Tag: रमजान

  • आजदेखि मुस्लिम समुदायको रमजान पर्व सुरु

    आजदेखि मुस्लिम समुदायको रमजान पर्व सुरु

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारबाट सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्डर अन्तर्गत एक मनाइन्छ । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।

    इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानीसमेत नखाइ ब्रत बस्ने गर्छन् ।

    सूर्य उदाउनुभन्दा लगभग दुई घन्टाअगाडि केही खानेकुरा खाइ सुरु गरिएको ब्रत रोजा सूर्यास्त भइसकेपछि तोडिन्छ ।

  • आज इद-उल-फित्र, भिडभाड नगरी पर्व मनाउन राष्ट्रपतिको अपील

    आज इद-उल-फित्र, भिडभाड नगरी पर्व मनाउन राष्ट्रपतिको अपील

    काठमाडौं । मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान आज । यो पर्वलाई इद–उल–फित्र पनि भनिन्छ । १ महिनाको कठोर उपवासपछि आजको दिन मुस्लिम धर्मावलम्वीहरुले हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर मनाउँछन् ।

    अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोना (व्रत) बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

    दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । ब्रतको अन्तिम दिन विहीबार चन्द्रमा नदेखिएकाले नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

    यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

    इद (इद–उल–फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाइन् ।

    ‘यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउनका लागि विशेष आग्रह गर्न चाहन्छु ।’

    इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरिएको छ