबीच जलविद्युत् उत्पादन, व्यापार र लगानीका क्षेत्रमा गर्न सकिने साझेदारीबारे पनि भ्रमणका क्रममा विचारविमर्श हुने बताउँछन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल । बङ्गलादेशसँग उसले निर्यात गर्ने वस्तुको सूची मागिएको र त्यो अध्ययनको क्रममा रहेकाले राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने उनले बताए । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर सन्धिसम्झौता गर्नुपर्ने भएकाले पिटीएमा केही विलम्ब भएको उनी स्वीकार्छन् ।

    निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१८/१९ मा नेपालले रु एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ, गहुँ, काउली, गोलभेँडा, सागसब्जीका बीउबिजन, जुस, फर्निचर, कुचो, अम्रिसो, फेल्ट, काठका फर्निचर, सल, मफ्लर, जुटका बोरा, ओढ्ने बङ्गलादेश निर्यात गरेको थियो ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याएर तदनुरुप काम गर्नुपर्ने सुझाव दिन्छन् संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि प्राडा जयराज आचार्य । राष्ट्रपतिको भ्रमणको उद्देश्य सार्वजनिक गर्नुपर्ने मत प्रकट गर्दै उनी भन्छन् – आपसी सद्भाव, सहयोग, समझदारी र सहकार्यबाटै समृद्धिको लक्ष्य प्राप्तिमा बल मिल्छ, सहयोग विस्तारका अथाह सम्भावनायुक्त दुवै देशले आफ्नो राष्ट्रिय हित र जनताको बृहत्तर लाभका खातिर द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा मिलेर काम गर्नुपर्छ ।”

    बङ्गलादेशले अतिकम विकसित राष्ट्रको सूचीबाट आफूलाई स्तरोन्नति गरेको बेलामा हुन लागेको राष्ट्रपति भण्डारीको राजकीय भ्रमणबाट स्तरोन्नतिको सूचीमा उक्लिने हाम्रो सपना साकार पार्न बङ्गलादेशी अनुभव र शिक्षा हासिल गर्न मद्दत पुग्नेछ भने दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्ष राष्ट्रका हैसियतले अवरुद्ध सार्क प्रक्रियालाई पुनर्जीवनसहित नव गति दिने दिशामा रचनात्मक भूमिका निर्वाह हुनसक्छ ।

    बङ्गलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन), बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) लगायत बहुपक्षीय सङ्घसंस्थामा दुवै देशबीच सहकार्य हुँदै आएको सन्दर्भमा भावी रणनीति तर्जुमा गर्ने सुअवसर पनि यस भ्रमणबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

    बङ्गलादेशको स्वतन्त्रता संग्राममा बंगबन्धु नेतृत्वको मुक्तिबाहिनी सेनालाई नेपालको तत्कालीन राजनीतिक नेतृत्वले हतियार समेत उपलब्ध गराएर राजनीतिक तहमा समेत उन्नत बनाएको बहुआयामिक नेपाल बङ्गलादेश सम्बन्धलाई राष्ट्रपति भण्डारीको यस राजकीय भ्रमणले थप सुमधुर बनाउने अपेक्षा गरिएको छ । रासस

  • राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक

    राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।

    मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।

    रास्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धता संगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ।

  • राष्ट्रपतिले लगाइन् कोभिडविरुद्धको खोप

    राष्ट्रपतिले लगाइन् कोभिडविरुद्धको खोप

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रपतिले खोप लगाएको जनाएको छ ।

    महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले कोभिसिल्ड खोप लगाएकी हुन् । अग्रपंक्तिमा रहेर काम गर्नेहरु र जोखिममा रहेका समूहहरुलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन गरेकोमा राष्ट्रपतिले सरकारलाई धन्यवाद दिइन् ।

    साथै उनले ज्येष्ठ नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गरिन् । राष्ट्रपतिले खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।

  • राष्ट्रपतिले आज कोरोनाविरुद्धको खोप लगाउने

    राष्ट्रपतिले आज कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन् ।

    आज अपरान्ह ४ बजे महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले कोभिड-१९ भ्याक्सिन लगाउने तय भएको अस्पताल स्रोतले जनाएको छ । खोप लगाउन परिवारका सदस्यसहित राष्ट्रपति अस्पताल जाँदैछिन् ।

    नेपालमा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा गत फागुन २३ देखि वृद्धवृद्धालाई भ्याक्सिन लगाउँदै आइएको छ ।

  • शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

    शीतल निवासमा शैक्षिक सुधारको बहस, प्रभावकारी शिक्षा कार्यान्वयनमा राष्ट्रपतिको जोड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औंल्याएकी छिन् ।

    शीतल निवासमा आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरूपको प्रतिफल हासिल हुनेमा विश्वास व्यक्त गरिन् ।

    नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिको छ ।

    बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रूपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बालदुर्व्यवहार र बालयौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी रहेको बताइन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

    कोभिड-१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार संवेदनशील भएको बताउँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए ।

    विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई अनिवार्य बनाउनु पर्नेतर्फ सहभागीहरूले सुझाए ।

    शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसहित संसद सदस्यहरू, जिसस महासंघका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक संघ, राष्ट्रिय शिक्षक महासंघ र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक रघुराम भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलसमेतको उपस्थिति थियो ।

  • वसन्त श्रवणका लागि राष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा

    वसन्त श्रवणका लागि राष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा

    काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्‍चमीका दिन मनाइने श्रीपञ्‍चमीमा देशभर बिद्याकी देवी सरस्वतीको पूजा गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान १०:१७ बजेको साइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन् ।

    राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। वसन्त श्रवणमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी ओली, सभामुख अग्‍निप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

                
  • सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप

    सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्।

    मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो । आयोगको म्याद ६ महिना थप गर्ने गरी सरकारले सिफारिस गरे बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

  • झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्न : मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ ?

    झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्न : मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दु:ख व्यक्त गरेकी छन् ।

    फेसबुकमा मार्मिक स्टाटस लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’ झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

    उषाकिरणले झाँक्रीलाई आफ्नो आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् । ‘तपाईं उहाँको सिन्दूर-पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।

    उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिष्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोड्नुभयो । उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

     

    यो पनि पढ्नुहोस् : १. राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

     

  • राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

    राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा

    काठमाडौं । नेकपा विभाजनपछि दुई पक्षका नेताहरुबीच आपसमा गालीगलौजको श्रृंखला लम्बिंदै गएको छ । तर, शीर्ष नेताहरूको बाझाबाझलाई समेत ओझेलमा पार्दै सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् प्रचण्ड-माधव पक्षकी युवा नेतृ रामकुमारी झाँक्री ।

    अरु नेताहरुले इतर समूहमाथि आरोप-प्रत्यारोप गरिरहँदा झाँक्री चाहिं राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रमण केन्द्रित गरेर विवादमा तानिएकी हुन् । उनले राष्ट्रपतिमाथि गरेका केही टिप्पणी अमर्यादित मात्र नभएर ‘महिलाविरोधी’ समेत रहेको आरोप लागेको छ ।

    झाँक्रीको भाइरल एउटा भिडियोमा उनले राष्ट्रपतिलाई ‘बडामहारानी’को संज्ञा दिएकी छन् । भिडियोमा उनी यस्तो सुनिन्छिन् :-

    ‘राष्ट्रपतिका कुरा त के गर्नु, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै । म बडामहारानीलाई सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि कारगेट छोडेर सुख, सुविधा ऐसआराम शीतलनिवास छोडेर पहिला कोटेश्वरमा आउनुस् । चाबहिल कि बानेश्वरतिर कता बसाइ छ भन्ने सुन्या थेँ । होइन भने बालकोटै गए पनि हुन्छ ।’

    उनी थप्छिन्ः

    ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छु होला, (औंलो तेस्याउँदै) यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं । त्यसकारण बडामहारानीले हामीले ल्याएका अधिकारहरूमाथि गिद्देदृष्टि लगाएर खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम स्वीकार्य छैन । त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् । तमाम दिदी-बहिनी शहीद परिवारलाई भनेको होइन । मदन भण्डारीको हत्यापछि सेतो सारी लगाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रत्युत्पादन हो विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ ।’

    धरानमा मेयर बितेपछि उनकी पत्नीलाई टिकट नदिंदा चुनाव हारेको पनि उनले बताएकी छन् । धरानका मेयर तारा सुब्बाको निधनपछि भएको उपचुनावमा ताराकी पत्नी इन्दुले टिकट दाबी गर्दै निवेदन दिएकी थिइन् ।

    झाँक्रीको अभिव्यक्तिमा आएका दुईवटा विषय विवादित बनेका हुन् । उनले राष्ट्रपतिलाई ‘शीतलनिवास छोडेर बालकोट जान’ सुझाव दिनुले एकल महिलाको चरित्रहत्या भएको टिप्पणी सामाजिक सञ्जालमा गरिएको छ । यसैगरी, ‘सेतो सारी’ का विषयमा उनले गरेको सांस्कृतिक टिप्पणीलाई पनि आपत्तिजनक मानिएको छ ।

    शहीदकी छोरीको कटाक्ष

    सामाजिक संजालमा झाँक्रीको विवादित अभिव्यक्तिको धेरैले विरोध गरेका छन् । तीमध्ये शहीद ऋषि देवकोटा आजादकी छोरी जोशिला देवकोटाको टिप्पणी मार्मिक छ । उनी विद्यार्थी राजनीतिमा रामकुमारी झाँक्रीसँगै थिइन् ।

    जोशिला लेख्छिन्, ‘उहिले मान्छेहरुले मेरी आमाको पनि कुरा काट्थे । सिन्दूर मेटिएकी मेरी आमालाई पनि विभिन्न लाञ्छना लगाउने तर खुसुक्क मात्रै । झाँक्री दिदीजस्तो मञ्‍चमा चढेर राष्ट्रपतिलाई कोसँग कता जानु भन्दै कसैले कुर्लिएनन् । त्यो बेला सडकका नारामा मेरी आमाको पोइ चुनिएनन् । हाम्री आमाहरूको आन्दोलनले रामकुमारी झाँक्रीजस्ता महिलाले ३३ प्रतिशतको कोटा लिएर संसदमा पुगे पनि । महिलाको नैतिकतामा औंला उठाएर उसलाई पछार्ने तँछाड मछाड गर्ने फोहोरी रोगीहरू माइक समाउन पाए पनि । आज मन्चबाटै हाम्री आमा,कार्कीहरूको पोइ खोजिदिने भए ।’

    झाँक्रीको पछिल्लो अभिव्यक्तिप्रति प्रचण्ड-माधव पक्षधर नेकपाका आन्दोलन परिचालन कमिटी सचिव डा. विजय पौडेलले समेत विमति जनाएका छन् । त्यस्तै माओवादी जनयुद्ध समेत लडेकी र हाल झाँक्री आबद्ध नेकपामै रहेकी पत्रकार संचारकर्मी आस्था केसी, मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पनि झाँक्रीको अभिव्यक्तिलाई गलत भनेका छन् ।

    सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियाहरू हेरौंः

    पहिलेदेखि माधव नेपालको गुटमा रहेकी नेतृ झाँक्री पार्टी एक छँदा नै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कटु आलोचक थिइन् । ओली समर्थकबाट सामाजिक सञ्जालमा सर्वाधिक आलोचना खेप्नेमा उनी पर्थिन् । पार्टी विभाजनपछि उनले ओलीलाई मात्र नभएर राष्ट्रपतिलाई पनि निशाना बनाइरहेकी छन् । अहिले उनीमाथि ओली पक्षकाले मात्र नभएर ‘न्यूट्रल’मानिसहरूले पनि उनको आलोचना गर्न थालेका छन् । महिलावादीहरुले झाँक्रीको अभिव्यक्ति आपत्तिजनक बताएका छन् ।

    ‘यस्तालाई राजनीतिक बहिष्कार गर्नुपर्छ’

    निर्मला शर्मा, महिला अभियन्ता

    हामीले राजनीतिलगायतका हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्छ भनेर लविङ गरिरहेको वर्षौं भयो । तर, हिजो रामकुमारी झाँक्रीजीको भिडियो क्लीप मैले हेरेँ । औधी दु:ख लागेको छ ।

    शुरूमा त उहाँले ‘बालकोट गए हुन्छ’भनेर अपमानजनक टिप्पणी गर्नुभयाे। ठीक छ त्यो आवेशमा आएर भन्नुभयो रे । तर, फेरि अगाडि बढेर उहाँले सेतो सारीको विषयलाई जोडेरसमेत आलोचना गर्नुभयो । यो समग्र एकल महिलाकै अपमान हो ।

    नेपालमा महिलालाई हरेक क्षेत्रमा गाह्रो छ । त्यसमाथि एकल महिलालाई झन् गाह्रो छ । देशको राष्ट्रपतिमाथि त यस्तो तुच्छ आक्रमण हुन्छ भने अरु एकल महिलाको अवस्था के होला भन्ने सहज अनुमान लगाउन सकिन्छ । मलाई अझै धेरै दु:ख यसकारण लाग्यो कि यो अभिव्यक्ति पनि एक महिला नेतृबाटै आएको थियो । उहाँले राष्ट्रपतिको कदमको विरोध गर्न अरु राजनीतिक कुरा गरेको भए हुन्थ्यो । तर, व्यक्तिगतस्तरमै लाञ्छित गर्ने खालको उक्त टिप्पणी अत्यन्तै निन्दनीय छ । यसले वर्षौंदेखिको संघर्षबाट महिलाका क्षेत्रमा प्राप्त उपलब्धि र बनेका कानूनको समेत अवमूल्यन भएको जस्तो लाग्छ । एक महिलाका हिसाबले मलाई लज्जाबोध भएको छ ।

    विद्यादेवी भण्डारी एउटा महिलाभन्दा पहिले देशकाे राष्ट्रपति हो । एउटा सम्मानित ओहाेदामा रहेको महिलामाथि यसरी अनर्गल टिप्पणी २१ औं शताब्दीमा निन्दनीय छ । यस्ता नेतृलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्छ ।

  • फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    फेरि आयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् ।

    मन्त्रिपरिषदको मंगलवारको बैठकले सो अध्यादेश पारित गरि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको थियो ।

    सभामुख अग्नि सापकोटा अनुपस्थित भएर बैठक अनिर्णित बनेपछि सरकारले अध्यादेश ल्याएको हो । अब परिषद बैठकमा गणपूरक संख्या पुग्न ४ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने कानुनी प्राबधान हटाइएको छ ।

    यसअघि विपक्षी दलका नेता शेरवहादुर देउवा पटक पटक अनुपस्थित भएपछि गत वैशाखमा सरकारले यहि अध्यादेश जारी गरेको थियो । तर राजनीतिक दल सम्बन्धी अध्यादेशको तीब्र बिरोध भएपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो ।

    अध्यादेश जारी गर्ने निर्णयपछि प्रधानमन्त्रीले आजै साँझ पाँच बजे संवैधानिक परिषद् बैठक बोलाएका छन् । अध्यादेश जारी भएपछि विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा जाने नजाने टुंगो लागेको छैन ।
    सरकारले अध्यादेश जारी गरेपछि नेकपा विवाद थप बढ्ने भएको छ ।