Tag: रघुजी पन्त

  • कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गालीबेइज्जती मुद्दा दायर (फिरादसहित)

    कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गालीबेइज्जती मुद्दा दायर (फिरादसहित)

    काठमाडौं । गायिका तथा एमाले राष्ट्रियसभाकी सांसद कोमल वलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

    कानून व्यवसायीसँग परामर्शपछि उनले काठमाडौं जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

    केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिंडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

    पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ । वलीले आफ्‍नो इज्जतमा धक्का पुर्‍याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।

    साथै उनले आफूमाथि विद्युतीय माध्यमबाट गालीबेइज्जती गरेको हुँदा थप १ वर्ष कैद र १० हजार जरिवानासमेत गरी हदैसम्मको सजाय माग गरेकी छन् । साथै मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाउन उनको माग छ ।

     

     

     

     

  • कोमल वलीले रघुजी पन्तविरुद्ध भोलि मुद्दा हाल्ने

    कोमल वलीले रघुजी पन्तविरुद्ध भोलि मुद्दा हाल्ने

    काठमाडौं । लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छन् ।

    कानून व्यवसायीसँग परामर्शपछि उनले भोलि जिल्ला अदालतमा मुद्दा दिने तयारी गरेकी हुन् ।

    केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक हिंसाजन्य’ अभिव्यक्ति दिएका थिए । एउटा कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

    पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।

  • राष्ट्रिय सभा सदस्य वलीप्रति गरिएको अभिव्यक्तिमा महिला आयोगको पनि ध्यानाकर्षण

    राष्ट्रिय सभा सदस्य वलीप्रति गरिएको अभिव्यक्तिमा महिला आयोगको पनि ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय सभाका सदस्य कोमल वलीप्रति नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्तले गरेको अभिव्यक्तिप्रति राष्ट्रिय महिला आयोगको पनि ध्यानाकर्षण भएको छ । आयोगले साेमबार एक विज्ञप्ती जारी गर्दै फागुन १५ गते पन्तले गरेको अभिव्यक्तिप्रति आपत्ती जनाउदैँ ध्यानाकर्षण भएको जनाएको हो ।

    महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनैतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथी प्रश्न उठाउने प्रवृति गलत भएको आयोगका प्रवक्ता समेत रहेका उपसचिव श्याम प्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    देशकै आधा रभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको राजनैतिक सहभागिता न्यून रहेको वर्तमान अवस्थामा महिलाको अवस्थाको कम आकलन हुनु, उनिहरुको सवलता र सक्षमतालाई सवतन्त्र मूल्यांकन नगर्ने परिपाटी मौलाउनु आफैमा विडम्वना भएको आयोगको ठहर छ ।

    ‘राजनैतिक हिसाबले ज्यादै नै जिम्मेवार स्थानमा रहेका व्यक्तिवाट सार्वजनिक रुपमा नै राष्ट्रिय सभाका सांसद जस्तो गमिामय पदमा रहेको महिलाप्रति गरिएको त्यस्तो आपत्तिजनक अभिव्यक्तिको भत्सर्ना गर्दै आगामी दिनमा यस प्रकारको गैह्र जिम्मेवार अभिव्यक्ति कहीं कतैवाट कसैलाई पनि नहोस भनी राष्ट्रिय महिला आगोग सबै वर्गमा अपिल गर्दै त्यस्तो जिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिलाई जिम्मेवार बनाउन समेत आवश्यक भएको हुदाँ सम्वन्धित सबै निकायलाई समेत राष्ट्रिय महिला आयोग ध्यानाकर्षण गराउन चाहान्छ ।’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    महिलाप्रतिको विभेद हिंसा र हीन भावना हटाइ लैंगिक विभेदरहित समाजको सिर्जना गर्न राज्यका सबै निकायमा महिला वर्गको अर्थपूर्ण सहभागिताको ज्यादै ठुलो महत्व रहने आयोगको भनाइ छ ।

  • रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

    रघुजी पन्तको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीको आपत्ति

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीप्रति गरेको अभिव्यक्तिप्रति महिला अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।

    महिलाको क्षमता मूल्यांकन गरेर भन्दा उनीहरूको शारीरिक अंगहरूलाई लिएर टिकाटिप्पणी गर्नु बिडम्बना भएको उनीहरूको भनाइ छ।

    ‘महिला अस्तित्वलाई उपयोगिता र उपभोगसँग दॉंजेर हेर्नु पितृसत्ताबाट आरक्षित अधिकारप्राप्त पुरूषको अहम र आडम्बर हो,’विज्ञप्तिमा भनिएको छ, ‘आधा जनसंख्या भएका महिलाको स्थान निकै कम आँकलन हुनु र उनीहरूको सक्षमता र सबलतालाई स्वतन्त्र मूल्यांकन नगर्नु सामाजिक बिडम्बना हो। स्मरण रहोस् कि राजनीतिक महत्वका स्थानमा महिलाको अत्यन्तै न्यून सहभागिता रहेको अवस्था छ।’

    महिलाको शरीर र यौनिकतालाई केन्द्रबिन्दू टिप्पणी गर्नु मानव अधिकारको हनन् भएको समेत उनीहरूको ठहर छ । ‘महिलाको शरीर र यौनिकतालाई केन्द्रिविन्दु बनाइ राजनितीमा संलग्न महिलाको खिल्ली उडाउने, कुनै पनि व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरी यसरी सार्वजनिक रूपमा दिने अभिव्यक्ति मानव अधिकारको हनन् हो,’ उनीहरूको भनाइ छ, ‘यो अभिव्यक्ति आम महिलाको आत्मसम्मान, स्वतन्त्रता र मानव अधिकार विरोधी छ। महिलाको शरीर र यौनिकताका विषयलाई राजनैतिमा खिल्ली उडाउने, हाँसो र ठट्टाको विषय बनाउने कार्य जो कोहीबाट भएपनि निन्दनीय छ, यस भनाईको हामी भत्सर्ना र खुलेर विरोध गर्दछौं।’

    ऐक्यबद्धता जनाउने व्यक्ति तथा संस्थाहरू प्रणिका कोयू, मानवी पौडेल, संजिता तिम्सिना, टिका दाहाल, नितु पोखरेल, इन्दिरा घले, कल्पना झा, सपना संजिवनी,
    हेमलता राई, नीति अर्याल खनाल, रूखसाना कपाली, स्वेता ज्ञानु बानियाँ, अस्मिना रञ्जित, कला कोयू, मिना तामाङ्ग, सबिता पोखरेल, राजेन्द्र महर्जन, बच्चु हिमांशु, प्रज्वल तुलाचन, मुनु राई, सायरा कार्की, चादँनी राना, प्रतिमा गुरुङ, भावना राउत, संजोग ठकुरी, डा. रेणु अधिकारी, लोक्शरि कुँवर, तुलसा अधिकारी सामाजिक न्यायका लागि महिला सञ्जाल ,महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, अन्तरपुस्ता फेमिनिष्ट सञ्जाललगायत छन् ।

  • कोमल ओलीमाथि ‘लैंगिक हिंसाजन्य’ टिप्पणीले रघुजी पन्त विवादमा

    कोमल ओलीमाथि ‘लैंगिक हिंसाजन्य’ टिप्पणीले रघुजी पन्त विवादमा

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिकरुपमा ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेका छन् । उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिंडुला देखाएको भरमा’ संसद बनेको दावी गरे ।

    पन्तले आफ्नो पार्टीमा संघर्ष गरेका महिलाहरुले अवसर नपाएको चर्चा गर्ने क्रममा वलीको प्रसंग निकालेका थिए । उनको भनाइ जस्ताको तस्तै-

    ‘…छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो… केरे… कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन् ।’

    पन्तको यस्तो अभिव्यक्तिमा सहभागीहरु हाँसेको र ताली बजाएको समेत सुनिन्छ ।

    पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै पन्तलाई नीच व्यक्तिको संज्ञा दिएकी छन् ।

    वली लेख्छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति नीच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ ।’

  • पशुपतिनाथप्रति अनास्था फैलाएको भन्दै रघुजी पन्तलाई बहिष्कार गर्न आव्हान

    पशुपतिनाथप्रति अनास्था फैलाएको भन्दै रघुजी पन्तलाई बहिष्कार गर्न आव्हान

    काठमाडौं । विश्व हिन्दू युवा संघले प्रचण्ड-माधव पक्षद्वारा बुधबार आयोजित आमसभामा नेता रघुजी पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाएको छ । उक्त टिप्पणीले पशुपतिनाथप्रति अनास्था फैलाउने भन्दै उनीमाथि कारवाहीको माग संघले गरेको छ ।

    संघद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी विधर्मीको गोटी भएको पुष्टि गर्छ । यस्ता सबैखाले अनुहारको पहिचान गरी यिनीहरुलाई बहिष्कार र कारबाही गर्नुपर्छ ।’

    केही समयदेखि नेपालको राष्ट्रिय एकतामाथि खलल पुर्‍याएर नेपाललाई कमजोर बनाउने षडयन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘ती षडयन्त्रकारीहरुले नेपालका विभिन्न क्षेत्रमा प्रलोभनमा पारेर उनीहरुमार्फत नै हाम्रो धर्म, सस्कृति र सभ्यतालाई नष्ट गर्ने प्रयास गर्दै आइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    रघुजी पन्तलाई नेपाल जनताले राजनीतिक बहिष्कार गर्नुपर्ने संघले आह्वान  गरेको छ ।

    पन्तले हिजो आफ्नो भाषणमा पशुपतिनाथले पूर्व राजा वीरेन्द्रको वंशनाश हुनबाट जोगाउन नसकेको टिप्पणी गरेका थिए ।

    उनले भनेका थिए, ‘वीरेन्द्रले सँधै पशुपतिनाथले कल्याण गरुन् भन्थे, उनको वंश नाश भयो । ज्ञानेन्द्रले पनि त्यसै भन्थे, उनी नागार्जुनबाट लखेटिए । अब केपी ओलीले पशुपतिनाथको पुजा पाठ गर्दै हिँडेका छन्, उनका के हुने हो ।’

    हिजो उनले बोलेको भिडियो हेर्नुस् :

  • रघुजी पन्त भन्छन् : पशुपतिनाथ गुहार्ने वीरेन्द्रको वंशनाश भयो, ओलीको के हुने हो ! (भिडियो)

    रघुजी पन्त भन्छन् : पशुपतिनाथ गुहार्ने वीरेन्द्रको वंशनाश भयो, ओलीको के हुने हो ! (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले पशुपतिनाथमा गएर पूजाआजा गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीमाथि कडा प्रहार गरेका छन् । उनले नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथलाई खुशी बनाउन सुझाव दिए ।

    पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा पन्तले भने, ‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गर्थे । तर, उनको वंश नाश भयो । राजा ज्ञानेन्द्रले पनि त्यही भन्ने गर्थे । उनी नारायणहिटीबाट नागार्जुन लखेटिए । अब ओलीजीलाई पशुपतिले के कृपा गर्ने हो हेर्न बाँकी छ ।’

  • कांग्रेसले खुट्टा नटेके वाम गठबन्धन ब्युँतन्छ : रघुजी पन्त (भिडियो)

    कांग्रेसले खुट्टा नटेके वाम गठबन्धन ब्युँतन्छ : रघुजी पन्त (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले संसद पुनःस्थापना हुन नसके वाम गठबन्धन ब्युँतिने बताएका छन् ।

    नेकपाको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पन्तले नेपाली कांग्रेस संसद विघटनविरुद्ध दर्‍होसँग नउभिएको खण्डमा वाम गठबन्धन ब्यूँतन सक्ने चेतावनी दिएका हुन् ।

    सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा नेता पन्तले निर्वाचनमै जाने हो भनेपनि तत्काल निर्णय लिन कांग्रेस नेतृत्वसँग आग्रह गरे ।

    ‘कांग्रेसले चुनावै खोजेको हो भने संसद विघटनलाई किन असंवैधानिक भनेको ? कि चुनावमा जाने राजनीतिक निर्णय गरिहाल्नुस् की संविधान बचाउन आन्दोलनबाट संसद पुनःस्थापना गरौं’, पन्तले भने ।

    संसद पुनःस्थापना भए वामपन्थी प्रधानमन्त्री बन्ने सम्भावना नरहेको भन्दै पन्तले कांग्रेसलाई नै फाइदा हुने बताए ।

    ‘संसद पुनःस्थापना भयो भने कांग्रेसलाई फाइदा होला तर चुनाव भयो भने हार्ने चुनाव कोही लड्दैन । पार्टी एउटै नरहला तर चुनावमा वाम तालमेल हुनसक्छ’, पन्तले भने ।

    संविधान निर्माणको जस लिने कांग्रेसले संविधान जोगाउन पनि अग्रसरता देखाउनुपर्ने पन्तको टिप्पणी थियो ।

  • रघुजी पन्तको दावी– संसद पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामी नै पाउँछौं

    रघुजी पन्तको दावी– संसद पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामी नै पाउँछौं

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का नेता रघुजी पन्तले संसद पुनर्स्थापना हुने र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने दाबी गरेका छन् ।

    पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकबाट बाहिर निस्किएका पन्तले संवाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘नेकपाको बहुमत यता छ, नेकपाको कमाण्ड यता छ । सूर्य चिन्ह यता आउँछ । संसद पुनर्स्थापना हुन्छ । अनि पार्टी सम्पत्ति कसको हुन्छ ?’

    प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानमा कतै नभएको उनको भनाइ छ। ‘संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही पनि छैन’ पन्तको भनाइ छ, ‘दिउँसै रात पर्‍यो भने के लाग्छ। आकाश खस्यो भने के लाग्छ । नत्र हाम्रो संविधानले यो अधिकार प्रधानमन्त्रीलाई दिएको छैन ।