Tag: योजना आयोग

  • कर्णालीको योजना आयोग नै अलपत्र, मुख्यमन्त्री भन्छन्– खर्च मात्रै बढाएर के गर्नु ?

    कर्णालीको योजना आयोग नै अलपत्र, मुख्यमन्त्री भन्छन्– खर्च मात्रै बढाएर के गर्नु ?

    सुर्खेत । कर्णालीको योजना आयोग नै अलपत्र परेको छ । आयोगका पदाधिकारीको पदावधि सकिएको तर नयाँ नियुक्ति नभएपछि आयोग नै अलपत्र परेको हो ।

    रोग, भोक, गरिबीलाई चिर्न पञ्चवर्षीय योजना बनाइ कर्णाली प्रदेशमा आएको बजेटलाई कार्यान्वयन गर्न भन्दै कर्णाली प्रदेश सरकारले २०७५ मंसिरमा गठन आदेशद्धारा कर्णाली योजना आयोग गठन गरेको थियो । सो आयोग तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै अलपत्र परेको छ । मुख्यमन्त्री शाहीले कात्तिक १५ गते राजीनामाा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुखद्वारा स्वीकृत भएसँगै सोही दिन योजना आयोगका पदाधिकारीको पदावधि पनि स्वतः सकिएको थियो ।

    कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ ग्रहण गरेका जीवनबहादुर शाही योजना आयोग गठनप्रति उदासीन छन् । जसकारण उनी मुख्यमन्त्री नियुक्त भएको ६ महिना पुग्नै लाग्दा पनि आयोगमा पदाधिकारी नियुक्ति गरिएको छैन ।

    मुख्यमन्त्री कार्यालय स्रोत भने योजना आयोगमा पदाधिकारी नियुक्त नगर्ने मुडमा मुख्यमन्त्री रहेको बताउँछ । मुख्यमन्त्री जीवनबहादुर शाही भने सरकारको चालू खर्च बढाएरमात्रै केहि नहुने बताउँछन् ।

    योजना आयोगले प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गर्ने, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, पर्यावरणीय र सुशासनका क्षेत्रमा रणनीतिक प्रकृतिका आवधिक नीति तथा योजना तयार गर्ने, लाभ लागतलगायतका विविध विश्लेषणको आधारमा आयोजना बैंक (प्रोजेक्ट बैंक) निर्माण गर्ने्, प्रादेशिक स्रोतको अनुमान, प्रक्षेपण र वितरण, आयोजनाको आर्थिक, सामाजिक वित्तीय, प्राविधिकर वातावरणीय विश्लेषणको लागि प्रादेशिक मापदण्ड तयार गर्ने वा गर्न लगाउने, अध्ययन, अनुसन्धान तथा तथ्यपरक नीति निर्माण प्रक्रियालाई अवलम्बन गरी विभिन्न क्षेत्रगत नीतिहरुको निर्माण तथा कार्यान्वयनको समन्वय र सहजीकरण गर्ने काम तोकिएको थियो ।

    यस्तै, अर्थतन्त्रका समष्टिगत क्षेत्रहरुमा अध्ययन गरी त्यसबमोजिमको नीति तथा योजनाहरुको तर्जुमा गर्ने गराउने, प्रादेशिक योजनाको अध्यावधिक विवरण खुल्ने स्थिति पत्र तयार गर्ने, योजनाको वार्षिक तथा आवधिक प्रतिवेदन तयार गर्ने पनि कार्य आयोगकै हो ।

    तर मुख्यमन्त्री शाहीले आफू नियुक्त भएदेखि हालसम्म पनि योजना आयोगका पदाधिकारी चयन गर्न नसक्दा बजेट निर्माणदेखि योजना छनौटमा समस्या भएको छ ।

  • नीति निमार्णमा सहकार्य गर्न योजना आयोग र दायित्वबीच सम्झौता

    नीति निमार्णमा सहकार्य गर्न योजना आयोग र दायित्वबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय योजना आयोग र दायित्व नामक संस्थाबीच नीति निमार्णमा सहकार्य गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

    आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको रोहबरमा कार्यक्रम निर्देशक डा. दिवाकर लुइँटेल र दायित्वको तर्फबाट संस्थापक तथा कार्यकारी अध्यक्ष डा। पुकार मल्लले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    दुई पक्ष बिच अनुसन्धानमा सहकार्य, तथ्यमा आधारित नीतिगत पैरवी, उद्यमशीलता र रोजगारीको प्रवर्धन, नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण र साझा प्राथमिकताका विषयमा आपसी समझदारी गरिने सम्झौतामा उल्लेख छ।

    ‘कुनै पनि सहकार्यको एउटा मुख्य पाटो भनेको आपसी सम्मान हो,’ सम्झौतापछि उपाध्यक्ष पौडेलले भने, ‘एकअर्काको शक्तिलाई पहिचान गरी मिलेर काम गर्दै युवा र सरकारबीचको यो सहकार्यले नवप्रवर्तनको नयाँ आयामहरु खोल्ने छ।’

    दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा। मल्लले संसारको कुनै पनि कुनामा रहेका र नेपाल सरकारसँग मिलेर राष्ट्रलाई नीतिगत योगदान पुर्‍याउन चाहने नेपाली युवाहरुको लागि एक नयाँ अध्याय शुरु भएको बताए।

  • अहिलेकाे तौरतरिकाले दिगो विकास लक्ष्य प्राप्ति गर्न कठिन: योजना आयोग

    अहिलेकाे तौरतरिकाले दिगो विकास लक्ष्य प्राप्ति गर्न कठिन: योजना आयोग

    काठमाडौं । राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ ।

    योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा त्यो सम्भव नहुने सुझाव दिए ।

    दिगो विकास लक्ष्य प्राप्तिमा भएका उपलब्धिबारे संसदीय समितिलाई जानकारी दिदैँ उनले भने, ‘संवेदनशील र जिम्मेवार भएर काम गर्ने राजनीतिक नेतृत्वका लागि अवधिक निर्वाचनमा सफलताका लागि ठूलो अवसर छ ।’

    संयुक्त राष्ट्रसङ्घले सन् २०१५ सेप्टेम्बरमा २०१६ देखि २०३० सम्ममा विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो । उक्त घोषणमा १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकांक निर्धारण गरिएका छन् ।

    दिगो विकास लक्ष्यमा सामाजिक, आर्थिक र पर्यावरणीय आयाम छन् । आयोगले भनेको छ, ‘आफ्नो कार्यकालमा आम नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्षम राजनीतिक दलको नेतृत्व आवधिक निर्वाचनमा पुन ः निर्वाचित भएर आउन सक्ने अनुमान र अध्ययन पनि छ ।’

    राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिमा आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा सडक पूर्वाधार निर्माणमा राज्यको क्षमता कमजोर रहेकाले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण गर्ने प्रणाली विकसित हुन जरुरी रहेको धारणा व्यक्त गरे।

    दिगो विकास लक्ष्यको कार्यान्वयनका सबै रणनैतिक योजना र परिचालनका क्रियाकलामा संलग्न सबै संस्था र सङ्गठनमा नवप्रवद्र्धन गर्न सक्ने नेतृत्व र व्यवस्थापन आवश्यक रहेको जनाउँदै आयोगले राजनीतिक नेतृत्वबाट मात्र त्यस्तो काम सम्भव हुने निष्कर्ष निकालेको छ ।

    आयोगले भनेको छ, ‘राजनैतिक नेतृत्वले आम नागरिकलाई कुनै पनि विषयका लागि एउटा ठाँउमा ल्याउन र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न तथा अनिश्चितता र अराजकता हुन नदिन प्रयत्न गर्छ ।’

    विश्वका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिबी र भोकमरी अत्य गर्ने तथा सबैलाई स्वास्थ्य एवं शिक्षा पु¥याउने, लैङ्गिक समानता, सबैका लागि स्वच्छ पानी, सबैमा ऊर्जाको पहँुच, गोजगारी प्रवद्र्धन, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार विकास र दिगो शहरीकरणजस्ता विषय पनि उक्त लक्ष्यमा समेटिएको छ ।

    बैठकमा समितिका सदस्य वामदेव गौतमले दिगो लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा राष्ट्रिय सभाले केकस्ता काम र भूमिका निर्वाह गर्न पर्ने हो त्यसका लागि तयार रहेको प्रतिबद्धता जनाए ।