Tag: मौसम

  • चुनावको दिन पानी पर्ने अनुमान, यस्तो छ सम्भावित मौसम

    चुनावको दिन पानी पर्ने अनुमान, यस्तो छ सम्भावित मौसम

    काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन अर्थात् वैशाख ३० गते पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । ‘प्रि मनसुन’ सुरु भएसँगै पछिल्ला दिनमा भइरहेको वर्षा वैशाख ३० गतेसम्म निरन्तर हुने अनुमान छ ।

    उक्त दिन केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र केही ठाउँमा आंशिक बदली हुने बताइएको छ ।

    अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । जसको असर चुनावको दिन पनि पर्ने मौसमविद्को अनुमान छ ।

    आज दिउँसो पनि देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • दिउँसोदेखि मौसममा सुधार, भोलिदेखि घमाइलो

    दिउँसोदेखि मौसममा सुधार, भोलिदेखि घमाइलो

    काठमाण्डौ । तीनदिनदेखि निरन्तर वर्षा एवं हिमपात आज दिउँसोदेखि हट्ने भएको छ । दिउँसोदेखि सुधार आउने र भोलिदेखि मौसममा पूरै सुधार आउने मौसमविद्हरुले बताएका छन् । वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव अब क्रमशः कम हुने बताइएको छ ।

    मौसमविद्का अनुसार आज पनि देशको केही पहाडी क्षेत्रमा भने सामान्य वर्षा हुन सक्छ । भोलिदेखि वर्षा र हिमपात हराएसँगै दिन घमाइलो हुने र क्रमशः गर्मी सुरु हुनेछ ।

    दुईदिन परेको हिमपातले हिमाली क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रमा पनि वर्षाुसँगै हिमपात हुँदा नागरिकको दैनिकी प्रभावित भएको थियो । वर्षा र हिमपातले किसान भने खुसी भएका छन् ।

  • भोलिदेखि मौसममा सुधार हुने

    भोलिदेखि मौसममा सुधार हुने

    काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताए। ‘सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ’, उनले भने।

    भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

    विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

     

  • मौसममा क्रमिक सुधार हुँदै

    मौसममा क्रमिक सुधार हुँदै

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

    देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ ।

    राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौै उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

  • भोलिदेखि मौसममा क्रमिक सुधार हुने

    भोलिदेखि मौसममा क्रमिक सुधार हुने

    काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।

    यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । ‘सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ’, उनले भनिन्। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।

    राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

    विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

  • मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

    मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

    काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

    पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यता पर्यटकीय क्षेत्र र दुई हजार सात सय मिटरमा अवस्थित लुक्ला एयरपोर्टमा समेत भारी हिमपातका कारण उडान रद्द भएको तारा एयरले जनाएको छ । थामखर्क र सुकेटार विमानस्थलमा पनि नेपाल एयरलाइन्सले उडान रद्द गरेको जनाएको छ ।

    प्रतिकूल मौसमका कारण अन्य क्षेत्रको आन्तरिक उडान पनि समयमै हुन सकेको छैन । मंगलबार साँझदेखि नै काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा पानीसँगै हिमपात हुदाँ हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । आजका लागि १३७ वटा नियमित उडान तोकिएको थियो ।

  • कस्तो छ आजकाे माैसम ?

    कस्तो छ आजकाे माैसम ?

    काठमाडौं । आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

    पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    आइतबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • आज यी क्षेत्रमा वर्षाको सम्भावना

    आज यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू-भागमा आज वर्षा हुने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालका केही स्थानमा वर्षाको सम्भावना बढेको हो ।

    प्रदेश १, २ र वागमतीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

  • यस वर्ष मनसुन ढिला बाहिरिने

    यस वर्ष मनसुन ढिला बाहिरिने

    काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।
    उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन ।

    यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

    यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने बताइएको छ ।

    ‘गुलाब’ नामक शक्तिशाली चक्रवात हिजोदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको औँल्याइएको छ ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

  • चार प्रदेशमा भारी वर्षाको सम्भावना: पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

    चार प्रदेशमा भारी वर्षाको सम्भावना: पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

    काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ ।

    प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने विभागले बताएको छ ।

    ‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ विभाज्ञले बुलेटिन जारी गर्दै भनेको छ, ‘त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

  • नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    काठमाडौं । मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।

    मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसमी राडार र काठमाडौं उपत्यकामा एक्स बेन्ट राडार जडान गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

    ‘टेलिभिनजनमा मौसमी च्यानल सञ्चालन गरिने छ’, उनले भने ‘थप स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरेको छु ।’

  • देशका केही स्थानमा पानी पर्ने

    देशका केही स्थानमा पानी पर्ने

    काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभाव रहेकाले शनिबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य भदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

  • डढेलो बढेपछि पुनः फैलियो तुवाँलो, मौसममा तीनदिन सुधार नहुने

    डढेलो बढेपछि पुनः फैलियो तुवाँलो, मौसममा तीनदिन सुधार नहुने

    काठमाडौं । डढेलो लाग्ने क्रम पुनः बढेपछि उपत्यकासहिको वायुमण्डलमा तुवाँलो फैलिएको छ । वायुमण्डल स्थिर हुँदा अझै ३ दिनसम्म राम्रोसँग घाम नलाग्ने र प्रदूषण बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै मौसमविद् मीनकुमार अर्यालले डढेलोको कारण पुनः तुँवालो लाग्ने क्रम सुरु भएको बताए । ठूलै पानी र हावा नचले तीनदिनसम्म घाम नलाग्ने र तुवाँलो अझै बढ्ने उनले जनाए ।

    उनका अनुसार अहिले ६ देखि ७ सय जंगलमा डढेलो लागेको छ । जसको असर सोमबारदेखिको मौसममा देखिन सुरु भएको हो । ‘स्थानीय प्रणाली विकास नहुँदा तत्काल ठूलै पानी पर्ने सम्भावना पनि छैन’ उनले भने, ‘जसले गर्दा वायुमण्डल केही दिन स्थिर हुनेछ ।’

    वितेको २४ घण्टामा काठमाडौं उपत्यकाको एक्युआई (वायुगुणस्तर मापन) र माथिल्लो तस्विरमा २४ घण्टामा नेपाली आकाशमा देखिएको डढेलोको नासाले खिचेको तस्विर ।

    काठमाडौंमा ३ देखि ४ किलोमिटरसम्म भिजिब्लिटी हुनसक्ने विभागले जनाएको छ । ‘सुदुरपश्चिम, कर्णाली र बागमतीमा हल्का वर्षा हुनसक्ने देखिन्छ बेलुकापख तर, यो वर्षाले तुवाँलो हट्दैन’ अर्यालले भने ।

    वायुको गुणस्तर मापन गर्ने सूचक (एक्यूआइ) सोमबारदेखि पुनः वृद्धि भएको छ । जसअन्तर्गत काठमाडौं दरबारमार्गतको एक्युआइ ३०७ पीएम छ । अमेरिकी दुतावासको एक्युआइ ३००, भक्तपुरको १८७, झम्सिखेलको २६६ छ ।

  • मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

    मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ ।

    तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौँ उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

    पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

  • तत्काल मौसम सुधार नहुने

    तत्काल मौसम सुधार नहुने

    काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । “अबको दुईतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन”, मौसमविद् श्रेष्ठले भने ।

    नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

    दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहने छ ।

    त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

  • वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने

    वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने

    काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

    मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

    हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

    देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।

    तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

    आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।

    मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

    हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

    हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

    आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

    काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो ।

    जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ ।

  • मेघ गर्जनसहित वर्षाको सम्भावना

    मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं- पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।

    मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । आइतबारदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना रहेको बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । आज दिउँसो प्रदेश एक, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    जल तथा मौसम विभागका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सफा रहने छ ।

    राति भने सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।

  • पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    पहाडी भू-भागमा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । शनिबार देशका केही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको हो ।

    त्यस्तै शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

    आज रातभर देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • तीन दिन मौसम सफा हुने

    तीन दिन मौसम सफा हुने

    काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ”, उनले भने ।

    पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि-मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ ।

    हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

  • बिहीबारदेखि देशभर मौसम सफा हुने

    बिहीबारदेखि देशभर मौसम सफा हुने

    बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।

    आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ ।

    हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, कार्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -२.७ डिग्री सेल्सियस रहेको छ ।

  • उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं । आज उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    यसका साथै देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १ का पहाडी भू-भागका केही स्थानमा छिट्पुट वर्षा पनि हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    शनिबार राति पनि उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको र प्रदेश १ सँगै गण्डकी प्रदेशमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।

    अहिले देशमा पश्चिमी बायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

     

  • बिहीबारदेखि वर्षा र हिमपात, त्यसपछि गर्मी शुरु

    बिहीबारदेखि वर्षा र हिमपात, त्यसपछि गर्मी शुरु

    काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

    बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

    मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • आजको मौसम: तराईमा बाक्लो हुस्सु, प्रदेश १ र बाग्मतीमा पानी पर्ने सम्भावना

    आजको मौसम: तराईमा बाक्लो हुस्सु, प्रदेश १ र बाग्मतीमा पानी पर्ने सम्भावना

    काठमाडौं । अहिले देशमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको हुँदा आजको मौसममा परिवर्तन देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको महाशाखाले जानकारी दिएको छ ।

    आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने र प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले बताएको छ । बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिएको छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

    शनिबार राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

    अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

    काठमाडौं । शनिबारदेखि देशका अधिकांश क्षेत्रको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र केही स्थानमा वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

    पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बढी प्रभावित हुने अनुमान छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।