Tag: यूनिसेफ

  • कोभिड महामारीले ७ करोड बालबालिकाको पढाई रोकियो : यूनिसेफ

    कोभिड महामारीले ७ करोड बालबालिकाको पढाई रोकियो : यूनिसेफ

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी यूनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ ।

    युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।

    यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न छ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएका देखिएको छ । ती ६ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन् । ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरु विद्यालय आउन पनि पाएका छैनन् र जसले गर्दा उनीहरुमा समस्या भइरहेको छ ।

    त्यसैगरी विश्वका अरु ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएको गएको १८ महिनामा ६ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन् । त्यस्तै विश्वका अरु करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठनपाठन गर्न पाउने गरेका देखिएको छ ।

    युनिसेफले कोरोनाभााइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ ।

  • जलवायु परिवर्तनले विश्वभर एक अर्ब बालबालिका जोखिममा : यूनिसेफ

    जलवायु परिवर्तनले विश्वभर एक अर्ब बालबालिका जोखिममा : यूनिसेफ

    विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रबार बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा रहेका बताइएको छ ।

    जलवायु सङ्कटले बाल अधिकारलाई पनि सङ्कटमा पारेको छ । ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा युनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिंदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको बताएको छ ।

    युनिसेफले भनेको छ, “विश्वका दुई अर्ब बीस करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ भनी वर्गीकृत ३३ देशहरूमा बसोबास गर्छन् ।

    यस अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन् ।

    जलवायु र वातावरणीय प्रभाबले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ ।

    युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘वास्तवमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन । संयुक्त राष्ट्र संघीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचीलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरितगृह ग्याँस उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिड–१९को प्रभाब कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ ।’