Tag: राप्रपा नेपाल

  • राप्रपा नेपाल  ७७ वटै  जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः  महामन्त्री बर्तौला

    राप्रपा नेपाल  ७७ वटै  जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः  महामन्त्री बर्तौला

    काठमाण्डाैं । कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिनामा ७७ वटै जिल्लामा पार्टीकाे जिल्ला संरचना  विस्तार भएकाे छ ।
    याे अवधिमा राप्रपा नेपालले  पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले पार्टीकाे अभिलेख समेत बुझाएको  छ ।

    राप्रपा नेपालका महामन्त्री एवं सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको निम्त्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।

    ७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको र  काठमाण्डौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पे गरिएकोले अब राप्रपा नेपाल दुबोसरि मौलाउने  उनकाे भनाइ छ ।

  • कमल थापाको टिप्पणी: महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित

    कमल थापाको टिप्पणी: महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित

    काठमाडौं । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको टिप्पणी गरेका छन् ।

    एमसीसी पास गर्ने कांग्रेसको स्वास्र्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको थापाको बुझाइ छ ।

    उनले भनेका छन्– एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो।

  • सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष सर्वसम्मत्

    सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज पुरुष सर्वसम्मत्

    काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो ।

    महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दीपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ ।

    बर्दियाका गिरीराज पुरुष सदस्य सचिव, नवलपुरकी सिता बस्याल कोषाध्यक्ष, काठमाडौंका केशव वशिष्ठवंशी प्रवक्ता, कैलालीका उपेन्द्र विक्रम पुरुष, सचिवालय संयोजकका रुपमा निर्विरोध चयन भएका छन् ।

    महाधिवेशनले बाँकेका सन्त माधवराज महाराज (टेक प्रसाद उप्रेती), ताप्लेजुङका सूर्य प्रसाद भट्टराई, झापाका श्याम प्रमाद खनाल, दार्चुलाका स्वामी रामानन्द सरस्वती, तेह्रथुमका बासुदेव गौतम, सुनसरीका भवानी प्रसाद पुरुष, मोरङका रामबहादुर केसी, नुवाकोटका शिवराम घिमिरे, ललितपुरका देवराज गौतम, रुपन्देहीका थानेश्वर उपाध्याय, मकवानपुरका अनोज अधिकारी, पर्वतका ज्यो. आनन्द भूसाल, भक्तपुरका बालचन्द्र पौडेल, ललितपुरका राजेन्द्र प्रसाद ओझा, रसुवाका ल्हाक्पा तामाङ, सुनसरीका सुरेन्द्र श्रीपाली, धनुषाका पुष्प दाहाल र शम्भु प्रसाद कोइराला, स्याङ्जाका रविन पंगेनी, बाग्लुङका आचार्य किशोर वत्स, बैतडीका प्रेम बहादुर चन्द, दोलखाका सूर्य प्रसाद काफ्ले र काभ्रेका शिव प्रसाद हुमागाईलाई केन्द्रीय सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।

    त्यस्तै पर्वतकी फूलमाया शर्मा न्यौपाने, नवलपरासीका मिलन प्रसाद पौडेल, नवलपुरका चिरन्जीवी दवाडी, ललितपुरकी सुभद्रा श्रेष्ठ र हेम लक्ष्मी श्रेष्ठ,ललितपुर, नवलपुरकी नम्रता उपाध्याय स्त्री, मकवानपुरका नवराज थपलिया, नवलपुरका काशीराम काफ्ले, मकवानपुरका सुकुन्द प्रसाद आचार्य र यज्ञ प्रसाद कडेल, काठमाडौंका हरिबोल सत्याल, ललितपुरका ताल बहादुर थापा, सिन्धुलीकी सुमित्रा बस्नेत, ओखलढुंगाका शम्भु हरि निरौला, काठमाडौंका उमेश चालिसे, नवलपुरका कृष्ण प्रसाद घिमिरे, गोरखाका लेखनाथ भट्ट, कैलालीका सत्यराज पाण्डे, काठमाडौंकी कुन्ती चापागाई र जयराम अधिकारी, झापाका विष्णु प्रसाद खतिवडा (विष्णु देव), बर्दियाका सम्मर बहादुर थापा, ललितपुरकी श्याम कुमारी, काठमाडौंका राधा भण्डारी, थिरामञ्जरी पौडेल र देवी थापा, रामेछापका नारायण प्रसाद भट्टराई, सुनसरीका नारायण प्रसाद खनाल, खोटाङका उमेश प्रसाद खतिवडा, दाङका रविन कुमार गौतम, चितवनका रामचन्द्र पिया, कास्कीका गणेश अधिकारी, नुवाकोटकी नानु आचार्य, दोलखाका महेन्द्र प्रसाद खतिवडा रुपन्देहीकी शारदा पोख्रेल, दोलखाका रमेश भण्डारी, चितवनकी सरस्वती धिताल तनहुँका आनन्द प्रसाद नेपाल, स्याङ्जाका गोविन्द प्रसाद मरासैनी, इलामका लेखनाथ न्यौपाने, दैलेखका गणेश रिजाल, कालीकोटका धुर्व ऋषि उपाध्याय र सिन्धुलीका सरोज पोखरेल पनि केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् ।