Tag: युवती मृत

  • सप्तरीमा एक युवती मृत फेला

    सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् ।

    रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।

    घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।