Tag: रामचन्द्र पौडेल

  • आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

    आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकअघि ‘आफ्नो टिम’को छलफल भन्दै भेला बोलाए ।

    भेलामा पूर्व महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, मधु आचार्य सहभागि थिए । उनीसँगै तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, र पाल्पा सभापति हिमालदत्त श्रेष्ठपनि उपस्थित थिए ।

    उनको यो छलफल कार्यक्रममा नेता केसी ‘ठट्यौली’ पारामा घोचपेचमा उत्रिए । उनले ‘रामचन्द्र दाइकोमा आउँदा शेरबहादुरकोमा पुगिने हो कि शेरखकोमा ?’ भनेर वरिष्ठ नेता पौडेललाई प्रश्न सोधे ।

    उनी त्यत्तिमा रोकिएनन् । ‘तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन,’ उनले भने,‘तर आज मेरो नेता शेखर कोइराला हो । म उहाँकै टिममा छु ।’

    उनको यो भनाई वरिष्ठ नेतामाथि निकै ‘कटु’ थियो । केसीले पौडेलको कोसिसमाथि प्रहार गर्न चाहेको देखिन्छ ।

    यस्तो प्रयास पछिल्लो समय शेखर कोइराला समुहका नेताहरूले वरिष्ठ नेता पौडेलमाथि गर्दै आएका छन् । १४ औँ महाधिवेशनमा पौडेल ‘मौन’ बसेकै कारण आफ्नो समुहका कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित हुन पुगेको उनीहरूले तर्क गर्ने गरेका छन् ।

    महाधिवेशनमा ‘मौन’, त्यसपछि सक्रिय

    वरिष्ठ नेता पौडेल सुशिल कोइरालाको शेषपछि १३ औँ महाधिवेशनमा गिरिजा र सुशिलको विरासत बोकेको समूहबाट सभापतिमा देउवासँग भिडेका थिए । जहाँ उनले पराजय भोग्नुपर्‍यो । त्यसपछि नेता पौडेल १४ औँ महाधिवेशनसम्म सो समुहका साझा नेता थिए ।

    गत मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनमा पनि सो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न चाहन्थे । उनको त्यो चाहनामा डा. शेखर कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंह बाधक बने ।

    अन्तिम अवस्थासम्म पनि आफ्नो नाममा सहमति जुट्न नसकेपछि पौडेल ‘राजनीतिबाट अलग’ हुने भन्दै बोहराटार फर्किएका थिए । जहाँ सभापति देउवा पुगेर ‘राष्ट्रलाई अझैं तपाईको आवश्यकता छ । राजनीतिबाट अलग नहुनुस्, आफ्नो स्वास्थ्य राम्रो बनाएर बस्नुस’ भनेर फर्किएका थिए । त्यसपछि वरिष्ठ नेता पौडेल महाधिवेशनमा ‘मौन’ बसे ।

    महाधिवेशनपछि प्रधानमन्त्री समेत रहेका देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सत्तारूढ गठबन्धन दलका नेताहरू सम्मिलित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को संयोजक बनाएर उनलाई राजनीतिक भूमिका दिए ।

    त्यसयता उनको राजनीतिक सक्रियता जारी छ । गठबन्धन दलहरूबीचमा समस्या उत्पन्न हुँदा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई सक्रिय बनाउँछन् । एमसीसी विवादका बेला पनि उनको सक्रियता निकै बढेको थियो ।

    महाधिवेशनपछि नेता केसीको भनाईको आसयजस्तै प्रधानमन्त्री देउवासँग वरिष्ठ नेता पौडेलको ‘बोली’ पनि मिलिरहेको छ । दुबैजनाको भाषाको तादाम्यता एमसीसी अनुमोदनदेखि लिएर गठबन्धनलाई चुनावसम्म लैजाने कुरामा मिलिरहेको छ ।

    १३ औँ महाधिवेशनपछि उनीसँग रहेको समुहको विरासत १४ औँ महाधिवेशनपछि शेखरले हत्याएका छन् । सो समुहले अहिले ‘मौन’ बसेर समुहलाई हराउन भूमिका खेलेको भन्दै वरिष्ठ नेता पौडेललाई लखेटिरहेको छ ।

    ‘उहाँको त्यो भूमिकाले धेरै साथिहरू हारेका छन्,’ शेखर समुहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ मौन नबसेर समुहलाई सहयोग गरेको भए हाम्रो समुह जित्थ्यो, नभएपनि बहुसंख्यक अन्य साथीहरू निर्वाचित हुन्थे । केन्द्रीय समितिमा यति कमजोर स्थिती हुनेथिएन ।’

    सो समूहले आक्रोसमात्र पोखिरहेको छैन, आफ्नो समुहका कार्यक्रमहरूमा बोलाउन समेत छाडेको छ । अहिले शेखर समूहले गर्ने कुनैपनि कार्यक्रममा वरिष्ठ नेता पौडेलको उपस्थिती रहँदैन् । जसले सो समूहसँग उनको सम्बन्ध पूर्णरूपमा विच्छेद भएको जनाउ दिइरहेको छ ।

    वरिष्ठ नेता पौडेलजस्तै शेखर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि सोही व्यवहार दर्शाइरहेको छ । उनी पनि महाधिवेशनमा खुलेका थिएनन् । केन्द्रीय सदस्य लडेका उनको नाम सभापति देउवाको प्यानलमा पनि परेको थियो । उनी पनि नखुलेकै कारण चुनाव हराएको आरोप शेखर समुहले लगाउने गरेको छ । उनलाई पनि शेखर समुहका भेला तथा कार्यक्रमहरूमा बोलाइदैन् । उनी आफै सहभागि हुँदैनन् ।

    के चाहन्छन् रामचन्द्र ?

    महाधिवेशनबाट कांग्रेसको सभापति हुँने चाहना पुरा हुन नसकेपनि राजनीतिमा कार्यकारी भूमिकाको ‘मोह’ भने पौडेलमा मरेको देखिदैँन । सञ्चारमाध्यमले लिने अन्तरवार्ता र सार्वजनिक समारोहहरूमा उनी अझै मुलुकको कार्यकारी पदमा रहेर काम गर्न चाहेको अभिव्यक्ति दिन्छन् ।

    धेरैले महाधिवेशनमा सभापति देउवाले भेटेर राष्ट्रपतिको ‘अफर’ गरेको चर्चा पनि गर्दै आएका छन् । यद्यपी सो कुरालाई पौडेलले आफै इन्कार गर्दै आएका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा ‘कामै गर्न नपाउने’ राष्ट्रपतिभन्दा काम गर्न पाउने कार्यकारी पद प्रधानमन्त्री भएर एकपटक काम गर्ने इच्छा रहेको बताएका छन् ।

    ‘म केही पाउन राजनीतिमा लागेको होइन् । जति पाएको छु सन्तुष्ट छु,’ उनले भनेका छन्,‘तर हामी जे गर्न राजनीतिमा लाग्यौं, त्यो पुरा गर्न सकेनौं÷हुनसकेन् । कैलेकाँही सोच्छु कार्यकारी पदमा पुगेर केही नमूना गर्न पाए कम्तिमा यसमा सुधार गर्नसक्थें ।’

    उनी प्रधानमन्त्री बन्ने अवसर पाउलान/नपाउलान् तर पछिल्लो समयको सक्रियताले उनीभित्रको राजनीतिक ‘लालसा’ भने जिवित रहेको संकेत गर्छ ।

    हिजोको ‘समूह भेला’को अभ्यासले पनि उनी आफ्नो समूह ब्युँताएर शक्ति हासिल गर्ने प्रयासमा जुटेको टिप्पणी हुनथालेको छ । उनको प्रयासमा शेखर समूहबाट तिरस्कार भोगिरहेका पूर्वमहामन्त्री शशांकको पनि उपस्थितीले यसलाई ‘मलजल’ गरेको छ । शशांकको उपस्थिती रामचन्द्र पौडेल समूहको पुनर्जागरणको एक संकेत रहेको जानकार स्रोत बताउँछ ।

    यद्यपी हिजोको बैठकमा छुट्टै समुह बनाउने विषयमा भने कुनै कुरा उठेन् । वरिष्ठ नेता पौडेलले नेता केसीलाई भने दुखेसोपूर्ण जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘म र डा. शशांकलाई छुट्याएर टिम चलाउनु हुन्छ भने चलाउनुहोस् । नेता कार्यकर्ताको संरक्षण गर्नुहोस । हामी दुईजनालाई अलग गरेर नै बलियो हुँन्छौ भन्ने लाग्छ भने मेरो शुभकामना छ ।’

    शेखरलाई देउवाले महत्व नदिँदा पुग्ने फाइदा

    सभापति निर्वाचित भएपछि देउवाले महाधिवेशनमा झण्डैं ४० प्रतिशत मत पाएका शेखरलाई खास्सै महत्व दिइरहेका छैनन् । महाधिवेशनपश्चात शेख र समुहले उनलाई वरिष्ठ नेता बनाइनुपर्ने र दोस्रो वारियता माग गरेको थियो । देउवाले सो कुरालाई महत्व दिएनन् । आफूपछिको दोस्रो वारियतामा पौडेललाई राखेर वरिष्ठ नेता दिए । शेखरलाई पदाधिकारी र पूर्वपदाधिकारीपछिको मर्यादाक्रममा थन्काइदिए ।

    त्यसबाहेक पार्टीका आन्तरिक छलफल र नियूक्ति प्रक्रियामा पनि शेखरलाई स्थान दिएका छैनन् । बरु उनको समुहबाट पदाधिकारीमा निर्वाचित गगन थापालाई महत्व दिएको देखिन्छ । यसमा वरिष्ठ नेता पौडेलसँग भने परामर्श गरेर काम गर्ने अभ्यास गर्ने गरेका छन् ।

    सभापति देउवाको यो व्यवहारले अन्ततः शेखरसँग असुरक्षित महशुस गरेर केही समयपछि नेताकार्यकर्ताहरू आफूतिर आउने वरिष्ठ नेता पौडेलको बुझाई रहेको निकटस्रोत बताउछ । त्यसैले उनले ‘नेताकार्यकर्ताको सुरक्षा’को मुद्दा स्थापित गर्न खोजिरहेका छन् । शेखर समुहका नेताकार्यकर्ताहरूलाई जवाफ दिँदा उनी सोही कुरालाई अस्त्र बनाइरहेका छन् । हिजोको बैठकमा पनि नेता केसीलाई सोही ‘डायलग’ तेस्र्याएका थिए ।

    यसअघिका अन्तरवार्ता र केही अनौपचारिक भेटहरूमा समेत उनले नेताकार्यकर्ताको संरक्षणका लागि आफू अग्रसर हुन तयार रहेको बताउने गरेका थिए ।

  • कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा जिल्ला सभापतिको भेला

    कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा जिल्ला सभापतिको भेला

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।

    बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् ।

    पौडेलले बोलाएको छलफलमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य , तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, पाल्पा सभापति हिमालदत्त श्रेष्ठलगायत सहभागी छन् ।

     

  • गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं

    गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताएका छन् ।

    गठबन्धनका शीर्ष नेताबीच एमसीसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै नेता पौडेलले राष्ट्रिय महत्वका विषयमा गठबन्धनले साझा धारणा बनाउँदै जाने बताए । एमसीसीबारे सार्वजनिक भएका चासोहरुलाई सम्बोधन गर्नेगरी संसदबाट अनुमोदन गराइने पौडेलले बताए ।

    गठबन्धनमा एमसीसीबारे कुनै विवाद नरहेको बताउँदै नेता पौडेलले बुझाइ फरक भए पनि विस्तारै ‘साझा धारणा’ बन्दै गएको बताए ।

    ‘गठबन्धन सरकारले राष्ट्रिय महत्वका धेरै विषयमा साझा धारणा बनाएको छ । त्यसमध्ये एमसीसी पनि एक हो’, पौडेलले भने । उनले एमसीसीबारे अलमलमा बस्नुभन्दा टुंगो लगाउनु उत्तम हुने कुरा आफूले गठबन्धनमा राखेको बताए । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे प्रष्ट कुरा गर्नुपर्ने भन्दै नेता पौडेलले अब संसदले निकास खोजनुपर्ने बताए ।

    ‘एमसीसी नचाहिने नै हो भने उहाँहरूले रिजेक्ट गर्छौं भन्नसक्नुपर्‍यो । होइन भने दोहोरो कुरा गरेर जनतालाई अलमलमा पार्नु हुँदैन । राष्ट्रघाती छ भने कहाँ छ देखाउनुपर्‍यो भनेर हामीले भनेका छौं । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । केही दिन समय माग्नुभएको छ’, पौडेलले नेपाल प्रेससँग भने ।

    पौडेलले एमसीसी अमेरिकी ईण्डोप्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै वैदेशिक अनुदान लिने विषयमा विवाद गर्न नहुने बताए ।

    ‘निकास त देशलाई दिनुपर्‍यो । गठबन्धन अब निरीह बसिरहन सक्दैन । सबै विषयमा गठबन्धन क्लियर कट हुनुपर्छ’, पौडेलले भने । उनले मुलुक सधैँ ऋणमा नचल्ने भन्दै अनुदानमा प्राप्त सहयोग लिनु अन्यथा नहुने बताए ।

    ‘हामीले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग त जुटाउनै पर्छ नि । अमेरिकामात्रै होइन भारत, चीन, जापान, बेलायत जसले दिए पनि विकासका लागि सहयोग त लिनुपर्‍यो नि’ पौडेलले भने ।

  • गठबन्धन बैठकमा रामचन्द्रले भने- निकास दिन नसके हामीमाथि नै प्रश्न उठ्छ

    गठबन्धन बैठकमा रामचन्द्रले भने- निकास दिन नसके हामीमाथि नै प्रश्न उठ्छ

    काठमाडौं । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा गठबन्धनका संयोजक पौडेलले संसद, सरकार र अदालतमा जारी गतिरोध अन्त्य गर्न नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्ने बताएका हुन् ।

    ‘आज देशमा संसद चलेको छैन । अदालतमा पनि गतिरोध कायमै छ । सरकारले एउटा कानून संशोधन गरेर संसदबाट पास गराउन सकेको छैन । यस्तो अवस्थामा यो राज्यव्यवस्था नै असफल हुने खतरा मैले देखेको छु’, बैठकमा पौडेलले भने ।

    उनले मुलुकलाई निकास दिन नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्नेसमेत बताए । ‘राज्यको कुनै पनि निकायले ठीकठाक काम गर्न नसकेपछि यो व्यवस्थालाई नै असफल बनाउन खोज्नेहरु क्रियाशील भइरहेको देखिन्छ । यसबारे गठबन्धनले गम्भीर समिक्षा गरेर निकास नखोज्ने हो भने त गठबन्धनमाथि नै प्रश्न उठ्छ नि’, बैठकमा पौडेलले भने ।

    उनले संविधान र व्यवस्था अनुकुल हुनेगरी मुलुकलाई निकास दिनुपर्ने बताए । निर्वाचनबारे गठबन्धनभित्र फरक–फरक धारणा व्यक्त भइरहेका बेला पौडेलको यस्तो भनाइ आएको हो ।

    शनिबारको गठबन्धन बैठकमा वैशाखमै स्थानीय निर्वाचन गर्नेबारे छलफल भएका थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक भएपछि शीर्ष नेताहरु निर्णय लिनैपर्ने दबाबमा रहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचन सार्ने वा तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।

  • सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

    सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेर विघटनलाई सही सिद्ध गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

    लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले हिजो सुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठमा पनि त्यसलाई निरन्तरता दिएपछि नेताहरुले आक्रोश पोखेका हुन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता एमव् सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले दुई-दुई पटक गरेको संसद विघटन सही सिद्ध गर्न निरन्तर संसद अवरोध गरेको आरोप लगाएका छन् ।

    ‘६ महिनाको समयमा दुई-दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलले समाजिक संजालमार्फत भनेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहर्नेछु ।’

    पौडेलले यसालई आपत्तिजनक क्रियाकलाप भन्दै यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका छन् ।

    त्यस्तै सत्तारुढ गठबन्धनको अर्को सहयात्री दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमालेको आलोचना गरेका छन् । ‘नेकपा (एमाले) ले संघीय संसदको बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पदरूपमा प्रहार गरिरहेको छ,’ श्रेष्ठको टिप्पणी छ, ‘अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा(एमाले) लाई गम्भीर अपील गर्दछु ।’

    गठबन्धनका अर्का नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इटहरीमा आयोजित एक कार्यक्रममा संसद अवरुद्ध गर्नुको औचित्य नरहेको बताएका छन् । लोकतन्त्रको रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक गठबन्धन एवं प्रतिगमनकारी र दक्षिणपन्थीको गठबन्धन रहेको नेपालको भनाइ छ ।

    नेकपा एमालेले संसद् अवरुद्ध गरेका विषयमा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै नेपालले कुनै पनि दलले संसद अवरुद्ध गर्नुको औचित्य नरहेको स्पष्ट पारे ।

  • रामचन्द्र तटस्थ बनेपछि संस्थापनइतर कार्यकर्ता आक्रोशित, शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ

    रामचन्द्र तटस्थ बनेपछि संस्थापनइतर कार्यकर्ता आक्रोशित, शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको सभापति चुनावमा कसलाई समर्थन गर्ने भन्नेमा मौनता साँधेपछि कार्यकर्ता आक्रोशित भएका छन् । राजधानीमा पौडेलले आयोजना गरेको चियापानमा उपस्थित संस्थापनइतर कार्यकर्ताले शेखरको पक्षमा खुल्न दबाब दिँदै हुटिङ गरे ।

    चियापानमा पौडेलले कार्यकर्तालाई दोस्रो चरणको चुनावमा विवेक प्रयोग गर्न सुझाव दिएका थिए । तर, संस्थापनइतर कार्यकर्ताहरु उनको यस्तो भनाइसँग सन्तुष्ट नभएपछि हुटिङ गरेका हुन् ।

    पौडेलले पार्टीभित्र सद्भाव कायम गराउन चियापान आयोजना गरेको बताए ।

    उनले भने, ‘यो चुनावी सभा होइन, यहाँ कसैलाई मत मागेर हुने होइन । मतदान भनेको मन जितेर हुन्छ ।’

    चुनावको नतिजा जे भए पनि कांग्रेस एक भएर जानुनर्पे पौडेलको भनाइ थियो ।

    पौडेलले थपे, ‘यो महाधिवेशनले मात्रै राजनीति सकिँदैन मैले पनि केही सोचेको छु । राजनीतिमा त्यसै भोटो फटाएको होइन ।’

  • रामचन्द्रले सबै महाधिवेशन प्रतिनिधिलाई बोलाए

    रामचन्द्रले सबै महाधिवेशन प्रतिनिधिलाई बोलाए

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् ।

    महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् ।

    पौडेलको सचिवालयले मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।

  • सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको निर्णायक बैठक सुरु

    सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको निर्णायक बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अनुपम फुडल्याण्डमा सुरु भएको छ ।

    १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने नेताहरुले बताएका छन् ।

    संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट धेरै आकांक्षी छन् ।

    नेता कार्यकर्ताहरुले देउवासँग प्रतिस्पर्धा गर्न एकजना मात्रै सभापतिका लागि अगाडी बढ्नुपर्ने दबाव दिइरहेका बेला नेताहरु निरन्तर छलफलमा छन् ।

    इतर समूहबाट अहिले वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

    शशांकले पौडेलका लागि आफू ‘ब्याक’ तयार भएको बताएपनि शेखर र प्रकाशमानले भने आफ्नो दावी छाडेका छैनन् ।

    आजबाट सुरु भएको महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले समेत आफू सभापतिमा लड्ने बताइसकेका छन् । यद्यपि उनले पौडेल साझा उम्मेदवार बन्ने अवस्थामा आफू बाधन नबन्ने पनि बताउँदै आएका छन् ।

  • कांग्रेस केन्द्रीय समिति बैठकमा रामचन्द्र नजाने

    कांग्रेस केन्द्रीय समिति बैठकमा रामचन्द्र नजाने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा केहीबेरमा बस्दैछ । बैठकमा नेताहरू आउने क्रम जारी छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हो ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर उनले बैठकमा नआउने जानकारी गराएको स्रोतले बतायो । रामचन्द्र पौडेलको सचिवालयले विशेष कारण केही नभए पनि उनी बैठकमा उपस्थित नहुने बताएको छ ।

    आजको बैठकमा शुक्रबारदेखि सुरू हुने पार्टीको १४औँ महाधिवेशनमा पेस गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषय एजेण्डा छ ।

  • सभापतिका दाबेदारबिनै पौडेल पक्षको बैठक (तस्बिर/भिडिओ)

    सभापतिका दाबेदारबिनै पौडेल पक्षको बैठक (तस्बिर/भिडिओ)

    काठमाडौं । महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको प्यानल बनाउन कांग्रेस संस्थापन र पौडेल समूह छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

    सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो निवासमा आफूपक्षीय केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बोलाएका हुन् । सो बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।

    बूढानीलकण्ठमा संस्थापन पक्षको बैठक चलिरहँदा अनुपम फुडल्याण्डमा रामचन्द्र पौडेल पक्षको बैठक जारी छ । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल मिलेर जानुको विकल्प नभएकोले के गर्दा उपयुक्त हुन्छ सहभागीको सुझावको आधारमा आफूहरू अघि बढ्ने भन्दै छलफलका लागि ‘फ्लोर ओपन’ गरेर बाहिरिएका छन् ।

    पार्टीका निवर्तमान र नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति र प्रत्यासी तथा केन्द्रीय सदस्यहरूसहितको भेलामा पौडेलबाहेक सभापतिका अन्य दाबेदार प्रकाशमान सिंह र शेखर कोइराला सहभागी नहुने र भेलाको सुझाव अनुसार नेताहरू फेरि बस्ने हिजै समझदारी भएको थियो ।

    तस्बिरहरू : सरोज बैजु । 

  • लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

    कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन हिजो सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

    संस्थापनइतर समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । कांग्रेसको प्रदेश अधिवेशन आज उद्घाटन हुँदैछ ।

    यी हुन् लुम्बिनीका लागि टुंग्याइएका पदाधिकारी उम्मेदवार :

    सभापति

    अमरसिंह पुन (रोल्पा)

    उपसभापति

    १) भुवन श्रेष्ठ (गुल्मी)

    २) अष्टभुजा पाठक (रुपन्देही)

    महामन्त्री

    १) विक्रम खनाल (नवलपरासी)

    २) सुरेन्द्रराज आचार्य (कपिलवस्तु)

    सहमहामन्त्री

    १) खगराज पाण्डे (दाङ)

    २) विष्णु मुस्कान (अर्घाखाँची)

    ३) निमा गिरी (प्युठान) (महिला)

  • कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    कांग्रेस अधिवेशन : ६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ६१ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    सभापति देउवानिकट जिल्ला सभापतिहरू ३० जना निर्वाचित भएका छन् । तीमध्ये २ जना उपसभापति विमलेन्द्र निधिनिकट रहेको बताइन्छ । देउवाइतर समूहबाट ३१ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    तीमध्ये २ जना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका छन् । २९ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षनिकट छन् । अधिकांश जिल्लामा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेलधुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. पदम बोगटी – कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल – सुर्खेत

    २३. जितप्रकाश आले – तनहुँ

    २४. दुर्लभ थापा – भक्तपुर

    २५. हिमाल कार्की – उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर – बर्दिया

    २७. वेदराज सिंह – जाजरकोट

    २८. जाङ्बु नाम्गेल शेर्पा – सोलुखुम्बु

    २९. दिनेश राई – धनकुटा

    ३०. पेम्बा छिरिङ तामाङ – रसुवा

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुम पूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ – काठमाडौं

    २२. रामनाथ अधिकारी – धादिङ

    २३. खिलध्वज पन्थी – गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

    २५. ललितसिंह बोहरा – दार्चुला

    २६. केदार भण्डारी – सुनसरी

    २७. अब्दुल कलाम – कपिलवस्तु

    २८. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २९. डिगबहादुर लिम्बु – मोरङ

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    २. जित शेरचन – बागलुङ

  • प्रदेश उम्मेदवार टुंग्याउन पौडेल पक्षमा जिम्मेवारी बाँडफाँट, कुन प्रदेशमा को ?(सूचीसहित)

    प्रदेश उम्मेदवार टुंग्याउन पौडेल पक्षमा जिम्मेवारी बाँडफाँट, कुन प्रदेशमा को ?(सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरुलाई जिम्मा दिएको छ ।

    महामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको बैठकले सात वटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

    बैठकले प्रदेश अधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । कांग्रेसको प्रदेश अधिवेशन विहीबार उद्घाटन हुँदैछ । आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा।रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगन थापा लगायतका नेताहरु सहभागि थिए ।

    वरिष्ठ नेता पौडेलका अनुसार जिम्मेवारी पाएका नेताहरुले सम्बन्धित प्रदेशका प्रत्याशी र नेताहरुसँगग छलफल र परामर्श गरेर आवश्यक निर्णय लिनेछ ।

    कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    प्रदेश १ – बलबहादुर केसी, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, डा.शेखर कोइराला, सरिता प्रसाइँ, गुरुराज घिमिरे

    प्रदेश २ – सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव

    बागमती प्रदेश – प्रकाशमान सिंह, डा।रामशरण महत, अर्जुननरसिंह केसी,

    गण्डकी प्रदेश – रामचन्द्र पौडेल, डा।शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियार

    लुम्बिनी प्रदेश – दीपक गिरी, चन्द्र भण्डारी

    कर्णाली प्रदेश – हृदयराम थानी

    सुदुरपश्चिम प्रदेश – दिलेन्द्रप्रसाद बडु, बद्री पाण्डे

  • ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    ५६ जिल्लाको परिणाम, देउवा-पौडेल बराबर (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २७ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले पनि २७ जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ- मनाङ

    २. खडक बोहरा- बझाङ

    ३. गजेन्द्र तुम्याहाङ- ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह- हुम्ला

    ५. कान्छाराम तामाङ- रामेछाप

    ६. ऐनबहादुर शाही- मुगु

    ७. खमबीर गर्बुजा- म्याग्दी

    ८. केशबहादुर विष्ट- सल्यान

    ९. रुपनारायण जबेगु- पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह- डोटी

    ११. दीपेन्द्रबहादुर शाही- डोल्पा

    १२. कर्णबहादुर शाही- जुम्ला

    १३. तेजेन्द्र खनाल– ओखलढुंगा

    १४. डा.टकराज गुरुङ- लमजुङ

    १५. भीमबहादुर साउद- डडेलधुरा

    १६. रामकृष्ण खाँण- रुपन्देही

    १७. युवराज जोशी- पर्वत

    १८. डम्बर खड्का- इलाम

    १९. किशोरदत्त बराल- कास्की

    २०. तीर्थ लामा- काभ्रे

    २१. पदम बोगटी- कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल- सुर्खेत

    २३. जितप्रकाश आले- तनहुँ

    २४. दुर्लभ थापा- भक्तपुर

    २५. हिमाल कार्की- उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर- बर्दिया

    २७. वेदराज सिंह- जाजरकोट

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली- मुस्ताङ

    २. केशरमान रोका- रुकुमपूर्व

    ३. दीपक खड्का– संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने- गोरखा

    ५. विष्णु राई- खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ-पाल्पा

    ७. राजु थापा- स्याङ्जा

    ८. किशोर आचार्य- रोल्पा

    ९. विष्णुकुमार गिरी- प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे- तेह्रथुम

    ११. विनोद बान्तवा- भोजपुर

    १२. केशव श्रेष्ठ- अर्घाखाँची

    १३. चतुरबहादुर चन्द- बैतडी

    १४. बर्मा लामा- दोलखा

    १५. अम्मबहादुर शाही- कालीकोट

    १६. रामसिंह रावल- बाजुरा

    १७. अर्जुनकुमार पोखरेल- नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी- दैलेख

    १९. शंकरप्रसाद डाँगी- दाङ

    २०. रमेश महत- नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ- काठमाडौं

    २२. रामनाथ अधिकारी- धादिङ

    २३. खिलध्वज पन्थी- गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ- ललितपुर

    २५. केदार भण्डारी- सुनसरी

    २६.अब्दुल कलाम- कपिलवस्तु

    २७. प्रेमप्रकाश ओली- रुकुमपश्चिम

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे- झापा

    २. जित शेरचन- बागलुङ

  • ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    ४५ जिल्लाको नतिजा आउँदा देउवा पक्ष अगाडि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मतरूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

    शेरबहादुर देउवा पक्ष

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेल्धुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. जितेन्द्र श्रेष्ठ – ललितपुर

    २२. पदम बोगटी – कञ्चनपुर

    रामचन्द्र पौडेल पक्ष

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुमपूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    पक्षधरता नखुलाएका –

    १. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २. वेदराज सिंह – जाजरकोट

  • कांग्रेसको अबको बाटो- रूपान्तरणका दस सूत्र

    कांग्रेसको अबको बाटो- रूपान्तरणका दस सूत्र

    अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिकरूपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला तर यक्ष प्रश्न हामीले महाधिवेशनमार्फत् पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं की सकेनौ भन्ने हो । कानूनी औपचारिकताको निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्तैन । त्यसैले महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेपाली कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरूलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्षहरू रहे भन्नेमा विवेचना गर्नु आवश्यक छ । नेपाली कांग्रेसको अहिलेको अवस्था कस्तो छ र यो अवस्थाको निमित्त को कति जिम्मेवार छ भन्नेजस्ता सैद्धान्तिक र व्यवहारिक पक्षमा पनि गहन विचार गर्नुपर्छ ।

    के छ नेपाली कांग्रेसको अवस्था ?

    नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त नेपाली कांग्रेसले सधै अग्रमोर्चामा रहेर काम गरेको छ । नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ । नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरू अन्य पार्टीहरूको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन् । तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरूप हुन नसकेको देखिएको छ । निरंकुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गर्ने पार्टी, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको पार्टी, लोकतन्त्रको पुन:स्थापनाको निमित्त २०४६ र २०६२/६३ को जनआन्दोलको नेतृत्व गरेको पार्टी, नेपालको नयाँ संविधान जारी गर्न अगुवाइ गर्ने कांग्रेस पार्टी, अहिले यसमा आन्तरिक लोकतन्त्रको अभाव खड्किदै छ ।

    नेताको अनुकूलमा विधि-पद्दति चल्ने हैन, विधि-पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ । हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि-पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्दैन ।

    संसदीय निर्वाचनमा कम्यूनिष्टहरूसँग हार व्यहोर्नु परेको छ । अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएता पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरूप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौं । कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन । लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ । तर, वर्तमान पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरूको ठाडो उल्लंघन गरेर त्यो जनअपेक्षामाथि कुठाराघात गरेको छ । महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नु पर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आइसक्दा पनि विवादित छ ।

    भ्रातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन् ।

    राजनीतिप्रति वितृष्णालाई कसरी हटाउने ?

    देशको राजनीति विषम मोडमा छ । विगत तीन चौथाई शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन् । आम मानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरू राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाईन्छ । आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ । राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन् । विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरूको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि ईमान्दारीपूर्वक हुन सकेको छैन । पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन् । आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो ।

    भ्रातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई विधान नाघेर गठन गरिएको छ । स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ । पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरूलाई पाखा लगाइएको छ । नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन् ।

    व्यक्ति-व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरूमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्थाहरू पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरूको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन । आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरूले प्रश्न उठाइरहेका छन् ।

    पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ । नेता बलिया, पार्टी कमजोर । अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ । विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ । यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि-पद्दति चल्ने हैन, विधि-पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ । हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि-पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्दैन ।

    आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो ।

    अहिले नेपालमा जवाफदेहिताको अभाव खड्कीँदै गएको छ । जनताप्रति उत्तरदायीत्वको भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरूको सिर्जना भइरहेका छन् । यसरी राजनीतिक क्षेत्र पङ्गु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरूमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो रु गम्भीर प्रश्न उठिरहेका छन् ।

    आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ । महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो । कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो । नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरूप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ ।

    यो अभियान अरु कसैले चलाउँन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहँदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ ।

    अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई-दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो ।

    नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ । र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रूपान्तरण गर्न सक्छ न देशलाई नै ।

    लोकतन्त्रका निमित्त थकानरहित लडाइँ

    प्रथम राष्ट्रपति निर्वाचन प्रसङ्गमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनें, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाई बाँकी नै देख्छु । त्यसैले म त्यो लडाई मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ । त्यो लडाइँ मैले तनहुँको बुल्दीपूल उद्घाटन काण्डदेखि लडिरहेको छु । अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाइँ कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाई फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिँदैन ।

    गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

    अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाए । सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई-दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो ।
    संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्वाकांक्षीहरूबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, सामदाम-दण्डभेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

    राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधै सत्तामा हावी भैरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो । तेश्रो विश्वका मुलुकहरू यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाई यही प्रवृत्तिविरुद्ध छ । संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन् । फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ्ग भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ ।

    महाधिवेशनको जिम्मेवारी

    विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नु पर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरू निश्चय पनि महाधिवेशनअन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन् । त्यतिमात्र होइन, गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् ।

    कोरोना महामारी नसकिँदै हामी १४ औं महाधिवेशन गर्न बाध्य छौं । यो नेतृत्वले थोपरेको बाध्यता हो । मैले गत ०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेण्डर बनाऔं र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौं भनेको थिएँ । त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पुर्‍याइएको छ । कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं ।

    ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ ।

    सरकार मात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ । हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरूप हुनुपर्दछ । तर, हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भैराखेको महसुस हुन्छ । पार्टीको विधान अनुरूप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ ।

    लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचक्राई हुनु हुँदैन । ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ । आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पङ्ति आवश्यक पर्छ । भाग्यमा भरपर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मेहनतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ ।

    लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ । पार्टी सुदृढीकरणको निमित्त निम्न कार्य गरिनु पर्दछ –

    पार्टी सुदृढीकरणका लागि के गर्ने ?

    – अधिवेशनको मुखमा लगेर कृयाशील सदस्यता वितरण गर्ने परिपार्टी अन्तगरी सुरूदेखि नै कृयाशील नवीकरण र वितरण कायम राखेर कार्यकाल पूरा हुने एक वर्षअगावै वितरण बन्द गर्ने ।

    – भ्रातृसंस्था र पार्टी निकायका अधिवेशन तोकिएकै समयमा गराउने । तोकिएकै समयभित्र विभाग, प्रतिष्ठान गठन गर्ने र सवै निकाय दुरुस्त राख्ने ।

    – संगठनका सदस्यहरूलाई सैद्धान्तिक, व्यवहारिक र नीतिगत तालिममा निरन्तरता प्रदानगर्ने तालिमको लागि पूर्ण व्यवसायिक टिमको
    निर्माण गर्ने ।

    – कार्यकर्ताको ज्ञान वृद्धिका लागि विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराउने । प्राविधिक ज्ञान तथा अनुभवबाट गर्न सक्ने व्यवसायका लागि आर्थिक तथा कानुनी प्रबन्ध मिलाउने ।

    – न्याय, निष्पक्षता, पारदर्शी मूल्यांकनको परिपाटी अवलम्बन गर्ने । यो नै पार्टी एकताका मूल आधार हो ।

    – विधि-पद्दति र अनुशासनमा तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सबै बाँधियौं भने पार्टी एकता मजबूत हुन्छ ।

    – पुराना निष्ठावान कार्यकर्ताको हितमा आँच नपुग्ने गरी नवप्रवेसीहरूको स्वागत गरिनु पर्दछ । पार्टीमा सबैलाई सहभागिता र
    सहस्वामित्वको अनुभूति दिलाउने व्यवहार र आचारण गरिनु पर्दछ ।

    – राजनीतिलाई स्वच्छ र स्वस्थ पार्न पार्टी भित्र र बाहिर वैचारिक बहस चलाउने ।

    देश र जनताका लागि के गर्ने ?

    – ‘लोकतन्त्र बचाऊँ, भ्रष्टाचार भगाऊँ’ अभियान चलाउने ।

    – जहाँ रोजगारी त्यही बसोवास, जहाँ बसोवास त्यही रोजगारीको नीति कार्यान्वयन गर्ने ।

    – हिमाल, पहाड, तराईमा स्वस्थ्य र सुरक्षित बस्ती निर्माण गर्ने ।

    – लोकतन्त्र साकार पार्न निमुखालाई न्याय विपन्नलाई आय कार्य रूपमा ल्याउने ।

    – सबै नागरिक शिपवान र शिलवान बनाउने शिक्षा नीति ।

    – सबैलाई स्वस्थ जीवन र दीर्घजीवन दिने स्वास्थ्य नीति ।

    – यी कुरा सबैका लागि सहज र सरल तुल्याउन कांग्रेसको उपस्थिति ।

    – नेपालको वास्तविकतामा आधारित प्रकृतिमैत्री विकास नीति ।

    – नेपालको परम्परागत धर्म र संस्कृति नेपालीको पहिचान जोगाउने साँस्कृतिक नवोन्नति

    – नेपालीको सुखी जीवन, खुशी जीवन स्वच्छ सफा पर्यावरण ।

    – अति दलबन्दीबाट देशलाई मुक्त गर्ने । आम अदना जनताको अधिकार अकुन्ठित बनाउने ।

    नेपाली कांग्रेस र नेपाली समाजको लोकतान्त्रिकरण गर्दै नेपाली संस्कृति, संस्कार र नेपाल राज्यको भविष्यको पुनःसंरचनाका लागि मैले अघि सारेका दश सूत्र :

    १. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौं ।

    २. कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

    ३. विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

    ४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

    ५. आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘र्‍याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

    ६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतसुकै हस्तक्षेप पनि गर्दैन ।

    ७. विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धिान्तिक स्पष्टता र आक्रामक प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ । कसैका एजेन्जा बोक्न पर्दैन, आफ्ना एजेण्डा छोड्न पर्दैन । सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुईतिहाई जनमसर्थन प्राप्त गर्‍यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

    ८. सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न ऊर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

    ९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

    १०. कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

    (नेपाली कांग्रेस रूपान्तरणका लागि बरिष्ठ नेता पौडेलप्रेषित  एजेण्डाको सम्पादित अंश)

  • पाल्पा कांग्रेसको सभापतिमा पौडेल पक्षका श्रेष्ठ निर्वाचित

    पाल्पा कांग्रेसको सभापतिमा पौडेल पक्षका श्रेष्ठ निर्वाचित

    स्याङ्जा । नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी कृष्ण बस्याललाई ५ सय ९ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

    श्रेष्ठले ८ सय ९० मत ल्याउँदा बस्यालले ३ सय ८१ मत ल्याए । नवनिर्वाचित सभापित श्रेष्ठ केन्द्रीय राजनीतिमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । उनी नेविसंघको अघिल्लो महाधिवेशनमा पौडेल पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका थिए ।

  • कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    कांग्रेस जिल्ला सभापतिमा देउवाको अग्रता, कहाँ कसले जिते (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

    २५ जिल्लाको सभापतिमध्ये सभापति शेरबहादुर देउवानिकट अर्थात संस्थापन पक्षका १३ जना रहेका छन् । त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर समूहबाट ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत जिल्ला सभापति चयन भएका वेदराज सिंहले आफ्नो आबद्धता खुलाएका छैनन् ।

    १३ औं महाधिवेशनमा देउवा पक्षमा रहेका सिंह पछिल्लो समय संस्थापनइतर समूहमा आवद्ध थिए । सर्वसम्मत सभापति निर्वाचित भएकोले केन्द्रीय महाधिवेशनमा मात्रै आफ्नो मत व्यक्त गर्ने सिंहले बताएका छन् ।

    कुन जिल्लामा कसको सभापति ?

     

  • साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : पौडेल

    साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन सार्थक संवाद सुरु भएको बताएका छन् ।

    महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग शनिबार भएको छलफल सकरात्मक रहेको भन्दै नेता पौडेलले साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । ‘आज बल्ल संवाद सुरु भएको छ । यो छलफल निरन्तर रहन्छ । हामीमध्येबाट एकजना साझा उम्मेदवार बन्ने वातावरण बन्दैछ’, पौडेलले नेपाल प्रेससँग भने ।

    विराटनगरमा भएकाले सभापतिका अर्का प्रत्याशी डा.शेखर कोइराला भने बैठकमा उपस्थित थिएनन् । आजको बैठकमा पौडेल, सिंह र कोइरालाले आ-आफ्नै दावेदारी दोहार्याएका थिए । वरिष्ठ नेता पौडेलले पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न, नेतृत्व परिवर्तन गर्न र कांग्रेसलाई बलियो बनाउन सहकार्यको विकल्प नरहेकोमा एकमत रहेको बताए ।

  • देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    देउवाविरुद्ध रणनीति : पहिलो चरणमा दोस्रो, दोस्रो चरणमा पहिलो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप एक कार्यकालका लागि कांग्रेस सभापतिमा दोहोरिने तयारीमा छन् । मंसिर २४ गतेदेखि काठमाडौंमा सुरू हुने कांग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने देउवाले बताइसकेका छन् ।

    संस्थापन पक्षको टिमभित्र उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् । यद्यपि देउवाले आफू लड्ने निधो गरिसकेको दुवैलाई बताएका छन् । उपसभापति निधि देउवा लडे पनि आफ्नो उम्मेदवारी कायम रहने भन्दै तयारीमा जुटेका छन् । श्रेष्ठलाई सहमतिमा ल्याउन सक्ने विश्वाससहित देउवाले पनि आफ्नो तयारी थालेका छन् । प्रदेशगतरूपमा नेताहरूलाई नै जिम्मेवारी दिएर देउवाले महाधिवेशन तयारी थालेपनि देउवाविरुद्ध उम्मेदवार बन्न चाहनेहरूको तयारी अझै पुगेको छैन ।

    उपसभापति निधिले बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापति लड्ने तयारी अगाडि बढाएका छन् । यद्यपि उनको टिमको टुंगो अझै लागिसकेको छैन । निधिको महामन्त्रीमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नाम चर्चामा छ । त्यसबाहेक देउवा टिममा नअट्ने अन्य नेताहरूलाई समेट्ने निधिको तयारी छ ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महाधिवेशनमा देउवासँग व्यहोरेको हारको बदला लिन चाहन्छन् । त्यसका लागि संस्थापनइतर भनिने समूहलाई आफ्नै नेतृत्वमा एकताबद्ध राख्नुपर्ने चुनौती पौडेलसामु छ । १३ औं महाधिवेशनमा पौडेललाई साथ दिएका पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला तथा नेता डा. शेखर कोइराला आफैं सभापतिको प्रत्यासी बन्ने तयारीमा छन् ।

    पूर्वमहामन्त्री सिंहले पौडेल पक्षको बैठक नै बहिष्कार गरेर सभापति लड्ने तयारी थालेका छन् । शशांक र शेखरबीच जारी संवाद निष्कर्षमा पुगे दुईमध्ये एकजना उम्मेदवार रहन सक्छन् । अर्कोतिर १३ औं महाधिवेशनमा सभापति लडेर तेस्रो धार बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विस्तारित टिमसहित सभापति लड्ने तयारीमा छन् ।

    साझा एजेण्डा, रणनीति उस्तै

    देउवाबाहेक सभापतिमा दाबी गरिरहेका सबै नेताको एउटा एजेण्डा साझा छ । सबैले नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै आएका छन् । आफूलाई देउवाको विकल्पका रूपमा प्रस्तुत गर्ने सबै उम्मेदवार देउवाको नेतृत्वमा कांग्रेस सुदृढ हुन नसक्ने बताउँछन् । यद्यपि देउवाविरुद्ध साझा उम्मेदवार बनाउन भने सफल भएका छैनन् ।

    देउवालाई नेतृत्वबाट विस्थापन गर्ने साझा एजेण्डा बोकेका प्रत्यासीहरूको रणनीति पनि साझा नै छन् । देउवाबाहेकका सबै उम्मेदवार पहिलो चरणको निर्वाचनमा दोस्रो बन्न चाहन्छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउँनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला उम्मेदवार रहँदा पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि देउवा र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा परिणाम नआए सर्वाधिक मत ल्याउने शीर्ष २ उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ । सोही विधान अनुसार देउवाविरुद्ध पहिलो चरणमा दोस्रो हुने र दोस्रो चरणमा पहिलो हुने रणनीति संस्थापनइतर पक्षका सबै उम्मेदवारहरूको रहेको छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘२ जनाभन्दा बढी उम्मेदवार बन्नेबित्तिकै पहिलो चरणमा नतिजा नआउन सक्छ । हाम्रो समूहमा २ भन्दा बढी उम्मेदवार बन्ने देखिएकोले पहिलो चरणमा दोस्रो बन्ने प्रयास सबैले गरेका छन्’, पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने । ती सदस्यका अनुसार आन्तरिक बैठकमा सभापतिमा दाबी गरिरहेका नेताहरूले साझा उम्मेदवार भए पहिलो चरणमा नभए दोस्रो चरणमा भएपनि जित्नुपर्ने बताउँदै आएका छन् । ‘समूहको साझा उम्मेदवार बनाएर पहिलो चरणमै जित्ने भन्दा पनि चुनाव लडिहाल्ने र दोस्रो बनेको खण्डमा बाँकी हार्नेहरूको मत आश गर्ने नेताहरू धेरै भए’, ती नेताको भनाइ छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस विधानको विशिष्ट व्यवस्थाका कारण दोस्रो चरणसम्म पुगेर पनि जित्नुपर्छ भन्ने मानसिकता उम्मेदवारमा देखिनु स्वाभाविक रहेको बताउँछन् । देउवाविरुद्ध साझा उम्मेदवार बनाउन सक्रिय आचार्य रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला एकठाउँमा उभिए पहिलो चरणमै देउवाविरुद्ध जित निस्कने दाबी गर्छन् ।

    ‘नेतृत्व परिवर्तनका लागि १३ औं महाधिवेशमा देउवाविरुद्ध उभिएका नेताहरू १४ औं महाधिवेशनमा पनि एकताबद्ध भए पुग्छ । पहिलो वा दोस्रो जुनसुकै चरणमा भएपनि नेतृत्व परिवर्तन चाहिँ हुन्छ’, आचार्यले भने ।

    सभापति देउवा पक्षका नेताहरू भने पहिलो चरणमै परिणाम ल्याउने गरी काम भइरहेको छ । ‘पहिलो चरणमा होस् वा दोस्रो चरणमा देउवाविरुद्ध लडेर हुने भनेको दोस्रो नै हो’, देउवानिकट एक नेताले भने ।

  • रामचन्द्रले बोलाए सत्तारुढ संयन्त्रको पहिलो बैठक

    रामचन्द्रले बोलाए सत्तारुढ संयन्त्रको पहिलो बैठक

    काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको समन्वय समितिको पहिलो बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकको समय निर्धारणका लागि समितिका सदस्यहरू आपसी संवादमा छन् ।

    उच्चस्तरीय राजनीतिक संयन्त्रका रूपमा रहेको समन्वय समितिको पहिलो बैठकमा समितिको कार्यविधिलगायतका विषयमा पनि छलफल हुनेछ । समन्वय समितिको सचिवालय बनाउने विषयमा पनि बैठकले निर्णय लिनेछ ।

    समितिका संयोजक एवं नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ ५ दलबीच संविधान र लोकतन्त्र रक्षाका लागि भएको सहकार्य निरन्तर राख्न समितिले समन्वय गर्ने बताए । समिति गठन गरेकै दिन आज पहिलो बैठक गर्ने सहमति भएअनुसार बैठक बोलाइएको पौडेलले बताए ।

    समन्वय समितिमा नेपाली कांग्रेसबाट पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल छन् । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि समितिमा रहेका छन् ।

  • कांग्रेस संस्थापनइतर समूहको बैठक बोलाइयो

    कांग्रेस संस्थापनइतर समूहको बैठक बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । आइतबार बस्ने केन्द्रीय समिति बैठकको तयारी गर्न भन्दै पौडेलले भोलि (शुक्रबार) दिउँसो आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् ।

    बसुन्धारास्थित दियालो फुडल्याण्डमा बोलाइएको बैठकमा संस्थापनइतर सूमहका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । आइतबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू गठन गर्नेछ । संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार छान्न पनि दबाब बढ्दो छ । विहीबारको बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ ।

    कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । सभापति शेरबहादुर देउवाले पनि आज आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।

  • ‘म रियल डेमोक्रेटिक लिडर हुँ, कोही मख्ख पर्न वा आत्तिन पर्दैन’ (भिडिओ)

    ‘म रियल डेमोक्रेटिक लिडर हुँ, कोही मख्ख पर्न वा आत्तिन पर्दैन’ (भिडिओ)

    सत्तारुढ गठबन्धनले समन्वय समिति गठन गरेपछि त्यसको औचित्यबारे विभिन्न प्रश्न उठेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समन्वय समितिमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू रहनेछन् । समितिले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच समन्वय गर्ने भनिए पनि कार्यक्षेत्र स्पष्ट भइसकेको छैन । सत्तारुढ गठबन्धनको समन्वय समिति गठनका उद्देश्य र कार्यक्षेत्रबारे समितिका संयोजक एवं कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग  नेपालप्रेसकर्मी नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा –

    सत्तारुढ गठबन्धनले तपाईंको नेतृत्वमा समन्वय समिति बनाएको छ । यसको आवश्यकता किन पर्‍यो ?

    यो संयन्त्र जुन बनेको छ यसले अहिलेको राजनीतिलाई नयाँ दिशा दिन्छ । जसरी मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्नलाई ५ राजनीतिक दल मिलेर रोक्यौं । देशलाई फेरि पनि प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको छ । संविधान र लोकतन्त्रलाई संरक्षण गर्दै प्रतिगमनलाई परास्त गर्न ५ राजनीतिक दलबीचको सहकार्य अपरिहार्य छ । ५ दलकै नेतृत्वमा सरकार छ । सरकारको सफलतासँग संविधान र लोकतन्त्रको भविष्य पनि जोडिएको छ । त्यसैले यो सरकार सफल हुनुको विकल्प छैन । यसलाई सफल बनाउने हामी सबैको दायित्व हो ।

    यद्यपि सरकार एक संवैधानिक संस्था हो । यो संयन्त्रले सरकारको संवैधानिक अधिकार र दायित्वमाथि हस्तक्षेप गर्दैन । त्यसैले यो सरकारलाई मात्रै सहयोग गर्न भन्दा पनि समग्र मुलुकका राजनीतिक समस्याको समाधान, संविधा र लोकतन्त्रको रक्षा गर्दै जनताको पक्षमा गर्नुपर्ने कामलाई सहजीकरण गर्न बनाइएको समन्वय समिति हो ।

    यो संयन्त्रले काम चाहिँ के गर्छ ?

    संविधान र लोकतन्त्र जोगाउने यसको मूल उद्देश्य हुँदै हो । सरकारी काम भन्दा समग्र व्यवस्थाको कामलाई सहजीकरण गर्ने यसको उद्देश्य हो । राजनीतिक दलहरुसँग जोडिएका एजेण्डाहरूमा यसले साझा धारणा बनाउँछ । जनतालाई सुविधा कसरी दिन सकिन्छ भन्नेमा यसले खाका बनाउँछ । मूलतः यो सत्तारुढ दलहरुको समन्वय समिति हो । तत्कालका लागि भन्दा यसले विभिन्न जिल्लामा प्राकृतिक प्रकोपबाट समस्यामा परेका जनतालाई राहत दिने, भूमी आयोगमार्फत भूमीसम्बन्धी समस्या समाधानका लागि सहजीकरण गर्ने तथा राजनीतिक दलहरुप्रति जनताको विश्वास बढाउने काम समितिले गर्छ । सरकारी काममा भन्दा संवैधानिक व्यवस्था र जनताको सुविधा कसरी काम गर्न सकिन्छ भन्ने हाम्रो सरोकार हो ।

    राजनीतिक रूपमा संयन्त्र कसरी अगाडि बढ्छ ?

    तत्कालका लागि राष्ट्रियसभाको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको उपनिर्वाचनमा समिति केन्द्रीत रहन्छ । ५ दलीय गठबन्धनमा राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनमा मिलेर जाने सहमति भएको छ । त्यो सहमति कार्यान्वयन गराउन समितिले आवश्यक छलफल र तयारी गर्छ । ती निर्वाचनमा मिलेर उम्मेदवारी दिने बारेमा समितिले समन्वय गर्छ ।

    उपनिर्वाचनमा त तालमेलको सहमति भयो अब आमनिर्वाचनसम्मै तालमेल हुन लागेको हो ?

    त्यसबारे अहिले कुनै कुरा भएको छैन । आमनिर्वाचनसम्मको कुरा अहिले भएको पनि छैन, सोचिएको पनि छैन । त्यतिबेलाको अवस्था जस्तो हुन्छ, त्यतिबेलै निर्णय लिइन्छ । अहिले तत्कालका लागि राष्ट्रियसभा र उपनिर्वाचनमा तालमेल हुन्छ । बाँकी कुरा पछि हुन्छ ।

    संविधानले परिकल्पना नगरेको संयन्त्र बनाएर सरकारलाई कमजोर बनाउन खोजेको आरोप छ नि ?

    हेर्नुस्, म आफैं रियल डेमाक्रेटिक लिडर हुँ । लोकतन्त्रमा सरकार बलियो र जवाफदेही हुनुपर्छ भन्ने मान्यता राख्दछु । मेरो संयोजकत्वको समितिले सरकारलाई कुनैपनि कोणबाट हस्तक्षेप गर्दैन । यसको उद्देश्य सरकारलाई कमजोर बनाउनु होइन । यो त राजनीतिक दलहरुबीच सहकार्यका लागि बनेको समन्वय समिति हो । प्रधानमन्त्रीसँग यसले परामर्श त गर्ला तर यसो गर, उसो गर भन्दैन । सरकारको संवैधानिक भूमिकाप्रति हामी समेच छौं । मैले भनिसके, यो संयन्त्रले सरकार होइन संविधानलाई सरोकारमा राखेको छ ।

    राजनीतिक नियुक्ति, भागबण्डा वा प्रशासनिक निर्णयमा चासो राख्न यो समिति बनेको होइन । संविधान र लोकतन्त्रविरुद्ध हुनसक्ने हर्कतलाई सामना गर्दै मुलुकलाई सही दिशामा लैजान अन्तरपार्टी समन्वयका लागि समिति बनाइएको हो । त्यसैले यसले गैरसंवैधानिक अभ्यास गर्दैन ।

    तपाईलाई नै समितिको संयोजक किन बनाइयो ?

    हाम्रो पार्टीको सभापति अहिले प्रधानमन्त्रीको भूमिकामा हुनुहुन्छ । यो समिति पार्टीहरुको समन्वय केन्द्र हो । प्रधानमन्त्रीका संवैधानिक जिम्मेवारीहरु हुने भएकोले यस्तो समितिमा उहाँले बस्नु बाञ्छनीय देखिएन । त्यसैले उहाँले नै म यो समितिमा रहन्न, हाम्रो पार्टीको तर्फबाट रामचन्द्रजीले नेतृत्व गर्नुहुन्छ भन्नुभएको हो । संवैधानिक दृष्टिले हाम्रो सभापति यो समितिमा नरहने भएपछि स्वभाविक रुपमा मैले कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेको हुँ । अर्कोतिर पछिल्लो राजनीतिक कोर्समा मैले निर्वाह गरेको भूमिकालाई पृष्ठभूमी मानेर गठबन्धनका नेताहरुले समन्वय समितिको नेतृत्व लिन आग्रह गर्नुभयो । संविधान र लोकतन्त्रका सवालमा राजनीतिक दलहरुको भूमिकालाई मजबुद बनाउन आवश्यक ठानेकोले मैले अग्रसरता लिए ।

    सरकारको आलोचना धेरै गर्ने भएकोले तपाईलाई चुप राख्न जिम्मेवारी दिएको भन्ने चर्चा छ नि ?

    अब यस्ता झिनामसिना विषयमा मेरो ध्यान छैन । म सीधा राजनीति गर्ने मान्छे हुँ । कसैले त्यसरी व्याख्या गरेर धमिलो पानीमा माछा मार्न खोज्यो होला । तर त्यो प्रवृत्ति सफल हुँदैन । मैले बुझेको यत्ति हो कि अहिले लोकतन्त्र र संविधानमाथिको संकट निवारण गर्नुपर्छ । यो व्यवस्था अझै संस्थागत भइसकेको छैन । लोकतन्त्रविरुद्ध फेरीपनि षड्यन्त्र हुन्छ । मेरो प्रयत्न लोकतन्त्र रक्षाका लागि योगदान गर्नु हो । त्यसैले मैले यो जिम्मेवारी लिएको हुँ । कसैले यसलाई अपव्याख्या गर्नुछैन । मेरो भूमिकाबाट कोही मख्ख पर्नुपर्दैन, कोही आत्तिनुपर्दैन । एक रियल डेमाक्रेटिक लिडरका हिसाबले मैले सधै इमानदार राजनीतिज्ञको रुपमा आफूलाई उभ्याएको छु ।

  • रामचन्द्र यसरी बने गठबन्धनको साझा नेता : प्रचण्ड-माधवको जोडबल, देउवाको समर्थन

    रामचन्द्र यसरी बने गठबन्धनको साझा नेता : प्रचण्ड-माधवको जोडबल, देउवाको समर्थन

    काठमाडौं । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र लोकतन्त्रविरोधी करार गर्‍यो । राजनीतिक उतारचढाव तीव्र रहँदा प्रतिनिधिसभा पुनःस्थापना वा ताजा जनादेशमध्ये कुन उपयुक्त हुन्छ ? भन्नेमा ध्रुवीकरण बढ्यो ।

    सत्तारुढ भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू संसद विघटनको विपक्षमा उभिए । सरकारले मध्यावधि निर्वाचन घोषणा गरेर तयारी तीब्र पारेको थियो ।

    संसद विघटनको विरुद्धमा उभिएपनि नेपाली कांग्रेस आन्दोलन गर्ने वा ताजा जनादेशमा जाने भन्नेमा विवादित रह्यो । सभापति शेरबहादुर देउवा नेकपा विभाजनको फाइदा लिएर ताजा जनादेशमा जाने पक्षमा उभिए । ‘कांग्रेस निर्वाचनदेखि डराउँदैन’, देउवाले सार्वजनिक मञ्चबाटै बोले । त्यति नै बेला कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापनाको अडान लिए । कांग्रेसका अधिकांश नेताको मुड चुनाव लड्ने भएपनि पौडेल लगायत केही नेताले मात्रै संविधान जोगाएर अगाडि बढ्नुपर्ने अड्डी लिए ।

    समितिका संयोजक पौडेलले केहीदिनमै बैठक बसेर कार्यक्षेत्र, कार्यविधि र एजेण्डा तय गर्ने बताएका छन् । उनले समितिले सरकार चलाउने नभए संविधान र लोकतन्त्र रक्षाका लागि ५ दलबीच समन्वयको काम गर्ने बताए ।

    आन्दोलनमा जान कांग्रेस नेतृत्वले इन्कार गरेकै बेला नेकपा नेताहरू प्रचण्ड र माधव नेपालले बरिष्ठ नेता पौडेललाई भेटेर संविधान जोगाउने लडाइँको नेतृत्व लिन आग्रह गरेका थिए । सर्वोच्च अदालतबाट २०७७ फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना भयो । त्यसयता नेकपा विभाजित भयो र दोस्रोपटक गरिएको संसद विघटनपनि २०७८ असार २८ को फैसलाबाट बदर भयो । प्रतिनिधिसभा दोस्रोपटक पुनःस्थापित हुँदा कांग्रेस सभापति देउवा पाँचौपटक मुलुकको प्रधानमन्त्री बन्न सफल भए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनले संघीय सरकारमात्रै नभएर सातै प्रदेशका सरकारको नेतृत्व लियो । यतिबेला सत्तारुढ गठबन्धनले समन्वय समिति निर्माण गरेको छ । जसको संयोजक उनै रामचन्द्र पौडेललाई बनाइएको छ, जसले संसद पुनःस्थापना र ‘प्रतिगमनविरुद्धको आन्दोलन’ को एजेण्डामा कांग्रेसलाई उभ्याएका थिए ।

    प्रचण्ड-माधवको त्यो अनुरोध

    प्रतिनिधिसभाको पहिलो विघटनकै बेला कांग्रेस नेतृत्व आन्दोलनका लागि तयार नहुने खतरा देखिएको थियो । पौडेलले अडान लिएकै कारण कांग्रेसले ताजा जनादेशतर्फ नभएर संसद पुनःस्थापनातर्फ आफ्नो कदम अगाडि बढायो । ५ दलीय गठबन्धन सरकार बनेलगत्तै सत्तारुढ गठबन्धनभित्र संयन्त्र निर्माणको विषयले चर्चा पाएको थियो ।

    माओवादी अध्यक्ष प्रचण्डले विशेष जोड गरेको संयन्त्रको संयोजक उनी नै होलान् भन्ने धेरैको अनुमान थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा संयन्त्र बनाउने विषयमा सकरात्मक थिएनन् । यद्यपि प्रचण्ड र माधवले नै कन्भिन्स गरेपछि संयन्त्र निर्माण गर्न देउवा राजी भए ।

    निकटस्थहरुसँगको छलफलमा पौडेल संयोजक भए सरकारको कडा आलोचना गर्न नसक्ने र रणनीतिक लाभ मिल्ने राय देउवाले पाए । त्यहीकारण गठबन्धन बैठकमा प्रस्ताव आउनासाथ देउवाले समर्थन जनाए । मुलुकको कार्यकारी प्रमुख भएका हिसाबले समन्वय समितिमा आफू नबस्नेपनि देउवाले प्रष्ट्याए ।

    दसैँअघिको गठबन्धन बैठकमै प्रचण्ड र माधवले पौडेलको नेतृत्वमा संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । पौडेल स्वयंले संयन्त्र गठनको औचित्य, कार्यक्षेत्र र संवैधानिक प्रश्न देखाउँदै पन्छिएका थिए । माओवादी अध्यक्ष दाहालले ‘प्रतिगमनविरुद्धको लडाइँमा पौडेलले दर्‍हो खुट्टा टेकेकै कारण सफलता मिलेको’ टिप्पणी गठबन्धन बैठकमै गरेका थिए ।

    नेकपा एसका अध्यक्ष नेपालले पनि अन्तरपार्टी संयन्त्र निर्माणले सरकारलाई कुनै बाधा नपुग्ने उल्लेख गरेका थिए । प्रचण्ड-माधवको आग्रहले सोमबारको गठबन्धन बैठकमा पनि निरन्तरता पायो । गठबन्धनमा रहेका दलहरूको साझा अनुरोधमा सत्तारुढ गठबन्धनको समन्वय समिति गठन भयो र पौडेलले त्यसको प्रथम संयोजक बन्ने अवसर पाए ।

    देउवाले जनाए सहमति

    गठबन्धनको बैठकअघि नै पौडेललाई संयन्त्रको संयोजक बनाउन प्रधानमन्त्री देउवा राजी भइसकेका थिए । यद्यपि सरकार सञ्चालनमा संयन्त्रले हस्तक्षेप गर्न नहुने देउवाको अडान थियो । माओवादी अध्यक्ष प्रचण्डले संयन्त्र गठनबाट सरकार सञ्चालनमा कुनै बाधा नहुने बरु सरकारप्रति अपनत्व वृद्धि हुने बताए । पार्टीको १४ औं महाधिवेशन आसन्न रहँदा सरकार सञ्चालनको विषय महाधिवेशनमा पौडेल पक्षको एजेण्डा बन्न सक्ने आँकलन देउवाको थियो ।

    पौडेल पूर्वसभामुख र पूर्वउपप्रधानमन्त्री भए पनि देशका दुईजना पूर्वप्रधानमन्त्री उनी नेतृत्वको संयन्त्रको सदस्य बन्न तयार भएका छन् ।

    निकटस्थहरुसँगको छलफलमा पौडेल संयोजक भए सरकारको कडा आलोचना गर्न नसक्ने र रणनीतिक लाभ मिल्ने राय देउवाले पाए । त्यहीकारण गठबन्धन बैठकमा प्रस्ताव आउनासाथ देउवाले समर्थन जनाए । मुलुकको कार्यकारी प्रमुख भएका हिसाबले समन्वय समितिमा आफू नबस्नेपनि देउवाले प्रष्ट्याए । ‘प्रधानमन्त्री भएकोले यस्तो समितिमा म बस्न मिलेन । यो पार्टीहरूको संयन्त्र हो । त्यसमा हाम्रो पार्टीबाट रामचन्द्र पौडेलले नेतृत्व गर्नुहुन्छ’, बैठकमा देउवाले भने । पौडेल पूर्वसभामुख र पूर्वउपप्रधानमन्त्री भए पनि देशका दुईजना पूर्वप्रधानमन्त्री उनी नेतृत्वको संयन्त्रको सदस्य बन्न तयार भएका छन् ।

    के गर्छ सयंन्त्रले ?

    सत्तारुढ गठबन्धनले पौडेल नेतृत्वको संयन्त्रलाई समन्वय समिति भनेको छ । पहिलो २ महिना पौडेलले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने त्यसपछि आलोपालो हुनेछ । समितिले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने सहमति गठबन्धनमा बनेको छ । जसअनुसार सत्तारुढ दलहरुबीच समन्वय, राष्ट्रिय राजनीतिक मुद्दाहरुमा साझा धारणा निर्माण र सरकारलाई सुझाव दिने काम समन्वय समितिले गर्नेछ ।

    समितिका संयोजक पौडेलले केहीदिनमै बैठक बसेर कार्यक्षेत्र, कार्यविधि र एजेण्डा तय गर्ने बताएका छन् । उनले समितिले सरकार चलाउने नभए संविधान र लोकतन्त्र रक्षाका लागि ५ दलबीच समन्वयको काम गर्ने बताए । ‘यो समितिले सरकारको काममा हस्तक्षेप गर्दैन । यसले संविधान र लोकतन्त्रको रक्षाका लागि साझा धारणा निर्माण गरी जनतालाई लाभान्वित बनाउन भूमिका खेल्नेछ’, पौडेलले नेपाल प्रेससँग भने ।

  • संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    संस्थापनइतर समूहमा हरायो हार्दिकता, देउवाविरुद्ध साझा उम्मेदवारको सम्भावना टर्दै

    काठमाडौं । आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सार्वजनिक वाचा सुरू गरेको २ महिना नपुग्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहमा विवाद चुलिएको छ । सभापतिको प्रत्यासी रहेका नेताहरू आपसमै आरोप-प्रत्यारोपमा केन्द्रित भएपछि संस्थापन इतर समूहमा डेढ महिनायता ‘हार्दिक छलफल’समेत हुन सकेको छैन ।

    ‘पार्टी र लोकतन्त्र बचाउनका लागि आगामी महाधिवेशनमा एकताबद्ध भएर सभापतिमा एकजना मात्रै उम्मेदवार हुनेछौं । हाम्रो एकता अटुट रहनेछ भनेर देशभरीका साथीहरूलाई आश्वस्त रहन अपील गर्दछु’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गत भदौ १७ गते सानेपामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

    पौडेलको यो भनाइमा संस्थापनइतर समूहका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइराला, गगन थापा, गुरुराज घिमिरेलगायतले भौतिक उपस्थितिमै समर्थन जनाएका थिए । त्यसयता १ दर्जन बढी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लामा अधिवेशन सन्निकट छ ।

    मंसिर २४ देखि २६ सम्म महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस नेताहरू अब महाधिवेशन नसर्ने ‘दाबी’ गर्छन् । यद्यपि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने वाचा गरेका इतर पक्षका नेताहरू बीच ‘संवाद’ समेत टुटेको अवस्था छ ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै संस्थापन इतर समूहकी नेतृ सुजाता कोइरालाले आफूले रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई सहयोग गर्न नसक्ने घोषणा नै गरिन् । उपप्रधानमन्त्री हुने चाहना राखेकी कोइरालाले आफूलाई धोका भएको भन्दै सार्वजनकि रुपमै पौडेल र शशांकविरुद्ध अभिव्यक्ति दिइन् ।

    सभापतिमा दाबी गरिरहेका अन्य नेताहरूले पनि एक अर्कालाई कमजोर देखाउने अभिव्यक्ति दिँदै आएका छन् । महामन्त्री डा. शशांक कोइरालाले चितवन पुगेर ‘देउवालाई हराउने उम्मेदवार आफूमात्रै रहेको भन्दै सभापतिको उम्मेदवारीबाट फिर्ता नहुने’ घोषणा गरे ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि ‘संसदीय निर्वाचन जित्न नसक्ने र अवसर पाउँदा काम नगर्नेलाई सभापति छाड्न नसकिने’ सार्वजनिक अभिव्यक्ति दिएका छन् । सिंहको सो भनाई संसदीय निर्वाचन हारेका वरिष्ठ नेता पौडेल र डा.शेखर कोइराला तथा महामन्त्री शशांकप्रति लक्षित थियो । सभापतिको प्रत्याशी बनेका डा. शेखर कोइरालाले पनि आफू जुनसुकै अवस्थामा ‘सभापतिको उम्मेदवार रहने’ बताउँदै आएका छन् । संस्थापनइतरका नेताहरूको यस्ता अभिव्यक्तिले आपसी हार्दिकता घटेको देखिन्छ ।

    ‘२ महिनाअघिसम्म साझा उम्मेदवार खोज्ने सम्भावना बलियो थियो । अहिले हरेक नेताले आफूबाहेकलाई गाली गर्न थालेकोले चुनौती बढेको छ’, इतर समूहका एक नेताले भने । ती नेताका अनुसार आफ्नो दाबी प्रस्तुत गर्दा अर्को नेतालाई सार्वजनिकरूपमै ‘खुइल्याउने’ प्रवृत्ति देखिएको छ ।

    समय कम, समस्या धेरै

    कांग्रेस महाधिवेशनको पछिल्लो कार्यतालिकाका कारण पनि संस्थापन इतर समूहमा दवाव बढेको छ । कात्तिक २७ गते सबै जिल्लाको वडा अधिवेशन सकिनेछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्र र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुने भएकोले नेताहरू गृहजिल्लामा व्यस्त हुन्छन् । मंसिर १० मा जिल्ला अधिवेशन भएको हप्तादिनमै मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुनेछ भने त्यसको हप्तादिनमै मंसिर २४ मा महाधिवेशन हुनेछ ।

    महाधिवेशको निर्वाचन प्रयोजनका कामहरू मंसिर २१ गतेदेखि नै हुनेहुँदा नेताहरूसँग संवादका लागि कम समय छ । एकातिर समय कम छ भने अर्कोतिर नेताहरू आन्तरिक छलफलमा जुट्न सकेका छैनन् । सभापतिमा दावी गरेका नेताहरू महाधिवेशन प्रचारको शैलीमा जिल्ला दौडाहामा व्यस्त छन् । सार्वजनिक मञ्चहरूमा आफूबाहेक सबैलाई ‘बेकार’ भन्दै भाषण गर्न थालेपछि संस्थापनइतर समूहमा साझा उम्मेदवारको खोजी टर्दै गएको छ ।

    रवैया छाडेर संवाद थाल्नुपर्छ : गगन थापा

    संस्थापनइतर समूहमा एकताको आवश्यकता औल्याउँदै आएका युवा नेता गगन थापा सभापतिका प्रत्यासी नेताबीच हार्दिकता घटे झैं देखिएको स्वीकार्छन् । २ महिनाअघि महाधिवेशनमा एकताबद्ध हुने प्रण गर्दा भएका सहमति कार्यान्वयन नभएको थापाले बताए ।

    ‘हामीले सस्थापनइतर समूह एक रहन्छ भनेर तलसम्म सन्देश दिन त सक्यौं तर एकताको सूत्र खोज्न अझै सकेका छैनौ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसको शुद्धीकरण र सुदृढीकरणका लागि संस्थापनइतर समूहमा एकता आवश्यक रहेको बताउने थापा नेताहरूसँग अन्तिम अवसर रहेको बताउँछन् । ‘सार्वजनिक मञ्चबाट एकअर्कालाई खुइल्याउने कुराको अर्थ छैन । पार्टी सभापतिमा दाबी गर्ने नेताहरूले एकअर्काको समर्थन जुटाउन सकरात्मक पहल गर्नुपर्‍यो । समर्थन जेसुकै होस लडेरै छाड्छु भनेर भएन । नेताहरूले रवैया छाडेर संवाद थाल्नुको विकल्प छैन । हामीसँग अन्तिम समयसम्म अवसर छ’, थापाले भने ।

  • रामचन्द्रले मागे प्रधानन्यायाधीशको राजीनामा (भिडिओ)

    रामचन्द्रले मागे प्रधानन्यायाधीशको राजीनामा (भिडिओ)

    मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो राजीनामा दिन सुझाव दिएका छन् ।

    नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने बताए । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि सम्मानजनक बहिर्गमनको कुरा गरेकाले ढिला गर्दै गए बर्हिगमन अपमानजनक हुने चेतावनी दिए ।

    नेता पौडेलले भने, ‘अरु संस्था त ध्वस्त भए, भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । प्रधानन्यायाधीशले अस्तिमात्रै भन्नु भयो-ल ल म छोड्न त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिएँ-जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईंको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउछन । सेटिङ गर्नुभएको क-कसले ?’

    अदालतसितको सेटिङको प्रसंग निकाल्दै पौडेलले भने, ‘यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित । यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान । संविधानको आत्ममाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ? यो अवस्थामा देश किन पुग्यो ?’

  • न्यायालयमा देखिएका परिदृष्य चिन्ताजनक : रामचन्द्र पौडेल (भिडिओ)

    न्यायालयमा देखिएका परिदृष्य चिन्ताजनक : रामचन्द्र पौडेल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा देखिएका परिदृश्य चिन्ताजनक रहेको बताएका छन् ।

    सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता पौडेलले न्यायालयबारे धेरै टिप्पणी गर्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्नसक्ने भन्दै पछिल्लो घटनाक्रम चिन्ताजनक रहेको बताएका हुन् ।

    ‘न्यायालयबारे हामीले टिप्पणी गर्नु शोभनीय हुँदैन तर जे भइराछ त्यो चिन्ताको विषय हो’, पौडेलले भने ।

  • दलहरूको सत्ताकेन्द्रित ध्यानले मुलुक अस्थिरताको भुमरीमा फस्यो : रामचन्द्र पौडेल

    दलहरूको सत्ताकेन्द्रित ध्यानले मुलुक अस्थिरताको भुमरीमा फस्यो : रामचन्द्र पौडेल

    नेपालगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरूको ध्यान सत्तामा मात्रै भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका हुन् । यसले मुलुकलाई नै अस्थिरताको भुमरीमा फसाइएको उनको भनाइ छ ।

    पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । ‘तोकिएको समयमा हुन नसके समय थप गर्ने सीमा नै छैन कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्छ’, पौडेलले भने ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनले बताए ।

  • ‘देउवा अवैधानिक सभापति, कांग्रेस निर्वाचन आयोगको निगाहमा बाँचेको छ’

    ‘देउवा अवैधानिक सभापति, कांग्रेस निर्वाचन आयोगको निगाहमा बाँचेको छ’

    चार वर्षका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको कार्यकाल ५ वर्ष ७ महिनामा हिँडिरहेको छ । परिस्थितिले अहिले उनी प्रधानमन्त्री पनि बनेका छन् । कांग्रेसको विधानमा कुनै पनि तहको नेतृत्वको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । विशेष परिस्थितिमा ६ महिना थप गर्न सकिन्छ । त्यो सुविधा लिएर पनि म्याद गुज्रिसकेको छ । संविधानमा पनि राजनीतिक दलले प्रत्येक ५ वर्षमा (विशेष परिस्थितिमा ६ महिना थप्न सकिने) उल्लेख छ ।

    तोकिएको समयमा काम नगर्दा आफ्नै विधान र देशको संविधानले कांग्रेसलाई नचिन्ने अवस्था आएको छ । महाधिवेशन गर्ने प्रमुख दायित्व रहेका देउवा राजकीय काममा व्यस्त भएको हुनाले त्यो उनको प्राथमिकतामा परेको छैन । महाधिवेशन आउन एक महिना बाँकी रहँदा केही जिल्लाको क्रियाशील विवाद अझै टुंगिएको छैन । यस्तोमा कांग्रेसले आसन्न चुनावको सामना कसरी गर्ला ? महाधिवेशन हुन नसके कांग्रेसको वैधानिक हैसियत के होला ? यी र यस्तै प्रश्नको जवाफका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हामीले कुराकानी गरेका छौं । राजनीतिक कार्यक्रमका लागि कैलाली आएका पौडेलसँग धनगढीमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल प्रेसको नेपाल टकमा :-

    –चौथोपटक सारिएको कांग्रेस महाधिवेशनको समय आउनै लाग्यो । तोकिएको समयमा हुन्छ त महाधिवेशन ?

    महाधिवेशन निर्धारित समयमा गर्नु पार्टीको बाध्यता हो । नगरे हाम्रो अस्तित्व नै संकटमा पर्छ । हामीले छिटो र छोटो विधि अपनाएर भए पनि केन्द्रीय कार्य समिति र प्रदेश कार्य समितिको निर्वाचन गर्नैपर्छ । त्यो नभएपछि हाम्रो पार्टीको अस्तित्व सकिन्छ ।

    – महाधिवेशन आउन एक महिनामात्रै बाँकी छ । केही जिल्लाहरूमा वडा अधिवेशन पनि सुरू भएको छैन । यसले त फेरि अधिवेशन सर्ने देखिन्छ नि ?

    महाधिवेशन त हुनै पर्छ । नत्र विधान, संविधान र कानूनले पार्टीको अस्तित्व नै सक्छ । ६ वर्षसम्म निर्वाचन नगरेको पार्टीलाई निर्वाचन आयोगले चुनावमै प्रतिबन्ध लगाउन सक्छ यो कुरा संविधान र कानूनमै प्रस्ट छ । हाम्रो विधानले पनि हामीलाई चार वर्षको कार्यकाल तोकेको छ । त्यो चार वर्षपछि असाधारण परिस्थिति आए बढीमा एक वर्ष थप्न सक्ने भनिएको छ । त्यो पनि गइसक्यो ।

    हाम्रो पार्टीको विधान अनुसार त हामी अवैध भइसकेका छौँ । संविधानले पनि पाँच वर्ष ६ महिना भन्दा बढी कुनै पनि पार्टीले केन्द्रीय समिति र पदाधिकारीको निर्वाचन नगरे त्यो पार्टी अवैध हुन्छ भनेको छ । संविधानले भनेको कुराबाट पनि आज हामी अवैध अवस्थामा पुगेका छौँ । अहिले हाम्रो पार्टी निर्वाचन आयोगको निगाहमा बाँचेको छ । मङ्सिरमा निर्वाचन गर्छौं भनेर प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया बिग्रिएमा निर्वाचन आयोगले कुनै छुट नदिने संकेत दिएको छ । मंसिरमा नयाँ पदाधिकारी निर्वाचित भएनन् भने नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आउँदो निर्वाचनमा वञ्चित गर्न सक्छ ।

    –संसदीय निर्वाचन सकेर पार्टीको महाधिवेशन गर्ने हल्ला पनि सुनिन्छ नि ?

    त्यो बेलासम्म त टिकट बाँड्नै पाइदैन । पार्टीलाई अवैध अवस्थामा राखेर अझै पनि टिकट बाँड्ने खेल गर्न हुन्छ ? कसरी बाँड्नी ? कसले बाँड्नी ? अहिलेको अवैधानिक समितिले बाढेको टिकट कसले मान्छ ?

    –अहिलेको नेतृत्व अवैधानिक हो ?

    अवैधानिक हो । अवैधानिक भइसक्यो । अब वैधानिकता दिलाउन अधिवेशन चाँडो भन्दा चाँडो गर्नुपर्छ । आज व्यक्ति बलियो हुनी पार्टी कमजोर हुनी यो कहीँ हुन सक्छ ? यसको मूल्यांकन कार्यकर्ताले पनि गर्नुपर्छ । त्यस कारण यस पटक सही निर्णय गर्नुपर्छ ।

    –क्रियाशील सदस्यको विवाद टुंगिएको छैन कसरी महाधिवेशन हुन्छ ?

    अहिले पनि तीन-चार जिल्लामा क्रियाशील सदस्यको विवाद छ । छानबिन समिति बनाएर केन्द्रीय कार्यालयमा टुंगाएर बुझाउँछ अर्को मान्छे ल्याएर केन्द्रीय कार्यालयले उल्टाएको पाइन्छ । धाँधली गरेर जसरी हुन्छ सत्ता कब्जा गर्ने ट्रम्प प्रवृत्ति देखिएको छ । यस्तो पनि हुन्छ ? केपी ओलीले जुन प्रवृत्ति देखाए, ट्रम्प प्रवृत्ति त्यो प्रवृत्तिले उनी कहाँ पुगे यो कुरा सबैले सिक्ने कि नसिक्ने ? जसरी हुन्छ पार्टी कब्जा गर्ने नीति छ । यसले कांग्रेस बलियो हुन्छ ? यसले कम्युनिष्टको अगाडि लडेर जित्न सक्छ ? प्रतिस्पर्धीको अगाडि प्रतिस्पर्धा गर्न सक्छ ?

    –कांग्रेसलाई यहाँसम्म पुर्‍याउनमा तपाईंको पनि दोष होला नि ?

    मैले एउटा कार्यतालिका बनाएर अघि बढौँ भने । त्यो बेलामा मेरो कुरालाई उपेक्षा गरियो । निहित स्वार्थको लागि र आफ्नो सत्ता लम्ब्याए बस्नको लागि त्यो बेलामा त्यसलाई उपेक्षा गरियो । परिणाम आज देखिएको छ । नेपाली कांग्रेसको आफ्नो विधानअनुसारको यो पार्टी छैन । हाम्रा मन्त्री, केन्द्रीय सदस्यहरू वैधानिक छैनन् ।

    –आगामी निर्वाचनमा तपाईंहरूको समूहको नेतृत्व कसले गर्छ ?

    हामी छलफलमा छौँ । मैले नेतृत्व गरेको समूहमा म हो भनेर मैले कसरी भन्छु । मैले सबैलाई मिलाएर लैजाने हो । त्यही प्रयासमा छौँ । अन्तिमसम्ममा एउटा नाम आउँछ ।

    –प्रधानमन्त्रीले ‘अर्ली इलेक्सन’ को कुरा आए गठबन्धनमा छलफल गर्नपर्छ भन्नुभएको थियो । अर्ली इलेक्सनको सम्भावना छ ?

    अर्ली इलेक्सन सम्भव छैन । संविधानमा पाँच वर्षसम्म संसद रहने भनिएको छ । हामी त्यही भएर त अदालत सम्म गएका हौँ नि । अदालतबाट प्रधानमन्त्री भए । अहिले हामी फेरि सांसदलाई बिचैमा कसरी मिल्काउन सक्छौँ ? आम राष्ट्रिय सहमति गरेर स्थानीय निर्वाचन र संसदीय निर्वाचन एकै पटक गर्न कुरा अर्कै हो । तर, अर्ली इलेक्सन भनेर यो संसद विघटन गरेर चुवानमा जान सक्ने संविधानले छुट नै दिएको छैन । अदालतका दुई फैसलाले त्यो निषेध गरिसकेको छ ।

    –सरकारकारको कामकाजलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

    सरकार घिटिघिटी चलिरहेको छ । कुनै राम्रो गति लिन सकेको छैन । समयमा काम नगर्दा पार्टी र सरकार यो हालतमा पुगेको हो ।

    –समयमा काम नगर्दा भन्नाले ?

    पहिलो पटक केपी ओलीले ससंद विघटन गर्नेबित्तिकै मैले त्यही बेला भनेको थिए । एक नम्बर प्रदेशमा अविश्वासको प्रस्ताव आएको छ । त्यो सरकार ढाल्दिम । वागमतीमा पनि अविश्वासको प्रस्ताव आएको छ त्यो सरकार ढाल्दिम । केन्द्रमा पनि केपी ओलीमाथि अविश्वासको प्रस्ताव आउँदै छ हामीले त्यहाँ भोट हाल्दिम र ढाल्दिम । त्यो बेला वास्ता गरिएन । कम्युनिष्ट पार्टी फुटेकै छैन । बिधिवत रूपमा नफुटी हामी किन अघि बढ्ने भन्दै त्यो बेलाको समय गुमाइयो । समयमा काम नगर्दा अहिले के भयो थाहा छ ?

    – विभाजनको अवस्थामा पनि एमालेसँग लड्न कांग्रेसलाई कठिन छ भन्नुभाको थियो । एमाले अझै यस्तो बलियो ?

    एमाले अझै बलियो छ । घुमाइफिराइ केपी ओली नै बलियो भएका छन् । हाम्रै साथीहरूले बलियो बनाएका छन् । केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको छ । अहिले पनि केपी ओली प्रवृत्तिको पुनरावृत्ति देखा परिरहेको छ । लोकतन्त्रमाथिको संकट टरेको छैन । यसको लागि नेपाली कांग्रेस सक्षम हुन आवश्यक छ । तर, अहिले कांग्रेस कहाँ छ ? आज राजाले त्यहाँ धम्काउन थालिसकेका छन् । त्यो सुनेर बस्ने हो आजका नेताहरूले ?

  • चितवन पुगेर रामचन्द्र पौडेलले भने- कांग्रेसीले अबको चुनावमा रुखमै भोट हाल्न पाउँनुपर्छ (भिडिओ)

    चितवन पुगेर रामचन्द्र पौडेलले भने- कांग्रेसीले अबको चुनावमा रुखमै भोट हाल्न पाउँनुपर्छ (भिडिओ)

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्न पाउनुपर्ने बताएका छन् ।

    कांग्रेस भरतपुर महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनको विगतको चोट अहिलेसम्म आलै रहेको गुनासो गरे ।

    ‘कहिले हँसिया-हथौडा, कहिले हलोमा भोट हाल्ने काम यहीँबाट सुरू भयो’, उनले भने, ‘यस्तो दुर्दशा फेरि भोग्नु नपरोस्, कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्छ ।’ देउवाले कांग्रेसलाई गैरकांग्रेसी चरित्रतिर धकेल्ने प्रयास गरिरहेको आरोप लगाउँदै पौडेलले भने, ‘लोकतन्त्र र कांग्रेस रक्षाका लागि तपाईं-हामी एक भएर उभिनुपर्छ ।’

    स्थानीय तहको चुनावमा भरतपुर महानगरको मेयरमा माओवादी नेतृ रेनु दाहाल, संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।

    लोकतन्त्रको रक्षाको लडाइँमा सधैँ अग्रभागमा लडेको चितवन कांग्रेसको परीक्षाको घडी आएको पौडेलको भनाइ छ ।

    उनले सभापति शेरबहादुर देउवाले सत्ताका लागि मनलाग्दी कामहरू गरेको आरोप लगाए । अबको महाधिवेशनबाट गलत व्यक्ति चयन गर्न नहुने तर्क गर्दै पौडेलले भने, ‘जे मन लाग्यो त्यही गरेर पार्टी यो हालतमा पुग्यो । कांग्रेसको प्रतिष्ठा र इज्जतामाथि खेलवाड गर्ने अधिकार सभापति तथा प्रधानमन्त्रीलाई छ ?’ देउवाले विगतमा पार्टी विभाजन हुँदा साथ दिएकाहरूलाई मात्रै कांग्रेसी देखेर अरुलाइ विभेद गरेको उनको जिकिर थियो ।

    उनले भने, ‘तान्त्रिक-यान्त्रिक नभन्नुस्, योगदान र क्षमताका आधारमा मूल्यांकन गर्नुस्, म सहयोग गर्छु भनेर मैले भनेकै हो । तर, उहाँले पार्टी फोरेर जाँदा साथ दिएकालाई मात्रै कांग्रेस देख्नुभयो ।’

    मन्त्रिपरिषद् विस्तारमा न्यायपालिकाको भागण्डातर्फ संकेत गर्दै पौडैलले सभापति देउवाले लोकतन्त्र अझै अनिश्चित बनेको पौडेलको टिप्पणी छ ।

     

  • मन्त्रिपरिषद् विस्तार : पौडेल पक्षमा चर्कियो विवाद, देउवाले अब नपर्खने

    मन्त्रिपरिषद् विस्तार : पौडेल पक्षमा चर्कियो विवाद, देउवाले अब नपर्खने

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्री छनोटको विषयमा नेपाली कांग्रेसको संस्थापनइतर समूहमा विवाद चर्किएको छ । विहीबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने सहमति भएको थियो ।

    पौडेल पक्षले ३ मन्त्रालय दावी गरेपनि सभापति एवं प्रधानमन्त्री देउवाले २ मन्त्रालयमात्रै दिने अडान राखेका थिए । वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र पूर्व महामन्त्री सिंहले राजन केसीलाई पनि मन्त्री बनाउनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको हो ।

    ‘मन्त्रिपरिषद् विस्तारमा कुनै सहमति भएको छैन । हामीकहाँ आकांक्षी धेरै भएकोले कसलाई पठाउने भन्ने निधो गर्न गार्‍हो परेको हो ।’, पौडेलनिकट नेताले भने । यद्यपि पौडेल, कोइराला र सिंहबीच नै सहमति जुटिसकेको छैन ।

    ‘मिनेन्द्र रिजाल र दिलेन्द्र बडुको नाममा सहमति भइसकेको हो । अहिले राजन केसी र तेजुलाल चौधरीको पनि कुरा आयो । २ मन्त्रालयमा ४ जना पठाउन मिलेन’, संस्थापनइतर पक्षका अर्का नेताले भने ।

    पौडेल पक्षले नाम दिन नसकेपनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रिपरिषद्‍मा संस्थापनइतर समूहका २ जना नेतालाई आफैं जिम्मेवारी दिने देउवाको तयारी छ । कांग्रेस स्रोतका अनुसार रक्षामा रिजाल र कानूनमा बडुलाई जिम्मेवारी दिने तयारी देउवाले गरेका छन् ।

    ‘मन्त्री बनाउनै पर्नेको नाम प्रधानमन्त्रीले यसअघि नै पाइसक्नुभएको छ । उहाँहरूको गुटको विवाद प्रधानमन्त्रीको चासोको विषय भएन । सबैलाई समेटेर मन्त्रिपरिषद बनाउनुहुन्छ । अब रोकिने कुरै छैन’, प्रधानमन्त्री देउवानिकट एक नेताले भने ।

  • देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    देउवाकै गढमा सभापति जितेपछि रामचन्द्र उत्साहित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आसन्न रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिएका छन् । सभापति शेरबहादुर देउवाको आधार क्षेत्र मानिने सुदूरपश्चिमको बाजुरामा आफूनिकट रामसिंह रावल सभापतिमा विजयी भएपछि पौडेलले ‘सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ’भन्दै ट्वीट गरेका हुन् ।

    पौडेलले सभापति देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा निर्विवाद नरहेको तर्फ संकेत समेत गरेका छन् । ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो । डडेल्धुराले सन्देश दिइसक्यो’, पौडेलले लेखेका छन् ।

    बाजुरामा देउवा पक्षका उम्मेदवार कविराज पण्डितलाई पौडेल पक्षका रामसिंह रावलले पराजित गरेका छन् ।

  • जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

    जिल्ला सभापतिमा पौडेल पक्षको अग्रता, पछ्याउँदै देउवा पक्ष (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरूको अधिवेशनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त भएका ११ जिल्लाको परिणाममा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह अगाडि देखिएको छ ।

    सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले पौडेल समूहलाई पछ्याइरहेको छ । परिणाम आएका ११ मध्ये ६ जना पौडेल पक्षका छन् । सभापति देउवा पक्षका ५ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । बाजुरामा दोस्रो चरणको मतदान भइरहेको छ । हालसम्म प्राप्त परिणाम यसप्रकार छ ।

  • पौडेल पक्षको बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

    पौडेल पक्षको बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

    काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरूको बैठक आज बोलाएका छन् । दिउँसो २ बजेपछि पौडेलनिवास बोहराटारमा बस्ने बैठकमा कांग्रेसले पाउने मन्त्रालयको संख्या र त्यसमा पनि आफ्नो समूहबाट हुने प्रतिनिधित्वबारे छलफल हुने जनाइएको छ ।

    बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ ।

    पौडेल पक्षले सरकारमा २ वटामात्रै मन्त्रालय पाउने सम्भावना रहेको छ । सभापति एवं प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा एकपक्षीय निर्णय गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएका थियो ।

    सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएसँगै पौडेल पक्षले आन्तरिक तयारी थालेको हो । पौडेल पक्षमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, सञ्जय गौतमलगायतको नाम मन्त्रीका लागि चर्चामा रहेको छ ।

  • रामचन्द्रको आरोप- एमालेमा सिद्धिलाल र भरतमोहन सिध्याउन ७० वर्षे ल्याए, ओलीका लागि हटाउँछन्

    रामचन्द्रको आरोप- एमालेमा सिद्धिलाल र भरतमोहन सिध्याउन ७० वर्षे ल्याए, ओलीका लागि हटाउँछन्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलभित्र उमेर हदको व्यवस्था अप्राकृतिक र अराजनीतिक रहेको टिप्पणी गरेका छन् ।

    नेकपा एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको सन्दर्भसमेत जोड्दै पौडेलले ‘केही नेता सिध्याउन र केही नेता जोगाउन’ उमेर हदको व्यवस्था हुने गरेको बताए ।

    तनहुँमा बोल्दै पौडेलले भने, ‘एमाले पार्टीले अघिल्लो महाधिवेशनमा ७० वर्षे उमेर हद लगायो । त्यसबाट एमालेको उपलब्धी के भयो ? उसको उपलब्धी भनेको एमालेभित्रका लोकप्रिय, लोकतान्त्रिक, निष्ठावान् र चरित्रवान् दुईजना नेतालाई सिध्याइयो । भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता लोकतन्त्रवादी र इमान भएका नेता सिध्याउन ७० वर्षे लाग्यो । उनीहरूलाई पाखा लाएपछि फेरि उमेरको कुरा हरायो । बलियाले अन्तै लगिहाले कुरा । अहिले फेरि केपी ओली ७० नपुग्दै अधिवेशन भए लागू हुन्छ, ७० पुगे भने फेरि हटाउँछन् ।’

    पौडेलले कांग्रेसमा पनि विगतमा एक व्यक्ति एक पदको अवधारणा ल्याएर डा. रामशरण महतलाई राजीनामा दिन लगाइएको तर अरुलाई नियम नलागेको बताए । राजनीतिमा उमेर हदको औचित्य नरहेको भन्दै नेता पौडेलले स्वस्थ नेताले मुलुकलाई सधैँ नेतृत्व गर्न सक्ने बताए ।