Tag: युवा

  • एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

    एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब एमालेमा तीन लियरको नेतृत्व स्थापित हुने बताएका थिए ।

    उमेर समूहका आधारमा उनले आफूहरूसहितको पहिलो पुस्ता, ४० वर्षमाथिका दोस्रो पुस्ता र भर्खरै युवा विद्यार्थी राजनीतिबाट अघि बढेको तेस्रो पुस्तालाई मिलाएर सबै तहको नेतृत्व अघि बढाउने पोखरेलको धारणा थियो ।

    यसपटक जिल्ला अधिवेशनहरुबाट पोखरेलले सोचेभन्दा ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । अखिल राजनीति गरिरहेकी आरती भण्डारी प्रदेश २ कमिटीको एमाले उपसचिव भएलगत्तै जिल्ला अधिवेशनमा ठूलो संख्यामा युवा विद्यार्थीको प्रतिनिधित्व देखिएको छ ।

    अनेरास्ववियुका स्थायी कमिटी सदस्य रविन्द्र सुवेदी ३० वर्षको उमेरमा इलाम जिल्ला कमिटीको उपसचिव निर्वाचित हुँदै २३ वर्षकी कल्पना पाल दार्चुला जिल्ला कमिटीमा चुनाव जितेर सदस्य बनिन् ।

    देशभर एकैसाथ सम्पन्न भएका एमाले जिल्ला अधिवेशनबाट २५ वर्ष उमेर समूहका सयौं युवा जिल्ला कमिटीमा निर्वाचित भएका छन् । यसपटक जिल्ला कमिटीहरूमा युवा नेतृत्व स्थापित भइरहेका बेला अनेरास्ववियुको विभिन्न कमिटीमा रहेका धेरैले पार्टी राजनीतिमा सफलता पाएको महासचिव समिक बडालले बताए ।

    बाजुरा जिल्ला कमिटीमा २३ वर्षीया समी विष्टले जितेपछि देशभरका अखिल कार्यकर्ताले कान्छी सदस्य भन्दै बधाई दिए । उनकै उमेर समूहकी कल्पना दोङ अनेरास्ववियु काभ्रेको सहसचिवबाटै एकैचोटी एमाले जिल्ला कमिटी सदस्यमा फड्को मार्न सफल भएकी छन् ।

    सोही उमेर समूहकी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् । एक वर्षदेखि उनी केन्द्रभन्दा जिल्लाको राजनीतिमा सक्रिय बनेकी थिइन् ।

    पार्टी राजनीतिमा पाइला राख्दै भूगोलमा संगठन बलियो बनाउने भनेर जिल्लातर्फ लाग्नेमा अस्मिताजस्तै अखिलकी केन्द्रीय सदस्य सुष्मा रोकाहा पनि गोरखा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् ।

    काभ्रे जिल्ला कमिटीमै यो उमेर समूहका कल्पना दोङ, सुनिता थापा, नवराज ढकाल, हरिशचन्द्र घिमिरेलगायत लोकप्रिय मतसहित चुनाव जितेका छन् भने इलामजस्तो सिनियर नेताहरूको प्रतिस्पर्धा रहेको जिल्लामा २५ वर्षीय प्रवेश पराजुली जिल्ला कमिटी सदस्य निर्वाचित भए ।

    एक वर्षअघि नेकपा विभाजनको बेला गाउँपालिका कमिटी अध्यक्ष हुन पुगेकी अखिल स्थायी कमिटी सदस्य सजिना थापा मगर धादिङ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी छन् । अखिल उपाध्यक्ष कल्पना वाइबा र निशा अधिकारी यसअघि नै जिल्ला नेतृत्वमा स्थापित भइसकेका थिए । अध्यक्ष सुनिता बराल त एमालेको केन्द्रीय सदस्य भइसकेकी छन् ।

    यसपटक देशभर जिल्ला अधिवेशनहरुले एमालेमा युवाहरुको वर्चस्व कायम गरेको र नयाँ जोश जाँगरसहितका युवा पुस्ताको आकर्षण देखिएको राष्ट्रिय युवा परिषद्का पूर्वउपाध्यक्ष समेत रहेका एमाले नेता तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुंगलले बताए । ढुंगेलले एमालेमा हस्तक्षेपकारी भूमिकामा युवा अगाडि आएको बताए ।

    जिल्ला अध्यक्षहरूमा समेत ४० वर्ष उमेर समूहका धेरै युवा नेता स्थापित भएका छन् । अखिल र युवा संघको राजनीतिबाट उदाएकाहरू जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा ठूलो संख्यामा स्थापित भएको ढुंगेलले जानकारी दिए ।

    जिल्ला अध्यक्षहरुमध्ये उदयपुरका परमेश्वर घिमिरे, रामेछापका आनन्द श्रेष्ठ, ललितपुरका पुरुषोत्तम आचार्य, बागलुङका हिरा केसी, प्युठानका विजयविराज विष्टलगायत भर्खरै युवा र विद्यार्थी राजनीति छाडेर पार्टीमा गएका हुन् ।

  • ‘युवाहरू चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

    ‘युवाहरू चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

    काठमाडौं । नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तरक्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो ।

    राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताए । ‘बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ’, उनले भने ।

    वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताए । समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उनको भनाइ थियो । मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाए ।

    संसारमा आपत्विपत्, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उनको भनाइ थियो ।

    नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताए । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाए ।

    कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरु नै अभियानकर्मीका रुपमा चर्चामा रहेको बताएका थिए ।

    रासस

  • नयाँ बजेट : युवालाई ५ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

    नयाँ बजेट : युवालाई ५ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

    काठमाडौं । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि १ अर्बको च्यालेञ्ज फण्ड स्थापना गरिएको घोषणा गरे । सहुलियतपूर्ण कर्जा ५ प्रतिशतसम्ममा २५ लाखसम्म दिने व्यवस्था बजेटमा व्यवस्था गरिएको छ ।

    बजेटमा ल्यापटप खरिदका लागि ८० हजारसम्म कर्जाको व्यवस्था गरिएको छ । त्यस्तै एक थान सिम कार्ड खरिदको नि:शुल्क व्यवस्था मिलाइएको छ । पुन:कर्जालाई निरन्तरता दिइएको छ ।

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (भिडियो)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।

  • वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    वसन्तपुरमा सामाजिक न्यायका निम्ति युवाहरूको कविता (फोटो फिचर)

    काठमाडौं । समाजिक न्यायका निम्ति युवा कविहरूले वसन्तपुर डबलीमा कविता सुनाएका छन् । बृहत् नागरिक आन्दोलनमा जोडिएका नयाँ पुस्ताका कविहरूले सत्ताको गलत प्रवृत्तिविरुद्धका कविता सुनाए । राजु स्याङतान, बिवश बाबु, निर्भीकजंग रायमाझी, अन्शु खनाल, स्मृति रानाभाट लगायत एक दर्जन भन्दा बढी कविले कविता सुनाएका हुन् ।