Tag: राफा नाडाल

  • नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्पियन

    नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्पियन

    काठमाडौं । विश्व वरियताको पाँचौं स्थानका राफेल नाडालले वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

    आइतबार पेरिसमा सम्पन्न फाइनलमा नर्वेजियन खेलाडी कास्पर रुडलाई ६–३, ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै नाडाल १४औं पटक फ्रेन्च ओपन च्याम्पियन बनेका हुन् ।

    नाडालले जितेको यो २२औं  ग्रान्डस्लाम हो । गत वर्षसम्म नोभाक जोकोभिच र रोेजर फेडेरर समान २० ग्रान्डस्लाम जितेका नाडालले गत जनवरीमा अष्ट्रेलियन पनि जितेका थिए ।

    फ्रेन्च ओपन पनि जित्दै नाडालले जोकोभिच र फेडेररलाई दुई ग्रान्डस्लाम पछि छोडेका छन् ।