Tag: यातायात व्यवस्थापन

  • भाइटीका लगाउन निस्किनेको भीडले जताततै ट्राफिक जाम (तस्वीरहरू)

    भाइटीका लगाउन निस्किनेको भीडले जताततै ट्राफिक जाम (तस्वीरहरू)

    काठमाडौं । भाइटीका लगाउन जाने मानिसहरू निस्किएसँगै काठमाडौंको यातायात अस्तव्यस्त भएको छ । यमपञ्चकको अन्तिम दिन शनिबार भाइटीका लगाएर तिहार मनाइँदैछ ।

    भाइटीका लगाउनका लागि उपत्यकामा भएका तथा उपत्यका भित्र-बाहिर गर्ने मानिसहरू सडकमा निस्किएसँगै मुख्य नाका, चक्रपथ र प्रमुख चोकहरूमा सवारी चाप अत्यधिक बढेको छ ।

    कोटेश्वर, बालकुमारी, बानेश्वर, सातदोबाटो, बानेश्वर चावाहिलसँगै भक्तपुरमा समेत सवारी चाप ह्वात्तै बढेपछि ट्राफिक व्यवस्थापन अनियन्त्रित भएको हो ।

    तस्वीरहरू: उमेश कार्की/ नेपालप्रेस