Tag: म्यादी प्रहरी

  • म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरको माग

    म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरको माग

    सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो ।

    उपल्लो डोल्पाको शे(फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।

    मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

    निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो ।

     

  • लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

    जाजरकोट । उपल्लो डोल्पाको शे- फोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।

    डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

  • आचरणविपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरीको जागिर चट !

    आचरणविपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरीको जागिर चट !

    काठमाडौं । आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए ।

    कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए ।

    केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको केसी बताउँछन् ।

    सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिएवापत उनीहरूका लागि सरकारले ४४ हजार ४४० रूपैयाँ तलब तोकिएको छ ।

     

  • सिमकोटमा म्यादी प्रहरीको मृत्यु

    सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

    मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका-६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

    साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

  • ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

    ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

    ललितपुर ।  ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।  प्रहरी परिसरका प्रहरी निरीक्षक पुष्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।

    ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ । आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।

    ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

  • महोत्तरीमा दुई हजार ७३६ म्यादी प्रहरी भर्ना गरिने

    महोत्तरीमा दुई हजार ७३६ म्यादी प्रहरी भर्ना गरिने

    महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि चैत ६–११ सम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए ।  छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन ।

    विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।  भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

    पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।

  • निर्वाचन सुरक्षामा एक लाख म्यादी प्रहरी ४० दिनका लागि भर्ना गरिने, अर्थले कटौती गर्‍याे बजेट

    निर्वाचन सुरक्षामा एक लाख म्यादी प्रहरी ४० दिनका लागि भर्ना गरिने, अर्थले कटौती गर्‍याे बजेट

    काठमाडौं। आगामी स्थानीय निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ। अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट स्वीकृत गरेको हो।

    गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरीका लागि बजेट माग गरेको थियो। अर्थ मन्त्रालयले म्यादी प्रहरीलाई ४० दिन बराबरको मात्र बजेट दिएको छ। गृह मन्त्रालयले भने ४५ दिनका लागि प्रस्ताव गरेको थियो।

    स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग पनि एक लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी ५० दिनका लागि भर्ना गरिनुपर्ने प्रस्ताव गरेको थियो। म्यादी प्रहरीसहित समग्र निर्वाचन सुरक्षाका लागि प्रस्ताव गरिएको बजेट पनि व्यापक कटौती भएको छ।

    प्रहरी प्रधान कार्यालयले करिब ११ अर्ब माग गरेकामा गृहले ९ अर्ब हारहारीमा अर्थसँग बजेट माग गरेको थियो। बजेट भने करिब ६ अर्ब मात्र स्वीकृत भएर आएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले अर्थबाट बजेट स्वीकृत भएको पत्र गृह मन्त्रालयसम्म आइपुगेको जानकारी पाएको बताए। उनले प्रहरी प्रधान कार्यालयलाई पत्र प्राप्त हुने वित्तिकै म्यादी प्रहरी भर्नाका लागि विज्ञापन खोलिने बताए।

    ‘आज भोलीमै पत्र प्राप्त भयो भने एक साताभित्र विज्ञापन खोलिने छ, एसपी केसीले भने। स्थानीय निर्वाचन आगामी बैशाख ३० गते देशब्यापीरुपमा एकै चरणमा हुँदै छ।