Tag: राजेन्द्र पाण्डे

  • वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

    ‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ । सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु’, पाण्डेले भने ।

    पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि प्रदेशसभामा अहिले दलीय आधारमा धारणा राख्ने क्रम सुरू भएको छ ।

  • पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

    पाण्डेले लिए मुख्यमन्त्रीको सपथ, गठबन्धनबाट बने तीन मन्त्री

    हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रमुख यादवचन्द्र शर्मा समक्ष दिउँसो ३ः३० मा सपथ लिएका हुन्।

    पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् । गठबन्धनमा आबद्ध माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल गरी तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

  • वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

    वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

    मकवानपुर । वागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

    एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि हिजो मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।

    प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

    वागमती एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिकरूपमा नेताहरूले बोलेका छैनन् ।

  • राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ)

    राजेन्द्र पाण्डेको कटाक्ष- अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं (भिडि‌ओ)

    हेटौडा । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहविरुद्ध बनेको गठबन्धनले संविधान र लोकतन्त्र जोगाउने गरी काम गर्ने बताएका छन् ।

    वागमती प्रदेशसभामा बोल्दै पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको बताए ।

    ‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध उभ्याउने हामी नै हौं । आज उनै डोरमणिले गरेका कामको फेहरिस्त सुनाएर अष्टलक्ष्मीजीले निवेदन गरेजस्तै लाग्यो’, पाण्डेले भने ।

    उनले अल्पमतमा परेको ३९ दिनसम्म मुख्यमन्त्रीको कुर्सीमा टाँस्सिएर बस्नु अशोभनीय भएको भन्दै पाण्डेले शाक्यलाई राजीनामा दिन सुझाव दिए । पाण्डेले गठबन्धनका तर्फबाट आफूलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएकोमा धन्यवाद दिए ।

  • बालुवाटार बैठक : प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति

    बालुवाटार बैठक : प्रदेश १ र वागमतीको मुख्यमन्त्री नेकपा एसले पाउने सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

    बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको थियो ।

    नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा एसले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।

  • नेकपा एस वागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

    नेकपा एस वागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

    काठमाडौं । नेकपा एसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । संसदीय दलका ज्येष्ठ सदस्य माधव पौडेलको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो ।

    बैठकले वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीको समर्थन नरहने स्पष्ट पार्दै सोको व्यहोरा प्रदेशसभा सचिवालयमा पठाउने निर्णय पनि गरेको छ ।

    बैठकले नेकपा एस वागमती प्रदेशसभा संसदीय दलको नेता पाण्डेलाई मुख्यमन्त्री बनाउन अन्य राजनीतिक दलसँग संवाद थालनी गर्ने निर्णय पनि गरेको छ ।