Tag: राप्रपा

  • प्रहरी हस्तक्षेपप्रति राप्रपा अध्यक्षद्वयको आपत्ति (भिडियो)

    प्रहरी हस्तक्षेपप्रति राप्रपा अध्यक्षद्वयको आपत्ति (भिडियो)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणाले प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका हुन्।

    थापाले सामाजिक संजाल ट्वीटरमार्फत् त्यसको आलोचना गरेका छन्। ‘पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा प्रहरी हस्तक्षेपको भत्सर्ना गर्दछु’ उनले लेखेका छन्, ‘शान्ति पूर्णरूपले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न गएको जुलुसमाथि प्रहरी हस्तक्षेप निन्दनीय छ। प्रहरी लाठीचार्जमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

    त्यस्तै अर्का अध्यक्ष राणाले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए।

  • हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलमार्फत् हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

    माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।

  • हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

    हिन्दू–राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् ।

    माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनीसमेत दिए ।

     

    
    
  • गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

    गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

    हेटौंडा । ताजा जनादेशको पक्षमा उभिएका राप्रपा अध्यक्ष कमल थापा सोमबार दिनभर गृहजिल्ला मकवानपुरमा कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

    हिन्दू, राजसंस्था पुनःस्थापनाको पक्षमा पुस १७ गते हुन लागेको बृहत् प्रदर्शनको तयारीका लागि उनी हेटौंडा पुगेका हुन् । मकवानपुरको वागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०६२/६३ को परिवर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।

    उनले अब कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत बताए । थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए। क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्यत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिष्ट असफल भएको बताए ।

    कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारिता, निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्ने आवश्यकतामा जोड दिए। भ्रष्ट र अक्षमलाई विस्थापित गरी राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो ।

    कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, जिल्ला सचिव सागर थापा,  दिलबहादुर बल, शरणकाजी श्रेष्ठ, जोसेफ राई,  मदन रानालगायतले बोलेका थिए। थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।

  • भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा

    भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प- कमल थापा

    काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् ।

    आज बिहानै सfमाजिक सन्जालमार्फत थापाले ‘घोडा ब्यापार’ र फोहोरी गठबन्धन बनाएर ब्रह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा विगतको गलत अवधारणा सच्याएर भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनको विकल्पमा आफू सहमत भएको बताएका हुन् ।

    उनले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने पनि बताए ।

    दुई दिनअघि ट्वीटमार्फत उनले संविधान र प्रजातान्त्रिक मूल्य मान्यताविपरित प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णयको चर्को विरोध गरेका थिए ।

  • राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु

    राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका बारेमा बैठकमा छलफल हुनेछ । राप्राले यसअघि नै विघटनको विरोध गरेपनि थप धारणा र रणनीति बनाउन कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

    साथै बैठकमा सांगठनिक र सक्रिय सदस्य निर्देशिका, महाधिवेशनको तयारी र आगामी संघर्षका कार्यक्रमबारे छलफल हुने जनाइएको छ । बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर र प्रकाशचन्द लोहनीबाट विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुँदैछ।

  • हिन्दु राजसंस्थाका लागि राप्रपाको आन्दोलन घोषणा

    हिन्दु राजसंस्थाका लागि राप्रपाको आन्दोलन घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

    शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना हुनुपर्ने बताएका छन् ।

    पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको बताए ।
    राप्रपाले झापा, मकवानपुर र महोत्तरी लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र यही पुस १७ गते काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको बताए ।

    यस्तै अहिलेको बुहमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको बताए ।

    अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताए ।

    कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए ।

    यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पुर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

  • हिन्दूराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपाले संघर्ष गर्ने

    हिन्दूराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपाले संघर्ष गर्ने

    काठमाडौं । राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दुराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित देशव्यापी संघर्ष गर्ने घोषणा गरेको छ।

    कमल थापाको अध्यक्षतामा बसेको  पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसहितको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुसको दोस्रो सातादेखि पहिलो चरणको संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो।

    भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासिनता देखाएको त्यसको विरुद्धमा जनप्रदर्शन गर्न लागिएको राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ।

    बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ।

    त्यस्तै पुस १२ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाउने, १२(२१ गते सम्म जिल्ला सदरमुकाम र ठूला सहरहरुमा मोटरसाईकल र्‍याली गर्ने बताइएको छ।