Tag: राजेन्द्र महतो

  • ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी

    ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाँ पुग्छन्, त्यहाँ आलोचनाका लागि उनको पहिलो निशाना हुन्छन्- एमाले अध्यक्ष केपी शर्मा ओली । चुनावलक्षित जस्ता देखिने आमसभामा सम्बोधन गरिरहेका प्रचण्डले ओलीलाई विभिन्न तर्क दिएर जनविरोधी र परिवर्तनविरोधी करार गर्न कोसिस गरिरहेका हुन्छन् ।

    तर, पछिल्लो समय प्रचण्डले ओलीसँगै मधेशी नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोमाथि पनि प्रहार गर्न थालेका छन् । खासगरी मधेशका जिल्लाहरूमा पुगेर गरेका भाषणमा उनले महन्त र राजेन्द्रको आलोचना गर्न छुटाउँदैनन् । पछिल्ला तीन दृष्टान्त यस्ता छन्ः

    मंसिर ६

    पूर्वीचितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको जिकिर गरे। ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ,’ उनको भनाइ छ, ‘महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ । माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरू छन् ।’

    मंसिर ४

    रौतहटको कटहरियामा आयोजित आमसभामा पनि प्रचण्डले ठाकुर र महतोमाथि टिप्पणी गरे । ‘तपाईंहरूलाई लाग्थ्यो होला मधेशवादी नै मधेशको पहिचान र अधिकारका असली मसिहा हुन,’ प्रचण्डको भनाइ थियो, ‘उनीहरूले नै मधेशीलाई अधिकार दिने हुन् कि भन्या जस्तो थियो पहिले-पहिले । तर, अहिले जब महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनी छिरे, केपीको सरकारमा गएर आत्मसर्मपण गरे । को रहेछ मधेशी जनताको विरोधी र मित्र भन्ने अब छ्याङ्ग भयो ।’

    मंसिर १

    महोत्तरीमा आयोजित आमसभामा प्रचण्डले केपी ओलीको सरकारमा गएर महन्थ र राजेन्द्रले घुँडा टेकेको आलोचना गरे । ‘आज तपाईंहरूलाई क्लियर भएको हुनुपर्छ, त्यही केपी ओलीजस्तो मधेश, संविधानविरोधी, समावेशी, समानुपातिक मान्यताविरोधी तत्वसँग मधेशी जनताको हामी मसिया हौं भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो घुँडा टेकेर त्यसको सरकारमा सामेल भए,’ उनको भनाइ थियो, ‘अब पनि केही भ्रम बाँकी छ ? को मधेशी जनताको मित्र हो, को मधेशी जनताको दुश्मन हो ?’

    उनले ठाकुर र महतो दुवैजनालाई ‘विदेशीले सिंगारपटार गरेर पठाएका मान्छे’ भनेका थिए ।

    आक्रोशको राजनीतिक कारण

    एजेन्डाका हिसाबले प्रचण्ड मधेसी नेताहरुसँग नजिक छन् । तर, पछिल्लो समयको राजनीतिक ध्रुविकरणमा महन्त–राजेन्द्रसँग उनको दुरी बढेको छ ।

    पहिलो संसद विघटनपछि ओलीले विश्वासको मत लिँदा तटस्थ रहेका ठाकुर र महतो संविधानको अर्को धाराअन्तर्गत प्रधानमन्त्री बन्ने बेला भने पक्षमा उभिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षीले प्रधानमन्त्री प्रस्ताव गरेकोमा ठाकुर र महतोले साथ नदिएकाले जसपाको मत विवादित भयो । जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले त्यसमा साथ दिएका थिए ।

    दलीय विवादका कारण राष्ट्रपतिले देउवा र ओली दुवैको पक्षमा बहुमत नपुगेको बताइन् । त्यही कारण देखाउँदै ओलीले दोस्रोपटक संसद विघटन गरे । ठाकुर र महतोले ओलीलाई त्यसमा साथ दिएका थिए । ओलीलाई त्यसलाई समर्थन गरेको प्रचण्डलाई मन परेको थिएन । प्रचण्ड र माधव नेपालले ओलीलाई विस्थापन गर्न ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि उनले स्वीकार गरेनन् । पछि ओली सरकारमा जसपाको ठाकुर- महत पक्ष सहभागी भयो । यसले जसपालाई नै विभाजनमा लग्यो ।

    हाल ठाकुर र महन्थले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक छुट्टै पार्टी छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको सत्तारुढ गठबन्धन बन्दा ठाकुर-महतोको पार्टी त्यसमा छैन । सत्तारुढ गठबन्धन चुनावसम्मै जाने दाबी नेताहरुले गरेका छन् ।

    मधेशमा आधार भएको जसपासँग आफ्नो गठबन्धन रहेको र ठाकुर त्यसमा सामेल नभएकाले मधेश पुगेका बेला प्रचण्ड उनीहरूको आलोचना गर्न छुटाउँदैनन् । केही मत भएको ठाकुरको पार्टी जसपा लोकतान्त्रिकमाथि प्रहार गरेर त्यो मत आफूतिर तान्ने रणनीति प्रचण्डको रहेको देखिन्छ ।

    मधेशको असली साथी माओवादी रहेको विश्वास मधेशबासीलाई दिलाएर ठाकुर-महतो पक्षको मत आफूतिरै तान्ने र मधेशमा माओवादीको शक्ति बढाउने रणनीति प्रचण्डको देखिन्छ ।

  • रूपैठा घटनामा राजेन्द्र महतोले भने- वार्ता र सम्वादबाट समस्या समाधान गरौं

    रूपैठा घटनामा राजेन्द्र महतोले भने- वार्ता र सम्वादबाट समस्या समाधान गरौं

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले छठ घाट निर्माणको विषयमा जनकपुरधाम उपमहानगरपालिका २० मा उत्पन्न विवाद वार्ता र सम्वादमार्फत समाधान गर्न समुदायसँग अपिल गरेका छन् ।

    छठ घाट निर्माणमा मुस्लिम समुदायले अवरोध गरेपछि हिन्दु–मुस्लिमबीच कार्तिक २३ गते विवाद भएको थियो । छठका दिन दुबै पक्षबीच झडप नै भयो । त्यसपछि बढ्दै गएको तनाबका बीच शनिबार हिन्दुबादीहरूले शक्ति प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार दिउँसो २ बजेदेखि आज राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन् ।

    घटना उग्ररुप लिन थालेपछि धनुषा क्षेत्र नम्बर ३ का साँसदसमेत रहेका नेता महतोले विज्ञप्ति जारी गरेर दुवै समुदायलाई धैर्यता अपनार्ई वार्ता र संवादको माध्यमले समाधान खोज्न आग्रह गरेका छन् ।
    दुई समुदायबीच उत्पन्न भएको विवाद र वैमनस्यताले समाजिक सद्भाव खल्बलिने गरी विवाद सिर्जना हुँदा आफूलाई चिन्ता लागेको नेता महतोले बताए ।

    ‘दुई समुदायबीच आपसी समाजिक सहोद्रता पौराणिक कालदेखि नै रहँदै आएकाले वार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु’, उनले भनेका छन् । त्यहाँको गतिविधिबारे स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको उनको भनाई छ ।

  • राजेन्द्र महतोको दाबी- ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो

    राजेन्द्र महतोको दाबी- ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको बताएका छन् ।

    मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आज बिहान एक कार्यक्रमको आयोजना गरी नेता महतोलाई सम्मान गरेको हो । सोही कार्यक्रममा नेता महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’

    एमाले र काँग्रेस होस् वा माओवादी सबै कुर्सी खेलमा लागेको भन्दै नेता महतोले भने, ‘शोषण उत्पीडनको समस्या समाधान गर्न कसैको चासो छैन । हामीले सोचेका थियौं- निर्वाचन भएपछि देशमा विकास हुन्छ । गोली चलाएर लेखेको विभेदकारी संविधान संशोधन हुन्छ । तर, यसतर्फ कुनै गतिविधि अगाडी बढेन । यो चिन्ताको विषय हो ।’

    नेता महतोले संकटमा परेका बेला केपी ओलीले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएपछि रेशम चौधरी पनि रिहा हुन नसकेको बताए ।

  • अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

    नयाँ दल दर्ताका लागि निवेदन बुझाएर फकिएपछि प्रस्तावित जसपा नेपाल लोकतान्त्रिकका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यादेशको उपयोग गरेर पार्टी फुटाएको बताए ।

    ‘पार्टी फुट्यो र त नयाँ दल दर्ताको लागि निवेदन दिएका छौ । अध्यादेश आज आयो त्यसलाई उपयोग गर्यौ र दल दर्ता गर्‍यौँ’, महतोले भने ।
    उनले आफ्नो पार्टी तत्काल सत्तामा नजाने समेत स्पष्ट पारे ।

  • जनकपुरमा राजेन्द्र महतोलाई भव्य स्वागत

    जनकपुरमा राजेन्द्र महतोलाई भव्य स्वागत

    जनकपुरधाम । जनकपुरधाम पुगेका पूर्वमन्त्री एवं संघीय सांसद राजेन्द्र महतोको भव्य स्वागत गरिएको छ ।

    जनता समाजवादी पार्टीले कारबाही गरेपनि नेता महतोको स्वागत गर्न हजारौं नेता कार्यकर्ता जनकपुर विमानस्थल पुगेका थिए । विमानस्थलमा महतोको पक्षमा नाराबाजी गरिएको छ ।

    मोटरसाइकल र चारपाङ्ग्रे गाडीको र्यालीसहित महतोलाई अहिले जनकपुरस्थित निजी निवास पुर्‍याएका छन् । स्वागतमा जुटेका नेता कार्यकर्ताले उनी जनकपुरमा अझै अब्बल देखिएका छन् ।

    क्षेत्र ३ बाट निर्वाचित उनी कार्यकर्तासँग भेटघाट र विभिन्न योजनाको उद्घाटन गर्न जनकपुर आएको बताइएको छ । सांसद महतोको स्वागतमा जसपा प्रदेश सांसद प्रमेश्वर साह, हँसपुरका मेयर रामज्ञान मण्डल र जसपाका केन्द्रीय सदस्यहरु पुगेका थिए ।

    उनका सबैभन्दा नजिक मानिने जनकपुरधामका मेयर लालकिशोर साह भने स्वागत गर्न पुगेनन् ।

  • राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार अगाडि ‘सूचना’ (भिडियो)

    राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार अगाडि ‘सूचना’ (भिडियो)

    काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई ‘सिंहदरबार क्षेत्रमा हालका लागि प्रवेश निषेध गरिएको’ भन्दै पर्चा टाँसिएको छ । सिंहदरबारको दक्षिण गेट छेउ पर्खालमा नयाँ पार्टी नेपालले सो पर्चा टाँसेको हो ।

    सो पार्टीले पर्चामा आफूले दिएको समयसीमाभित्र महतोले आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसकेको आरोप लगाएको छ । क्रमशः देशभरि नै उनलाई निषेध गरिने पर्चामा उल्लेख छ ।

    पार्टीका प्रवक्ता युवराज सफलले महतोलाई ७ दिनभित्र नागरिकताको विषयमा स्पष्ट पार्न सूचना जारी गरेको बताए ।

    ‘त्यो सूचनाको जवाफ दिनुको साटो रवाफ देखाउनुभयो । त्यसैले हामीले उनको नागरिकता रद्द गरेर देशनिकाला गर्ने योजना अन्तरगत सुचना टाँस्नुपरेको हो ।’

  • राजेन्द्र महतोको अभिव्यक्ति र नेपालका सन्दर्भमा राष्ट्रनिर्माणको प्रक्रिया

    राजेन्द्र महतोको अभिव्यक्ति र नेपालका सन्दर्भमा राष्ट्रनिर्माणको प्रक्रिया

    नेपालमा राष्ट्र, राष्ट्रियता, बहुराष्ट्र र राज्यराष्ट्रका सन्दर्भमा बेलाबखत चर्चा भइरहन्छ । संविधानले भने स्पष्टरूपमा नेपाललाई बहुलवादी राष्ट्रका रूपमा स्वीकार गरेको छ । बहुलवाद भन्नेवित्तिकै धेरैथरि विचार, आस्था, भाषा, संस्कृति, पहिचान आदीको उपस्थिति र तिनको समान स्वीकृतिको अवधारणालाई स्वीकार गरिन्छ । यसको सम्बन्ध समग्र राष्ट्रियता प्रवद्र्धनसँग हुन्छ भन्दा अनुचित हुँदैन । तर यस्ता चर्चा/बहसहरू संविधान तथा सिद्धान्तआधारित प्रायः हुँदैनन्, व्यक्तिका क्रिया/प्रतिक्रियामाथि आधारित हुन्छन् । यस्ता बहसले हामीलाई निष्कर्षमा पुग्न मद्दत गर्दैनन् ।

    पछिल्लोपटक यस्तै एक बहस उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिसँगै प्रारम्भ भएको छ । महतोको भनाइ ठीक वा बेठीक प्रमाणित गर्ने यस लेखको उद्देश्य होइन, प्रयुक्त सन्दर्भसँग जोडिने राष्ट्रनिर्माणको दार्शनिक पक्षबारे चर्चा गर्नु हो ।

    राष्ट्रनिर्माणको सम्बन्ध समग्र राष्ट्रियता प्रवर्द्धनसँग छ । वास्तवमा राष्ट्रनिर्माण एक प्रक्रिया हो, जो कुनै न कुनैरूपमा निरन्तर जारी रहन्छ । राष्ट्रनिर्माणलाई सूक्ष्मरूपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुईवटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा राष्ट्रनिर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र सम्मृद्ध बनाउने कुरा । तर उपर्युक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ, त्यहाँ वसोवास गर्ने जनताको इच्छा-आकांक्षा, समाज, धर्म-संस्कृति, भाषा-साहित्य, मूल्य-मान्यता, विश्वास आदीको समान स्वीकृति र प्रस्फूटनको अवस्था निर्माण हुनु पर्दछ ।

    यी विषयहरू खास भूगोलमा बसोवास गर्ने जनताले निर्माण गर्न चाहेको राष्ट्रिय पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहीत हुन्छ । यसका लागि राज्य सञ्चालनमा सहभागिता अपेक्षित हुन्छ । अर्कोतर्फ, राष्ट्रनिर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ ।

    त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्रनिर्माणको सन्दर्भ जोडिएको हुन्छ । यसरी हेर्ने हो भने हामीकहाँ माथि उल्लेख गरिएजस्तै राष्ट्रनिर्माणको दुवै सन्दर्भको उपस्थिति रहेको पाउन सकिन्छ । यसै आधारमा कतिपयले नेपाल अझै राष्ट्रनिर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन् ।

    यस विश्लेषणका आधारमा, विद्वान पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । पौलले राष्ट्रनिर्माणलाई राष्ट्रको संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार बृहत् प्रक्रियाहरूका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्रनिर्माणको लक्ष्य जनताको एकीकरण हो, यसबाट अगाडिका दिनमा राज्यले राजनीतिकरूपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ ।

    राष्ट्रनिर्माणको सम्बन्ध त्यहाँको भूगोलमा रहेका विविध राष्ट्रियताहरूलाई समाहित गरी सिंगो राष्ट्रियता निर्माण गर्नुसँग पनि छ भनियो भने अतिशयोक्ति हुँदैन । निष्कर्षमा भन्ने प्रयास गर्ने हो भने, राष्ट्रनिर्माणका लागि जनताको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शहरूको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ ।

    राष्ट्रियताको सम्बन्ध त्यहाँको संस्कृति र इतिहासलगायतका विषयसँग सम्बन्धित हुन्छ । यस आधारमा देशका रूपमा विकसित र स्वीकार गरिएको भूखण्डमा एकभन्दा अधिक राष्ट्रियता हुन सक्छन् । अर्थात् त्यहाँ विविध इतिहास, संस्कृति, मूल्य, मान्यता, विश्वास, आदर्श हुन सक्छन् ।

    राष्ट्रियता राष्ट्रनिर्माणको महत्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ, जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शव्दलाई एकअर्काको पर्यायवाचीका रूपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्रियता र राष्ट्रनिर्माणको प्रक्रिया नै दोषपूर्णरूपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनैरूपमा यस्तै खतरासँग पौंठाजोरी खेलिरहेका छौं ।

    वास्तवमा राष्ट्र, राज्य र देश फरक-फरक अर्थमा उभिएका फरक-फरक शब्द हुन् । राष्ट्रलाई प्रायः सांस्कृतिक इकाई मान्ने गरिन्छ । यस्तै राज्य प्रशासनिक र राजनीतिक इकाई हो भने देश भौगोलिक इकाई हो । यस आधारमा राष्ट्रनिर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने राजनीतिकरूपमा जोडिएको एउटा भौगोलिक सीमाभित्र सांस्कृतिकरूपमा जनता (राष्ट्रियता) लाई प्रशासनिक र राजनीतिकरूपमा आवद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ ।

    यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्व दिइन्छ र यसमा कानुनीरूपमा राज्यले अर्थात् प्रशासनिक इकाईले आवश्यक बन्दोवस्त मिलाउने अपेक्षा गरिन्छ । यसै आधारमा बिपी कोइरालाले राष्ट्र भनेको जनता हो भन्नु भएको कुरा स्मरणीय छ । कतिपय विद्वानले राष्ट्रियतालाई प्रत्यक्षरूपमा जनतासँग जोडेर पनि अध्ययन-विश्लेषण गर्ने गरेका छन् ।

    राष्ट्रियताको सम्बन्ध त्यहाँको संस्कृति र इतिहासलगायतका विषयसँग सम्बन्धित हुन्छ । यस आधारमा देशका रूपमा विकसित र स्वीकार गरिएको भूखण्डमा एकभन्दा अधिक राष्ट्रियता हुन सक्छन् । अर्थात् त्यहाँ विविध इतिहास, संस्कृति, मूल्य, मान्यता, विश्वास, आदर्श हुन सक्छन् ।

    राष्ट्रनिर्माणमा यी सबैको समाहितीकरण आवश्यक हुन्छ जसले समग्र राष्ट्रियताको निर्माण र प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । यसो हुन सके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिंगो स्वरूप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया राष्ट्रनिर्माण हो जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ ।

    राज्यले यही भूमिका निर्वाह गर्न नसक्दा समग्र राष्ट्रियताको अवमूल्यन हुँदै राष्ट्रनिर्माणको प्रक्रिया वाधित हुनसक्ने सम्भावना विकसित हुने खतरा हुन्छ । विश्वका विभिन्न देशको इतिहास अध्ययन गर्ने हो भने यही कुरा प्रमाणित हुन्छ । तात्कालीन सोभियत संघको विखण्डन, चेकोस्लोभाकियाको विभाजन, सुडानको विखण्डन, युगोस्लाभियाको खण्डीकरण यस्तै उदाहरण हुन् । राज्यले सार्थक नेतृत्व गर्न सक्दा विभाजित राष्ट्रियता र भूगोल एकीकृत भएको पनि पाइएको छ । विभाजित जर्मनको एकीकरण, संयुक्त राज्य अमेरिकाको विस्तारीकरण (५० राज्य) र बेलायत (इग्ंल्याण्ड, वेल्स, स्कटल्याण्ड, र नर्दर्न आयरल्याण्ड) को एकता यस्तै केही उदाहरण हुन् ।

    राष्ट्रनिर्माण र समग्र राष्ट्रियता प्रवर्द्धनका सन्दर्भमा विभिन्न तत्व निर्णायक हुन्छन् । केहीको चर्चा माथि गरिसकियो । राजनीतिक र सांस्कृतिक पक्षका अतिरिक्त राष्ट्रनिर्माणका लागि केही व्यवहारिक आधार पनि आवश्यक पर्दछन् । राष्ट्रनिर्माणका लागि राष्ट्रिय पूर्वाधार आवश्यक पर्दछ । यातायात र सञ्चारका पूर्वाधार, स्थानीय र क्षेत्रीय आर्थिक विकासका आधारमा राष्ट्रिय अर्थतन्त्रको निर्माण यस्तै पूर्वाधार हुन् ।

    यसका साथै देशव्यापी आमसञ्चारका माध्यमको विकास पनि उत्तिकै आवश्यक हुन आउँछ । आमसञ्चारले देश्व्यापीरूपमा राजनीतिक र सांस्कृतिक विचारविमर्श सञ्चालन गर्न मद्दत गर्दछ । राष्ट्रनिर्माणका सन्दर्भमा थुप्रै अवयवहरूले जोड्ने र तोड्ने तत्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यीमध्ये कतिपय सुशुप्त हुन्छन् भने कतिपय जाग्रत । यीमध्ये कतिपय तत्वले कुनै सन्दर्भमा जोड्ने र कुनै सन्दर्भमा तोड्ने तत्वका रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

    भाषा, प्रतीक, चिह्न, झण्डा, सिद्धान्त, आदर्श, विचार, संरचना, घटना आदी यस्तै तत्व वा माध्यम हुन् । राष्ट्रनिर्माणका लागि लोकतान्त्रिक परिवेशको उपस्थितिलाई पनि अपरिहार्य मान्नुपर्ने हुन्छ । विश्वका थुप्रै सन्दर्भले पुष्टि गरेका छन्, तुलनात्मकरूपमा लोकतान्त्रिक मुलुकमा नै राष्ट्रनिर्माणको प्रक्रिया सफलतापूर्वक सञ्चालन हुन सकेका छन् । लोकतन्त्र सवल नभइ राष्ट्रनिर्माणको लक्ष्य पूरा हुन सक्दैन ।

    पछिल्लो समयमा नेपालको राजनीति (कूटनीतिसमेत) आरोपित भइरहेको अवस्था छ । विगतको मधेस एवम् जनजाति आन्दोलन र हालैको नेकपा (एमाले) र जसपाको एकपक्ष मिलेर सरकार निर्माण, संविधान संशोधनको सन्दर्भ, मधेस तथा थरुहट आन्दोलनको सेरोफेरोमा नेपाली राजनीति (जो मूलतः राज्य सञ्चालन प्रक्रियासँग सम्बन्धित छ) ले समग्रमा राष्ट्रनिर्माण र राष्ट्रियताका सन्दर्भमा आग्रहपूर्ण व्यवहार गर्‍यो भन्ने एकथरिको गुनासो छ । गुनासोमा सत्यता छ वा छैन अध्ययन र अनुसन्धानको विषय हुन सक्छ । तर गुनासो आएकै हो भने त्यसका सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु भने जरुरी छ ।

    यो गुनासो राजनीतिले उत्पादन गरेको अवस्थाको ‘फिडब्याक’ भने निश्चय पनि हो । समग्र राष्ट्रनिर्माणका सन्दर्भमा हेर्ने हो भने राज्य सञ्चालकमाथिको गुनासोको यो अवस्था अस्वाभाविक होइन । असन्तुष्टको गुनासोलाई अप्रिय मानिनु हुँदैन । यो गुनासो राज्य सञ्चालकहरूप्रतिको अपेक्षाले जन्माएको हो । गुनासो त्यहीँ हुन्छ, जहाँ अपेक्षा हुन्छ । यो अवस्था भनेको असन्तुष्टहरूले राज्यप्रति विश्वास गर्न खोजेको अवस्था पनि हो । राज्यको व्यवहारप्रतिको समर्थन वा विरोधलाई यसै आधारमा बुझिनुपर्दछ ।

  • राजेन्द्र महतो भन्छन् : एकल राज्य मान्दैनौ, हामीमाथि विभेद छ (भिडियो)

    राजेन्द्र महतो भन्छन् : एकल राज्य मान्दैनौ, हामीमाथि विभेद छ (भिडियो)

    काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहोर्‍याएका छन् । उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए ।

    जनता समाजवादी पार्टीको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महतोले यस्तो बताएका हुन् ।

    महतोले भने, ‘यो देश बहुलताले भरिएको छ । विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति-समुदायको देश हो । उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’

    आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

    ‘हाम्रो पहिलो दायित्व र रुझान भनेको पार्टीको मूल्य-मान्यता हो । हामी २४ घन्टा नै त्यसलाई याद राख्ने छौं ।’ महतोले भने ।

  • मन्त्री बनेलगत्तै राजेन्द्र महतो विवादमा, ‘बहुल राष्ट्र’को अभिव्यक्तिप्रति एमाले नेताहरूकै आपत्ति

    मन्त्री बनेलगत्तै राजेन्द्र महतो विवादमा, ‘बहुल राष्ट्र’को अभिव्यक्तिप्रति एमाले नेताहरूकै आपत्ति

    काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा तानिएका छन् । हिजो पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए ।

    महतोले भनेका थिए, ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’

    सत्तारुढ दल एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।

    गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु ।’

    उनले नेपाल एउटा मात्रै राष्ट्र भएको भन्दै महतोले भनेको कथित आन्दोलनले नेपाललाई विघटन गर्ने मनसाय राखेका उल्लेख गरेका छन् ।

    ‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनविज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

    एमालेका युवा नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

    भट्टराई लेख्छन्, ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’

    आज एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट जिल्ला पदाधिकारीसँगको भर्चुअल वैठकमा यो विषय उप्काएका थिए । उनले सम्वोधनका क्रममा भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

  • जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

    जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर नेतृत्वको समूह आजै सरकारमा सहभागी हुने भएको छ ।

    वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेका हुन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।

    जसपा नेता केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन् ।

    जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।

  • जसपामा काउन्टर स्पष्टीकरणः महन्थ पक्षलाई प्रश्न- पार्टी किन आफ्नो पकेट बनाएको ?

    जसपामा काउन्टर स्पष्टीकरणः महन्थ पक्षलाई प्रश्न- पार्टी किन आफ्नो पकेट बनाएको ?

    काठमाडौं । जनता समाजवादी पार्टीमा एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम बढेसँगै पार्टी औपचारिक रूपमा विभाजन हुन लागेको छ । अध्यथ महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेकै मितिमा उपेन्द्र पक्षले पनि काउन्टर स्पष्टीकरण सोधेको छ ।

    केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई सोधिएको स्पष्टीकरणमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई किन साथ दिएको ? भनिएको छ ।

    त्यस्तै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुपस्थित भएको र गुटबन्दीपूर्ण क्रियाकलाप गरेको,छुट्टै कार्यालय सञ्चालन गरेको तथा राष्ट्रपति कार्यालय,निर्वाचन आयोग र संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु पठाउने कार्य किन गरेको ? जस्ता प्रश्न सोधिएको छ ।

    ९ बुँदै स्पष्टीकरणमा पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्न भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता कार्यदलमा पठाइएको पनि आपत्ति जनाइएको छ ।

    विधानमा नभएको व्यवस्थालाई स्वेच्छारी ढंगले पार्टीलाई आफ्नो पकेट बनाउने कार्य किन गरेको भनेर ठाकुरलाई सोधिएको छ । तीन दिनभित्र स्प्ष्टीकरण चित्त बुझ्दो नदिएमा अनुशासनको कारवाही गर्ने चेतावनी समेत उपेन्द्र पक्षले दिएको छ ।

  • सरकार र जसपाबीच अर्को सहमति, बन्यो संविधान संशोधन कार्यदल

    सरकार र जसपाबीच अर्को सहमति, बन्यो संविधान संशोधन कार्यदल

    काठमाठौं । सरकारले संविधान संशोधनका लागि अध्ययन गरी सुझाव दिन कार्यदल गठन गरेको छ।

    जनता समाजवादी पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय र्कायदल बनाउने निर्णय गरको थियो ।

    कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, पूर्व महान्यायधिवक्ता अग्नि खरेल र एमाले सांसद कृष्णभक्त पोखरेल छन् । त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । रिमाल, कर्ण र शुक्ल यसअघि सरकार र जसपाबीच वार्ता गर्न बनेको कार्यदलमा थिए।

    कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, कहाँ-कहाँ सुधार गर्नुपर्ने छ भनेर अध्यन गरी सुझाव दिने छ । यसका लागि थप कार्यादेश प्राप्त भैनसेको कार्यदल सदस्य खरेलले जानकारी दिए ।

    जसपाका बरिष्ठ नेतार राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न तयार भएको बताएका छन् ।

    ‘बल्ल हिजो औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य, आवश्यकता देखे,’ सिंहदरबास्थित आफू पक्षीय सांसदहरूको बैठकमा जानुअघि संवादाताहरू उनले भने, ‘संविधान संशोधन सुझावका लागि हिजो मन्त्रिपरिषद्‍बाट कार्यदल गठन भएको छ । अब संविधान संशोधन अगाडि बढाउनलाई के-के अगाडि बढाउने हो त्यसमा छलफल हुन्छ । त्यो कार्यदलले अध्यन गरेर सुझाव दिन्छ ।’

    त्यस्तै जसापाको अर्को माग सम्बोधन गर्न सरकारले नागरिकता सम्बन्धी अध्यादेशसमेत ल्याएको छ। ‘यो देशका लाखौं नागरिक अधिकार नपाएर वञ्चित थिए,’ यसबारे उनले भने, ‘त्यो संवेदनशील विधेयक तीन वर्षदेखि अड्काएर राखेका थिए। अब यसमा पनि केही होला ।’

  • राजेन्द्र महतो भन्छन्- औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री हिजो संधिवान संशोधन गर्न तयार भए

    राजेन्द्र महतो भन्छन्- औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री हिजो संधिवान संशोधन गर्न तयार भए

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न तयार भएको बताएका छन् ।

    ‘बल्ल हिजो औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य, आवश्यकता देखे,’ सिंहरबारस्थित आफू पक्षीय सांसदहरूको बैठकमा जानुअघि संवादाताहरूसँग उनले भने, ‘संविधान संसोधन सुझावका लागि हिजो मन्त्रिपरिषद्‍बाट कार्यदल गठन भएको छ । अब संविधान संशोधन अगाडि बढाउनलाई के-के अगाडि बढाउने हो त्यसमा छलफल हुन्छ । त्यो कार्यदलले अध्यन गरेर सुझाव दिन्छ ।’

    उनले नागरिकता सम्बन्धी अध्यादेशसमेत आएको बताए । ‘यो देशका लाखौं नागरिक अधिकार नपाएर वञ्चित थिए,’ उनले भने, ‘त्यो संवेदनशील विधेयक तीन वर्षदेखि अड्काएर राखेका थिए।’

  • जसपाको ठाकुर पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु

    जसपाको ठाकुर पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ ।

    राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।

    बैठक संसदीय दलका नेता महतोको अध्यक्षतामा बस्न लागेको हो । जसपाकै उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।

    जसापको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम-उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ ।

  • महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद समाधानका लागि गरिएको प्रयत्न केही घण्टा नबित्दै असफल भएको छ । विवाद समाधानको संकेत गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले गरेको संयुक्त वक्तव्यविरुद्ध वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आजै कदम चालेको छ ।

    महतोकै निर्देशनमा संसद सचिवालयमा पुरानो मितिमा तयार भएको पत्र दर्ता गराइएको छ । अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित सो पत्रमा वैशाख ३० गतेको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको व्यहोरा उल्लेख छ । जसपाका नेताहरूले पार्टीभित्र जारी दुई लाइन संघर्षमा ‘तेस्रो धार’ को इन्ट्री भएको बताएका छन् ।

    पढ्नुहोस्: संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

    अध्यक्ष यादवनिकट सांसद रामबाबु यादवले पार्टीलाई एकतावद्ध बनाउने प्रयासविरुद्ध संसद सचिवालयमा फर्जी चिठी पठाइएको दावी गरे । ‘महन्थ ठाकुर र उपेन्द्र महतोले विवाद समाधान गर्ने भए भनेर राजेन्द्रजीले गुटबन्दी गर्नुभएको हो । उहाँको दाउ परास्त हुन्छ’,यादवले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय कुनै हालतमा स्वीकार नहुने उनको भनाइ छ ।

    अध्यक्ष ठाकुरनिकट केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले भने पार्टीभित्र असहज परिस्थितिमा भएका असहज निर्णयहरूबारे संवादबाटै समाधान हुने बताए । ‘संयुक्त वक्तव्यबाट विवाद मिलाउने प्रयासमात्रै भएको हो । सबै विवाद मिलिसकेको छैन । विवाद मिल्नै बाँकी छ भने केही विवादहरु आउनु ठूलो कुरा होइन’, झाले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय संसदीय दलकै बहुमतबाट भएको भन्दै झाले त्यो निर्णय नमान्ने भए विगतदेखिका निर्णयहरु समेत प्रभावित हुने बताए ।

    आज दुई अध्यक्षको संयुक्त वक्तव्यमार्फत जसपाले सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अग्रसरता लिने र कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको थियो । त्यसको केहीबेरमै महतोनिकट नेताहरूले संसद सचिवालय पुगेर ठाकुरको हस्ताक्षरमा यसअघि नै तयार भएको पत्रमा मिति सच्याएर दर्ता गराएका थिए । त्यसलगत्तै अध्यक्ष यादवले पनि आजै संसदीय दलको नेता चयन नभएको जानकारी दिँदै संसद सचिवालयमा पत्र बुझाएका छन् । यी घटनाक्रमबाट जसपाको आन्तरिक राजनीतिक अझ जटिल बनेको छ ।

    जसपा नेता डम्बर खतिवडा पार्टीभित्र फुटपरस्त शक्ति हावी हुन खोजेको बताउँछन् । सहमतिका लागि प्रयास भइरहँदा संसद सचिवालयमा पत्र पठाइनु गलत भएको उनले बताए । ‘हामी लचिलो भएर संवाद गरिरहेका छौं तर पार्टीभित्र एक पक्षले विभाजनलाई मद्दत पुग्नेगरी काम गर्न खोजेको छ । कार्यकारिणी बैठकले विभाजन चाहनेहरुको विरुद्धमा निर्णय लिनेछ’, खतिवडाले भने ।

    जसपामा पार्टी एकताकै समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको सो पक्षको दावी छ । वैकल्पिक सरकार गठनका विषयमा साझा मत नबनेको बेला ठाकुर पक्षको समर्थनमा महतो संसदीय दलको नेता चयन भएका थिए । ‘यो पार्टीमा सबैको हिस्सेदारी छ । पार्टी एकतादेखि नै महतोजीको भूमिका मिनिमाइज गर्न खोजियो । अब हामीलाई त्यो मान्ने छैन । उहाँ नै संसदीय दलको नेता हो’, महतोनिकट एक नेताले भने ।

    मंगलबारको घटनाक्रमले जसपाभित्र एकताको सम्भावना थप जटिल बनेको गएको नेताहरु स्वीकार्छन् । जेठ ८ र ९ गतेलाई बोलाइएको कार्यकारिणी समितिको बैठकले नै एकता वा विभाजनबारे निर्णय दिनसक्ने बताइन्छ ।

  • महन्थको पत्रलाई उपेन्द्रको काउन्टर- दलको नेता महतो चयन भएका छैनन्

    महन्थको पत्रलाई उपेन्द्रको काउन्टर- दलको नेता महतो चयन भएका छैनन्

    काठमाडौं । संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमति भाँडिएको छ ।

    महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।

    कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

  • संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

    संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ ।

    यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेको बारे प्रष्ट छैन ।

  • जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

    जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

    जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

    बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

    महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

  • शीतल निवास पुगेर ठाकुर र महतोको आग्रह- ​उपेन्द्र आए वैधता नदिनू

    शीतल निवास पुगेर ठाकुर र महतोको आग्रह- ​उपेन्द्र आए वैधता नदिनू

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका फर्किएका छन्।

    राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा ससरकार गठन गर्न दिएको समय घर्किन लागेका बेला उनीहरूले शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।

    स्रोतका अनुसार उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

    जसपाको उपेन्द्र यादव-बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो ।

    राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी छिन् । उक्त समय भोलि अबेर ९ बजे सकिँदै छ ।

    शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको थियो ।

    ठाकुर पक्ष आधिकारिकताको विषय उठाएर विपक्षीलाई बहुमत पुग्न नदिने रणनीतिमा छ । यसको निरुपण निर्वाचन आयोगबाट टुंग्याउँदा सरकार बनाउने समय घर्किइ सक्ने र प्रधानमन्त्री ओली पुनः नियुक्त हुने वातावरण बन्ने अवस्था सिर्जना हुन्छ ।

    कसको हस्ताक्षर आधिकारिक हो भन्ने विषय निर्वाचन आयोगमा पुगे यो विषय तत्कालीन नेकपामा जस्तै लम्बिने छ । त्यतिबेलासम्म सरकार गठनको कोर्ष अर्कै विन्दुमा पुग्नेछ ।

  • राजेन्द्र महतोको प्रतिक्रिया- बाबुराम र उपेन्द्रले गरेको फर्जी कामले मान्यता पाउँदैन

    राजेन्द्र महतोको प्रतिक्रिया- बाबुराम र उपेन्द्रले गरेको फर्जी कामले मान्यता पाउँदैन

    काठमाडौं । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका ४ सांसद पदमुक्त भएपछि संघीय संसदको चौथो ठूलो दलमा विभाजनको विउ रोपिएको छ ।

    प्रदेशसभा सचिवालयले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका चार सांसदलाई जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम प्रदेश समितिको पत्रका आधारमा पदमुक्त भएको सूचनापत्र निकालेको छ ।

    विहीबार प्रदेशसभा सचिवालयले सूचनापत्र निकाल्नुअघि नै अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारवाही नभएको र संसदीय दलले नै प्रदेश समितिको कामकाज गर्ने जनाएका थिए ।

    यसैबीच जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको कुनै पनि कमिटीले चार सांसदलाई कारवाही नगरेको भन्दै सभामुखले फर्जी सिफारिसलाई आधार मानेर कारवाही गरेकाले त्यसले मान्यता नपाउने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै महतोले भने- हाम्रो पार्टीमा यसबारेमा कुनै छलफल भएको छैन । कार्यकारिणी समितिको बैठक नै बसेको छैन । यस्तो गलत र फर्जी काम कसरी भयो ? प्रदेश सभाका बहुमत सांसदलाई कसले कार्वाहि गर्न सक्छ ? यो निर्णय कार्यन्वयनमा आउन सक्दैन ।

    अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठकको निर्णय भनेर २७ जनाको हस्ताक्षर सहितको पत्र पठाएको छ । ५२ सदस्यीय कार्यकारिणी समितिमा महिन्द्र यादव पक्ष समेत उपेन्द्रतिर लागेपछि ठाकुर पक्षका २५ जना छन् ।

    बैठक नै नबसी जसपाको निर्णय भनेर गरिएको पत्राचार फर्जी भएको र त्यसले कानुनी मान्यता नपाउने महतोले बताएका छन् ।

  • राजेन्द्र महतोको चुनौतिः रेशम चौधरीलाई कुनै पनि शक्तिले जेलमा राखिरहन सक्दैन

    राजेन्द्र महतोको चुनौतिः रेशम चौधरीलाई कुनै पनि शक्तिले जेलमा राखिरहन सक्दैन

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दावी गरे ।

    ‘पापको घैंटो भरेपछि बिद्रोह हुन्छ’, रेशम चौधरी निशर्त रिहाई तथा मधेस–थरुहट आन्दोलनका आन्दोलनकारीमाथि लगाएको झुठा मुद्दाहरु फिर्ताका लागि आयोजित कार्यक्रममा उनले भने, ‘त्यस विद्रोहमा हुने विस्फोटमा विभेदको अन्त्य हुनेछ ।’

    उनले अब हुने विद्रोहका लागि मधेसी र थारुलाई तयार भएर बस्न अनुरोध समेत गरे । विभेदमा परेकाहरुले आन्दोलन गर्दा राज्यले दमन गर्नु र प्रतिकारमा सुरक्षाकर्मी मारिनु सामान्य कुरा भएको महतोले बताए ।

    उनले भने, ‘विभेदमा परेका मधेसी–थारुले आन्दोलन गर्दा राज्यलाई सैह्य भएन । राज्यले दमन गर्यो । हो, आन्दोलनमा राज्यले दमन गर्छ । कहिलेकाही सुरक्षाकर्मी पनि मर्छन् । यो त हुन्छ ।’

    ‘सुरक्षाकर्मी मारिएपछि आन्दोलनकारीलाई जेलमा कोच्ने तर छातीमा र टाउकोमा गोली मार्ने सुरक्षाकर्मीलाई खै कारबाही ?’ उनले प्रश्न गरे, ‘झापा विद्रोहमा अहिलेका प्रधानमन्त्री पनि सहभागी थिए र कैयौं मारिएका थिए, तर उनीहरुमाथि किन कारबाही भएन ? टिकापुरमा विभेदविरुद्ध आन्दोलन गर्नेहरु विद्रोही र झापा विद्रोह कसरी क्रान्ति ?’

  • चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

    चाँडो सरकार बदल्ने चाहना कांग्रेस–माओवादीको, जसपाको प्राथमिकता मुद्दा फिर्तामा

    काठमाडौं। वर्तमान सरकारलाई बदल्ने प्राथमिकता आफूहरुको भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले बताए पनि जनता समाजवादीले भने मुद्दा फिर्तालाई प्राथमिकतामा राखेको छ । बुधबार प्रतिनिधिसभाको भवनबाहिर केपी शर्मा ओलीको नेतृत्वको सरकारबारे आआफ्नो धारणा राख्दै नेताले आफ्नो प्राथमिकता प्रष्ट्याएका हुन् ।

    माओवादी केन्द्रका नेता वर्षमान पुन प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन फिर्ता लिने बताउँछन् । ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ,’ उनी भन्छन्, ‘कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहादैनौँ स्थिर होस् । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

    कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताए । अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने उनको मत छ । ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न,’ थापा भन्छन्, ‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्।’

    जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतो आफूहरुले उठाएका मुद्दाको सम्बोधन गराउनु नै आफूहरुको पहिलो प्राथमिकता भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले उठाउँदै आएका सवाल छन् । मुद्दाहरु छन् । त्यसलाई सम्बोधन कसरी गराउने ? यो अहिलेको हाम्रो प्राथमिकता हो। आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’

  • नेकपा फुटेको छैन, त्यो पार्टीको मालिक केपी ओली हुन्- राजेन्द्र महतो

    नेकपा फुटेको छैन, त्यो पार्टीको मालिक केपी ओली हुन्- राजेन्द्र महतो

    खरो र सीधा बोल्ने मधेशी नेताका रूपमा परिचित छन्– राजेन्द्र महतो । गत साता विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह उनको पार्टीसँग सहयोग माग्न जाँदा महतोले प्रश्न गरे- तपाईंहरू कुन पार्टीको ?

    हामीसँगको कुराकानीमा पनि त्यही कुरा बारम्बार दोहोर्‍याए । नेपाल कम्युनिष्ट पार्टी औपचारिक रूपमा विभाजित नभएकाले प्रचण्ड-माधवको अलग अस्तित्व नरहेको उनको टिप्पणी छ । नेकपा विभाजन नहुञ्जेल अविश्वास प्रस्ताव वा सरकार परिवर्तनको प्रसंग नै नआउने पनि महतोले बताए । राजनीतिक कार्यक्रमका शिलशिलामा कैलाली आएका महतोसँग नेपालप्रेसले समसामयिक राजनीतिक विषयमा गरेको कुराकानी–

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सरकारले प्रतिनिधिसभा बैठक आह्वान गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछिको यो बैठकमा तपाईंहरूको भूमिका के हुन्छ ?

    मुख्य रूपले मुलुकलाई संकटमा हाल्ने काम नेपाल कम्युनिष्ट पार्टीले गरेको हो । जनताले दिएको दुई तिहाइ मत जनताको हितमा लगाइएन । उनीहरूले तीन वर्ष झगडा गर्नमै विताए । हुँदाहुँदा देशलाई यति संकटमा पारे कि प्रतिगमनसमेत गरे । संविधानमाथि ‘कु’ गरे ।

    अब संसद शुरू हुने भए पनि अझै अलमलको अवस्था छ । अहिलेको समस्या नेपाल कम्युनिष्ट पार्टी र उसको सरकारका कारणले आएको हो । त्यसैले यसको समाधान उसैले गर्नुपर्छ ।

    नेकपाभित्रकै विपक्षी समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । तपाईंहरूसँग पनि सहयोग मागिएको छ । अब तपाईंको पार्टीले सरकार ढाल्न सहयोग गर्छ कि गर्दैन ?

    हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा भएको छैन । यो विषयमा केही सल्लाह नै गरेका छैनौं । अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यो बेला नै यस विषयमा छलफल हुन्छ ।

    संसद बहिष्कार गर्ने योजना त छैन ?

    आफ्नो सवालको लागि मात्र संसदमा संघर्ष हुन्छ ।

    जसपा सरकारमा जान कत्तिको हतारिएको छ ?

    नाइँ नाइँ नाइँ… सरकारको कुरै नगर्नुस् ! हामी मुद्दाको साथमा रहन्छौं । रेशम चौधरी रिहाइ नहुँदासम्म हामी सरकारमा जाने कल्पनासम्म नगर्नुहोस् ।

    विगत चार वर्षदेखि जनता समाजवादी पार्टी सरकारमा गएको छैन । आज पनि रेशम चौधरी रिहाइ, लक्ष्मण थारूलगायतको मुद्दा फिर्ता, संविधान संशोधन गर्नुपर्ने सवाल छन् । यो भएन भने हामी सरकारको कल्पना पनि गर्दैनौं ।

    त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नढल्ने भएको हो ?

    छँदैछ नि उसको दुई तिहाइ । जबसम्म पार्टी एउटा रहन्छ तबसम्म केपी ओलीलाई कसले हटाउने ? नेकपा एक हुनु भनेको दुई तिहाइ हो । त्यसको मालिक त केपी ओली नै हो नि ! या त संसदीय दलको नेताबाट हटाउनुपर्‍यो । त्यो प्रचण्ड माधवले हटाउनुपर्‍यो । कि हामीले हटाइदिने हो ?

    केही दिनअघि नेकपाको प्रचण्ड-नेपाल समूह तपाईंहरूसँग सहयोग माग्न आउनुभएको थियो । तपाईंले उहाँहरूलाई कुन पार्टीबाट आएको भनेर सोध्दा रिसाउनुभएन ?यो कुरा मैले मात्रै होइन, नेपाली जनताले पनि जान्न खोजेका छन् । प्रचण्ड-माधव समूह भनेको के हो ? पार्टी पद्धतिमा त पार्टी चाहियो नि !

    नेपाल कम्युनिष्ट पार्टी पनि भन्छन् । नेकपाले त प्रतिगमन गरेको हो । अनि त्यही पार्टीको उहाँहरू भनेपछि कसरी मिल्यो त कुरा ? प्रतिगमन गर्ने पनि नेकपा, त्यसको विरुद्धमा लड्ने पनि नेकपा । यो के हो ? प्रतिगमनविरुद्ध सबै पार्टी एकठाउँमा आउनु परेपछि तपाईंको पार्टी कुन हो भनेर सोध्नु परेन त ?

    पार्टी कुन हो भनेर जिज्ञासा राख्दा उहाँहरूले के भन्नुभयो ?

    (हाँस्दै) उही कम्युनिष्ट पार्टी घुमाई–फिराई । त्यसैले उहाँहरूको अवस्था क्लियर छैन । उहाँहरूमा नीति, सिद्धान्त र आदर्शको राजनीति देखिएन । पार्टी भनेको सिद्धान्तमा चल्नुपर्छ ।

    त्यही पार्टीको प्रधानमन्त्री र संसदीय दलको नेताले प्रतिगमन गर्ने, अनि विरोध गर्नेहरू पनि म त्यही पार्टीमा छु भन्न मिल्छ ? सुहाउँछ ? यसले त नीति, सिद्धान्त र आदर्शमा पार्टी चलाएको भन्ने देखिएन । त्यसपछि पार्टी पक्का गरेर आउनुहोस् भनेर भनेको हुँ ।

    त्यसपछि थप छलफल भएको छ कि छैन ?

    त्यसपछि उहाँहरू आउनुभएको छैन । फेरि सरकार परिवर्तनमा मुख्य भूमिका नेपाली कांग्रेसको हुन्छ ।

    तर, कांग्रेसले त प्रधानमन्त्रीलाई नै भरथेग गर्न खोजिरहेको आरोप छ नि ? तपाईंहरू पनि त्यही गर्ने हो ?

    यो देशमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाइ जनमत छ । त्यो बाहेक कुनै पार्टीको बहुमत पुग्दैन । यसमा हाम्रो भूमिका केही पनि हुन सक्दैन । कांग्रेस वा जनता समाजवादी पार्टीको भूमिका केही पनि छैन ।

    कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग प्रचण्ड–नेपाल समूहलाई भयो भने त नयाँ सरकार बन्न सक्ला नि ?

    प्रचण्ड र माधव समूह भनेको नेपाल कम्युनिष्ट पार्टी हो । पहिला पार्टी क्लियर हुनुपर्‍यो । उहाँहरूको पार्टी आफैं दुई तिहाइ नजिक छ । कसैको आवश्यकता नै छैन त्यहाँ ।

    या त भन्नुपर्‍यो हामी नेकपा होइनौं । जबसम्म नेकपा आफूलाई भन्छन्, तबसम्म कांग्रेसको पनि जरूरी छैन, जसपाको पनि जरूरी छैन ।

    पार्टी विभाजन नहुँदासम्म तपाइँहरूको साथ कुनै पक्षलाई नहुने भयो त ?

    जरूरी नै छैन नि ! दुई तिहाइ छ कम्युनिष्ट पार्टीको । प्रचण्ड र माधव आफैं कम्युनिष्ट पार्टीमा छन् । केपी ओली पनि त्यही पार्टीमा भएपछि अरूको के आवश्यकता पर्‍यो त ?

    यो त अहिले कुर्सीको लडाइँ हो । उहाँहरू आफैंले यो प्रमाणित गरिसक्नुभएको छ । नीति, सिद्धान्त र आदर्शको कुनै लडाइँ होइन । जब कम्युनिष्टको दुई तिहाइ रहँदैन त्यो बेला नयाँ धुव्रीकरण होला । त्यो बेला कांग्रेस कहाँ जाने, जसपा कहाँ जाने त्यो अवस्था आउँछ । अहिले त हामीलाई कुनै बाटो छैन ।

    हिजो संसद विघटन हुँदा ठूलो आन्दोलन गर्ने तयारीमा रहनुभएका तपाइँहरू अहिले त मौन हुनुहुन्छ नि ! सरकारसँग केही ‘सेटिङ’ भएको हो कि ?

    होइन, हामीले यो विषयलाई प्रतिगमन माथिको प्रतिगमनको रूपमा लिएका छौं । एउटा प्रतिगमन जो केपी ओलीले गरेका थिए त्यो सकियो । तर, कांग्रेस, एमाले माओवादी सबै मिलेर गरेको प्रतिगमन त सकिएको छैन नि !

    २०७२ सालमा गोली चलाएर जनताको भावना विरुद्ध अन्तरिम संविधानभन्दा पछि हटेर संविधान ल्याएका हुन् । कांग्रेस, एमाले, माओवादी र विजय गच्छदार समेतले १६ बुँदे सम्झौता गरेर संविधान बनाएका हुन् । त्यो प्रतिगमन त सच्चिएको छैन नि ! त्यसको विरुद्धमा त हामीले हिजो पनि संघर्ष गरेका थियौं भविष्यमा पनि गर्नेछौं । अहिले अधिकार प्राप्तिको लागि लड्ने आन्दोलनकारी जेलमा छ । रेशम चौधरी, लक्ष्मण थारू माथि मुद्दा लगाइएको छ । दर्जनौं साथी जेलमा छन् ।

    त्यो समयमा संविधान नै जलाउनुभयो । आज प्रधानमन्त्रीले यही संविधानमाथि ‘कु’ गरे भन्नुहुन्छ । यो त दोहोरो कुरा भएन र ?

    हो, कुरा यही हो । लोकतन्त्र यसैका लागि हो । लोकतन्त्र भएन भने यी नश्लवादीहरू झन् अत्याचार गर्छन् नि ! लोकतन्त्र हुँदा लड्न पाइन्छ । लोकतान्त्रिक अवस्था यो संविधानमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र छ यो संविधानमा । त्यसलाई जोगाउनुपर्छ ।

    संविधान त अहिले पनि जलाउने हो । त्योभित्रका विषयवस्तुहरू जलाउन लायक छन् । आफ्नो हित रक्षाको लागि नश्लवादीहरूले बनाएको संविधान हो । यो हामी जनताको लागि बनाइएको संविधान होइन । त्यसैले यो संविधानमा एक हजार त्रुटि छन् ।

    त्यो त्रुटिलाई सच्चाउनको लागि त फेरि जलाउनै पर्छ । विरोध गर्नै पर्छ तर, लोकतन्त्र भएपछि मात्रै संघर्ष गर्न पाइन्छ । संघीयता पहिचानसहितको भएन । त्यसको लागि त हाम्रो लडाइँ जारी नै छ नि !

    रेशम चौधरीलाई रिहाइ गर्ने र संविधान संशोधन गर्ने विषयमा अहिले सरकार केही लचक भएको हो ?

    यो गर्ने को हो पहिले त्यो बुझ्नुपर्छ । रेशम चौधरीलाई जेलमा हाल्ने काम कसले गर्‍यो त भन्दा त्यो सरकारले गर्‍यो । सरकार कसको भन्दा कांग्रेस, कम्युनिष्टको । केपी ओली, प्रचण्ड, देउवा यी सबै मिलेर रेशमलाई जेलमा हालेको हो । मुद्दा चलाएको हो । यी कांग्रेस, कम्युनिष्ट भनेका अत्याचारी हुन् । यिनीहरूले अधिकार दिंदैनन् भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

    त्यसैले कांग्रेस, कम्युनिष्टको विरुद्धमा थारू एक भएर उठ्नुपर्छ । यहाँ कांग्रेस कम्युनिष्टलाई तह नलगाई थारूले न्याय पाउँदैनन् । आदिवासी, जनजातिले न्याय पाउँदैन । देश र जनताप्रति घात गर्ने, महाकाली बेच्ने यिनै देउवा र ओली होइनन् ? अनि यिनीहरू चाहिं खोक्ला राष्ट्रवादी ? यिनीहरूलाई त नांगेझार पारेर टुँडिखेलमै झुण्ड्याइदिनुपर्छ । अनि पो देश सुध्रिन्छ । देउवा, ओली र प्रचण्डले के–के गरेका छन् यहाँ ?

    प्रचण्डले त तपाईंहरू र कांग्रेससँग मिलेर सरकार बनाउँदा भारतलाई ‘कम्फर्टेबल’ हुन्छ भन्नुभयो । भारतलाई ‘कम्फर्टेबल’ हुने सरकार गठन नगर्ने ?

    यो कुरा प्रचण्ड र माधवलाई सोध्नुहोस् । ओली र देउवालाई पनि सोध्नुहोस् । कुर्सीको लागि दिल्लीमा गएर काम गर्ने यिनै दलहरू त हुन् नि !

    तर, प्रचण्डले त तपाईंको दलको पनि नाम लिनुभएको छ । जसपा, कांग्रेस र प्रचण्ड–नेपाल समूहले सरकार बनाउँदा कसरी भारतलाई कम्फर्टेबल हुने रहेछ ?

    अहिलेसम्म प्रधानमन्त्री बन्नलाई भारत, अमेरिका, चीन र युरोपसँग सम्झौता गर्ने यी कांग्रेस, कम्युनिष्टहरू त हुन् नि !

    सबैभन्दा धेरै त तपाईंहरूलाई नै भारतपरस्तको आरोप लाग्छ । नाकाबन्दीमा पनि देखियो नि होइन ?

    यो वाहियात् कुरा हो । नश्लीय चिन्तन र सोचको परिणाम हो । नाकाबन्दी त केपी ओलीले लगाएको हो नि !

    तर, तपाईंहरू पनि आश्रय लिन सीमापारि पुग्नुभएकै हो नि !

    यो पनि नश्लीय चिन्तन र सोचबाट गरिएको प्रश्न हो । यहाँका मिडियाहरू पनि यस्तै छन् ।

    प्रश्न गर्दा मिडियालाई आरोप लगाएर पन्छिन मिल्छ ?

    मैले जवाफ दिइरहेकै छु । यो देशलाई बर्बाद गर्नेहरू नश्लीय सोचबाट पालित र पोषित सञ्चार र मिडिया पनि हुन् । राष्ट्रघातीलाई जोगाउने, मधेशलाई देखाउने, भारत विरोधी राष्ट्रवाद भन्ने, भारतलाई गाली गरेर राष्ट्रवादी हुने यस्तो पनि हुन्छ ?

    तपाईंहरूले त्यो बेला लालु यादवको दैलोमा पुगेर सहयोग मागेको जनताले बिर्से होलान् र ?

    लालु यादव वा कुनै यादवलाई भेट्दा के हुन्छ ? नेताहरू त भेट्छन् नि ! यहाँ राष्ट्रघाती को हो त्यो चिन्नु पर्‍यो ।

    भेट्न त भेट्नुस् न अमेरिकाको, चीनको, भारतको राष्ट्रपतिलाई भेट्दा के फरक पर्छ ? तर, राष्ट्रघात नगर्नुस् । यहाँ कांग्रेस, कम्युनिष्ट पार्टीका नेता भनाउँदाहरू राष्ट्रघाती काम गर्छन् । कहिले बेइजिङ पुग्छन्, कहिले दिल्ली, कहिले कहाँ पुग्छन् ! र, के–के सम्झौता गर्छन् कुर्सीको लागि ।

    अब तपाईंकै पार्टीको कुरा गरौं । जसपामा पनि तल्लो तहसम्म एकता पूरा नहुँदै नेतृत्वको किचलो शुरू हुन थालिसक्यो है ?

    हामी यो देशको वैकल्पिक शक्ति निर्माण गर्न लागेका हौं । यो ७० वर्षमा कांग्रेस र कम्युनिष्टले केही पनि गर्न सकेनन् । देश कङ्गाल भयो । अहिले जनता निराश भएका छन् । अहिले कांग्रेस र नेकपाबाट हाम्रो पार्टीमा हजारौं कार्यकर्ता प्रवेश गरिरहेका छन् ।

    यस्तो बेलामा कांग्रेस र कम्युनिष्टहरूले हाम्रो पार्टीमा विवाद छ भन्ने भ्रम फैलाइरहेका छन् । यो पार्टीमा कुनै विवाद छैन । सामूहिक नेतृत्वतर्फ पार्टी गइरहेको छ । कोरोना र प्रतिगमनले समायोजनको कुरामा केही ढिलाइ भएको छ । अब चाँडोभन्दा चाँडो तल्लो तहसम्म समायोजन हुन्छ ।

    तपाईं वैकल्पिक शक्तिको कुरा गर्नुहुन्छ । सरकारमा जाने अवस्था आयो भने प्रधानमन्त्री कसलाई बनाउँदा ठीक होला ?

    वैकल्पिक शक्ति प्रधानमन्त्री बनाउनको लागि होइन नि ! वैकल्पिक शक्ति बहुराष्ट्रिय राज्यको लागि गर्ने हो । एकल राष्ट्रिय राज्यबाट बहुराष्ट्रिय राज्यमा लैजाने हो ।

     

  • राजेन्द्र महतो भन्छन्– तत्काल सरकारमा जादैनौं, अविश्वास प्रस्तावबारे सोचेका छैनौं

    राजेन्द्र महतो भन्छन्– तत्काल सरकारमा जादैनौं, अविश्वास प्रस्तावबारे सोचेका छैनौं

    कैलाली । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तत्काल आफूहरू सरकारमा नजाने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएको उनको तर्क छ ।

    ‘अहिलेसम्म कम्युनिस्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन’ नेपाल प्रेससँग उनले भने, ‘अहिले कांग्रेस पनि सरकारमा सहभागी हुँदैन, हुनु हुँदैन ।’

    उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने समेत स्पष्ट पारेका छन् । महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए ।

    ‘हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा छैन’, उनले भने, ‘अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यैबेला छलफल हुन्छ ।’

  • ओलीको कदम संवैधानिक व्यवस्थामाथि आतंककारी हमलाः महतो

    ओलीको कदम संवैधानिक व्यवस्थामाथि आतंककारी हमलाः महतो

    विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य संविधान समाप्त पर्ने खेल भएको बताएका छन् ।

    उनले नेकपाको ओली सरकारलाई पाँच वर्ष चलाउन जनताकाे म्यान्डेट भए पनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताए ।

    जनता समाजवादी पार्टीको आयोजनामा विराटनगरमा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै महतोले भने,‘ओलीको कदम संवैधानिक मूल्य,मान्यतामाथिको आक्रमण हो । एक प्रकारले ओलीले संवैधानिक व्यवस्थामाथि आतंककारी हमला गरेका छन् ।’

    प्रधानमन्त्री ओलीको कदम महाप्रतिगामी भएको भन्दै उनले आन्दोलनको बलमा ओलीको प्रतिगमनको कार्य सच्याउन दलहरु आन्दोलनमा जानुपरेको बताए ।

    उनले संसद विघटनाको पुनर्स्थापनामा जानु या आम निर्वाचनमा जानु तत्काल समस्याको समाधान मात्र हुने बताए । उनले संविधानमा जनताको अधिकार पूर्ण ग्यारेण्टी नभएसम्म जनताको एजेन्डा स्थापित नहुने बताए ।

    उनले अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पूर्ण अधिकारसहित संविधानमा पुनर्लेखन आवश्यक रहेकोमा जोड दिए ।

  • प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ– राजेन्द्र महतो

    प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ– राजेन्द्र महतो

    जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेकपा (प्रचण्ड–माधव पक्ष) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखेका छन् । संसद विघटनविरुद्ध आयोजित एक कार्यक्रममा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा प्रचण्डको बढी आलोचना गरे ।

    उनले भने– युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँडेर हजारौको हत्या गरे । उनलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ ।

    राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद गरिएकोसँग तुलना गर्दै महतोले भने– रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्डलाई एक वर्ष कैद गर्दा पनि पुग्दैन ।

    नेपालको संविधानमै त्रुटि भएको भन्दै उनले संसद विघटन पनि त्यसकै परिणाम भएको तर्क गरे ।

    विरोधसभालाई सम्बोधन गर्दै जसपा नेतृ रेणु यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि गलत भएको टिप्पणी गरिन् । उनले भनिन्– ओलीले प्रचण्ड र नेपाललाई चोर भन्छन् । प्रचण्ड–माधव नेपालले ओलीलाई चोर भन्छन् । तर म भन्छु– दुबै जना चोर हुन् ।

    जसपा नेता बृषेशचन्द्र लालले संसद विघटनको सवालमा प्रचण्ड र माधव नेपालले मधेसको मुद्दा सम्बोधन गर्ने, संविधान अपुरो हो र संशोधन गरी मधेसी जनताको अधिकार दिलाउने प्रतिवद्धता नजनाएसम्म संयुक्त रुपमा आन्दोलन गर्न नसक्ने स्पष्ट पारे ।

     

  • माधव नेपाल र राजेन्द्र महतो पुगे जनकपुर

    माधव नेपाल र राजेन्द्र महतो पुगे जनकपुर

    जनकपुरधाम । नेकपा अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता राजेन्द्र महतो आज एउटै फ्लाइटबाट जनकपुरधाम आइपुगेका छन् ।

    आज साँझ जनकपुरधाम अवतरण गरेका अध्यक्ष नेपाल र जसपा वरिष्ट नेता महतोलाई आ–आफ्नो पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । संसद विघटनविरुद्ध उनीहरु धनुषा र सिरहाका अलग-अलग कार्यक्रममा सहभागी हुने बताइएको छ ।

    प्रचण्ड समूहका नेकपा अध्यक्ष नेपाल शनिबार सिरहाको कर्जन्हामा जय गोबिन्द यादवको स्मृति सभामा सहभागी हुनेछन् । उनी धनुषाको मिथिला बिहारी नगरपालिकाको तारापट्टी र कचुरीमा भुमिगत समयका सहकर्मीहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको एक नेताले बताए ।

    धनुषा क्षेत्र नं. ३ बाट महतो निर्वाचित भएका थिए । उनी आफ्ना क्षेत्रका जनतासँग भेटघाट र संसद विघटनविरुद्ध पुस २५ गते जनकपुरमा हुने सभामा सहभागी हुन आएको बताइएको छ ।

  • संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

    संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भए पनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

    रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा महतोले भने– संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ । स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।

    देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने महतोले बताए । अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो ।