Tag: युवराज संग्रौला

  • युवराज संग्रौलाको सुझाव- सबै न्यायाधीश राजीनामा देऊ, भुपू प्रधानन्यायाधीशहरूले माफी माग

    युवराज संग्रौलाको सुझाव- सबै न्यायाधीश राजीनामा देऊ, भुपू प्रधानन्यायाधीशहरूले माफी माग

    काठमाडौं । बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले प्रधान न्यायाधीशसँगै अन्य न्यायाधीशहरूमाथि पनि पश्न उठेकाले सबैलाई राजीनामा दिएर न्यायपालिका शुद्धीकरणमा सघाउन आग्रह गरेका छन् ।

    संग्रौलाले आफ्नो तीन बुँदे सुझाव सार्वजनिक गर्दै टीका लगाएर न्यायाधीश बनाइएको दोष लागेका सबैले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

    संग्रौलाले भनेका छन्, ‘न्यायाधीशको बारेमा जब विवाद उठ्छ उसले न्यायको मर्यादाका लागि राजीनामा दिनुपर्छ । मेरो अनुरोध हो जब तपाईंहरूको नियुक्तिका बारेमा प्रश्न उठेको छ, न्यायको जग जोगाउन राजिनामा दिनुहोस् । इतिहासले सबै राम्रालाई मूल्यांकन गर्ने छ ।’

    उनले हिजो गोजीबाट टिपेर न्यायाधीश नियुक्त गरिएको भन्दै नियुक्ति गर्नेमा चोलेन्द्र शमसेर जबरामात्र होइन अन्य भुपू प्रधानन्यायाधीश पनि दोषी रहेकाले उनीहरूले पनि जिम्मेवारी लिएर सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

  • एकतावादी एमालेलाई संग्रौलाको सुझाव- अब तपाईंका हातमा केही छैन, नाटक बन्द गर्नुस्

    एकतावादी एमालेलाई संग्रौलाको सुझाव- अब तपाईंका हातमा केही छैन, नाटक बन्द गर्नुस्

    काठमाडौं । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको भन्दै अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव दिएका छन् ।

    कुनै समय एमालेको केन्द्रीय विभाग र झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहिसकेका संग्रौला पछिल्लो समय देशभक्तिपूर्ण अभियन्ताका रूपमा क्रियाशील छन् ।

    संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको दावी गरेका छन् ।

    संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउनेमात्र हुने बताएका छन् ।

    उनले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुनेमात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह गरेका छन् ।

    संग्रौलाले यो समूह माधव नेपालको पार्टीमा गए पनि अर्को गुट बन्ने र एमालेमा जाँदा पनि समस्या नै सिर्जना गर्ने भन्दै उनीहरूको हैसियत बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भएको टिप्पणी गरेका छन् ।

    उनले प्रश्न गरेका छन्, एमाले ब्रान्ड हो वा विचारहरू ब्रान्ड हो भने के को अल्टिमेटम ?, खुरुक्क नेपाल खनाल छोड्नु होस् । तपाईंको विचार मिल्दैन भने ओली छोड्नुहोस् । देश संकटमा भएका बेला नागरिकलाई सहयोग गर्नुहोस् । तर तेस्रो होइन तपाईंहरू आफ्ना स्वार्थसिद्ध गर्न राजनीति झन्-झन् गिजोल्दै हुनुहुन्छ । अब तपाईंका हातमा केही छैन ।’