Tag: रामेछाप

  • रामेछापको उमाकुण्ड पनि जित्यो एमालेले, अध्यक्षमा सुनुवार

    रामेछापको उमाकुण्ड पनि जित्यो एमालेले, अध्यक्षमा सुनुवार

    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार विजयी भएका छन् ।

    सुनुवार ३ हजार ७ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरे । राप्रपाका हिक्मत सुनुवारले २ हजार १ सय ४१ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएकी छन् । सुनुवारले २ हजार ९ सय २२ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाइन् ।

  • रामेछापका ८ पालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    रामेछापका ८ पालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले रामेछाप जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएर प्रदेश कमिटीमार्फत जिल्लामा पठाएको छ ।

    यसअघि चुनाव जितेका गोकुलगंगाका अध्यक्ष खड्गबहादुर सुनुवार र उमाकुण्डका शेरबहादुर सुनुवार दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार छन् ।
    उम्मेदवारहरु आजै मनोनयन दर्ताको तयारीमा छन् ।

    एमालेबाट टुंगो लागेका उम्मेदवार यसप्रकार छन्–

    १. मन्थली नगरपालिका

    मेयरः लब श्रेष्ठ
    उपमेयरः ईश्वरी बस्नेत

    २. रामेछाप नगरपालिका

    मेयरः रोशन पाख्रिन
    उपमेयरःसीता केसी

    ३. लिखु तामाकोशी गाउँपालिका

    अध्यक्षः कमल कडरिया
    उपाध्यक्षः दीपा पाख्रिन

    ४. उमाकुण्ड गाउँपालिका

    अध्यक्षः शेरवहादुर सुनुवार
    उपाध्यक्षः गंगा कार्की

    ५. गोकुलगंगा गाउँपालिका

    अध्यक्षः खड्गवहादुर सुनुवार
    उपाध्यक्षः राधिका श्रेष्ठ

    ६. खाँडादेवी गाउँपालिका
    अध्यक्षः ज्ञानकुमार श्रेष्ठ
    उपाध्यक्षः रमा घिसिङ

    ७. दोरम्बा शैलुङ गाउँपालिका

    अध्यक्षः टंक चौलागाई
    उपाध्यक्षः

    ८. सुनापति गाउँपालिका
    अध्यक्षः ज्ञानकुमार योन्जन
    उपाध्यक्षः रीता गौतम

  • एमाले रामेछापको जिल्ला अधिवेशन- यस्तो छ प्रतिनिधि चयनको मापदण्ड

    एमाले रामेछापको जिल्ला अधिवेशन- यस्तो छ प्रतिनिधि चयनको मापदण्ड

    मन्थली । नेकपा एमाले रामेछापले आगामी पुस २३ देखि सुरू हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरूको लागि मापदण्ड र संख्या तय गरेको छ ।

    जिल्ला सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले पुस १७ गते एकै दिन ६४ वटै वडामा प्रतिनिधि छनौट हुने बताए ।

    प्रत्येक वडाले पहिलो ५० जना संगठित सदस्य बराबर एक महिलासहित ३ जना प्रतिनिधि चयन गर्ने र अर्को ५० सदस्य बराबर २ जना खुला प्रतिनिधि आउन पाउने व्यवस्था गरिएको कार्कीले बताए ।

    त्यस्तै जिल्लामा रहेका विभिन्न जनवर्गीय संगठनलाई पनि प्रतिनिधिको कोटा तोकिएको छ । युवा संघ,अनेरास्ववियु, किसान महासंघ,प्रेस चौतारी,महिला संघ,जनजाति महासंघ लगायत घोषित जन संगठनबाट पाँच-पाँच जना प्रतिनिधि तोकिएका छन् ।

    त्यस्तै भुपु सैनिक प्रहरी संगठन र कानून व्यवसायीबाट दुई-दुईजना तोकिएका छन् भने सम्पर्क मञ्चबाट १५ जना,जिल्ला सल्लाहकारबाट १५ जना र नगरपालिका तथा गाउँपालिका कमिटीबाट पाँच पाँच जना प्रतिनिधि बन्न पाउनेछन् ।

  • यी हुन् रामेछापबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    यी हुन् रामेछापबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (सूचीसहित)

    रामेछाप । नेकपा एमाले रामेछापबाट दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।

    ९ सदस्यीय कार्यदलले दलित र महिलासहित १९ प्रतिनिधि चयन गरेको हो । जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, उपाध्यक्ष प्रेम तामाङ र सचिव आनन्द श्रेष्ठसहित प्रतिनिधि चयन भएका हुन् ।

    हेर्नुहोस् को–को चुनिए ?

    खुल्लातर्फ

    शान्ति प्रसाद पौडेल
    तुलप्रसाद कँडेल
    रत्नप्रसाद गौतम
    आनन्द कुमार श्रेष्ठ
    चित्रबहादुर कार्की
    पुरुषोत्तम कडरिया
    होतराज ढकाल
    धुव्रकुमार कार्की
    प्रेमबहादुर तामाङ
    प्रेमबहादुर खड्का
    शम्भुकुमार श्रेष्ठ
    ज्ञानकुमार योन्जन

    दलिततर्फ

    मानबहादुर विश्वकर्मा
    गणेश विश्वकर्मा

    महिलातर्फ

    मायाकुमारी कार्की
    गंगादेवी कार्की
    दिपशिखा दाहाल
    हेमकुमारी तामाङ
    गीता कार्की

  • पुष्पलालको जन्मथलोमा एमाले रामेछापको स्मृतिसभा

    पुष्पलालको जन्मथलोमा एमाले रामेछापको स्मृतिसभा

    रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा नेकपा एमालेले पुष्पलाल जन्मेकै स्थलमा श्रद्धाञ्जली सभा गरेको छ ।

    नेकपाका संस्थापक पुष्पलाल र शहीद गंगालाल दुवै दाजुभाइ रामेछापको भँगेरीमा जन्मिएका थिए । जन्मघरमै रहेको शालिकमा माल्यार्पण गर्दै एमाले रामेछापले स्मृतिसभा आयोजना गरेको हो ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरियालगायतका नेताहरूले पुष्पलालको बारेमा चर्चा गरेका थिए ।

    पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । उनको निधन २०३५ साउन ७ गते भएको थियो । एमालेले साउन ७ गते पुष्पलाल स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

     

     

  • रामेछापका सबै स्थानीय तहमा एन्टिजेन परीक्षण हुने, एमाले नेता गौतमले दिए किट

    रामेछापका सबै स्थानीय तहमा एन्टिजेन परीक्षण हुने, एमाले नेता गौतमले दिए किट

    रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा निर्माण व्यवसायी रत्न गौतममार्फत उपलब्ध भएका स्वास्थ्य सामाग्री जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ ।

    डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूलाई बुधबार साँझ एमालेले एक हजार थान एन्टीजेनसहितका सामाग्री हस्तान्तरण गरेको हो । एमाले नेता एवं निर्माण व्यवसायी रत्न गौतमले नेकपा एमाले रामेछाप मार्फत ती सामाग्री उपलब्ध गराएका हुन् ।

    कोभिड परीक्षण गर्ने एन्टिजेनको एक हजार थान किट उपलब्ध गराइएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दि ए । जिल्लामा स्वाब संकलन गर्ने मेशिन नहुँदा बाहिर पठाउनु पर्ने र रिपोर्ट आउन ढिलो हुने भएकोले तुरुन्तै संक्रमण पत्ता लगाउन सकिने सो किटको माग उच्चभएकोले उपलब्ध गराइएको कँडरियाको भनाइ छ ।

    अहिलेको बजार मूल्य अनुसार करिब ११ लाख मूल्य बराबरका ती सामाग्री प्रदान गरिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

    अक्सिजन प्लान्ट निर्माण र आईसीयू बेड स्थापनाको लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै श्रेष्ठले अक्सिजन सिलिण्डरको तत्काल आवश्यक पर्ने अवस्था आए त्यसको जोहो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सैंजूले सो किटको कारण स्वास्थ्य परीक्षणमा सहज हुने बताए । आफूले प्रदेश सरकारसँग समेत एन्टिजेन किट माग गरिरहेको अवस्थामा प्राप्त भएको सो किटले सहयोग बताए ।

    प्राप्त किट रामेछाप अस्पताल र मन्थली नगरपालिकालाई दुई दुई सय र बाँकी ६ वटा गाउँपालिकालाई एक एक सयका दरले वितरण गरिने पनि प्रजिअले बताए ।