Tag: राजदूत

  • अमेरिका, बेलायत र भारतमा राजदूत सिफारिस

    अमेरिका, बेलायत र भारतमा राजदूत सिफारिस

    काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

    विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

    शर्मा पूर्वराजदूत हुन् । खत्री कूटनीतिक मामिलाका विज्ञ हुने भने आचार्य पूर्वपरराष्ट्र सचिव हुन् ।

    प्रधानमन्त्री देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस भएका हुन्।

    देउवा सरकारले यसअघि राजनीतिक नियुक्ति पाएर गएका सबै राजदूतलाई फिर्ता बोलाएको थियो ।

  • वेद र बाइबलमा महिलाको भूमिकामाथि राजदूत पराजुलीकाे विद्यावारिधी

    वेद र बाइबलमा महिलाको भूमिकामाथि राजदूत पराजुलीकाे विद्यावारिधी

    काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले वेद र बाइबलमा महिलाको भूमिकाको विषयमा अनुसन्धान गरी विद्यावारिधी प्राप्त गरेकी छन् ।

    हिन्दू महाग्रन्थ वेद र इशाइको ग्रन्थ बाइबलमा महिलाको भूमिकाको सन्दर्भलाई उनले आफ्ना विद्यावारिधीको विषय बनाएकी थिइन् । नेपाल संस्कृत विश्वविद्यालयबाट उनले सो उपाधी प्राप्त गरेकी हुन् ।

    उनको विद्यावारिधीको शीर्षक Representation of women in the Veda & the Bible : A comparative Study Ph.D in English Philosophy थियो ।

    वेद र बाइबलमा महिलाको भूमिकाको सन्दर्भमा पीएचडी गर्ने सम्भवतः उनी पहिलो हुन् । चार वर्षे कार्यकाल सकिए पनि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्म ओमानको राजदूत कायमै राखेको छ ।

  • नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन

    नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन

    दिल्ली । नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द दियोको निधन भएको छ ।

    भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    जयशंकरले आफूले मार्गदर्शक र असल साथी गुमाएको बताएका छन् । राजदूत आचार्यले दियोको निधनबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

    सन् १९८० को दशकमा दियो नेपाल र हंगेरीका राजदूत थिए ।

  • अष्ट्रेलियाका राजदूत दाहाल बर्खास्त, प्रतिभा र शर्मिलाको थमौती

    अष्ट्रेलियाका राजदूत दाहाल बर्खास्त, प्रतिभा र शर्मिलाको थमौती

    काठमाडौं । सरकारले दुईवर्षे कार्यकाल बाँकी रहँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

    यसअघि राजदूत लक्की शेर्पा आर्थिक विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए ।

    २०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा रोकिएको छ । सरकारले प्रचण्ड निकट लीलामणी पौड्याललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।

    साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानस्थित नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

  • ११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ?

    ११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ?

    काठमाडौं । सरकारले रिक्त ११ विदेशस्थित मिसनमा कुटनीतिज्ञ नियुक्त गर्ने योजना बनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ५ देशमा लामो समयदेखि राजदूत पद रिक्त छ भने ६ मुलुकका दूतको कार्यकाल सकिँदैछ ।

    इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रिया र रुसमा राजदूत पद रिक्त छ । जापान (प्रतिभा राणा), म्यानमार (भीमकुमार उदास), बहराइन (पदम सुन्दास), ओमान (शर्मिला पराजुली ढकाल), साउदी अरेबिया (महेन्द्रसिंह राजपूत), डेनमार्क (युवनाथ लम्साल)का राजदूतको कार्यकाल सकिँदैछ । ब्राजिलका राजदूतलाई कार्यकाल सकिएपनि फिर्ता बोलाइएको छैन ।

    राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै परराष्ट्रले फिर्ता हुने मिति लगायतका विषय तोकेर पत्र पठाउने गर्छ । नयाँ राजदूत नियुक्तीका लागि परराष्ट्रले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तीसम्बन्धी निर्देशिका -२०७५ तयार पारेको थियो ।

    उक्त निर्देशिका अनुसार नयाँ नियुक्तिका लागि कार्यकाल सकिनु तीन महिनाअघि नै गृहकार्य थाल्नुपर्छ । राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आइएको छ ।

  • ट्विप्लोमेसी : राजदूतहरूले दिए नेपाली भाषामा शुभकामना

    ट्विप्लोमेसी : राजदूतहरूले दिए नेपाली भाषामा शुभकामना

    काठमाडौं । नेपालस्थित शक्ति राष्ट्रका राजदूतहरूले नेपाली नयाँ बर्ष २०७८ को शुभकामना नेपाली भाषामा दिएका छन् ।

    अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहान ६:१० मा नेपाली भाषामा नयाँ वर्षको शुभकामना दिएका छन् । चिनियाँ राजदूत होउ यान्छीले ८:२८ मा नेपाली भाषामै शुभकामना दिइन् ।

    आफ्नो दूतावासको तर्फबाट दिएको शुभकामनाको भाषा दुवै राजदूतको उस्तै छ। अरुबेला नेपाली भाषामा थुप्रै ट्वीट गर्ने बेलायती राजदूत निकोला पोलिटले भने शुभकामना लेखेकी छैनन् । यो सामाग्री तयार गर्दा सम्म उनको ट्विटर पछिल्लो ४ दिनदेखि निष्क्रिय छ।

    जर्मनीका राजदूत रोलान्ड साफेरले भने अंग्रेजी भाषामै शुभकामना दिएका छन् । बिहान १०:१६ मा उनले सुभकामना दिएका हुन् ।

    नेपालमा राजदूतहरुको ट्विप्लोमेसी (ट्वीटरमार्फत हुने डिप्लोमेसी) लोभलाग्दो छ। शक्ति राष्ट्रका सबैजसो राजदूतको ट्विप्लोमेसी भएपनि भारतीय राजदूत भने यो रेसमा छैनन् ।

    दूतावासकै ट्वीटर ह्यान्डलबाट भारतीय ट्विप्लोमेसी हुन्छ। भारतीय दूतावासले यो सामाग्री तयार गर्दासम्म नेपाली नयाँ वर्षको शुभकामना दिएको छैन ।

    यो पनि पढ्नुस् :

  • नवनियुक्त दुई राजदूतले लिए शपथ

    नवनियुक्त दुई राजदूतले लिए शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनीहरूलाई शपथग्रहण गराइएको हो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।