Tag: युक्रेनी सेना

  • रुसको दाबी: हवाई हमलामा दुई सय युक्रेनी सेना मारिए

    रुसको दाबी: हवाई हमलामा दुई सय युक्रेनी सेना मारिए

    काठमाडौं । रुसको सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।

    हवाई हमलामा दुई सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन् ।

    अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । हमलापछि धावनमार्ग अबरुद्ध भएको छ ।

    २४ फेब्रुवरीदेखि गरेको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् ।

    यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन् । हमलापछि बिचल्लीमा परेका आफ्ना नागरिकहरूलाई उनीहरूको इच्छाविपरीत सीमापारि लगेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ । रुसले उद्धार गरेको भनिकामध्ये १ लाख मानिस दोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दा छन् ।

  • युक्रेनी सेनालाई पुटिनको आग्रहः सत्ता हातमा लिनुस् अनि वार्ता गरौं

    युक्रेनी सेनालाई पुटिनको आग्रहः सत्ता हातमा लिनुस् अनि वार्ता गरौं

    काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रबार पुटिनले रुसको सुरक्षा परिषदको बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ ।

    युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ संकेत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली र नवनाजीहरु भन्दा तपाईसँग समन्वय हुन सजिलो हुन्छ ।’

    शुक्रबार युक्रेनले रुससँग वार्ताको आग्रह गरेपछि पुटिनको यस्तो कुरा आएको हो । वार्ता नकारिनसकेको रुसले वार्ताको क्षेत्र बेलारुसको मिन्क्समा हुनुपर्ने प्रस्ताव गरेको थियो भने युक्रेनले भने पोल्यान्डको वार्तामा हुनुपर्ने प्रस्ताव राखेको थियो । रुसले युक्रेनको प्रस्ताव अस्विकार गरेको थियो । वार्तामा रुसले युक्रेन तटस्थ देश हुनुपर्ने र सैन्यकरण अन्त्य हुनुपनर्पे जस्ता कडा सर्तहरु तेसाएको छ ।

    युक्रेनमा सैनिक सत्ता वा आफ्नो सत्ता पुिटनले चाहेको जानकारी बेलायती खुफिया एजेन्सीले गत माघ ९ गते नै सार्वजनिक गरेको थियो ।