Tag: राजीनामा

  • गाउँपालिका अध्यक्ष लड्न ओखलढुंगा भूमि आयोगका अध्यक्षले दिए राजीनामा

    गाउँपालिका अध्यक्ष लड्न ओखलढुंगा भूमि आयोगका अध्यक्षले दिए राजीनामा

    ओखलढुंगा । भूमि आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष अशोक कार्कीले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनाव लड्ने भएपछि उनले भूमि आयोगकाे जिल्ला समिति अध्यक्षबाट राजिनामा दिएका हुन् ।

    नेपाली कांग्रेसका पुराना नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त भएका थिए । आयोगको अध्यक्ष नियुक्त भए लगत्तै उनले आयोगको काममा आफु जागिर खाएर बस्दा पार्टी संगठन निर्माण र चुनाव परिचालन कमजोर हुने र आफूले पदबाट राजिनामा दिने बताउँदै आएका थिए ।

    आफू स्थानीय निर्वाचनको दावेदार रहेको र स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेल भए संघ र प्रादेशिक निर्वाचनकोसमेत तयारी गर्ने गरी भूमि आयोगबाट राजिनामा दिएको उनले बताए । कार्कीले विहिबार आयोगको कार्यालयमा पुगेर राजिनामा बुझाएका छन् ।

    आयोगको अध्यक्षमा नियुक्त कार्की यस वर्ष चुनावको तयारीमा थिएनन् । तर बुधबार जिल्लामा माओवादी केन्द्र र कांग्रेसको चुनावी तालमेल भएपछि पालिका अध्यक्ष जित्ने सम्भावना बढेको भन्दै राजीनामा दिएका हुन् ।

    यद्यपी लिखु गाउँपालिकामा माओवादीले पनि दावी छाडेको छैन । कार्की २०७४ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । नेकपा एमालेका गोविन्दबहादुर पौडेलसँग झिनो मतले उनी पराजित भएका थिए ।

  • श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदहरूले पनि दिए राजीनामा

    श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदहरूले पनि दिए राजीनामा

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

    आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएको छ । अलग भएका सांसदहरूले विपक्षीहरूलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन् ।

    राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन् । राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए । तर राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आएका छन् ।

  • सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

    सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट सर्लाहीमा खटिएका निर्वाचन अधिकृत बिनोद कार्कीले अधिवेशन गराउने वातावरण नरहेको भन्दै राजीनामा दिएका हुन् ।

    उनले सर्लाही कांग्रेसका सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटेकोले निर्वाचन गराउने वातावरण नभएको बताएका छन् ।

  • प्रधानन्यायाधीशको राजीनामा बारे कसले के भने ? (भिडिओ)

    प्रधानन्यायाधीशको राजीनामा बारे कसले के भने ? (भिडिओ)

    काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक पटक मौका दिदाँ पनि नसुध्रिएको भन्दै न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

    न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको उनको भनाई छ । प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैले हेर्ने लगायतका काम गरेको उनले बताए ।

    उनले भने,‘यति ठुलो विकृति, यति ठुलो भ्रष्टाचार, अनियमितता नेपालको न्यायालयमा यो भन्दा पहिले कहिल्यै पनि भएको थिएन । न्यायालयलाई गुटबन्दीमा प्रश्रय दिने काम गरियो । आ–आफ्नो स्वार्थको मुद्दा उहाँले अमुक इजलाशमा तोक्न थाल्नुभयो, आफुले हेर्न थाल्नुभयो । आफ्नो गुटलाई संरक्षण गर्ने, त्यही खालका मुद्दाहरु उहाँले तोक्ने, बाँकीलाई अपहेलना गर्ने गर्न थाल्नुभयो । उहाँलाई मौका दिएको, सुध्रिने चान्स नदेखेपछि अब बढी क्षति हुन नदिनका लागि, क्षतिलाई नियन्त्रण गर्नका लागि पनि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढंगले सञ्चालन गर्न नसकेको बताएका छन् । उनले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भुमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकोले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनि प्रश्न गरे ।

    प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ गर्ने लगायतका काम गरेको उनले बताए ।

    उनले भने,‘सिनियर न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ भएको छ । न्याय सम्पादन गर्ने, प्रधानन्यायाधीशले गर्ने नेतृत्व पनि ठिक किसिमले गर्नुभएन । भ्रष्टाचार व्यापक भो । प्रधानन्यायाधीश अहिले दलको भुमिकामा जानु भो । दलको नेताको भुमिकामा जानु भो उहाँ । कार्यकारी पदमा नियुक्त गर्ने कुरा त दलको मात्रै हो नि । त्यो दललाई मात्र अधिकार छ । प्रधानन्यायाधीसले नियुक्त गर्न थाल्नु भो आफ्नो मान्छे । मन्त्री नै खोज्नुभयो भनेपछि त उहाँ त अब प्रधानन्यायाधीश बन्नुभयो कि पार्टीका नेता बन्नुभयो ? उहाँ दलका नेता बन्नुभयो । दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने ? शक्तिपृथकीकरणको सिद्धान्तभन्दा बाहिर गएर आफ्नो गतिविधिलाई अगाडी बढाउनुभयो । न्यायपालिका भित्र पनि ठिक गर्नुभएन ।’

    मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताइन् । त्यस्तो नेतृत्वले बाटो खोल्नु उसको दायित्व भएको पनि उनले बताइन् । उनले भनिन् ,‘न्यायपालिकाको नेतृत्वले न्यायपालिकाको गरिमाको रक्षा गर्न सक्दैन भने बाटो खोल्ने उसको आफ्नो पनि दायित्व होला । आफुले पनि त्यो बाटो खोलिदिनु पर्छ ।’

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीसलाई ठाउँ दिने राजनीतिक दल र नेताहरुमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राखे ।

    उनले भने,‘एउटा न्यायाधीशले मन्त्री बार्गेनिङ गरेर फैसला गर्नसक्ने स्पेस कसले दियो ? उसले कुनै आन्दोलनबाट खोसेर ल्याएको हो चोलेन्द्रले ? होइन नि त । त्यो त हामीले स्पेश दिदैँ दिदैँ लिएर गएको छौँ भने स्पेस दिने माथिपनि हामीले प्रश्न उठाउन सक्नुप¥यो ।’

    त्यसैगरी छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा किन आवश्यक छ भन्ने सम्बन्धमा स्पष्ट पार्न नेपाल बार एसोसिएसनले श्वेतपत्र जारी गर्नुपर्ने बताए ।

    राजनीतिक दलहरुपनि उम्किन नमिल्ने भन्दै उहाँले प्रधानन्यायाधीशउपर संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल बार एसोसिएसनले एउटा स्वेतपत्र ल्याउनुपर्छ चोलेन्द्र किन हट्नुपर्छ ? किन उनको विकल्प जरुरी छ ? यसबाट कसरी न्यायपालिका अगाडी जान्छ ? संस्थागत रुपमा नेपाल बार एसोसिएसनले स्वेतपत्र जारी गरोस् । राजनीतिक दलहरुले जवाफदेहिता लिने कुराबाट बाहिर जान पाउँदैनन् । त्यसैले महाअभियोग प्रस्ताव दर्ता गरियोस् ।’

     

     

  • न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार

    न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए ।

    स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छन् । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्गप्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’

    राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।

    प्रधानन्यायाधीश राणासँग छलफल सकेर १४ न्यायाधीश फेरि आपसी छलफलमा जुटेका छन् । उनीहरुले आज पनि इजलासमा भाग लिएका छैनन् ।

  • एमालेमै फर्कन सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

    एमालेमै फर्कन सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

    कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।

    नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिएका हुन् । राज्यमन्त्री गहतराजले पनि एमालेमा रहेने भन्दै मुख्यमन्त्रीलाई राजीनामा दिएकी हुन् ।

    विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।

    एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।

  • निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माको राजीनामा

    निर्वाचन निर्देशिकाप्रति असहमति जनाउँदै कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाल दलित संघको अध्यक्ष समेतबाट राजीनामा घोषणा गरेका छन् ।

    विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिएका हुन् ।

    षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले बताएका छन् ।

    आफू एक जिम्मेवार सदस्यको हिसाबले यस्ता असमावेशी र शेरबहादुर देउवाको नेतृत्वमा अघि सारिएको समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाउने यस्तो नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भएकाले दुवै पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

    कांग्रेसभित्र विश्वकर्मा सभापति देउवाका निकटस्थ मानिन्छन् ।

  • नेप्सेका सीईओ साउदले दिए राजीनामा

    नेप्सेका सीईओ साउदले दिए राजीनामा

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

    श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएको घोषणा गरेका हुन् । आफूले पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दावी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामाको घोषणा गरेका छन् ।

    सेयर खरिदबारे साउदले प्रष्ट्याउँदै भनेका छन्, ‘नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिइ आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर विक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ’ भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।’

    बिक्री प्रस्तावका लागि स्वीकृतिको कागजात पेस गर्दा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर खरिद गर्दा भित्री सूचना प्राप्त हुने अवस्था नदेखिएको उनको जिकिर छ ।

    आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले उनीहरू दुईजनामाथि कारवाही गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो ।

  • आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न

    आमन्त्रित केन्द्रीय सदस्यको मागमा रामचन्द्र असहमत, देउवाले भनेः अन्याय हुन दिइन्न

    काठमाडौं । कांग्रेसमा सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले सिधा असहमति व्यक्त गरेका छन् । सभापति देउवाले नरम प्रतिक्रिया दिए ।

    आजको  केन्द्रीय  समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा पछि बोलेका पौडेलले उनीहरुको माग पूरा हुन नसक्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

    उनले बैठकमा भने, ‘म पनि वडाबाटै चुनिएर आउने हो, विधानमा भएको व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । कि सभापतिले विधान संसोधन प्रस्ताव ल्याउनुपर्यो । होइन भने विधानमा नभएको व्यवस्था तपाईंहरुका लागि मात्रै कसरी गर्ने ?’

    अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुन्ने बताए ।

    उनले भने, ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न ।’

    संक्षिप्त प्रतिक्रियापछि देउवाले आजको बैठक सकिएको घोषणा गरेका थिए ।

    कांग्रेसमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेसन प्रतिनिधि हुने व्यवस्था छ । तर आमन्त्रित केन्द्रीय सदस्यहरुलाई त्यो सुविधा छैन । पार्टीको विधानमा १० जना मात्रै आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था भए पनि अन्य पार्टीबाट समायोजन गर्दा २२ जना बनाइएको थियो ।

    कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु सबै देउवाले मनोनित गरेका हुन् । त्यसैले वरिष्ठ नेता पौडेल उनीहरुको मागप्रति उदार छैनन् । कांग्रेसको अर्को बैठक भोली २ बजे बस्ने छ ।

  • कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)

    कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

    कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।

    जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

    कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।  आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ । २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

    सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु :

    १. नन्दनकुमार दत्त
    २. कुमार खड्का
    ३. बालकृष्ण पाण्डेय
    ४. गोरख (आनन्द) विष्ट
    ५. नरेन्द्रकुमार चौधरी
    ६. हसन अन्सारी
    ७. किरणराज शर्मा पौडेल
    ८. रमा कोइराला पौडेल
    ९. कृष्णकिशोर घिमिरे
    १०. गोपालकुमार बस्नेत
    ११. सुधीरकुमार शिवाकोटी
    १२. मनोहरनारायण श्रेष्ठ
    १३. ध्रुव वाग्ले
    १४. मोहनसिंह राठौर
    १५. शम्भुलाल श्रेष्ठ
    १६. अभिषेख प्रताप शाह
    १७. दयाराम पाण्डे
    १८. जनकराज कलौनी
    १९. भूमिबहादुर (विश्व) गुरुङ
    २०. आशाराम चौधरी
    २१. दिलीप राई
    २२. राजेश बहादुर सिंह

  • मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए ।

    एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाए ।

  • देउवालाई भेटेर महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

    देउवालाई भेटेर महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

    काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

    विष्टले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

    ३ वर्षे कार्यकाल पूरा गरेका विष्टले सन्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको जानकारी गराएका थिए । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनले बताए ।

    पदबाट राजीनामा दिएकोमा देउवाले विष्टलाई धन्यवाद दिए । राजिनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै बिदाई लिएका छन् ।

  • एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

    एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पनि पदबाट राजीनामा दिएका छन् ।

    एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्षको रोहवरमा अध्यक्षलाई प्रवक्ताबाट राजीनामा बुझाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    राईले आजै ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन राखेका छन् । र, राजीनामाको कारण पनि पत्रकार सम्मेलनमै प्रष्ट्याउन उनले बताएका छन् ।

  • अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध खनिए समर्थक

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणासँगै नेपाली फुटबल समर्थक पंकजविक्रम नेम्बाङ विवादमा तानिएका छन् । नेपाली फुटबल समर्थहरु सामाजिक सञ्जालमा उनीमाथि खनिएका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले आइतबार दिउँसो (केही बेरअघि) मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेका थिए ।

    आफूले राजीनामा दिनुको कारण उपाध्यक्ष नेम्बाङ रहेको बताएसँगै समर्थक नेम्बाङमाथि खनिएका हुन् । नेम्बाङको व्यक्तिगत फेसबुक टाइमलाइनमा अपलोड गरिएका फोटोहरूमा अपशब्दसमेत प्रयोग गरेर नकारात्मक कमेन्ट आइरहेका छन् । उनले तुरुन्तै राजीनामा दिनुपर्ने माग पनि गरिएको छ ।

    अल्मुताइरीले फेसबुकमा स्टाटस लेख्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले तीन सातादेखि गरिरहेको ‘नाटक’ का कारण राजीनामा दिन गइरहेको बताएका थिए । उनले भनेका छन्, ‘अब तपाईं खुशी हुनुभयो होला नि पंकजविक्रम नेम्वाङ ?’

    को हुन् पंकजविक्रम ?
    २०७५ वैशाख १२ गते शनिबार भएको एन्फाको १६औं साधारणसभाबाट कर्मा छिरिङको प्यानल निर्वाचित भएको थियो । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी भएका नेम्बाङ २०७६ साल वैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।

    पछिल्लो समय एन्फाको राजनीतिसँगै पंकज विक्रम अध्यक्षको कटु आलोचकका रूपमा देखा परेका छन् । कार्यसमिति बैठक बहिस्कार, नोट अफ डिसेन्ट लगायतका विषयका कारण चर्चामा आइरहने नेम्बाङलाई आगामी चुनावमा अध्यक्ष पदको प्रत्याशीका रूपमासमेत हेरिएको छ । तर, प्रशिक्षकको राजीनामापछि उनी विवादित बनेका छन् ।

    यु-१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाइएको विषयमा पनि नेम्बाङको तिव्र आलोचना भएको थियो ।

    २०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन गएको नेपाली यु -१६ टोलीको पहिलो रोजाइका गोलकिपर रोशन नेपाललाई टोली बाहिर राख्दै नेम्बाङका छोरा पथ्युहाङ नेम्बाङलाई जोर्डन पठाइएको थियो ।

  • सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल (भिडियोसहित)

    सभामुखलाई राजीनामा बुझाएर बाहिरिए रावल (भिडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।

    ‘केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवमं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ’, राजीनामापत्रमा रावलले भनेका छन्, ‘यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापका विरुद्ध जम्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपग्दा उच्च राजनीतिक नेतत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एबम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हन श्रेयष्कर भएकोले उक्त प्रकारको दषित खेलवाट आफलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

  • प्रदेश २ मा जसपाका दुई मन्त्रीको राजीनामा, माओवादीबाट मन्त्री थपिँदै

    प्रदेश २ मा जसपाका दुई मन्त्रीको राजीनामा, माओवादीबाट मन्त्री थपिँदै

    जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।

    नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दुवै मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसकेको स्रोतले जनाएको छ ।

    खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । साह महोत्तरी क्षेत्र १ (१)बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।

    ‘हिजोसम्म कृषि र अर्थमन्त्रालयमध्ये कुनै एक मन्त्रालय दिने कुरा थियो’, माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘तर आज आन्तरिक मामिला तथा सञ्चार मन्त्री दिने कुरा सुनेँ ।’

  • लुम्बिनीमा जसपाबाट राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

    लुम्बिनीमा जसपाबाट राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

    सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन् । प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन् ।

  • स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन

    स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन

    जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा चरम लापरबाही गरेको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग्दै यूवाहरुले प्रदर्शन गरेका छन् ।

    प्रादेशिक अस्पताल अगाडी स्थानीय यूवाहरुले सामाजिक दूरी कायम राखेर स्वास्थ्यमन्त्री त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहको राजीनामा मागेका हुन् ।

    कोरोना संक्रमितलाई उपचारको व्यवस्था गर्न असफल भएको भन्दै स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा मागेको ती युवाले बताएका छन् ।

    प्रदर्शनमा सहभागी युवाले कोरोनाको उपचार निःशुल्क गर, जनता मार्न पाइँदैन, अक्सिजनको व्यवस्था गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले सरकारको लापरबाहीले संक्रमितहरु उपचार नपाएर ज्यान गुमाउन बाध्य बनिरहेको आरोप लगाएका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरले कोभिड वार्ड सञ्चालन त गरेको छ तर डाक्टर नबस्ने गरेको र स्वास्थ्य सामग्री पनि बाहिरबाट किन्न लगाएको बिरामीका आफन्तको आरोप छ । डाक्टरले लापरबाही गरेकै कारण बुवाको ज्यान गएको भन्दै दाजु-भाईले कोभिड वार्डकै भेन्टिलेटर तोडफोड गर्दा अहिले प्रहरी हिरासतमा छन् ।

    जनकपुर पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । दैनिक डेढ सयदेखि २ सयसम्म संक्रमित भेटिन थालेपनि प्रदेश र संघीय सरकार कोरोना रोकथाम तथा नियन्त्रण र सहज उपचारको प्रबन्ध मिलाउन सकेका छैन ।

  • ओलीलाई माधव पक्षको ‘डेडलाईन’ : जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा

    ओलीलाई माधव पक्षको ‘डेडलाईन’ : जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा

    काठमाडौं । माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने स्थायी कमिटीको निर्णयपछि नेकपा एमालेभित्रको राजनीतिले कोल्टे फेरेको छ ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएका छन् ।

    तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए ।

    ‘हाम्रो स्थायी कमिटी बैठक भयो,’ रावलले नेपाल प्रेससँग भने, ‘स्थायी कमिटी बस्दा-बस्दै उहाँहरूले कारवाही फिर्ता लिएको पनि हामीले सुन्यौं । हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने । गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्ध गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

    रावलले यी कुरामा सहमति नभए कार्यालय समयभित्र राजीनामा दिने बताए । उनले भने, ‘हाम्रो कुरामा दिउँसो चार बजेसम्म सुनुवाइ नभएमा कार्यालय समयभित्र राजीनामा दिन्छौं । ’

  • सामूहिक राजीनामा विनाशको बाटो हो : पौडेल

    सामूहिक राजीनामा विनाशको बाटो हो : पौडेल

    काठमाडौं । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले सामूहिक राजीनामा ‘आत्मदाहको बाटो’ भएको टिप्पणी गरेका छन् । माधव नेपालसँग वार्तापछि बाहिरिने क्रममा नेता पौडेलले सामूहिक राजीनामा नआउने विश्वास व्यक्त गरे ।

    सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले सहमति र एकताको सम्भावना नसकिएको बताए ।

    ‘माधवजीहरू जहाँ पुग्नुभएको छ त्यहीँ रोकिएर सहमतितर्फ एककदम फर्कनुपर्छ । सामूहिक राजीनामा भनेको आत्मदाहको बाटो हो । विनाशको बाटो हो । त्यो बाटो हिड्नुहुँदैन भन्ने लाग्छ’, पौडेलले भने ।

  • माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

    माधव पक्ष भन्छ- समानुपातिक सांसदले राजीनामा दिने भनेको होइन

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले समानुपातिक सांसदले राजीनामा दिनेबारे छलफल नै नभएको प्रष्ट पारेको छ ।

    केही समानुपातिक सांसदले आफूहरू राजीनामाको विपक्षमा रहेको भन्दै वक्तव्य दिन थालेपछि नेपाल पक्षले प्रत्यक्ष निर्वाचित सांसदको मात्र राजीनामाको हस्ताक्षर भएको जनाएको छ ।

    एमाले केन्द्रीय सदस्य तथा कैलाली २ बाट निर्वाचित माधव पक्षीय सांसद झपट रावलले आफूहरू भोलि बिहानसम्म पनि एमालेको एकता कायम हुने विश्वासमा रहेको बताए । उनले एमाले बन्न पनि नपाउने र आफूहरुको मत लिएपछि कारवाही गर्ने तयारी रहेकाले त्यसो हुनुभन्दा राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा पुगिएको बताए ।

    रावलले नेपाल प्रेससँग भने, ‘समानुपातिक सांसदले राजीनामा दिने कुरै भएको छैन र त्यो आवश्यक पनि छैन । जहाँसम्म हाम्रो कुरा छ, हामी एकताबद्ध एमाले चाहन्छौं । हामीलाई एमाले हुन देऊ भन्दा हिजो नेकपाको पालामा फरक मत राखेकै आधारमा एमाले हुन दिइएन ।’

    रावलले माधव नेपाल पक्षले एमालेमा अहिले धेरै कुरा केही नमागेको बताए । उनले सर्वोच्च अदालतले जहाँ फर्काइदिएको हो, त्यहिँबाट शुरू गर्दा एमाले एकताबद्ध हुने दावी गरे । तर, २७ गते आफूहरूको मत लिएर २८ गते कारवाही गर्ने तयारी बुझेपछि त्यसरी अपमानित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु बाध्यात्मक विकल्प रहेको रावलले बताए ।

    उनले भने, ‘अहिले नै कारवाही गर्दा संसदमा अल्पमतमा पर्ने भएर रोकिएको हो । यसरी अपमानजनक ढंगले पार्टीबाट निष्कासन हुनुभन्दा राजीनामा दिनु उपयुक्त भयो । हामी एमालेकै सांसद भएर फ्लोर क्रस गर्न पनि चाहेनौं ।’

    रावलले अहिले पनि अध्यक्ष ओलीले चाहँदा एमालेको एकता पनि जोगिने र सबै एमाले मिलेर सरकार जोगाउन लाग्न पनि सकिने बताए ।

  • लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

    लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

    रूपन्देही । लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताए । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आएका थिएनन् ।

    माओवादी सांसद दामा शर्माले डाँगी माओवादी केन्द्रमा आएको र १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बताइन् ।

  • माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा !

    माधव नेपाल समूहमा छलफल- वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेको अवस्थामा राजनीतिक रूपमा विभाजित रहेको नेकपा एमाले सग्लो रहला ?

    यो प्रश्नमा केन्द्रित रहेर दुई विकल्पमा चर्चा भइरहेको बेला एकाएक तेस्रो तर राजनीतिक रूपमा उथलपुथल ल्याउन सक्ने नयाँ विकल्पबारे समेत छलफल शुरू भएको छ ।

    अहिलेसम्म माधव नेपाल पक्षका सम्भावित दुई विकल्प थिए ।

    पहिलो, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र पार्टी एकताको पक्षमा आफूहरू रहेको सन्देश स्थापित गर्ने ।

    अनि दोस्रो, ओलीले यसबीचमा आफूहरूसँग संवाद र सहयोगको याचना नगर्ने र पार्टी एक बनाउन पहल नगर्ने हो भने संसदमै उपस्थित भएर विपक्षमा मतदान गर्ने वा अनुपस्थित हुने ।

    तर माधव नेपाल समूहमा अब तेस्रो विकल्पमाथि समेत छलफल शुरू भएको छ । त्यो भनेको, ओलीलाई सत्ताच्यूत गर्न र उनकै नेतृत्वमा चुनावमा जान नदिन विपक्षी गठबन्धनलाई बहुमतमा पुर्‍याइदिने ।

    अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

    त्यसका लागि माधव नेपाल समूहका कम्तीमा २१ जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको एमालेका एक प्रभावशाली नेताले बताए । त्यो विकल्पमा जानुअघि ओलीसँग निर्णायक संवाद र शेरबहादुर देउवा तथा प्रचण्डसँग पनि छलफल हुने बताइन्छ ।

    आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको हो । त्यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रिया टुंगिनेछ ।

    राजीनामाको विकल्प किन ?

    प्रतिनिधिसभाको गणितलाई केपी ओलीको प्रतिकूल बनाउन र माधव नपाल पक्षकै नेताहरूका भनाइमा ‘ओलीको दम्भलाई ओराल्न’ सांसद पदबाट सामूहिक राजीनामा राजनीतिक निर्णय हुनसक्छ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम पक्षको बहुमत पुग्छ ।

    हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।

    त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो ।

    अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘केपी ओलीले हामीलाई एमाले भएर बस्न नदिने नै भएपछि सीमित विकल्प छन् । अविश्वास प्रस्ताव आएको भए हामीलाई अप्ठेरो पर्थ्यो । ओली आफैं विश्वासको मत लिन गएपछि फ्लोर क्रस गरेर ढाल्नुभन्दा सामूहिक राजीनामा दिनु राजनीतिक निर्णय हुने देखियो ।’

    आफ्नै पार्टीविरुद्ध फ्लोर क्रस गरेको सन्देश राम्रो नजाने भएकाले राजनीतिक निर्णयका आधारमा सांसदहरूले राजीनामा दिएर हिडेपछि संसदमा विपक्षीको बहुमत पुग्ने र ओलीको सरकार ढल्ने बुझाइ माधव नेपाल पक्षको छ । सामूहिक राजीनामा राजनीतिक नैतिकताको हिसाबले पनि उपयुक्त विकल्प परहेको बुझाइ नेताहरूको छ ।

    राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

    ती नेताले भने, ‘ओलीले हामीबिनाको एमाले बनाएर हिडिसकेपछि हामीले ओलीलाई विश्वासको मत दिएर जोगाउनु जरुरी छैन । यसबीचमा उनले जेठ २ मा फर्किने कुरालाई कुनै न कुनै रूपमा सम्बोधन गरे भने अझै पनि मौका छ । जे-जे निर्णय गर्ने हो त्यही बैठकबाट गरे हुन्छ । नत्र अब राजीनामा दिएर विभाजनलाई पूर्णता दिने विकल्पमात्र बाँकी रह्यो ।

    कर्णालीका ४ सांसदको फ्लोर क्रस र लुम्बिनीका एक सांसदको राजीनामाले एमालेको दिशा तय गरिसकेको छ । अब प्रतिनिधिसभाका माधव पक्षका सांसदहरूले सामूहिक राजीनामा दिए भने त्यो सिलसिला सबै प्रदेशमा चल्नेछ । एकैसाथ केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार ढाल्नका लागि सामूहिक राजीनामाको विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।

    कति जनाले राजीनामा दिन्छन् ?

    आजको मितिमा माधव नेपाल पक्षसँग कम्तीमा ३० जना सांसद छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएको दिनसम्म नेपाल पक्षमा ४१ जना सांसद थिए । अदालतको फैसला लगत्तै लालबाबु पण्डित, माया न्यौपाने र विष्णु शर्माले संस्थापन पक्ष रोजे ।

    त्यसपछि कृष्णभक्त पोखरेल र गोपाल बमले माधव नेपालको साथ छाडेका थिए । शेरबहादुर तामाङले प्रतिनिधिसभा पुनःस्थापनाअघिनै ओलीलाई साथ दिएका थिए ।

    पछिल्लो समय ध्रुव शाही, पार्वती बिशुंखे, गंगा चौधरी सतगौंवा र बिना बुढाथोकीलगायतले संस्थापन पक्षमा झुकाव राखेका छन ।

    राजीनामा दिँदा प्रत्यक्ष निर्वाचित सांसदहरूले दिनेछन् । समानुपातिकले दिए पनि उनीहरूको ठाउँमा बन्दसूचीबाट अरु निर्वाचित गराउने प्रक्रिया शुरू हुने भएकाले प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने गरी छलफल भएको बताइएको छ ।

    यदि २१ जनाले राजीनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो ।

    कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजीनामाको चर्चा चलेको हो ।

    सामूहिक राजीनामा दिन माधव पक्षका २२ जना नै प्रत्यक्ष निर्वाचित सांसद तयार हुन्छन् कि हुँदैनन् ? प्रष्ट भइसकेको छैन । अहिले राजीनामा दिने भनेको २ वर्ष बाहिर रहने हो र राजनीतिक भविष्य पनि दाउमा राख्ने नै हो । जे भए पनि ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्या आफूहरूसँग तयार रहेको नेपाल पक्षका नेताहरू बताउँछन् ।

    राजीनामा दिँदा वैशाख २६ को अबेर वा २७ गते प्रतिनिधिसभाको बैठकअघि सभामुखसमक्ष दिने सम्भावना छ । त्यसो भयो भने समानुपातिक सांसदको पदपूर्ति गर्ने मौका केपी ओलीले पाउँदैनन् भन्ने बुझाइ नेपाल पक्षका नेताहरूको छ ।

    के ओलीले माधव पक्षलाई समेट्न कुनै लचिलो कदम चाल्छन् ? निकटस्थहरूका अनुसार त्यो सम्भावना कम छ । उनी गुटगत डिल नगर्ने र सांसदहरूसँग एक्ला एक्लै संवाद गर्ने लाइनमै यथावत छन् । तर, सामूहिक राजीनामाको कुरा ओलीमाथि माधव पक्षको अन्तिम र निर्णायक दबाब भने हुनेछ ।

    माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसद

    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६ . यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल

    ११. जीवनराम श्रेष्ठ

    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल

    १४. गोकर्ण विष्ट

    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी

    १७. हिराचन्द्र केसी

    १८. झपट रावल

    १९. भीमवहादुर रावल

    २०. दिपकप्रकाश भट्ट

    २१. राजबहादुर बुढा

    २२‍. सुरेन्द्र पाण्डे

    यो पनि पढ्नुहोस्:

     

  • एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

    एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

    रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

    शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका थिए। सभामुख पूर्ण घर्तीले पाण्डेको राजीनामा स्वीकृत गरेका हुन् ।

    कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले पेस गरेको राजीनामा पत्रमा हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने राजीनामा दिएको उल्लेख गरेका थिए ।

  • लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा

    लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा

    रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

    शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।

    कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

  • मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

    दाङ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् ।

    माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

    केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ ।

    प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेल त्यसको सामना गर्नेबारे छलफलमा जुटेका छन् ।

  • कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

    कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।  पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले  आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

    कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

    अहिले एमाले संसदीय दलको वैठक जारी रहेको छ । तीन मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।
  • राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ

    राजीनामा घोषणा गर्दै खरेलले भने- आज चाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ

    काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

    शुक्रबार दिउँसाे महान्याधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी खरेलले राजीनामा दिएका हुन् ।

    केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस चलिरहेका बेला खरेलको राजीनामाको समाचार आएको थियो । उनले त्यसबेला आफूले राजीनामा नदिए पनि कतिपयले मिडियाबाट राजीनामा गराएको भन्दै यसपटक भने आफूले राष्ट्रपति समक्ष राजीनामा पेश गरेको बताए ।

    खरेलले भने, ‘आज चाहिँ तपाईंहरूको चाहना पूरा गरेको छु । मैले प्रधानमन्त्रीसँग असहमति भएर वा विमत्ति भएर होइन सल्लाहमा राजीनामा दिएको हो ।’

  • राजीनामा नदिए ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने

    राजीनामा नदिए ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा नदिए आइतबार उनीविरुद्ध प्रचण्ड-माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

    शुक्रबार बसेको संसदीय दलको बैठकमा आइतबारसम्म ओलीको राजीनामा पर्खिने र राजीनामा नआए अविश्वास प्रस्ताव दर्ता गर्ने एक सांसदले नेपाल प्रेसलाई जानकारी दिए ।

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वास प्रस्तावतिर जान आफूलाई ओलीले बाध्य पारेको प्रतिक्रिया दिएका थिए ।

    ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो,’उनको भनाइ छ, ‘तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानून नियमअनुसार जानुपर्ने हुन्छ।’

    अविश्वास प्रस्ताव एक्लै ल्याउने वा कांग्रेससँग मिलेर ल्याउने भन्नेबारेमा भने अझैं टुंगो लागेको छैन् । प्रमुख सचेतक देव गुरुङले यसबारे नेपाल प्रेससँग भने, ‘पहिले त राजीनामाको अपेक्षा नै छ । नभए विकल्प खोजिन्छ। अविश्वास प्रस्ताव एकल वा संयुक्त रुपमा दर्ता गर्ने भन्ने त्यहीबेला नै टुंग्याउँछौं।’

    प्रचण्ड-माधव पक्षीय सांसदहरूले संसद विघटनपछि यसअघि पनि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यो प्रस्ताव अघि नबढाउने भएको सो पक्षले नयाँ ढंगले जाने सोचेको हो ।

    प्रचण्ड-माधव पक्षले आजको बैठकमा ११५ जाना सांसद उपस्थित भएको दाबी गरेको छ । संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा प्रचण्डले पनि आफू ११५ जनाको सांसदबाट दलको नेतामा निर्वाचित भएको बताएका थिए ।

  • महेश आचार्यले किन दिए राजीनामा ?

    महेश आचार्यले किन दिए राजीनामा ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको संगठन समायोजन समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

    संगठन समायोजन समितिको मूल काम सकिएको र बाँकी रहेका विषय केन्द्रीय समितिबाटै टुंग्याउन उपयुक्त हुने भन्दै आचार्यले राजीनामा दिएका हुन् । कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा आचार्यले आफूलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिदैं समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

    कांग्रेसले बिजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालसंग एकता गरेपछि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको थियो । ‘यो समितिलाई दिइएको मुख्य जिम्मेवारी पूरा भइसकेको छ । बाँकी रहेको थोरै काम केन्द्रीय समितिबाटै गर्न उपयुक्त हुने देखेर मैले जिम्मेवारी त्यागेको हुँ’, आचार्यले नेपाल प्रेससंग भने ।

    सो समितिले समायोजन सम्बन्धमा बुझाएको प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले पारित गरिसकेको छ ।